बिहिवार, कार्तिक २८, २०७६

    शेयर बजार

    घट्दो सेयर बजारमा लगानीकर्ता हरुलाई प्रवेश गर्ने सु-अवसर

    बिहिवार, भाद्र २९, २०७४ साल
    काठमाडौं । यो साता सेयरबजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा उच्च गिरावट आएको छ । कारोबारमा आएका अन्य बाहेकका सबै समूहको परिसूचक घटेपछि बजारमा उच्च गिरावट आएको हो । पाँच महिनापछि शेयर बजार मापक सूचक फेरि १४ सयको लाइनमा झर्न पुग्यो । साताको पहिलो दिन देखिनै घट्न थालेको बजारले बुधबार पनि निरन्तरता पायो ।  साताको चौथो दिन नेप्से परिसूचक ९ अंकले घटेर..

    यसपटक ग्लोबल आइएमईको २० प्रतिशत लाभांश

    बुधबार, भाद्र २८, २०७४ साल
    काठमाडौं । अघिल्लो वर्ष १६ प्रतिशत लाभांश दिएको ग्लोबल आइएमई बैंकले यसवर्ष आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने अन्तिम निर्णय गर्दै त्यसको घोषणा गरेको हो । ग्लोबलको हाल चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने बैंकले गत आर्थिक वर्षमा दुई..

    यो वर्ष निर्धन उत्थानको ८०% लाभांश

    सोमबार, भाद्र २६, २०७४ साल
    काठमाडौँ । यो वर्ष निर्धन उत्थान बैंकले नगद तथा शेयर लाभांश सहित ८० प्रतिशत बोनस जारी गर्ने भएको छ । बैंकले गत बर्ष लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा धेरै मुनाफा कमाएको थियो । बैंकले गत असार मसान्तसम्म कायम भएको चुक्ता पूँजी ६० करोड रुपैयाँको आधारमा ६६.६७ प्रतिशत बोनस शेयर दिने जनाएको हो । ययसँगै बैंकको चुक्ता पूँजी एक अर्ब पुग्ने बताइएको छ । बैंकले..

    नेपाल बंगलादेश बैंकको १२ प्रतिशत बोनस शेयर

    सोमबार, भाद्र २६, २०७४ साल
    काठमाडौँ । नेपाल बंगलादेश बैंकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र  लाभांश कर प्रयोजनका समेतका लागि ३.७९ प्रतिशत नगद लाभांश दिने जनाएको हो । बैंकले यो वर्ष दिन लागेको लाभांश गतवर्षको भन्दा करिब ५० प्रतिशतले  कम हो । बैंकले गत वर्ष ३३.६८ प्रतिशत लाभांश दिनुका साथै ८०..

    नेप्सेको ‘सिइओ’ बन्ने दौडमा अन्तिम ५ जना

    शुक्रबार, भाद्र २३, २०७४ साल
    काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज, नेप्सेको खाली रहेको प्रमुख कार्यकारी अधिकृत अर्थात ‘सिइओ’ पदका लागि ५ जनाको नाम छनौट गरेको छ ।  रिक्त रहेको पदका लागि आवेदन परेकाहरु मध्येवाट शुक्रबार अर्थ मन्त्रालयले व्यवसायीक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्र्तवार्ताका लागि अन्तिम ५ जनाको नाम छनोट गरेको हो ।  यसअघि मन्त्रालयले शैक्षिक योग्यता र व्यवसायीक कार्ययोजना सहित आवश्यक आवेदन पेश गर्न सार्वजनिकरुपमा आब्हान गरेको थियो..

    एनसीसी र सनराइजबीच सेयर निष्कासन सम्झौता

    शुक्रबार, भाद्र २३, २०७४ साल
    काठमाडौं, भाद्र २३ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनसीसीले आफ्ना सेयरधनीहरूका लागि हकप्रद शेयर निष्कासन गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई प्रबन्धकमा नियुक्त गरेको छ । एनसीसीले २ कित्ता सेयर बराबर १ कित्ता सेयर निष्कासन गर्न सनराईजसँग सम्झौता गरेको हो ।   सो अवसरमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा..

    अब शेयर धितोबाट पनि कर्जा पाइन थाल्यो

    मंगलवार, भाद्र २०, २०७४ साल
    काठमाडौ । शेयरमा लगानी गर्ने मन त निकै छ तर अब के गर्ने ? हो यदि तपाईंसँग यदि कुनै कम्पनीको शेयर छ भने अब धन्दा मान्नु पर्नेछैन । किनकी, अब थुपै बैंकहरुले शेयरलाई धितोमा राखेर त्यसबापत कर्जा दिन सुरु गरिसकेका छन् । अझ यसमा खुशीको कुरा त के छ भने कतिपय बैंक तथा वित्तीय संस्थाहरु त शेयर कर्जा लिन आग्रह गर्दै ब्याजदर..

    एनसीसी बैंकले तत्कालै पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने

    सोमबार, भाद्र १९, २०७४ साल
    काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्श बैंक, एनसीसीले चुक्ता पूँजी पुर्याउन तत्कालै पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको गत साता बसेको १९औं वार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।  राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी अहिलेसम्म यो बैंकको पुगेको छैन । साथै, उक्त साधारणसभाले बैंक र अरु चार वटा विकास..

    सिद्धार्थ इक्विटी फण्डले पायो इकाई निष्कासनको अनुमति

    सोमबार, भाद्र १९, २०७४ साल
    काठमाडौँ । सिद्धार्थ इक्विटी फण्डले नेपाल धितोपत्र बोर्डबाट इकाई निष्कासनको अनुमति पाएको छ । यससँगै चालु आर्थिक वर्षमा सामुहिक लगानी कोष निष्कासनको अनुमति पाउने सिद्धार्थ पहिलो भएको हो । कोषले १० रुपैयाँ अंकितका एक अर्ब २० करोड मूल्य बराबर १२ करोड इकाई निष्कासनको अनुमति पाएको हो । सिद्धार्थ क्यापिटलको यो तेस्रो सामुहिक योजना हो भने यसअघि सिद्धार्थ क्यापिटलले दुईवटा योजना बजारमा ल्याइसकेको..
    Results 549: You are at page 19 of 19
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19
    Weather Forecast