सोमबार, कार्तिक ४, २०७६

    शेयर बजार

    नेप्से दोहोरो अंकले ओरालो, राजनीतिक विषयको कारण प्रभावित

    मंगलवार, पौष ४, २०७४ साल
    काठमाडौँ, ४ पुस । धितोपत्र बजारमा नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार १४.४९ बिन्दुले ओरालो लागेर एक हजार ४९३ अंकमा पुगेको छ ।  यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ३.०५ बिन्दुले ओरालो लागेको छ । आज कूल १६६ कम्पनीको १४ लाख पाँच हजार ९७१ कित्ता शेयर रु ५९ करोड ९३ लाख ७६..

    १० प्रतिशत बोनस सेयर दिने ज्योती बैंकको प्रस्ताव

    सोमबार, मंसिर २५, २०७४ साल
    काठमाडौं, २५ मंसिर।  ज्योती विकास बैंकले १० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । त्यस्तै बैंकले तत्कालिन राप्तिभेरी विकास बैंकका लगानीकर्तालाई भने ६ प्रतिशतको दरमा बोनस सेयर दिने जनाएको छ ।  राप्तिभेरीको गत आव अन्त्यको चुक्ता पूँजीको आधारमा बोनस सेयर दिइने भएको हो । राप्तिभेरी एक्वायर गरेर ज्योती विकासले गत कात्तिक ८ गते एकिकृत कारोबार सुरु गरेको थियो ।  ..

    सगुनमा लगानी गर्न आजसम्मको समय, फारम भरेकाले पैसा पठाउन समय थप

    आईतवार, मंसिर १७, २०७४ साल
    काठमाडौं, मंसिर १७ ।  सगुनले जारी गरेको शेयर विक्री यहि डिसेम्बर ३, २०१७ को मध्यरात (न्युयोर्क समय) देखि बन्द हुने जानकारी दिइएको छ । नोभेम्बर ३० मा बन्द गरिने भनिएको भएपनि समय थप गरिएको तर थप गरिएका दिनहरु विदाको दिन परेको र लगानीको लागि फाराम भरेर पनि रकम पठाउन नसक्ने गुनासाहरु प्राप्त भएकोले पैसा पठाउने नयाँ समय तोकेको छ । जस अनुसार लगानी..

    पञ्चकन्या माईलाई नयाँ शेयर निष्कासन गर्न अनुमति

    आईतवार, मंसिर १०, २०७४ साल
    इलाम, १० मंसिर : पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयवासीका लागि शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।  कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत शेयर निष्कासन गर्न अनुमति पाएको हो ।    रु एक सय अङ्कित ११ करोड बराबरको ११ लाख कित्ता शेयर निष्कासन..

    नयाँ नेपाल लघुवित्तका सेयरधनीलाई २०% बोनसका साथ २५०% हकप्रद

    शुक्रबार, मंसिर ८, २०७४ साल
    काठमाडौं, ८ मंसिर । नयाँ नेपाल लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र २५०  प्रतिशतको दरले हकप्रद सेयर वितरण गर्ने भएको छ ।  मंसिर ८ गते सम्पन्न कम्पनीको २२१ औं संचालक समितिको बैठकले २० प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय पनि गरेको हो ।  बैठकले सेयरधनीलाई १ बराबर २.५ को अनुपात(२५० प्रतिशत)मा हकप्रद सेयर..

    टुरिजमसँग मर्जरको लागि मेगाद्वारा पुनः साधारण सभाको आह्वान

    मंगलवार, मंसिर ५, २०७४ साल
    काठमाडौ, ५ मंसिर ।  टुरिजम डेभलपमेन्ट बैंकसँग मर्जरको निर्णय लिन मेगा बैंक नेपालले पुनः विशेष साधारण सभा बोलाउने तयारी गरेको छ । सोमबार बोलाइएको विशेष साधारण सभामा आवश्यक कोरम नपुगेकाले अर्को साधारण सभा आह्वान गर्ने तयारी गरिएको बताइएको छ ।  अर्को साधारण सभा आह्वान गरी टुरिजमसँगको मर्जर प्रक्रिया तत्काल टुंगोमा पुर्याउन सेयर धनीले संचालक समितिलाई अनुमति दिएका छन् । अर्को विशेष साधारण सभा छिट्टै..

    सिद्धार्थ इन्स्योरेन्सद्वारा २० प्रतिशत बोनस र हकप्रद प्रस्ताव पारित

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौं, ३० कात्तिक।  सिद्धार्थ इन्स्योरेन्स लिमिटेडको १६ औं बार्षिक साधारण सभाले २० प्रतिशत वोनस सेयर र त्यसपछि कायम हुन आउने चुक्तापूँजीको ३५ प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्ष ताराचन्द्र केडियाले कम्पनीको कारोवार एवं वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरे । कम्पनीले आ.व. २०७३÷७४ मा विभिन्न बीमा व्यवसाय अन्तर्गत रु. १ अर्व ५० करोड..

    धितोपत्र बोर्ड र राष्ट्र बैंकले एकापसमा सूचना आदान प्रदान गर्दै

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    काठमाडौं,२४ कात्तिक ।  नेपाल धितोपत्र बोर्ड र राष्ट्र बैंकले एकआपसमा सुचना आदान प्रदान गर्ने भएको छ । वित्तीय क्षेत्रमा हुने बैंकिङ कसूर लगायतका गलत कार्य तथा धितोपत्रको भित्री कारोवार लगायत अन्य विविध कसूरका कारण हुनसक्ने वित्तीय दुर्घटना रोक्न समेत यो सम्झौताले सहयोग पुग्ने विश्वास बोर्डले लिएको छ । धितोपत्र बोर्डले धितोपत्र बजार नियामक निकायहरुको अन्तराष्ट्रिय संस्था आइओएससीओको साधारण सदस्य हुन अनुसन्धान लगायतका..

    धितोपत्र बोर्डको ‘ग्रीन सिग्नल’, शेयर ब्रोकरले मार्जिन कारोबार गर्न पाउने

    सोमबार, कार्तिक २०, २०७४ साल
    काठमाडौं, २१ कार्तिक । नेपाल धितोपत्र बोर्डले शेयर (ब्रोकर) व्यवसायीहरुलाई मार्जिन कारोबार गर्नका लागि बाटो खोलिदिएको छ । बोर्डले ‘मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४’ जारी गर्दै शेयर ब्रोकरहरुको लामो समयदेखिको अनुरोधको सुनुवाई गरेको हो । यसअघि ब्रोकरहरुले अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरुपको धितोपत्र बोर्डमा मार्जिन कारोबार गर्न पाउनु पर्ने माग राख्दै आएका थिए । हालै जारी यस नयाँ प्रावधान कार्यान्वयनको लागि..

    युनिलिभरका सेयरधनीलाई तिहारअघि नै लाभांश, प्रति सेयर १,२७० रुपैयाँ

    शुक्रबार, असोज २०, २०७४ साल
    काठमाडौं । नेपालमा २५ वर्ष अघि स्थापित युनिलिभरले आफ्ना शेयरधनीहरुलाई तिहारअघि नै लाभांश उपलब्ध गराउने भएको छ । कम्पनीको २४ औं बार्षिक साधारणसभाले आर्थिक बर्ष २०७३/७४ को नाफाबाट प्रति सेयर १ हजार २ सय ७० रुपैयाँका दरले नगद लाभांस दिने निधो गरेको हो ।  कम्पनीले बिगतका वर्षहरुको तुलनामा यसबर्ष सबैभन्दा उच्च लाभांश वितरण गरेको हो । गत आर्थिक वर्षमा कम्पनीले कुल ९६..

    दशै बिदापछि खुलेकै पहिलो दिन शेयर बजार बढ्यो, ६.८९ अंकको बृद्धि

    मंगलवार, असोज १७, २०७४ साल
    काठमाडौं । दशैंको लामो बिदापछि पहिलो दिन मंगलबार खुलेको शेयर बजारमा बृद्धि देखिएको छ । मंगलबार नेप्सेमा ६.८९ अंकको बृद्धिका साथमा अधिकांश परिसूचकहरु हरिया भएर बन्द भएका छन् । चाड अझै नसकिएकाले मंगलबार १४ करोड रुपैयाँको मात्रै कारोबार भयो । त्यस्तै सेन्सेटिभतर्फ भने १.७२ अंकले बढेर ११ करोड ६३ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।  यस दिन जम्मा दुई लाख..

    सनराइज बैंकको ७ लाख कित्ता सेयर लिलामीमा

    सोमबार, असोज ९, २०७४ साल
    काठमाडौं । सनराइज बैंकले हकप्रदमा वितरण हुन नसकेको सर्वसाधारण एवम् संस्थापक समूह गरी जम्मा ७ लाख १० हजार ७ सय ४३ कित्ता शेयर लिलामीमा आएको छ । उक्त लिलामीको शेयरमा गत असोज ८ देखि आगामी २२ गतेसम्म आवेदन दिन सकिन्छ ।  शेयर लिन इच्छुकले बिक्री प्रवन्धक सनराइज क्यापिटलमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा त्यसभन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्ने बैंकले जनाएको..

    सानिमा बैंकको १३ औ बार्षिक साधारणसभा असोज २९ गते

    सोमबार, असोज ९, २०७४ साल
    काठमाडौं ।  सानिमा बैंकले आगामी असोज २९ गतेका लागि १३ औ बार्षिक साधारण सभाको दिन तोकेको छ । साधारणसभामा बैंकले गत बर्ष गरेको आम्दानीबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने बताइएको छ ।  सानिमाले गत आर्थिकवर्षमा एक अर्ब ३० करोड एक लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाइ गरी प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा कायम गरेको थियो ।  बैंकको चुक्ता..

    ‘अब उत्पादनशील क्षेत्रलाई शेयर बजारमा प्रवेश गर्न प्रोत्साहन गरिने’

    सोमबार, असोज ९, २०७४ साल
    काठमाडौं ।  आगामी दिनहरुमा उत्पादनशील क्षेत्रलाई शेयर बजारमा प्रवेश गराउन प्रोत्साहन गरिने भएको छ । स्टक ब्रोकरहरुसँगको भेटमा अर्थ राज्यमन्त्री उदय शम्सेर राणाले हालै यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री राणाले लगानीकर्ताको जोखिम व्यवस्थापनका लागि रियल सेक्टरलाई शेयर बजारमा प्रवेश गराउनु अपरिहार्य रहेको समेत औंल्याए ।   स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरुसँगकोे भेटमा बोल्दै राज्यमन्त्री राणाले बजारमा बास्तविक क्षेत्रको प्रवेशपछि मात्रै..

    बरुण हाईड्रोको एजिएम असोज २७ गते, १००% हकप्रद र ५% बोनस दिने

    शुक्रबार, असोज ६, २०७४ साल
    काठमाडौं । बरुण हाईड्रोपावर कम्पनीले आगामी असोज २७ गते तेह्रौं तथा चौधौ बार्षिक साधारणसभा बोलाउने निधो गरेको छ । सो दिन बस्ने साधारणसभाले यसअघि कम्पनीको सञ्चालक समितिले निर्णय गरेको पाँच प्रतिशत बोनस शेयर दिने प्रस्ताव समेत पारित गर्ने जनाएको छ । साथै, सोही साधारणसभाले यसभन्दा अगाडिको बिशेष साधारणसभाबाट पारित एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद जारी गर्ने निर्णयलाई समेत अनुमोदन गर्ने कम्पनीले जनाएको..

    शेयर बजारमा फेरी ‘बुलिश ट्रेन्ड’

    आईतवार, असोज १, २०७४ साल
    काठमाडौँ ।  गत साताको बिहीबारदेखि सुध्रिएको शेयर बजारले आइतबार पनि निरन्तरता पायो । आइतबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको हो । साताको पहिलो दिन शेयर बजार मापक सूचकले १७.६३ अंकले बढेर १५४७.९४ अंक छोएको हो ।  आइताबार १ सय ५९ कम्पनीका १६ लाख ५४ हजार कित्ता शेयर ७७ करोड ८० लाख रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यस दिन सबैभन्दा..

    घट्दो सेयर बजारमा लगानीकर्ता हरुलाई प्रवेश गर्ने सु-अवसर

    बिहिवार, भाद्र २९, २०७४ साल
    काठमाडौं । यो साता सेयरबजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा उच्च गिरावट आएको छ । कारोबारमा आएका अन्य बाहेकका सबै समूहको परिसूचक घटेपछि बजारमा उच्च गिरावट आएको हो । पाँच महिनापछि शेयर बजार मापक सूचक फेरि १४ सयको लाइनमा झर्न पुग्यो । साताको पहिलो दिन देखिनै घट्न थालेको बजारले बुधबार पनि निरन्तरता पायो ।  साताको चौथो दिन नेप्से परिसूचक ९ अंकले घटेर..

    यसपटक ग्लोबल आइएमईको २० प्रतिशत लाभांश

    बुधबार, भाद्र २८, २०७४ साल
    काठमाडौं । अघिल्लो वर्ष १६ प्रतिशत लाभांश दिएको ग्लोबल आइएमई बैंकले यसवर्ष आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने अन्तिम निर्णय गर्दै त्यसको घोषणा गरेको हो । ग्लोबलको हाल चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने बैंकले गत आर्थिक वर्षमा दुई..

    यो वर्ष निर्धन उत्थानको ८०% लाभांश

    सोमबार, भाद्र २६, २०७४ साल
    काठमाडौँ । यो वर्ष निर्धन उत्थान बैंकले नगद तथा शेयर लाभांश सहित ८० प्रतिशत बोनस जारी गर्ने भएको छ । बैंकले गत बर्ष लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा धेरै मुनाफा कमाएको थियो । बैंकले गत असार मसान्तसम्म कायम भएको चुक्ता पूँजी ६० करोड रुपैयाँको आधारमा ६६.६७ प्रतिशत बोनस शेयर दिने जनाएको हो । ययसँगै बैंकको चुक्ता पूँजी एक अर्ब पुग्ने बताइएको छ । बैंकले..

    नेपाल बंगलादेश बैंकको १२ प्रतिशत बोनस शेयर

    सोमबार, भाद्र २६, २०७४ साल
    काठमाडौँ । नेपाल बंगलादेश बैंकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र  लाभांश कर प्रयोजनका समेतका लागि ३.७९ प्रतिशत नगद लाभांश दिने जनाएको हो । बैंकले यो वर्ष दिन लागेको लाभांश गतवर्षको भन्दा करिब ५० प्रतिशतले  कम हो । बैंकले गत वर्ष ३३.६८ प्रतिशत लाभांश दिनुका साथै ८०..

    नेप्सेको ‘सिइओ’ बन्ने दौडमा अन्तिम ५ जना

    शुक्रबार, भाद्र २३, २०७४ साल
    काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज, नेप्सेको खाली रहेको प्रमुख कार्यकारी अधिकृत अर्थात ‘सिइओ’ पदका लागि ५ जनाको नाम छनौट गरेको छ ।  रिक्त रहेको पदका लागि आवेदन परेकाहरु मध्येवाट शुक्रबार अर्थ मन्त्रालयले व्यवसायीक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्र्तवार्ताका लागि अन्तिम ५ जनाको नाम छनोट गरेको हो ।  यसअघि मन्त्रालयले शैक्षिक योग्यता र व्यवसायीक कार्ययोजना सहित आवश्यक आवेदन पेश गर्न सार्वजनिकरुपमा आब्हान गरेको थियो..

    एनसीसी र सनराइजबीच सेयर निष्कासन सम्झौता

    शुक्रबार, भाद्र २३, २०७४ साल
    काठमाडौं, भाद्र २३ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनसीसीले आफ्ना सेयरधनीहरूका लागि हकप्रद शेयर निष्कासन गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई प्रबन्धकमा नियुक्त गरेको छ । एनसीसीले २ कित्ता सेयर बराबर १ कित्ता सेयर निष्कासन गर्न सनराईजसँग सम्झौता गरेको हो ।   सो अवसरमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा..

    अब शेयर धितोबाट पनि कर्जा पाइन थाल्यो

    मंगलवार, भाद्र २०, २०७४ साल
    काठमाडौ । शेयरमा लगानी गर्ने मन त निकै छ तर अब के गर्ने ? हो यदि तपाईंसँग यदि कुनै कम्पनीको शेयर छ भने अब धन्दा मान्नु पर्नेछैन । किनकी, अब थुपै बैंकहरुले शेयरलाई धितोमा राखेर त्यसबापत कर्जा दिन सुरु गरिसकेका छन् । अझ यसमा खुशीको कुरा त के छ भने कतिपय बैंक तथा वित्तीय संस्थाहरु त शेयर कर्जा लिन आग्रह गर्दै ब्याजदर..

    एनसीसी बैंकले तत्कालै पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने

    सोमबार, भाद्र १९, २०७४ साल
    काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्श बैंक, एनसीसीले चुक्ता पूँजी पुर्याउन तत्कालै पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको गत साता बसेको १९औं वार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।  राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी अहिलेसम्म यो बैंकको पुगेको छैन । साथै, उक्त साधारणसभाले बैंक र अरु चार वटा विकास..

    सिद्धार्थ इक्विटी फण्डले पायो इकाई निष्कासनको अनुमति

    सोमबार, भाद्र १९, २०७४ साल
    काठमाडौँ । सिद्धार्थ इक्विटी फण्डले नेपाल धितोपत्र बोर्डबाट इकाई निष्कासनको अनुमति पाएको छ । यससँगै चालु आर्थिक वर्षमा सामुहिक लगानी कोष निष्कासनको अनुमति पाउने सिद्धार्थ पहिलो भएको हो । कोषले १० रुपैयाँ अंकितका एक अर्ब २० करोड मूल्य बराबर १२ करोड इकाई निष्कासनको अनुमति पाएको हो । सिद्धार्थ क्यापिटलको यो तेस्रो सामुहिक योजना हो भने यसअघि सिद्धार्थ क्यापिटलले दुईवटा योजना बजारमा ल्याइसकेको..
    Results 535: You are at page 18 of 18
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18
    Weather Forecast