सोमबार, माघ १३, २०७६

    बैंक-बीमा

    मेगा बैंकद्वारा ग्राहकलाई विशेष सुविधा, बिना झण्झट, छिटोछरितो सेवा

    मंगलवार, पौष १७, २०७५ साल
    काठमाडौँ, १७ पुस  मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँका आठ शाखामा ग्राहकका लागि मंगलबारदेखि विशेष सुविधा शुरुआत गरेको छ । बैंकमा सेवा लिन आउने ग्राहकको सहजताका लागि मेगा बैंकले ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको जनाएको छ । त्यस्ता कर्मचारीलाई ग्राहकको बैंकिङ आवश्यकताअनुसार विशेष जिम्मेवारी दिइएको छ ।  अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठ शाखामा नमूनाका रुपमा शुरु गरिएको यो..

    निजी आवास निर्माणका लागि बैंकबाट ऋण लिनेक्रम बढ्दो, ४ महीनामा २ अर्ब २३ करोड कर्जा उपलब्ध

    शनिबार, पौष १४, २०७५ साल
    काठमाडौँ, १४ पुस  सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेक्रम बढ्दै गएको पाइएको छ ।  बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण गर्न पाइने भएकाले कर्जाको माग बढ्दै गएको पाइएको हो । निजी आवास निर्माणका लागि एक हजार ४०० जनाले बैंकबाट ऋण लिएका छन् ।  भूकम्पपीडितलाई ऋण उपलब्ध गराउन शून्य प्रतिशत ब्याजदरमा आवासीय घर निर्माणका लागि..

    यातायात व्यवस्था विभाग - दुर्घटनाका घाइतेलाई १५ लाखसम्म उपचार खर्च दिने प्रस्ताव

    शुक्रबार, पौष १३, २०७५ साल
    काठमाडौं, १३ पुस ।  हाल दुर्घटनामा घाइते भएकाहरुको उपचारमा लाग्ने र मृतकका परिवारको माग गर्ने बीमाबाहेक लाग्ने थप खर्च यातायात समितिहरुले बेर्होर्दै आएका छन् । तर, नयाँ म्यादअनुसार यातायात समितिहरु फागुन मसान्तपछि सबै कम्पनीमा परिणत हुनेछन् । यातायात व्यवस्था विभागले दुर्घटनाका उपचार तथा क्षतिपूर्ति बीमाबापत पीडित तथा परिवारले पाउने बीमा रकम वृद्धि गर्ने प्रस्ताव गरेको छ । विभागले दुर्घटनामा मृत्यु भएका परिवार, घाइते..

    अब भारतीय वित्तीय संस्थाबाट वाणिज्य बैंकहरुले ऋण लिन पाउने, कूल प्राथमिक पूँजीको ५० प्रतिशत सीमा

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई पर्यटन, कृषि क्षेत्र र लघु वित्त क्षेत्रमा कर्जा प्रवाह गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आज एक सूचनामार्फत कर्जा प्रवाह गर्ने प्रयोजनका लागि वित्तीय साधनको प्रबन्ध गर्न भारतीय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरिएको जानकारी दिएको हो..

    नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन, औसत आधारमूल्य ६ सय ६७

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौँ, ११ पुस  नेपाल स्टक एक्सचेञ्जमा नेपाल इन्भेष्टमेन्ट बैंकको नयाँ शेयर मूल्य समायोजन भएको छ । बैंकले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट प्रस्ताव गरेको १८ प्रतिशत शेयर लाभांशसँगै बुधबार मूल्य समायोजन गरेको हो ।  स्टकले बैंकको शेयर लाभांश पश्चात् प्रतिकित्ता रु ५७७ मा शेयरमूल्य समायोजन भएको जनाएको छ । बैंकको औसत आधारमूल्य रु ६६७ रहेको छ ।  बैंकले आव २०७४-७५ को नाफाबाट प्रस्ताव..

    सिभिल बैंक र सन् नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता, वीमा चाहने सेवाग्राहीलाई बैंकबाटै सेवा

    बुधबार, पौष ११, २०७५ साल
    काठमाडौं, पुस ११ ।  जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सिभिल बैंक लिमिटेडले सन नेपाल लाइफ इन्स्योरेन्ससँग पनि सम्झौता गरेको छ । सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य तथा सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कायममुकायम प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले हस्ताक्षर गर्नुभयो ।  अब यससँगै सिभिल बैंकका देशभर छरिएका ७१ शाखामार्पmत विना झन्झट सन नेपाल लाइफ..

    ७ सय ५३ वटै स्थानीय तहसम्म बैंकिंग कारोबारमा जनताको पहुँच पुर्याउने तयारीमा राष्ट्र बैंक

    मंगलवार, पौष १०, २०७५ साल
    काठमाडौँ, १० पुस नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकामसम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ ।  सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता पु¥याउने नीतिअनुरुप हाल ६८७ स्थानीय निकायमा वित्तीय पहुँच पुगेको जनाएको छ । सोही बैंकमार्फत् सरकारको आफ्नो सञ्चित कोष सञ्चालन गरेको छ ।  प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा चिरञ्जीवी नेपालले..

    कतारमा ज्यान गुमाएका खगेन्द्रबहादुरको परिवारले पायो बीमा रकम, आइएमइ लाइफले दियो रु १४ लाख

    आईतवार, पौष ८, २०७५ साल
    खोटाङ, ८ पुस : वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोवेलाका ५३ वर्षीय खगेन्द्रबहादुर सार्कीको परिवारलाई बीमावापतको रकम उपलब्ध गराइएको छ ।  गत असोज ७ गते कतारको कनेक्टिङ कम्पनीमा काम गर्दै गर्दा ज्यान गुमाएका सार्कीको परिवारलाई आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले शनिबार रु १४ लाख बीमावापतको रकम उपलब्ध गराएको हो ।  इन्स्योरेन्स कम्पनीमा बीमा गरेको पाँच महीना नपुग्दै ज्यान गुमाएका..

    बैतडीका सबै स्थानीय तहमा बैंकिंग सुविधा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    शुक्रबार, पौष ६, २०७५ साल
    बैतडी, ६ पुस बैतडीका सबै स्थानीय तहमा बैंकिंग सुविधा पुगेको छ । सरकारले देशका सबै स्थानीय तहमा बैंकका शाखा स्थापना गर्ने लक्ष्य अनुसार बैतडीमा पनि बंैंकिङ सुविधा पु¥याइएको हो ।  जिल्लाको सबैभन्दा विकट सिगास गाउँपालिकामा कृषि विकास बैंक, शिवनाथ गाउँपालिकामा नेपाल एसबिआई बैंक, पञ्चेश्वर गाउँपालिकामा नबिल बैंक, पुर्चौडी नगरपालिका र दोगडाकेदार गाउँपालिकाका ग्लोबल आइएमई बैंक, डिलाशैनीमा कुमारी बैंक, सुर्नया गाउँपालिकामा नेपाल इन्भेष्टीमेन्ट..

    जनता बैंकको विशेष मुद्दती योजना बन्द, अन्य बचत योजनाहरु भने यथावत !

    बिहिवार, पौष ५, २०७५ साल
    काठमाडौं, पुस ५ ।  विगत केही समययता बजारमा देखिएको तरलताको अवस्थालाई मध्यनजर गर्दै जनता बैंकले आफ्नो विशेष मुद्दती योजना बन्द गरेको छ । बैंकले एक बिज्ञप्ती जारी गर्दै यसअघि लागू गरेको उक्त विशेष मुद्दती योजना बुधबारदेखि नै लागू हुने गरी बन्द गरेको जनाएको हो । निक्षेपकर्तालाई बार्षिक १२ प्रतिशतका दरले मासिकरुपमा ब्याज प्रदान गर्ने सो बिशेष मुद्दती योजनामा ग्राहकहरुले उत्साहका साथ सहभागिता..

    राष्ट्र बैंकको दबाबपछि वाणिज्यको व्याजदरमा नयाँ सहमति, अब बचतको साढे ६ प्रतिशत मात्रै !

    बिहिवार, पौष ५, २०७५ साल
    काठमाडौँ, ५ पुस नेपाल राष्ट्र बैंकले दवाव दिई वाणिज्य बैंकहरुबीच व्याजदरमा नयाँ सहमति कायम गराएको छ ।  समितिले मुद्रास्फितिसँग तुलना गरेर निक्षेपको व्याजदरलाई समयसापेक्ष गराउनुपर्ने सुझाव दिएको थियो । निक्षेपको व्याजदर नियन्त्रण हुँदा कर्जाको व्याज समेत बढ्न नपाउने जनाउँदै समितिले बैंकर्स संघमा सहमतिमार्फत घटाउनुपर्ने औंल्याएको थियो । बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारीलाई बोलाएर मुद्दती तथा बचत खातामा नयाँ सीमा तोकेको हो । जसअनुसार..

    कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय अब काठमाडौंमा, गभर्नर नेपालले गरे उद्घाटन

    बिहिवार, पौष ५, २०७५ साल
    काठमाडौँ, ५ पुस : कतारको राष्ट्रिय बैंक दोहा बैंकको सम्पर्क कार्यालय राजधानीमा स्थापना भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बुधबार यहाँ आयोजित समारोहमा उक्त कार्यालयको उद्घाटन गर्नुभयो ।  त्यस अवसरमा उहाँले बैंकको सम्पर्क कार्यालय स्थापनासँगै नेपाल र कतारबीच व्यापारिक सम्बन्ध विस्तारमा मद्दत पुग्नुका साथै नेपालमा कतारी लगानी भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीबाट हालै..

    वीमा सेवामा पनि अघि बढ्दै सिभिल बैंक, ज्योती लाईफ इन्स्योरेन्ससँग सम्झौता

    बुधबार, पौष ४, २०७५ साल
    काठमाठौं, पुस ४ : सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले ज्योती लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ज्योती लाईफ इन्स्योरेन्सका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गर्नुभयो ।    अब ज्योती लाईफ इन्स्योरेन्सका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरु मार्पmत उपलब्ध..

    नेशनल माइक्रोफाइनान्सको नाफा रु १३ करोड, गत वर्षको तुलनामा १५ प्रतिशत बढी नाफा

    मंगलवार, पौष ३, २०७५ साल
    धादिङबँेसी, ३ पुस नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले रु १३ करोड ४६ लाख नाफा गरेको छ । सो संस्थालाई गत वर्षको तुलनामा १५ प्रतिशत बढी नाफा भएको छ ।  नीलकण्ठ नगरपालिकामा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्थाले हाल रु दुई अर्ब ६३ करोड लगानीमा रहेको कर्जामा नाफा गर्न सफल भएको अध्यक्ष केशवप्रसाद आचार्यले जानकारी दिनुभयो । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको..

    नेपाल एसबीआई बैंकद्वारा करिब १६ प्रतिशत लाभांश दिने घोषणा

    आईतवार, पौष १, २०७५ साल
    काठमाडौँ, १ पुस नेपाल एसबीआई बैंक लिमिटेडले करिब १६ प्रतिशत लाभांश दिने भएको छ ।  बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत शेयर लाभांश र दश दशमलव ७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको शनिबार बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरी आज नेपाल स्टक एक्सचेञ्जलाई जानकारी गराएको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंक र..

    बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने

    शुक्रबार, मंसिर २८, २०७५ साल
    काठमाडौँ , २८ मङ्सिर बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंक सञ्चालक समितिको विहीबार उक्त निर्णय गरेको हो ।  बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई..

    सिटिजन बैंक आफ्ना शेयरधनीलाई ५ प्रतिशत लाभांश दिने पक्का

    बुधबार, मंसिर २६, २०७५ साल
    काठमाडौँ, २६ मङ्सिर  सिटिजन्स बैंक लिमिटेडले आफ्ना शेयरधनीलाई पाँच दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ ।  आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट गत असार मसान्तसम्मको चुक्ता पूँजी रु आठ अर्ब तीन करोड ३२ लाख ३६ हजार ४०० को तीन दशमलव ६२ ले हुने रु २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने भएको छ ।  यस्तै चुक्ता पूँजीको एक दशमलव..

    जनता बैंकले भएको नाफाबाट ८ दशमलव ५० प्रतिशत नगद लाभांश दिने

    मंगलवार, मंसिर २५, २०७५ साल
    काठमाडौँ, २५ मङ्सिर जनता बैंक लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट आठ दशमलव ५० प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले आफ्ना शेयरधनीलाई उक्त परिमाणको नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त प्रस्ताव गरेको हो । बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई वितरण गरिनेछ ।  बैंकका अनुसार रु आठ..

    इन्भेस्टमेन्ट बैंकले ४० प्रतिशत लाभांश दिने, २ कम्पनीको शेयर मूल्य समायोजन

    सोमबार, मंसिर २४, २०७५ साल
    काठमाडौँ, २४ मङ्सिर  नेपाल इन्भेस्टमेन्ट बैंकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद लाभांश र १८ प्रतिशत शेयर लाभांश दिने तयारी गरेको हो । बैंकको गत असार मसान्तसम्म कायम रहेको चुक्ता शेयर पूँजी रु १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रहेको छ ।  उक्त चुक्ता शेयर पूँजीको १८ प्रतिशतले हुने..

    सानीमा लाइफ इन्सुरेन्स लिमिटेडद्वारा नयाँ बीमा योजना शुभारम्भ

    आईतवार, मंसिर २३, २०७५ साल
    काठमाडौँ, २३ मङसिर सानीमा लाइफ इन्सुरेन्स लिमिटेडले नयाँ बीमा योजना शुभारम्भ गरेको छ । आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा आज राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ बीमा योजना ‘सानीमा जीवन श्री’ शुभारम्भ गरिएको हो ।  बीमा अवधिभरि बोनस सुविधासहित नयाँ योजनाको शुभारम्भ गरिएको सञ्चालक समितिका अध्यक्ष कुमारप्रसाद कोइरालाले जानकारी दिए । बीमा कम्पनीलाई देशकै उत्कृष्ट बनाउने योजनाका साथ अघि बढेको दाबी गर्दै उनले जीवन..

    पाल्पामा १ लाख ११ हजारले स्वास्थ्य बीमा गराए, औषधि उपचारमा ठूलो राहत पुगेको महसुस

    शुक्रबार, मंसिर २१, २०७५ साल
    बेझाड, २१ मङ्सिर  पाल्पा जिल्लामा अहिले स्वास्थ्य बीमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले २०७३ देखि शुरुआत गरेको स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार २५० जना नागरिक आबद्ध छन् ।  जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ५१ हजार ८७० पुरुष र ५९ हजार ३८० महिलाले स्वास्थ्य बीमा गराएका छन् । गएको असार मसान्तसम्म..

    प्रभु बैंकले एकैदिन खोल्यो भन्सार कार्यालयमा ७ वटा एक्स्टेन्सन काउण्टर

    बुधबार, मंसिर १९, २०७५ साल
    काठमाडौँ, १९ मङ्सिर नेपाल भारत सीमामा रहेका ७ वटा भन्सार कार्यालयहरुमा बैंकिङ्ग सेवा उपलब्ध गराउने लक्ष्य सहित प्रभु बैंकले नयाँ एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ। झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सति भन्सार कार्यालयहरुमा बैंकले मंगलबारदेखि एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याई सेवा प्रारम्भ गरेको हो। भन्सार विभागका महानिर्देशक तोयम रायाबाट एक समारोहकाबीच बैंकको जलेश्वर भन्सार..

    सिभिल बैंक र आईएमई–पे बीच सम्झौता, ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्य

    मंगलवार, मंसिर १८, २०७५ साल
    काठमाडौँ, १८ मङ्सिर सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने क्रममा आईएमई डिजिटल सोलुसन्ससँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटल सोलुसन्स लिमिटेडका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठले हस्ताक्षर गरेका छन् । अब सिभिल बैंकका ग्राहकहरुले आईएमई–पे मार्फत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न,मोबाइल टपअपगर्न, विद्युत प्राधिकरण/ल्यान्डलाइन/एडीयसयल/डिसहोमको..

    कुमारी बैंकले लाभांश शेयर दिने, स्टकमा एनएमबी सुलभइन्भेस्टमेन्ट फण्ड–१ को मूल्य समायोजन

    सोमबार, मंसिर १७, २०७५ साल
    काठमाडौँ, १७ मङ्सिर  बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले शेयर लाभांश दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४/७५ मा गरेको नाफाबाट वितरण गर्ने लाभांश भने घोषणा गरेको छैन ।  बैंकको चुक्ता पूँजी रु..

    नेपाल राष्ट्र बैङ्कले ल्यायो बैङ्कहरूले एजेन्सी प्रदान गर्न पाउने नयाँ व्यवस्था

    शुक्रबार, मंसिर १४, २०७५ साल
    काठमाडौं, १४ मंसिर  नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूले एजेन्सी प्रदान गर्न पाउने गरी नयाँ व्यवस्था गरेको छ । यससँगै वाणिज्य र विकास बैङ्कले नेपालमा ऋण लगानी गर्ने विदेशी लगानीकर्ताको प्रतिनिधि (एजेण्ट)का रूपमा उसको लगानी तथा दायित्व व्यवस्थापनको काम गर्न सक्ने भएका छन् । यसबाट नेपाली बैङ्कहरूका लागि गैरबैङ्किङ आम्दानीको एक नयाँ स्रोत थपिएको छ । अहिलेसम्म नेपाली बैङ्कहरूले कर्जा र निक्षेपको ब्याजदर अन्तर..

    ३ वर्षभित्र एसियाली विकास बैंक(एडीबी)ले नेपालमा १ खर्ब लगानी गर्दै

    बिहिवार, मंसिर १३, २०७५ साल
    काठमाडौँ, १३ मङ्सिर नेपालको मुख्य विकास साझेदार एसियाली विकास बैंक(एडीबी)ले आगामी तीन वर्षमा १ खर्ब ३५ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ। सन् २०१९, ०२० र ०२१ का लागि विजनेश प्लान सार्वजनिक गर्दै एडीबीले नेपालमा लगानीको रणनीति परिवर्तन गरेर रकम पनि थप्दै जाने बताएको छ। बैंकले आगामी तीन वर्षभित्र १ अर्ब २३ करोड ५५ लाख अमेरिकी डलर लगानी गर्ने उल्लेख गरेको छ।..

    पाटन नगरपालिकाको उदाहरणीय प्रयास : रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा

    बुधबार, मंसिर १२, २०७५ साल
    बैतडी, १२ मङ्सिर : पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन ।  भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत गर्दै बीमा गर्ने तयारी भएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको..

    विविध सामाजिक कार्यक्रम आयोजन गरी सिभिल बैंकले मनायो आठौँ वार्षिकोत्सव (फोटोफिचर)

    मंगलवार, मंसिर ११, २०७५ साल
    काठमाडौँ, ११ मङ्सिर सिभिल बैंक लिमिटेडले आफ्नो आठौँ  वार्षिकोत्सवको अवसरमा बृक्षारोपण कार्यक्रम, रक्तदान कार्यक्रमहरु तथा सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रमहरुको आयोजना गरी मनायो । वार्षिकोत्सवको अवसरमा पशुपति क्षेत्रको चक्रपथसंगै जोडीएकोे पार्किङ क्षेत्रमा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रमको सभापतित्व बैंकका अध्यक्ष ई. इच्छा राजतामाङ्गले गरेका थिए । कार्यक्रमका विशिष्ट अतिथि पशुपतिक्षेत्र बिकास..

    नबिल बैंक लिमिटेडका ग्राहकलाई विभिन्न १३ रोगको उपचारमा ३ लाखको स्वास्थ्य बीमा

    आईतवार, मंसिर ९, २०७५ साल
    काठमाडौँ, ९ मङ्सिर नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा रु तीन लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ ।  सो सुविधा आजैदेखि लागू भएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ ।  बैंकले..

    न्यादी जलविद्युत्को हेडरेस सुरुङ ब्रेक थ्रु, एभरेष्ट बैंकको अगुवाइमा ५ बैंकक ऋण लगानी

    बिहिवार, मंसिर ६, २०७५ साल
    लमजुङ, ६ मङ्सिर  लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ बाहुनडाँडास्थित ङादी खोलामा निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको हेडरेस सुरुङको ब्रेक थु्र गरिएको छ ।  प्रवद्र्धक न्यादी हाइड्रोपावर कम्पनीका परियोजना व्यवस्थापक उत्तम अमात्यले आयोजनाको तीन दशमलव ८४ किलोमिटर मुख्य सुरुङ खन्ने काम सकिएको बताए । आयोजनामा सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिनेमा ६८ मिटर खनिएको छ । हाइड्रोमेकानिकल ठेकेदारले पाइप आयोजनास्थलमा ल्याउन शुरु गरेका छन्..
    Results 491: You are at page 10 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last
    Weather Forecast