सोमबार, चैत्र १७, २०७६

    बैंक-बीमा

    इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने, २ कम्पनीको शेयर मूल्य समायोजन

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौँ, २४ मङ्सिर  नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको छ ।  उक्त चुक्ता शेयर पूँजीको १८ प्रतिशतले हुने..

    सानीमा लाइफ इन्सुरेन्स लिमिटेडद्वारा नयाँ बीमा योजना शुभारम्भ

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङसिर सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको हो ।  बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले जानकारी दिए । बीमा कम्पनीलाई देशकै उत्कृष्ट बनाउने योजनाका साथ अघि बढेको दाबी गर्दै उनले जीवन..

    पाल्पामा १ लाख ११ हजारले स्वास्थ्य बीमा गराए, औषधि उपचारमा ठूलो राहत पुगेको महसुस

    शुक्रबार, मंसिर २१, २०७५ साल
    बेझाड, २१ मङ्सिर  पाल्पा जिल्लामा अहिले स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार २५० जना नागरिक आबद्ध छन् ।  जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ५१ हजार ८७० पुरुष र ५९ हजार ३८० महिलाले स्वास्थ्य बीमा गराएका छन् । गएको असार मसान्तसम्म..

    प्रभु बैंकले एकैदिन खोल्यो भन्सार कार्यालयमा ७ वटा एक्स्टेन्सन काउण्टर

    बुधबार, मंसिर १९, २०७५ साल
    काठमाडौँ, १९ मङ्सिर नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ। झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले मंगलबारदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको हो। भन्सार विभागका महानिर्देशक तोयम रायाबाट एक समारोहकाबीच बैंकको जलेश्वर भन्सार..

    सिभिल बैंक र आईएमई–पे बीच सम्झौता, ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्य

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौँ, १८ मङ्सिर सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने क्रममा आईएमई डिजिटल सोलुसन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटल सोलुसन्स लिमिटेडका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठले हस्ताक्षर गरेका छन् । अब सिभिल बैंकका ग्राहकहरुले आईएमई–पे मार्फत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न,मोबाइल टपअपगर्न, विद्युत प्राधिकरण/ल्यान्डलाइन/एडीयसयल/डिसहोमको..

    कुमारी बैंकले लाभांश शेयर दिने, स्टकमा एनएमबी सुलभइन्भेस्टमेन्ट फण्ड–१ को मूल्य समायोजन

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौँ, १७ मङ्सिर  बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले शेयर लाभांश दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको नाफाबाट वितरण गर्ने लाभांश भने घोषणा गरेको छैन ।  बैंकको चुक्ता पूँजी रु..

    नेपाल राष्ट्र बैङ्कले ल्यायो बैङ्कहरूले एजेन्सी प्रदान गर्न पाउने नयाँ व्यवस्था

    शुक्रबार, मंसिर १४, २०७५ साल
    काठमाडौं, १४ मंसिर  नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूले एजेन्सी प्रदान गर्न पाउने गरी नयाँ व्यवस्था गरेको छ । यससँगै वाणिज्य र विकास बैङ्कले नेपालमा ऋण लगानी गर्ने विदेशी लगानीकर्ताको प्रतिनिधि (एजेण्ट)का रूपमा उसको लगानी तथा दायित्व व्यवस्थापनको काम गर्न सक्ने भएका छन् । यसबाट नेपाली बैङ्कहरूका लागि गैरबैङ्किङ आम्दानीको एक नयाँ स्रोत थपिएको छ । अहिलेसम्म नेपाली बैङ्कहरूले कर्जा र निक्षेपको ब्याजदर अन्तर..

    ३ वर्षभित्र एसियाली विकास बैंक(एडीबी)ले नेपालमा १ खर्ब लगानी गर्दै

    बिहिवार, मंसिर १३, २०७५ साल
    काठमाडौँ, १३ मङ्सिर नेपालको मुख्य विकास साझेदार एसियाली विकास बैंक(एडीबी)ले आगामी तीन वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ। सन् २०१९, ०२० र ०२१ का लागि विजनेश प्लान सार्वजनिक गर्दै एडीबीले नेपालमा लगानीको रणनीति परिवर्तन गरेर रकम पनि थप्दै जाने बताएको छ। बैंकले आगामी तीन वर्षभित्र १ अर्ब २३ करोड ५५ लाख अमेरिकी डलर लगानी गर्ने उल्लेख गरेको छ।..

    पाटन नगरपालिकाको उदाहरणीय प्रयास : रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा

    बुधबार, मंसिर १२, २०७५ साल
    बैतडी, १२ मङ्सिर : पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन ।  भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको..

    विविध सामाजिक कार्यक्रम आयोजन गरी सिभिल बैंकले मनायो आठौँ वार्षिकोत्सव (फोटोफिचर)

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौँ, ११ मङ्सिर सिभिल बैंक लिमिटेडले आफ्नो आठौँ  वार्षिकोत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रमहरु तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरुको आयोजना गरी मनायो । वार्षिकोत्सवको अवसरमा पशुपति क्षेत्रको चक्रपथसंगै जोडीएकोे पार्किङ क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व बैंकका अध्यक्ष ई. इच्छा राजतामाङ्गले गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि पशुपतिक्षेत्र बिकास..

    नबिल बैंक लिमिटेडका ग्राहकलाई विभिन्न १३ रोगको उपचारमा ३ लाखको स्वास्थ्य बीमा

    आईतवार, मंसिर ९, २०७५ साल
    काठमाडौँ, ९ मङ्सिर नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।  सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ ।  बैंकले..

    न्यादी जलविद्युत्को हेडरेस सुरुङ ब्रेक थ्रु, एभरेष्ट बैंकको अगुवाइमा ५ बैंकक ऋण लगानी

    बिहिवार, मंसिर ६, २०७५ साल
    लमजुङ, ६ मङ्सिर  लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थु्र गरिएको छ ।  प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक उत्तम अमात्यले आयोजनाको तीन दशमलव ८४ किलोमिटर मुख्य सुरुङ खन्ने काम सकिएको बताए । आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिनेमा ६८ मिटर खनिएको छ । हाइड्रोमेकानिकल ठेकेदारले पाइप आयोजनास्थलमा ल्याउन शुरु गरेका छन्..

    एशियाली विकास बैंकद्वारा नेपाल सरकारलाई ३९ अर्ब ३२ करोड विकास सहायता

    मंगलवार, मंसिर ४, २०७५ साल
    काठमाडौँ, ४ मङ्सिर एशियाली विकास बैंकले नेपाल सरकारलाई दुईवटा परियोजना कार्यान्वयन गर्न करीब रु ३९ अर्ब ३२ करोड विकास सहायता उपलब्ध गराउने भएको छ ।  बैंकले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक सहायता (सासेक)अन्तर्गतको राजमार्ग सुधार परियोजनाका लागि १८ करोड ८० लाख अमेरिकी डलर र प्रकोप सहनशील विद्यालय निर्माण परियोजना कार्यान्वयन गर्न १४ करोड ८९ लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको हो..

    पहिलो ३ महीनामा राष्ट्रिय वाणिज्य बैंकको नाफा १ अर्ब १२ करोड

    सोमबार, मंसिर ३, २०७५ साल
    काठमाडौँ, ३ मङ्सिर  चालू आर्थिक वर्षको पहिलो तीन महीनामा राष्ट्रिय वाणिज्य बैंकले रु एक अर्ब १२ करोड मुनाफा कमाएको छ ।  चालू आवको पहिलो त्रैमासको विवरण सार्वजनिक गर्ने ‘क’ वर्गका वाणिज्य बैंकमध्ये वाणिज्य बैंकको नाफा नै बढी रहेको पाइएको छ । गत वर्षको सोही अवधिमा बैंकले रु ७० करोड ९५ लाख नाफा कमाएको थियो । बैंकले पछिल्लो तीन महीनामा रु एक खर्ब..

    सानिमा बैंकले पहिलो ३ महिनामा ५१ करोड ८८ लाख रुपैयाँ नाफा कमायो

    बिहिवार, कार्तिक २९, २०७५ साल
    काठमाडौँ, २९ कात्तिक सानिमा बैंकले पहिलो तीन महिनामा ५१ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले गत आवको यस अवधिमा ३७ करोड ५० लाख कमाएको थियो। बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ५४ पैसा पुगेको छ। बैंकको निश्क्रिय कर्जा अत्यन्तै न्यून ०. ०८ प्रतिशत मात्रै छ। आधार व्याजदर १०. ५५ प्रतिशत छ। स्प्रेड दर ४. ४४ प्रतिशत छ। बैंकको सिसिडी रेसियो ७९..

    मेगा बैंक नेपालको खुद नाफा ४० करोड रुपैँया भन्दा बढी, अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशत वृद्धि

    बुधबार, कार्तिक २८, २०७५ साल
    काठमाडौँ, २८ कात्तिक मेगा बैंक नेपालको खुद नाफा ४० करोड रुपैँया भन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५,७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद नाफा ४० करोड ४५ लाख रुपैँया कमाएको छ।अघिल्लो वर्ष सोही अवधिमा बैंकले ८ करोड १८ लाख नाफा गरेको थियो। यस वर्ष सो रकममा ३९४ प्रतिशतले वृद्धि गरेको बैंकले जनाएको छ। कूल निक्षेप अघिल्लो..

    २ बैंकका पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, नाफा प्रतिशत चुलिदो

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौँ, २७ कात्तिक  वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । यसैक्रममा सोमबार ग्लोबल आइएमइ बैंक र स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेका हुन् । चालू आवको पहिलो त्रैमासमा ग्लोबल आइएमइ बैंकले रु ५१ करोड ७६ लाख नाफा कमाएको छ ।  बैंकले यस अवधिमा ५२ दशमलव ४२ प्रतिशत नाफा बढाएको हो । गत आवको..

    नयाँ नोट साट्न अब दशैं कुर्नु नपर्ने, कुन–कुन चाडमा कहाँबाट साटीन्छ नयाँ नोट ?

    सोमबार, कार्तिक २६, २०७५ साल
    काठमाडौँ, २६ कात्तिक  नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीले मनाउने पर्वमा समेत नयाँ नोट सटही गर्ने भएको छ ।  मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीले मनाउने विभिन्न चाडपर्व तथा राष्ट्रिय दिवसमा पनि..

    राष्ट्र बैंक : व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन आग्रह

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, २५ कात्तिक  व्यवसायका लागि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने भएको छ । राष्ट्र बैंकले एक सूचना जारी गदैँ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखी ऋण लिएर व्यवसाय गर्न योग्य नागरिकलाई ऋण लिन आग्रह गरेको हो ।  आव २०७५-७६ को बजेटमै ‘शैक्षिक युवा स्वरोजगार’, ‘विदेशबाट फर्केका युवा परियोजना’, ‘महिला उद्यमशीलता’, ‘कृषि तथा पशुपक्षीपालन’ जस्ता व्यवसाय गर्नका लागि सहुलियत ब्याजदरमा कर्जा उपलब्ध..

    ​कामपाले आफ्नो मातहतमा रहेका १ हजार ८ सय ५६ सहकारी संस्थाको अनुगमन गर्दै

    मंगलवार, कार्तिक २०, २०७५ साल
    काठमाडौँ, २० कात्तिक काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका एक हजार ८५६ सहकारी संस्थाको अनुगमन गर्ने भएको छ ।  संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन एक गतेबाट देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रपर्ने सबै सहकारीको अनुगमन शुरु गर्न लागेको हो ।  कामपाका एक हजार ८५६ सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४,..

    नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाहरुमा अर्बौं रुपैयाँ लगानी गर्दै, शर्त यसप्रकार छन् :

    आईतवार, कार्तिक १८, २०७५ साल
    काठमाडौं, १८ कात्तिक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा १ अर्ब ४३ करोड १२ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बेंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा शिलबन्दी दरभाउँपत्रमार्फत लगानी गर्ने भएको हो । विकास बैंकहरुमा १ अर्ब १४ करोड ५० लाख रुपैयाँ, विकसा बैंकहरुमा २१ करोड ४६ लाख रुपैयाँ र फाइनान्स कम्पनीहरुमा ७ करोड १६..

    दोब्बरले बढ्यो बैंक तथा वित्तीय संस्थामा महिलाको खाता

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    काठमाडौँ, १६ कात्तिक  पछिल्लो समयमा वित्तीय क्षेत्रमा नेपाली महिलाको पहुँच क्रमशः बढ्दै गएको पाइएको छ । संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको मानव विकास सूचकाङ्कको ‘वित्तीय संस्थामा महिलाका खाता’ शीर्षकमा सो विषय समावेश गरिएको छ । सन् २०११ देखि सन् २०१७ सम्मको तथ्याङ्कमा नेपाली महिलाले पछिल्लो छ वर्षमा नै दोब्बर खाता खोलेको पाइएको हो । प्रतिवेदनअनुसार सन् २०११ मा..

    ​विश्व बैंकको ५ अर्ब २० करोडको लागतमा ४ सय ६० वटा टावर निर्माण हुँदै

    शुक्रबार, कार्तिक १६, २०७५ साल
    हेटौँडा, १६ कात्तिक  चार सय केभि विद्युत् प्रसारण लाइनका लागि निर्माण भइरहेको विद्युतीय टावरको ५० प्रतिशत काम सम्पन्न भएको छ । विश्व बैंकको रु पाँच अर्ब २० करोडको लागतमा सो काम भइरहेको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत ठेक्कामा एआइएल भारत तथा एल टिबी जर्मनीद्वारा संयुक्त रुपमा निर्माण भइरहेको हेटाँैडादेखि इनरुवासम्मको २८५ किलोमिटर क्षेत्रमा ८९२ विद्युत् टावर निर्माण भइरहेका छन् । हालसम्म ४६०..

    ​चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाद्वारा ४९ जना ज्येष्ठ नागरिकलाई सम्मान

    बुधबार, कार्तिक १४, २०७५ साल
    भक्तपुर, १४ कात्तिक  सूर्यविनायक नगरपालिका– १ बिरुवास्थित चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४९ जना स्थानीय ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संस्थाको बुधबार सम्पन्न १७ औँं स्थापना दिवस एवं ज्येष्ठ सदस्य सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रममा सूर्यविनायक नगरपालिकका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत र संस्थाका अध्यक्ष उद्धवप्रसाद चौलागार्इंले संयुक्तरुपमा दोसल्ला ओढाइ नगदसहित सम्मान पत्रद्वारा उनीहरुलाई सम्मान गरे । सो..

    स्थानीय तहका लागि पठाउने रकमलाई वाणिज्य बैंकहरुले निक्षेपका रुपमा जम्मा गर्न पाउने !

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कार्तिक केन्द्र सरकारले स्थानीय तहका लागि पठाउने पैसालाई वाणिज्य बैंकहरुले निक्षेपका रुपमा जम्मा गर्न पाउने व्यवस्था गरिने भएको छ। लगानीयोग्य रकमको अभाव चर्किँदै गएपछि सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। हाल स्थानीय तहमा पठाउने रकम राष्ट्र बैंकले नै संचित गर्दैै आएको छ। यस सम्वन्धमा अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच छलफल भइरहेको राष्ट्र बैंक बैंकिङ कार्यालय प्रमुख झलक शर्मा आचार्यले जानकारी दिए। ‘स्थानीय..

    गरीब समुदायका नागरिकका लागि ल्याइएको स्वास्थ्य बीमा कार्यक्रम मन्द गतिमा अघि बढ्दै !

    बिहिवार, कार्तिक ८, २०७५ साल
    कपिलवस्तु, ८ कात्तिक सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ मन्द गतिमा अघि बढेको छ । हालसम्म जिल्लामा दुई हजार ७३२ परिवारका १३ हजार ५३९ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला संयोजक मीना भट्टराईले जानकारी दिए । कार्यक्रमबाट भदौसम्म रु ३७ लाख ७३ हजार ६२० सङ्कलन..

    विकट जिल्ला हुम्लामा जनता बैंकले थाल्यो एकै साथ ३ शाखाबाट कारोबार

    सोमबार, असोज २९, २०७५ साल
    हुम्ला, २९ असोज जनता बैंकले विकट जिल्ला हुम्लाको तीन गाउँपालिकामा शाखा स्थापना गरी एकै साथ कारोबार थालेको छ। हुम्ला जिल्लाको अदानचुली गाउँपालिका, चंखेली गाउँपालिका र ताजाकोट गाउँपालिकाबाट कारोबार सुरु गरिएको हो। यी शाखाहरुबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगायत सम्पूर्ण आधुनिक बैंकिङ सेवा उपलव्ध हुने बैंकले जनाएको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका सर्वसाधारणलाई देशको अन्य क्षेत्रसँग सम्वन्धित वित्तीय संजालमा जोड्न यी शाखाहरु महत्वपूर्ण..

    अब दशैं बिदाको समयमा पनि बैंकिङ्ग कारोबार गर्न सकिने, कुन बैंकले कतिबजेसम्म सेवा दिन्छन् ?

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौं, २८ असोज दशैं बिदाको समयमा पनि बैंक तथा वित्तीय संस्थाले आफ्नो शाखा तथा काउन्टर खुला गरेर सेवा दिने भएका छन् । बैंकहरुले बिदाको दिन सेवा दिने भन्दै काउन्टर र शाखाहरु खुला रहने मिति र समय बारेमा धमाधम  सूचना जारी गरिरहेका छन् । अधिकांश बैंकहरुले बिदाको दिन पनि ३ घण्टा काउन्टर र आफ्ना शाखाहरु खुला राख्ने जनाएका छन् ।  सिद्धार्थ, बैंक, सानिमा बैंक, प्रभु..

    सिभिल बैंक र नेशनल बैंकिङबीच सम्झौता, कर्मचारीको कार्यदक्षता विकासका लागि तालिम गराउने

    शुक्रबार, असोज २६, २०७५ साल
    काठमाडौँ, २६ असोज नेशनल बैंकिङ इन्ष्टिच्युट र सिभिल बैंकबीच सम्झौता भएको छ। सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि तालिम गराउने छ। सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरे।..

    नेशननल लाइफ इन्स्योरेन्स कम्पनी, पाल्पा शाखाको बीमा कार्यालय उद्घाटन

    बुधबार, असोज २४, २०७५ साल
    पाल्पा, २४ असोज  नेशननल लाइफ इन्स्योरेन्स कम्पनी, पाल्पा शाखाको कार्यालय तानसेनमा उद्घाटन गरिएको छ । सो शाखाको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बुधबार उद्घाटन गरेका हुन् ।  कार्यालयको उद्घाटन गर्दै उनले बैंक तथा वित्तीय संस्थाले परम्परागत क्षेत्रमा मात्र लगानी गरिरहेको बताए । उनले बैंक तथा वित्तीय संस्थाले परम्परागत क्षेत्रमा नभई अब नयाँ क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।  कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ठाकुर..
    Results 503: You are at page 11 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast