बिहिवार, चैत्र २०, २०७६

    आर्थिक खबर

    नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयद्वारा ८ करोड राजश्व संकलन

    शुक्रबार, श्रावन ४, २०७५ साल
    नवलपरासी, ४ साउन पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा रु आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ ।  छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु एक करोड १८ लाख ६३ हजार र असारमा रु ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ ।  आव २०७३÷७४ मा रु पाँच करोड राजश्व संकलन भएको थियो ।..

    एक करोड लागतमा खानेपानी आयोजना निर्माण, स्थानीयवासी हर्षित

    शुक्रबार, श्रावन ४, २०७५ साल
    रत्ननगर, चितवन, ४ साउन  पूर्वी चितवनको कालिका नगरपालिका–१ गडुवामा रु एक करोड लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।  पोखरास्थित गोर्खा वेल्फेयर ट्रष्ट, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी आयोजना निर्माण भएको हो ।  मिटर प्रणालीमा धारासहितको खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयवासी हर्षित भएका छन् । बिहीबारमात्रै उक्त खानेपानी आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गरिएको गडुवा खानेपानी तथा सरसफाइ उपभोक्ता..

    दण्ड जरिवाना : ट्राफिक कार्यालयद्वारा ४९ लाख राजश्व संकलन

    बिहिवार, श्रावन ३, २०७५ साल
    कञ्चनपुर, ३ साउन   जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४-७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ ।  दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने एक सय २० जनाबाट रु एक लाख ८५ हजार जरिवाना असुल गरिएको छ ।  वर्षभरिमा..

    विराटनगर भन्सारको राजस्व संकलनमा वृद्धि, लक्ष्यभन्दा ५ दशमलव ०२ प्रतिशत ज्यादा

    बिहिवार, श्रावन ३, २०७५ साल
    विराटनगर, ३ साउन :  विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४/७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ ।  कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा पाँच दशमलव ०२ प्रतिशत ज्यादा उठाएको छ ।  विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ..

    सरकारद्वारा २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय !

    बुधबार, श्रावन २, २०७५ साल
    काठमाडौँ, २ साउन  सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।  लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राति अबेर सम्पन्न बोर्डको ३१ औँ बैठकले उक्त निर्णय गरेको हो ।  बैठकले काठमाडौँ उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत पहिलो ‘प्याकेज’को कार्यान्वयनका लागि विकासकर्ता कम्पनी..

    राजश्व कार्यालय विराटनगरले ५ अर्ब २१ करोड राजश्व संकलन, लक्ष्य भन्दा कम असुली

    बुधबार, श्रावन २, २०७५ साल
    विराटनगर, २ साउन  आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४-७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ ।  सो अवधिमा कार्यालयले रु पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी..

    राष्ट्र बैंकद्वारा मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण, ५ हजार बोक्न पाउने व्यवस्था लागू

    बुधबार, श्रावन २, २०७५ साल
    काठमाडौँ, २ साउन : नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ ।  केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो ।  कुनै पनि व्यक्तिले आफ्नो देशबाहिर जाँदा त्यस्तो मुद्रा..

    आर्थिक वर्ष २०७५/७६ का लागि भक्तपुर नगरपालिकाको १ अर्ब ७३ करोड बजेट !

    मंगलवार, श्रावन १, २०७५ साल
    भक्तपुर, १ साउन  भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ ।  नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै आयतर्फ बाह्य स्रोत रु ९८ करोड ८६ लाख ८३ हजार तथा आन्तरिक स्रोततर्फ पर्यटन शुल्क, जग्गा बिक्री, विभिन्न कर दस्तुरबाट रु ५४ करोड ५३ लाख १७ हजार संकलन हुने बताए..

    अर्थमन्त्री खतिवडाको भनाइविपरीत देखियो सरकारी ढुकुटी, भेटियो साढे ३ खर्ब थन्किएकै अवस्थामा

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौँ, १ साउन  गत चैत्र १६ मा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको श्वेतपत्र जारी गर्दै भनेका थिए, बजेट अनुशासन उल्लंघनका कारण सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा छ। त्यसबेला उनले अघिल्ला सरकारका पालमा वित्तीय अनुशासनका सीमा निर्ममतापूर्वक तोडिएकाले देशको ढुकुटी रित्तो रहेको बताएका थिए। उनले चालू वर्षको १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेटमा २ खर्ब रुपैयाको त स्रोत नै भेटको छैन भनेका..

    कैलाली भन्सारमा ६२ करोडको वस्तुहरु निर्यात, आयात भने करिब ८ अर्ब

    मंगलवार, श्रावन १, २०७५ साल
    कैलाली, १ साउन कैलाली भन्सार नाका भएर आयात बढ्दै गएपनि निर्यातमा कमी आएको छ । कैलाली भन्सार कार्यालयले दिएको जानकारी अनुसार कट्ठा, कच, टार्पेनटाइनमात्रै निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७४/७५ को असार २९ गतेसम्म यस भन्सार नाकाबाट ६२ करोड ४५ लाख मूल्य बराबरको वस्तुहरु निर्यात भएको भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीले जानकारी दिए । उप्रतीका अनुसार आयात भने सोही अवधिमा सात अर्ब..

    ललितपुर महानगरपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेट ४ अर्ब ६० करोड

    सोमबार, आषाढ ३२, २०७५ साल
    ललितपुर, ३२ असार  ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ ।  महानगरपालिकाले सोमबार कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले दोस्रो नगरसभाबाट पारित बजेट सार्वजनिक गरे ।  महानगरपालिकाको चालू प्रशासनिक खर्च रु एक अर्ब छ करोड ५० लाख अनुमान गरिएको छ । व्ययतर्फ चालू सामाजिक सुरक्षा भत्ता रु..

    म्याग्दीका ४२ वटा सामुदायिक विद्यालयलाई १ करोड भन्दा बढी अनुदान

    सोमबार, आषाढ ३२, २०७५ साल
    बाबियाचौर, म्याग्दी, ३२ असार  शून्य दरबन्दीमा सञ्चालित म्याग्दीका ४२ वटा सामुदायिक विद्यालयले रु एक करोड भन्दा बढी अनुदान पाएका छन् ।  समुदायस्तरबाट चन्दा सहयोग जुटाएर निजी स्रोतमा शिक्षकको तलब भत्ताको व्यवस्था गर्दै आएका १९ वटा माध्यमिक, १–५ तहका १० र १–८ तहका १३ वटा सामुदायिक विद्यालयलाई रु एक करोड नौ लाख ९७ हजार अनुदान उपलब्ध गराइएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइले..

    मुलुकको आर्थिक विकास र समृद्धिकालागि उद्यमशीलता प्रोत्साहन गर्ने नीति आवश्यक

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाडौँ, ३१ असार  मुलुकको आर्थिक विकास र समृद्धिका लागि उद्यमशीलता प्रोत्साहन गर्न सोहीअनुसारका सरकारी नीति र सुविधा ल्याउनुपर्ने यस क्षेत्रका विज्ञको जोड रहेको छ ।  सुशील कोइराला ममोरियल फाउण्डेसनद्वारा आइतबार यहाँ आयोजित ‘नेपालमा उद्यमशीलता सामाजिक र सरकारी दायित्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनिहरुले उद्यमशीलता प्रवद्र्धन गर्न कानूनमा भएका अवरोध परिमार्जन गर्नुपर्ने र उद्यमशीलतालाई समाजमा उच्च प्रतिष्ठाका रुपमा स्थापित गर्नुपर्ने सुझाव दिएका छन् ।  कार्यक्रममा..

    सरकारलाई झड्का ! नेप्से प्रमुख चन्द्रसिंह साउदलाई काममा फर्काउन सर्वोच्चको आदेश

    आईतवार, आषाढ ३१, २०७५ साल
    काठमाण्डौ, असार ३१ ।  यसअघि सरकारले बर्खास्त गरेका नेपाल स्टक एक्सचेञ्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई काममा फर्काउन सर्वोच्च अदालतले सरकारका नाममा आदेश जारी गरेको छ ।  यसअघि सरकारले आफूलाई गैरकानूनी ढंगले पदमुक्त गराएको भन्दै त्यसलाई उल्टाउन साउदले बिहीबार सर्वोच्च अदालत गएका थिए । आइतबार त्यसमाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले हालका लागि साउदलाई काममा फर्काउन एवम् आपसी..

    पहाडी जिल्ला म्याग्दीबाट १८ मेट्रिक टन जडीबुटी निकासी, मासु पसल करको दायरामा

    आईतवार, आषाढ ३१, २०७५ साल
    बाबियाचौर, म्याग्दी, ३१ असार  पहाडी जिल्ला म्याग्दीबाट आर्थिक वर्ष २०७४-७५ मा करीब १८ मेट्रिक टन जडीबुटी निकासी भएको छ ।  म्याग्दीका वनजंगलमा संकलन गरिएका ११ प्रजातिका १७ हजार ९७४.२५ किलोग्राम जडीबुटी निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । जडीबुटी निकासीका लागि अनुमति दिएवापत रु दुई लाख ७१ हजार ८० राजश्व संकलन भएको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिए ।  सबैभन्दा बढी..

    जापान सरकारद्वारा मानव संशाधन विकासका लागि २७ करोड ४१ लाख अनुदान

    शुक्रबार, आषाढ २९, २०७५ साल
    काठमाडौँ, २९ असार   जापान सरकारले मानव संशाधन विकासका लागि रु २७ करोड ४१ लाख अनुदान उपलब्ध गराउने भएको छ ।  सार्वजनिक सेवामा दक्ष जनशक्ति तयार पार्ने उद्देश्यले जापानका नाम चलेका विश्वविद्यालयमा स्नातकोत्तर तहको अध्ययनका निम्ति छात्रवृत्ति उपलब्ध गराउन उक्त अनुदान उपयोग गरिनेछ ।  अर्थशास्त्र, सार्वजनिक नीति, औद्योगिक विकास तथा कानूनी नीतिजस्ता विषयमा निजामती सेवाका कर्मचारीले छात्रवृत्ति पाउने छन् । विगत तीन वर्षदेखि जापानले..

    पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचित क्षेत्रमा शहरी विकासका लागि तीन अर्ब विनियोजन !

    बिहिवार, आषाढ २८, २०७५ साल
    चितवन, २८ असार  भरतपुर महानगरपालिका क्षेत्रभित्र शहरी विकास मन्त्रालयमार्फत रु तीन अर्बभन्दा बढीका विकास निर्माणका योजना शुरु हुने भएका छन् । यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का प्रक्रियामा रहेका छन् ।  शहरी विकासले बजेट विनियोजन गरेको भरतपुर महानगर क्षेत्र चितवन क्षेत्र नं ३ पर्दछ । यो पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित क्षेत्र हो..

    अन्तत: नेपाल राष्ट्रबैंकले सार्वजनिक गर्यो बहुअपेक्षित मौद्रिक नीति, यस्ता छन् विशेषताहरु ...

    बुधबार, आषाढ २७, २०७५ साल
    काठमाडौँ, २७ असार आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अनिवार्य नगद अनुपातमा गरिएको यो कटौतीबाट रु ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा कमी आउनेछ । यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले क्रमशः ६, ५ र ४ प्रतिशत..

    गैंँडाको जोडी ‘रुपसी र भद्र’ लाई काठमाडौँ ल्याइयो, अब चीन जाने प्रतिक्षामा

    बुधबार, आषाढ २७, २०७५ साल
    काठमाडौँ, २७ असार : नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौँ ल्याइएको छ ।  चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा गएराति काठमाडौँ ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंँडा सहज रुपमा काठमाडौँ भित्र्याइएको जानकारी दिए ।  काठमाडौँ ल्याइएको गैँडा चीन पठाउने तयारी भइरहेको छ । अहिले..

    वैदेशिक लगानी प्रवद्र्धन गर्ने नयाँ 'मौद्रिक नीति' यही साता आउने अपेक्षा !

    मंगलवार, आषाढ २६, २०७५ साल
    काठमाडौँ, २६ असार  आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर यही साता नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ ।  नेपाल राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।  आगामी आवको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं..

    कर्णाली प्रदेशलाई वार्षिक ४५ करोडको व्ययभार ,मानव सूचकाङ्कमा सबैभन्दा पछाडी

    मंगलवार, आषाढ २६, २०७५ साल
    सुर्खेत, २६ असार  कर्णाली अहिले पनि गरीब प्रदेशका रुपमा चित्रित छ । मानव सूचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । विसं २०६८ को जनगणनाअनुसार कूल १५ लाख ७० हजार जनसंख्यामा ५२ प्रतिशत निरपेक्ष गरीब छन् ।  धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं सांस्कृतिक पर्यटन र स्रोत सम्भाव्यताका हिसाबले धनी मानिने कर्णाली प्रदेशका केही जिल्लामा..

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुखमा रमेश अर्याल नियुक्त, सोमबार नै पद बहाली !

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याललाई जिम्मेवारी दिएको छ ।  अर्थ मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई तत्कालका लागि नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी प्रदान गरेको हो ।  नवयिुक्त प्रमुख कार्यकारी अधिकृत अर्यालले आज आफ्नो पद बहाली गरेका हुन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अर्याललाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले पद तथा गोपनियताको शपथ गराएका थिए ।  शपथ ग्रहणपछि..

    विनियोजित बजेटको आकार संघीय संरचनाअनुसार सन्तुलित छ : अर्थमन्त्री डा खतिवडा

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार  अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५-७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताएका छन् ।  राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाएको प्रश्नको आज जवाफ दिँदै उनले संघ, प्रदेश र स्थानीय तहमा राजश्वको बाँडफाँड एवं स्रोत परिचालनमा सन्तुलन कायम गरिएको बताए।  अर्थमन्त्री डा खतिवडाले भने, “बजेट उपयुक्त आकारको छ । प्रादेशिक तवरले बजेट..

    लामो समयदेखि कर नतिर्ने ५२ फार्मको कारोवार आन्तरिक राजश्वले रोक्ने

    सोमबार, आषाढ २५, २०७५ साल
    चितवन, २५ असार   आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फार्मको कारोवार रोक्का गर्ने भएको छ ।  पाँच वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फार्मको कारोवार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पङ्ज्ञानीले बताए । कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।  “कारोवार रोक्का गर्न लागेका फार्म पाँचदेखि १८ वर्षसम्म सम्पर्कमा नरहेका रहेका छन्,” पङज्ञानीले भने..

    साउनदेखि मजदुरहरूको तलब बढ्ने, १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    सोमबार, आषाढ २५, २०७५ साल
    २५ असार, काठमाडौं ।  सरकारले आन्तरिक मजदुरको तलव सुविधा तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई सिफारिस गरेको आधारमा सेवा सुविधा तोकिएको हो । समितिले मजदुरको तलवका लागि १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिश गरेको छ । यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो भने आगामी साउन महिनाबाट ४५ सय रुपैयाँ थपिनेछ । त्यस्तै, यो वर्षबाटै..

    आलेख : अनुदान र औजारमा कमिसनको खेल, पहुँचवालाको हालीमुहाली !

    आईतवार, आषाढ २४, २०७५ साल
    म्याग्दी, २४ असार   घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीको अभिलेख अनुसार आव २०७४÷७५ मा बेनीकी उद्यमी लीलादेवी पुनलाई ८४ हजार ४०० रुपैयाँ मूल्य पर्ने ढाका बुनाईसम्बन्धी उपकरण ८० प्रतिशत अनुदानमा उपलब्ध गराइएको भेटिन्छ । तर, उक्त औजार पुनको उद्योगमा नभएर एक वर्षदेखि समितिकै गोदाममा थन्किएको छ । तोकिएको मूल्य र माग गरेअनुसारको औजार नभएकाले पुनले सामान बुझेको भरपाई..

    सामुदायिक वनबाट जनताको जीवनस्तरमा सुधार ल्याउन आर्थिक समृद्धिको आधार बनाइने

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार   सामुदायिक वनबाट जनताको जीवनस्तरमा सुधार ल्याउने योजनाका साथ सरकारले वन तथा वातावरणका क्षेत्रमा थप नीतिगत प्रष्टताको तयारी गरेको छ ।  राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत वन तथा वातावरण मन्त्रालयका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शक्तिबहादुर बस्नेतले समुदायले संरक्षण गरेका वन क्षेत्रलाई कृषि उपज उत्पादन र पर्यापर्यटनमा लगाइने तथा प्राप्त प्रतिफल समुदायको हितका लागि प्रयोग गरिने लक्ष्य राखिएको..

    नेपाल–चीनबीचको आपसी सहकार्यबाट फाइदा लिन सकिने

    शुक्रबार, आषाढ २२, २०७५ साल
    काठमाडौँ, २२ असार  नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ संरचनाअन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले फाइदा लिनसक्ने बताएका छन् ।  नेपाल चेम्बर अफ कमर्श र नेपाल–चीन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीद्वारा संयुक्तरुपमा शुक्रबार आयोजित अन्तक्र्रियामा उनले संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत् विश्वव्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी भइसकेकाले यसअन्तर्गत हुने सहकार्यबाट नेपालले समृद्धिको गति लिन..

    चालु आर्थिक वर्षमा १० करोड धुलो दूध तेस्रो मुलुकबाट आयात

    बिहिवार, आषाढ २१, २०७५ साल
    विराटनगर, २१ असार प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध तेस्रो मुलुकबाट आयात भएको छ ।  प्रदेश नं १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका अनुसार विराटनगर भन्सार कार्यालयले चालु आवको जेठ महिनासम्ममा उक्त परिमाणको धुलो दूध आयात गरिएको हो ।  चालु आवको जेठ महिनासम्ममा आयात गरिएको धुलो..

    एक करोडको लागतमा फिटनेश सेन्टर, सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था

    बिहिवार, आषाढ २१, २०७५ साल
    दाङ, २१ असार  जिल्लामा पहिलो पटक सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालनमा आएको छ ।  तुलसीपुर–५ वेष्टन प्यालेसको हलमा रु एक करोडको लागतमा ‘वेष्टर्न प्यालेस प्रालि’ले फिटनेश सेन्टर सञ्चालन गरेको हो । सञ्चालक कृष्ण खड्काका अनुसार फिटनेश सेन्टरमा काडियो, जिम, सोनाबाथ, सालसा जुम्बा, लकर लगायतका सुविधा रहेका छन् ।  फिटनेश सेन्टरमा युवायुवतीका साथै सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था छ । फिटनेश सेन्टरको बिहिबार..
    Results 1632: You are at page 40 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast