बुधबार, आषाढ २४, २०७७

    आर्थिक खबर

    आर्थिक गणना वैशाख १ गतेबाट शुरु हुँदै, तीन हजार ५०० गणक र ५०० सुपरभाइजर खटाईने

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत केन्द्रीय तथ्यांक विभागले पहिलोपटक गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि करीब चार हजार जनशक्तिलाई परिचालन गर्ने भएको छ । आगामी वैशाख १ गतेदेखि शुरु गरिने उक्त गणनाका लागि तीन हजार ५०० गणक र ५०० सुपरभाइजरलाई खटाउन आवश्यक तालीमसमेत उपलब्ध गराएको छ । संघ, प्रदेश तथा स्थानीय तहसम्मका व्यावसायिक प्रतिष्ठान तथा सामान्यभन्दा सामान्य व्यवसायीको वित्तीय अवस्थाका साथै व्यावसायिक यथार्थताबारे आगामी जेठ..

    नेपालको आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको प्रक्षेपण, बजेट घाटा निकै बढ्ने आशंका

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत : एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।  आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त प्रक्षेपण गरेको हो ।  बुधबार सार्वजनिक भएको बैंकको प्रमुख..

    तेह्रथुम म्याङलुङका विपन्न परिवारलाई जस्तापाता र विद्युतीय सामग्री वितरण

    मंगलवार, चैत्र २७, २०७४ साल
    तेह्रथुम, २७ चैत तेह्रथुमको म्याङलुङ नगरपालिका–७ वडाभित्रका आर्थिकरुपले विपन्न परिवारका सदस्यलाई जस्तापाता, विद्युतीकरणका लागि मिटर बक्स र खानेपानी तथा सिँचाइका लागि पाइप वितरण गरिएको छ ।  वडा कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी वडाले वडा क्षेत्रका तीन परिवारलाई जस्तापाता वितरण गरेको हो । नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले वडाभित्रका विपन्न ठहरिएका मनबहादुर विक, देवीमाया विक र कुमारी दर्जीलाई प्रतिपरिवार रु १० हजार बराबरका..

    सञ्चालन भएको दुई दिनमै आइसिपीमा सात करोड राजस्व संकलन

    सोमबार, चैत्र २६, २०७४ साल
    वीरगञ्ज, २६ चैत : एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) भन्सार कार्यालय सञ्चालन भएको दुई दिनमा नै रु सात करोड भन्दा बढी राजस्व संकलन भएको छ ।  आइसिपी उद्घाटन भएको पहिलो र दोस्रो दिन गरी रु सात करोड चार लाख राजस्वसंकलन भएको हो । हाल वीरगञ्ज भन्सार कार्यालयबाटै सञ्चालित आइसिपी भन्सार कार्यालयले इन्धन आयात तथा जुत्ता र म्याटको निर्यातबाट उक्त राजस्व उठाएको..

    एक फिल्मस् प्रालिद्वारा आरोही तामाङलाई रु १५ लाख आर्थिक सहयोग

    सोमबार, चैत्र २६, २०७४ साल
    भक्तपुर, २६ चैत : तामाङ समुदायबाट दोस्रो सगरमाथा आरोहण गर्न लाग्नु भएकी शर्मिला स्याङ्तानलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।  सोमबार रफत सञ्चार क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै थोकर फिल्मस् प्रालिले रु १५ लाख पाँच हजार १५३ सगरमाथा आरोहण गर्न लाग्नुभएकी स्याङ्तानलाई हस्तान्तरण गरेको हो ।  थोकर फिल्मस् प्रालिले गत माघ १३ गतेदेखि संकलन गरेको सहयोग रकम कलाकर्मी प्रकाश सुवेदीले हस्तान्तरण गरेका हुन्..

    राजश्व आउने अड्डा, भूमि प्रशासन तथा ठूल्ठूला काममा निगरानी गर्न माग

    सोमबार, चैत्र २६, २०७४ साल
    वीरगञ्ज, २६ चैत : विकास निर्माणका कार्यालयमा हुने भ्रष्टाचारलाई संस्थागत हुन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय हुनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा स्थानीय जनप्रतिनिधिले माग गरेका छन् ।  उनीहरुले राजश्व आउने अड्डा, भूमि प्रशासन, ठूल्ठूला विकास निर्माणको काममा हुने अनियमिततालाई अख्तियारले सूक्ष्म तरिकाबाट निगरानी गर्नुपर्नेमा जोड दिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा संयुक्त रुपमा आइतबार आयोजित..

    सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन, महँगो भन्सारका कारण व्यवसायी मर्कामा

    आईतवार, चैत्र २५, २०७४ साल
    काठमाडौँ, २५ चैत सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको कारोबार हुने र रु आठ अर्ब राजश्व संकलन हुने जानकारी दिइयो । महासंघका अध्यक्ष मोहनकुमार सुनारले महँगो भन्सारका कारण सुनचाँदी व्यवसायमा समस्या परेको बताए । उनका अनुसार एक तोला..

    गाउँमै स्वरोजगार बन्दै बाजुराका युवा, विकास निर्माणका काममा शक्रियता !

    आईतवार, चैत्र २५, २०७४ साल
    बाजुरा, २५ चैत दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ । गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्र्रतिनिधि आएपछि घर फर्किन थालेका छन् । स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विकासमा अग्रसर भए । गाउँमा नै विभिन्न विकास र निर्माण कार्य शुरु भएपछि..

    १ सय १५ बिघा क्षेत्रफलमा निर्मित आइसिपी शनिबारदेखि सञ्चालनमा

    शनिबार, चैत्र २४, २०७४ साल
    वीरगञ्ज, २४ चैत : भारतको नयाँदिल्लीस्थित हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्विच थिची उद्घाटन गर्नुभएपछि पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी (आइसिपी) शनिबारदेखि विधिवत् रुपमा सञ्चालनमा आएको छ ।  नयाँदिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिची आइसिपीको उद्घाटन गरेपछि अलौस्थित आइसिपीमा रहेको शिलालेखको वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत विसी प्रधानले अनावरण गर्नुभयो ।  उद्घाटनपश्चात् भारतबाट पेट्रोलियम..

    भारतीय उद्योगीलाई ओलीले भनेः अहिले लगानी गर्नु भएन भने पछि तपाईंहरु पछुताउनु हुनेछ

    शुक्रबार, चैत्र २३, २०७४ साल
    नयाँदिल्ली, २३ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताएका छन् । इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताए । नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको उल्लेख गर्दै उनले नेपाललाई विकासोन्मुख..

    काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइनः प्रकाशमान सिँह

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ, २३ चैत  नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क गरेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउनसक्ने बताए । उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको सरकारले तीन तहको चुनाव सफल बनाएको बताए । सो..

    भक्तपुरमा वृहत औद्योगिक मेला शुरु, आगामी वैशाख ३ गते सम्पन्न हुने

    शुक्रबार, चैत्र २३, २०७४ साल
    भक्तपुर, २३ चैत नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला शुक्रबारबाट शुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४-७५” को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले मेलाको शुक्रबार उद्घाटन गरेका छन् । भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा शुरु भएको ११ दिने मेला आगामी..

    प्राधिकरणद्वारा रु १ खर्बभन्दा बढी खर्च, निर्माण कार्य पुरा हुन् सकेन

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ, २३ चैत : राष्ट्रिय पुनःनिर्मााण प्राधिकरणले गत फागुन मसान्तसम्म रु एक खर्ब एक अर्ब ६२ करोड निर्माणका क्षेत्रमा खर्च गरेको छ ।  अतिप्रभावित १४ जिल्ला तथा कमप्रभावित १८ जिल्लामा गरी देशका ३२ जिल्लामा भूकम्पपीडितलाई घर, विद्यालय, सम्पदा निर्माणलगायत क्षेत्रमा सो रकम खर्च गरिएको हो ।  प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ती ३२ जिल्लामा करीब एक लाख १३ हजार घर निर्माण भइसकेको..

    विदेशी कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा नेपाली कपडा उद्योग

    बिहिवार, चैत्र २२, २०७४ साल
    ललितपुर, २२ चैत कपडा उद्योगकै कारण केही वर्ष पहिलेसम्म ‘मिनि जापान’ भनिने लुभू र आसपासका उद्योग अहिले विदेशबाट आयात भएका कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा परेका छन् । बंगलादेश र भारतबाट आयात हुने कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कपडा उद्योग ओझेलमा परेको हो । ललितपुर उद्योग वाणिज्य संघ, क्षेत्र नम्बर–२ अध्यक्ष जुजुकाजी महर्जन भन्सार शुल्क बढी तिर्नुपर्ने, दक्ष जनशक्ति नपाइने र महँगो..

    चितवनमा हिंसा र बेचबिखनमा परेका चेलीलाई छात्रवृत्ति प्रदान गरिदै

    बिहिवार, चैत्र २२, २०७४ साल
    रत्ननगर, चितवन, २२ चैत : मानव बेचबिखन तथा लैंगिक हिंसामा परेका छात्रालाई चेली नेपालले छात्रवृत्ति सहयोग गरेको छ ।  हिंसा र बेचबिखनविरुद्ध काम गर्दै आएको र प्रभावित चेलीलाई सहयोग गर्दै आएको चेली नेपालले भरतपुर महानगरपालिकाभित्रका ६० जना छात्रालाई छात्रवृत्ति सहयोग उपलब्ध गराएको संस्थाका कार्यक्रम निर्देशक सुरेन्द्र चापागाईले जानकारी दिए।  संस्थाले चितवनका विभिन्न क्षेत्रमा मानव बेचबिखन तथा लैंगिक हिंसा प्रभावित तथा उच्च जोखिममा रहेका..

    कपाल काटेरै लखपति बने पवन, गाउँका अरु युवालाई समेत पनि रोजगारी दिदै

    बिहिवार, चैत्र २२, २०७४ साल
    पथरी, मोरङ, २२ चैत : पवन हेयर सैलुन, मोरङ जिल्ला उर्लाबारीको यो निकै चर्चित सैलुन हो । यहाँ कपाल काट्नका लागि पालो कुरिरहेका ग्राहकको लाइन देख्दा लाग्छ, शहरमा अर्को कुनै सैलुन नै छैन ।  उर्लाबारीमा अन्तर्राष्ट्रियस्तरका सैलुन भने नखुलेका होइनन्, तर पवन नै सबैको रोजाइ बनेका छन् ।  उर्लाबारीमात्र होइन, दमक, पथरी र इटहराबाट पनि कपाल काट्न आउनेको लर्को लाग्ने गर्छ उनको पसलमा..

    वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई कारवाही, अरनिको सिमेन्टदेखि कमला रोलिङ मिल्ससम्म परे !

    बुधबार, चैत्र २१, २०७४ साल
    काठमाडौँ, २१ चैत वातावरण विभाग, कुपण्डोलले वातावरण विपरीत काम गर्ने पाँच उद्योगलाई कारवाही गरेको छ । उद्योगले समुदायमा प्रदूषण बढाएको भन्दै विभागले कारवाही गरेको हो । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०७४-७५ को चैत महिनासम्म श्री अरनिको आँबुखैरेनी सिमेन्ट इन्डष्ट्रिज प्रालि खैरेनी तनहुँ, कमला रोलिङ मिल्स प्रालि टंकिसिनुवारी मोरङ, काठमाडौँ दुग्ध वितरण आयोजना बालाजु औद्योगिक क्षेत्र काठमाडौँ, श्री हारती एग्रिगेट..

    नेपाली भनेर कमसल भारतीय सुनको बिक्री हुँदै, १८ र २० क्यारेटको सुन महोत्तरीमा छ्याप-छ्याप्ती

    बुधबार, चैत्र २१, २०७४ साल
    गौशाला, २१ चैत : महोत्तरी जिल्लाको विभिन्न शहर बजारमा भारतबाट तस्करी गरी ल्याइएको कमसल सुन नेपाली भनेर बिक्री भइरहेको रहस्य खुलेको छ ।  महोत्तरीको विभिन्न बजारबाट २२ र २४ क्यारेटका सुन भारत तस्करी हुने गरे पनि अहिले भारतबाटै १८ र २० क्यारेटको सुन महोत्तरीको विभिन्न बजारका सुनचाँदी पसलेले मगाएर २२ र २४ क्यारेटको मूल्यमा बिक्री गरिरहेको नाम नछाप्ने शर्तमा एक सुन..

    खुल्ला दिसामुक्त अभियानको नाममा सप्तरीमा अनियमितता, कानूनी दायरामा ल्याउनुपर्ने माग

    मंगलवार, चैत्र २०, २०७४ साल
    लहान, २० चैत खुल्ला दिसामुक्त अभियानको नाममा सप्तरीमा व्यापक अनियमितता र लापरवाही भएको भन्दै सत्यतथ्य छानविन गरी सम्बद्ध सबैलाई कानूनी दायरामा ल्याउनुपर्ने माग उठ्न थालेको छ । शौचालय निर्माण र प्रयोग व्यवस्थित नहुँदै सप्तरीलाई हतारहतार खुल्ला दिसामुक्त घोषणा गर्न खोजेको भन्दै व्यापक आलोचना भएपछि जिल्ला स्तरीय सरसफाइ स्वच्छता समन्वय समितिले कानूनी बाटो अख्तिायार गर्ने प्रयास गरेको छ । घरघरमा शौचालय निर्माण गराई..

    श्वेतपत्र अर्थतन्त्रको यथार्थ तस्वीर, वस्तुस्थितिको समीक्षामा केन्द्रित रहेको भनाइ

    मंगलवार, चैत्र २०, २०७४ साल
    काठमाडौँ, २० चैत : अर्थमन्त्री डा युवराज खतिवडाले अर्थ मन्त्रालयले तयार गरेको श्वेतपत्र कुनै दलविशेषमा लक्षित नभई वस्तुस्थितिको समीक्षामा केन्द्रित गरिएको यथार्थ तस्वीर रहेको बताएका छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुखसँग समय लिएर डा खतिवडाले सरकारले शिक्षा, स्वास्थ्य र खानेपानीमा गरेका लगानीले प्रतिफल दिन थालेको र स्थिरता हुँदै समृद्धिको यात्रा अघि बढेको पनि श्वेतपत्रमा उल्लेख भएकाले समाजवादोन्मुख आत्मनिर्भर अर्थतन्त्रबारे आफूले सदनलाई श्वेतपत्रमार्फत..

    मलेसिया जानेको संख्या बढ्यो, तथ्यांकअनुसार रोजगारीका लागि मलेसियापछि दोस्रो नम्बरमा कतार

    सोमबार, चैत्र १९, २०७४ साल
    काठमाडौँ, १९ चैत गत आर्थिक वर्षको तुलनामा यो वर्ष मलेसिया जानेको संख्या बढेको छ । श्रम तथा रोजगार मन्त्रालयको तथ्यांकअनुसार चालु आवको फागुन मसान्तसम्म मात्र मलेसिया जानेको संख्या एक लाख पाँच हजार ५१ पुगेको छ । श्रम बजारमा कामदारको माग बढेपछि रोजगारीका लागि मलेसिया जानेको संख्या बढेको मन्त्रालयका प्रबन्ध निर्देशक इन्द्रदेव पाण्डेले बताए । “विकसित मुलुकमा श्रमिकको माग कम भएकै कारण विदेश..

    भरतपुर महानगरले आन्तरिक आम्दानी एक अर्ब पुर्याउने, करको दर र दायरा बढाईयो

    सोमबार, चैत्र १९, २०७४ साल
    चितवन, १९ चैत : भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्षसम्ममा आन्तरिक आम्दानी एक अर्ब पुर्याउने लक्ष्यका साथ करको दर वृद्धि र दायरा फराकिलो बनाएको जनाएको छ ।  कर बढेको भन्दै चौतर्फी आलोचना खेपिरहेको महानगरले आज यहाँ पत्रकार सम्मेलन गरी विगतको समयमा उपयुक्त मानिएका कतिपय करका दर र दायरा वर्तमान समयमा अव्यावहारिक र अवैज्ञानिक देखिएकाले समय सान्दर्भिक बनाउन करको दर र दायरा बढाएको बताएको..

    ललितपुरमा बढेन लसुन र प्याजको उत्पादन, व्यावसायिक कृषकहरु आकर्षित भएनन्

    आईतवार, चैत्र १८, २०७४ साल
    ललितपुर, १८ चैत उत्पादन लिनका लागि लामो समय लाग्ने हुँदा व्यावसायिक रूपले खेती गर्दै आएका किसान लसुन र प्याजखेतीमा आकर्षित छैनन् । नेपालमा अरु खालका तरकारीको उत्पादन बढे पनि लसुन र प्याजको उत्पादन भने नबढेको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए । काठमाडौँ उपत्यका र त्यस आसपासमा असोज–कात्तिकमा लसुन रोपेर वैशाख–जेठमा टिप्ने गरिन्छ..

    अर्थमन्त्रीद्वारा अर्थतन्त्र चुनौतीपूर्ण रहेको उल्लेख, खर्च गर्न निकै कठिनाइ भएको स्वीकारोक्ती

    शुक्रबार, चैत्र १६, २०७४ साल
    काठमाडौँ, १६ चैत अर्थमन्त्री डा युवराज खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै अर्थतन्त्र चुनौतीपूर्ण रहेको बताएका छन् । अर्थमन्त्री डा खतिवडाले देशको वर्तमान आर्थिक स्थितिको सम्बन्धमा जानकारी गराउँदै स्रोतको बजेटमा खर्च गर्न निकै कठिनाइ रहेको उल्लेख गरे । पूँजी परिचालन उचित रूपमा हुन नसकेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “ठूला आयोजना निर्धारित समय र लागतमा निर्माण पूरा हुन सकेका छैनन्, उत्पादनमुखी भन्दा..

    म्याग्दीमा असिनाले गर्यो करोडौँको नोक्सानी, बाली नष्ट भएपछि कृषक निराश

    शुक्रबार, चैत्र १६, २०७४ साल
    बाबियाचौर, म्याग्दी, १६ चैत बिहीबार साँझ बेनी र आसपासका क्षेत्रमा परेको असिनाले खेतीबालीमा करोडौँको क्षति पुर्याएको  छ । बेनी नगरपालिका र जलजला गाउँपालिकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफूल र आलु खेतीमा असिनाले क्षति पुर्याएको हो । भित्र्याउने बेला भएको गहुँ, जौ, आलु, तरकारीबालीमा असिनाले नष्ट गरेपछि कृषक जलजला–७ धाइरिङका अगुवा कृषक एकनारायण पौडेलले निराशा व्यक्त गरे। बीउ उत्पादनका लागि लगाइएको काँक्रो, घिरौँला, गोलभेँडाका..

    भैँसीपालनबाट मासिक डेढ लाख आम्दानी, दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री

    बिहिवार, चैत्र १५, २०७४ साल
    पाल्पा, १५ चैत रामपुर–६, विजयपुरका कृष्ण अर्यालले व्यावसायिक भैँसीपालनबाट मासिक रु एक लाख ५० आम्दानी गर्न सफल भएका छन् । उहाँले उन्नत जातका मुर्रा भैँसी पालेर दैनिक ८० देखि ९० लिटरसम्म दूध बिक्री गर्द्छन् । अर्याल करीव दश वर्षदेखि भैँसीपालन व्यवसायमा छन् । उनले उत्पादन गरेको दूध स्थानीय रामपुर बजारमा खपत हुन्छ । पैसा कमाउनका लागि विदेश चाहर्नेका लागि स्वदेशमा कृषि, पशुपालन..

    पोखरामा कफी खेतीको व्यवसायीकरणमा जोड, आर्थिक समृद्धिको आधार रहेको ठम्याई

    बुधबार, चैत्र १४, २०७४ साल
    पोखरा, १४ चैत प्रदेश नं ४ र ५ स्तरीय पोखरामा आयोजित समन्वयात्मक गोष्ठी एवं प्रतिवेदन प्रस्तुतिकरण कार्यक्रममा कफीको खेतीको व्यावसायीकरण आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्नेमा जोड दिइएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराद्वारा आयोजित गोष्ठीमा वक्ताले नेपालमा ४३ वटा जिल्ला कफीको अत्याधिक सम्भावनायुक्तस्थल भए पनि व्यावसायिक रुपमा उपयोग हुन नसकेकोमा जोड दिएका छन् । कार्यक्रममा जिल्ला समन्वय समिति..

    देशका सबै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान खोल्ने सरकारको तयारी

    मंगलवार, चैत्र १३, २०७४ साल
    काठमाडौँ, १३ चैत : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सातै प्रदेशमा पर्यटन तथा होटल व्यवस्थापनसम्बन्धी प्रतिष्ठान खोल्ने योजना अघि सारेको छ ।  मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान(नाथम)लाई विश्वविद्यालयमा रुपान्तरण गरी सोहीअन्तर्गत प्रतिष्ठान खोल्ने तयारी गरेको मन्त्रालयले जनाएको छ ।  पर्यटन तथा होटल विधामा आवश्यक जनशक्ति उत्पादन गर्ने ध्येयका साथ विसं २०२९ मा स्थापित नाथमले सो क्षेत्रमा विभिन्न तहमा..

    उत्खनन् तत्काल बन्द गर्न प्रजिअलाई मन्त्री जमरकट्टेलको निर्देशन, खानी व्यवस्थापन गर्न स्थानीय प्रशासनलाई आग्रह

    मंगलवार, चैत्र १३, २०७४ साल
    चरिकोट, १३ चैत दोलखामा अवैध रुपमा भइरहेको बालुवा, गिटी, रोडाढुंगालगायत प्राकृतिक स्रोत साधनको उत्खनन् तथा मापदण्ड विपरितका क्रसर उद्योग तत्काल बन्द गर्न प्रदेश सरकारले स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । प्रदेश नं ३ का आन्तरिक मामिला मन्त्री शालिकराम जमरकट्टेलले प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापालाई टेलिफोन गरेर प्राकृतिक स्रोत साधनको अवैध रुपमा भइरहेको दोहनको तत्काल अन्त्य गर्न निर्देशन दिएका हुन् । जिल्लामा बालुवा, गिटी,..

    निजी क्षेत्रको विकासका लागि सरकार सदैव प्रतिबद्ध छ : अर्थमन्त्री डा. खतिवडा

    सोमबार, चैत्र १२, २०७४ साल
    विराटनगर, १२ चैत :   अर्थमन्त्री डा युवराज खतिवडाले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् ।    मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा यहाँ संयुक्त रुपमा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा उनले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि रु १४ खर्व आवश्यक भएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको प्रष्ट पारे ।    उनले ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान..
    Results 1680: You are at page 47 of 56
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 Next Last
    Weather Forecast