बिहिवार, चैत्र २०, २०७६

    आर्थिक खबर

    साढे ११ हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्, यस्तो छ जरिवाना गर्ने व्यवस्था !

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौँ, १९ असोज  विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४-०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् ।  करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले जानकारी दिए ।  शिक्षकलाई साउनदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन अन्तिम समयसीमा तोकिएको थियो । उनका अनुसार स्थायी शिक्षकले किताबखाना र अस्थायी शिक्षकले जिल्लास्थित जिल्ला..

    भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै सिलिण्डर ग्यासको मूल्य घट्यो

    शुक्रबार, असोज १९, २०७५ साल
    भोजपुर, १९ असोज  भोजपुर–लेगुवा सडक खण्डको भाडासँंगै ग्यासको मूल्य घटाइएको छ । चाडबाड नजिकिएसँगै जिल्लाका सरोकार भएका निकायको बैठकले मूल्य तथा भाडादर घटाएको हो । भोजपुरलाई तराईका जिल्लासंँग जोड्ने भोजपुर–लेगुवा सडकको स्तरउन्नती भएसंगै भाडा एक सय रुपैया घटाएको हो ।  छैसठ्ठी किलोमिटरको सो सडक खण्डमा यात्रुले रु पाँच सय तिर्दै आएका थिए । त्यस्तै यही असोज २४ गतेदेखि लागु हुने गरी ग्यासको..

    न चोरी हुने डर न पैसाको झन्झट ! जलप लगाएका गहनाको बिक्री बढ्दो

    शुक्रबार, असोज १९, २०७५ साल
    दाङ, १९ असोज  चाडपर्र्व नजिकिँदै गर्दा यहाँका बजारमा सुनको जलप लगाएका गहनाको बिक्री बढेको छ ।  सुनको मूल्य महङ्गो भएकाले सर्वसाधारणले सुन किन्न नसक्दा सुनको जलप लगाएका गहनाको बिक्री बढेको हो । सुन महङ्गो धातु भएकाले निम्न तथा मध्यम वर्गका मानिसलले खरीद गर्न सक्दैनन् । जलप लगाएका गहनाको मूल्य पनि कम हुने र सुरक्षाका दृष्टिकोणले समेत सहज हुने गरेकाले यस्ता गहनाको बिक्रीमा..

    उपभोग्य वस्तुमा मूल्यवृद्धि, उपभोक्तासँगै व्यवसायी पनि आजित, बजार अनुगमन खोई ?

    शुक्रबार, असोज १९, २०७५ साल
    तुलसीपुर, १९ असोज  दैनिक उपभोग्य सामग्रीको मूल्य दिन प्रतिदिन बढिरहेको छ ।  एकाएक मूल्य बढ्दा उपभोक्तासँगै व्यवसायी पनि आजित भएका छन् । नेपालीको महान् चाडपर्व दशैँ, तिहार नजिकिँदै गर्दा उपभोग्य सामग्रीमा पनि निकै मूल्यवृद्धि भएको स्वयं व्यवसायी बताउँछन् । हाल बजारमा चिनी, तेल, आटा, मैदालगायतका वस्तुमा मूल्यवृद्धि भएको छ । जब चाडपर्व आउँछ सोही समयमा मूल्यवृद्धि हुँदा उपभोक्ता निकै मारमा पर्ने गरेको..

    जापान सरकारद्वारा विद्यालय क्षेत्र विकास कार्यक्रमलाई ३० करोड ८० लाख अनुदान

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौँ, १९ असोज  जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ३० करोड ८० लाख अनुदान उपलब्ध गराउने भएको छ ।  अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरे ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको आधारभूत तथा माध्यमिक शिक्षाको कार्यान्वयन गर्ने उक्त कार्यक्रमको उद्देश्य-गुणस्तरीयता..

    चालु आर्थिक वर्षमा सरकारको पूँजीगत खर्च कमजोर, लक्ष्यभन्दा बढी राजश्व

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज  चालु आर्थिक वर्षमा सरकारको पूँजीगत खर्च कमजोर देखिएको छ ।  यस आवको करीब तीन महिना सकिन एक साता बाँकी रहँदा तीन प्रतिशत अर्थात् २.८९ प्रतिशत पूँजीगत खर्च भएको पाइएको छ ।  सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय निकायले विकास निर्माणको कामलाई अगाडि बढाउन नसक्दा पूँजीगत खर्चको अवस्था कम हुन गएको हो । सरकारको चालू खर्चको मात्रा १०.९७ प्रतिशत रहेको छ..

    चिनीको मूल्य किलोको ६३ रुपैयाँ निर्धारण गर्न सरकारलाई सांसदको अनुरोध

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौँ, १८ असोज  प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको बैठकले बजारमा देखिएको चिनीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि एवं अभावसम्बन्धी अध्ययन गर्न एक उपसमिति गठन गरेको छ ।  समितिको बिहिबार यहाँ बसेको बैठकले सांसद लेखराज भट्टको संयोजकत्वमा गठित सो समितिमा सांसद प्रदीप यादव, पार्वता डिसी चौधरी, प्रेम आले र चन्दा चौधरी रहेका छन् । उपसमितिलाई सो विषयमा अध्ययन गरी समितिसमक्ष प्रतिवेदन बुझाउन एक हप्ताको समय..

    राष्ट्र बैंकको नयाँ नियम : अब १० किलोमाथि सुन खरिदमा गभर्नरकाे स्वीकृति अनिवार्य

    बिहिवार, असोज १८, २०७५ साल
    काठमाडौं, १८ असोज  नेपाल राष्ट्र बैंकले १० किलोग्रामभन्दा धेरै सुन र ८० किलोभन्दा धेरै चाँदी खरिद गर्नु परे गभर्नरबाट स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ ।  ५ किलो सुन र ५० किलो चाँदी खरिद गर्न भने मुद्रा व्यवस्थापन विभागबाट सोझै स्वीकृत लिन सकिने व्यवस्था कार्यविधिले गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) ले दिएको अधिकार प्रयोग..

    नियममा कडाइ गर्नुस् ! रुपैडिया बजारमा उपभोक्ता बढे, नेपालगञ्जमा व्यापारी रित्तो हात

    बुधबार, असोज १७, २०७५ साल
    नेपालगञ्ज, १७ असोज  दशैँ, तिहार नजिकिएसँगै बाँके जिल्लाको सीमापारी भारतीय बजार रुपैडियामा नेपाली उपभोक्ता बढ्न थालेका छन् । यता नेपालगञ्जका बजारका पसलमा भने दुई-चारजना ग्राहक आउँदा पनि व्यापारीका लागि देवतै आए जस्तै भएको छ ।  भारतीय बजार रुपैडियामा नेपालगञ्ज भन्दा सामान सस्तो पाइन्छ भन्ने नेपाली उपभोक्ताको बुझाइ छ । ‘दुई-चार सय भए पनि रुपैडियामा सामान सस्तो पर्छ र सबैखाले सामान पाइने भएकाले..

    परासीको पोखरापाली र मन्झरिया चोकमा १७ वर्षपछि बजार अनुगमन

    मंगलवार, असोज १६, २०७५ साल
    परासी, १६ असोज पश्चिम नवलपरासीको सदरमुकाम परासीबजारसँगै जोडिएको पोखरापाली र मन्झरिया चोकमा १७ वर्षपछि बजार अनुगमन भएको छ ।  रामग्राम नगरपालिका– ६ र १० मा पर्ने ती बजारमा यति लामो समयपछि अनुगमन गरिएको हो । यसअघिका अनुगमन शहर बजार केन्द्रीत हुँदा सो स्थानमा अनुगमन नै नभएको स्थानीय व्यवसायीले बताएका थिए ।  संयुक्त बजार अनुगमन समितिले मंगलबार आकस्मिक रुपमा गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा..

    राष्ट्रिय गौरवको आयोजना : सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा रकम वितरण शुरु

    सोमबार, असोज १५, २०७५ साल
    बेत्रावती, १५ असोज  राष्ट्रिय गौरवको आयोजनाका रुपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी’ सडक आयोजनाअन्तर्गत सडकको दायाँबायाँ पर्ने जग्गाको मुआब्जा रकम वितरण गर्न थालिएको छ । पहिलो चरणमा जिल्लाको साविकका तीन गाविस (दुईपिपल, रातमाटे र जिलिङ)मा मुआब्जा वितरण भइरहेको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले जानकारी दिए ।  ती स्थानको जग्गाको मूल्य रु दुई लाख ५० हजारदेखि तीन लाख २५ हजारसम्म तोकिएको छ । जिप्रकाका लेखापाल..

    बाराले बजार थेग्न नसकेपछि ३० प्रतिशत माछा भारतबाट आयात गर्नुपर्ने अवस्था

    सोमबार, असोज १५, २०७५ साल
    वीरगञ्ज, असोज १५ माछापालनका लागि उर्बरभूमि मानिएको बारामा वार्षिक रु दुई अर्ब ६३ करोड ७० लाख बराबरको माछा उत्पादन भए पनि ३० प्रतिशत माछा छिमेकी मुलुक भारतबाट आयात गर्नुपर्ने अवस्था छ । माछामा पर निर्भरता कायमै छ । प्रत्येक वर्ष बारामा १० हजार ३५ हेक्टर क्षेत्रफलमा माछापालन गरिँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना माछा सुपर जोन लागू भएको क्षेत्रमा..

    नेपाल प्रहरीमा भर्ना खुल्यो, ७ हजार २ सय ५६ जनालाई अवसर

    सोमबार, असोज १५, २०७५ साल
    काठमाडौं, १५ असोज प्रहरी प्रधान कार्यालयले झण्डै आठ हजार प्रहरीका लागि दरखास्ता आव्हान गरेको छ । नेपाल प्रहरीले ७ हजार २ सय ५६ रिक्त दरबन्दीमा भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायतका पदहरुमा सोमबार भर्ना आह्वान गरेको हो । प्रहरी निरीक्षक र सहायक निरीक्षकका लागि महानगरीय..

    चालु आर्थिक वर्षका लागि सिरहाको बजेट ७६ करोड आयव्यय सार्वजनिक

    आईतवार, असोज १४, २०७५ साल
    लहान, १४ असोज  सिरहा नगरपालिकाले चालु आर्थिक वर्ष २०७५-७६ को लागि रु ७५ करोड ९१ लाख आयव्यय सार्वजनिक गरेको छ ।  नगरसभाबाट लिएको नीति, कार्यक्रम र बजेट सार्वजनिक गर्न शनिबार आयोजित कार्यक्रममा नगर उपप्रमुख डा नमिता यादवले चालु आवको लागि सो बजेट पारित गरेको सार्वजनिक गरे । पूँजिगततर्फ वडा कार्यालयतर्फ रु १५ करोड ९० लाख, नगरपालिकातर्फ रु १२ करोड ८२ लाख, चालूतर्फ..

    भारतसँगको व्यापार - ६२ प्रतिशतको व्यापारमा ६३ प्रतिशत घाटा, अमेरिकासँग नाफा

    आईतवार, असोज १४, २०७५ साल
    काठमाडौं, १४ असोज  स्वदेशी उद्योगहरू पूर्ण रुपमा चल्न नसकेको अवस्था र नयाँ उद्योग स्थापना नभएको अवस्थामा व्यापार घाटा भने बढ्दै गएको हो ।  देशको व्यापार घाटा प्रत्येक महिना उच्‍चदरमा बढ्दै गएको छ । नेपालले व्यापार गर्ने १२५ राष्ट्रमध्ये करिब १०० राष्ट्रसँग व्यापार घाटामा रहेकोमा भारतसँगको असन्तुलन बढी देखिएको छ। तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा नेपाली बस्तुको निर्यात जम्मा आठ अर्ब ३२ करोड..

    निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर

    शनिबार, असोज १३, २०७५ साल
    काठमाडौँ, १३ असोज  निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ ।  नेपाल राष्ट्र बैङ्कले शनिबार निर्धारण गरेको मूल्यअनुसार अमेरिकी १ डलरको खरिद दर ११५ रुपैयाँ ६८ पैसा छ । बिक्री दर भने राष्ट्र बैंकले १२६ रुपैयाँ २८ पैसा तोकेको छ । यूरो १ को खरिद दर १३५ रुपैयाँ ४२ पैसा र बिक्री दर १३६ रुपैयाँ १२ पैसा तोकिएको छ..

    पहाडमा वस्तु तथा सेवाको मूल्य बढ्यो, पहाड, तराई र उपत्यकामा उपभोक्ता मुद्रास्फीति कति ?

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज  चालू आर्थिक वर्षको पहिलो महीनामा पहाडी क्षेत्रमा वस्तु तथा सेवाको मूल्य बढेको छ ।  नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५-७६ को पहिलो महीनाको तथ्याङ्कमा आधारित भएर शुक्रबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थामा पहाडी क्षेत्रमा वस्तु तथा सेवाको मूल्य बढेको पाइएको हो ।  सो अवधिमा उपभोक्ता मुद्रास्फीति पहाडमा ५.३ प्रतिशत, तराईमा ४.१ प्रतिशत, काठमाडौँ उपत्यकामा ३.५ प्रतिशत र..

    पश्चिम नवलपरासीका उुख किसान भुक्तानी लगायतका माग राख्दै आन्दोलित

    शुक्रबार, असोज १२, २०७५ साल
    नवलपरासी, १२ असोज  पश्चिम नवलपरासीका उुख किसान तीन सुत्रीय माग राख्दै आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानी लगायतका माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् ।  अघिल्लो वर्षको बक्यौता रकम पाउनुपर्ने, उखुको मूल्य निर्धारण समयमै गरिनुपर्ने र उद्योगले सुरुमै भुक्तानी तालिका सार्वजनिक गर्नुपर्ने माग राख्दै आन्दोलन थालेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेशचन्द्र यादवले बताए । उखु मिलले अघिल्लो..

    शैक्षिक कर्जा : बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिन राष्ट्र बैंकको निर्देशन

    शुक्रबार, असोज १२, २०७५ साल
    काठमाडौँ, १२ असोज : शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ ।  नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न निर्देशन दिएको प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए  ।  सरकारले चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी सहुलियत पूर्ण शैक्षिक कर्जा लिन पाउने व्यवस्था गरेको थियो । केन्द्रीय बैंकको..

    भूकम्पबाट घर क्षति भएका तनहुँका एक प्रतिशत लाभग्राहीले बुझे तेस्रो किस्ता

    बिहिवार, असोज ११, २०७५ साल
    दमौली, ११ असोज भूकम्पबाट घर क्षति भएका तनहुँका १ दशमलव १ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता वापतको रकम बुझेका छन् । भूकम्पबाट घर क्षति भएका तनहुँका १३ हजार ८२१ मध्ये १६१ लाभग्राहीले मात्रै तेस्रो किस्ताको रकम बुझेको राष्ट्रिय पुनः निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाई तनहुँले जनाएको छ । तेस्रो किस्ताको रकम वितरणका लागि रु एक करोड ६१ लाख निकासा भएको एकाईका..

    सदस्यको मन जित्दै चमेली सहकारी संस्थाद्वारा १५ प्रतिशत लाभांश वितरण

    बिहिवार, असोज ११, २०७५ साल
    भक्तपुर, ११ असोज  चमेली कल्याणकारी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७४-७५ मा रु ९५ लाख नौ हजार मुनाफा आर्जन गरेको छ ।  सूर्यविनायक नगरपालिका– १ र ४ को सिमाना बिरुवामा रहेको सो सहकारीको १६औँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष जनार्दन न्यौपानले शेयरधनी र सदस्यको मन जित्दै अगाडि बढ्न सफल भएकै कारण मुनाफा वृद्धि गर्न सफल भएको बताए । विसं २०७५ असार..

    नेपाल र मलेशियाबीच श्रम सम्झौताका सन्दर्भमा ‘ब्रेक–थ्रु’ हुने अपेक्षा

    बिहिवार, असोज ११, २०७५ साल
    काठमाडौँ, ११ असोज : नेपाल र मलेशियाबीच हुन लागेको श्रम सम्झौताको मस्यौदालाई अन्तिम रुप दिनका लागि नेपाली प्रतिनिधिमण्डल मलेशिया पुगेको  छ ।  नेपाल र मलेशियाबीच श्रम सम्झौता गर्नेसम्बन्धी समझदारी (एमओयु) को खाका तीन पटकसम्म आदानप्रदान भइसके पनि सम्झौताको केही बुँदामा सहमति जुट्न नसकेपछि गम्भीर छलफलका लागि नेपालबाट टोली मलेशिया गएको हो ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं वैदेशिक रोजगार..

    कोरिया सरकारले प्राविधिक तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई ५५ करोड अनुदान

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौँ, १० असोज  कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ ।  अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे ।  अनुदानस्वरुप प्राप्त हुने उक्त रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका साथै प्राविधिक संस्था र तिनका..

    प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न कोरिया सरकारद्वारा ५५ करोड अनुदान

    बुधबार, असोज १०, २०७५ साल
    काठमाडौँ, १० असोज कोरिया सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालीमको गुणस्तर अभिवृद्धि गर्न नेपाल सरकारलाई रु ५५ करोड अनुदान उपलब्ध गराउने भएको छ ।  अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत पार्क योङ सिक र अर्थसचिव राजन खनालले हस्ताक्षर गरे ।  अनुदानस्वरुप प्राप्त हुने उक्त रकम प्राविधिक तथा व्यावसायिक शिक्षाको गुणस्तरका साथै प्राविधिक संस्था र तिनका..

    तेजाब आक्रमणका पीडित दास परिवारलाई प्रदेश सरकारद्वारा ३ लाख राहत सहयोग

    मंगलवार, असोज ९, २०७५ साल
    धनुषा, ९ असोज  तेजाब आक्रमणमा परी मृत्यु भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप रु तीन लाख राहत दिने घोषणा गरेको छ ।  प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले मंगलबार आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उपचाररत मृतककी बहिनी सुिस्मता दासको उपचार र मृतकको राहतस्वरुप ‘बेटी बचाउ बेटी पढाउ’ योजनामार्फत उक्त रकम दिने घोषणा..

    सरकार सस्तो लोकप्रियताभन्दा पूर्णरुपले शासन गरेर प्रतिफल देखाउने पक्षमा छ : अर्थमन्त्री

    सोमबार, असोज ८, २०७५ साल
    बुटवल, ८ असोज  अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले प्रगतिशील कर प्रणाली अवलम्बन गरेको बताउँदै कुनै पनि निकायमा एकै खालको दोहोरो लाग्ने व्यवस्था सरकारले कहीँ कतै नगरेको स्पष्ट पारेका छन् । बुटवल उद्योग वाणिज्य सङ्घको ६५औँ साधारणसभाको सोमबार बुटवलमा उद्घाटन गर्नुहुँदै अर्थमन्त्री डा खतिवडाले भने, “आम्दानी हुनेले कर तिर्नुपर्छ र बढी आम्दानी हुनेले बढी कर तिर्नुपर्छ । यो नै प्रगतिशील कर प्रणाली..

    राष्ट्र बैंकले निर्धारण गरेको मूल्यअनुसार यस्ताे छ आजको मुद्रा विनिमय दर

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौँ, ८ असोज निरन्तर उकालो लागिरहेको अमेरिकी डलरको भाउ केही दिनयता स्थिर छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्धारण गरेको मूल्यअनुसार, अमेरिकी एक डलरको खरीद दर ११५ रुपैयाँ २२ पैसा छ भने बिक्री दर राष्ट्र बैंकले ११५ रुपैयाँ ८२ पैसा तोकेको छ । राष्ट्र बैंकले युरो एकको खरीद दर १३५ रुपैयाँ ३८ पैसा र बिक्री दर १३६ रुपैयाँ ०९ पैसा तोकेको छ ।..

    मूल्यवृद्धि विरुद्ध नेविसङ्घ आन्दोलित, राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन

    सोमबार, असोज ८, २०७५ साल
    काठमाडौँ, ८ असोज  चाडबाडका बेला पेट्रोलियम पदार्थको मूल्यवृद्धि तथा सवारी साधनमा बढाइएको भाडा फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी सङ्घले राजधानीका विभिन्न भागमा विरोध प्रदर्शन गरेको छ ।  काठमाडौँको प्रदर्शनीमार्ग, थापाथली क्याम्पस, पशुपति क्याम्पसलगायत क्षेत्रमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर, सार्वजनिक सवारी साधानमा बढाइएको भाडा फिर्ता गर, बलात्कारीलाई कारवाही गर, बढ्दो महँगी नियन्त्रण गर, कानूनी राज्यको पालना गरजस्ता नारा लगाएर विरोध गरिएको..

    सक्रिय साना कृषि सहकारीमार्फत लघुवित्त परियोजनामा चिनियाँ सहयोग

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  नेपालस्थित चाइना फाउण्डेशन फर पोभर्टी एलिभेशनले (सिएफपिए)नवलपुर जिल्लाको देवचुली नगरपालिकामा लघुवित्त कार्यक्रमका लागि सहयोग गरेको छ । स्थानीय सक्रिय साना किसान कृषि सहकारीमार्फत लघुवित्त कार्यक्रमका लागि रु ३७ लाख प्रदान गरेको उक्त संस्थाले जनाएको छ ।  सफा, सुनौलो नेपाल र सक्रिय साना किसान कृषि सहकारी संस्थासँगको सहकार्यमा महिला उद्यमशिलता सहयोग परियोजनाका लागि उक्त संस्थाको सहयोगमा कार्यक्रम शुरु गरिएको हो..

    निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको अर्थमन्त्री खतिवडाको भनाई

    शुक्रबार, असोज ५, २०७५ साल
    पोखरा, ५ असोज अर्थमन्त्री डा युवराज खतिवडाले जनमतको कदर गरेर जनताको चाहना, आकाङ्क्षा र समस्यालाई समाधान गर्नेतर्फ सरकार अग्रसर रहेको बताएका छन् । पोखरा उद्योग वाणिज्य सङ्घको ३२ औँ महाधिवेशनको उद्घाटन गर्दे उनले निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे । कर प्रणालीलाई सरलीकृत गर्ने सरकारको नीति रहेको जानकारी गराउँदै उनले करदातालाई उत्साहित गर्ने, कर नलिनु पर्नेमा कर नलिने र लिनुपर्नेमा..
    Results 1632: You are at page 36 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast