बिहिवार, चैत्र २०, २०७६

    आर्थिक खबर

    इटहरीको मुख्य बजार क्षेत्रमा आगलागी हुदा करोडौंको नोक्सानी

    सोमबार, जेष्ठ २८, २०७५ साल
    इटहरी, २८ जेठ   सुनसरी इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा गएराति आगलागी हुँदा रु अढाइ करोडभन्दा बढी मूल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।  राति ११ बजेर ३५ मिनेटतिर इन्द्र फेन्सी स्टोरमा अकस्मात आगलागी हुँदा स्टोरमा रहेका बहुमूल्य लत्ताकपडालगायतका सबै सामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।  विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको..

    सुख्खा बन्दरगाह भन्सारमा दश महिनामा एक्काइस अर्ब भन्दा बढी राजश्व संकलन !

    आईतवार, जेष्ठ २७, २०७५ साल
    पर्सा, २७ जेठ रेल सेवा पुगेको नेपालको एक मात्र वीरगञ्जको सिर्सिया सुख्खा बन्दगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको दश महिनामा एक्काइस अर्ब भन्दा बढी राजश्व संकलन गरेको छ ।  आर्थिक वर्ष २०७४÷७५ को साउनदेखि वैशाखसम्मको दश महिनामा उक्त कार्यालयले रु २१ अर्ब ५९ करोड एक लाख राजश्व संकलन गर्न सफल भएको हो ।  गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा रु १७ अर्ब ७३..

    पेशाबाट विस्थापित हुने अवस्था आउन नदिन कृषकलाई ब्याजबिना बीउ पूँजी प्रदान

    शनिबार, जेष्ठ २६, २०७५ साल
    वालिङ, स्याङ्जा, २६ जेठ  स्मार्ट नगरका रुपमा घोषणा भई अगाडि बढेको स्याङ्जाको वालिङ नगरपालिकाले कृषकलाई ब्याजबिना नै बीउ पूँजी वितरण गर्दै आएको छ ।  रकमको अभावमा पेशाबाट विस्थापित हुने अवस्था आउन नदिने र दैनिक विदेशी भूमिमा रोजगारीका लागि जाने युवायुवतीलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले यस प्रकारको अभियान सञ्चालन गरिएको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।  “कृषि, पशुपालन र उद्यमशीलता..

    व्यवसायीकालागि सुनौलो अवसर ! सरकारद्वारा कर तथा ब्याज मिनाहा हुने मौका

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    विराटनगर, २५ जेठ  लामो समयदेखि कर नतिरेका र करको दायरामा नआएका व्यवसायीले कर तिरेमा कर शुल्क तथा ब्याज मिनाहा हुने भएको छ ।  आर्थिक वर्ष २०७५-७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७१ साल देखि २०७५ पुस मसान्तसम्मको कूल आय तथा त्यसमा लाग्ने कर व्यवसायीले बुझाएमा सोबापत लाग्ने शुल्क तथा ब्याज मिनाहा हुने बताइएको छ ।  आर्थिक वर्ष २०७५-७६ को बजेट वक्तव्यमार्फत सरकारले २०७१ साल..

    असार १५ गतेभित्र बजेट कार्यान्वयनको योजना ल्याउन प्रधानमन्त्री ओलीको निर्देशन

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ, २५ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट कार्यान्वयनका लागि आउँदो असार १५ गतेभित्र बुँदागत कार्ययोजना पेश गर्न सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन्  ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्री र सचिवहरुलाई बोलाई उनले नयाँ आर्थिक वर्षको पहिलो दिन (साउन १ गते) देखि नै पूर्णरुपमा बजेटको कार्यक्रम कार्यान्वयन हुने तयारी गर्न निर्देशन दिएका..

    घरेलु तथा साना उद्योग फष्टाएनन्, नीति परिमार्जित भई कार्यान्वयन हुनुपर्नेमा जोड !

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ, २५ जेठ घरेलु तथा साना उद्योग विकास नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको सरोकारवालाले बताएका छन् ।  नेपाल घरेलु तथा साना उद्योग महासंघको २९औंँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा सरोकारवालाले घरेलु तथा साना उद्योग संख्यात्मक हिसाबले पनि कम हुँदै गएको बताए ।  नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योग सम्बन्धी नीति थप प्रष्ट र नियमित..

    धितोपत्र बोर्डद्वारा माथिल्लो तामाकोशीको दुई अर्ब साधारण शेयर बिक्रीको स्वीकृति !

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    काठमाडौँ, २४ जेठ माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडलाई साधारण शेयर (आइपिओ) निष्काशनको बाटो खुलेको छ ।  नेपाल धितोपत्र बोर्डले सो कम्पनीलाई बुधबार आइपिओ बिक्रीका लागि स्वीकृति दिएको हो । दोलखाको लामाबगरमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशीको हाल ९४ प्रतिशत निर्माण सकिएको छ ।  बोर्डले दोलखावासीलाई १० प्रतिशत र आमनेपालीलाई १५ प्रतिशत शेयर बिक्री गर्नेछ । आयोजनाका अनुसार स्थानीयवासीले..

    जिल्ला समन्वय समितिद्वारा दाङमा एक करोड ९६ लाख राजश्व संकलन

    बुधबार, जेष्ठ २३, २०७५ साल
    दाङ, २३ जेठ जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको अवैध उत्खनन् र चोरी निकासी गर्नेलाई कारबाही गरेर रु २८ लाख ५० हजार राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षमा अवैध उत्खनन् तथा निकासीमा प्रयोग गरिएका ३९९ वटा सवारी साधनलाई कारबाही गरेर सो राजश्व संकलन गरिएको जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीले जानकारी दिए । ‘संविधानले दिएको अधिकार प्रयोग गरी समितिले अनुगमन र..

    हिमाली भेगका जनताको आयआर्जनको स्रोत यार्सागुम्बा सरकारको प्राथमिकतामा पर्न सकेन

    बुधबार, जेष्ठ २३, २०७५ साल
    काठमाडौँ, २३ जेठ हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन ।  नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हुदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्था गर्न सकेको छैन ।  यार्सागुम्बा हाल हिमाली भेगका झण्डै दुई दर्जन जिल्लाका हजारौँ मानिसको आम्दानीको राम्रो स्रोतका रुपमा स्थापित हुँदै..

    कतै अबिसाप त कतै बरदान ! इन्धनको मुल्य वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत

    बुधबार, जेष्ठ २३, २०७५ साल
    दुबई, संयुक्त अरब इमिरेट्स, २३ जेठ  इन्धनको मुल्यमा भएको वृद्धिसँगै साउदी अरबको अर्थतन्त्रमा सुधारको सङ्केत देखिएको छ ।  आर्थिक विश्लेषकहरूले बताएअनुसार पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटबाट आर्थिक मन्दीको सामना गर्नु परेको साउदी अरबलाई इन्धनमा गरिएको मूल्यवृद्धिबाट सन् २०१८ को पहिलो चार महिनामा राहत मिलेको छ ।  पूँजी विश्लेषकहरूको समूह भन्छ, सन् २०१७ मा ०.७ प्रतिशतमा खुम्चिन पुगेको इन्धनमा आश्रित साउदी अर्थतन्त्र सन् २०१८..

    लिच्छविकालीन गोकर्णेश्वर मन्दिर पुनःनिर्माणका लागि १ करोड बजेट

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    काठमाडौँ, २२ जेठ लिच्छविकालीन स्थानीय गोकर्णेश्वर महादेवको मन्दिरको जीर्णोद्धारका लागि आगामी आर्थिक वर्ष २०७५।०७६मा पुरातत्व विभागले रु एक करोड बजेट विनियोजन गरेको छ ।  तीनतले झिँगटी छाना भएको प्राकृतिक दृश्याकित देवताहरुको आकार भएका काठका टुँडालजडित शिवजीको मन्दिर ज्यादै जीर्णावस्थामा छ । विभागका योजना तथा मूल्याङ्कन विभागका लिपि अधिकृत सविता न्यौपाने पौडेलले कालीगढहरु जुृटाएर मन्दिर पुनःनिर्माण छिट्टै शुरु गरिने आश्वासन दिइन् । पुनःनिर्माणका..

    जनगणतान्त्रिक मोर्चाद्वारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गर्न माग

    सोमबार, जेष्ठ २१, २०७५ साल
    काठमाडौँ, २१ जेठ देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिई उपभोग्य वस्तुमा बढेको महँगी घटाउन सरकारसँग माग गरेको छ ।  मोर्चाका अध्यक्ष सिपी गजुरेलले आइतबार एक विज्ञप्तिमार्फत ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा लगाउँदै आएको वर्तमान सरकारले पेट्रोलियम पदार्थको पाँचौँपटक मूल्य वृद्धि गरेको जनाएको छ ।  पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असरले चौतर्फीरुपमा बढेको महँगी नागरिकका लागि थेगी नसक्नु भएको भन्दै..

    मन्त्रिपरिषदको निर्णय : बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गरिने

    आईतवार, जेष्ठ २०, २०७५ साल
    काठमाडौं, २० जेठ  नेपालले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक) संगठनको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठक सो संगठनका सदस्य राष्ट्रहरुलाई आगामी भदौ दोश्रो या तेश्रो हप्ता चौथो शिखर सम्मेलन गर्ने प्रस्ताव राख्ने निर्णय गरेको हो । ‘मन्त्रिपरिषद बैठकले बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ, त्यसको..

    पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरी बढ्यो, ग्यासको मूल्य भने यथावत्

    आईतवार, जेष्ठ २०, २०७५ साल
    काठमाडौँ, २०  जेठ : नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य मध्यरातदेखि लागू हुने गरी फेरि बढाएको छ ।  पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु तीन/तीन का दरले वृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।  यो सँगै पेट्रोलको मूल्य ११३ पुगेको छ भने डिजेल र मट्टितेलको रु ९५ पुगेको छ । ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको..

    तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज उत्पादन गर्ने लक्ष्य

    शनिबार, जेष्ठ १९, २०७५ साल
    रसुवा, १९ जेठ   रसुवामा सञ्चालित तीनवटा चिज उत्पादन केन्द्रले वार्षिक ३३ हजार किलोग्राम चिज तथा ११ हजार किलोग्राम मखन उत्पादन गर्ने लक्ष्य लिएको छ ।    यहाँका धञ्चे केन्द्रले ११ हजार पाँच सय किलोग्राम चिज र तीन हजार नौ सय किलोग्राम मखन, चन्दनबारी केन्द्रले आठ हजार पाँच सय किलोग्राम चिज र तीन हजार किलोग्राम मखन तथा गतलाङ केन्द्रले १३ हजार चिज र चार..

    बजेट दुई पाइलटले हाँकेको जेट प्लेनजस्तो हुनुपर्थ्यो तर सामान्य गाडी जस्तो पनि भएन : डा. बाबुराम भट्टराई

    शुक्रबार, जेष्ठ १८, २०७५ साल
    काठमाडौँ, १८ जेठ नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं सांसद डा बाबुराम भट्टराईले बजेट निर्माण गर्दा अर्थमन्त्री दोबाटोमा हराएको यात्रीजस्तो देखिएको भनी टिप्पणी गरेका छन् । प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७५÷७६ को बजेटमाथिको जारी छलफलमा भाग लिँदै उनले झण्डै दुईतिहाइ बहुमतको सरकारले निर्वाचनका बेला घोषणापत्रमा बाँडिएको सपना बजेटसम्म आइपुग्दा मरेको भनी आलोचना गरे । यो बजेट सामान्य अवस्थामा नआएको भन्दै सांसद डा भट्टराईले..

    आन्तरिक तथा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारको चासो

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    रुपन्देही, १७ जेठ  प्रदेश नं ५ मा लगानीका क्षेत्र पहिचान गरी आन्तरिक तथा बाह्य लगानी भित्र्याउने विषयमा प्रदेश सरकारले चासो देखाएको छ ।  लगानी बोर्डले बिहिबार बुटवलमा आयोजना गरेको लगानीसम्बन्धी अन्तरक्रियामा सरोकारवालाले विशेषगरी प्रदेश नं ५ मा सिमेन्ट उद्योग, खानी उद्योग, व्यावसायिक खेती र लुम्बिनी क्षेत्रलाई पर्यटकीय आकर्षणको गन्तव्य बनाउनेलगायत लगानीका क्षेत्र रहेको बताएका छन् ।  सो अवसरमा प्रदेश नं ५ का मुख्यमन्त्री..

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा प्रदेश नं ७ कै कम बजेट !

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    बैतडी, १७ जेठ  पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेश नं ७ कै सबैभन्दा कम बजेट छुट्याइएको छ ।  मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेश नं ७ का नौ जिल्लामध्ये सबैभन्दा कम बजेट डडेल्धुराका लागि विनियोजन भएको छ ।  प्रदेश नं ७ का लागि छुट्याइएको कूल रु २१ अर्ब ७० करोड ७६ लाख बजेटमध्ये डडेल्धुराका लागि रु..

    तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट, सबैभन्दा बढी बजेट भने मोरङ जिल्लाले पायो

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    तेह्रथुम, १७ जेठ तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५÷७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ ।  सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम रु १२ करोड ८१ लाख बजेट विनियोजन गरेको छ ।  आठराई जिल्लाकै ठूलो स्थानीय तह हो भने मेन्छ्यायेम सबैभन्दा..

    चालू आव.को वैशाख सम्ममा विराटनगरमा तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    विराटनगर, १६ जेठ आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लिएको भन्दा रु ३९ करोड ४३ लाख ६० हजार कम राजश्व संकलन भएको..

    बंगलादेशसँगको व्यापारघाटा घटाउन वाणिज्य वार्ता, जलविद्युतका क्षेत्रमा साझेदारी हुने

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ, १६ जेठ  बंगलादेशसँगको व्यापारघाटा कम गर्ने तथा पारस्परिक व्यापार प्रवद्र्धनका उपाय पहिल्याउन नेपाल र बंगलादेशका उच्च सरकारी अधिकारीबीचको बैठक यहाँ शुरु भएको छ ।  सोह्रवर्षअघि अवरुद्ध भएको नेपाली धागो निकासीलाई पुनः पूर्ववत् ढंगले बंगलादेशी बजारमा पुर्याउने विषयलाई नेपालले बैठकको कार्यसूचीको पहिलो प्राथमिकतामा राखेको छ ।  नेपाल–बंगलादेश चौथो वाणिज्य सचिवस्तरीय उक्त बैठकमा दुई वर्षअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न तेस्रो बैठकमा सहमति भएका विषयको..

    आर्थिक समृद्धिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य अत्यावस्यक !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    बुटवल, १६ जेठ मुलुकमा दिगो शान्ति स्थापना र समृद्धि प्राप्तिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी रहेको धारणा बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले व्यक्त गरेका छन् ।   ११ औँ गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको गणतन्त्रका एक दशकः अबको प्राथमिकता सुशासन र सुव्यवस्था विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै सरोकारवालाले राष्ट्र, राष्ट्रियता र आर्थिक समृद्धि बिना जनताको चाहना पूरा..

    प्रधानमन्त्री र अर्थमन्त्री ज्यूलाई प्रदेश नं. १ नै किन प्यारो ? थाहा पाउनुस्

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौ, जेठ १६ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७५–२०७६ को बजेट प्रस्तुत गरे । जसमा आगामी आर्थिक बर्षको लागि सबैभन्दा बढी बजेट १ नम्बर प्रदेशका लागि विनियोजन गरिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाको पूख्र्यौली घर समेत रहेको उक्त १ नंबर प्रदेशलाई यसपटक सरकारले सबैभन्दा बढी बजेट छुट्टयाएको हो । प्रदेश..

    प्रदेश नं. ३ : यो वर्ष दर्ता गर्ने उद्योगलाई सरकारले पाँच वर्षसम्म कुनै कर नलिने

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    रत्ननगर, चितवन १५ जेठ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।  नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा सौराहामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले भने, “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि सम्भव नहुने भएकाले प्रदेशको ध्यान यसतर्फ केन्द्रीत भएको छ ।”  मुख्यमन्त्री पौडेलले आगामी वर्ष..

    ‘सुखी नेपाली, समृद्ध नेपाल’को मूल नीतिलाई ध्यानमा राखेर निर्माण गरिएको बजेट कस्तो बन्दैछ ?

    सोमबार, जेष्ठ १४, २०७५ साल
    काठमाडौं, १४ जेठ मंगलबार सरकारले आगामी वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । झण्डै १६ खर्ब रुपैयाँको बजेट आउने भनिएको छ तर, यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको मन्त्रीहरु बताउँछन् । ‘मन्त्रालयहरुले प्रस्ताव गरेका प्रत्येक कार्यक्रमबारे अर्थमन्त्रीले विभागीय मन्त्रीहरुसँग छलफल गरेका छन् । खाली लोकपि्रयताका लागि मात्रै..

    सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.५ प्रतिशत वृद्धिको अपेक्षा

    आईतवार, जेष्ठ १३, २०७५ साल
    काठमाडौँ, १३ जेठ   अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४-७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आईतबार सदनमा पेश गरे ।  अर्थमन्त्री डा खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्र्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको जानकारी दिए ।  उनका अनुसार चालू आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान गरिएको छ । उनले चालू..

    हस्तकला उद्योगमा सामग्री उत्पादनका लागि भ्याइनभ्याइ

    शनिबार, जेष्ठ १२, २०७५ साल
    बेनी, म्याग्दी, १२ जेठ म्याग्दी बेनी नगरपालिका–५ पुलाचौरका महिलाले सञ्चालन गरेको हस्तकला उद्योगमा सामग्री उत्पादनका लागि भ्याइनभ्याइ भएको छ ।  पुलाचौर स्वीटर उत्पादक संघमा आवद्ध महिला उद्यमीले तीन कोठे भवन निर्माण गरी हस्तकला उद्योग सञ्चालन गरेका हुन् ।  उद्योगमा ऊनीका स्वीटर, गलबन्दी, टोपी, ट्राउजर, कुर्ता सुरुवाल, स्कुल पोशाकलगायत विभिन्न हस्तकलाका सामग्री उत्पादन हुँदै आएका छन् ।  गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास..

    नेविसंघको विरोध - सरकारले कमिशनकालागि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको आरोप

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    काठमाडौँ, ११ जेठ नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ ।  नेपाल विद्यार्थी संघ काठमाडौँको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा शुक्रबार स्थानीय प्रदर्शनी मार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिशनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाए ।  नेविसंघका उपाध्यक्ष नवीन राई, रामप्रसाद अधिकारीलगायतले बहुमतका नाममा सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गरेको, जन्मकैदका..

    प्रशोधन केन्द्र नहुँदा पचास करोडको स्थानीय जातको जंगली जैतुन खेर गयो

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    बाजुरा, ११ जेठ जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ ।  जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा पाइने स्थानीय जातको जैतुन वर्षभरिमा करिब रु ५० करोडको जैतुन तेल बेच्न सकिने..

    आन्तरिक राजश्व कार्यालय लहानले कर नबुझाउनेलाई कारवाही

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    लहान, १० जेठ आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४-७५ मा १२ करदातालाई कारवाही गरेको छ ।  दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारवाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए ।  यस्तै कर नतिर्ने अन्य छजना करदातामाथि कारवाही गरी रु ३८ लाख ८८ हजार जरिवाना स्वरुप राजश्व संकलन गरिएको छ । आन्तरिक राजश्व..
    Results 1632: You are at page 42 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast