मंगलवार, आषाढ २३, २०७७

    आर्थिक खबर

    निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार

    सोमबार, मंसिर १८, २०७४ साल
    काठमाडौँ, १८ मंसिर । निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोवार भएको छ ।  अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोवारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत हुन्छ । अन्य समयमा दैनिक प्रत्येक..

    सयौँ मजदुरलाई रोजीरोटी दिएको छ रामघाटको बालुवाले

    आईतवार, मंसिर १७, २०७४ साल
    पोखरा, १७ मंसिर  : कहिलेकाहीँ मानव जीवनको विनास गराउने नदीले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्था पनि गरिरहेको छ । यस्तै एउटा ज्वलन्त उदाहरण हो, पोखरा–लेखनाथ महानगरपालिका–९ रामघाटस्थित सेती नदीको किनारमा रहेको बालुवा, गिट्टी र ढुंगा । दैनिकजसो बिहान उज्यालो भएपछि सबै मजदुर नदीको किनारमा पुग्छन् । प्रायजसो घरका सबै परिवार आफूले बिहान खाने खानासमेत बोकेर त्यहाँ पुगेका हुन्छन् अनि शुरु हुन्छ बालुवा..

    धनकुटामा चार अर्ब ३५ करोडको तरकारी बिक्री

    बिहिवार, मंसिर १४, २०७४ साल
    धनकुटा, १४ मंसिर । बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा रु चार अर्ब ३५ करोड बराबरको तरकारी बिक्री भएको छ । सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी उत्पादन र बिक्री बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  यस वर्ष जिल्लामा उत्पादित बन्दागोभी, मूला, आलु, गोलभेँडा, अकबरे खुर्सानी, घीउसिमीलगायत तरकारी उत्पादन भएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा..

    आजदेखि भृकुटीमण्डपमा नेपाल चेम्बर एक्सपो २०१७

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौँ, १३ मसिर ।  नेपाल चेम्बर अफ कमर्सले देशको आर्थिक विकासलाई गति दिने उद्देश्यले भृकुटीमण्डपमा नेपाल चेम्बर एक्सपो–२०१७ आयोजना गरेको छ ।  यही मंसिर १४ देखि १८ गतेसम्म आयोजना हुने त्यस एक्सपोमा दक्षिण कोरिया एक्सपो पार्टनर कन्ट्री तथा थाइल्याण्ड फोकस कन्ट्री पार्टनरको रुपमा रहने बताइएको छ ।  मेलामा कुल २५० स्टल रहने छन् । नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापानलगायत विभिन्न..

    दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोड क्षति

    बुधबार, मंसिर १३, २०७४ साल
    इलाम, १३ मंसिर । सूर्योदय नगरपालिका–६ हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको धनमालको क्षति भएको छ ।  बिहान ५ः३० बजे खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथीभरा दुग्ध उद्योगमा विद्युत् चुहिई आगलागी भएको प्रहरी चौकी हर्कटेका प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले जानकारी दिए । आगलागीमा दुग्धजन्य उत्पादन जलेर नष्ट हुनाका साथै यन्त्रमा समेत क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी,..

    ईलाममा चिज उद्योग बन्द हुने अवस्थामा

    मंगलवार, मंसिर १२, २०७४ साल
    इलाम, १२ मंसिर ।  चिजको माग बढ्दै गए पनि दूधको अभावमा दुग्द्य विकास संस्थान स्वामित्वको पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ । दूधबाट बन्ने परिकारको माग बढे पनि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएपछि सरकारी उद्योगलाई दूधको अभाव हुन थालेको छ । लामो समयदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)मा दूध बिक्री गर्दै आएका किसानले निजी डेरीले बढी मूल्य..

    सानिमा इक्विटी फण्डको बिक्री शुरु, प्रति इकाई १० रुपैयाँ

    मंगलवार, मंसिर १२, २०७४ साल
    काठमाडौँ, १२ मंसिर  ।  कुल १२ करोड एकाइ बराबरको सानिमा इक्विटी फण्डको कारोबार आजदेखि शुरु भएको छ ।  कुल सात वर्षको बन्दमुखी योजनाअन्तर्गत एक करोड ८० लाख एकाइ संख्याको १५ प्रतिशत एकाइ प्रवर्द्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखी अरु एकाइ बिक्री शुरु भएको सानिमा क्यापिटलले जनाएको छ ।  आजदेखि शुरु भएको उक्त म्याचुअल फण्ड यही मंसिर २६ गतेसम्म..

    दाङका उद्योगमा करिब एघार अर्ब लगानी

    मंगलवार, मंसिर १२, २०७४ साल
    दाङ, १२ मंसिर । यहाँ स्थापना भएका उद्योगमा रु १० अर्ब ९५ करोड १७ लाख ४० हजार लगानी भएको छ ।  उद्योग विकास शाखा दाङमा २०७४ साल असार मसान्तसम्म दर्ता कायम रहेका विभिन्न ५४ प्रकारका उद्योगमा उक्त लगानी भएको हो ।  उक्त लगानी सिमेन्ट उद्योग बाहेकका अन्य उद्योगको भएको उद्योग अधिकृत उमबहादुर वलीले जानकारी दिए  । उनले अहिलेसम्म चार हजार ९०२ वटा उद्योग..

    सुनको भाउ तोलामा एक सयले बढ्यो, ५६ हजार १ सय रुपैंयाँमा कारोबार

    सोमबार, मंसिर ११, २०७४ साल
    काठमाडौं, मंसिर ११ । सुनको मूल्य सोमबार तोलामा एक सय रुपैंयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोला सुनको मूल्य हिजो भन्दा सय रुपैंयाँले बढेर ५६ हजार १ सय रुपैंयाँ कायम भएको छ। तेजाबी सुनको मूल्य यो भन्दा तीन सय रुपैंयाँँ कम हुने गर्दछ। चाँदीको मूल्यमा  ५ रुपैंयाँले वृद्धि भएको छ। हिजो प्रति तोला ७ सय ६० रुपैंयाँ रहेको..

    एक वर्षको अवधिमा देशका ५० हजार युवालाई स्वरोजगार बनाइने

    आईतवार, मंसिर १०, २०७४ साल
    पाल्पा, १० मंसिर  युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक डा विष्णुप्रसाद गौतमले एक वर्षको अवधिमा ५० हजार युवालाई स्वरोजगार बनाउने बताएका छन् । उनले देशभरका सहकारीमार्फत बिनाधितो कर्जा परिचालन गरी बेरोजगार युवालाई स्वरोजगार बनाउन सहकारीको साथ आवश्यक रहेको प्रस्ट पारे।  पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकास्थित सृजना सहकारी संस्थाको १७औँ साधारणसभामा शनिबार निर्देशक गौतमले हालसम्म ४५ हजार युवालाई स्वरोजगार बनाइसकेको दाबी गरे।..

    चितवनमा चर्खाबाट ऊन काटेर मनग्य आम्दानी बढाउँदै महिला

    शुक्रबार, मंसिर ८, २०७४ साल
    चितवन, ८ मंसिर । पूर्वी चितवनको पदमपुरस्थित थाङ्खोला सामुदायिक वन क्षेत्रका महिला लोपोन्मुख पेशा ‘चर्खाबाट ऊन कात्ने’ सीप सिकेर आम्दानी बढाउँदै आएका छन् ।  उक्त वनका उपोभोक्ताले सञ्चालन गरेको चेतना चेली बहुउद्देश्शीय सहकारी संस्थाले जिल्ला वन कार्यालयको अगुवाइमा राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत ऊन कात्ने तालिम प्रदान गरेको हो ।  पेशा नहराओस् भनेर यसरी महिलालाई तालीम प्रदान गरिएको कोषका संरक्षण अधिकृत सन्तोष भट्टराईले जानकारी..

    सुनको भाउ तोलामा ४ सयले बढ्यो, ५६ हजार २ सयमा कारोबार

    बिहिवार, मंसिर ७, २०७४ साल
    काठमाडौं, मंसिर ७ । सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा २ सय रुपैयाँ घटेर ५५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँ बढेको हो । यस्तै तोलामा ५ रुपैयाँ बढेर चाँदी तोलाको ७ सय ६५ रुपैयाँमा..

    एडिबीको करिब रु १५ अर्ब सहायता स्वीकार गर्ने मन्त्रिपरिषद्को निर्णय

    बुधबार, मंसिर ६, २०७४ साल
    काठमाडौँ, ६ मंसिर ।  मन्त्रिपरिषद्को आजको बैठकले नेपालको शहरी क्षेत्रको विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंकबाट प्राप्त रकम स्वीकार गर्ने निर्णय गरेको छ ।  नेपाल सरकारको अनुरोध बमोजिम शहरी विकास तथा आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडिबी)बाट सहायतका रुपमा प्राप्त हुने १५० मिलियन अमेरीकी डलर (करिब रु १५ अर्ब ५० करोड) रकम स्वीकार गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको बैठकपछि अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले..

    व्यापार प्रवद्र्धनमा सरकारी नीति नै बाधक रहेको व्यवसायीको गुनासो

    बुधबार, मंसिर ६, २०७४ साल
    लुम्बिनी, ६ मंसिर । यहाँका उद्योग व्यवसायीले सरकारका अव्यवहारिक, झण्झटिला र व्यवसायीमैत्री नीतिको अभावका कारण व्यापार फस्टाउन नसकेको गुनासो गरेका छन् । उद्योग व्यापार संगठन रुपन्देही शाखाले भैरहवामा आयोजना गरेको चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाका अवसरमा हिजो आयोजित व्यापारसम्बन्धी अन्तरक्रियामा उनीहरुले व्यवसाय दर्ता र नवीकरण, भन्सार र वाणिज्य नीति ज्यादै झण्झटिलो भएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् ।  कैयौँ सामान भारतीय बजारमा..

    ताप्लेजुङमा पाँच प्रतिशतले धान उत्पादनमा वृद्धि, जिल्लाको माग भने नधान्ने

    मंगलवार, मंसिर ५, २०७४ साल
    ताप्लेजुङ, ५ मंसिर ।  ताप्लेजुङमा यस वर्ष धान उत्पादनमा पाँच प्रतिशतले बृद्धि हुने भएको छ । धान रोप्ने समयमा पर्याप्त वर्षा भएको र रोग किराको प्रकोप नदेखिएकाले गत वर्ष भन्दा पाँच प्रतिशतले बढ्ने जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ । यो वर्ष ताप्लेजुङमा ८ हजार ७ सय ३७ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । त्यसबाट २२ हजार ४ सय २४..

    आज छैठौं राष्ट्रिय कर दिवस मनाइदै, मूल्य अभिवृद्धि कर लागु भएको २० वर्ष पूरा

    शुक्रबार, मंसिर १, २०७४ साल
    काठमाडौं, मंसिर १ ।  आज छैठौं राष्ट्रिय कर दिवस विभिन्न सरोकारवाला निकायले विविध कार्यक्रमको  आयोजना गरी मनाउदै छ । दिसवको यस वर्षको नारा हाम्रो पौरख हाम्रो कर राष्ट्र निर्माणको दिगो भर भन्ने तय गरिएको छ ।  विस २०५४ साल मंसिर १ गतेदेखि मूल्य अभिवृद्धि कर लागु भएको दिनको सम्झनामा राजश्वको महत्व र आवश्यकतालाई जानकारी गराउने उद्देश्यले २०६९ सालदेखि आजका दिन राष्ट्रिय कर दिवस..

    आज राष्ट्रिय कफी दिवस मनाइदै, ललितपूरको ठूला दुर्लुङमा विशेष कार्यक्रम आयोजना

    शुक्रबार, मंसिर १, २०७४ साल
    काठमाडौं मंसिर १।  शुक्रबार राष्ट्रिय कफी दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ । दिवसको अवसरमा चिया तथा कफी विकास बोर्डले ललितपूरको ठूला दुर्लुङमा विशेष कार्यक्रम आयोजना गरेको छ ।  कफी किसानहरुसँग मनाउन लागिएको कार्यक्रममा सांस्कृतिक प्रदर्शनीका साथै उत्कृष्ट किसान, व्यवसायी लगायतलाई सम्मान गरिने बोर्डले जनाएको छ ।  नेपालमा कफीको उत्पादन बढेर यो बर्ष ४ सय ६६ मेट्रिक टन पुगेको छ । यद्यपी आयात तथा..

    कोप–२३ : जलवायु परिवर्तनबाट अर्थतन्त्रमा अतिरिक्त प्रभाव

    शुक्रबार, मंसिर १, २०७४ साल
    बर्न, जर्मनी, १ मंसिर । जनसङ्ख्या तथा वातावरणमन्त्री मिथिला चौधरीले अत्यन्त न्यून हरितगृह ग्यासको उत्सर्जन गरेतापनि नेपालले जलवायु परिवर्तनबाट सिर्जित समस्या भोग्नुपर्दा यहाँका बासिन्दा र राष्ट्रिय अर्थतन्त्रमा अतिरिक्त प्रभाव परेको बताएकि छिन् ।  जर्मनीको बोनमा गत सातादेखि भइरहेको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी)को २३औँ सम्मेलन (कोप–२३) को दोस्रो चरणको उच्चस्तरीय बैठकलाई बिहीबार साँझ सम्बोधन गर्दै मन्त्री चौधरीले सीमित स्रोतका बाबजुद पनि जलवायु..

    शुक्रबारदेखि हुने हस्तकला मेलाको सम्पूर्ण तयारी पूरा

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौँ ३० कात्तिक । राजधानीमा शुक्रबारदेखि १५ औँ हस्तकला मेला तथा प्रतियोगितात्मक हस्तकला प्रदर्शनी सुरु हुने भएको छ । आगामी मंसिर ५ गते सम्म सन्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।   नेपाल हस्तकला महासंघको आयोजनामा हुने मेलाको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने जनाएको जनाएको छ । महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई अन्तरराष्ट्रिय स्तरसम्म चिनाउन हरेक..

    मुलुकभित्रै स्वदेशी कफीको खपत बढ्दो

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौँ, ३० कार्तिक मुलुकमा कफीको उत्पादन बढेसँगै प्रमुख शहरमा विदेशी कफीको तुलनामा स्वदेशी कफीको खपत पनि बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार गत वर्ष देशभर जम्मा ४६६ मेट्रिक टन कफी उत्पादन भएको देखिन्छ । गत वर्षको तुलनामा यो करिब सात प्रतिशतले वृद्धि हो । गत वर्ष ४३४ मेट्रिक टन कफी उत्पादन भएको थियो ।  मुलुकभित्रै स्वदेशी कफीको माग बढ्दै गएपछि हाल नेपालमा विदेशी..

    राजधानीको मूख्य थोक बजारमा आज धेरैजसो तरकारीको भाउ घट्यो

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    काठमाडौं, कात्तिक ३० । काठमाडौंको मुख्य थोक बजार कालिमाटीमा बिहीबार धेरै तरकारीको भाउ घटेको छ । बजारमा तरकारीको भाउ किलोमा ५ रुपैयाँदेखि ६० रुपैयाँसम्म घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।  समितिका अनुसार बिहीबार हरियो धनियाँ किलोमा ६० रुपैयाँ घटेर ३ सय २५ रुपैयाँ, ४५ रुपैयाँ घटेर रायोको साग किलोको १३ रुपैयाँ, किलोमा ३० रुपैयाँ घटेर भेडे खुर्सानी..

    युवा समूहलाई निर्ब्याजी रु बीस लाख ऋण प्रदान

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    इलाम, ३० कार्तिक  युवालाई पेशा व्यवसायतर्फ आकर्षित गर्ने उद्देश्यले जिल्ला युवा समितिले चार वटा युवा समूहलाई निर्ब्याजी  रु २० लाख ऋण प्रदान गरेको छ ।  समितिले सूर्याेदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास संस्था र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई प्रतिसमूह रु पाँच-पाँच लाखका दरले ऋण प्रदान गरेको जिल्ला युवा विकास..

    सुनचाँदीको भाउ फेरि उकासियो

    बुधबार, कार्तिक २९, २०७४ साल
    काठमाडौं, कात्तिक २९।  सुनचाँदीको भाउ बढेको छ । सुनको भाउ बुधबार तोलाको ५६ हजार २ सय रुपैयाँ तथा चाँदीको भाउ ७ सय ७० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार स्थिर रहँदै तोलाको ५६ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधबार तोलामा २ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   यस्तै चाँदीको भाउ पनि तोलामा..

    कामपाः कुचो किन्न बोलपत्र प्रक्रिया अगाडि बढ्दै

    बुधबार, कार्तिक २९, २०७४ साल
    काठमाडौँ, २९ कात्तिक महानगरका प्रमुख र उपप्रमुखले स्थानीय तहको निर्वाचनका समयमा मुख्य नारा दिएको काठमाडौँको धुलोमुक्त बनाउने अभियान अझै पनि अगाडि बढ्न सकेको छैन ।  काठमाडौँ महानगरपािलकाले तत्काल ब्रुमर (यान्त्रिक कुचो)का माध्यमबाट काठमाडौँको फोहोर सफा गर्न नसक्ने जनाएको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यले ब्रुमरका लागि केही समयअघि नै बोलपत्र गरिसकिएको भए पनि मूल्य धेरै पर्न आएको हुँदा पुनः बोलपत्रको गर्नुपर्ने अवस्था..

    बूढीगण्डकी आयोजना : चिनियाँ कम्पनीसँग भएको सम्झौता खारेज

    सोमबार, कार्तिक २७, २०७४ साल
    काठमाडौँ, २७ कात्तिक  : सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनियाँ कम्पनी गेजुवासँग भएको समझदारीपत्र खारेज गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले गत जेठमा भएको उक्त सम्झौता खारेज गरेको हो । उपप्रधानमन्त्री एवं ऊर्जा मन्त्री कमल थापाले संसदीय समितिको निर्देशनअनुसार नै सो सम्झौता खारेज भएको जानकारी दिनुभयो ।  उपप्रधानमन्त्री थापाले भन्नुभयो, “अनियमित र हचुवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता..

    गाई पालनबाट मासिक एकलाख २५ हजारसम्म आम्दानी

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    जितपुर, कात्तिक २४ । नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण कपिलवस्तु जिल्लाका एक किसानले दिएका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका–८ बोडगाउँका किसान खुमानन्द पौडेलले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आएका छन् । १३ ओटा गाईबाट व्यवसाय सुरु गरेका पौडेलले पाँच कट्ठा जमिनभित्र गाईपालनका लागि गोठ बनाएका छन् । उनले तीन बिगाहा जमिन भाडामा लिएर पशुपालन व्यवसायका लागि घाँसखेती, धानखेतीसमेत..

    युवा जनशक्तिलाई स्वदेशमा नै अवसर अपरिहार्य – मन्त्री थापा

    शुक्रबार, कार्तिक २४, २०७४ साल
    पोखरा, २३ कात्तिक : कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले युवा जनशक्तिलाई स्वदेशमा नै विभिन्न अवसरको सिर्जना गर्नु आजको अपरिहार्य आवश्यकता भएको बताउनुभएको छ ।  पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ पाटनबेँसीमा आज चुनाव प्रचारप्रसार समितिको कार्यालय उद्घाटन गर्दै उहाँले भन्नुभयो – “अवसरको खोजीमा युवा जनशक्ति वर्षेनी बाहिरिएको वास्तविकतालाई दृष्टिगत गरी सरकारले उद्योगधन्दा र कलकारखानाको विकासका माध्यमबाट उनीहरूको ज्ञान सीप र..

    हावाबाट विजुली उत्पादनका लागि सम्भाव्यता अध्ययन सुरु

    बिहिवार, कार्तिक २३, २०७४ साल
    काठमाडौ २३ कार्तिक ।  बाँकेको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यताबारे अध्ययन शुरु गरिएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको जनाएको छ ।  वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचवटा पंखा लगायतका उपकरण जडान गरेको छ ।अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले..

    एकैदिनमा फूल बेचेर डेढ लाख आम्दानी

    बुधबार, कार्तिक २२, २०७४ साल
    लमजुङ, २२ कात्तिक ।  ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन ।  बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लाग्नुभएकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झर्नुभएकी हुमा शुरुमा एउटा निजी विद्यालयमा पढाउनुहुन्थ्यो । केही वर्ष पढाएर गुरुङले एउटा..

    सुनचाँदीको भाउ बढ्यो

    मंगलवार, कार्तिक २१, २०७४ साल
    काठमाडौं, कात्तिक २१ । सुनचाँदीको भाउ मङगलबार बढेको छ । सुन मङगलबार तोलामा ३ सय तथा चाँदी १० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार सुन मङगलबार तोलाको ५५ हजार ६ सय रुपैयाँ र चाँदी ७ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार तोलाको ५५ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मङगलबार तोलामा ३ सय..
    Results 1679: You are at page 52 of 56
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 Next Last
    Weather Forecast