शनिबार, कार्तिक ३०, २०७६

    आर्थिक खबर

    बाँकेमा २० प्रतिशत खेतमा मात्रै धान रोपाई

    मंगलवार, श्रावन १७, २०७४ साल
    नेपालगन्ज साउन १२ गते । साउनको दोस्रोसातासम्म बाँकेमा करिब २० प्रतिशत खेतमा मात्रै धान रोपाई भएको छ । बाँकेमा ३६ हजार ५०० हेक्टर खेतियोग्य जमिनमा धानी खेती हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालय बाँकेका कृषि प्रसार अधिकृत धनबहादुर पुनका अनुसार , फत्तेपुर, बिनौना, महादेबपुरी, गंगापुर, राधापुर, चिसापानी, नौवस्तामा सिँचाई सुविधा भएका कारण धान खेती भएको छ ।  बाँकेमा गतबर्ष  साउन..

    ब्यापारीको सेवामा तेजप्रसाद अधिकारी

    मंगलवार, श्रावन १७, २०७४ साल
    कोहलपुर, साउन १० । बाँकेको कोहलपुरका बरिष्ठ ब्यवसायीको रुपमा रहेका तेजप्रसाद अधिकारी कोहलपुर उद्योग बाणिज्य संघको यहि साउन १५ गते हुने निर्वाचनमा महासचिव पदका उम्मेदवार छन् । ब्यवसायीको नेता  अधिकारी लामो समयदेखि शिक्षण पेशामा आवद्ध थिए । थिए । उनी नेपाल राष्ट्रिय शिक्षक संगठनका आजिवन सदस्य समेत हुन् । २०५० देखि जनज्ञानज्योती माविको प्रधानाध्यापकको रुपमा जिम्मेवारी निर्वाह गरेका अधिकारी शिक्षण..

    तस्करीको सुन भारत हुदैै नेपालगन्जमा

    मंगलवार, श्रावन १७, २०७४ साल
    बाँँके, असार २४ गते । प्रहरीले भन्सार छली भित्राइएको सुनका गरगहनासहित एकजना भारतीय नागरिकलाई  पक्राउ गरेको  छ । नेपालगन्जको  त्रिवेणीमोडबाट ६  लाख ९९ हजार ६६८ मुल्यको १५३.६९० ग्रााम तौेलका सुनका गरगहनासहित भारत अमृतसर पंजाब सुल्थबिनरोड बस्ने कुलबिन्द्र सिंह सरदारलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बिशेष सूचनाको आधारमा त्रिवेणीमोडबाट उनलाई पक्राउ गरेको हो । चेक जाँच..

    कतार च्यारिटीले नेपालमा परियोजना संचालन गर्ने

    मंगलवार, श्रावन १७, २०७४ साल
    नेपालगञ्ज, जेठ २५ गते । अरब मुलुकको सवैभन्दा ठुलो गैह्र सरकारी संस्था कतार च्यारिटी र समाज कल्याण परिषद, नेपाल बिच एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ ।  सो संस्थाले  बिभिन्न गैरसरकारी संघसंस्थासँग मिलेर नेपालगञ्ज लगायत तराई र पहाडका बिभिन्न जिल्लाहरुमा समेत बिभिन्न परियोजना संचालन गर्ने जनाएको छ ।  कतारको सामाजिक संस्था, कतार च्यारिटी र समाज कल्याण परिषद, नेपालविच नेपालमा आगामी पाँच..

    नयाँ स्थानीय तहलाई एक एक करोड बाँडियो

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः अर्थ मन्त्रालयले पुर्नगठित ७४४ स्थानीय तहलाई एक एक करोडका दरले सात अर्ब ४४ करोड रुपियाँ बाँडेको छ । यो स्थानीय तहको भौतिक पूर्वाधार विकासमा खर्च हुने जनाइएको छ ।  अर्थमन्त्री कृष्णबहादुर महराले स्थानीय तहलाई निकासा गरेको रकमले जनतालाई स्थानीय निकायको पुर्नसंरचनाको अनुभूति दिने बताए । स्थानीय तहमा भएको परिवर्तन बोर्डमा मात्रै सीमित नहोस भनेर यो निर्णय गरेको उनले बताए । ..

    पुँजीगत खर्च बढाउन भन्दै अर्थले ल्यायो तत्कालिन कार्ययोजना

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः अर्थ मन्त्रालयले अर्थतन्त्र सुधारका प्रमुख क्षेत्रहरुलाई समेटेर सुधारको तत्कालिन कार्ययोजना ल्याएको छ । अर्थमन्त्रीले बुधबार एक कार्यक्रम गरी यसको सार्वजनिक गरेका हुन ।  कार्ययोजनामा ६३ बुँदा छन् । समस्टिगत आर्थिक क्षेत्र, रोजगारी सिर्जना, पुनर्निर्माण, सरकारी क्षेत्रको सुधार, राजस्व प्रशासन, वैदेशिक सहायता र लगानी, मौद्रिक तथा वित्तीय क्षेत्र, निजी क्षेत्रको विकास, सार्वजनिक संस्थानको वर्तमान अवस्था र सुधारका उपायसहित  कार्ययोजना ल्याइएको हो..

    काठमाडौं महानगरको विकास बजेट पौन पाँच अर्ब, साधारण खर्च ६६ करोड

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः काठमाडौं महानगरपालिकाको २९ औं परिषदले आगामी आर्थिक बर्षका लागि पाँच अर्ब ३७ करोड रुीपयाँको बजेट विनियोजन गरेको छ । जसमा चार अर्ब ७१ लाख रुपियाँ बिकास खर्चको लागि छुट्याएको छ ।  राष्ट्रिय सभागृहमा सोमबार आयोजित परिषदमा महानगरपालिकाका  कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जसअनुसार एक अर्ब ८३ करोड रुपियाँ आन्तरिक आयबाट स्रोत जुटन्..

    विद्युतभार कटौती गर्न भन्दै अर्थले दियो उर्जालाई सवा पाँच अर्ब रुपियाँ

    बिहिवार, जेष्ठ ४, २०७४ साल
    काठमाडौंः विद्युत्भार कटौतीमुक्त अभियानलाई अगाडि बढाउनका लागि भन्दै अर्थ मन्त्रालयले उर्जा मन्त्रालयलाई पाँच अर्ब ३७ करोड रुपियाँ बजेट थप निकासा गरेको छ ।  ऊर्जाले प्रस्ताव गरेअनुसार नै बजेट निकासा गरिएको बताइएको छ । उर्जामन्त्री जनार्दन शर्माबाट विभिन्न आयोजनामा करोडौं रुपियाँ भ्रष्टाचार भएको खुलासा भइरहेको बेला थप गरिएको बजेटको कति पारदर्शीरुपमा खर्च हुन्छ भन्ने कुरामा आशंका पैदा भएको छ ।  उपप्रधान एवम् अर्थमन्त्री..

    अर्थ मन्त्रालयले गर्यो मातहतका विभागीय प्रमुखहरुसँग कार्यसम्पादन सम्झौता

    मंगलवार, असोज ४, २०७३ साल
    काठमाडौं । अर्थमन्त्रालयले मातहतका विभाग र तालिम केन्द्रका प्रमुखहरुसँग चालु आर्थिक वर्षका लागि कार्यसम्पादन सम्झौता गरेको छ । राजश्व सचिव राजन खनालसँग विभागका महानिर्देशकहरु र राजश्व प्रशासन तालिम केन्द्रका प्रमुखले यस्तो सम्झौता गरेका हुन ।  अन्तर्गतका निकायहरुबाट हुने कार्यसम्पादनलाई नजितामूखी बनाउन निजामती सेवा ऐनअनुसार यस्तो सम्झौता गरिएको अर्थ मन्त्रालयको भनाई छ । सम्झौताहरुमध्ये आन्तरिक राजश्व विभागका लागि राजश्व संकलन, जोखिममा आधारित..

    पूरकबजेट ल्याउने महराको तयारी, सत्तारुढ काँग्रेसकै नेता भन्छन्– आउँदैन

    सोमबार, भाद्र २०, २०७३ साल
    काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले चालु आवको बजेटलाई थप व्यवहारिक र कार्यान्वयनमुखी बनाउन पूरक बजेट आउन सक्ने बताएका छन् ।  अर्थमन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री महराले अघिल्लो सरकारले प्रस्तुत गरेको बजेटलाई सहयोग पुग्ने गरी पूरक बजेटको विषयमा छलफल भइरहेको बताए ।  अहिलेकै गठवन्धन सरकारको प्रमुख घटक काँग्रेसका एक नेता रामशरण महतले भने त्यस्तो पूरक बजेट नआउने बताइरहेका बेला माओवादी..

    हामीले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन होसः एमाले

    आईतवार, भाद्र ५, २०७३ साल
    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालले आफ्नो पार्टीको नेतृत्व रहेको सरकारले जारी गरेको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न सरकारसँग माग गरेको  छ ।  एमालेको आइतबार बसेको स्थायी समिति बैठकले केपी ओली नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट अहिलेसम्मकै राम्रो भन्दै यसैलाई निरन्तरता दिन आग्रह गरे । सोही नीति तथा कार्यक्रम र बजेटका आधारमा मुलुकभर पार्टीका कार्यकर्तालाई परिचालन..

    आश्रित विधेयक फेल भएर केही फरक पर्दैनः अर्थमन्त्रीका सल्लाहकार

    शनिबार, श्रावन ८, २०७३ साल
    काठमाडौं । अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार गोविन्द नेपालले संसदबाट आश्रित विधेयक फेल भएपनि तत्काल मुलुकको अर्थतन्त्रमा कुनै समस्या नआउने दावी गरेका छन् ।  शनिबार रिपोर्टर्स क्लबमा उनले भने, ‘अहिले पूरानै व्यवस्था अनुसार कर उठ्छ, तत्काललाई कानुनी समस्या छैन, आन्तरिक ऋणको तत्काल आवश्यकत्ता छैन, अर्को सरकार बनेपछि व्यवस्थापन हुन्छ ।’ नेपालले विद्येयक फेल भएपनि गत वर्षकै ऐनले पाँच खर्बसम्म विदेशी ऋण लिन..

    बजेटसम्वन्धी तीन विधेयकहरु संसदबाट अस्वीकृत

    शुक्रबार, श्रावन ७, २०७३ साल
    काठमाडौं । व्यवस्थापिका संसदले बजेटसँग सम्वन्धित तीन आश्रित विधेयक बहुमतले अस्वीकृत गरेको छ । स्वीकृत गर्नेमा स्वयम बजेट पेश गर्ने पार्टी माआवादी केन्द्र पनि छ ।  सत्ता छाडेर काँग्रेसको समर्थनमा प्रधानमन्त्री खान सरकारबाट बाहिरिएको माओवादीले विपक्षमा मत दिएपछि बजेट आश्रित विधेयकहरु अस्वीकृत भएका हुन । संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक (२१औं संशोधन)लाई बहुमतले अस्वीकार..

    विनियोजन विधेयक पारित, सरकारलाई खर्च गर्न बाटो खुल्यो

    शनिबार, आषाढ २५, २०७३ साल
    काठमाडौं । संसद्को शनिबारको बैठकले विनियोजन विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । उक्त प्रस्ताव पारित गरियोस् भनी अर्थमन्त्री विष्णु पौडेलले सदनमा पेस गरेका थिए ।  त्यसअघि सदनले विनियोजन विधेयक, २०७३ का विभिन्न दफालाई पारित गरेको थियो । यस्तै सदनले आर्थिक विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ भने आर्थिक विधेयक, २०७३ माथिको दफाबार छलफल..

    संसदमा विनियोजित बजेटमाथिको छलफल असार ६ गतेदेखि

    बुधबार, आषाढ १, २०७३ साल
    काठमाडौँ। विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकमा यही असार ६ देखि २२ गतेसम्म छलफल हुने भएको छ ।  व्यवस्थापिका–संसद्ले आज प्रकाशन गरेको बजेटसम्बन्धी छलफल कार्यक्रमअनुसार विभिन्न मन्त्रालय, सरकारी निकाय एवम् सचिवालयको विनियोजनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले असार १९ देखि २२ गतेसम्ममा दिनेछन  ।  संसद् सचिवालयका अनुसार शनिबारबाहेक हरेक दिन सदन बिहान ११ः०० बजेदेखि अपराह्न १७ः०० बजेसम्म बस्ने कार्यसूची निर्धारण गरिएको..

    बजेट पारित भएकै छैन कसरी महँगी बढ्छ? अर्थमन्त्री पौडेल

    शनिबार, जेष्ठ २९, २०७३ साल
    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पारित हुन बाँकि बजेटका कारण महङ्गी बढ्यो भन्नु औचित्यहीन भएको दाबी गरेका छन् ।बजेटका कारण दैनिक उपभोग्य वस्तुको भाउ नबढेको पनि उनले दाबी गरेका छन् ।   राजधानीमा शनिबार एक कार्यक्रममा बोल्दै मन्त्री पौडेलले भने,’यो मिथ्या हो, बजेट पारित भएकै छैन कसरी महँगी बढ्छ ?’ बजेटमा महङ्गी बढाउने कुनै व्यवस्था नरहेको दाबी गर्दै उनले महङ्गी बढाउने कार्यक्रम..

    संसदमा अर्थमन्त्रीको जवाफ: समतामुलुक समाज निर्माणका लागि न्यायोचित बजेट

    शुक्रबार, जेष्ठ २१, २०७३ साल
    काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा वित्तीय अनुशासनको लक्ष्मण रेखालाई आत्मसात् गरी बजेट प्रस्तुत गरेको बताएका छन् ।  आव २०७३÷०७४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफलमा भाग लिनुभएका विभिन्न सांसदले व्यवस्थापिका–संसद्मा उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विकास निर्माणको कार्यलाई जोड दिन ठूलो आकारको बजेट प्रस्तुत गरेको बताए ।  उनले बजेट निर्माण गर्दा विषय विशेषज्ञसँगको..

    बजेटमाथिको छलफल आज सकिँदै, अर्थमन्त्रीले उठेको प्रश्न माथि जवाफ दिने

    शुक्रबार, जेष्ठ २१, २०७३ साल
    काठमाडौं । व्यवस्थापिका संसदमा सोमबारदेखि सुरु भएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल शुक्रबार सकिँदै छ । बजेटमाथी हिजोसम्म १ सय ५० सांसदहरु छलफलमा सहभागी भएका थिए । शुक्रबार केही बोल्न बाँकी रहेका सांसद, शीर्ष नेताले आ- आफ्नो धारणा राखेपछि सांसदहरुले राखेका प्रश्नको जवाफ अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । छलफलका क्रममा सत्तापक्षका सांसद बजेटको समर्थन गर्दै त्यसको..

    ‘पेन्सन नदिएर सरकारले किसानको एउटा खुट्टा भाँचिदियो’

    मंगलवार, जेष्ठ १८, २०७३ साल
    काठमाडौं । माओवादी केन्द्रका नेतासमेत रहेको कृषि विकास मन्त्री हरिबोल गजुरेलले सरकारले किसान पेन्सनको योजनालाई बजेटमा समावेश नगरेर बजेटलाई अपाङ बनाएको गुनासो गरेका छन् ।  राजधानीमा मंगलबार एक कार्यक्रममा बोल्दै उनले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रिकरण गर्ने कुरा किसानमा उत्साह नजगाएसम्म कार्यान्वयन हुनै नसक्ने ठोकुवा गरे । गजुरेलले भने, ‘कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायिकरण र यान्त्रिकरण गर्ने कुरा किसानमा उत्साह नजगाएसम्म..

    यस्तो छ निजी क्षेत्रको बजेट प्रतिक्रियाः बजेट सकारात्मक तर कार्यान्वयनमै शंका

    सोमबार, जेष्ठ १७, २०७३ साल
    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि शनिबार संसदमा प्रस्तुत गरेको बजेटप्रति निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरुले खुलेर समर्थन नगरे पनि सावधानीपूर्ण समर्थन जनाउदै कार्यान्वयनमा जोड दिएका छन् । यस्तो छ प्रतिक्रियाः  नेपाल उद्योग परिसंघ आय–व्ययको अनुमानित विवरण (बजेट) सुन्दा लोकप्रिय र विश्लेषण गर्दा महत्वाकांक्षी लाग्ने कार्यक्रम र सोही अनुरुपको अनुमानित खर्च विवरण यस बजेटका आकर्षण हुन् । यद्यपी यस बजेटका आफ्नै सकारात्मक..

    बजेटबारे विपक्षीको सामना गर्ने ओली र दाहालको यस्तो छ सहमति

    सोमबार, जेष्ठ १७, २०७३ साल
    काठमाडौँ। सत्ता साझेदार प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रका अध्यक्षहरुबीच सरकारले ल्याएको नयाँ बजेटमा व्यवस्थापिका–संसद्मा मिलेर विपक्षीको सामना गर्ने सहमति भएको छ ।  एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज प्रम निवास बालुवाटारमा भएको भेटवार्तामा नयाँ बजेटले जनतामा नयाँ उत्साह ल्याएको हुँदा बजेटको कार्यान्वयनमा कुराकानी भएको थियो ।  प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले..

    काँग्रेसको विरोधपछि संसद्को बैठक दोश्रो पटक स्थगित, अर्को बैठक १:३० बजे

    सोमबार, जेष्ठ १७, २०७३ साल
    काठमाडौँ। व्यवस्थापिका–संसद्को दोस्रोपटक बसेको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण पुनः स्थगित भएको छ ।  आधा घन्टाका लागि स्थगित भएको सदनको बैठक दोस्रोपटक सुरु भएपछि सभामुख ओनसरी घर्तीले नेपाली काँग्रेसका नेता रमेश लेखकलाई बोल्न दिए ।  उनले बजेटका महत्वपूर्ण जानकारी पत्रपत्रिकामा पुगेका कारण सेयर बजारमा असर परेको भन्दै सो विषय गम्भीर अपराध भएको बताए ।  व्यवस्थापिका–संसद्को क्षेत्राधिकारको विषय रहेको बजेटअगावै..

    बजेट कसैको इच्छापत्र होइनः महत, निजी क्षेत्र खुशी बजेटमा अरुको किन विरोध ?: अधिकारी

    आईतवार, जेष्ठ १६, २०७३ साल
    काठमाडौं । पूर्वअर्थमन्त्री एवं सत्तारुढ एमाले नेता भरतमोहन अधिकारीले कर्मचारीको तलव बृद्धि र सामाजिक सुरक्षा भत्ता वृद्धिबाहेक बजेटमा आएका सबै विषय मुलुकको आवश्यकता भएको दावी गरेका छन ।  रिपोर्टर्स क्लबमा आइतवार उनले भूकम्पपछिको पुनर्निर्माण, संविधानको कार्यान्वयन, नाकाबन्दीले अर्थतन्त्रमा पारेको असर कम गर्ने र संविधान जारी भएपछि बढेको जनताको अपेक्षालाई सम्बोधन गर्ने क्रममा बजेटको आकार बढ्नु स्वभाविक भएको तर्क गर्दै बजेटलाई बाध्यात्मक..

    बजेट कार्यान्वयनका चुनौति पन्छाउने हामीसँग संकल्प, आत्मविश्वास र योजना छः पौडेल

    आईतवार, जेष्ठ १६, २०७३ साल
    काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले बजेट कार्यान्वयनका प्रत्येक चुनौतिको सामना गर्न आफूहरु तयारीका लागि प्रस्तुत भएका बताएका छन् ।  आगामी आर्थिक वर्षको लागि साढे खर्ब रुपियाँको जम्बो बजेट प्रस्तुत गरेको भोलिपल्ट आइतबार अर्थमन्त्रालयमा पत्रकार सम्मेलन गरेका उनले बजेट कार्यान्वयनमा थुप्रै चुनौति रहेको स्वीकार गर्दै त्यसलाई किनारा लगाउन आफूहरुसँग संकल्प, आत्मविश्वास र योजना रहेको दावी गरे ।  उनले भने– कार्यान्वयनमा चुनौतिहरु छन् ।..

    बजेटका बारे पूर्वअर्थमन्त्रीदेखि व्यवसायीसम्म के भन्छन ?

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले आज संसदमा प्रस्तुत गरेको बजेटलाई लिएर निजी क्षेत्र सकारात्मक नै देखिए पनि केही पूर्वअर्थमन्त्रीहरु भने यसको कार्यान्वयन प्रश्न उठाइरहेका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको साढे दश खर्बको बजेट सस्तो लोकप्रियतामूखी र बितरणमूखी रहेको उनीहरु बताउँछन ।  यो बजेटले वित्तीय अनुशासन कायम गर्न सक्दैनः महत पूर्वअर्थमन्त्री एवं काँग्रेस नेता रामशरण महत जनतालाई पपुलर कुरा गरेर खुशी पार्न..

    आगामी आर्थिक वर्षका लागि १०,४८,९२,१३,५४,००० रुपियाँको बजेट

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपियाँको बजेट विनियोजन गरेको छ ।  त्यसमा चालुतर्फ छ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार अर्थात ५८ दशमलव नौ प्रतिशत र पुँजीगततर्फ तीन खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार अर्थात २९ दशमलव सात प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ एक..

    आगामी आवमा ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य, महंगी ७.५ प्रतिशतमा कायम राखिने

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा छ दशमलव पाँच प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य र सात दशमलव पाँच प्रतिशतमा महंगी कायम राखिने बताएको छ ।  कर्मचारीको उच्च तलव वृद्धि गरेको सरकारको सात दशमलव पाँच प्रतिशतमा महंगी नियन्त्रण गर्ने आशा पूरा हुन निकै कठिन छ । अर्थमन्त्री बिष्णु पौडेलले यो बजेट आर्थिक विकासको प्रस्थन विन्दु हुने दावी गरे । उनले चार लाख नयाँ..

    कर्मचारीको २५ प्रतिशत तलव वृद्धि, एक दिनको तलव बराबर बार्षिक ग्रेड पनि

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले निजामती कर्मचारीको २५ प्रतिशत तलव वृद्धि गरेको छ । विगत तीन वर्षदेखि तलव वृद्धि नभएका कर्मचारीहरुलाई यस पटक भारी तलव वृद्धि गरिएको हो ।  त्यसबाहेक उनीहरुलाई एक दिनको तलव बराबर बार्षिक ग्रेड तथा विगतमा दिइएको महंगी भक्तालाई यथावत राखिएको छ । यसले कर्मचारीहरुको मुहारमा खुशी ल्याए पनि यसैका नाममा बजारमा चर्को महंगी बढाइने छ । यसबाट मुख्य गरेर..

    सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकास बैंक स्थापना गरिने

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकास बैंक खडा गर्ने निर्णय गरेको छ । सरकारले शनिबार संसदमा प्रस्तुत गरेको बजेटमा यस्तो निर्णय गरेको हो ।  ठूला भौतिक पूर्वाधार आयोजनाहरुमा लगानी गर्न भन्दै सरकारले यस्तो बैंकको कल्पना गरिएको हो । अर्थमन्त्रीले यसअघि नै यस्तो बैंकको स्थापनाका लागि सरकारले तयारी गरिरहेको बताउँदै आएका थिए । ..

    काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण सुरु गर्ने सरकारको योजना

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण सुरु गर्ने निर्णय गरेको छ । लामो समयदेखि चर्चाको रुममा मात्रै रहँदै आएको मेट्रो रेलको कल्पना आउँदो आर्थिक वर्षमा सुरु गर्ने सरकारले योजना अघि सारेको हो ।  संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले तत्काल काठमाडौँमा मेट्रो रेल निर्माणको विस्तृत अध्ययन गरी निर्माण अघि बढाउने बताए । पौडेलले पानी जहाज..
    Results 1487: You are at page 48 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast