बुधबार, आषाढ २४, २०७७

    आर्थिक खबर

    मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा संचालित हुँदै

    आईतवार, फागुन २०, २०७४ साल
    पथरी, मोरङ, २० फागुन।  गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत: गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् ।  महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक रु ४०० सम्म आम्दानी हुने काममा लाग्न थालेका छन् । अहिले करिडोरका सयभन्दा बढी..

    वार्षिक एक खर्बभन्दा बढी लगानी भएमात्रै जलविद्युतमा सरकारी लक्ष्य पूरा हुने अवस्था,

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन मुलुकको ऊर्जाको माग र आपूर्तिबीच सन्तुलन ल्याउनका लागि वार्षिक रु एक खर्ब ३१ अर्ब ४० करोड लगानी गर्नुपर्ने देखिएको छ । दश वर्षसम्म निरन्तर रुपमा सोही परिमाणका लगानी गरिएमात्रै निर्धारित लक्ष्यको ५० प्रतिशतमात्रै विद्युत् उत्पादन गर्न सकिने अवस्था देखिएको हो । सरकारले अगाडि सारेको १० वर्षमा १० हजार मेगावाट क्षमताको आयोजना विकासका लागि भने करिब रु ३० खर्ब रकम..

    शंकरदास बैरागीद्वारा विकास र व्यापारबीच उपयुक्त सन्तुलन हुनुपर्नेमा जोड

    शुक्रबार, फागुन १८, २०७४ साल
    काठमाडौँ, १८ फागुन परराष्ट्र सचिव शंकरदास बैरागीले शुक्रबार विश्व व्यापार संगठनका महानिर्देशक रोबेर्टो आजेभेदोलाई जेनेभामा भेटेर विकास र व्यापारबीच उपयुक्त सन्तुलन हुनुपर्नेमा जोड दिँदै विश्व व्यापार प्रणालीबाट संसारका सबै देश लाभान्वित हुनुपर्ने बताए । सचिव बैरागीले अतिकम विकसित देशलाई पद्धतिगत रुपमा नै सहयोग एवं समर्थन हुनुपर्ने बताउँदै उनीहरुको क्षमतागत कमजोरीलाई दृष्टिगत गर्दै संगठनले गरेका विशेष प्रावधानको कार्यान्वयनमा महानिर्देशकको ध्यानाकर्षण गराएका संयुक्त राष्ट्रसंघ..

    झापास्थित सनसाइनले दियो पत्रकार उपचार कोषलाई रु ५१ हजार

    शुक्रबार, फागुन १८, २०७४ साल
    भद्रपुर, १८ फागुन  ।  बिर्तामोडस्थित सनसाइन किन्डर हाउसले नेपाल पत्रकार महासंघ झापा शाखाद्वारा स्थापित पत्रकार सहारा उपचार कोषका लागि रु ५१ हजार १११ प्रदान गरेको छ ।  विद्यालयका संस्थापक निर्देशक दीपक गिरी र संस्थापक प्रिन्सिपल पूजा गिरीले पत्रकार महासंघका उपाध्यक्ष एवं उपचार कोषका संयोजक एकराज गिरीलाई बिहीबार उक्त रकमको चेक प्रदान गरेका हुन्  ।  नागरिकलाई सुसूचित गर्ने कार्यमा अहोरात्र खट्ने पत्रकार बिरामी तथा दुर्घटनामा..

    विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव सन् २०२१ मा लाने मन्त्रिपरिषद्को निर्णय

    बिहिवार, फागुन १७, २०७४ साल
    काठमाडौँ, १६ फागुन : सरकारले सन् २०२१ मा हुने संंयुक्त राष्ट्रसंघको समीक्षा बैठकमा नेपाललाई अल्पविकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने प्रस्ताव लैजाने निर्णय गरेको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । मुलुकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आयजस्ता महत्वपूर्ण सूचकांकमा सुधार ल्याउन अझै समय लाग्ने भएकाले उक्त प्रस्ताव सन् २०२१ मा लान लागिएको अर्थमन्त्री डा..

    एक अर्ब ६६ करोड राजश्व संकलन, घरजग्गाको किनमेलमा कमी आएको कारण राजश्वमा पनि कमी

    बुधबार, फागुन १६, २०७४ साल
    काठमाडौँ, १६ फागुन जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आवको माघ मसान्तसम्ममा रु एक अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा रु एक अर्ब ८५ करोड २१ लाख २५ हजार राजश्व संकलन भएको थियो । सो कार्यालयले पूँजीगत लाभकर, बागमती सुधार शुल्क, सेवा शुल्क तथा रजिष्ट्रेसन (घर जग्गा पास) शुल्क संकलन गर्दै आएको..

    आर्थिक विकासका लागि सहकारीको १० बुँदे प्रतिबद्धता सार्वजानिक

    मंगलवार, फागुन १५, २०७४ साल
    रत्ननगर, चितवन, १५ फागुन  । विभिन्न सहकारीमा आबद्ध जिल्लाका सहकारीकर्मीले आर्थिक विकासका लागि सहकारी महत्वपूर्ण माध्यम भएको भन्दै १० बुँदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।  सहकारीको माध्यमबाट आर्थिक विकासका लागि प्रतिबद्धता तयार पारी सार्वजनिक गरिएको नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघकी सञ्चालक शान्ति अधिकारीले जानकारी दिए  ।  उनका अनुसार सहकारी ऐन, नियम र मापदण्ड ल्याउने, ऐन संशोधनका लागि केन्द्र र प्रदेश तथा सहकारी..

    अर्थमन्त्रीमा डा. खतिवडा नियुक्त भएसँगै देशको वित्तीय क्षेत्रमा सुधार आउने अपेक्षा

    मंगलवार, फागुन १५, २०७४ साल
    काठमाडौँ, १५ फागुन : नवनियुक्त अर्थमन्त्री डा युवराज खतिवडाले संविधानमा उल्लेख भएका मौलिक हक र राज्यका निर्देशक सिद्धान्तमा उल्लेख भएका आर्थिक विषयलाई कार्यान्वयन गरेर अगाडि बढ्ने बताएका छन ।  मन्त्रालयमा सोमबार पदबहालीपछि आयोजित समारोहमा उनले भने, “संविधानको मर्म र भावनाअनुसार मुलुकको आर्थिक क्षेत्र अगाडि बढ्नेछ ।”  अर्थमन्त्री डा खतिवडाले वाम गठबन्धनका तर्फबाट जनतासमक्ष गरेका प्रतिबद्धतालाई कार्यान्वयन गरेर लैजानु आफ्नो दायित्व भएको उल्लेख..

    बागलुङमा युवा समुहद्वारा आविष्कार केन्द्रलाई आर्थिक सहयोग प्रदान

    सोमबार, फागुन १४, २०७४ साल
    बागलुङ, १४ फागुन  ‘हाम्रो बागलुङ, हाम्रो जिम्मेबारी’ नामक युवा समूहले राष्ट्रिय आविष्कार केन्द्रको लागि रु ७६ हजार आर्थिक सहयोग जुटाएको छ ।  गत असारमा शुरु भएको ‘महावीर पुनलाई हाम्रो साथ’ अभियानबाट सो रकम संकलन भएको हो । उक्त रकम आविष्कार केन्द्रमा पठाएको समूहका अध्यक्ष सोम शर्माले जानकारी दिए  ।  अपेक्षा गरेअनुसार रकम नजुटे पनि युवाको प्रयास सार्थक बनेको उनको भनाइ छ । समूहले..

    जाजरकोटमा उत्पादित राडीपाखी गाउँमा बिक्री हुन छाडे

    आईतवार, फागुन १३, २०७४ साल
    जाजरकोट, १३ फागुन ।  बारेकोट गाउँपालिका जिरीका हरि शाहीले कुनै बेला मासिक ६ वटा राडीपाखी उत्पादन गर्थे । उनलाई माग धेरै आउँदा राडी तयार गर्न समस्या हुन्थ्यो । आजभोलि महिनामा एउटा राडीसमेत बिक्री गर्न समस्या हुने गरेको उनी बताउँछन्  ।  उनी मात्र होइन, जिल्लामा राडीपाखी व्यवसायलाई आफ्नो प्रमुख पेसा बनाएकाको व्यवसाय संकटमा पर्दै गएको छ । आफूले सिकेको सीप दोस्रो पुस्तामा हस्तान्तरण नहुँदा..

    नेपालगञ्जले गर्यो ५ करोड ७१ लाखभन्दा बढी राजश्व संकलन

    आईतवार, फागुन १३, २०७४ साल
    खजुरा, बाँके, १३ फागुन  ।  नेपालगञ्ज उपमहानगरपालिकाले आर्थिक वर्ष ०७४-७५ को माघ मसान्तसम्म रु पाँच करोड ७१ लाख ९५ हजार ६९६ राजश्व संकलन गरेको छ ।  गत वर्ष यही अवधिमा रु चार करोड ९८ लाख ३० हजार २१६ राजश्व संकलन गरेको थियो । यस अवधिमा गत वर्षभन्दा रु ७३ लाख ७५ हजार ४८० बढी राजश्व संकलन भएको छ । राजश्व शाखाका अनुसार माघ..

    राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ देखि शुरु हुने

    शुक्रबार, फागुन ११, २०७४ साल
    काठमाडौँ, ११ फागुन ।  राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको छ ।  केन्द्रीय तथ्याङ्क विभागले सञ्चालन गर्ने सो सर्वेक्षणको मुख्य ध्येय केन्द्र, प्रदेश तथा स्थानीय तहको विकास योजना तर्जुमा तथा नीति तयार गर्न आवश्यक पर्ने तथ्याङ्क संकलन गर्नुरहेको छ । यसका लागि विभागले ७७ जिल्लामा आर्थिक गणना कार्यालय स्थापना गर्ने जनाएको छ ।  यसैबीच गुणस्तरीय आर्थिक तथ्याङ्क उत्पादनका लागि..

    इलामको मंगलबारेमा वडा कार्यालयलाई रु २५ लाखको जग्गादान

    शुक्रबार, फागुन ११, २०७४ साल
    मंगलबारे, इलाम, ११ फागुन  ।  इलामको देउमाई नगरपालिका–१ मा एक स्थानीयले वडा कार्यालयलाई भवन निर्माणका लागि पाँच रोपनी जग्गा निःशुल्क दान गरेका छन्  ।  स्थानीय फत्तेप्रसाद दुलालले रु २५ लाख मूल्य पर्ने जग्गा आफ्नो स्व हजुरबुबा, हजुरआमा र आमाको सम्झनामा दान गरेका हुन्  ।  पाँच रोपनी जग्गाको मूल्य रु २५ लाख कायम गरिएको बताइएको छ । देउमाई नगरपालिका–१, तपेवाका फत्तेप्रसादले स्व हजुरबुबा डिल्लीराम,..

    राजधानीको भृकुटीमण्डपमा जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु

    बिहिवार, फागुन १०, २०७४ साल
    काठमाडौँ, १० फागुन ।  नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघको आयोजनामा प्रथम जुत्ता चप्पल औद्योगिक प्रदर्शनी शुरु भएको छ ।  ‘नेपाली वस्तुको प्रयोग गरौँ, स्वदेशी उत्पादनको गौरब गरौँ’ नाराका साथ आजदेखि राजधानीको  भृकुटीमण्डपमा स्वदेशमा उत्पादित जुत्ता चप्पल प्रदर्शनी शुरु भएको हो ।  विभिन्न जुत्ता चप्पल संघले जुत्ता चप्पल प्रदर्शनी गरे पनि नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले भने पहिलो पटक प्रदर्शनी आयोजना गरेको संघका..

    दोलखाका तीनहजार भूकम्पपीडितले अझै अनुदान पाएनन्

    बिहिवार, फागुन १०, २०७४ साल
    चरिकोट, १० फागुन ।  पुनःनिर्माण प्राधिकरण गठन हुनु अघि नेपाल रेडक्रस सोसाइटीमार्फत तालीम लिएर घर बनाएका दोलखाका दुई हजार ८९० घरधुरीले अझै अनुदान पाउन सकेका छैनन् ।  भूकम्पलगत्तै जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत १० गाविसको राहत र उद्धारको जिम्मा पाएको नेपाल रेडक्रस सोसाइटीले पुनःनिर्माण अभियान तत्काल शुरु गर्नुपर्छ भन्दै दिएको डकर्मी तालीम पछि बनेका दुई हजार ८९० घरधुरी पीडितले प्राधिकरणमार्फत वितरण हुने निजी..

    धनकुटामा फागुन २० देखि १० दिने प्रादेशिक व्यापार तथा कृषि मेला हुँदै

    बिहिवार, फागुन १०, २०७४ साल
    धनकुटा, १० फागुन।  नेपाल एकीकृत व्यापार रणनीतिमा समावेश १९ प्रकारका कृषिजन्य उत्पादित वस्तुको प्रदर्शनी गर्दै प्रदेशस्तरीय व्यापार तथा कृषि मेला सहितको महोत्सवको अयोजना गरिनेभएको छ ।  बुधबार मेला मूल आयोजक समिति उद्योग वाणिज्य संघ, धनकुटाले पत्रकार सम्मेलनमा आगामी फागुन २० देखि ३० गतेसम्म हुने व्यापार मेलामा विशेष आकर्षणका १५० स्टल रहने बताइयो ।  चौथो प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनीमा ‘कृषि, पर्यटन,..

    चालु आर्थिक वर्ष २०७४-७५ को सात महिनामा ४३ अर्बको इन्धन आयात

    बुधबार, फागुन ९, २०७४ साल
    पर्सा, ९ फागुन ।  चालु आर्थिक वर्ष २०७४-७५ को सात महिनामा वीरगञ्ज नाका भएर रु ४३ अर्ब २५ करोड ९९ लाख मूल्य बराबरको इन्धन आयात गरिएको छ ।  साउनदेखि माघसम्म वीरगञ्ज नाकाबाट छ लाख ७८ हजार ४११ किलोलिटर पेट्रोलियम पदार्थ र एक लाख २२ हजार ९३९ मेट्रिक टन खाना पकाउने एलपिजी ग्यास आयात गरिएको छ ।  आव २०७३-७४ को साउनदेखि माघसम्मको सात महिनामा वीरगञ्ज..

    बाजुराको गौमुल गाउँपालिका जडीबुटी संकलनमा प्रतिबन्ध लगाउँदै

    बुधबार, फागुन ९, २०७४ साल
    बाजुरा, ९ फागुन।  बाजुराको गौमुल गाउँपालिकाले जडीबुटी संकलनमा प्रतिबन्ध लगाउने भएको छ ।  गाउँपालिकाको दोस्रो गाउँसभाबाट प्रतिबन्ध गर्ने निर्णय गरेको गौमुल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर थापाले बताए । उनले गाउँपालिकामा हुने विभिन्न खालका जडीबुटी अवैधरुपमा संकलन भएपछि दोस्रो गाउँसभाबाट तीन वर्षसम्मका लागि जडीबुटी संकलनमा रोक लगाइने थापाले बताए ।  पहिलो गाउँसभाबाट गरिएका विनियोजित बजेट तथा योजना कार्यान्वयन गर्नेसमेत पारित गरिएको अधिकृत थापाले..

    नेपाली दूतावासबाट मलेसिलयामा श्रमिक सचेतना कार्यक्रम सम्पन्न

    बुधबार, फागुन ९, २०७४ साल
    काठमाडौँ, ९ फागुन ।  नेपाली कामदारको बाक्लो उपस्थिति रहेको मलेसियाको जोहरबारुमा त्यहाँ कार्यरत नेपाली कामदारको हकहित तथा नेपाली दूतावासबाट प्राप्त हुने सेवा, सुविधाबारे सचेतना कार्यक्रम आयोजना गरिएको छ ।  क्वालालम्पुरस्थित नेपाली दूतावासले आयोजना गरेको उक्त कार्यक्रममा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, श्रम मन्त्रालयलगायत निकायबाट प्राप्त हुने सेवा र मलेसियामा रहँदा नेपाली श्रमिकले ख्याल राख्नुपर्ने श्रमसम्बन्धी विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा..

    सुशासन कायम गरी समृद्धि हासिल गर्छाैँ– मुख्यमन्त्री लालबाबु राउत

    मंगलवार, फागुन ८, २०७४ साल
    पर्सा, ८ फागुन : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुशासनबिना प्रदेशको विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।  वीरगञ्ज उद्योग वाणिज्य संघले मंगलबार  वीरगञ्जमा आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गद्दीले विकास र समृद्धिका लागि शान्ति र सुशासन पहिलो शर्त रहेकाले प्रदेश नं २ मा सुशासन कायम गरी विकास र समृद्धि हासिल गर्ने प्रदेश सरकारको मुख्य..

    सुनसरीको इटहरीमा वैदेशिक रोजगारसम्बन्धी तालीम सेन्टर सञ्चालनमा

    सोमबार, फागुन ७, २०७४ साल
    सुनसरी, ७ फागुन  ।  वैदेशिक रोजगार तथा स्वरोजगार बजारलाई दक्ष जनशक्ति दिने उद्देश्यले सुनसरीको इटहरीमा अञ्जली ग्रुपद्वारा प्रवद्र्धित अञ्जली टेक्निकल इष्टिच्यूटको शाखा सञ्चालनमा ल्याइएको छ ।  झापाको बिर्तामोडमा मुख्य कार्यलय रहेको इष्टिच्यूटले यसअघि राजधानी काठमाडौँमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।  अञ्जली अस्पताल, पास इन्टरनेसनल प्रालि, अञ्जली ओभरसिज, मेचीकाली टाभल्स एण्ड टुर्स, अञ्जली एड एजेन्सी तथा कञ्चनजंघा होटललगायत सञ्चालन गरेर सयौँलाई रोजगारी दिँदै आएको अञ्जली..

    २९औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी आगामी चैतमा हुँदै

    आईतवार, फागुन ६, २०७४ साल
    काठमाडौँ, ६ फागुन ।  स्थानीयस्तरमा उत्पादित वस्तुलाई जनतामाझ चिनाउन उपभोग बढाउन २९औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी हुने भएको छ ।  ‘स्वदेशी वस्तु उपयोग गरौँ, समृद्धितर्फ अगाडि बढौँ’ भन्न मूल नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिको आयोजनामा आगामी चैत ९ देखि १३ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा उक्त मेला हुन लागेको हो ।  समितिका कामु सह–कार्यकारी निर्देशक सुरेन्द्र थापामगरले साना उद्योगबाट स्थानीयस्तरमा उत्पादित सामग्री..

    एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकाप्रति नेपाल चेम्बर खुशी, आर्थिक समृद्धिको अपेक्षा

    शनिबार, फागुन ५, २०७४ साल
    काठमाडौँ, ५ फागुन : नेपाल चेम्बर अफ कमर्सले नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन भएकाप्रति खुशी व्यक्त गर्दै मुलुकमा आर्थिक समृद्धिको मार्गप्रशस्त हुने विश्वास व्यक्त गरेको छ ।  चेम्बरद्वारा जारी प्रेस विज्ञप्तिमा नवनिर्वाचित प्रधानमन्त्री ओलीको नेतृत्वमा बनेको सरकारले अबको एजेन्डा आर्थिक समृद्धिलाई बनाउने विश्वास लिइएको बताईएको छ ।  राजनीतिक संक्रमणकाल समाप्त भएसँगै मुलुक आर्थिक समृद्धितर्फ अग्रसर हुने विश्वास चेम्बरले..

    पाल्पाल्मा महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवमबाट रु ८५ लाख संकलन

    शुक्रबार, फागुन ४, २०७४ साल
    पाल्पा, ४ फागुन  जिल्लाको बगनासकाली गाउँपालिका–८, बराङ्दीमा सञ्चालित महायज्ञ एवम् धार्मिक अनुष्ठान महोत्सवमा रु ८५ लाख संकलन गर्न सफल भएको छ ।  महोत्सवले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने उद्देश्यका साथ महामृत्युञ्जय शिवासनधामको प्रचारप्रसारमा ठूलो सहयोग पुगेको छ । महामृत्युञ्जय शिवासनधाम महायज्ञ मूल समितिको आयोजनामा माघ २१ देखि फागुन २ गतेसम्म सञ्चालित श्री शिवपुराण तात्विक ज्ञान महायज्ञमा पाँच लाखभन्दा बढी भक्तजनले अवलोकन..

    महोत्तरीको बर्दिबासमा फरक दुई महोत्सव अब एउटै ब्यानरमा हुँदै

    शुक्रबार, फागुन ४, २०७४ साल
    बर्दिवास, ४ फागुन  । महोत्तरीको बर्दिवासमा आयोजना हुने फरक÷फरक दुई महोत्सव अब एउटै ब्यानरमा हुने भएपछि यस भेगमा उत्साह छाएको छ । बर्दिवास उद्योग बाणिज्य संघ र नेपाल आदिवासी जनजाति समन्वय परिषद् महोत्तरीले संयुक्त आयोजनामा यही फागुन १५ देखि २५ गतेसम्म ११ दिने महोत्सव गर्न सहमति गरेपछि यस भेगका सर्वसाधारण उत्साहित भएका हुन् ।  यसअघि पहिलो पटक गत माघ १३ गते बर्दिवास..

    इलाममा उद्योग विकास समितिको अनुदान ४९ जना उद्यमीलाई

    मंगलवार, फागुन १, २०७४ साल
    इलाम, १ फागुन ।  घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय इलामले उद्योगी व्यवसायीलाई उद्योग स्तरोन्नतिका लागि करिब रु २५ लाख बराबरको अनुदान सहयोग गरेको छ ।  कार्यालयले चालू आर्थिक वर्ष २०७४-७५ मा उपयुक्त प्रविधि हस्तान्तरण कार्यक्रमबाट जिल्लाका ४९ जना उद्यमीलाई सामग्री खरिदका लागि रु २४ लाख ८७ हजार ७५० अनुदान सहयोग गरेको हो ।  उद्यमीले २० प्रतिशत आफ्नो लगानी गरी उद्योगका लागि उक्त..

    एशियाली विकास बैंक नेपाल सरकारलाई रु १० अर्ब ऋण सहयोग गर्दै

    सोमबार, माघ २९, २०७४ साल
    काठमाडौँ, २९ माघ  ।  एशियाली विकास बैंकले नेपाल सरकारलाई ग्रामीण सम्पर्क सुधार परियोजना कार्यान्वयन गर्न रु १० अर्ब ऋण सहयोग प्रदान गर्ने भएको छ ।  उक्त बैंकले स्थानीय पूर्वाधार विकास तथा कृषि सडकको पुनःसंरचनाका निम्ति रु १० करोड बराबरको प्राविधिक सहायता पनि उपलब्ध गराउने भएको छ ।  आज  सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा ऋण तथा अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर..

    नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा कँडेल निर्वाचित

    आईतवार, माघ २८, २०७४ साल
    चितवन, २८ माघ ।  देशभरि कुखुरापालन गरी अण्डा उत्पादन गर्ने कृषक र बिक्री गर्ने व्यवसायीहरुको छाता संगठन नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वाचित भएका छन्  । यसअघिको कार्यसमितिका महासचिब कँडेललाई यहाँ सम्पन्न समितिको १४औं  साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा रघुनाथ भट्ट, महासचिवमा नेत्रराज हमाल, सचिवमा मदन चिरञ्जीवी पोख्रेल र कोषाध्यक्षमा सोमनाथ तिमिल्सिना निर्विरोध..

    वीरगञ्जका सहनी समुदाय 'माछाको सुकुटी' व्यवसायतर्फ आकर्षित बन्दै

    शुक्रबार, माघ २६, २०७४ साल
    वीरगञ्ज, २६ माघ।  सहनी समुदायले माछाको सुकुटी बनाएर व्यवसाय शुरु गरेपछि उनीहरुको आम्दानी ह्वात्तै बढेको छ ।  परम्परागत रुपमा माछा मार्ने काममा लागेको सहनी समुदाय व्यावसायिक रुपमा माछाको सुकुटी उत्पादन गरी व्यापार गर्न थालेका छन् । बाराको देवताल गाउँपालिका– ६ रौवाहीको सहनी समुदायले माछाको सुकुटी बनाएर व्यापार गर्न थालेको छ ।  जिल्ला कृषि विकास कार्यालयले रु २५ हजार अनुदान सहयोग गरेपछि उक्त समुदायले..

    सुनको भाउ तोलामा ५ सय रुपैयाले घट्यो, ५६ हजार ६ सयमा कारोबार

    बिहिवार, माघ २५, २०७४ साल
    काठमाडौं, माघ २५ ।  सुनचाँदीको भाउ बिहीबार पनि घटेको छ । सुन आज तोलामा ५ सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ७ सय रुपैयाँ घटेको सुनको भाउ बिहीबार तोलामा ५ सय रुपैयाँ घटेको हो । सुन बुधबार तोलाको ५७ हजार १ सय रुपैयाँमा कारोबार..
    Results 1680: You are at page 49 of 56
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 Next Last
    Weather Forecast