आईतवार, असोज ५, २०७६

    शेयर बजार

    साताकाे पहिलाे दिन दाेहाेराे अंकले घट्याे सेयर बजार

    आईतवार, असोज ५, २०७६ साल
    काठमाडाैं, ५ असाेज । साताको पहिलो दिन आइतबार सेयर बजार दाेहाेराे अंकले घटेकाे छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज बजार कारोबार मापन गर्ने नेप्से सूचक १६ दशमलव ०५ अंकले घटेको हाे। त्यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज दुई दशमलव ४९ अंकले घटेको छ। बजारमा कुल १ सय ६६ कम्पनीको आठ लाख ४८ हजार ६ सय ६२ कित्ता सेयर बिक्री..

    साताको शेयर बजार : एक अर्ब ८९ कराडको कारोबार

    शनिबार, असोज ४, २०७६ साल
    काठमाडौँ, ४ असोज धितोपत्र बजारमा यस साता कारोवार उतार चढावपूर्ण अवस्थामा रह्यो । साताको शुरुका दुई दिन र अन्तिम दिन दोहोरो अङ्कले घटेको बजार कारोवार मापक नेप्से झण्डै एक हजारको विन्दुमा पुग्न लागेको थियो । तर अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारी सञ्चयकोषको ५८औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा शेयर बजारमा लगानी गर्ने उपयुक्त समय आएको प्रतिक्रिया दिनु भएपछि नेप्से मङ्गलबार र बुधबार..

    पूर्वराजा ज्ञानेन्द्रकाे सेयर साझा यातायातमा रहेकाे खुलासा

    शुक्रबार, असोज ३, २०७६ साल
    काठमाडाैं, ३ असाेज । साझा यातायातमा पूर्वराजा ज्ञानेन्द्रकाे सेयर भएकाे खुलेकाे छ । यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेका अनुसार कुल सेयर रकम ३ अर्ब ४५ करोड ४३ लाख ४६ हजार ५ सय रुपैयाँ रहेकाे साझा यातायातमा २ सय २७ जनाको सेयर रहेकाे छ । साझामा संघीय, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न संघसंस्था र व्यक्तिको सेयर छ। ती २ सय २७ जना सेयर सदस्यमध्ये पूर्वराजा ज्ञानेन्द्र शाह..

    दुई अर्ब बराबरको ‘म्युचअल फण्ड’ आउँदै, आधारभूत मूल्यभन्दा कम !!

    बिहिवार, असोज २, २०७६ साल
    काठमाडौँ, २ असोज । शेयरबजारमा सामूहिक लगानीका लागि महत्वपूर्ण संयन्त्रका रुपमा रहेको सामूहिक लगानी कोष योजना (म्युचअल फण्ड)अन्तर्गत थप दुई बैङ्कले २० करोड इकाइ बिक्री गर्ने तयारी गरेका छन् ।  नेपाल धितोपत्र बोर्डका अनुसार ग्लोबल आइएमई बैङ्कले प्रवद्र्धन गर्न लागेको ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ र लक्ष्मी बैङ्कले प्रवद्र्धन गर्ने ‘लक्ष्मी उन्नति कोष’ बिक्रीका लागि तयारी गरिएको हो ।  बोर्डमा छलफलका क्रममा रहेका ती..

    धितोपत्र बजारः परिसूचकको उकालो यात्रा कायमै

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज   धितोपत्र बजारमा मङ्गलबार झण्डै २७ अङ्कले उकालो लागेको शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा अगाडि बढेको छ ।    नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोवार मापक नेप्से परिसूचक २२.६३ अङ्कले बढेर एक हजार १७३.४२ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक पनि १.६४ प्रतिशत अर्थात् ४.१३ अङ्कले वृद्धि भई २५५.७० मा पुगेको छ ।    आज कूल १७१ कम्पनीका..

    अर्थमन्त्रीले के भाषण गरे ? जसका कारण बढ्यो नेप्से

    बुधबार, असोज १, २०७६ साल
    काठमाडौँ, १ असोज ।  अघिल्लो दुई दिनमा ३४ अंक घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार २६.९१ अंक बढेर ११५० दशमलव ७४ अंकमा पुग्यो। यसरी सेयर बजारमा ‘बाउन्स ब्याक’ देखिनुको कारण अरु केही नभएर अर्थमन्त्री डा.युवराज खतिवडाको भाषण हो। मन्त्री खतिवडाले सेयर बजार घटेको बेला लगानीकर्ता प्रवेश गर्ने उचित समय भएको बताएका थिए। मंगलबार बिहान कर्मचारी सञ्चय कोषको वार्षिकोत्सवमा मन्त्री खतिवडाले..

    अर्थमन्त्रीको अभिव्यक्तिले दुई घण्टामा २८ अंकले बढ्याे सेयर बजार

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदाै ।   अर्थमन्त्री डा. युवराज खतिवडाले सेयरबजार बारे सकारात्मक अभिव्यक्ति दिएसँगै बजारमा एकाएक सुधार आएकाे छ । खतिवडाले वित्तीय संस्थाहरूलाई सेयर बजारमा लगानी बढाउन  आग्रह गर्दै मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई सचेत गराएका थिए ।उनकाे यस्ताे अभिव्क्तिसँगै सेयर बजारमा दुई घण्टामा २८ अंकको सुधार आएकाे हाे । यस्तै उनले बजारमा सूचीकृत कम्पनीहरुको नाफा बढेको, आर्थिक वृद्धि भइरहेको तथा राजनीतिक..

    वित्तीय संस्थाहरुलाई सेयर बजारमा लगानी बढाउन अर्थमन्त्रीकाे आग्रह

    मंगलवार, भाद्र ३१, २०७६ साल
    काठमाडौं, ३१ भदाै । अर्थमन्त्री डा. युवराज खतिवडाले वित्तीय संस्थाहरुलाई सेयर बजारमा लगानी बढाउन आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक गतिविधिलाई बढाउन पनि सेयर बजारमा लगानी बढाउन वित्तीय संस्थाहरुलाई सचेत गराएका हुन् ।  कर्मचारी संचय कोषको ५८ औं वार्षिकोत्सवको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मुलुकको आर्थिक गतिविधि बढेको, बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर पनि बढेको तथा राजनीतिक स्थायित्व..

    नागरिक लगानी कोषले २२ प्रतिशत शेयर लाभांश दिने

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौँ, ३० भदौ   नागरिक लगानी कोषले आफ्ना शेयरधनीलाई २२ प्रतिशत शेयर लाभांश र कर प्रयोजनको लागि एक दशमलव १६ प्रतिशत नगद लाभांश दिने भएको छ । कोषको आज यहाँ सम्पन्न २४औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।    साधारणभाले आर्थिक वर्ष २०७४÷७५ को आयव्ययसमेत पारित गरेको छ । साधारणसभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा डा रामचन्द्र भट्टराईले आव २०७४÷७५ को प्रतिवेदन..

    विद्युत् प्राधिकरणले ३१ अर्ब २५ करोडको आइपिओ निष्कासन गर्दै, सेयर बजारमा कस्तो असर पर्ला ?

    सोमबार, भाद्र ३०, २०७६ साल
    काठमाडौं, भदौ ३० ।  नेपाल विद्युत् प्राधिकरणले आफ्नो कूल चुक्ता पूँजीको २५ प्रतिशत साधारण सेयर बिक्री गर्ने घोषणा गरेको छ । प्राधिकरणले त्यसका लागि एउटा शर्त भने तत्कालका लागि अगाडि सारेको छ । त्यो भनेको सञ्चित घाटा घट्नुपर्नेछ । अर्थात, हाल प्राधिकरणको सञ्चित घाटा १५ अर्ब रुपैयाँको हाराहारीमा रहेको छ । नाफा बढ्दै गएको अवस्थामा आगामी २ वर्षभित्र प्राधिकरणको सञ्चित घाटा शुन्यमा..

    शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो

    आईतवार, भाद्र २९, २०७६ साल
    काठमाडौँ, २९ भदौ  साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.८७ विन्दुले घटेर एक हजार १४०.०१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज १.५४ प्रतिशतले घटेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ३.७९ अङ्क अर्थात् १.४९ प्रतिशतले घटेको छ । नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा कारोवार रकम..

    अमेरिका–चीन व्यापार वार्ताको सम्भावनापछि शेयर बजारमा सुधार

    शुक्रबार, भाद्र २७, २०७६ साल
    बैंकक, २७ भदौ । अमेरिका र चीनबीच व्यापार वार्ता पुनः शुरु हुने समाचार सार्वजनिक भएलगत्तै शुक्रबार एसियाली शेयर बजारमा सुधार आएको छ ।  जापानको निक्की २२५ मा १.१ प्रतिशतले वृद्धि भई २१,९८९.२९ विन्दुमा पुगेको छ भने हङकङको हाङ सेङ पनि ०.६ प्रतिशत वृद्धि भई २७,२६२.८० विन्दुमा पुगेको छ ।  सिड्नीको एसएन्डपी एएसएक्समा पनि सुधार भई ६,६६९.२० विन्दुमा पुगेको छ ।  शाङ्घाई, ताइवान र..

    यो साता नेप्सेमा ३३ अंककाे गिरावट

    बिहिवार, भाद्र २६, २०७६ साल
    काठमाडाैं, २६ भदाै । निरन्तर ओरालो लागेकाे सेयर बजार आज पनि ५.५३ अंकले घटेकाे छ । नेप्से साताको पहिलो दिन आइतबार १२.६१ अंक, सोमबार ९.५४ अंक, मंगलबार २.२४ अंक र बुधबार ३.४६ अंकले ओरालो लागेको थियो। यो साता नेप्से ३३.३८ अंकले घटेको छ। निरन्तर ओरालो लागेर नेप्से ११५७.८८ अंकमा आइपुगेको छ। सबैभन्दा बढी निर्जीवन बिमा कम्पनी समूहको उपसूचक ३४.२५ अंक, होटल समूहको उपसूचक २४.५३ अंक, जीवन..

    शेयर बजार : नेप्से दोहोरो अङ्कले घट्यो

    आईतवार, भाद्र २२, २०७६ साल
    काठमाडौँ, २२ भदौ साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १२.६१ बिन्दुले घटेर एक हजार १७८.४६ मा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक २.७७ बिन्दुले घटेर २५७.१३ बिन्दुमा पुगेको छ । नेप्से घटेपछि कारोवार रकम पनि सामान्य नै रहेको छ । आज कूल १६५ कम्पनीको ११ लाख..

    धितोपत्र बजार : नेप्से परिसूचक उकालो यात्रामा

    बुधबार, भाद्र १८, २०७६ साल
    काठमाडौं, १८ भदौ । साताको शुरुआती दुई दिन लगातार दोहोरो अङ्कले गिरावट आएर लगानीकर्तालाई निराश बनाएको धितोपत्र बजारले आज लगानीर्तामा केही आश जगाएको छ ।  धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक मङ्गलबार र बुधबार भने लगानीकर्तामा उत्साह भर्ने ढङ्गबाट उकालो लागेको छ । मङ्गलबार झण्डै २० अङ्कले बढेको नेप्से आज ३.८७ अङ्कले वृद्धि भई एक हजार १९४.७७ पुगेको छ ।  त्यस्तै सेन्सेटिभ..

    दोहोरो अङ्कले बढ्यो नेप्से, परिसूचक २१ अंकले बढेर १ हजार १९१ अंकमा

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ  धितोपत्र बजारमा आइतबार र सोमबार दोहोरो अङ्कले घटेको नेप्से परिसूचक आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २०.५७ विन्दु अर्थात् १.७६ प्रतिशतले बढेर एक हजार १९०.९० विन्दुमा पुगेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक ३.९३ विन्दु अर्थात् १.५३ प्रतिशतले बढेर २६०.२३ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै कारोवार रकममा समेत वृद्धि..

    सेयर बजार : १४ अर्ब भारु कमाउने लोभले गुम्यो १५ खर्ब भारु !

    मंगलवार, भाद्र १७, २०७६ साल
    एजेन्सी, १७ भदौ भारतीय वित्तमन्त्री निर्मला सितारमणको टिमले ठूला लगानीकर्तालाई अतिरिक्त शुल्क लिने निर्णय गर्यो त्यसले उनीहरुको निर्णयलाई गलत सावित गरिदियो । जसका कारण ठूलो नोक्सानी बेहोर्नु पर्यो । नोक्सानी बम्बई स्टक एक्सचेञ्ज र नेसनल स्टक एक्सचेञ्जसँगै सेन्सेक्स र निफ्टीमा यो निर्णयले ४९ दिनदेखि खराब प्रदर्शन गरिरहेको छ । र, गत अगस्ट महिनामा भारतीय रुपैयाँ एसियामा सबैभन्दा खराब अवस्थामा पुगेको छ । भारतमा सेयरको..

    टेलिकमको शेयर सर्वसाधारणलाई बिक्रीको तयारी, यस्तो छ वित्तीय विवरण !

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ  सरकारले नेपाल टेलिकममा आफ्नो स्वामित्वमा रहेको ६६ प्रतिशत शेयर राखी बाँकी शेयर बिक्री गर्ने तयारी गरेको छ । हाल धितोपत्र बजारमा सूचीकृत भएको सबैभन्दा बढी शेयर हिस्सा रहेको कम्पनीको थप शेयर जनतालाई दिने तयारी गरिएको हो ।  कम्पनीको शेयर संरचनाअनुसार ९१.५२ प्रतिशत संस्थापक शेयर अर्थात् नेपाल सरकारको रहेको छ भने ८.४८ प्रतिशत शेयर आमसर्वसाधारण र कर्मचारीको रहेको छ । सञ्चार..

    ८ अर्ब ६५ करोडको ट्रेजरी बिल बिक्री हुँदै

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ नेपाल राष्ट्र बैंकले रु आठ अर्ब ६५ करोड ५० लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।   बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये रु तीन अर्ब १३ करोड ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । उक्त परिमाणको ट्रेजरी बिल आगामी मङ्सिर १७..

    साताको शेयर : १ अर्ब ६१ करोडको कारोवार

    शनिबार, भाद्र १४, २०७६ साल
    काठमाडौँ, १४ भदौ   धितोपत्र बजारमा यस साता कूल १७२ कम्पनीको शेयर कारोवार भयो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक उतार चढावपूर्ण अवस्थामा रह्योे । यसै साता बजार ओरालो लागेर एघार सयको बिन्दुमा झरेको छ ।    बजारमा लगानीकर्ताको मनोविज्ञान नकारात्मकतातर्फ उन्मुख भएको भन्दै बजार ओरालो लागेको बताइँदै आएको छ । कारोवार रकम र नेप्सेको अवस्थाले पनि सोही कुरालाई इङ्गित गरेको..

    साताको अन्तिम दिन पनि नेप्से ओरालो

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौँ, १२ भदौ  बुधबार दोहोरो अङ्कले घटेको धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १.३३ अङ्कले घटेर एक हजार १९६.४१ मा पुगेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक ०.१६ बिन्दुले घटी २६१.२४ मा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकमसमेत सस्तैमा समेटिएको छ । कुल १७० कम्पनीको नौ लाख ७५..

    शेयर बजार ओरालो : नेप्से परिसूचक ३ अङ्कले घटेर १ हजार २ सय ९ अङ्कमा

    आईतवार, भाद्र ८, २०७६ साल
    काठमाडौँ, ८ भदौ    धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । गत साता उतारचढावपूर्ण अवस्थामा रहेको नेप्से साताको पहिलो दिन आज पनि ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ३.४५ विन्दुले घटेर एक हजार २०९.६२ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले घटेर २६३.४३ विन्दुमा पुगेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत सस्तैमा समेटिएको..

    नेप्से झिनो अङ्कले घट्यो

    बिहिवार, भाद्र ५, २०७६ साल
    काठमाडौँ, ५ भदौ  यस साता धितोपत्र बजारका कारोवार मापक नेप्से परिसूचक उतारचढावपूर्ण रहेको छ । साताको अन्तिम दिन आज नेप्सेमा झिनो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.९९ बिन्दुले घटेर एक हजार २१३.०६ बिन्दुमा झरेको छ ।  यस्तै सेन्सेटिभ परिसूचक भने ०.२९ बिन्दुले बढेको छ । नेप्से ओरालो लागेसँगै कारोवार रकममा समेत गिरावट आएको छ । कूल १७२..

    शेयर बजार : नेप्से झिनो अङ्कले सुधार

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ   कहिले घट्ने तथा कहिले बढ्दै असन्तुलित अवस्थामा रहेको शेयर बजार आज भने स्थिर जस्तै देखिएको छ । शेयर कारोवार मापक नेप्से परिसूचक झिनो अङ्कले सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.४२ बिन्दुले बढेर एक हजार २१४.०५ बिन्दुमा पुगेको छ ।    यस्तै सेन्सेटिभ परिसूचक ०.२२ बिन्दुले बढेर २६३.४१ बिन्दुमा कायम भएको छ । नेप्सेमा..

    राष्ट्र बैंकले लिलाम गर्यो आफ्नो स्वामित्वको सेयर, किन्ने आज अन्तिम दिन

    सोमबार, भाद्र २, २०७६ साल
    काठमाडौँ, २ भदौ  राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेप्सेको १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर असार ३१ गतेदेखि बिक्री खुला गरेको हो ।  नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर लिलामीमार्फत खरिद गर्ने सोमबार (भदौ २ गते) अन्तिम दिन हो । यसमा बैंक, वित्तीय संस्था, धितोपत्र व्यवसायी तथा सूचीकृत संगठित संस्थाहरुले गोप्य शिलबन्दी बोलपत्र पेश गर्न..

    शेयर बजार : नेप्सेमा ९ अङ्कको ओरालो, यी शेयरधनी कमाए

    आईतवार, भाद्र १, २०७६ साल
    काठमाडौँ, १ भदौ । निरन्तर ओरालो लाग्दै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि झर्ने क्रम जारी रहेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९.२० बिन्दुले घटेर एक हजार २१४.८३ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.५७ बिन्दुले घटेर २६३.११ बिन्दुमा झरेको छ । नेप्से ओरालो लाग्दो कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६० कम्पनीको ११ लाख..

    साताको शेयर बजार : एक अर्ब ७८ करोडको कारोवार

    शनिबार, श्रावन ३२, २०७६ साल
    काठमाडौँ, ३२ साउन  धितोपत्र बजारमा यस साता कूल १७१ कम्पनीको शेयर कारोवार भयो । चालू आर्थिक वर्ष लागेदेखि नै निरन्तर आरोलो लागेको बजार यस साताको अन्तिम दिन एक हजार २२४.०३ मा पुगेर बन्द भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता कूल ७५ लाख ४४ हजार १३ कित्ता शेयर रु एक अर्ब ७८ करोड ९२ लाख २३ हजार ६६६ मा मूल्यमा..

    यी ४ सेयर कम्पनी जसकाे एक कित्ता सेयर किन्नै ५ हजार भन्दा बढी खर्चनुपर्छ

    शुक्रबार, श्रावन ३१, २०७६ साल
    काठमाडौं, ३१ साउन । धेरैलाई थाहा नै हाेला सबैभन्दा महंगो सेयर भएको कम्पनी कुन हाे ? कतिपयले अनुमान पनि लागाएकै हाेलान् । बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालको एक कित्ता सेयरकाे मूल्य १९ हजार ७ सय ९२ रुपैयाँ छ । यो सबैभन्दा महंगो सेयर हो । यद्यपि यो सेयरको मूल्य घटेर यति आइपुगेको हो । यसको पछिल्लो कारोबार साउन २१ गते भएको थियो । सर्वाधिक महंगो भएकै..

    साताको अन्तिम दिन : नेप्से परिसूचकको ओरालो यात्रा कायमै

    बिहिवार, श्रावन ३०, २०७६ साल
    काठमाडौँ, ३० साउन । धितोपत्र बजारमा लगातार ओरालो लाग्दै आएको शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम दिन आज पनि घटेको छ ।  नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १.८६ बिन्दुले घटेर एक हजार २२४.०३ मा पुगेको छ । त्यस्तै सेन्सेटिभ परिसूचक १.२४ अङ्कले घटेर २६४.६८ मा पुगेको छ । परिसूचक घटेसँगै कारोबार रकम पनि औसतमै सीमित रह्यो । कुल १५९ कम्पनीको..

    शेयर बजारले बुधबार पनि गति लिएन, कारोबार २६ करोडमा खुम्चियो

    बुधबार, श्रावन २९, २०७६ साल
    काठमाडाैं, २९ साउन ।  बुधबार सेयरबजार परिसूचक नेप्से  ५.१७ अंकले घटेकाे छ। नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक घटेर १२२५.९० विन्दुमा झरेको हाे। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि १.२२ अंकले ओर्लिएको छ। कुल १ सय ६९ वटा कम्पनीको कारोबार भएकामा १० लाख कित्ता सेयर मात्रै बिक्री भएका छन्। कुल १२ समूहको कारोबार भएकामा माइक्रोफाइनान्सबाहेक अन्य सबैको सूचक रातो छ। कारोबारका..
    Results 519: You are at page 1 of 18
    1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last
    Weather Forecast