बुधबार, मंसिर ४, २०७६

    आर्थिक खबर

    राजधानीमा साढे दुई करोडको व्यापार गर्दै १४औं जुत्ता प्रदर्शनी सम्पन्न

    बुधबार, पौष १९, २०७४ साल
    काठमाडौँ, १९ पुस ।  फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ ।  यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न भएको हो । ‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा रहेको प्रदर्शनीमा स्वदेशी छालाजुत्ता तथा वस्तु उत्पादकको सहभागिता थियो भने प्रदर्शनीमा नेपाली छाला जुत्ता, ज्याकेट,..

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु १-१ बढ्यो

    मंगलवार, पौष १८, २०७४ साल
    काठमाडौँ, १८ पुस : नेपाल आयल निगमले गए राति १२ बजेपछि लागू हुने गरी इन्धनको मूल्य बढाएको छ ।  नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ ।  निगमका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक/एक मूल्यवृद्धि गरिएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र..

    बजारमा स्वदेशी उत्पादनका जुत्ताले ५० प्रतिशत स्थान ओगट्न सफल

    बिहिवार, पौष १३, २०७४ साल
    काठमाडौँ, १३ पुस। नेपाली बजारमा स्वदेशी उत्पादनका जुत्ताले ५० प्रतिशत हिस्सा ओगट्न सफल भएको छ । गत वर्षको तथ्याङ्क अनुसार नेपाली बजारमा गत वर्ष सात करोड ६२ लाख ४४ हजार १८६ जोर जुत्ता खपत भएकामा तीन करोड ८२ लाख ९४ हजार ७९३ जोर जुत्ता स्वेदेशी उद्योगबाट निर्मित रहेका थिए ।  नेपाल छाला जुत्ता उत्पादक संघका अनुसार हाल नेपालमा ६० भन्दा बढी जुत्ता उद्योग..

    'अपेक्षाकृत वैदेशिक सहायताको सोधभर्ना प्राप्त भएन"-अर्थ मन्त्रालय

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौँ, १० पुस। वैदेशिक आर्थिक सहायता प्रभावकारीरुपमा परिचालन नहुँदा अपेक्षाअनुसारको सोधभर्ना प्राप्त गर्न सकिएको छैन ।  वैदेशिक सहायता प्राप्त आयोजनाले अपेक्षित गति नलिँदा दातृ निकायले दिएको रकम परिचालन नभएको हो । अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख तथा सहसचिव वैकुण्ठ अर्यालका अनुसार चालू आर्थिक वर्षको पाँच महिनामा रु १८ अर्ब सोधभर्ना भएको छ ।  सरकारले चालू आवको बजेटमा रु ७२ अर्ब..

    लाभांश विदेश लैजान एनसेललाई सर्वोच्चद्वारा बाटो खुल्ला (आदेश सहित)

    सोमबार, पौष १०, २०७४ साल
    काठमाडौं, १० पुस ।  एनसेलले शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आइतबार एनसेलको ८० प्रतिशत शेयर खरिदमा लाभकर नतिरेपछि लाभांश विदेश लैजान लगाएको रोक खुल्ला गर्न अन्तरिम आदेश जारी गरेको हो ।  सरकारलाई तिर्नुपर्ने करको दायित्व पूरा नभएसम्म लाभांश फिर्ता लान नमिल्ने उल्लेख..

    अलैँचीको मूल्य अब एसएमएसबाट नै सजिलैसँग प्राप्त गर्न सकिने

    सोमबार, पौष १०, २०७४ साल
    मंगलबारे, इलाम, १० पुस। अलैँचीको मूल्य अब मोबाइल एसएमएसमार्फत नै पाउन सकिने भएको छ । अलैँचीको मूल्य र गुणस्तरका बारेमा क्रियाशील रहेको नेपाल अलैँची व्यवसायी महासंघले अलैँचीको प्रचलित मूल्य थाहा पाउने व्यवस्था गरेको हो ।  उच्च मूल्य रहेर पनि बजार मूल्य थाहा नपाउँदा व्यापारी र बिचौलियाबाट ठगिएको गुनासो गर्ने गरेका किसानले अलैँचीको बजार मूल्य एसएमएसबाट नै थाहा पाउने भएका हुन् । तर..

    छ महिनामा विनियोजित बजेटको २७ प्रतिशत मात्र खर्च

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौँ, ९ पुस ।  सरकारले चालू आर्थिक वर्षको छ महिनामा रु तीन खर्ब ४० अर्ब १९ करोड खर्च गरेको छ । यो कूल बजेटको २७ प्रतिशत मात्रै हो ।  चालू आवको मंसिर महिनासम्मको खर्च प्रवृत्ति सुधारोन्मुख रहेको र कूल विनियोजित बजेट रु १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजारमा २६.६ प्रतिशत खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।  अर्थ मन्त्रालयका..

    सुनचाँदीको भाउ उकासियो, तोलाको ५४ हजार कायम

    आईतवार, पौष ९, २०७४ साल
    काठमाडौं, पुस ९।  साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ । सुन आइतबार तोलाको ५४ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हप्ताको अन्तिम दिन तोलाको ५४ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको हो । यस्तै तोलामा १० रुपैयाँ बढेर चाँदीको भाउ आइतबार तोलाको ७ सय ३० रुपैयाँमा पुगेको छ..

    जंगलमा खेर गइरहेको 'अल्लो पुवा' म्याग्दीमा आम्दानीको गतिलो माध्यम बन्दै

    आईतवार, पौष ९, २०७४ साल
    बाबियाचौर, म्याग्दी, ९ पुस । वनपाखामा कुहिएर खेर गइरहेको अल्लोको पुवा पछिल्लो समय आम्दानीको माध्यम बनेको छ । उच्च पहाडी क्षेत्रको जंगलमा पाइने अल्लो पुवाको प्रशोधन गरेर धागो र कपडा बनाउन थालिएपछि स्थानीयवासीले आयआर्जनको अवसर पाएका हुन् ।  धौलागिरि गाउँपालीकाको गुर्जा, लुलाङ, मुना, मल्कवाङ, रघुगंगा गाउँपालिकाको कुइनेमंगले, पाखापानी, चिमखोला क्षेत्रको जंगलमा अल्लोको पुवा संकलन गरेर सयाँैले रोजगारी र आयआर्जन गरिरहेका छन् ।..

    जलजलामा अवैध ढुंगाखानी सञ्चालन, बन्द गर्ने प्रयास असफल

    आईतवार, पौष ९, २०७४ साल
    पर्वत, ९ पुस ।  उत्तरी पर्वतको जलजला गाउँपालिकाका विभिन्न स्थानमा अवैधरूपले ढुंगाखानी सञ्चालन गरिएका छन् ।  गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लका अनुसार साविक माझफाँट, लेखफाँट र बाँसखर्क गाविसमा एक दर्जनभन्दा बढी ढुंगाखानी अवैधरूपले सञ्चालन गरिएका हुन् । बाँसखर्क गाविसको वडा नं १ र ८ तथा माझफाँट गाविसको वडा नं ९ मा निजी जमिन र सार्वजनिक चौर तथा वन क्षेत्रमा समेत अवैधरूपले ढुंगाखानी सञ्चालन भएका..

    विद्युत नपाएपछी थर्मल प्लान्ट जडान गर्दै होङ्सी शिवम् सिमेन्ट

    शुक्रबार, पौष ७, २०७४ साल
    काठमाडौँ, ७ पुस । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन निर्माणमा ध्यान नदिँदा चिनियाँ लगानीको होङ्सी शिवम् सिमेन्ट उद्योग सञ्चालनमा लाथी थर्मल प्लान्ट राख्नु पर्ने भएको छ ।  नवलपरासीको बर्दघाटबाट सिमेन्ट उद्योगसम्म १३२ केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि प्राधिकरणले सर्वेक्षण मात्रै सम्पन्न गरेको छ । नेपालमै पहिलो ठूलो वैदेशिक लगानीको सिमेन्ट उद्योग सञ्चालनको तयारी भइरहँदा विद्युत् नपाएपछि उद्यमीले ५० मेगावाट विद्युत् उत्पादन गर्ने..

    सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौँ, ६ पुस ।  सरकारी घोषणा भएको तीन वर्षपछि नेपाल अण्डामा आत्मनिर्भर भएको छ । सरकारले पशु र पन्छीजन्य पदार्थबाट प्राप्त हुने मासु, अण्डा र दूधमा आत्मनिर्भर हुने योजना सार्वजनिक गरेको थियो । सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासमा उक्त घोषणा सफल भएपछि पशुपालन क्षेत्रमा युवाको सक्रिय सहभागिता रहने अण्डा उत्पादक संघले जनाएको छ ।  गत वर्ष कूल उत्पादन र देशको जनसङ्ख्याको हिसाब..

    आगामी जनवरी १ देखि मलेसियाका कामदारले लेबी तिर्न नपर्ने

    बिहिवार, पौष ६, २०७४ साल
    काठमाडौं, पुस ६ । आगामी सन् २०१८, जनवरी १ तारिखदेखि मलेसियामा कार्यरत् कामदारहरुले  लेबी तिर्न नपर्ने भएको छ । कम्पनीमा कार्यरत कामदारहरुको लेबी तिर्नका लागि सम्बन्धित कम्पनीहरु नै राजी भएपछि त्यहाँ कार्यरत् लाखौं कामदारहरु वर्षौदेखिको  लेबी को झञ्झटबाट मुक्त हुने भएका हुन् ।  त्यहाँ कार्यरत विदेशी कामदारबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिइसकिएको छ । नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक..

    मोरङमा पचास करोडको लगानीमा टायर उद्योग सञ्चालनमा

    बिहिवार, पौष ६, २०७४ साल
    पथरी, मोरङ, ६ पुस ।  भारतको युचर ग्रुरुपसँगको साझेदारीमा विशाल ग्रुपले रु ५० करोडको लगानीमा टायर उद्योग सञ्चालनमा ल्याउने भएको छ । मोरङको कटहरीमा सो उद्योगबाट तीन सातापछि टायरको व्यावसायिक उत्पादन शुरु हुनेछ ।  उद्योगका कर्मचारी विनित सिंघानियाँका अनुसार कटहरीमा तीन बिघा क्षेत्रफलमा फैलिएको उक्त उद्योगबाट सुरुमा ट्र्याक्टर, मोटरसाइकल, स्कुटी र ई–रिक्साका गरी चार प्रकारका टायर उत्पादन गरिनेछ । सो उद्योगले तत्काल वार्षिक..

    कञ्चनपुरका महिला आत्मनिर्भर बन्दै, व्यवसाय गरी खर्च जुटाउँदै

    बुधबार, पौष ५, २०७४ साल
    कञ्चनपुर, ५ पुस । बेलडाँडी गाउँपालिका–१ का महिला आत्मनिर्भर हुन थालेका छन् । घर खर्चका लागि श्रीमानको  मुख ताक्ने महिला सृजनशील बचत तथा ऋण सहकारी संस्था झलारीले सञ्चालन गरेको लघु वित्त कार्यक्रममा आबद्ध भई बचत गर्न थालेका छन् । उनीहरु व्यावसायिक कृषि, पशुपालन, बैदेशिक रोजगार, लघु उद्यम, साना उद्योग, हस्तकलाका सामग्री निर्माण र व्यापार व्यवसायमा संलग्न हुन थालेका छन् ।  महिला विभिन्न समूहमा..

    पर्वतको एउटै गाउँमा तीन करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन

    सोमबार, पौष ३, २०७४ साल
    पर्वत, पुस ३ ।  पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा यो वर्ष झन्डै तीन करोड रुपैयाँको सुन्तला उत्पादन भएको छ । किसानले सुन्तला बगैंचा विस्तार गरेसँगै उत्पादन वृद्धि भएको हो । यो गाउँमा गतवर्ष दुई करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको थियो । यहाँका २ सय ६१ घरधुरी मध्ये २ सयभन्दा बढीले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । परम्परागत अन्नवाली लगाउन छाडेर सुन्तला खेती गर्न..

    रसुवामा वैशाखदेखि कात्तिक १५ सम्ममा पाँच करोडको चिज उत्पादन

    शुक्रबार, मंसिर २९, २०७४ साल
    रसुवा, २९ मंसिर । गोसाइँकुण्ड धार्मिक मार्गको चन्दनबारी लगायत हिमाली भेगका चार स्थानमा रु पाँच करोडभन्दा बढीको चिज (याक)उत्पादन भएको छ ।  दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालका अनुसार जिल्लाको चन्दनबारी, गत्लाङ, लाङटाङ र धुन्चे केन्द्रबाट यस आर्थिक वर्षको गत याममा ३३ हजार ८८२ किलो चिज र ११ हजार ४१४ किलो मखन उत्पादन भएको छ । विगत वर्षको तुलनामा उत्पादनमा वृद्धि..

    १५ बर्ष भित्रैमा २७ नयाँ सहर बनाउने योजनामा सरकार

    शुक्रबार, मंसिर २९, २०७४ साल
    मंसिर २९, काठमाडौँ । सरकारले देशका विभिन्न २७ स्थानमा नयाँ सहर निर्माण गर्ने भएको छ । २ खर्ब १६ अर्ब रुपैयाँ खर्च गरेर १५ बर्ष भित्र नयाँ सहर निर्माण गरिने लक्ष्य सरकारको रहेको छ । मध्यपहाडी मार्गमा १० वटा सहर, हुलाकी लोकमार्गमा १० वटा सहर, पूर्व पश्चिम राजमार्ग अन्तर्गत ५, सुर्खेतको भेरीगंगा उपत्यका र प्यूठानको भिङ्ग्रीमा १/१ वटा नयाँ सहर निर्माण..

    रसुवागढीबाट रु एक अर्बको हाराहारीमा राजस्व असुली

    बिहिवार, मंसिर २८, २०७४ साल
    रसुवा, २८ मंसिर । उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री दिन प्रतिदिन नेपाल भित्रने क्रम बढेपछि रु एक अर्बको हाराहारीमा राजस्व असुली भएको छ ।  प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाका अनुसार कपडा, जुत्ता, बच्चाको खेलौना, इलेक्ट्रिक सामग्री, स्याउलगायतका वस्तु आयात बढ्न थालेको र स्याउतर्फ ३० देखि ३५ एवं अन्य सामग्री बोक्ने १५ देखि २५ वटा कन्टेनर दैनिक नेपाल भित्रने गरेका छन् । विगतको..

    कमी कमजोरीका बाबजुद सहकारी लाखौँका लागि रोजगारीको स्रोत

    बिहिवार, मंसिर २८, २०७४ साल
    काठमाडौँ, २८ मंसिर  : नेपालमा सहकारीको अवधारणाको विकास भएयता केही कमी कमजोरीका बाबजुद सहकारी व्यवसाय लाखौँ मानिसका लागि रोजगारीको स्रोतका रुपमा विकास भएको छ ।  प्रथम पञ्चवर्षीय योजना २०१३–२०१८ मा चार हजार सहकारी दर्ता गर्ने लक्ष्य राखी शुरु भएको यो कार्यक्रमबाट हालसम्म करिब ६० हजार मानिसले प्रत्यक्ष रोजगारी पाएका छन् ।  विसं २०१३ मा शुरु भएको नेपालको सहकारी क्षेत्रमा महानगरपालिका तथा उपमहानगरपालिकामा १००..

    संघीय संरचना सञ्चालन गर्न आठ खर्ब २० अर्व आवश्यक

    बुधबार, मंसिर २७, २०७४ साल
    काठमाडौँ, २७ मंसिर । तीन तहका निर्वाचन सकिएलगतै कार्यान्वयन हुन गइरहेको संघीय संरचना सञ्चालनार्थ ठूलो आर्थिक धनराशी जुटाउनुपर्ने आवश्यकता देखिएको छ ।  अर्थ मन्त्रालयले गरेको प्रारम्भिक प्रक्षेपण अनुसार आगामी तीन वर्षसम्म संघीय प्रशासन सञ्चालन गर्न रु आठ खर्ब २० अर्ब रकम आवश्यक पर्ने देखिएको छ । पहिलो चरणमा प्रदेशको कार्यालय स्थापना तथा पूर्वाधारमा ठूलो रकम लाग्नेछ ।  आगामी तीन आर्थिक वर्षसम्म संघीय संरचना..

    भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएसँगै प्याज वीरगन्ज बजारमा

    सोमबार, मंसिर २५, २०७४ साल
    वीरगन्ज, मंसिर २५ । भारतले प्याज निकासीमा प्रतिबन्ध लगाएपछि दैनिक रु १५ लाखभन्दा बढी मूल्य बराबरको भारतीय प्याज वीरगन्ज बजारमा भित्रिने गरेको छ । अहिले दैनिक एक हजार क्विन्टल प्याज भित्रिने गरेको छ ।  यहाँका व्यापारीले भारतको रक्सौलबाट साइकलमा दैनिक प्याज ल्याउने गरेका छन् । प्याजको लागि मुख्य मन्डी मीनाबजार हो । यहाँ करिब १५ जना थोक व्यापारी छन् ।  यहाँबाट प्याज पोखरा,..

    भत्ता सहितको निःशुल्क स्वरोजागार तालिम प्रदान गर्दै सरकार

    शुक्रबार, मंसिर २२, २०७४ साल
    मंसिर २२, काठमाडौँ । सरकारले निःशुल्क तालिम दिने भएको छ । सरकारले प्रतिव्याक्ति ९ सय ५० रुपैयाँ दैनिक भत्ता दिएर ८ हजार ८ सय मानिसलाई निःशुल्क तालिम प्रदान गर्न लागेको हो । उद्योग मन्त्रालय अन्तर्गत रहेको घरेलु तथा साना उद्योेग विकास समितिमार्फत ८ हजार ८ सय मानिसलाई निःशुल्क ७ दिने डकर्मी तालिम प्रदान गरिनेछ । समितिले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा तालिम दिन लागेको..

    नक्कली नोट बजारमा, यसरी छुट्याउन सकिन्छ नक्कली र सक्कली नोट

    शुक्रबार, मंसिर २२, २०७४ साल
    मंसिर २२, काठमाडौं । पछिल्लो समय नक्कली नोटको बिगबिगी बढेको छ । निर्वाचनको  समयमा पर्वतका विभिन्न वित्तीय संस्थातथा ग्रामीण भेगहरूमा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । केही साता अघि मात्रै बागलुङ र म्याग्दीमा पनि नक्कली नोट देखा परेको स्थानिय वित्तीय संस्थाले बताएका थिए । नक्कली नोटहरु बढी भिडभाड हुुने क्षेत्र, हाटबजार, मजदुरलाई ज्यालादिँदा, गाउँघरमा खसी–बोका किन्दा, होटल र भारतीय बजारमा..

    निर्वाचनले गर्दा दैनिक रु पाँच करोडको फूल कारोवार

    सोमबार, मंसिर १८, २०७४ साल
    काठमाडौँ, १८ मंसिर । निर्वाचनका कारण अहिले दैनिक रु पाँच करोडसम्म फूलको कारोवार भएको छ ।  अन्य समयमा दैनिक रु दुई करोड फूलको कारोवार हुने गरे पनि निर्वाचन र बिवाह मौसम भएको हुँदा फूलको कारोवारमा वृद्धि भएको फ्लोरीकल्चर एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार कारोबार हुने फूलमध्ये सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ६० प्रतिशत हुन्छ । अन्य समयमा दैनिक प्रत्येक..

    सयौँ मजदुरलाई रोजीरोटी दिएको छ रामघाटको बालुवाले

    आईतवार, मंसिर १७, २०७४ साल
    पोखरा, १७ मंसिर  : कहिलेकाहीँ मानव जीवनको विनास गराउने नदीले जीविकोपार्जनका लागि रोजीरोटीको व्यवस्था पनि गरिरहेको छ । यस्तै एउटा ज्वलन्त उदाहरण हो, पोखरा–लेखनाथ महानगरपालिका–९ रामघाटस्थित सेती नदीको किनारमा रहेको बालुवा, गिट्टी र ढुंगा । दैनिकजसो बिहान उज्यालो भएपछि सबै मजदुर नदीको किनारमा पुग्छन् । प्रायजसो घरका सबै परिवार आफूले बिहान खाने खानासमेत बोकेर त्यहाँ पुगेका हुन्छन् अनि शुरु हुन्छ बालुवा..

    धनकुटामा चार अर्ब ३५ करोडको तरकारी बिक्री

    बिहिवार, मंसिर १४, २०७४ साल
    धनकुटा, १४ मंसिर । बाह्रै महिना तरकारी उत्पादन हुने धनकुटामा रु चार अर्ब ३५ करोड बराबरको तरकारी बिक्री भएको छ । सिँचाइको सुविधा भएका क्षेत्रमा व्यावसायिक तरकारी खेती गर्नेको सङ्ख्या बढेसँगै तरकारी उत्पादन र बिक्री बढेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।  यस वर्ष जिल्लामा उत्पादित बन्दागोभी, मूला, आलु, गोलभेँडा, अकबरे खुर्सानी, घीउसिमीलगायत तरकारी उत्पादन भएको छ । जिल्लामा अघिल्लो वर्षको तुलनामा..

    आजदेखि भृकुटीमण्डपमा नेपाल चेम्बर एक्सपो २०१७

    बिहिवार, मंसिर १४, २०७४ साल
    काठमाडौँ, १३ मसिर ।  नेपाल चेम्बर अफ कमर्सले देशको आर्थिक विकासलाई गति दिने उद्देश्यले भृकुटीमण्डपमा नेपाल चेम्बर एक्सपो–२०१७ आयोजना गरेको छ ।  यही मंसिर १४ देखि १८ गतेसम्म आयोजना हुने त्यस एक्सपोमा दक्षिण कोरिया एक्सपो पार्टनर कन्ट्री तथा थाइल्याण्ड फोकस कन्ट्री पार्टनरको रुपमा रहने बताइएको छ ।  मेलामा कुल २५० स्टल रहने छन् । नेपाल, भारत, थाइल्याण्ड, पाकिस्तान, बंगलादेश, चीन, कोरिया, जापानलगायत विभिन्न..

    दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोड क्षति

    बुधबार, मंसिर १३, २०७४ साल
    इलाम, १३ मंसिर । सूर्योदय नगरपालिका–६ हर्कटेस्थित दुग्ध उद्योगमा आगलागी हुँदा रु एक करोडभन्दा बढीको धनमालको क्षति भएको छ ।  बिहान ५ः३० बजे खगेन्द्र शिवाकोटी र अर्जुन शिवाकोटीको पाथीभरा दुग्ध उद्योगमा विद्युत् चुहिई आगलागी भएको प्रहरी चौकी हर्कटेका प्रहरी सहायक निरीक्षक दिलीप कार्कीले जानकारी दिए । आगलागीमा दुग्धजन्य उत्पादन जलेर नष्ट हुनाका साथै यन्त्रमा समेत क्षति पुगेको छ । स्थानीयवासी, नेपाल प्रहरी,..

    ईलाममा चिज उद्योग बन्द हुने अवस्थामा

    मंगलवार, मंसिर १२, २०७४ साल
    इलाम, १२ मंसिर ।  चिजको माग बढ्दै गए पनि दूधको अभावमा दुग्द्य विकास संस्थान स्वामित्वको पशुपतिनगर चिज उद्योग बन्द हुने अवस्थामा पुगेको छ । दूधबाट बन्ने परिकारको माग बढे पनि गाईपालक किसान निजी दुग्ध प्रशोधन केन्द्रतर्फ आकर्षित भएपछि सरकारी उद्योगलाई दूधको अभाव हुन थालेको छ । लामो समयदेखि सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)मा दूध बिक्री गर्दै आएका किसानले निजी डेरीले बढी मूल्य..
    Results 1493: You are at page 45 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast