सोमबार, कार्तिक ४, २०७६

    आर्थिक खबर

    ‘प्यान नागरिकता जस्तै हो, व्यवसाय र जागीर गर्नेले नलिई हुँदैन’

    शुक्रबार, भाद्र १३, २०७६ साल
    काठमाडौँ, १३ भदौ ।  सरकारले राजस्व छली गर्ने जो सुकै भए पनि कारबाहीको भागिदार हुने स्पष्ट पारेको छ ।    नेपाल चेम्बर अफ कमर्शले आज यहाँ आयोजना गरेको ‘नेपालको अर्थतन्त्रका विद्यमान अवसर तथा चुनौती’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले जुनसकै वहाना बनाएर राजस्व छली गरेको भए पनि सरकारले कारबाही गरेरै छाड्ने बताउनुभयो ।    सरकारले व्यवसायी माथि दुःख दिने नियत नराखेको प्रष्ट..

    लगातार बढेकाे सुनकाे मूल्य आज ह्वात्तै घट्याे

    शुक्रबार, भाद्र १३, २०७६ साल
    काठमाडौँ, १३ भदौ    बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७२ हजार ४ सय र तेजावीको ७२ हजार १ सय रुपैयाँ तोकेको छ ।   बिहीबार छापावल सुनको मूल्य प्रतितोला ७३ हजार ४ सय र तेजावी सुनको मूल्य ७३ हजार एक सय पुगेको थियो ।चाँदीको मूल्य पनि बिहीबारको..

    सर्वोच्चको आदेशपछि पनि गोर्खा ब्रुअरीले तिरेन ८७ करोड, यस्तो छ नालीबेली !

    बिहिवार, भाद्र १२, २०७६ साल
    चितवन, १२ भदौ । अन्तःशुल्क निर्धारणसम्बन्धी सर्वोच्च अदालतको आदेश चित्त नबुझेपछि गोर्खा ब्रुअरी प्रशासकीय पुनरवलोकनमा जाने भएको छ । प्रशासकीय पुनरावलोकनमा जान जम्मा गर्नुपर्ने २५ प्रतिशत रकम कम्पनीले आन्तरिक राजश्व कार्यालय भरतपुरमा जम्मा गरिसकेको छ । कार्यालय प्रमुख शुवप्रसाद रिजालका अनुसार भदौ ९ गते कूल रकमको २५ प्रतिशत रकम रु २१ करोड ७८ लाख ब्रुअरीले कार्यालयमा जम्मा गरेको छ । अन्तःशुल्क ऐन,..

    गोदावरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि

    बिहिवार, भाद्र १२, २०७६ साल
    अत्तरिया, १२ भदौ  कैलालीको गोदावरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । नगरपालिकाले करको दायरा बढाएपछि आन्तरिक आयमा बढेको हो ।नगरपालिकाले गत आव २०७५÷७६ मा रु २१ करोड ८६ लाख ४६ हजार ४०१ राजश्व सङ्कलन गरेको आन्तरिक लेखा परीक्षण अधिकृत राजेशप्रसाद जोशीले जानकारी दिनुभयो । उहाँले अघिल्लो आव २०७४÷७५ मा रु दुई करोड ५६ लाख दुई हजार २०६ राजश्व सङ्कलन भएको..

    ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुदैंछ काराेबार ?

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौँ, १२ भदौ नेपाली बजारमा बिहीबार पुन: सुनको भाउ  बढेको छ । बुधबार तोलामा ७२ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार बढेर ७३ हजार ४०० मा कारोबार भएको छ । यता, तेजाबी सुनको मूल्य पनि बिहीबार प्रतितोला ८०० रुपैयाँले नै बढेर ७३ हजार १०० रुपैयाँ पुगेको छ ।   यसअघि गत सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढेर नयाँ कृतिमानका साथ..

    दसैंका लागि २ खर्बको बस्तु आयात गर्न प्रतीतपत्र

    बिहिवार, भाद्र १२, २०७६ साल
    काठमाडौं, १२ भदौ ।  चाडपर्व लक्षित गरेर व्यवसायीले २ खर्ब रुपैयाँको वस्तु आयात गर्न प्रतीतपत्र (एलसी) खोलेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार आइतबारसम्म १ खर्ब ८० अर्ब ४४ करोड ३८ लाख ८० हजार रुपैयाँको प्रतीतपत्र खोलिएको छ। यसरी खोलिएका प्रतीतपत्रको सामान भने आइसकेको छैन। ‘भारतबाट कतिपय सामान एलसी खोलेको ७–१० दिनमै आयात भइसक्छ। त्यस्ता एलसीको तथ्यांक यहाँ समावेश छैन,’ राष्ट्र बैंकका प्रवक्ता..

    नेपाल–मलेसिया प्राविधिक कमिटीको बैठक बस्ने

    बुधबार, भाद्र ११, २०७६ साल
    काठमाडौँ, ११ भदौ   मलेसिया रोजगारीलाई मूर्त रुप दिन यही भदौ २४ र २५ गते नेपाल र मलेसियाको प्राविधिक कमिटीको बैठक बस्ने भएको छ ।    दुवै मुलुकबीच श्रम समझदारी सम्पन्न भएपछि बाँकी रहेको प्राविधिक विषय टुङ्ग्याउने बारेमा बैठकमा छलफल हुने श्रम मन्त्रालयले जनाएको छ । मलेसियामा हुने सो बैठकमा समझदारी कार्यान्वयन प्रक्रियामा हालसम्म भएका प्रगतिका बारेमा समेत बैठकमा छलफल हुनेछ ।    बैठकले मलेसिया रोजगारीका..

    लगातार बढेकाे सुनकाे मूल्य आज ह्वात्तै घट्याे

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौं, १० भदाै । पछिल्लो केहि समयदेखि लगातार बढेको सुनको मूल्‍य आज घटेकाे छ। साेमबारकाे तुलनामा नेपाली बजारमा सुनकाे मूल्य ९ सय रुपैयाँले घटेको हो। हिजो ७३ हजार ५ सय रुपैयाँमा काराेबार भएकाे छापावाल सुन आज तोलाको ७२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। भदौ महिनामा पहिलोपटक सुनको भाउ घटेको हो। चाँदीको भाउ भने स्थिर रहेको छ।..

    अन्योलमा माथिल्लो कर्णाली, स्थानीयमा चिन्ता

    मंगलवार, भाद्र १०, २०७६ साल
    काठमाडौँ, १० भदौ ।  नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय निर्माण कम्पनी जिएमआरको म्याद थप नभएको असोज ३ गते एक वर्ष पुग्दैछ। वित्तीय व्यवस्थापन गर्न नसक्दा लगानी बोर्डले जिएमआरको म्याद थप गरेको छैन। यसले आयोजना नबन्ने हो कि भन्ने चिन्ता स्थानीयमा छाउन थालेको छ। २०७१ असोज ३ गते आयोजना विकास सम्झौता (पिडिए) भएयता जिएमआर बंगलादेशसँग विद्युत्..

    सर्वोच्चले गर्‍यो एनसेललाई निर्धारण भएको ६२ अर्ब रुपैयाँ कर नलाग्ने फैसला

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ ।  टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादमा सर्वोच्चले सोमबार फैसला गर्दै वैशाख ३ गते ठूला करदाताले निर्णय गरेअनुसार कर तिर्नु नपर्ने निर्णय सुनाएको छ । सर्बोच्चको फैसलाले एनसेललाई ठूला कर कार्यालयले निर्धारण गरेको कर नलाग्ने भएको छ । सर्बोच्च अदालतका न्यायधीशहरु तेजबहादुर केसी,पुरुषोत्तम भण्डारी,डम्बरबहादुर शाही,शुमलता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलाशले एनसेलको कर निर्धारणमा आयकर ऐनको दफा..

    सुनको मूल्य बढेको बढ्यै, तोलामा १ हजार वृद्धि !

    सोमबार, भाद्र ९, २०७६ साल
    काठमाडौँ, ९ भदौ । सोमबार सुनको मूल्य झन् बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाला सुनको मूल्य तोलामा ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ७३ हजार दुई सय रुपैयाँमा कारोबार..

    सरकारले समृद्धिको जग बसाली सक्यो : मन्त्री बाँस्कोटा

    शनिबार, भाद्र ७, २०७६ साल
    बुटवल, ७ भदौ   सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले मुलुकको समृद्धिको जग बसालिसकेको र यसको परिणाम केही समयमै देखिने बताउनुभएको छ । राजनीतिक अधिकारप्राप्तिको लडाईं पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकास रहेको भन्दै मन्त्री बाँस्कोटाले उत्पादनका क्षेत्रलाई बलियो बनाएर उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिलाई साकार पारिनेसमेत बताउनुभयो ।   अर्घाखाँचीको शीतगङ्गा नगरपालिकाको ठाडामा रेडियो शीतगङ्गा तथा खुला तीज गीत..

    घटाइयो राजस्व वृद्धिदर बढी देखाउने आधार, यथार्थ वृद्धिदर कति ?

    शनिबार, भाद्र ७, २०७६ साल
    काठमाडौं, ७ भदौ। राजस्व वृद्धिदर उच्च देखाउन अर्थ मन्त्रालयले २०७४/७५को राजस्वको आधार नै घटाएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा २०७४/७५ मा ७ खर्ब १ अर्ब ९ करोड रुपैयाँ राजस्व संकलन भएको देखाइएको छ। राजस्व संकलनको आधार नै घटाइएकाले २०७५/७६ संकलन भएको ८ खर्ब ५९ अर्ब ५९ करोड रुपैयाँको राजस्व त्यसभन्दा अघिल्लो वर्षको तुलनामा २२.६१ प्रतिशतको वृद्धिदर हुन आउँछ। आव २०७४/७५..

    रुद्राक्ष जोगाउनै मुस्किल, सुरक्षाका लागि सिसी क्यामरा र कुरुवा

    शुक्रबार, भाद्र ६, २०७६ साल
    खाँदबारी, ६ भदौ ।  रुद्राक्षबाट सङ्खुवासभाका थुप्रै किसानले हजारदेखि करोड रुपैयाँसम्म आयआर्जन गर्दै आएका छन् । मुखदार र ठूलो आकारको रुद्राक्ष बेचेर यहाँका धेरै नागरिकले आफ्नो जीवनस्तर निकै माथि उकासेका छन् ।    पछिल्लो समय भने रुद्राक्षको बोट नै नष्ट गर्ने विकृति बढेपछि कृषक चिन्तित हुने गरेका छन् । राम्रो गुणस्तरको रुद्राक्ष फल्ने बोटमा क्षति पुर्याउने घटना बढेपछि कृषकलाई बोट जोगाउनै मुस्किल परेको..

    सरकारले चियासम्बन्धी स्पष्ट नीति नल्याउँदा घट्यो निकासी

    शुक्रबार, भाद्र ६, २०७६ साल
    इलाम, ६ भदौ    विदेशबाट नेपाल आयतित वस्तु वर्षेनी बढिरहेका बेला नेपालबाट बाहिर निर्यात हुने नगदे बाली चिया भने घटेको देखिएको छ । देशको पूर्वी क्षेत्रमा उत्पादित चिया आर्थिक वर्ष २०७४-७५ को तुलनामा २०७५-७६ मा घटेको तथ्याङ्कले देखाएको छ ।    देशको व्यापार सन्तुलन कायम गर्न महत्वपूर्ण हिस्सा राख्ने चिया निर्यात घट्दा भने व्यापार सन्तुलन गर्नसमेत समस्या हुने देखिन्छ । आव २०७४-७५ को भन्दा..

    अमेरिकी डलरको भाउ आकासिन थाल्यो, रेमिटेन्स पठाउनेलाई फाइदा !

    शुक्रबार, भाद्र ६, २०७६ साल
    काठमाडौं, ६ भदौ ।  अमेरिका-चीन व्यापार युद्धका कारण विस्तारै उक्लिन थालेको डलरको भाउ अघिल्लो साता भारतले जम्मुकस्मिर बारे लिएको महत्वपूर्ण निर्णयका कारण उचालिएको हो ।  अमेरिकी डलरको भाउ फेरि ४० पैसाले बढेर ११५ रुपैयाँ २० पैसा पुगेको छ ।  करिव तीन सातामा डलरको भाउ ४ रुपैयाँ ८३ पैसाले बढेको छ । स्वतन्त्र राज्यका रुपमा रहेको जम्मु कस्मिरलाई केन्द्रीय सरकार अन्तर्गत ल्याए लगत्तै भारु..

    रोजगारीका लागि भारत जाने दिन गए

    बिहिवार, भाद्र ५, २०७६ साल
    मान्म, ५ भदौ जिल्लाको रास्कोट नगरपालिकाले श्रम रोजगार बैंक स्थापना गरेपछि रोजगारीका लागि भारत जाने यहाँका बासिन्दा गाउँमै रोजगारी पाउन थालेका छन् । नगरपालिकाले बेरोजगारलाई गाउँमा नै रोजगारी दिने उद्देश्यले श्रम रोजगार बैंक स्थापना गरेर रोजगारका अवसर उपलब्ध गराएकाले भारत जानेहरु गाउँमा रोजगार बन्न थालेका हुन् । नगरपालिकाले गाउँमै उक्त  बैंक स्थापना गरेपछि भारतमा रोजगारी गर्ने दिनको अन्त्य भएको वडा नं–२ का..

    लायन्स क्लबद्वारा १२० जनालाई व्यावसायिक तालीम प्रदान

    बिहिवार, भाद्र ५, २०७६ साल
    बनेपा, ५ भदौ लायन्स क्लब अफ काठमाडौँ टेम्पल पिस काभ्रे पनौतीको आयोजनामा १२० जनालाई व्यावसायिक तालीम प्रदान गरिने भएको छ । क्लबको आयोजनामा पनौती नगरपालिका र लायन्स क्लबका डिस्ट्रिक गभर्नर इन्दु लम्सालको सहयोगमा पनौती नगरपालिकाभरिका १२० जनालाई तालीम प्रदान गरिने भएको हो ।  विद्युत, प्लम्बिङ र कार्पेन्टरसम्बन्धी तीन महीने तालीम हुने क्लबका पूर्वअध्यक्ष भोला थापाले बताउनुभयो । तालीमका लागि डिस्ट्रिक गभर्नरबाट ८०..

    अर्थमन्त्री र चिनियाँ राजदूतबीच शिष्टाचार भेट

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडाँै, ४ भदौ अर्थमन्त्री डा. युवराज खतिवडा र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच शिष्टाचार भेट वार्ता भएको छ ।  अर्थ मन्त्रालयमा भएको सो भेटमा चिनियाँ कम्पनीबाट नेपालमा भइरहेका निर्माणकार्यको समीक्षाका साथै चीन सरकारको सहयोगमा सञ्चालित परियोजनाको प्रगतिको विषयमा छलफल भएको थियो । सो क्रममा तत्कालका लागि काठमाडौँ–कोदारी, काठमाडौँ–रसुवागढी र कोरला नाकामार्फत आवागमन आबद्धता बढाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको..

    महिला उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्य सहित तीज व्यापार मेला हुने

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौँ, ४ भदौ  महिला उद्यमीलाई प्रोत्साहित गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्श र महिला चेम्बरले संयुक्त रुपमा यही भदौ ६ गतेदेखि दोस्रो तीज व्यापार मेला २०७६ आयोजना गर्ने भएको छ ।  जमलस्थित चेम्बर भवनमा दुई दिनसम्म चल्ने सो मेलामा महिला उद्यमी व्यवसायीले आफ्ना सिर्जनात्मक उत्पादन र सेवाको प्रदर्शनी गर्नेछन् ।  मेलामा काठमाडौँका महिलाद्वारा प्रवद्र्धित ५० फार्म÷कम्पनी, सङ्घ–संस्थाको सहभागिता रहने चेम्बरले जनाएको छ ।..

    सिरुटारमा ८ वर्षपछि साधारणसभा : एउटा धारा जडान गर्न रु ४० हजार

    बुधबार, भाद्र ४, २०७६ साल
    भक्तपुर, ४ भदौ सूर्यविनायक नगरपालिका–१ सिरुटारमा सञ्चालित सिरुटार खानेपानी उपभोक्ता समितिलाई एक महीनाभित्र साधारणसभा सम्पन्न गर्न सांसददेखि नगरपालिकासमेतले निर्देशन दिएको छ । विसं २०५२ मा स्थापना भई हाल एक हजार २०० घरपरिवारलाई पानी वितरण गर्दै आएको समितिले १८ वर्षसम्म साधारणसभा नगरेको, लेखापरीक्षण  नगरेको, आयव्यय सार्वजनिक नगरेको र समितिका कर्मचारीले व्यापक अनियमितता गरेको आरोप लाग्दै आएपछि वडा कार्यालयमा आज भएको सर्वपक्षीय बैठकले एक..

    ३ दिनदेखी स्थिर सुनकाे मूल्य फेरि बढ्याे, कति पुग्याे ?

    बुधबार, भाद्र ४, २०७६ साल
    काठमाडौं, ४ भदाै । नेपाली बजारमा ३ दिनदेखि स्थिर रहेकाे सुनकाे मूल्य फेरी बढेकाे छ । बुधबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेको हाे। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ बुधबारका लागि प्रतितोला ७१ हजार ३ सय रुपैयाँ तोकिएको छ। आइतबारदेखि ७१ हजारमा काराेबार भएकाे सुनकाे मूल्य आज प्रतिताेला ७१ हजार ३ सय पुगेकाे हाे ।  यसअघि भदौ १ गते तोलामा ५ सय रुपैयाँ घटेर..

    बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सरकारले देखायो यस्तो सक्रियता

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ बढ्दो व्यापार घाटा न्यूनीकरण गर्दै मुलुकको आर्थिक विकासमा टेवा पुर्याउन सरकारले सक्रियता देखाएको छ । निर्यात प्रवद्र्धन गर्दै आयात प्रतिस्थापनदेखि बन्देजसम्मका उपाय अवलम्बन गर्न सरकारले पाँचवर्षे व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा ल्याएको छ ।  विभिन्न निकायको एकीकृत तथा समन्वयात्मक प्रयासद्वारा व्यापार घाटालाई कम गर्ने उद्देश्यले ल्याइएको सो कार्ययोजनामा सरकारी संयन्त्रलाई जिम्मेवार बनाइएको छ । कार्ययोजनामा सरकारका विभिन्न १४..

    नेपाल अझै ऋणबाट आत्तिनु पर्दैन, यस्तो छ अरु मुलुकको ऋणको अवस्था, कुन देश कति ऋणमा ?

    मंगलवार, भाद्र ३, २०७६ साल
    काठमाडौँ, ३ भदौ  प्रत्येक वर्ष नेपालीको थाप्लोमा ऋणको भार बढेको तथ्यांक  सार्वजनिक हुने गर्छ ।  सरकारको ऋण बढेपछि नेपालीको ऋण स्वत्तः बढ्छ । हाल एक नेपालीको थाप्लोमा ३९ हजार ३ सय १६ रुपैयाँ ऋण पर्न आउँछ । देश अहिले १० खर्ब ४१ अर्ब रुपैयाँ ऋणमा छ ।  गत वर्ष (२०७५/०७६) नेपाललाई साढे १३ प्रतिशतले ऋण थपिएको छ । हाल कुल ग्राहस्र्थ उत्पादनको ३०.०६..

    भिसिटिएसप्रति उद्योगी तथा व्यवसायीहरु उत्सुक

    सोमबार, भाद्र २, २०७६ साल
    खस्यौली, २ भदौ मालवस्तु तथा ढुवानी साधन अनुगमन प्रणाली (भिसिटिएस) प्रति रुपन्देहीका उद्योगी तथा व्यवसायी उत्सुक देखिएका छन् ।  रुपन्देही उद्योग सङ्घले आज बुटवलमा आयोजना गरेको भिसिटिएस, प्यान तथा सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उद्योगी तथा व्यवसायीले विभिन्न जिज्ञासा राख्दै सो सम्बन्धी विषयमा जानकारी लिएका छन् ।  सो अवसरमा प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले सरकारले नयाँ प्रणालीगत सुधार..

    भरतपुरको वाणिज्य बैंकमा आगलागी, अधिकांश सामान जलेर नष्ट

    सोमबार, भाद्र २, २०७६ साल
    भरतपुर, २ भदौ ।  राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।  दुई तले सो भवनको आगलागीबाट तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ..

    ‘एनओसी’ ब्राण्डमा आयल निगमको ग्यास

    सोमबार, भाद्र २, २०७६ साल
    काठमाडौँ, २ भदौ । नेपाल आयल निगमले आफ्नै ब्रान्डमा खाना पकाउने ग्यासका सिलिन्डर उत्पादन गर्ने भएको छ। निगमले चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत विभिन्न तीन स्थानमा ग्यासको भण्डारणगृह निर्माण गरी ग्यास सिलिन्डर उत्पादन गर्ने तयारी गरेको हो । यसका लागि निगमले कार्यक्रमसमेत स्वीकृत गरिसकेकोे छ ।  चालू आर्थिक वर्षमा प्रदेश १ मा झापाको चारआली, प्रदेश २ मा जनकपुरको महेन्द्रनगर र प्रदेश ३ मा..

    हेटौँडा सिमेन्ट उद्योगको घाटा साढे तीन करोड !

    आईतवार, भाद्र १, २०७६ साल
    चुरियामाई, १ भदौ सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग आठ दिन बन्द हुँदा रु तीन करोड ८४ लाख घाटा भएको छ । उद्योग प्रशासनका अनुसार एकदिन उद्योग बन्द हुँदा  रु ४८ लाख घाटा हुने गरेको छ ।  भट्टीको फायर ब्रिक्स् खसेपछि आठ दिनसम्म उद्योग बन्द हुँदा सो रकम बराबरको घाटा भएको हो । मर्मतपछि उद्योग पुनः सञ्चालनमा आएको छ । किल ब्रिक्स्..

    विद्युत् प्राधिकरणका कर्मचारीले जनही ७ हजार बोनस पाउने, तलब पनि बढ्याे

    आईतवार, भाद्र १, २०७६ साल
    काठमाडौं, १ भदाै । नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले जनही ७  हजारका दरले बाेनस पाउने भएका छन् ।प्राधिकरणले ३४ औ वार्षिकोउत्सवको अवसरमा कर्मचारीहरुलाई बोनस दिने भएको हाे । आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औं वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको बताए । उनले सबै तहका कर्मचारीलाई..

    ह्वात्त घट्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार ?

    आईतवार, भाद्र १, २०७६ साल
    काठमाडौँ, १ भदौ ।  लगातार उकालो लाग्दै गएको सुनको मूल्यमा आईतबार सामान्य गिरावट देखिएको छ । शनिबार प्रतितोला रु ७१ हजार ५०० मा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला रु ५०० ले घटेर रु ७१ हजार कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।   तेजाबी सुनको मूल्य पनि सामान्य घटेको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ५०० ले..
    Results 1453: You are at page 5 of 49
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 Next Last
    Weather Forecast