शुक्रबार, माघ १०, २०७६

    आर्थिक खबर

    एस्सिडब्लुइसीद्वारा बर्मामा नेपाली मौलिक उत्पादनहरुको प्रदर्शनी

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौं, १७ भदौ ।  नेपाली उत्पादनहरुको प्रबद्र्धन गर्ने उदेश्यसहित सार्क चेम्बर महिला उद्यमी परिषद अर्थात् एस्सिडब्लुइसीसंग आबद्ध  महिला टोलीले वर्माको याङ्गनमा प्रबद्र्धनात्मक  प्रदर्शनी सम्पन्न गरेको छ ।  वर्मास्थित नेपाली राजदुताबासको निमन्त्रणामा एस्सिडब्लुइसी नेपालकी उपाध्यक्ष सरोजनी शेरचनको नेतृत्वमा १६ जना महिला उद्यमी सम्मिलित उक्त टोलीले वर्माको याङ्गनमा प्रबद्र्धनात्मक प्रदर्शनीको आयोजना गरेको हो ।  टोलीले वर्माको याङ्गनको पाइन ओ ओलीन शहरमा अवस्थित नेपाली दुतावासको प्राङ्गणमा..

    सुनको मूल्य ५०० ले बढ्यो, कति पुग्यो तोलाको ?

    मंगलवार, भाद्र १७, २०७६ साल
    काठमाडौँ, १७ भदौ भदौ दोस्रो साता केही ओरालो लागेको सुनको मूल्य आज फेरि प्रतितोला रु ५०० ले वृद्धि भएको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासङ¬्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० पुगेको छ । आइतबार र सोमबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो ।  त्यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ५०० ले वृद्धि भएको छ..

    यी हुन् सबैभन्दा धेरै सुन भएका देशहरु, १ नम्बर अमेरिका !

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ  विश्वका धनी देशहरुसँग प्रसस्त मात्रामा सुनको भण्डारण रहेको छ । यी देशहरु विश्वमा सबैभन्दा धेरै सुन रहेका देशहरु हुन् : अमेरिका : यो देश विश्वमा सबैभन्दा धेरै सुन भण्डारण रहेको देशको सूचिमा पहिलो नम्बरमा छ । अमेरिकासँग ८ हजार १३३ दशमलब ५ टन सुन रहेको छ । जर्मनी : सबैभन्दा धेरै सुनको धनी रहेको मुलुकको दोश्रो स्थानमा जर्मनी रहेको छ..

    तीजको दिन कति छ सुनचाँदीको भाउ ?

    सोमबार, भाद्र १६, २०७६ साल
    काठमाडौँ, १६ भदौ हिन्दु नारीहरुको विशेष चाड हरितालीका तीजको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । सोमवार छापावाल सुन प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।  त्यस्तै, सोमबार तेजावी सुन ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भैरहेको..

    नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ एक वर्ष भरिमा नेपालको व्यापार घाटा १३ खर्ब २१ अर्ब रुपैयाँको देखिएको छ। गत आर्थिक वर्ष २०७५।७६मा नेपालले विदेशबाट १४ अर्ब १८ अर्ब रुपैयाँको वस्तु आयत गरेको थियो। तर निर्यात भने ९७ अर्ब रुपैयाँको मात्रै गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५।७६ मा कुल वस्तु आयात १३.९ प्रतिशतले बढेर १४..

    १ वर्षमा ८ खर्ब ७९ अर्ब रेमिट्यान्स भित्रियो, गत वर्षभन्दा १६ प्रतिशत वृद्धि

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौं, १५ भदौं वैदेशिक रोजगारीमा जाने नेपाली संख्याको घटे पनि रेमिट्यान्स आप्रवाह भने बढेको छ । विदेशमा काम गर्ने नेपालीले पठाएको रकम रेमिट्यान्स गत आर्थिक वर्षमा भन्दा १६.५ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा रेमिट्यान्स १६.५ प्रतिशतले बढेको हो । आर्थिक वर्ष २०७५/७६ मा रेमिट्यान्स रकम ८ खर्ब ७९ अर्ब २७ करोड रुपैयाँ..

    साताको पहिलो दिन कतिमा हुँदैछ सुनको कारोबार ?

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौं, १५ भदौ  शुक्रबार तोलामा ७२ हजार ४०० मा कारोबार भएको सुनको भाउ आइतबार घटेर ७२ हजारमा कारोबार गरेको हो ।  यस्तै चाँदी आइतबार तोलामा ८८५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।..

    १० दिनमा पाइपलाइनबाट तेल आउने, यसरी गर्दैछन् ओली र मोदीले उद्घाटन

    आईतवार, भाद्र १५, २०७६ साल
    काठमाडौँ, १५ भदौ ।  अब १० दिनमा नेपाल र भारत पेट्रोलियम पाइपलाइनबाट तेल आउने भएको छ । पेट्रोलियम पाइपलाइनको उद्घाटन दुवै देशका प्रधानमन्त्रीले १० सेप्टेम्बर (२४ भदौ) गर्ने भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलका प्रवक्ता नवराज ढकालले पाइपलाइनको उद्घाटन नेपालका प्रधानमन्त्री केपी ओलीले बालुवाटारबाट र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीबाट गर्ने कार्यक्रम तय भएको बताए । प्रवक्ता ढकालले दुवै देशका..

    कुन देशबाट कति आयो नेपालमा रेमिट्यान्स ? अमेरिका पहिलो ! (सूचीसहित)

    शुक्रबार, भाद्र १३, २०७६ साल
    काठमाडौँ, १३ भदौ मुलुकमा भित्रिने रेमिट्यान्स वर्षेनी बढ्दै गएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।     नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्म अर्थात ११ महिनामा ७ खर्ब ९९ अर्ब रेमिट्यान्स भित्रिएको छ । गत आर्थिक वर्ष १७ प्रतिशतले रेमिट्यान्स बढेको छ । पछिल्लो समय औपचारिक माध्यमबाट पठाउने क्रम बढेकाले पनि रेमिट्यान्सको वृद्धि उच्च देखिएको स्रोतले जनाएको छ । हुन्डी कारोबार निरुत्साहित..

    ‘प्यान नागरिकता जस्तै हो, व्यवसाय र जागीर गर्नेले नलिई हुँदैन’

    शुक्रबार, भाद्र १३, २०७६ साल
    काठमाडौँ, १३ भदौ ।  सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ ।    नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले जुनसकै वहाना बनाएर राजस्व छली गरेको भए पनि सरकारले कारबाही गरेरै छाड्ने बताउनुभयो ।    सरकारले व्यवसायी माथि दुःख दिने नियत नराखेको प्रष्ट..

    लगातार बढेकाे सुनकाे मूल्य आज ह्वात्तै घट्याे

    शुक्रबार, भाद्र १३, २०७६ साल
    काठमाडौँ, १३ भदौ    बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ ।   बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो ।चाँदीको मूल्य पनि बिहीबारको..

    सर्वोच्चको आदेशपछि पनि गोर्खा ब्रुअरीले तिरेन ८७ करोड, यस्तो छ नालीबेली !

    बिहिवार, भाद्र १२, २०७६ साल
    चितवन, १२ भदौ । अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ । कार्यालय प्रमुख शुवप्रसाद रिजालका अनुसार भदौ ९ गते कूल रकमको २५ प्रतिशत रकम रु २१ करोड ७८ लाख ब्रुअरीले कार्यालयमा जम्मा गरेको छ । अन्तःशुल्क ऐन,..

    गोदावरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि

    बिहिवार, भाद्र १२, २०७६ साल
    अत्तरिया, १२ भदौ  कैलालीको गोदावरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । नगरपालिकाले करको दायरा बढाएपछि आन्तरिक आयमा बढेको हो ।नगरपालिकाले गत आव २०७५÷७६ मा रु २१ करोड ८६ लाख ४६ हजार ४०१ राजश्व सङ्कलन गरेको आन्तरिक लेखा परीक्षण अधिकृत राजेशप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले अघिल्लो आव २०७४÷७५ मा रु दुई करोड ५६ लाख दुई हजार २०६ राजश्व सङ्कलन भएको..

    ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुदैंछ काराेबार ?

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौँ, १२ भदौ नेपाली बजारमा बिहीबार पुन: सुनको भाउ  बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको छ । यता, तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ८०० रुपैयाँले नै बढेर ७३ हजार १०० रुपैयाँ पुगेको छ ।   यसअघि गत सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ कृतिमानका साथ..

    दसैंका लागि २ खर्बको बस्तु आयात गर्न प्रतीतपत्र

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौं, १२ भदौ ।  चाडपर्व लक्षित गरेर व्यवसायीले २ खर्ब रुपैयाँको वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोलेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आइतबारसम्म १ खर्ब ८० अर्ब ४४ करोड ३८ लाख ८० हजार रुपैयाँको प्रतीतपत्र खोलिएको छ। यसरी खोलिएका प्रतीतपत्रको सामान भने आइसकेको छैन। ‘भारतबाट कतिपय सामान एलसी खोलेको ७–१० दिनमै आयात भइसक्छ। त्यस्ता एलसीको तथ्यांक यहाँ समावेश छैन,’ राष्ट्र बैंकका प्रवक्ता..

    नेपाल–मलेसिया प्राविधिक कमिटीको बैठक बस्ने

    बुधबार, भाद्र ११, २०७६ साल
    काठमाडौँ, ११ भदौ   मलेसिया रोजगारीलाई मूर्त रुप दिन यही भदौ २४ र २५ गते नेपाल र मलेसियाको प्राविधिक कमिटीको बैठक बस्ने भएको छ ।    दुवै मुलुकबीच श्रम समझदारी सम्पन्न भएपछि बाँकी रहेको प्राविधिक विषय टुङ्ग्याउने बारेमा बैठकमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । मलेसियामा हुने सो बैठकमा समझदारी कार्यान्वयन प्रक्रियामा हालसम्म भएका प्रगतिका बारेमा समेत बैठकमा छलफल हुनेछ ।    बैठकले मलेसिया रोजगारीका..

    लगातार बढेकाे सुनकाे मूल्य आज ह्वात्तै घट्याे

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौं, १० भदाै । पछिल्लो केहि समयदेखि लगातार बढेको सुनको मूल्‍य आज घटेकाे छ। साेमबारकाे तुलनामा नेपाली बजारमा सुनकाे मूल्य ९ सय रुपैयाँले घटेको हो। हिजो ७३ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुन आज तोलाको ७२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। भदौ महिनामा पहिलोपटक सुनको भाउ घटेको हो। चाँदीको भाउ भने स्थिर रहेको छ।..

    अन्योलमा माथिल्लो कर्णाली, स्थानीयमा चिन्ता

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ ।  नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी जिएमआरको म्याद थप नभएको असोज ३ गते एक वर्ष पुग्दैछ। वित्तीय व्यवस्थापन गर्न नसक्दा लगानी बोर्डले जिएमआरको म्याद थप गरेको छैन। यसले आयोजना नबन्ने हो कि भन्ने चिन्ता स्थानीयमा छाउन थालेको छ। २०७१ असोज ३ गते आयोजना विकास सम्झौता (पिडिए) भएयता जिएमआर बंगलादेशसँग विद्युत्..

    सर्वोच्चले गर्‍यो एनसेललाई निर्धारण भएको ६२ अर्ब रुपैयाँ कर नलाग्ने फैसला

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ ।  टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादमा सर्वोच्चले सोमबार फैसला गर्दै वैशाख ३ गते ठूला करदाताले निर्णय गरेअनुसार कर तिर्नु नपर्ने निर्णय सुनाएको छ । सर्बोच्चको फैसलाले एनसेललाई ठूला कर कार्यालयले निर्धारण गरेको कर नलाग्ने भएको छ । सर्बोच्च अदालतका न्यायधीशहरु तेजबहादुर केसी,पुरुषोत्तम भण्डारी,डम्बरबहादुर शाही,शुमलता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलाशले एनसेलको कर निर्धारणमा आयकर ऐनको दफा..

    सुनको मूल्य बढेको बढ्यै, तोलामा १ हजार वृद्धि !

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ । सोमबार सुनको मूल्य झन् बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार दुई सय रुपैयाँमा कारोबार..

    सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

    शनिबार, भाद्र ७, २०७६ साल
    बुटवल, ७ भदौ   सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले मुलुकको समृद्धिको जग बसालिसकेको र यसको परिणाम केही समयमै देखिने बताउनुभएको छ । राजनीतिक अधिकारप्राप्तिको लडाईं पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकास रहेको भन्दै मन्त्री बाँस्कोटाले उत्पादनका क्षेत्रलाई बलियो बनाएर उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिलाई साकार पारिनेसमेत बताउनुभयो ।   अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा रेडियो शीतगङ्गा तथा खुला तीज गीत..

    घटाइयो राजस्व वृद्धिदर बढी देखाउने आधार, यथार्थ वृद्धिदर कति ?

    शनिबार, भाद्र ७, २०७६ साल
    काठमाडौं, ७ भदौ। राजस्व वृद्धिदर उच्च देखाउन अर्थ मन्त्रालयले २०७४/७५को राजस्वको आधार नै घटाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०७४/७५ मा ७ खर्ब १ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको देखाइएको छ। राजस्व संकलनको आधार नै घटाइएकाले २०७५/७६ संकलन भएको ८ खर्ब ५९ अर्ब ५९ करोड रुपैयाँको राजस्व त्यसभन्दा अघिल्लो वर्षको तुलनामा २२.६१ प्रतिशतको वृद्धिदर हुन आउँछ। आव २०७४/७५..

    रुद्राक्ष जोगाउनै मुस्किल, सुरक्षाका लागि सिसी क्यामरा र कुरुवा

    शुक्रबार, भाद्र ६, २०७६ साल
    खाँदबारी, ६ भदौ ।  रुद्राक्षबाट सङ्खुवासभाका थुप्रै किसानले हजारदेखि करोड रुपैयाँसम्म आयआर्जन गर्दै आएका छन् । मुखदार र ठूलो आकारको रुद्राक्ष बेचेर यहाँका धेरै नागरिकले आफ्नो जीवनस्तर निकै माथि उकासेका छन् ।    पछिल्लो समय भने रुद्राक्षको बोट नै नष्ट गर्ने विकृति बढेपछि कृषक चिन्तित हुने गरेका छन् । राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पुर्याउने घटना बढेपछि कृषकलाई बोट जोगाउनै मुस्किल परेको..

    सरकारले चियासम्बन्धी स्पष्ट नीति नल्याउँदा घट्यो निकासी

    शुक्रबार, भाद्र ६, २०७६ साल
    इलाम, ६ भदौ    विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४-७५ को तुलनामा २०७५-७६ मा घटेको तथ्याङ्कले देखाएको छ ।    देशको व्यापार सन्तुलन कायम गर्न महत्वपूर्ण हिस्सा राख्ने चिया निर्यात घट्दा भने व्यापार सन्तुलन गर्नसमेत समस्या हुने देखिन्छ । आव २०७४-७५ को भन्दा..

    अमेरिकी डलरको भाउ आकासिन थाल्यो, रेमिटेन्स पठाउनेलाई फाइदा !

    शुक्रबार, भाद्र ६, २०७६ साल
    काठमाडौं, ६ भदौ ।  अमेरिका-चीन व्यापार युद्धका कारण विस्तारै उक्लिन थालेको डलरको भाउ अघिल्लो साता भारतले जम्मुकस्मिर बारे लिएको महत्वपूर्ण निर्णयका कारण उचालिएको हो ।  अमेरिकी डलरको भाउ फेरि ४० पैसाले बढेर ११५ रुपैयाँ २० पैसा पुगेको छ ।  करिव तीन सातामा डलरको भाउ ४ रुपैयाँ ८३ पैसाले बढेको छ । स्वतन्त्र राज्यका रुपमा रहेको जम्मु कस्मिरलाई केन्द्रीय सरकार अन्तर्गत ल्याए लगत्तै भारु..

    रोजगारीका लागि भारत जाने दिन गए

    बिहिवार, भाद्र ५, २०७६ साल
    मान्म, ५ भदौ जिल्लाको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंक स्थापना गरेपछि रोजगारीका लागि भारत जाने यहाँका बासिन्दा गाउँमै रोजगारी पाउन थालेका छन् । नगरपालिकाले बेरोजगारलाई गाउँमा नै रोजगारी दिने उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरेर रोजगारका अवसर उपलब्ध गराएकाले भारत जानेहरु गाउँमा रोजगार बन्न थालेका हुन् । नगरपालिकाले गाउँमै उक्त  बैंक स्थापना गरेपछि भारतमा रोजगारी गर्ने दिनको अन्त्य भएको वडा नं–२ का..

    लायन्स क्लबद्वारा १२० जनालाई व्यावसायिक तालीम प्रदान

    बिहिवार, भाद्र ५, २०७६ साल
    बनेपा, ५ भदौ लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस काभ्रे पनौतीको आयोजनामा १२० जनालाई व्यावसायिक तालीम प्रदान गरिने भएको छ । क्लबको आयोजनामा पनौती नगरपालिका र लायन्स क्लबका डिस्ट्रिक गभर्नर इन्दु लम्सालको सहयोगमा पनौती नगरपालिकाभरिका १२० जनालाई तालीम प्रदान गरिने भएको हो ।  विद्युत, प्लम्बिङ र कार्पेन्टरसम्बन्धी तीन महीने तालीम हुने क्लबका पूर्वअध्यक्ष भोला थापाले बताउनुभयो । तालीमका लागि डिस्ट्रिक गभर्नरबाट ८०..

    अर्थमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडाँै, ४ भदौ अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेट वार्ता भएको छ ।  अर्थ मन्त्रालयमा भएको सो भेटमा चिनियाँ कम्पनीबाट नेपालमा भइरहेका निर्माणकार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको विषयमा छलफल भएको थियो । सो क्रममा तत्कालका लागि काठमाडौँ–कोदारी, काठमाडौँ–रसुवागढी र कोरला नाकामार्फत आवागमन आबद्धता बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको..

    महिला उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्य सहित तीज व्यापार मेला हुने

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ  महिला उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्श र महिला चेम्बरले संयुक्त रुपमा यही भदौ ६ गतेदेखि दोस्रो तीज व्यापार मेला २०७६ आयोजना गर्ने भएको छ ।  जमलस्थित चेम्बर भवनमा दुई दिनसम्म चल्ने सो मेलामा महिला उद्यमी व्यवसायीले आफ्ना सिर्जनात्मक उत्पादन र सेवाको प्रदर्शनी गर्नेछन् ।  मेलामा काठमाडौँका महिलाद्वारा प्रवद्र्धित ५० फार्म÷कम्पनी, सङ्घ–संस्थाको सहभागिता रहने चेम्बरले जनाएको छ ।..

    सिरुटारमा ८ वर्षपछि साधारणसभा : एउटा धारा जडान गर्न रु ४० हजार

    बुधबार, भाद्र ४, २०७६ साल
    भक्तपुर, ४ भदौ सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्चालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महीनाभित्र साधारणसभा सम्पन्न गर्न सांसददेखि नगरपालिकासमेतले निर्देशन दिएको छ । विसं २०५२ मा स्थापना भई हाल एक हजार २०० घरपरिवारलाई पानी वितरण गर्दै आएको समितिले १८ वर्षसम्म साधारणसभा नगरेको, लेखापरीक्षण  नगरेको, आयव्यय सार्वजनिक नगरेको र समितिका कर्मचारीले व्यापक अनियमितता गरेको आरोप लाग्दै आएपछि वडा कार्यालयमा आज भएको सर्वपक्षीय बैठकले एक..
    Results 1582: You are at page 9 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast