सोमबार, माघ १३, २०७६

    आर्थिक खबर

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा प्रदेश नं ७ कै कम बजेट !

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    बैतडी, १७ जेठ  पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा प्रदेश नं ७ कै सबैभन्दा कम बजेट छुट्याइएको छ ।  मंगलबार सरकारले प्रस्तुत गरेको बजेटमा प्रदेश नं ७ का नौ जिल्लामध्ये सबैभन्दा कम बजेट डडेल्धुराका लागि विनियोजन भएको छ ।  प्रदेश नं ७ का लागि छुट्याइएको कूल रु २१ अर्ब ७० करोड ७६ लाख बजेटमध्ये डडेल्धुराका लागि रु..

    तेह्रथुमलाई प्रदेश नं १ कै कम बजेट, सबैभन्दा बढी बजेट भने मोरङ जिल्लाले पायो

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    तेह्रथुम, १७ जेठ तेह्रथुमका लागि आगामी आर्थिक बर्ष २०७५÷७६ मा रु एक अर्ब २५ करोड ५८ लाख विनियोजन भएको छ ।  सरकारले मंगलबार सार्वजनिक गरेको बजेटमा उल्लेख भएअनुसार आठराई गाउँपालिकामा सबैभन्दा बढी रु २७ करोड ४७ लाख र मेन्छ्यायेम गाउँपालिकाका लागि सबैभन्दा कम रु १२ करोड ८१ लाख बजेट विनियोजन गरेको छ ।  आठराई जिल्लाकै ठूलो स्थानीय तह हो भने मेन्छ्यायेम सबैभन्दा..

    चालू आव.को वैशाख सम्ममा विराटनगरमा तीन अर्ब ८१ करोड ५७ लाख राजश्व संकलन !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    विराटनगर, १६ जेठ आन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा कूल रु तीन अर्ब ८१ करोड ५७ लाख २५ हजार राजश्व संकलन गरेको छ । कार्यालयले यस महिनासम्ममा कूल रु चार अर्ब २१ करोड एक लाख १२ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य लिएको भन्दा रु ३९ करोड ४३ लाख ६० हजार कम राजश्व संकलन भएको..

    बंगलादेशसँगको व्यापारघाटा घटाउन वाणिज्य वार्ता, जलविद्युतका क्षेत्रमा साझेदारी हुने

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौँ, १६ जेठ  बंगलादेशसँगको व्यापारघाटा कम गर्ने तथा पारस्परिक व्यापार प्रवद्र्धनका उपाय पहिल्याउन नेपाल र बंगलादेशका उच्च सरकारी अधिकारीबीचको बैठक यहाँ शुरु भएको छ ।  सोह्रवर्षअघि अवरुद्ध भएको नेपाली धागो निकासीलाई पुनः पूर्ववत् ढंगले बंगलादेशी बजारमा पुर्याउने विषयलाई नेपालले बैठकको कार्यसूचीको पहिलो प्राथमिकतामा राखेको छ ।  नेपाल–बंगलादेश चौथो वाणिज्य सचिवस्तरीय उक्त बैठकमा दुई वर्षअघि बंगलादेशको राजधानी ढाकामा सम्पन्न तेस्रो बैठकमा सहमति भएका विषयको..

    आर्थिक समृद्धिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य अत्यावस्यक !

    बुधबार, जेष्ठ १६, २०७५ साल
    बुटवल, १६ जेठ मुलुकमा दिगो शान्ति स्थापना र समृद्धि प्राप्तिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी रहेको धारणा बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले व्यक्त गरेका छन् ।   ११ औँ गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको गणतन्त्रका एक दशकः अबको प्राथमिकता सुशासन र सुव्यवस्था विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै सरोकारवालाले राष्ट्र, राष्ट्रियता र आर्थिक समृद्धि बिना जनताको चाहना पूरा..

    प्रधानमन्त्री र अर्थमन्त्री ज्यूलाई प्रदेश नं. १ नै किन प्यारो ? थाहा पाउनुस्

    बुधबार, जेष्ठ १६, २०७५ साल
    काठमाडौ, जेठ १६ ।  अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको मंगलबारको बैठकमा आर्थिक वर्ष २०७५–२०७६ को बजेट प्रस्तुत गरे । जसमा आगामी आर्थिक बर्षको लागि सबैभन्दा बढी बजेट १ नम्बर प्रदेशका लागि विनियोजन गरिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाको पूख्र्यौली घर समेत रहेको उक्त १ नंबर प्रदेशलाई यसपटक सरकारले सबैभन्दा बढी बजेट छुट्टयाएको हो । प्रदेश..

    प्रदेश नं. ३ : यो वर्ष दर्ता गर्ने उद्योगलाई सरकारले पाँच वर्षसम्म कुनै कर नलिने

    मंगलवार, जेष्ठ १५, २०७५ साल
    रत्ननगर, चितवन १५ जेठ : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्योगको विकास र विस्तार प्रदेश सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।  नेपाल राष्ट्रिय वाणिय संघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन रत्ननगरको आयोजनामा सौराहामा आयोजित अन्र्तक्रिया कार्यक्रममा उनले भने, “उद्योग धन्दा र कलकारखानाको विकासबिना समृद्धि सम्भव नहुने भएकाले प्रदेशको ध्यान यसतर्फ केन्द्रीत भएको छ ।”  मुख्यमन्त्री पौडेलले आगामी वर्ष..

    ‘सुखी नेपाली, समृद्ध नेपाल’को मूल नीतिलाई ध्यानमा राखेर निर्माण गरिएको बजेट कस्तो बन्दैछ ?

    सोमबार, जेष्ठ १४, २०७५ साल
    काठमाडौं, १४ जेठ मंगलबार सरकारले आगामी वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गर्ने कार्यक्रम छ । झण्डै १६ खर्ब रुपैयाँको बजेट आउने भनिएको छ तर, यसबारे अन्तिम निर्णय हुन बाँकी रहेको मन्त्रीहरु बताउँछन् । ‘मन्त्रालयहरुले प्रस्ताव गरेका प्रत्येक कार्यक्रमबारे अर्थमन्त्रीले विभागीय मन्त्रीहरुसँग छलफल गरेका छन् । खाली लोकपि्रयताका लागि मात्रै..

    सदनमा आर्थिक सर्वेक्षण पेश, चालू आवमा ५.५ प्रतिशत वृद्धिको अपेक्षा

    आईतवार, जेष्ठ १३, २०७५ साल
    काठमाडौँ, १३ जेठ   अर्थमन्त्री डा युवराज खतिवडाले चालू आव २०७४-७५ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानहरुको वार्षिक स्थिति समीक्षा २०७४ आईतबार सदनमा पेश गरे ।  अर्थमन्त्री डा खतिवडाले प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्र्दै विकासका गति र मुलुकभित्र रहेका विकासका चुनौतीलाई यसमा औँल्याउने काम भएको जानकारी दिए ।  उनका अनुसार चालू आर्थिक वर्षमा ५.५ प्रतिशतको आर्थिक वृद्धि रहने अनुमान गरिएको छ । उनले चालू..

    हस्तकला उद्योगमा सामग्री उत्पादनका लागि भ्याइनभ्याइ

    शनिबार, जेष्ठ १२, २०७५ साल
    बेनी, म्याग्दी, १२ जेठ म्याग्दी बेनी नगरपालिका–५ पुलाचौरका महिलाले सञ्चालन गरेको हस्तकला उद्योगमा सामग्री उत्पादनका लागि भ्याइनभ्याइ भएको छ ।  पुलाचौर स्वीटर उत्पादक संघमा आवद्ध महिला उद्यमीले तीन कोठे भवन निर्माण गरी हस्तकला उद्योग सञ्चालन गरेका हुन् ।  उद्योगमा ऊनीका स्वीटर, गलबन्दी, टोपी, ट्राउजर, कुर्ता सुरुवाल, स्कुल पोशाकलगायत विभिन्न हस्तकलाका सामग्री उत्पादन हुँदै आएका छन् ।  गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास..

    नेविसंघको विरोध - सरकारले कमिशनकालागि पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको आरोप

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    काठमाडौँ, ११ जेठ नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा पदयात्रा निकालेको छ ।  नेपाल विद्यार्थी संघ काठमाडौँको आयोजना तथा नेविसंघ केन्द्रीय समितिको संयोजनमा शुक्रबार स्थानीय प्रदर्शनी मार्गदेखि रत्नापार्कसम्म पदयात्रा गरी आयोजित सभामा नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले वर्तमान सरकारले कमिशनका लागि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको आरोप लगाए ।  नेविसंघका उपाध्यक्ष नवीन राई, रामप्रसाद अधिकारीलगायतले बहुमतका नाममा सरकारले स्वतन्त्र न्यायपालिकालाई हस्तक्षेप गरेको, जन्मकैदका..

    प्रशोधन केन्द्र नहुँदा पचास करोडको स्थानीय जातको जंगली जैतुन खेर गयो

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    बाजुरा, ११ जेठ जिल्लाका अधिकांश सामुदायिक वनमा स्थानीय जातको जंगली जैतुन प्रशस्त भए पनि संकलन र प्रशोधन केन्द्र नहुँदा खेर जान थालेको छ ।  जिल्लाका प्रत्येक सामुदायिक वनमा भएका जंगली जैतुनलाई संकलन गर्ने तरिका र प्रशोधन गर्ने मेशिन नहुँदा जैतुन खेर जान लागेकोप्रति स्थानीयवासी चिन्तित बनेका छन् । जंगलमा पाइने स्थानीय जातको जैतुन वर्षभरिमा करिब रु ५० करोडको जैतुन तेल बेच्न सकिने..

    आन्तरिक राजश्व कार्यालय लहानले कर नबुझाउनेलाई कारवाही

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    लहान, १० जेठ आन्तरिक राजश्व कार्यालय लहानले आर्थिक वर्ष २०७४-७५ मा १२ करदातालाई कारवाही गरेको छ ।  दर्ता भएर पनि लामो समयदेखि कर नबुझाएका छजना करदातामाथि कानूनी कारवाहीस्वरुप जग्गा रोक्का गरिएको आन्तरिक राजश्व कार्यालय लहानका प्रमुख गोविन्दप्रसाद अधिकारीले जानकारी दिए ।  यस्तै कर नतिर्ने अन्य छजना करदातामाथि कारवाही गरी रु ३८ लाख ८८ हजार जरिवाना स्वरुप राजश्व संकलन गरिएको छ । आन्तरिक राजश्व..

    महोत्तरीको बजारमा सिक्का नचलेपछि जिल्लावासीको गुनासो

    बुधबार, जेष्ठ ९, २०७५ साल
    गौशाला, ९ जेठ केही दिनदेखि महोत्तरी जिल्लाका हाटबजारमा सिक्का पैसा चल्न छोडेको छ ।  जिल्ला सदरमुकाम जलेश्वरसहित विभिन्न गाउँ, शहरमा रहेका हाटबजार र पसलमा सिक्का पैसा लिन छाडेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लाका सयौँ गाउँ तथा दर्जनभन्दा बढी शहरका सानादेखि ठूलो पसलले अहिले खुद्रा (सिक्का) पैसा लिन छाडेको जिल्लावासीको गुनासो रहेको छ ।  अहिले पसले तथा हाटबजारमा सामग्री बेच्न बसेका व्यापारी व्यवसायीले..

    बर्डफ्लूका कारण जिल्लाको पोल्ट्री क्षेत्रमा ७० लाखभन्दा बढीको क्षती

    मंगलवार, जेष्ठ ८, २०७५ साल
    चितवन, ८ जेठ बर्डफ्लूका कारण जिल्लामा पोल्ट्री क्षेत्रमा रु ७० लाखभन्दा बढीको क्षती भएको छ ।  पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा बर्डफ्लूका कारण दुईवटा खोरमा गरी दुई हजार ५०० कुखुरा मरेका थिए । सो पश्चात् उक्त क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी पक्षीजन्य पदार्थ नष्ट गरिएको थियो ।  जिल्ला पशु सेवा कार्यालयका प्रमुख चेतनारायण खरेलका अनुसार संकटग्रस्त क्षेत्रमा ११ हजार ९५० लेयर्स कुखुरा,..

    आगलागीबाट ३ करोडको क्षति, विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान

    सोमबार, जेष्ठ ७, २०७५ साल
    इटहरी, ७ जेठ सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–६ स्थित मुख्य बजार क्षेत्रमा मध्य रातबाट प्रारम्भ भएको आगलागीमा तयारी कपडाका दुई थोक पसलका कम्तीमा रु तीन करोडको सामान जलेर नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ ।  राती १२ः१५ बजेभन्दाअगावै विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गर्दै इलाका प्रहरी कार्यालय इटहरीले आगो फैलिएपछि घटना थाहा भएको र तत्कालै इटहरी धरान इनरुवा र मोरङको सु्न्दरहरैचाको..

    नवलपरासीस्थित देशकै ठूलो होङ्सी शिवम् सिमेन्ट उद्योगबाट उत्पादन शुरु

    आईतवार, जेष्ठ ६, २०७५ साल
    नवलपरासी, ६ जेठ : पूर्वी नवलपरासीमा स्थापना भएको नेपालको सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम सिमेन्टले व्यावसायिक उत्पादन थालेको छ ।  नेपालको शारदा समूह र चीनको होङ्सी समूहले करीब रु ३६ अर्बको लगानीमा नवलपरासीको सर्दीमा स्थापना गरेको उद्योगले उत्पादन शुरु गरेको हो ।  उद्योगबाट पहिलो चरणमा दैनिक छ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको छ । पूर्ण क्षमता १२ हजार..

    कडा परिश्रम गरी बगरमा गरेको उत्पादन, राजमार्ग छेउमा राखेर बिक्री

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    भीमदत्तनगर, ४ जेठ कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनहरा मुक्त कमैया शिविरका विमल रानाको दैनिकी अचेल पूर्व–पश्चिम राजमार्गको वनहरा पुल नजिकै खरभुजा र काँक्रा बिक्रीमै बित्छ । एसइई परीक्षा दिएर केही समय फुर्सदिला बनेका १६ वर्षीय राना वनहरा नदीको बगरमा उत्पादन गरिएको तरकारी बिक्री वितरण गर्दै आएका छन्  । बुबा र दाइले कडा परिश्रम गरी बगरमा फलाएको खरभुजा, काँक्रा र लौका राजमार्ग छेउमा राखेर बिक्री..

    जापानले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि ६८ करोड उपलब्ध गराउने

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    काठमाडौँ, ४ जेठ जापान सरकारले नेपालको आर्थिक र सामाजिक विकास कार्यक्रमका लागि रु ६८ करोड ३२ लाख आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।  जापान सरकारले यस प्रकारको आर्थिक सहयोग यसअघि पनि उपलब्ध गराउँदै आएको थियो । शुक्रबार अर्थ मन्त्रालयमा जापानी राजदूत मासासी ओगवा र अर्थ सचिव डा राजन खनालले सहायता सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।  सम्झौतापछि आयोजित कार्यक्रममा अर्थमन्त्रालयका सचिव डा..

    उखुको भुक्तानी अनिश्चितकालका लागि रोकेको विरोधमा आन्दोलन गर्ने चेतावनी

    शुक्रबार, जेष्ठ ४, २०७५ साल
    महोत्तरी, ४ जेठ उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।  गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ १ गते सार्वजनिक सूचनामार्फत अनिश्चितकालका लागि उखुको भुक्तानी रोक्का गरिएको जनाएको थियो ।  उखु उत्पादक कृषक संघ, महोत्तरीले बिहीबार मूलगेटमा बैठक बसी विभिन्न आन्दोलनको कार्यक्रम जारी गरेको हो । अध्यक्ष नरेशसिंह..

    फेरी बढ्यो इन्धनको भाउ, पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    काठमाडौँ, ३ जेठ : पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ ।  बुधबार बेलुका बसेको नेपाल आयल निगम सञ्चालन समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई/दुई रुपैयाँ मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।  बुधवार राति १२ बजेपछि लागू हुने गरी बढाइएको मूल्य वृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर ११० रुपैयाँ र डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ । ..

    दुई करोड ६० लाख नक्कली नेपाली नोटसहित ६ जनालाई पक्राउ

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, २ जेठ प्रहरीले रु दुई करोड ६० लाख ८६ हजार नक्कली नेपाली नोटसहित तीन दिनभित्र छजनालाई पक्राउ गरेको छ ।  प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो ।  उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । ..

    धेरै उचाइ भएका हिमाली पाटनमा मात्र पाइने यार्सागुम्बा संकलन गर्नु अत्यन्तै जोखिमपूर्ण

    बुधबार, जेष्ठ २, २०७५ साल
    त्रिपुराकोट (डोल्पा) २ जेठ जेठ १ देखि डोल्पाका सम्पूर्ण पाटनहरु यार्सागुम्बा संकलनका लागि खुला गरिएसँगै सर्वसाधारण आफूले जान चाहेको पाटन रोज्दै धमाधम इजाजतपत्र लिएर पाटन प्रवेश गर्न थालेका छन् ।  शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जिल्लाका विभिन्न नाकाबाट संकलन इजाजतपत्र वितरण गर्दै हिजोबाट यार्सागुम्बा पाटन जान खुल्ला गरेको हो ।  मध्यवर्ती क्षेत्र भित्रकालाई रु एक हजार, मध्यवर्ती क्षेत्र बाहिर डोल्पा जिल्लाका सर्वसाधारणलाई रु २५ सय..

    खुशीसहितको सुखी नेपालीतर्फ अबको बजेट केन्द्रित हुने : अर्थमन्त्री डा. खतिवडा

    मंगलवार, जेष्ठ १, २०७५ साल
    काठमाडौँ, १ जेठ : अर्थमन्त्री डा युवराज खतिवडाले खुशीसहितको सुखी नेपालीतर्फ आगामी बजेट केन्द्रित हुने बताएका छन ।  प्रतिनिधिसभाको सोमबारको बैठकमा आर्थिक वर्ष २०७५/०७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले अबको प्राथमिकता संविधानको मर्मअनुसार समावेशी र समृद्ध नेपाल भएकाले क्षेत्रगत कार्यक्रमलाई धेरै जोड नदिइने स्पष्ट गरे । उनले मौलिक हक..

    स्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौँको नोक्सानी

    सोमबार, बैशाख ३१, २०७५ साल
    बेनी, म्याग्दी, ३१ वैशाख पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका–२ लुलाङको नर्जा र सागबारीमा रहेको स्लेट खानी सञ्चालनमा नआउँदा राज्यलाई करोडौँको नोक्सानी भएको छ भने स्थानीयको रोजगारीको अवसरसमेत गुमेको छ ।  भौगोलिक विकटताका कारण खानीबाट निकालिएको स्लेटलाई बजारसम्म पुर्याउँन समस्या, उचित मूल्य नपाउने, स्थानीयको बेवास्ता र प्रविधिको अभावमा स्थानीय तह र समुदायका लागि गतिलो आम्दानीको स्रोत बन्न सक्ने सम्भावना रहेको स्लेटखानी वर्षौंदेखि बन्द अवस्थामा..

    १० करोड लगानीमा अत्याधुनिक सुविधासम्पन्न होटल क्रिस सञ्चालनमा

    आईतवार, बैशाख ३०, २०७५ साल
    नवलपरासी, ३० वैशाख पूर्व नवलपरासीको देवचुलीमा अत्याधुनिक सुविधासम्पन्न होटल क्रिस सञ्चालनमा आएको छ । करीब रु १० करोड लगानीमा निर्माण गरिएको सो होटल सम्भवतः जिल्लामा सबैभन्दा बढी आर्थिक लगानी गरिएका होटलमध्येमा पर्छ ।  पूर्व–पश्चिम लोकमार्गले छोएको देवचुली–१४ दलदलेमा खोलिएको सो चारतले अत्याधुनिक सुविधासम्पन्न होटलमा लिफ्टको प्रयोग गरिएको छ । होटलमा २८ वटा अति सुविधासम्पन्न डिलक्स कोठा, डाइनिङ हल, सेमिनार हल रहेको होटल..

    आर्थिक गणना तीव्र, हालसम्म सात हजार ४०२ को गणना गरियो !

    शुक्रबार, बैशाख २८, २०७५ साल
    भक्तपुर, २८ वैशाख वैशाख २ गतेदेखि शुरु भएको आर्थिक गणना २०७५ अन्तर्गत भक्तपुरमा हालसम्म सात हजार ४०२ को आर्थिक गणना गरिएको छ । सरकारले शुरु गरेको प्रथम राष्ट्रिय आर्थिक गणना अन्तर्गत यहाँका चारवटा नगरपालिकामा आर्थिक गणना गरिएको छ । भक्तपुर नगरपालिकामा दुई हजार ६३० व्यवसायको गणना गरिएको जिल्ला आर्थिक गणना कार्यालयका प्रमुख सुरेन्द्र रावलले जानकारी दिए । यस्तै, मध्यपुरथिमि नगरपालिकामा दुई हजार ३७८,..

    डरलाग्दो हावाहुरीले चितवनको कृषि क्षेत्रमा करोडौँको क्षति

    शुक्रबार, बैशाख २८, २०७५ साल
    रत्ननगर, चितवन, २८ वैशाख   चितवनमा केही दिनअघि आएको हावाहुरी सहितको असिनापानीले कृषि क्षेत्रमा रु ४२ करोड ५० लाखको क्षति भएको जिल्ला कृषि विकास कार्यालय चितवनले जनाएको छ ।  प्रारम्भिक विवरणअनुसार केरामा मात्रै रु ४० करोडको क्षति भएको र बाँकी तरकारी तथा मकैमा रु दुई करोड ५० लाखको क्षति भएको कार्यालयका प्रमुख सुधिर श्रेष्ठले बताए ।  “अहिलेसम्म साढे ४२ करोड रुपैयाँको क्षति भएको तथ्यांक..

    प्रतिनिधिसभाको बैठक: व्यापार घाटा घटाउने बजेट बनाउन सांसदद्वारा अर्थमन्त्रीलाई सुझाव !

    बिहिवार, बैशाख २७, २०७५ साल
    काठमाडौँ, २७ वैशाख सडकलगायत भौतिक पूर्वाधार निर्माण, पर्यटन, जलस्रोत, कृषिको व्यवसायीकरण र सीमान्तकृत तथा विपन्न वर्गको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न सांसदहरूले अर्थमन्त्रीलाई सुझाव दिएको छ । प्रतिनिधिसभाको बिहिबारको बैठकमा आव २०७५÷७६का लागि विनियोजन विधेयक सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा भाग लिँदै उनीहरूले मुलुकको स्वाभिमान बढाउने र छिमेकीसँगको व्यापार घाटा कम गर्ने पाटोलाई पनि बजेट तर्जुमा..

    ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले १४ करोडको लगानीमा ह्याचरी

    बिहिवार, बैशाख २७, २०७५ साल
    बनियानी, झापा, २७ वैशाख ब्रोइलर जातको कुखुराका चल्ला उत्पादन गर्ने उद्देश्यले ह्याचरी सञ्चालनमा आएको छ ।  मेची अञ्चलमै पहिलो पटक रु १४ करोडको लगानीमा ‘भाटभटेनी इन्टरनेशनल ह्याचरी प्रालि’ सञ्चालनमा आएको हो । चारजनाको संयुक्त लगानीमा ह्याचरी सञ्चालनमा ल्याइएको सञ्चालक भरत ओडारीले जानकारी दिए ।  झापासहित इलाम, तेह्रथुम, ताप्लेजुङ, मोरङ, सुनसरीलगायत जिल्लाका किसानलाई लक्ष्य गरी ह्याचरी सञ्चालनमा ल्याइएको हो । बिर्तामोड–२ स्थित वीर अमरसिंह..
    Results 1585: You are at page 41 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast