सोमबार, भाद्र २, २०७६

    शेयर बजार

    दशै बिदापछि खुलेकै पहिलो दिन शेयर बजार बढ्यो, ६.८९ अंकको बृद्धि

    मंगलवार, असोज १७, २०७४ साल
    काठमाडौं । दशैंको लामो बिदापछि पहिलो दिन मंगलबार खुलेको शेयर बजारमा बृद्धि देखिएको छ । मंगलबार नेप्सेमा ६.८९ अंकको बृद्धिका साथमा अधिकांश परिसूचकहरु हरिया भएर बन्द भएका छन् । चाड अझै नसकिएकाले मंगलबार १४ करोड रुपैयाँको मात्रै कारोबार भयो । त्यस्तै सेन्सेटिभतर्फ भने १.७२ अंकले बढेर ११ करोड ६३ लाख रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।  यस दिन जम्मा दुई लाख..

    सनराइज बैंकको ७ लाख कित्ता सेयर लिलामीमा

    सोमबार, असोज ९, २०७४ साल
    काठमाडौं । सनराइज बैंकले हकप्रदमा वितरण हुन नसकेको सर्वसाधारण एवम् संस्थापक समूह गरी जम्मा ७ लाख १० हजार ७ सय ४३ कित्ता शेयर लिलामीमा आएको छ । उक्त लिलामीको शेयरमा गत असोज ८ देखि आगामी २२ गतेसम्म आवेदन दिन सकिन्छ ।  शेयर लिन इच्छुकले बिक्री प्रवन्धक सनराइज क्यापिटलमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा त्यसभन्दा बढी मूल्य अंकित गरि आवेदन दिनुपर्ने बैंकले जनाएको..

    सानिमा बैंकको १३ औ बार्षिक साधारणसभा असोज २९ गते

    सोमबार, असोज ९, २०७४ साल
    काठमाडौं ।  सानिमा बैंकले आगामी असोज २९ गतेका लागि १३ औ बार्षिक साधारण सभाको दिन तोकेको छ । साधारणसभामा बैंकले गत बर्ष गरेको आम्दानीबाट आफ्ना शेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने बताइएको छ ।  सानिमाले गत आर्थिकवर्षमा एक अर्ब ३० करोड एक लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाइ गरी प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८५ पैसा कायम गरेको थियो ।  बैंकको चुक्ता..

    ‘अब उत्पादनशील क्षेत्रलाई शेयर बजारमा प्रवेश गर्न प्रोत्साहन गरिने’

    सोमबार, असोज ९, २०७४ साल
    काठमाडौं ।  आगामी दिनहरुमा उत्पादनशील क्षेत्रलाई शेयर बजारमा प्रवेश गराउन प्रोत्साहन गरिने भएको छ । स्टक ब्रोकरहरुसँगको भेटमा अर्थ राज्यमन्त्री उदय शम्सेर राणाले हालै यस्तो बताएका हुन् । सो अवसरमा मन्त्री राणाले लगानीकर्ताको जोखिम व्यवस्थापनका लागि रियल सेक्टरलाई शेयर बजारमा प्रवेश गराउनु अपरिहार्य रहेको समेत औंल्याए ।   स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरुसँगकोे भेटमा बोल्दै राज्यमन्त्री राणाले बजारमा बास्तविक क्षेत्रको प्रवेशपछि मात्रै..

    बरुण हाईड्रोको एजिएम असोज २७ गते, १००% हकप्रद र ५% बोनस दिने

    शुक्रबार, असोज ६, २०७४ साल
    काठमाडौं । बरुण हाईड्रोपावर कम्पनीले आगामी असोज २७ गते तेह्रौं तथा चौधौ बार्षिक साधारणसभा बोलाउने निधो गरेको छ । सो दिन बस्ने साधारणसभाले यसअघि कम्पनीको सञ्चालक समितिले निर्णय गरेको पाँच प्रतिशत बोनस शेयर दिने प्रस्ताव समेत पारित गर्ने जनाएको छ । साथै, सोही साधारणसभाले यसभन्दा अगाडिको बिशेष साधारणसभाबाट पारित एक बराबर एक अर्थात शतप्रतिशत हकप्रद जारी गर्ने निर्णयलाई समेत अनुमोदन गर्ने कम्पनीले जनाएको..

    शेयर बजारमा फेरी ‘बुलिश ट्रेन्ड’

    आईतवार, असोज १, २०७४ साल
    काठमाडौँ ।  गत साताको बिहीबारदेखि सुध्रिएको शेयर बजारले आइतबार पनि निरन्तरता पायो । आइतबार पनि शेयर बजारमा दोहोरो अंकको सुधार देखिएको हो । साताको पहिलो दिन शेयर बजार मापक सूचकले १७.६३ अंकले बढेर १५४७.९४ अंक छोएको हो ।  आइताबार १ सय ५९ कम्पनीका १६ लाख ५४ हजार कित्ता शेयर ७७ करोड ८० लाख रुपैयाँमा खरिद बिक्री भएको थियो । त्यस दिन सबैभन्दा..

    घट्दो सेयर बजारमा लगानीकर्ता हरुलाई प्रवेश गर्ने सु-अवसर

    बिहिवार, भाद्र २९, २०७४ साल
    काठमाडौं । यो साता सेयरबजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा उच्च गिरावट आएको छ । कारोबारमा आएका अन्य बाहेकका सबै समूहको परिसूचक घटेपछि बजारमा उच्च गिरावट आएको हो । पाँच महिनापछि शेयर बजार मापक सूचक फेरि १४ सयको लाइनमा झर्न पुग्यो । साताको पहिलो दिन देखिनै घट्न थालेको बजारले बुधबार पनि निरन्तरता पायो ।  साताको चौथो दिन नेप्से परिसूचक ९ अंकले घटेर..

    यसपटक ग्लोबल आइएमईको २० प्रतिशत लाभांश

    बुधबार, भाद्र २८, २०७४ साल
    काठमाडौं । अघिल्लो वर्ष १६ प्रतिशत लाभांश दिएको ग्लोबल आइएमई बैंकले यसवर्ष आफ्ना शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।  बुधबार बसेको बैंकको सञ्चालक समिति बैठकले १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश दिने अन्तिम निर्णय गर्दै त्यसको घोषणा गरेको हो । ग्लोबलको हाल चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने बैंकले गत आर्थिक वर्षमा दुई..

    यो वर्ष निर्धन उत्थानको ८०% लाभांश

    सोमबार, भाद्र २६, २०७४ साल
    काठमाडौँ । यो वर्ष निर्धन उत्थान बैंकले नगद तथा शेयर लाभांश सहित ८० प्रतिशत बोनस जारी गर्ने भएको छ । बैंकले गत बर्ष लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा धेरै मुनाफा कमाएको थियो । बैंकले गत असार मसान्तसम्म कायम भएको चुक्ता पूँजी ६० करोड रुपैयाँको आधारमा ६६.६७ प्रतिशत बोनस शेयर दिने जनाएको हो । ययसँगै बैंकको चुक्ता पूँजी एक अर्ब पुग्ने बताइएको छ । बैंकले..

    नेपाल बंगलादेश बैंकको १२ प्रतिशत बोनस शेयर

    सोमबार, भाद्र २६, २०७४ साल
    काठमाडौँ । नेपाल बंगलादेश बैंकले आफ्ना शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र  लाभांश कर प्रयोजनका समेतका लागि ३.७९ प्रतिशत नगद लाभांश दिने जनाएको हो । बैंकले यो वर्ष दिन लागेको लाभांश गतवर्षको भन्दा करिब ५० प्रतिशतले  कम हो । बैंकले गत वर्ष ३३.६८ प्रतिशत लाभांश दिनुका साथै ८०..

    नेप्सेको ‘सिइओ’ बन्ने दौडमा अन्तिम ५ जना

    शुक्रबार, भाद्र २३, २०७४ साल
    काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज, नेप्सेको खाली रहेको प्रमुख कार्यकारी अधिकृत अर्थात ‘सिइओ’ पदका लागि ५ जनाको नाम छनौट गरेको छ ।  रिक्त रहेको पदका लागि आवेदन परेकाहरु मध्येवाट शुक्रबार अर्थ मन्त्रालयले व्यवसायीक कार्ययोजनाको प्रस्तुतिकरण तथा अन्र्तवार्ताका लागि अन्तिम ५ जनाको नाम छनोट गरेको हो ।  यसअघि मन्त्रालयले शैक्षिक योग्यता र व्यवसायीक कार्ययोजना सहित आवश्यक आवेदन पेश गर्न सार्वजनिकरुपमा आब्हान गरेको थियो..

    एनसीसी र सनराइजबीच सेयर निष्कासन सम्झौता

    शुक्रबार, भाद्र २३, २०७४ साल
    काठमाडौं, भाद्र २३ । नेपाल क्रेडिट एन्ड कमर्स बैंक, एनसीसीले आफ्ना सेयरधनीहरूका लागि हकप्रद शेयर निष्कासन गर्नका लागि सनराइज क्यापिटल लिमिटेडलाई प्रबन्धकमा नियुक्त गरेको छ । एनसीसीले २ कित्ता सेयर बराबर १ कित्ता सेयर निष्कासन गर्न सनराईजसँग सम्झौता गरेको हो ।   सो अवसरमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले सम्झौतापत्रमा..

    अब शेयर धितोबाट पनि कर्जा पाइन थाल्यो

    मंगलवार, भाद्र २०, २०७४ साल
    काठमाडौ । शेयरमा लगानी गर्ने मन त निकै छ तर अब के गर्ने ? हो यदि तपाईंसँग यदि कुनै कम्पनीको शेयर छ भने अब धन्दा मान्नु पर्नेछैन । किनकी, अब थुपै बैंकहरुले शेयरलाई धितोमा राखेर त्यसबापत कर्जा दिन सुरु गरिसकेका छन् । अझ यसमा खुशीको कुरा त के छ भने कतिपय बैंक तथा वित्तीय संस्थाहरु त शेयर कर्जा लिन आग्रह गर्दै ब्याजदर..

    एनसीसी बैंकले तत्कालै पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने

    सोमबार, भाद्र १९, २०७४ साल
    काठमाडौं ।  नेपाल क्रेडिट एण्ड कमर्श बैंक, एनसीसीले चुक्ता पूँजी पुर्याउन तत्कालै पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । बैंकको गत साता बसेको १९औं वार्षिक साधारणसभाले पचास प्रतिशत हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।  राष्ट्र बैंकले तोकेको ८ अर्ब चुक्ता पूँजी अहिलेसम्म यो बैंकको पुगेको छैन । साथै, उक्त साधारणसभाले बैंक र अरु चार वटा विकास..

    सिद्धार्थ इक्विटी फण्डले पायो इकाई निष्कासनको अनुमति

    सोमबार, भाद्र १९, २०७४ साल
    काठमाडौँ । सिद्धार्थ इक्विटी फण्डले नेपाल धितोपत्र बोर्डबाट इकाई निष्कासनको अनुमति पाएको छ । यससँगै चालु आर्थिक वर्षमा सामुहिक लगानी कोष निष्कासनको अनुमति पाउने सिद्धार्थ पहिलो भएको हो । कोषले १० रुपैयाँ अंकितका एक अर्ब २० करोड मूल्य बराबर १२ करोड इकाई निष्कासनको अनुमति पाएको हो । सिद्धार्थ क्यापिटलको यो तेस्रो सामुहिक योजना हो भने यसअघि सिद्धार्थ क्यापिटलले दुईवटा योजना बजारमा ल्याइसकेको..
    Results 495: You are at page 17 of 17
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17
    Weather Forecast