बिहिवार, चैत्र २०, २०७६

    आर्थिक खबर

    जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक

    बिहिवार, भाद्र १४, २०७५ साल
    रसुवा, १४ भदौ  जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक भएको छ ।  गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भक्तजनले चढाएको भेटी नेपाल प्रहरीको रोहवरमा गणना गर्दा रु एक लाख ४१ हजार ६०० सङ्कलन भएको र सो भेटी गोसाइँकुण्ड महादेवका नामबाट खोलिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिको नाममा दाखिला गरिएको हो ।  गोसाइँकुण्ड मेला भर्न आएका सबै तीर्थयात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र..

    निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्, पटक–पटक ताकेता गर्दासमेत कर तिर्न आलटाल

    बुधबार, भाद्र १३, २०७५ साल
    पाँचथर, १३ भदौ  पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् ।  जिससले खुलाएको बोलपत्र(टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा, गिटी प्रयोग गरेबापतको..

    सरकारद्वारा ग्रामीण समुदायको जीवनस्तर उकास्न भनी ३६ हजारभन्दा बढी नयाँ उद्योग दर्ता

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३०३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको छ ।  आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले आव २०७४-७५ मा सो सङ्ख्यामा नयाँ उद्योग दर्ता गरेको हो । दर्ता भएका नयाँ उद्योगमध्ये घरेलु तथा साना उद्योग विभागमा २२ हजार ६६६ र लघु, घरेलु..

    रुपैडिहा बजारका व्यापारीलाई नेपाली उपभोक्ताको भीड थेग्न मुस्किल

    मंगलवार, भाद्र १२, २०७५ साल
    नेपालगञ्ज, १२ भदौ  नेपालगञ्ज– १३ की एक महिलाले बाँकेको सीमापारि भारतीय बजार रुपैडिहाबाट करिव रु चार हजारका विभिन्न सामान ल्याउँदा भन्सार तिर्नु परेन ।  शर्मिलाजस्ता सयौँ उपभोक्ताले रुपैडिहा बजारबाट दैनिक घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरी ल्याउने गर्दा नेपालगञ्जका व्यापारीलाई भने पिरोल्ने गर्छ । भन्सार तिर्न नपर्ने भएका कारण रुपैडिहा बजारका व्यापारीलाई नेपाली उपभोक्ताको भीड थेग्न मुस्किल हुन्छ भने नेपालगञ्जका व्यापारीलाई..

    जुम्लामा २४ करोडको स्याउ उत्पादन, व्यापारी बगैँचामा नै पुग्न थाले

    सोमबार, भाद्र ११, २०७५ साल
    सुर्खेत, ११ भदौ चालू आर्थिक वर्ष २०७५–७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिए । तीन हजार ४०० हेक्टरमा..

    राज्यकोषबाट सरकार प्रमुखहरुको खर्च : तलब भत्ता र विदेश भ्रमणमै २० करोड बढी झ्वाम

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौं, ११ भदौ   आर्थिक वर्ष २०७४/७५ मा सरकार प्रमुख र मन्त्रीहरूको सुविधामा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्री, मन्त्री र उनीहरूका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ सकिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विगतका जम्बो सरकारका कारण सुविधामा राज्यकोषको यति धेरै रकम खर्च भएको दाबी प्रधानमन्त्री..

    डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग

    आईतवार, भाद्र १०, २०७५ साल
    काठमाडौँ, १० भदौ प्रतिनिधसभाको आइतबारको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।  रौतहट जिल्लामा पर्ने सो नदीमा शनिबार डुङ्गा पल्टिँदा ३५ जना डुबेका थिए । तीमध्ये तीन जना बेपत्ता छन् । लालबकैयामा अझैसम्म पुल निर्माण हुनसकेको छैन । सो शिलान्यास २०७० सालमा भइसकेको छ ।  त्यसैगरी..

    बन्नेभो सुबिधा सम्पन्न ‘इलाम सिटी मार्ट’, ९ करोड ३८ लाखको लागत

    शनिबार, भाद्र ९, २०७५ साल
    इलाम, ९ भदौ : जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ । बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो ।  इलाम नगरपालिका र नेपाल सरकारको रु नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ । भवनमा ९२ सटर, दुई लिफ्ट र चौथो तलामा स्टिलको..

    कर वृद्धिबारे जताततै करकर ! “बुझाउन नसक्दा नकारात्मक धारणा उत्पन्न भयो”

    शुक्रबार, भाद्र ८, २०७५ साल
    नेपालगञ्ज, ८ भदौ  बाँकेका स्थानीय तहले केही व्यवसायमा व्यवस्था गरेको करको दरबारे यहाँ टिप्पणी गरिँदै आएको छ ।  नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष नारायणी रुपाखेती कर बढाउनुका कारण, कर तिरेपछि नागरिकलाई हुने फाइदा तथा करबाट गाउँठाउँको विकास हुने कुरालाई बुझाउन नसक्दा यसप्रति नकारात्मक धारणा उत्पन्न भएको बताए । “कर वृद्धि गर्नु नराम्रो होइन । तर कति वृद्धि गर्ने, कुनकुन शीर्षकमा वृद्धि गर्नेलगायत..

    काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बृहत् तीज व्यापार मेला शुरु

    बिहिवार, भाद्र ७, २०७५ साल
    काठमाडौँ, ७ भदौ  महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले देखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बृहत् तीज व्यापार मेला शुरु भएको छ ।  महिला सिर्जनशील केन्द्रद्वारा आयोजित उक्त मेला यही भदौ १० गतेसम्म सञ्चालन हुनेछ । झन्डै २०० बिक्री तथा प्रदर्शनी कक्ष राखिएको सो मेलामा एक लाखले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।  मेलामा अवलोकनकर्ताका लागि निःशुल्क स्वास्थ्य शिविर, फोटो खिचाउने,..

    दुधौली नगरपालीकाले दिने सिफारिश तथा व्यक्तिगत घटना दर्ता निःशुल्क बनाएपछि ...

    बिहिवार, भाद्र ७, २०७५ साल
    सिन्धुली, ७ भदौ  सिन्धुलीको दुधौली नगरपालीकाले दिने सिफारिश तथा व्यक्तिगत घटना दर्ता निःशुल्क बनाएको छ ।  दुधौली नगरपालिका कार्यालय र वडा कार्यालयबाट दिइने सिफारिश तथा व्यक्तिगत घटना दर्ता शुल्क निःशुल्क बनाइएको हो । सो नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० शुल्क लाग्ने प्रमुख घनश्याम राउतले बताए । अब स्वास्थ्योपचार,..

    बिम्स्टेक मुलुकका प्रमुखहरुको चौथो शिखर सम्मेलन यही १४ र १५ गते हुने निश्चित

    बिहिवार, भाद्र ७, २०७५ साल
    काठमाडौँ, ७ भदौ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र/सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने भएको छ ।  म्यान्माको नेपिट्मा सन् २०१४को मार्चमा सम्पन्न तेस्रो शिखर सम्मेलनपछि नेपालले उक्त उपक्षेत्रीय सङ्गठनको अध्यक्षता ग्रहण गरेको हो । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गरी चौथो शिखर सम्मेलन र त्यससम्बन्धी बैठकहरुमा बिम्स्टेक..

    स्थानीय तहले विभिन्न शीर्षकमा लिइरहेको करबारे अध्ययन गर्न समिति गठन

    बिहिवार, भाद्र ७, २०७५ साल
    काठमाडौँ, ७  भदौ : स्थानीय तहले लिइरहेको विभिन्न शीर्षकका करबारे अध्ययन गर्न एक समिति गठन गरेको छ ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको संयोजकत्वमा अर्थमन्त्रालयका राजश्व सचिव शिशिर ढुङ्गाना र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्ति आयोगका सचिव डा वैकुण्ठ अर्याल सदस्य रहेको अध्ययन समिति गठन गरिएको हो ।  सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीका अनुसार..

    मोरङ जिल्लामा रहेका ३ मदिरा उद्योगले १ अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाए

    बुधबार, भाद्र ६, २०७५ साल
    विराटनगर, ६ भदौ  मोरङ जिल्लामा रहेका तीन वटा मदिरा उद्योगले गत आव ०७४÷७५ मा रु एक अर्ब ६२ करोड ३७ लाख अन्तशुल्क बुझाएका छन् ।  यसरी अन्तशुल्क बुझाउनेमा मोरङको बूढीगङ्गा गाउँपालिका टंकिसिनबारीमा रहेको नेपाल लिकर्स प्रालिले रु एक अर्ब २२ करोड ५५ लाख रहेको छ भने बूढीगङ्गा मोरङमै रहेको गोल्डेन लिकर्स प्रालिले रु २५ करोड ६५ लाख र मोरङ रङ्गेली दर्वेशामा रहेको..

    तिजको रौनक बढेसँगै ह्वात्तै बढ्यो सुनको मूल्य, यति पुग्यो तोलाको

    बुधबार, भाद्र ६, २०७५ साल
    काठमाडौं, ६ भदौ  बुधबार नेपाली बजारमा सुनको मुल्य तोलामा एक्कासी ३ सय रुपैयाले बढेको छ । नेपाल सुनचाँदी व्यबसायी महासंघका अनुसार मंगलबार प्रतितोला ५५ हजार ८ रुपैयामा कारोबार भैरहेको छापावाला सुनको मुल्य तोलामा ५६ हजार १ सय रुपैयामा कारोबार भइरहेको छ । त्यसैगरी बुधबार तेजावी सुनको मूल्य प्रतितोला ५५ हजार ८ सय रुपैयामा कारोबार भैरहेको महासंघले जनाएको छ। त्यस्तै बुधबार चाँदीको मुल्य..

    भूकम्पले घर भत्किएर लाभग्राहीको सूचीमा परेपनि अनुदान लिन नआएकाको खोजी शुरु

    बुधबार, भाद्र ६, २०७५ साल
    भक्तपुर, ६ भदौ विसं २०७२ को भूकम्पले घर भत्किएर लाभग्राहीको सूचीमा परेपनि घर बनाउन दिएको अनुदान लिन नआएका लाभग्राहीको खोजी शुरु भएको छ ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार (जीएमएएलआई) भक्तपुरका प्रमुख ध्रुव गैडाले लाभग्राहीको सूचीमा परेपनि अनुदान लिन नआएका लाभग्राहीको खोजी शुरु भएको बताए । उनले भने, “भूकम्पको लाभग्राही सूचीमा परेका तर पहिलो किस्ता..

    आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न नेपाल राष्ट्र बैंकको अनुरोध

    मंगलवार, भाद्र ५, २०७५ साल
    काठमाडौँ, ५ भदौ  नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७५÷ ७६ मा आर्थिक वृद्धिदर ८ प्रतिशत हासिल हुनेमा आशङ्का नगर्न संसदीय समितिलाई आश्वस्त तुल्याएको छ ।  प्रतिनिधिसभा, आर्थिक समितिको आजको बैठकमा बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले पछिल्ला दुई वर्षमा कृषि, उद्योग र सेवा क्षेत्रमा भएको आर्थिक वृद्धिदरको विश्लेषणपछि गरिएको ८ प्रतिशत कायम हुने पर्याप्त आधार भएको बताए । सरकारको ८ प्रतिशतको आर्थिक..

    कोशी टप्पु वन्यजन्तु आरक्षद्वारा ४० लाख भन्दा बढी राजश्व सङ्कलन

    सोमबार, भाद्र ४, २०७५ साल
    सुनसरी, ४ भदौ यसैगरी अर्ना र पर्यटकका लागि प्रशिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षको कार्यालय सुनसरीले एक वर्षमा रु ४० लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।  आर्थिक वर्ष २०७४-०७५ मा आरक्षले ४० लाख ११ हजार २६५ रुपैयाँ २५ पैसा राजश्व सङ्कलन गरेको आरक्षका संरक्षण अधिकृत श्यामकुमार साहले जानकारी दिए । आरक्षले खरखर्डा, पर्यटक, दण्ड जरिवानालगायतबाट सो परिणाममा राजश्व सङ्कलन गरेको हो..

    संविधान निर्माण सँगै उद्योगमा लगानी बढ्दो, ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा यथार्थ होला ?

    आईतवार, भाद्र ३, २०७५ साल
    काठमाडौँ, ३ भदौ  मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ ।  सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय उद्योग क्षेत्रमा लगानी बढेको हो । संविधान निर्माण भएपछि नेपालमा लगानीको वातावरण सिर्जना भएको हो । उद्योग विभागले दिएको जानकारीअनुसार आव २०७३-७४ को तुलनामा आव २०७४-७५ मा उद्योग क्षेत्रमा दोब्बर लगानी..

    निःशुल्क भिसा, निःशुल्क टिकट ? नेपालका लागि अबको श्रम गन्तव्य ‘युरोप’

    आईतवार, भाद्र ३, २०७५ साल
    काठमाडौँ, २ भदौ : वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव दिएको छ ।  पूर्वराजदूत उदयराज पाण्डेको संयोजकत्वमा गठित कार्यदलले सरकारलाई बुझाएको प्रतिवेदनमा युरोपेली मुलुक पोर्चुगल, चेक गणतन्त्र, रोमानिया, पोल्याण्ड, स्वीडेन र डेनमार्कलगायत देशमा सेवा क्षेत्र, कृषि तथा उत्पादन क्षेत्रमा श्रमिकको माग उच्च..

    ५ अर्बको हस्तकला सामग्री विदेश निर्यात, सबैभन्दा बढी संयुक्त राज्य अमेरिकामा पठाईयो

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, १ भदौ  आर्थिक वर्ष २०७४–७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ । सबैभन्दा बढी हस्तकलाका सामग्री संयुक्त राज्य अमेरिकामा निर्यात भएको छ । तीस प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामग्री अमेरिका निर्यात गरिएको छ । नेपाल हस्तकला महासङ्घका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मीले अमेरिकाबाट नेपाली हस्तकला सामग्रीको अत्यधिक माग आएको बताए..

    झापामा विद्युतबाट अचानक आगलागी हुँदा २ करोडको क्षति

    शुक्रबार, भाद्र १, २०७५ साल
    दमक, १ भदौ  विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ । बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ ।  कोठाको दुबै सटरमा एक्कासी धुँवाधुलो निस्किएपछि मात्रै आगो लागेको थाहा भएको थियो । तत्कालै आगो नियन्त्रण गर्न नसक्दा पसलको सबै समान जलेको सञ्चालक..

    चालू आर्थिक वर्ष २०७५/७६ का लागि खडक नगरपालिकाद्वारा ५० करोड ३८ लाख ७५ हजारको बजेट सार्वजनिक

    बिहिवार, श्रावन ३१, २०७५ साल
    राजविराज, ३१ साउन  चालू आर्थिक वर्ष २०७५/७६ का लागि खडक नगरपालिकाले दोस्रो नगरसभाबाट रु ५० करोड ३८ लाख ७५ हजारको बजेट सार्वजनिक गरेको छ ।  नगर प्रमुख हेमायु हकले चालू आवको नीति, कार्यक्रम र बजेट संक्षेपीकरण सार्वजनिक गर्दै चालूतर्फ रु ३२ करोड ५० लाख ३० हजार तथा पूँजीगततर्फ रु १७ करोड ८८ लाख ४५ हजार बजेट रहेको बताए ।  ‘समृद्घिको आधार, कृषि, स्वास्थ्य,..

    साउदी अरेबियाको जेलमा रहेका एक नेपालीको रिहाइका लागि संकलित ६७ लाख रुपैयाँ हस्तान्तरण

    बिहिवार, श्रावन ३१, २०७५ साल
    काठमाडौँ, ३१ साउन  साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी (पीडितलाई दिइने क्षतिपूर्ति रकम) रु ६७ लाख ‘दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक दीपेश पुन,..

    स्थानीय तहले आफ्नो भवन निर्माण गर्न ५ देखि १५ करोडसम्म पाउने

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन  स्थानीय तहले भवन निर्माण गर्न रु पाँच करोडदेखि १५ करोडसम्म पाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन वर्षभित्रमा सबै स्थानीय तहका भवन बनाउन पाँचदेखि १५ करोड पाउने भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।  मन्त्रालयले उक्त रकम बाँड्न अहिले ‘स्थानीय तहको भवन प्रशासनिक निर्माणसम्बन्धी कार्यविधि–२०७५’ ल्याउन लागेको छ । मन्त्रालयले महानगरको भवन निर्माण गर्न..

    गृहमन्त्री रामबहादुर थापाद्वारा सनसनीपूर्ण खुलासा, भने "सुन तस्करी हुने ठाउँ पत्ता लाग्यो"

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन  मंगलबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री थापाले सुन तस्करीमा संलग्न समूहलाई पनि कारबाहीको दायरामा ल्याइएको बताए । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन नेपालका तस्करी भएको जानकारी दिएका छन् । नेपालमा पछिल्लो तीन वर्षयता मात्रै करिव ४ हजार किलो सुन तस्करी भएको खुलासा भएको हो ।  गृहमन्त्री थापाले नेपालमा सुन..

    ८४ करोडको खानेपानी आयोजना सम्झौता, स्थानीयवासीमा खुशीयाली

    मंगलवार, श्रावन २९, २०७५ साल
    इलाम, २९ साउन  बहुप्रतिक्षति इलाम बजार तेस्रो शहरी खानेपानी तथा सरसफाइ आयोजना’ को सम्झौता भएपछि स्थानीयवासीमा खुशीयाली छाएको छ । इलाममा सञ्चालन हुने अयोजनाको कार्यान्वयन गर्न सम्झौता भएपछि स्थानीयवासी खुशी भएका छन् ।  आयोजनाको व्यवस्थापन कार्यालय, नगर विकास कोष, इलाम नगरपालिका र इलाम खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबीच सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको हो । एशियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा रु..

    सांसदद्वारा बाढीपहिरा पीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकार समक्ष आग्रह !

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन सांसदले बाढीपहिरा पीडितलाई राहत तथा उद्धारको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  प्रतिनिधिसभाको मंगलबारको बैठकको शून्य समयमा अधिकाशंं सांसदले विपद् प्रभावितले राहत तथा क्षतिपूर्ति नपाएको र कष्टकर जीवनयापन गर्नुपरेको भए पनि ध्यान नदिइएकामा गुनासो गरे । सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्ग पहिराको जोखिमा परी दैनिकजसो अवरुद्ध हुने गरेकाले मर्मत र सम्भारमा ध्यान दिन आग्रह गरे ।  सांसद दामोदर भण्डारीले..

    प्राधिकरणको खुद नाफा अर्ब नाघ्ने : चुहावट २० प्रतिशत, यी आयोजना निर्माण सम्पन्न हुँदै

    मंगलवार, श्रावन २९, २०७५ साल
    काठमाडौँ, २९ साउन   नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७४-७५ मा प्रक्षेपित भन्दा बढी आम्दानी हुने जनाएको छ । सो आवमा प्राधिकरणले रु एक अर्ब एक करोड खुद नाफा आर्जन हुने लक्ष्य राखेकोमा अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि प्रक्षेपित वार्षिक खुद नाफा अझै बढ्न सक्ने दावी गरेको हो । गत आवमा प्राधिकरणको सञ्चालन मुनाफा रु सात अर्ब ८६ करोड थियो ।..

    नेपाल टेलिकमद्वारा आफ्नो आम्दानी वृद्धि गर्ने लक्ष्य, सेवा गुणस्तरीय बनाउने योजना

    सोमबार, श्रावन २८, २०७५ साल
    काठमाडौँ, २८ साउन  नेपाल टेलिकमले चालू आर्थिक वर्ष २०७५-७६ मा दश प्रतिशत आम्दानी वृद्धि गर्ने लक्ष्य लिएको छ ।  टेलिकमले चालू आवमा सञ्चालन आय रु ४४ अर्ब २५ करोड पुर्याउने लक्ष्य तय गरेको छ । एकीकृत मर्मत एकाइ परिचालन गरी मर्मतसम्भार चुस्त गर्ने र मर्मत सुधारलाई प्राथमिकता दिई सेवा गुणस्तरीय बनाउने टेलिकमको लक्ष्य छ ।  टेलिकमको गत आवको कूल आय रु ४५ अर्ब..
    Results 1632: You are at page 38 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast