बिहिवार, चैत्र २७, २०७६

    आर्थिक खबर

    करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक साउनदेखि तोकिने

    शनिबार, बैशाख २२, २०७५ साल
    काठमाडौँ, २२ वैशाख : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आगामी साउन १ गतेदेखि लागू हुनेगरी अस्थायी, करार तथा ज्यालादारी कर्मचारीको न्यूनतम मासिक पारिश्रमिक तोक्ने र त्यसभन्दा तल नहुने गरी सुरक्षाको प्रत्याभूति दिने बताएका छन् ।  अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले शनिबार आयोजना गरेको अहिलेको संघीय संरचनामा अस्थायी करार ज्यालादारी कर्मचारीको व्यवस्थापन सम्बन्धी अन्तक्र्रियाको उद्घाटन गर्दै..

    आन्तरिक राजश्व कार्यालय अनुगमन गर्दै, भ्याट बिल नकाट्नेलाई कारवाही गरिने

    शुक्रबार, बैशाख २१, २०७५ साल
    चितवन, २१ वैशाख : आन्तरिक राजश्व कार्यालयले मूल्य अभिवृद्धि कर (भ्याट) को सूक्ष्म अध्ययन थालेको छ । करको दायरामा नआउने र आएर पनि कम बिल काट्ने गरेको पाइएपछि कार्यालयले अध्ययन थालेको हो ।  मूल्य अभिवृद्धि करबाट उठ्नु पर्ने राजश्व सन्तोषजनक नदेखिएपछि अनुगमनलाई तीव्र बनाएर अध्ययन थालिएको कार्यालयका प्रमुख थानप्रसाद पङ्गेनीले बताए । कार्यालयले चैत मसान्तसम्ममा मूल्य अभिवृद्धि करतर्फ रु ८९ करोड ३६..

    आर्थिक समृद्धिका निम्ति निजी क्षेत्रको सहयोग आवश्यक : उपराष्ट्रपति नन्दबहादुर पुन

    बिहिवार, बैशाख २०, २०७५ साल
    काठमाडौँ, २० वैशाख  उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रबाट सक्रिय सहयोग हुने विश्वास व्यक्त गरेका छन् ।  नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलसँग बिहिबार भएको भेटमा उनले स्थायी सरकारको निर्माण, विद्युत्भार कटौतीबाट मुक्ति तथा बन्दहडतालको अन्त्यसँंगै मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख भएको बताउँदै आर्थिक समृद्धिको आधार कृषि, ऊर्जा, पर्यटन र जडिबुटीको प्रवद्र्धनलाई विशेष प्राथमिकताका साथ अगाडि..

    नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यबृद्धि, पेट्रोल, डिजल र मट्टितेलको मूल्य आकासियो !

    बिहिवार, बैशाख २०, २०७५ साल
    काठमाडौं, १९ वैशाख नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यबृद्धि गरेको छ । निगमले बुधबार राती १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्यबृद्धि गरेको हो । निगमका अनुसार पेट्रोलमा २ रुपैयाँ मूल्य बृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ मूल्य बृद्धि भएको छ ।   यसअघि पेट्रोलको मूल्य १०६ रुपैयाँ प्रतिलिटर थियो भने डिजेल र मट्टितेलको मूल्य ८७ रुपैयाँ प्रतिलिटर..

    विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या समाधान गर्न आग्रह

    मंगलवार, बैशाख १८, २०७५ साल
    काठमाडौँ, १७ वैशाख : तेस्रो मुलुकसँग वैदेशिक व्यापारलाई सहज बनाउने उद्देश्यले नेपालले प्रयोग गर्न थालेको भारतको विशाखापटनम बन्दरगाहमा प्रलेखीकरणको समस्या चाँडो हल गर्न आग्रह गरिएको छ ।  कागजी प्रक्रियामा झन्झटिलो भएका कारण व्यापारमा ढिलाइ हुनाका साथै सामान छुटाउन कठिनाइ हुने तथा बढी खर्चिलो हुने समस्या देखापरेको छ । परराष्ट्र मन्त्रालय, नेपाल राष्ट्र बैंक र भारतको बन्दरगाहबीचमा सही सहकार्य र सहजीकरणमा समस्या..

    निर्धक्क भएर लगानी गर्नुहोस्, सुरक्षा दिन हामी तयार छौँ : वाणिज्य मन्त्री मातृका यादव

    आईतवार, बैशाख १६, २०७५ साल
    काठमाडौँ, १६ वैशाख उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताए । दक्षिण एशियाली मुलुकका साना तथा मझौला व्यवसायी मञ्चको तेस्रो सम्मेलनको आइतबार उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको जानकारी दिए । उनले भने, ‘नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दूरीमा टनेल बनाउने विषयलाई अगाडि बढाएका..

    श्रीमद्भागवत ज्ञान महायज्ञमा साढे दुई करोड रुपैयाँ बराबरको दान

    आईतवार, बैशाख १६, २०७५ साल
    रामपुर, पाल्पा, १६ वैशाख उद्बुद्ध मावि पूर्वखोला गाउँपालिका–३ रिङ्नेरह पाल्पामा चलेको श्रीमद्भागवत ज्ञान महायज्ञमा रु साढे दुई करोड बराबरको दान संकलन भएको छ ।  उद्बुद्ध मावि तथा कलेजको शैक्षिक व्यवस्थापन तथा स्तरोन्नतिका लागि सञ्चालन भएको महायज्ञमा नगद तथा जिन्सी दान गरी सो रकम दान रकम संकलन भएको हो । गत वैशाख ९ गतेदेखि शुरु भएको महायज्ञ अवधिभर १८ पुराणका ज्ञाता बालब्यास पण्डित..

    युवा कामको खोजीमा विदेश, स्वदेशका युवाले भने च्याउबाट मनग्य आम्दानी

    आईतवार, बैशाख १६, २०७५ साल
    डडेल्धुरा, १५ वैशाख अधिकांश युवा कामको खोजीका लागि विदेश भौँतारिइरहेका बेला डडेल्धुराका केही युवाले भने च्याउ खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् ।  च्याउ खेतीबाट यी युवा अहिले मासिक रु एकदेखि दुई लाखसम्म आम्दानी गर्न सफल भएका छन् । दैनिक ८० देखि १०० किलो च्याउ स्थानीय बजारदेखि जिल्ला सदरमुकाममा बिक्री गरिरहेको च्याउखेतीमा लागेका गन्यापधुरा–१ अशिग्राम, भात्काडाका खेमराज जोशीले बताए ।  दैनिक करीब १००..

    धनगढीमा १२ करोड बढीको लगानीमा फनपार्क सञ्चालन, निर्माण सम्पन्न हुन् लाग्यो २ वर्ष !

    शुक्रबार, बैशाख १४, २०७५ साल
    कैलाली, १४ वैशाख कैलालीको धनगढीमा रु १२ करोड बढीको लगानीमा शुक्रबारबाट धनगढी फनपार्क सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडमा अवस्थित फनपार्क दुई वर्षको समयावधिमा निर्माण सम्पन्न भई सञ्चालनमा आएको हो । सार्कस्तरिय उसु प्रतियोगितासमेत खेलिसकेका खेलाडी तथा व्यवसायी श्याम विष्ट, धर्मपालसिंह रावत, विजेन्द्रसिंह रावत रमुन्नि विष्टले संयुक्त लगानीमा उक्त फनपार्क निर्माण गरेका हुन् । खेलाडी विष्टले केही वर्षको कोरिया बसाइँपछि..

    ‘समृद्ध बागलुङ’ बनाउने संकल्प, सम्भावना र आवश्यकतालाई सम्बोधन गरिने !

    शुक्रबार, बैशाख १४, २०७५ साल
    बागलुङ, १४ वैशाख संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले बागलुङलाई समृद्ध बनाउने संकल्प गरेका छन् । जिल्ला समन्वय समितिले बिहीबार गरेको जिल्लाको विकाससम्बन्धी बहसमा त्यस्तो साझा अठोट लिइएको हो । बजेट, कार्यक्रम ल्याउनेदेखि नीति बनाउने तहमा प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनप्रतिनिधिबाट आएको छ । जिल्लाबाट संघ र प्रदेशसभामा मात्रै १५ जना जनप्रतिनिधि छन् । स्थानीय तहलाई सशक्त तुल्याउँदै प्रदेश र संघमा जिल्लाका मुद्दा..

    मन्त्रालयबाट बजेट नआउँदा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेन

    शुक्रबार, बैशाख १४, २०७५ साल
    बैतडी, १४ वैशाख मन्त्रालयबाट बजेट नआउँदा बैतडीको दोगडाकेदारमा सामाजिक सुरक्षाभत्ता अझै वितरण हुन सकेको छैन ।  आर्थिक वर्ष ०७४-७५ को पहिलो चौमासिकको सुरक्षा भत्ता कात्तिकमै वितरण हुनुपर्ने भएपनि हालसम्म वितरण नभएको हो । चौमासिकरुपमा वितरण गर्दै आइएको सुरक्षा भत्ता चालू आर्थिक शुरु भएदेखि हालसम्म नपाउँदा अपांगता भएका व्यक्ति, एकल महिला तथा वृद्धवृद्धालाई निकै समस्या भएको छ । १० महिना भइसक्दासमेत दोगडाकेदार गाउँपालिकाले..

    यसपटक सबैलाई सन्तुलन हुने खालको बजेट आउँछ : अर्थमन्त्री खतिवडा

    शुक्रबार, बैशाख १४, २०७५ साल
    काठमाडौँ, १३ वैशाख : मधेशी, दलित, जनजाति, व्यापारी, कृषक, पेशाकर्मीलगायत सबैलाई सन्तुलन हुने किसिमको नयाँ बजेट आउने अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।  नेपाल व्यवस्थापन संघले आज काठमाडौँमा आयोजना गरेको आगामी २०७५/७६ को पूर्व बजेट छलफल कार्यक्रममा उहाँले सो कुरा बताएका हुन् । “स्रोतको व्यवस्थापन र उत्पादक क्षेत्रको लगानीलाई बजेटले समेट्नेछ”, मन्त्री खतिवडाले भने, “विगतको बजेटले धान्नै नसक्ने आयोजनालाई समेटेकाले नै..

    शिक्षामा बजेट बढाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई शिक्षामन्त्रीको आग्रह

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौँ, १३ वैशाख शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षामा बजेट बढाउन प्रधानमन्त्री, अर्थमन्त्री र प्रमुख दलका नेताले पनि पहल गर्नुपर्ने बताए । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले विश्वव्यापी कार्यसप्ताह २०१८ अन्तर्गत बिहिबार आयोजना गरेको “सार्वजनिक शिक्षा सुदृढीकरणका लागि राजनीतिक प्रतिबद्धता’ विषयक संवाद कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालय सुधारका लागि शिक्षामा बजेट बढाउन आवश्यक भएकाले त्यसमा सबैको पहल हुनुपर्ने बताएका हुन् । उनले..

    मन्त्रालयद्वारा कानूनको मस्यौदा तयार, प्रदेश सरकारले पूर्वबजेट छलफल गर्नुपर्ने

    बिहिवार, बैशाख १३, २०७५ साल
    काठमाडौँ, १३ वैशाख : प्रदेश सरकारहरूले प्रदेशको बजेट ल्याउनुपूर्व एक महिनाअघि नै प्रदेशसभामा पूर्व बजेट छलफल गर्नुपर्ने व्यवस्थाको प्रस्ताव गरिएको छ ।  अर्थ मन्त्रालयले हालै जारी गरेको प्रदेश आर्थिक कार्यविधि ऐन—२०७४ को मस्यौदाको परिच्छेद ३ को दफा ९ मा यस्तो व्यवस्था गरिएको छ ।  प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न ऐनमा यो व्यवस्था गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।  ऐनमा प्रत्येक आर्थिक..

    नेपालीको प्रतिव्यक्ति आय बढ्यो, वार्षिक आम्दानी १ हजार ४ डलर !

    बुधबार, बैशाख १२, २०७५ साल
    काठमाडौं, बैशाख १२  नेपालीको प्रतिव्यक्ति आयमा सुधार आएको  तथ्यांक सार्वजनिक गरिएकाे  छ । आर्थिक वर्ष २०७३/७४ मा ८६२ अमेरीकी डलर रहेको नेपालीको प्रतिव्यक्ति आय अहिले बढेर बढेर १ हजार  ४ डलर पुगेको केन्द्रिय तथ्यांक विभागले जनाएको छ । अर्थात एक नेपालीको  वार्षिक आम्दानी रु १ लाख ३ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ । यद्यपि, जिडीपीमा रेमिट्यान्सको हिस्सा भने घट्दै गएको तथ्यांक विभागको प्रतिवेदनमा उल्लेख..

    गरिबी निवारण गर्न हरित अर्थतन्त्रको नीति अबलम्बन गरिने : अर्थमन्त्री डा खतिवडा

    बुधबार, बैशाख १२, २०७५ साल
    काठमाडौँ, १२ वैशाख : जैविक वस्तुको बारेमा आधुनिक सूचना र सञ्चार प्रविधिको उपयोग गरी बजारको विकास, विस्तार र व्यवस्थापन गर्ने सञ्चालित ‘नेपाललाई हरियाली बनाउँ’ कार्यक्रमलाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न नयाँ प्रविधि र नीतिहरुको कार्यान्वयनमा जोड दिइएको छ । सप्रोस नेपाल नामक सामाजिक संस्थाको आयोजनामा बुधबारदेखि यहाँ शुरु भएको ‘नेपाललाई हरियाली बनाउँ’ अनुगमन सम्मेलनमा जैविक कृषि बालीको उत्पादनमा नवीकरणीय ऊर्जाका स्रोत..

    शुरु राष्ट्रिय आर्थिक गणना रु ४० करोडमा गरिने

    बुधबार, बैशाख १२, २०७५ साल
    काठमाडौँ, १२ वैशाख केन्द्रीय तथ्यांक विभागले पहिलोपटक शुरु गरेको राष्ट्रिय आर्थिक गणनामा करीब रु ४० करोड खर्च हुने भएको छ ।  यही वैशाख १ गतेदेखि शुरु गरिएको उक्त गणना आगामी जेठ मसान्तसम्म देशभर रहेका व्यावसायिक प्रकृतिका संघ संस्था, लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठानलगायतका क्षेत्रमा आर्थिक तथ्यांक संकलन गरिने छ ।  गणनालाई प्रभावकारी बनाउन प्रत्येक जिल्लाका प्रमुख..

    रु ४० करोड लागतमा राष्ट्रिय आर्थिक गणना गरिने, यही जेठ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष

    बुधबार, बैशाख १२, २०७५ साल
    काठमाडौँ, १२ वैशाख :  केन्द्रीय तथ्यांक विभागले पहिलोपटक शुरु गरेको राष्ट्रिय आर्थिक गणनामा करीब रु ४० करोड खर्च हुने भएको छ ।  यही वैशाख १ गतेदेखि शुरु गरिएको उक्त गणना आगामी जेठ मसान्तसम्म देशभर रहेका व्यावसायिक प्रकृतिका संघ संस्था, लघु, घरेलु तथा साना उद्योगको अवस्था, वस्तु तथा सेवा उत्पादन गर्ने प्रतिष्ठानलगायतका क्षेत्रमा आर्थिक तथ्यांक संकलन गरिने छ ।  गणनालाई प्रभावकारी बनाउन प्रत्येक जिल्लाका..

    जनशक्ति अभावमा राजश्व संकलनमा कमी, "पदयात्री सूचना व्यवस्थापन प्रणाली" कार्यन्वयनमा आएन्

    मंगलवार, बैशाख ११, २०७५ साल
    पोखरा, ११ वैशाख अन्नपूर्ण क्षेत्रको भ्रमणमा जाने पर्यटकसँग उठाइने (पदयात्री सूचना व्यवस्थापन प्रणाली) कार्डबापतको रकम जनशक्ति अभावका कारण उठ्न सकेको छैन । नेपालमा पर्यटन व्यवसायको महत्वपूर्ण हिस्सा ओगटेको पदयात्रा पर्यटनलाई व्यवस्थापन गर्नका लागि सातवर्ष अघिदेखि पदयात्रीका लागि ‘टिम्स कार्ड’ अनिवार्य लिनुपर्ने व्यवस्था गरिए पनि जनशक्तिको अभावका साथै यसको अपेक्षाकृत व्यवस्थापन हुन नसक्दा रकम संकलनमा कमी आएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गतपर्ने अन्नपूर्ण..

    अर्थविद डा.मदन दाहाल : स्रोत नखुलेको सम्पत्ति जफत कहिले हुन्छ सरकार ?

    मंगलवार, बैशाख ११, २०७५ साल
    काठमाडौं ११, बैशाख : अर्थविद डा. मदन दाहालले अनुशासन पर्वको घोषणा र मितव्ययीताको सिद्धान्त प्रतिपादन गर्न सरकारलाई सुझाव दिएका छन् । मुलुकको अर्थव्यवस्थाका बारेमा नियमितारुपमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै आएका उनले नयाँ सोच प्रस्तुत गरेका हुन । अनुशासन पर्व र मितव्ययीताको सिद्धान्त अन्तर्गत दाहालले बिभिन्न  कुराहरु सुल्झाएका छन् ।  यस्ता छन् अर्थबिद्का सुझाव १. वर्तमान र विगत १० वर्षमा सत्तामा रहेका नेताहरू र..

    रु २ लाख आर्थिक सहयोग गरियो म्याग्दीका क्यान्सर पीडित विकलाई

    मंगलवार, बैशाख ११, २०७५ साल
    म्याग्दी, ११ वैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका क्यान्सर पीडित सोमबहादुर विकको उपचारको लागि रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ ।  रक्त क्यान्सरबाट पीडित भई अस्पतालमा उपचाररत विकको सहयोगार्थ स्थानीयले रु दुई लाख एक हजार ५६० आर्थिक संकलन गरी विकको परिवारलाई उपलब्ध गराएका हुन् ।  कतार प्रवासी संघ, दानाले सहयोग गरेको रु ४२ हजार र अन्य समुदायको पहलमा स्थानीयस्तरमा संकलन गरिएको रकम..

    नेपालीको प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो, हरेक व्यक्तिलाई २४ हजार २ सय ७६ ऋण !

    सोमबार, बैशाख १०, २०७५ साल
    काठमाडौँ, १० वैशाख नेपालीको कूल ऋण रु दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३-७४ मा प्रतिव्यक्ति ऋण रु २२ हजार १२९ रहेकामा यस वर्ष बढेर रु २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३-७४ सम्म सरकारको कूल ऋण दायित्व रु छ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ । आन्तरिक ऋण रु दुई..

    स्वदेशमै टेम्पो चलाएर जीवन धानिन्छ, मासिक ५० हजार कमाइन्छ

    सोमबार, बैशाख १०, २०७५ साल
    सुरुङ्गा,(झापा),१० वैशाख : वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा झण्डै ८ वर्ष र कतारमा ९ वर्ष बसेर स्वदेश फर्किएका अर्जुनधारा नगरपालिका–७ का अम्बिकाप्रसाद घिमिरेको जीवनमा ठूलै उतारचढाब आएको छ । विदेशमा रहँँदा अर्काको मजदूरी गरेर जवानी बिताएका उनि अब स्वदेशमै रहेर सफल व्यवसायी बन्नु भएको छ ।  बीस महिनाअघि स्वदेश फर्किएका उनि अहिले टेम्पो चलाउन व्यस्त छन् । झापाका ग्रामीण क्षेत्रदेखि सहरका गल्ली..

    पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्, एक अर्ब ३२ करोड बक्यौता उठ्न बाँकी

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो (जुवाघर) ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको रु १४ करोड रकम नबुझाएको महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याएको छ । क्यासिनो नियमावली, २०७० अनुसार अनुमतिपत्रको अवधि एक आर्थिक वर्षको हुने र सो अवधि समाप्त हुनुभन्दा एक महिना अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था रहेको छ । क्यासिनो सञ्चालनका लागि रु..

    युवा स्वरोजगार कोषले युवालाई दिने रकम दुई लाखबाट पाँच लाख पुर्याउने

    आईतवार, बैशाख ९, २०७५ साल
    काठमाडौँ, ९ वैशाख युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने कोषका कार्यकारी उपाध्यक्ष डा प्रेम दंगालले बताए । कोषले युवालाई उद्यम, कृषिलगायतका स्वरोजगारमुखी व्यवसाय सञ्चालन गर्नका लागि सहुलितय दर (पाँच प्रतिशत ब्याज)मा ऋण दिने गरेको छ । पहिले..

    प्रवासी नेपालीले मेरुदण्ड पक्षघातबाट पीडितलाई रु एक लाख सहयोग

    आईतवार, बैशाख ९, २०७५ साल
    फलेवास, पर्वत, ९ वैशाख कुश्मा नगरपालिका–२ खुर्काटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।  बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बन्दै अएका माधव गिरीलाई अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले रु एक लाख पाँच हजार आर्थिक सहयोग गरेका हुन् । सकारात्मक परिवर्तनका लागि हातेमालो अभियानअन्तर्गत पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीसँंग संकलन गरिएको रकम..

    चितवन राष्ट्रिय निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई दिने !

    शुक्रबार, बैशाख ७, २०७५ साल
    चितवन, ७ वैशाख चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई वर्षपछि मध्यवर्तीका बासिन्दाले आम्दानी उपभोग गर्न पाएका हुन् । निकुञ्ज र मध्यवर्तीका बासिन्दाका बीचमा द्वन्द्व बढ्दै गएपछि यसलाई निराकरण गर्न समिति..

    आन्तरिक राजश्व कार्यालय पोखराद्वारा छ अर्ब २९ करोड राजश्व संकलन !

    शुक्रबार, बैशाख ७, २०७५ साल
    पोखरा, ७ वैशाख आन्तरिक राजश्व कार्यालय पोखराले चालु आवको चैत मसान्तसम्म रु छ अर्ब २९ करोड राजश्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म राजश्व संकलनको लक्ष्य रु छ अर्ब पाँच करोड रहेकामा प्रगति बढेर १०४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले जानकारी दिए । पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर लिएका एक लाख २३ हजार ६६७ करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने..

    आमा गुमाएका बाँस्कोटाले दिए रु ३० लाखभन्दा बढी सहयोग

    बिहिवार, बैशाख ६, २०७५ साल
    तेह्रथुम, ६ वैशाख आर्थिक अभावका समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा रु ३० लाखभन्दा बढी पैसा खर्च गरे ।  आर्थिक उपार्जनकै लागि खाडी मुलुक इजरायलमा कार्यरत बाँस्कोटाले १० वर्षको अवधिमा यत्तिका धेरै रकम अरुलाई सहयोगमै खर्च गरेका छन् । दशकअघि गाउँकै साहुसँग चर्को ब्याजदरमा ऋण खोजेर खाडीमुलुक कतार पुग्नुभएका बाँस्कोटाले पहिलो महिनाको कमाइबाटै..

    चुनढुंगाको सही सदुपयोग गर्न मन्त्री बैजनाथ चौधरीको सुझाव

    बुधबार, बैशाख ५, २०७५ साल
    लिबाङ, रोल्पा, ५ वैशाख  प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताएका छन् ।  यहाँ उत्पादित चुनढुंगाले विकास निर्माणका काममा मात्र नभएर आर्थिक समृद्धितर्फ पनि जिल्लालाई लैजान सक्ने उनको ठम्याइ छ । उनका अनुसार रोल्पामा भएको चुनढुंगा रोल्पा तथा आसपासका क्षेत्रमा सञ्चालित सिमेन्ट कारखाना पुर्याउन सके यसले जिल्लालाई..
    Results 1634: You are at page 44 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast