मंगलवार, भाद्र ३, २०७६

    आर्थिक खबर

    सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकास बैंक स्थापना गरिने

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले सार्वजनिक निजी साझेदारीमा पूर्वाधार विकास बैंक खडा गर्ने निर्णय गरेको छ । सरकारले शनिबार संसदमा प्रस्तुत गरेको बजेटमा यस्तो निर्णय गरेको हो ।  ठूला भौतिक पूर्वाधार आयोजनाहरुमा लगानी गर्न भन्दै सरकारले यस्तो बैंकको कल्पना गरिएको हो । अर्थमन्त्रीले यसअघि नै यस्तो बैंकको स्थापनाका लागि सरकारले तयारी गरिरहेको बताउँदै आएका थिए । ..

    काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण सुरु गर्ने सरकारको योजना

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा मेट्रो रेल निर्माण सुरु गर्ने निर्णय गरेको छ । लामो समयदेखि चर्चाको रुममा मात्रै रहँदै आएको मेट्रो रेलको कल्पना आउँदो आर्थिक वर्षमा सुरु गर्ने सरकारले योजना अघि सारेको हो ।  संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले तत्काल काठमाडौँमा मेट्रो रेल निर्माणको विस्तृत अध्ययन गरी निर्माण अघि बढाउने बताए । पौडेलले पानी जहाज..

    नेवानिलाई सार्वजनिक कम्पनी बनाई दुईवटा वाइड बडी विमान भित्राउने

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले सरकारी स्वामित्वको विमान सेवा प्रदायक नेपाल वायुसेवा निगमलाई सार्वजनिक कम्पनीमा रुपान्तरण गरी आगामी आर्थिक वर्षमा दुई वटा वाइड बडी जहाज ल्याउने निर्णय गरेको छ ।  सरकारले शनिबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा दुई वटा वाइड बडी विमान खरिद गर्ने जनाइएको हो । दुई वर्षअघि मात्रै दुईवटा न्यारो बडी एयरबस खरिद गरेको निगमले अब नयाँ संरचनासहित वाइड बडी..

    विद्युत प्राधिकरणलाई तीन टुक्रामा खण्डीकरण गरिने

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । निकै वर्षदेखि चर्चामा रहेको नेपाल विद्युत प्राधिकरणको खण्डिकरण आगामी आर्थिक वर्षको कार्यान्वयन हुने संभावना देखिएको छ । सरकारले शनिबार संसदमा प्र्रस्तुत गरेको बजेटमा प्राधिकरणलाई तीन टुक्रामा खण्डीकरण गर्ने जनाइएको छ ।  प्राधिकरण खण्डीकरण गरी उत्पादन, वितरण र प्रसारणको तीनवटा संस्थान बनाइने छ ।  प्राधिकरण एउटैले तीनवटै काम गर्न नसक्ने भन्दै यसलाई खण्डीकरण गर्न विज्ञहरुले सुझाव दिँदै आए पनि प्राधिकरणभित्रका..

    काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण गर्न १० अर्ब रुपियाँ विनियोजन

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले काठमाडौंदेखि निजगढसम्मको द्रुतमार्ग निर्माण गर्न १० अर्ब रुपियाँ बजेट विनियोजन गरेको छ । बहुचर्चित यस आयोजना यसअघि भारतीय कम्पनीलाई दिने तयारी भए पनि वर्तमान सरकारले आफ्नै लगानीमा बनाउने निर्णय गरेको थियो ।  अहिलेको विनियोजन अघिल्लो आर्थिक वर्षको भन्दा नौ अर्ब रुपियाँले बढी हो । २०६६ कात्तिकमा शिलान्यास भइसकेको यो आयोजनालाई राष्ट्रिय गौरवको आयोजना भन्दै प्राथमिकतामा राखिए पनि राजनीतिक..

    पेट्रोलियम पदार्थमा थप कर लगाएर बुढीगण्डकी बनाउने सरकारको निर्णय

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आयातमा थप कर लगाएर विद्युत् उत्पादन गर्ने भएको छ। पेट्रोलियम पदार्थमा पाँच प्रतिशत पूर्वाधार कर लगाएर जलविद्युतमा लगानी गर्ने नीति सरकारले लिएको हो । नेपाल आयल निगमले संचित ऋण चुक्ता गर्ने क्रममा रहेको बेला त्यसमा थप कर लगाएर रकम जुटाउने नीति अर्थमन्त्री बिष्णु पौडेलले संसदमा बुधबार प्रस्तुत बजेटमा प्रस्तुत गरेका हुन । यसरी संकलित रकम जलाशययुक्त बुढी..

    बजेट प्रस्तुती आज, जम्बो र 'पपुलिष्ट' बजेट ल्याउने तयारी

    शनिबार, जेष्ठ १५, २०७३ साल
    काठमाडौं । सरकारले चोतर्फी सुझाव र आलोचनालाई बेवास्ता गर्दै १० खर्ब रुपियाँ भन्दा बढीको जम्बो बजेट आज शनिबार संसदमा प्रस्तुत गर्दैछ । विशेषगरि पुँजीगत बजेट खर्च गर्ने क्षमतामा सुधार नभइसकेको अवस्थामा यो सरकारले पनि जम्बो बजेट ल्याउन लागेको हो ।  पछिल्लो समयमा राजश्व संकलनमा भएको उल्लेख्य वृद्धिबाट उत्साहित भएर सरकारले ठूलो आकारको बजेट ल्याउन लागेको हो । विपक्षीदेखि आर्थिक क्षेत्रका जानकारहरुले..

    बजेट पास भएपछि काँग्रेस र एमाले मिल्नुपर्छः भरतमोहन

    बिहिवार, जेष्ठ १३, २०७३ साल
    काठमाडौं । पूर्वअर्थमन्त्री एवम एमालेका नेता भरतमोहन अधिकारीले पार्टीले २०५१ सालमा नौ महिने शासन कालमा आफूले ल्याएको बजेटको झल्को दिने गरी अहिलेको सरकारले बजेट ल्याउनुपर्ने बताएका छन ।  राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘नौ महिने शासनकालमा मैले ल्याएको बृद्ध भत्ता, आफ्नो गाँउ आफै बनाउ भन्ने कार्यक्रमलाई रामशरण महतसहित अहिलेसम्मका सबै अर्थमन्त्रीले निरन्तरता दिएर स्वीकार गरिसकेका छन । त्यसैले अहिलेको बजेट..

    बजेटमा भौतिक पूर्वाधार पहिलो प्राथमिकताः योजना आयोग

    बिहिवार, जेष्ठ १३, २०७३ साल
    काठमाडौं । आर्थिक वर्ष २०७३/२०७४ को बजेटमा भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकता दिइएको राष्ट्रिय योजना आयोगले जनाएको छ । आयोगकी सदस्य सुमित्रा अमात्यले बजेटमा भौतिक पूर्वाधार, सडक, रेल र यातायात व्यवस्थालाई पहिलो प्राथमिकतामा राखिएको भन्दै पूर्वाधार नै विकासको आधार भएकाले पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिइन ।    पूर्वाधारको निर्माण सुरक्षित र वातावरणमैत्री हुने आयोगले जनाएको छ । संरचनागत क्षमता सुधारमा बजेटले प्राथमिकता दिने भन्दै..

    बजेटका विषयमा पूर्वमन्त्रीदेखि उद्योगपतिसम्म के भन्छन ?

    बुधबार, जेष्ठ १२, २०७३ साल
    काठमाडौं । काँग्रेसका नेता प्रकाशशरण महतले सरकारको आगामि बजेट दिर्घकालमा मुलुक र जनताको हित नगर्ने खाले कार्यकर्तालाई रकम बाड्ने गरी वितरणमुखी आउने दावी गरेका छन ।  रिपोर्टर्स क्लबमा बुधबार उनले प्रधानमन्त्रीले बोले जस्तो यो बोल्ने बजेट आउँछ । धेरै सपनाहरु बाडिन्छ । बजेटबाट खासै आशा छैन भन्दै सपना बाडिन्छ र अर्थतन्त्रलाई धारासायी बनाइन्छ भने । यसले कार्यकर्ताको तत्कालिन महत्वकांक्षा त पूरा..

    बजेट आउन सातादिन मात्रै रहंदा सरकार भने अझै सिलिङ्ग हेरफेरकै तयारीमा

    आईतवार, जेष्ठ ९, २०७३ साल
    काठमाडौं। आर्थिक वर्ष २०७३/७४ को बजेट सार्वजनिक गर्ने मिति सात दिन मात्रै बाँकी छंदा सरकार भने  अझै बजेटको सीमा (सिलिङ) हेरफेर गर्ने कसरतमै रुमलिएका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार हाल दलीय भागबन्डा मिलाउन तथा केही ठूला आयोजनामा बढी रकम विनियोजन गर्नुपर्ने कारणले बजेटको सिलिङ परिवर्तन गर्न सरकारमाथि दबाब परिरेहेको बताइएको छ । सरकारले आफू अनुकूलका केही नयाँ कार्यक्रम र आफंैले बनाउने..

    अर्थमन्त्री भन्छन– समाजबाद उन्मुख बजेट आउँछ, विज्ञहरु भन्छन्ः कार्यान्वयन हुने ल्याउ

    मंगलवार, जेष्ठ ४, २०७३ साल
    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संमृद्धिसहितको समाजवादउन्मुख बजेट ल्याउने बताएका छन् । उनले अनुत्तरदायी बजेट नल्याउने दाबी पनि गरे ।  नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार राजधानीमा गरेको पूर्वबजेट छलफलमा पौडेलले संविधान, संघीयता कार्यान्वयन र नयाँ चरणको आर्थिक विकासका साथै रोजगारी सिर्जना, आर्थिक वृद्धि, कृषि तथा ऊर्जा विकासमा बजेट केन्द्रीत गर्न सुझाव आएको बताए । उनले आएका उपयुक्त र मूल्यवान सुझावलाई..

    कार्यान्वयन नहुने 'पपुलिष्ट' बजेट नल्याउः अर्थविद्

    सोमबार, जेष्ठ ३, २०७३ साल
    काठमाडौं । अर्थविदहरुले सरकारको नीति तथा कार्यक्रम अनुसारकै बजेट आए त्यो कार्यान्वयन हुन नसकि अर्थतन्त्रलाई रसातलमा पुर्याउने चेतावनी दिएका छन ।  रिपोर्टर्स क्लबमा सोमबार अर्थसचिव समेत रहिसकेका पूर्व मुख्यसचिव विमल कोइरालाले खर्च गर्न सक्ने क्षमता र संरचनाको हिसावमा मात्रै बजेट ल्याउनुपर्ने भन्दै अहिलेको नीति तथा कार्यक्रम अनुसार बजेट आए त्यसले मुलुकको अर्थतन्त्रलाई रसातलमा पुर्याउने चेतावनी दिए ।  उनले भने, ‘हैसियत अनुसारको कार्यान्वयन..

    निजी क्षेत्रले सरकारलाई बुझायो सुझावको ठेली, अर्थमन्त्री भन्छनः विश्वास टुटन दिन्नौं

    मंगलवार, जेष्ठ ४, २०७३ साल
    काठमाडौं । आसन्न बजेटमा लागि निजी क्षेत्रले सरकारलाई सुझावको लामो ठेली अर्थमन्त्री बिष्णु पौडेललाई बुझाएको छ ।  निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघसहित नेपाल चेम्बर अफ कमर्श र नेपाल सीमापार व्यापार संघले एकै कार्यक्रममा अर्थ मन्त्रालयलाई सुझाव सुझाएको हो । उद्योगीहरुको अर्को संस्था नेपाल उद्योग परिसंघले पनि यसअघि छुट्टै कार्यक्रमसाथ सुझाव दिइसकेको छ ।  निजी क्षेत्रले प्रत्येक वर्ष बजेटको मुखमा..

    सरकारको नीति तथा कार्यक्रम: ऊर्जामा पूरानै कार्यक्रमलाई निरन्तरता

    सोमबार, बैशाख २७, २०७३ साल
    काठमाडौँ। सरकारले ऊर्जा सङ्कटकाल निवारण कार्ययोजनामा समावेश गरिएका विषय वस्तुलाई नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर योजनालाई संस्थागत गर्ने प्रयास गरेको छ ।  दश वर्षमा दश हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ श्वेतपत्रमा समेत समावेश गरिएका र वर्तमान सरकार गठन भएपछि अगाडि सारिएका विभिन्न विषयलाई नीति तथा कार्यक्रममा समावेश गरिएको छ । एक वर्षभित्र आधारभूत रुपमा विद्युत्भार..

    सांसदहरूको सुझावः कार्यान्वयन हुने बजेट ल्याउ हाम्रो सुविधा पनि बढाउ

    आईतवार, बैशाख २६, २०७३ साल
    काठमाडौं । हरेक वर्ष लोकप्रिय कार्यक्रम राखेर बजेट ल्याइए पनि कार्यान्वयन हुन नसकेको, विकास खर्च हुन नसकेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा भने विगतका कमी कमजोरीलाई सच्याउन साँसदहरुले आग्रह गरेका छन् ।  संसद्को शनिबारको बैठकमा उनीहरूले राम्रा कार्यक्रम राखेर ल्याइने बजेट कार्यान्वयनमा नजाँदा त्यसको कुनै प्रभावकारिता नरहेको भन्दै कमजोरी सच्याउँदै यथार्थवादी बजेट ल्याउनुपर्ने बताए ।    गत वर्षको गोरखा भुइँचालो र भारतको अघोषित..

    सत्ता फेरिने 'हल्ला'ले बजेटको तयारी गरिरहेका कर्मचारी तनावमा

    मंगलवार, बैशाख २१, २०७३ साल
    काठमाडौँ। नयाँ संविधानको उत्साहमा सरकार यस वर्ष साविकभन्दा छिटो वार्षिक बजेट ल्याउने तयारीमा छ । बजेट बनाउन व्यस्त अधिकारी भने दिनहुँ सरकार परिवर्तनको ‘हल्ला’ले तर्सन्छन्, आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले खबर लेखेका छन्। किनकी, छिट्टै सरकार फेरिए उनीहरुलाई कम्तीमा चौथाइ काम दोहोरो पर्छ । संवैधानिक व्यवस्थाअनुसार आउँदो जेठ १५ मा नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने गरी उनीहरु दिनरात खटिइरहेका छन्..

    बजेट प्रस्तुत गर्ने मिति सार्नुपर्छ: प्रधानमन्त्री ओली

    बिहिवार, बैशाख १६, २०७३ साल
    काठमाडौँ। प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस र बजेट प्रस्तुत गर्ने दिन जुध्ने भन्दै बजेट पेश हुने मिति सर्न सक्ने बताएका छन् । सरकारले जेष्ठ १५ गते बजेट प्रस्तुत गर्ने बताएको थियो तर सोहि दिन गणतन्त्र दिवस परेकोले मिति सर्न सक्ने विचार राखेका हुन् । गणतन्त्र दिवस मूल समारोह समितिको बिहिबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री ओलीले बजेट प्रस्तुत गर्ने दिन पनि संविधानमा नै तोकिएकाले..

    राजनीतिपछि निजी क्षेत्रको मुख्य समस्या पूर्वाधारको कमी

    सोमबार, बैशाख १३, २०७३ साल
    काठमाडौं । नेपाल उद्योग परिसंघले नयाँ संविधान जारी भएपछि जारी हुन लागेको बजेटलाई निजी क्षेत्रले विशेष महत्वका साथ हेरेको बताएका छ । परिसंघले राजनीतिपछि निजी क्षेत्रको मुख्य समस्या पूर्वाधार भएको बताएको छ ।  परिसंघलेको प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री बिष्णु पौडेलसँग आगामी बजेटका लागि सुझाव पेश गर्दै उद्योग व्यवसाय जटिल अवस्थामा रहेको भन्दै संविधान जारी भएको अवस्थामा अब आम जनताको चाहना भनेको उद्योग..

    स्थानीय पूँजीगत खर्चको प्रगति निराशाजनक

    सोमबार, बैशाख ६, २०७३ साल
    काठमाडौं । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले मन्त्रालयको चौमासिक प्रगति समीक्षाको चित्र उत्साहजनक नभएको हुँदा वार्षिक लक्ष्य प्राप्त गर्ने दिशामा अब चनाखो हुन कार्मचारीलाई निर्देशन दिएका छन । स्थानीय विकास मन्त्रालयको आव २०७२÷७३ को दोस्रो चौमासिक प्रगति समीक्षा एवम मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले समस्या पहिचान गरेर समाधान गर्ने प्रयत्न गर्नुस्, प्रगति उत्साहजनक नभएपनि निराशा..

    'उत्पादनमूलक समाज निर्माण गर्ने कार्यक्रम ल्याउछौं'

    आईतवार, बैशाख ५, २०७३ साल
    बुटवल । अर्थमन्त्री विष्णु पौडेलले संविधानले स्वाधिन, आत्मनिर्भर र उत्पादनमूलक समाज निर्माण गर्ने उद्देश्य बोकेकाले सरकारले सो उद्देश्य पूरा गर्ने नीति तथा कार्यक्रम र बजेट ल्याउने बताएका छन ।  नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठन प्रदेश नं ५ का पर्यटन व्यवसायीको भेलामा उनले समृद्ध नेपाल, आर्थिक विकास र नेपालीको सुखी भविष्य निर्माण गर्न सोहीअनुसारका कार्यक्रम ल्याउन सरकार प्रतिवद्ध रहेको बताए । सरकारले..

    काठमाडौं महानगरको आउँदो आवको बजेट रु. तीन अर्ब ६६ करोड, के के आए नयाँ कार्यक्रम

    बुधबार, पौष २९, २०७२ साल
    काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आउँदो आर्थिक वर्ष ०७३र७४का लागि तीन अर्ब ६६ करोड २० लाख रुपियाँ बजेट बिनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेट भन्दा कम हो ।  काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि चार अर्ब छ करोड सात लाख रुपियाँ विनियोजन गरेको थियो । आउँदो आर्थिक वर्षको बजेटमा दुई अर्ब ९९ करोड २२ लाख रुपियाँ विकास खर्च..

    व्यास नगरपालिकाको बजेट रु १७ करोड ३८ लाख

    शुक्रबार, पौष २४, २०७२ साल
    तनहुँ । व्यास नगरपालिकाको आर्थिक वर्ष ०७३/०७४ को बजेट १७ करोड ३८ लाख ३५ हजार सार्वजनिक गरिएको छ ।  सदरमुकाम दमौलीमा बिहीबार आयोजित सङ्घीय लोकतान्त्रिक गणतन्त्र पछिको नवौँ नगरपरिषद्को बैठकमा नगरपालिकाको नीति, कार्यक्रम र बजेट सार्वजनिकीकरण गर्दै नगरपालिकाका कार्यकारी अधिकृत रामचन्द्र पौडेलले प्रशासनिक खर्च तीन करोड नौ लाख ५० हजार रुपियाँ र विकास खर्चतर्फ १४ करोड २८ लाख ८५ हजार रुपियाँ..

    सुवर्ण शम्शेर ‘लेजेण्डरी’ अर्थमन्त्री: डा महत

    मंगलवार, पौष १४, २०७२ साल
    काठमाडौं । पूर्वअर्थमन्त्री एवं कांग्रेसका नेता डा. रामशरण महतले सुवर्णशम्शेर राणा नेपालको ‘लेजेण्डरी’ अर्थमन्त्री भएको तर उहाँको योगदानको उचित कदर हुन नसकेको बताएका छन् ।  सुवर्ण स्मृति परिषदको दोस्रो वार्षिक साधारणसभामा सोमबार महतले भने– आफ्नो सारा सम्पत्ति दान गर्न तयार रहँदै उहाँले राज्यको ढुकुटीको संरक्षण र प्रभावकारी सञ्चालन गर्ने कुरामा कठोर हुनुहुन्थ्यो ।  उनले नेपालको बजेट सुरु गरेका पहिलो अर्थमन्त्री सुवर्णशम्शेरले आयकर,..

    ​व्यवस्थापिका संसदबाट बजेट पास

    सोमबार, भाद्र ७, २०७२ साल
    काठमाडौँ । व्यवस्थापिका–संसद्को सोमबारको बैठकले अर्थमन्त्री डा रामशरण महतद्वारा प्रस्तुत ‘विनियोजन विधेयक, २०७२ लाई पारित गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले पारित गर्यो ।  यसैगरी, महतद्धारा प्रस्तुत ‘आर्थिक विधेयक, २०७२,  ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७२,  माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गर्यो ।  आर्थिक विधेयक, २०७२ माथि दफावार छलफलका लागि सभामुख सुवास नेम्वाङले भदौ १५ गतेलाई तोकेका छन्। व्यवस्थापिका–संसद्को अर्को बैठक मङ्गलबार बस्नेछ..

    ​चालु वर्षलाई बजेट कार्यान्वयन वर्ष बनाऔं

    शनिबार, श्रावन १६, २०७२ साल
    काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले बजेट कार्यान्वयन बर्ष सफल पार्न सबै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।  अर्थमन्त्रालयबाट साउन १ गते नै सबै मन्त्रालयमा खर्चको अख्तियारी गइसकेको जानकारी दिँदै उनले सार्वजनिक खरिद ऐन पनि संसदबाट चाँडै पारित हुने भएकाले अब काम गर्नका लागि कसैलाई पनि कुनै बाहनाबाजी गर्ने ठाउँ नरहेको बताए ।  काम गरेर देखाउन निर्देशन दिँदै महतले भने– पुनर्निर्माण प्राधिकरण..

    ​आफ्ना सुझाव सम्बोधन गरिएकोमा महासंघ खुशी

    शुक्रबार, श्रावन १, २०७२ साल
    काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले बजेट आर्थिक विकास र निजी क्षेत्रमैत्री रहेको भन्दै प्रसंसा गरेको छ ।  बजेट भूकम्पबाट नकारात्मक प्रभाव पारेको अर्थतन्त्रलाई पुनः गतिशिल बनाउने र लगानीकर्ताको मनोबललाई उच्च बनाउने गरी आएको भन्दै आफ्ना अधिकांश सुझावलाई सम्बोधन गरिएकोमा खुशी प्रकट गरेको छ ।  पुनर्निर्माण तथा पुनःस्थापनालाई प्रमुख प्राथमिकता दिई छ प्रतिशत आर्थिक वृद्धि हुने अनुमानसहित आएको यस बजेटले व्यवसायिक लागतलाई..

    ​बजेट प्रसंसामा निजी क्षेत्रको होड

    शुक्रबार, श्रावन १, २०७२ साल
    काठमाडौं । सरकारले ल्याएको आर्थिक वर्ष २०७२/७३ को बजेटलाई लिएर निजी क्षेत्रका संघसंगठनबीच प्रसंशा गर्ने होड चलेको छ ।  निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघले बजेटको विषयलमा लिखित प्रतिक्रिया दिन बाँकी रहे पनि अन्य संघसंगठनले भने बजेटको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।   नेपाल उद्योग परिसंघ नेपाल उद्योग परिसंघले २०७२/७३ को बजेटलाई वर्तमान अवस्थाका चुनौतिहरुको सामना गर्नसक्ने बजेटको रुपमा व्याख्या गरेको..

    ​सबैको चिन्ता बजेटको कार्यान्वयनमै

    शुक्रबार, श्रावन १, २०७२ साल
    काठमाडौ । पूर्व अर्थमन्त्री, अर्थसचिव र अर्थविद्धले सरकारले ल्याएको बजेटले सबै क्षेत्रलाई समेटेकोले समग्रमा राम्रो भए पनि यसको कार्यान्वयनमा चूनौति रहेको बताएका छन । उनीहरुले बजेटको मुख्य समस्या पुँजीगत रकम खर्च हुन नसक्ने हो भन्दै यसमा सुधार गर्न सरकारले ध्यान दिनुपर्ने बताए । रिपोर्टर्स क्लबमा पूर्व अर्थमन्त्री बर्षामान पुनले बजेटमा नीति सुधारको ब्यवस्था प्रयाप्त नभएकोले आठ खर्व १९ अर्बको ठूलो बजेट कार्यान्वयनमा..

    ​बजेट सरकारको हो, एकलौटी वा दुईलौटी गर्ने भन्ने हुँदैनः अर्थमन्त्री

    बुधबार, आषाढ ३०, २०७२ साल
    काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले मुलुकको अहिलेको अर्थतन्त्रको आवश्यकता समेटनेगरी बजेट आएको बताएका छन् ।  अर्थ मन्त्रालय र नेपाल आर्थिक पत्रकार समाजले बुधबार आयोजना गरेको बजेट पछिको छलफलमा अर्थमन्त्री  महतले अहिलेको आवश्यकता आर्थिक पुनस्थापना र पुनर्निर्माण हो भन्दै बजेट पनि यही विषयमा केन्द्रीत रहेको बताएका हुन ।  बजेटले अर्थतन्त्रलाई ‘ब्याक अन ट्राक’मा ल्याउन सकियोस्, त्यो भन्दा पनि माथि पुर्याउन सकियो भन्ने..
    Results 1309: You are at page 43 of 44
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 Next Last
    Weather Forecast