बुधबार, मंसिर २५, २०७६

    आर्थिक खबर

    अन्तत: नेपाल राष्ट्रबैंकले सार्वजनिक गर्यो बहुअपेक्षित मौद्रिक नीति, यस्ता छन् विशेषताहरु ...

    बुधबार, आषाढ २७, २०७५ साल
    काठमाडौँ, २७ असार आगामी आर्थिक वर्षदेखि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले चार प्रतिशत अनिवार्य नगद अनुपात कायम गर्नुपर्ने भएको छ । नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अनिवार्य नगद अनुपातमा गरिएको यो कटौतीबाट रु ४८ अर्ब थप तरलता प्रवाह हुनका साथै बैंकहरुको आधार दरमा कमी आउनेछ । यसअघि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले क्रमशः ६, ५ र ४ प्रतिशत..

    गैंँडाको जोडी ‘रुपसी र भद्र’ लाई काठमाडौँ ल्याइयो, अब चीन जाने प्रतिक्षामा

    बुधबार, आषाढ २७, २०७५ साल
    काठमाडौँ, २७ असार : नेपाल सरकारले चीनलाई उपहार दिन लागेको दुर्लभ एकसिंगे गैंँडाको एक जोडी ‘रुपसी र भद्र’ काठमाडौँ ल्याइएको छ ।  चितवनबाट मंगलबार एक कार्यक्रमकाबीच बिदाई गरिएको गैंँडा गएराति काठमाडौँ ल्याइएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्यालले सडकमार्ग भएर गैंँडा सहज रुपमा काठमाडौँ भित्र्याइएको जानकारी दिए ।  काठमाडौँ ल्याइएको गैँडा चीन पठाउने तयारी भइरहेको छ । अहिले..

    वैदेशिक लगानी प्रवद्र्धन गर्ने नयाँ 'मौद्रिक नीति' यही साता आउने अपेक्षा !

    मंगलवार, आषाढ २६, २०७५ साल
    काठमाडौँ, २६ असार  आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजित बजेटका लक्ष्यलाई सार्थक बनाउने बलियो आधार लिएर यही साता नयाँ मौद्रिक नीति सार्वजनिक हुँदैछ ।  नेपाल राष्ट्र बैंकले विनियोजित बजेट, वर्तमान वित्तीय अवस्था र चालू आवको मौद्रिक नीति कार्यान्वयनको सकारात्मक तथा नकारात्मक अवस्थाको विश्लेषणका आधारमा आगामी आवका लागि मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।  आगामी आवको बजेटले ८ प्रतिशतको महत्वकांक्षी आर्थिक वृद्धिदर एवं..

    कर्णाली प्रदेशलाई वार्षिक ४५ करोडको व्ययभार ,मानव सूचकाङ्कमा सबैभन्दा पछाडी

    मंगलवार, आषाढ २६, २०७५ साल
    सुर्खेत, २६ असार  कर्णाली अहिले पनि गरीब प्रदेशका रुपमा चित्रित छ । मानव सूचकाङ्कमा सबैभन्दा पछि तर गरिबीमा सबैभन्दा अघि देखिने यो प्रदेशले मुलुकको २१ प्रतिशत भूभाग ओगटेको छ । विसं २०६८ को जनगणनाअनुसार कूल १५ लाख ७० हजार जनसंख्यामा ५२ प्रतिशत निरपेक्ष गरीब छन् ।  धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं सांस्कृतिक पर्यटन र स्रोत सम्भाव्यताका हिसाबले धनी मानिने कर्णाली प्रदेशका केही जिल्लामा..

    नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुखमा रमेश अर्याल नियुक्त, सोमबार नै पद बहाली !

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार सरकारले नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश अर्याललाई जिम्मेवारी दिएको छ ।  अर्थ मन्त्रालयमा कार्यरत उपसचिव अर्याललाई तत्कालका लागि नेप्सेको प्रमुख कार्यकारीको जिम्मेवारी प्रदान गरेको हो ।  नवयिुक्त प्रमुख कार्यकारी अधिकृत अर्यालले आज आफ्नो पद बहाली गरेका हुन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अर्याललाई नेप्से सञ्चालक समितिका अध्यक्ष लक्ष्मण न्यौपानेले पद तथा गोपनियताको शपथ गराएका थिए ।  शपथ ग्रहणपछि..

    विनियोजित बजेटको आकार संघीय संरचनाअनुसार सन्तुलित छ : अर्थमन्त्री डा खतिवडा

    सोमबार, आषाढ २५, २०७५ साल
    काठमाडौँ, २५ असार  अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७५-७६ का लागि विनियोजित बजेटको आकार सही र संघीय संरचनाअनुसार सन्तुलित भएको बताएका छन् ।  राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा सदस्यहरुले उठाएको प्रश्नको आज जवाफ दिँदै उनले संघ, प्रदेश र स्थानीय तहमा राजश्वको बाँडफाँड एवं स्रोत परिचालनमा सन्तुलन कायम गरिएको बताए।  अर्थमन्त्री डा खतिवडाले भने, “बजेट उपयुक्त आकारको छ । प्रादेशिक तवरले बजेट..

    लामो समयदेखि कर नतिर्ने ५२ फार्मको कारोवार आन्तरिक राजश्वले रोक्ने

    सोमबार, आषाढ २५, २०७५ साल
    चितवन, २५ असार   आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि कर नतिर्ने ५२ व्यावसायिक फार्मको कारोवार रोक्का गर्ने भएको छ ।  पाँच वर्षभन्दा बढी समयदेखि सम्पर्कमा नरहेका फार्मको कारोवार रोक्का गर्न लागेको कार्यालयका प्रमुख थानप्रसाद पङ्ज्ञानीले बताए । कार्यालयले केही समयअघि सम्पर्कमा नरहेका ५५ व्यवसायीको नाम सार्वजनिक गरेको थियो ।  “कारोवार रोक्का गर्न लागेका फार्म पाँचदेखि १८ वर्षसम्म सम्पर्कमा नरहेका रहेका छन्,” पङज्ञानीले भने..

    साउनदेखि मजदुरहरूको तलब बढ्ने, १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    सोमबार, आषाढ २५, २०७५ साल
    २५ असार, काठमाडौं ।  सरकारले आन्तरिक मजदुरको तलव सुविधा तोकेको छ । न्युनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई सिफारिस गरेको आधारमा सेवा सुविधा तोकिएको हो । समितिले मजदुरको तलवका लागि १४ हजार २ सय रुपैयाँ बनाउने गरी सिफारिश गरेको छ । यसअघि मजदुरको न्यनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो भने आगामी साउन महिनाबाट ४५ सय रुपैयाँ थपिनेछ । त्यस्तै, यो वर्षबाटै..

    आलेख : अनुदान र औजारमा कमिसनको खेल, पहुँचवालाको हालीमुहाली !

    आईतवार, आषाढ २४, २०७५ साल
    म्याग्दी, २४ असार   घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय म्याग्दीको अभिलेख अनुसार आव २०७४÷७५ मा बेनीकी उद्यमी लीलादेवी पुनलाई ८४ हजार ४०० रुपैयाँ मूल्य पर्ने ढाका बुनाईसम्बन्धी उपकरण ८० प्रतिशत अनुदानमा उपलब्ध गराइएको भेटिन्छ । तर, उक्त औजार पुनको उद्योगमा नभएर एक वर्षदेखि समितिकै गोदाममा थन्किएको छ । तोकिएको मूल्य र माग गरेअनुसारको औजार नभएकाले पुनले सामान बुझेको भरपाई..

    सामुदायिक वनबाट जनताको जीवनस्तरमा सुधार ल्याउन आर्थिक समृद्धिको आधार बनाइने

    आईतवार, आषाढ २४, २०७५ साल
    काठमाडौँ, २४ असार   सामुदायिक वनबाट जनताको जीवनस्तरमा सुधार ल्याउने योजनाका साथ सरकारले वन तथा वातावरणका क्षेत्रमा थप नीतिगत प्रष्टताको तयारी गरेको छ ।  राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजन विधेयकअन्तर्गत वन तथा वातावरण मन्त्रालयका विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री शक्तिबहादुर बस्नेतले समुदायले संरक्षण गरेका वन क्षेत्रलाई कृषि उपज उत्पादन र पर्यापर्यटनमा लगाइने तथा प्राप्त प्रतिफल समुदायको हितका लागि प्रयोग गरिने लक्ष्य राखिएको..

    नेपाल–चीनबीचको आपसी सहकार्यबाट फाइदा लिन सकिने

    शुक्रबार, आषाढ २२, २०७५ साल
    काठमाडौँ, २२ असार  नेपालका लागि चिनियाँ राजदूत यु होङले ‘ट्रान्स–हिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ संरचनाअन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले फाइदा लिनसक्ने बताएका छन् ।  नेपाल चेम्बर अफ कमर्श र नेपाल–चीन चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रीद्वारा संयुक्तरुपमा शुक्रबार आयोजित अन्तक्र्रियामा उनले संसारलाई समृद्धिले जोड्ने चिनियाँ सपना जोडिएको बृहत् विश्वव्यापी परियोजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी भइसकेकाले यसअन्तर्गत हुने सहकार्यबाट नेपालले समृद्धिको गति लिन..

    चालु आर्थिक वर्षमा १० करोड धुलो दूध तेस्रो मुलुकबाट आयात

    बिहिवार, आषाढ २१, २०७५ साल
    विराटनगर, २१ असार प्रदेश नं १ मा चालु आर्थिक वर्षमा रु १० करोड मूल्य बराबरको तीन लाख सात हजार १७५ किलोग्राम धुलो दूध तेस्रो मुलुकबाट आयात भएको छ ।  प्रदेश नं १ को भूमि व्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका अनुसार विराटनगर भन्सार कार्यालयले चालु आवको जेठ महिनासम्ममा उक्त परिमाणको धुलो दूध आयात गरिएको हो ।  चालु आवको जेठ महिनासम्ममा आयात गरिएको धुलो..

    एक करोडको लागतमा फिटनेश सेन्टर, सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था

    बिहिवार, आषाढ २१, २०७५ साल
    दाङ, २१ असार  जिल्लामा पहिलो पटक सुविधा सम्पन्न फिटनेश सेन्टर सञ्चालनमा आएको छ ।  तुलसीपुर–५ वेष्टन प्यालेसको हलमा रु एक करोडको लागतमा ‘वेष्टर्न प्यालेस प्रालि’ले फिटनेश सेन्टर सञ्चालन गरेको हो । सञ्चालक कृष्ण खड्काका अनुसार फिटनेश सेन्टरमा काडियो, जिम, सोनाबाथ, सालसा जुम्बा, लकर लगायतका सुविधा रहेका छन् ।  फिटनेश सेन्टरमा युवायुवतीका साथै सबै उमेर समूहकाले व्यायाम गर्ने व्यवस्था छ । फिटनेश सेन्टरको बिहिबार..

    गरिबी निवारणका लागि १० करोड लगानी, कार्यक्रमको स्वरुप भने अन्योलमा

    बिहिवार, आषाढ २१, २०७५ साल
    नुवाकोट, २१ असार  गरिबी निवारण कोषमार्फत नुवाकोटमा करीब रु १० करोड लगानी भएको छ ।  विसं २०७१ चैतदेखि शुरु भएर जिल्लाका साविक २५ गाविसमा सञ्चालनमा रहेको कार्यक्रममार्फत नेपाल सरकार गरिबी निवारण कोषमार्फत आयआर्जन, भौतिक पूर्वाधार र जीविकोपार्जनको क्षेत्रमा समुदायमा गठन भएका संस्थामार्फत रु नौ करोड ३६ लाख ९९ हजार लगानी भएको कोषको नुवाकोट एकाइ संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले..

    आमा सुरक्षा कार्यक्रममा २० करोड रकम अपुग, निर्देशिका सशोधन गर्नु अत्यावश्यक

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार  आमा सुरक्षा कार्यक्रमअन्र्तगत दिइने गर्भवती उत्प्रेरण सेवा र सुत्केरीलाई यातायात खर्च अपुुग भएको छ ।  चालू आवको अन्तिम साता हुनै लाग्दा स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखामा सयभन्दा बढी स्थानीय तहले रकम अपुग भएको भन्दै निवेदन पठाएका छन् । स्वास्थ्यमा सुत्केरी हुने, आमा, नवजात शिशुको मृत्युदर घटाउन आमा सुरक्षा कार्यक्रम लागू गरिएको हो । सरकारले चालू आवमा आमा सुरक्षा..

    राष्ट्रिय जनमोर्चा पार्टीद्वारा विपद् व्यवस्थापन कोषमा सहयोग गर्न आह्वान

    मंगलवार, आषाढ १९, २०७५ साल
    काठमाडौँ, १९ असार राष्ट्रिय जनमोर्चाले पार्टीले बाढी र पहिराबाट पीडित जनतालाई राहत वितरणका लागि रकम संकलन गर्न विपद् व्यवस्थापन कोषको निर्माण गरेको छ ।  पार्टी अध्यक्ष चित्रबहादुर केसीले सो कोषमा सहायताका लागि आग्रह गर्दै क्षतिग्रस्त स्थानमा तुरुन्त उद्धार तथा राहतको व्यवस्था गर्न सरकार, प्रशासन र सबै तहका स्थानीय निकायसित विज्ञप्तिमार्फत माग गरेका छन् ।  वर्षाबाट पहाड र तराईमा हुने विपत्तिका लागि पूर्वसतर्कता अपनाउन..

    चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा पूँजीगत खर्च मात्र ५३ प्रतिशत !

    सोमबार, आषाढ १८, २०७५ साल
    काठमाडौँ, १८ असार चालु आर्थिक वर्ष सकिन १५ दिन बाँकी हुँदा पूँजीगत खर्च ५३ प्रतिशतमात्र भएको छ । विकास निर्माणका कार्यले गति लिन नसक्दा विकास खर्चले अपेक्षित गति लिन नसकेको हो ।  महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको यस अवधिमा रु तीन खर्ब ३५ अर्ब १७ करोड ५९ लाख ७० हजार पूँजीगत खर्च हुने लक्ष्य लिएकामा रु एक खर्ब ७८ अर्ब ४५..

    घरेलु तथा साना उद्यमीलाई २७ लाखको प्रविधि हस्तान्तरण

    सोमबार, आषाढ १८, २०७५ साल
    नगरकोट, १८ असार  भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करीब रु २७ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको छ ।  घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले भक्तपुर घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त प्रविधि हस्तान्तरण गरेको हो । उद्योग कार्यालयमा आइतबार आयोजित कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले साना उद्यमीलाई प्रविधि वितरण गरे ।  वितरत सामग्रीमा जुकी मेशिन..

    इलाममा एउटै उद्योगबाट वार्षिक ८० हजार किलो छुर्पी निर्यात

    आईतवार, आषाढ १७, २०७५ साल
    इलाम, १७ असार  दुई वर्षअघि स्थापित सेतोट्यामी दुग्ध उद्योग प्रालिले एक वर्षमा तीन लाख किलो अर्थात् तीन हजार क्विन्टल छुर्पी अमेरिका निर्यात गरेको छ ।  कुकुरको आहाराका रूपमा नेपालबाट अमेरिकामा निकासी हुँदै आएको छुर्पी (डगच्यू) उत्पादन गर्ने उक्त कारखाना इलाम नगरपालिका वडा नं १० मा छ ।  दैनिक तीन हजार ५०० देखि चार हजार लिटरसम्म दूध संकलन गरेर प्रशोधन गर्ने गरेको यो उद्योगमा..

    हुम्ला जिल्लाका सरकारी कार्यालयमा रु ३३ करोड ७३ लाख बेरुजु

    आईतवार, आषाढ १७, २०७५ साल
    सिमकोट, १७ असार आर्थिक वर्ष २०७३-७४ मा हुम्ला जिल्लाका सरकारी कार्यालयको बेरुजु रु ३३ करोड ७२ लाख ५५ हजार ४३९ रहेको महालेखा परीक्षकको कार्यालयले औँल्याएको छ । यो बेरुजु रकम जिल्लाका ३२ मध्ये १५ वटा सरकारी कार्यालय र पाँच वटा गाउँपालिकामा कूल बजेटको १६ प्रतिशत बेरुजु रहेको हो ।  गत आर्थिक वर्षमा जिल्लाको कूल बजेट रु दुई अर्ब ६७ करोड १४..

    मिठाई पसलमा साँझ आगलागी हुँदा ५ लाख बराबरको क्षति

    आईतवार, आषाढ १७, २०७५ साल
    गौशाला, १७ असार   महोत्तरी जिल्लाको मनरा नगरपालिका–७ सरपल्लो बजारमा एक मिठाई पसलमा शनिबार अबेर साँझ आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार शनिबार सरपल्लो बजारमा अवस्थित तलेश्वर साहको मिठाई पसलमा भीषण आगलागी भएको थियो ।  सो आगलगीमा परी मिठाई पसलभित्र रहेको मिठाई, नगद, भाँडाकुडा, फर्निचर र मिठाई पसलसमेत जलेर रु..

    केन्द्रीय पञ्जीकरण विभागद्वारा पारिवारिक लगत निर्माण कार्यक्रम सञ्चालन हुने

    शुक्रबार, आषाढ १५, २०७५ साल
    काठमाडौँ, १५ असार नेपालमा परिवारको वास्तविक संख्या यकिन गर्नका लागि ‘पारिवारिक लगत निर्माण’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  विश्व बैंकको सहयोगमा केन्द्रीय पञ्जीकरण विभागले देशभरिका परिवारको वास्तविक संख्या राख्नका लागि पारिवारिक लगत निर्माण संकलन गर्न थालेको हो ।  विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले चाँडै नै पारिवारिक लगत कार्यक्रम सञ्चालन गर्ने बताए ।  विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलले प्रत्येक स्थानीय तहमा..

    बहुमुल्य जडीबुटी यार्सागुम्बा हालसम्म दार्चुलाबाट ३० किलो निकासी

    शुक्रबार, आषाढ १५, २०७५ साल
    दार्चुला, १५ असार   यस वर्ष हालसम्ममा दार्चुला जिल्लाबाट ३० किलो यार्सागुम्बा जिल्ला बाहिर निकासी भएको छ ।  अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट ३० किलो यार्सागुम्बा निकासी पूर्जी दिइएकोमा सोही मात्रामा निकासी भएको सूचना अधिकारी पेम्बा शेर्पाले जानकारी दिए ।  प्रति निकासी पूर्जीको रु २५ हजारका दरले रु ७ लाख ५० हजार राजस्व सङ्कलन भएको उनले जानकारी दिए । दार्चुलाको यार्सागुम्बा छिमेकी राष्ट्र चीन, भारत,..

    उद्योगलाई प्रधान मानौँ, सरकार हातेमालो गर्न तयार छ : उद्योग मन्त्री यादव

    बिहिवार, आषाढ १४, २०७५ साल
    भीमदत्तनगर, १४ असार  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग सञ्चालनमा जोड दिन उद्योग÷व्यवसायीलाई आग्रह गरेका छन्  ।  बिहिबार कञ्चनपुरको भीमदत्तनगरमा कञ्चनपुर उद्योग वाणिज्य संघको २९औँ वार्षिक साधारणसभामा उद्योगमन्त्री यादवले उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाउन आग्रह गरे। “उद्योगलाई प्रधान र व्यापारलाई सहायक बनाएर आउनूस् सरकार हातेमालो गरेर जान तयार छ”, मन्त्री यादवले भने, “अब उत्पादनलाई जोड दिनुपर्ने बेला आएको छ ।”  हरेक..

    वैदेशिक रोजगारीका क्रममा ठगिएका पीडितलाई करीब ४ करोड बराबरको क्षतिपूर्ति

    बिहिवार, आषाढ १४, २०७५ साल
    काठमाडौँ, १४ असार  वैदेशिक रोजगारीका क्रममा ठगिएका १८५ पीडितले करीब रु चार करोड बराबरको क्षतिपूर्ति पाएका छन् ।  अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको पहलमा रोजगारका लागि विदेश गएर अलपत्र परेका तथा जाने प्रक्रियाका क्रममा स्वदेशमै ठगिएका पीडित तथा उनीहरुको आफन्तको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग, नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखालगायत सरोकार पक्षसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध भएको संघका अध्यक्ष..

    सिमीकोटको बजेट ३४ करोड २२ लाख, अन्तर्राष्ट्रिय लागूपदार्थविरुद्धको दिवस

    बुधबार, आषाढ १३, २०७५ साल
    हुम्ला, १३ असार  सिमीकोट गाउँपालिकाले आर्थिक वर्ष ०७५-०७६ को लागि नयाँ नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।  दोस्रो, गाउँसभाले सडक, शिक्षा, स्वास्थ्य, कृषि, विद्युत्, खानेपानी समेतलाई प्राथमिकता दिइएको छ ।  मंगलबार आयोजित कार्यक्रममा सिमिकोट गाउँपालिकाका उपाध्यक्ष वली रावतले रु ३४ करोड २२ लाख ११ हजार बराबरको बजेट प्रस्तुत गरे जसमा रु एक करोड एक लाख ११ हजार राजस्व असुली गर्ने लक्ष्य राखिएको..

    स्थानीय सरकारको नयाँ अभ्यास, सियारीको बजेट ३९ करोड सार्वजनिक

    मंगलवार, आषाढ १२, २०७५ साल
    बुटवल, १२ असार   रुपन्देही जिल्लाको सियारी गाउँपालिकाले आर्थिक वर्ष २०७५-०७६ का लागि रु ३९ करोड नौ लाख ८६ हजार बजेट सार्वजनिक गरेको छ ।  सियारी गाउँपालिकाको तर्फबाट तेस्रो गाउँसभामा गाउँसभा उपाध्यक्ष एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक अमृता गुरुङले सोमबार समग्र क्षेत्रगत प्रस्तावित नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए ।  स्थानीय सरकारको नयाँ अभ्यास भएको हुनाले गल्ती कमजोरीलाई सिकाइका रुपमा लिन..

    लहान नगपालिकाको बजेट एक अर्ब ३५ करोड सर्वसम्मतले पारित

    सोमबार, आषाढ ११, २०७५ साल
    लहान, ११ असार  सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि रु एक अर्ब ३५ करोड २५ हजार बजेट सर्वसम्मतले पारित गरेको छ ।  दोस्रो नगरसभामा नगरप्रमुख मुनी साहले बजेट प्रस्तुत गरेका थियो । करीब दुई लाख जनसंख्या रहेको लहान नगरपालिकाको समृद्धि र विकासका लागि प्रदेश र केन्द्र सरकारले बजेट विनियोजन गर्दा ध्यान दिनुपर्ने साहले बताए ।  नगरसभाको आइतबार कानूनमन्त्री शेरबहादुर तामाङले उद्घाटन..

    ​कम्प्युटर एशोसिएसन नेपाल महासंघद्वारा एक करोड ८३ लाखबराबरको छात्रवृत्ति प्रदान !

    आईतवार, आषाढ १०, २०७५ साल
    विराटनगर, १० असार  कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)ले सूचना प्रविधि अध्ययनका लागि यस वर्षका लागि रु एक करोड ८३ लाखबराबरको छात्रवृत्ति प्रदान गर्ने भएको छ ।  सूचना प्रविधिको विस्तार ग्रामीण क्षेत्रमा पुगोस् भन्ने उद्देश्यले गरीब तथा जेहन्दार विद्यार्थीलाई क्यान नेशनल आइसिटी स्कलरसिप–२०७५ प्रदान गर्न लागिएको बताइएको छ ।  क्यान तथा लर्ड बुद्ध एजुकेशन फाउण्डेशनद्वारा शनिबार साँझ यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा सात प्रदेशबाट..

    सांसदहरुद्वारा मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारलाई ध्यानाकर्षण

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार   संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको शुक्रबारको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  सांसद प्रकाश रसाइली, प्रेम सुवाल, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिका कारण कालोबजारी पनि बढेकाले यसलाई रोक्नुपर्नेमा जोड दिएका हुन् । उनिहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यस्को प्रभाब विभिन्न क्षेत्रमा पनि परेको र यसै विषयमा सडकमा आवाज उठाउने विद्यार्थी संगठनका..
    Results 1525: You are at page 37 of 51
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 Next Last
    Weather Forecast