बिहिवार, चैत्र २०, २०७६

    आर्थिक खबर

    शेयरमा लगानी गर्ने अनुकुल समय ! रसुवागढी र साञ्जेनले शेयर बिक्री गर्दै

    बिहिवार, कार्तिक १५, २०७५ साल
    काठमाडौँ, १५ कात्तिक  रसुवामा निर्माणाधीन रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि शेयर बिक्रीको प्रक्रिया शुरु गरेको छ ।  स्थानीयवासीलाई शेयर बिक्री नगरिकनै ती कम्पनीले सर्वसाधारणलाई शेयर बिक्री गर्न लागेका हुन् । रसुवावासीले भूकम्पका कारण आफूहरु घर तथा आवास निर्माणमा लागेको र तत्काल रु एक अर्बभन्दा बढीको लगानी गर्न नसक्ने बताउँदै आएका छन् । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाले रु एक..

    मिथिला क्षेत्रमा तिहार पर्व केराखेती गर्ने किसानलाई राम्रो आयआर्जन

    बिहिवार, कार्तिक १५, २०७५ साल
    बर्दिवास, १५ कात्तिक  मिथिला क्षेत्रमा तिहार पर्व केराखेती गर्ने किसानलाई आयआर्जनसँगै गोडमेलको विशेष अवसर बन्ने गरेको छ । लक्ष्मीपूजाका दिन घर-घरमा केराका थामबाट स्वागतद्वार बनाइने चलन छ । किसानले त्यस अवसरमा केराको थाम बेच्ने गरेका छन् ।  कोथा छाँट्न किसान तिहार पर्खने गरेका छन् । “अन्यबेला केरा गोडमेलका लागि कोथा छाँट्दा छाँटिएका कोथा मिल्काउनसँगै त्यसमा लाग्ने श्रम बराबरको पारिश्रमिक पनि दिनुपर्ने हुन्छ,”..

    नागरिकलाई एकीकृत सम्पत्ति करबारे पढाउँदै बाँकेको खजुरा गाउँपालिका

    बुधबार, कार्तिक १४, २०७५ साल
    बाँके, १४ कात्तिक स्थानीय तहले अध्ययन नै नगरी करको दायरा बढाएको भन्दै नागरिकबीच सकारात्मक र नकारात्मक आलोचना भइरहेका बेला बाँकेको खजुरा गाउँपालिकाले नागरिकलाई एकीकृत सम्पत्ति करका बारेमा जानकारी दिन टोलटोलमा कर शिक्षा अभियान शुरु गरेको छ ।  सबैलाई करको दायरामा ल्याउन र करका विषयमा जानकार बनाउन टोलटोलमा कर शिक्षा दिइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किष्मतकुमार कक्षपतिले बताए ।  गत साउन १ गतेदेखि लागू भएको..

    नेपाल विद्युत् प्राधिकरण : सडक बत्ती वापतको २ करोड महसुल उठ्न बाँकी

    मंगलवार, कार्तिक १३, २०७५ साल
    पोखरा, १३ कात्तिक  नेपाल विद्युत् प्राधिकरणको पोखरा वितरण केन्द्रमा आर्थिक वर्ष २०७४-७५ मा सडक बत्ती वापतको विद्युत् महसुल रकम रु एक करोड ८६ लाख ३३ हजार ७८० उठ्न बाँकी देखिएको छ ।  सडक बत्तीको महसुल पोखरा महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने भए पनि हालसम्म प्राप्त भइनसकेको पोखरा वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार शाहले जानकारी दिए ।  उनका अनुसार केन्द्रबाट उक्त आर्थिक वर्षमा सडक बत्तीबाहेक ९९.२४ प्रतिशत..

    अल्पकालीन अवधिको स्रोत जुटाउन ४ अर्बको ट्रेजरी बिक्री गर्दै नेपाल राष्ट्र बैंक

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक  नेपाल राष्ट्र बैंकले मङ्गलबार रु चार अर्ब बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । बैंकले कूल ९१ दिन अवधिका लागि रु दुई अर्ब र एक वर्षका लागि रु दुई अर्ब गरी रु चार अर्बको ट्रेजरी जारी गर्न लागेको हो ।  ट्रेजरी बिल जारी गर्न केन्द्रीय बैंकले सोमबार एक सूचनामार्फत सोको जानकारी दिएको हो । बैंकका अनुसार ९१ दिने..

    यात्रुको अभाव भन्दै नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी भाग्यो 'एयर एशिया'

    सोमबार, कार्तिक १२, २०७५ साल
    काठमाडौँ, १२ कात्तिक    मलेसियाको जेट एयरलाइन्स एयर एशियाले नेपाल सरकारको करोडौँ रुपैयाँ बक्यौता नतिरी सेवा बन्द गरेको छ । काठमाडौँ–क्वालालम्पुर उडान भर्दै आएको एयर एशियाले यात्रुको अभाव रहेको भन्दै गत असोज २७ गतेदेखि उडान स्थगन गरेको हो ।    उक्त कम्पनीले एक वर्षका लागि काठमाडौँ गन्तव्यको व्यावसायिक उडान बन्द गरेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । एयर एशियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई रु..

    बाह्य लगानी भित्र्याउन सम्मेलन, ठूला लगानीकर्तालाई निमन्त्रणा गर्ने योजना

    आईतवार, कार्तिक ११, २०७५ साल
    इलाम, ११ कात्तिक जिल्लामा पर्याप्त सम्भावना बोकेका क्षेत्र भए पनि लगानी गर्न नसकेको भन्दै इलाम नगरपालिकाले यी क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गर्न लगानी सम्मेलन गर्ने भएको छ ।  बाह्य लगानी कम भएको भन्दै नगरपालिकाले नगरपालिकाभित्रका पाँच क्षेत्रमा आउँदो कात्तिक २५ गते ‘लगानी सम्मेलन’ गर्ने भएको हो । नगरका कृषिजन्य उद्योग, पर्यटन, उच्च शिक्षा, स्वास्थ्य क्षेत्र र जडीबुटी उद्योग शीर्षक राखेर गरिने सो..

    प्राकृतिक स्रोतको व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल हुनेमा प्रकाशशरण महतको जोड

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    पोखरा, ९ कात्तिक नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले प्राकृतिक स्रोतसाधनको समूचित व्यवस्थापनबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने बताएका छन् ।  नेपाली काङ्ग्रेस केन्द्रीय आर्थिक नीति मस्यौदा समितिको आयोजनामा शुक्रबार यहाँ आयोजित पार्टीको आर्थिक नीति सुझाव सङ्कलनका लागि प्रदेशस्तरीय कार्यशाला गोष्ठीको उद्घाटन गर्दै उनले आर्थिक समृद्धिका लागि स्रोतसाधनको उपयोग र उद्यमशीलता आवश्यक हुनेमा जोड दिए ।  बिपीको समाजवादी चिन्तन वर्तमानमा पनि उत्तिकै..

    विश्वका १ सय १२ देशसँग नेपालको व्यापार घाटा, नाफा २८ देशसँग मात्रै ! (तथ्याङ्क सहित)

    शुक्रबार, कार्तिक ९, २०७५ साल
    काठमाडौँ, ९ कात्तिक  विश्वका ११२ देशसँग नेपालको व्यापार घाटा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो तीन महीनाको विवरणमा विश्वका १४० देशमध्ये २८ देशसँग मात्रै नेपालको व्यापार नाफामा रहेको छ भने ११२ देशसँग घाटा रहेको छ । नेपालको सबैभन्दा धेरै व्यापार घाटा छिमेकी देश भारत र चीनसँग नै रहेको छ । पछिल्लो तीन महीनाको विवरणअनुसार..

    पुष्पखेतीबाट लगानी कटाएर करीब डेढ लाखदेखि २ लाख ५० हजारसम्म आम्दानी !

    बिहिवार, कार्तिक ८, २०७५ साल
    हेटौँडा, ८ कात्तिक प्रदेश नं ३ को मकवानपुर जिल्लाको उत्तरी भेगमा पर्ने भीमफेदी, इन्द्रसरोवर, राक्सीराङ्ग, कैलाश र मकवानपुरगढी गाउँपालिका तथा थाहा नगरपालिकाका विभिन्न वडामा स्थानीय कृषकले व्यावसायिक रुपमा फूलको उत्पादन शुरु गरेका छन् ।  ती क्षेत्रका कृषकले सयपत्री, मखमली, चमेली, गोदावरी र पारिजात नामका फूलखेती गरेका छन् । ती फूल अहिले काठमाण्डु, ललितपुर कास्की, रुपन्देही, चितवन र मकवानपुरका बजारमा बिक्रीवितरण भइरहेकोे..

    बढ्दो महंगी : ज्याला वृद्विको माग, कृषि अनुसन्धान केन्द्रका मजदुर आन्दोलनमा उत्रिए

    बुधबार, कार्तिक ७, २०७५ साल
    खजुरा, बाँके, ७ कात्तिक : ज्याला वृद्विको माग गर्दै बाँके जिल्लाको खजुरास्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्र ९नार्क०मा कार्यरत दैनिक ज्यालादारी मजदुर आन्दोलनमा उत्रेका छन् ।  सरकारले तोकेको न्यूनतम तलब ९पारिश्रमिक० नपाएको बताएका उनीहरूले राजपत्रमा प्रकाशित भए बमोजिमको दैनिक ज्याला पाउनुपर्नेमा जोड दिँदै मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका हुन् । मजदुर भरत नेपालीले अहिले दैनिक काम गरेबापत रु ३७५ मात्र पाउँदै आएको बताए ।  राजपत्रमा दैनिक..

    सुनको मूल्यमा वृद्धि भएसँगै कारोवारमा पनि कमी, मागभन्दा आपूर्ति अत्याधिक !

    मंगलवार, कार्तिक ६, २०७५ साल
    काठमाडौँ, ६ कात्तिक पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ । गत वर्ष बडादशँैमा दैनिक ५० किलो सुनको कारोवार भएकामा यस पटक दैनिक करीब ३० किलोको कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  अघिल्लो वर्ष घटस्थापनादेखि फूलपातीसम्म सुनको दैनिक माग करीब ५० किलो भए पनि सोहीअनुसारको आपूर्ति भई सन्तुलन कायम भएको थियो । अहिले सोही..

    दशैंमा नयाँ नोट छाप्दा ७९ करोड स्वाहा, ३ महिनामा ४१ करोड ५४ लाख प्रति नयाँ नोट छापियो

    सोमबार, कार्तिक ५, २०७५ साल
    काठमाडौँ, ५ कार्तिक दशैंका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्दा नेपाल राष्ट्र बैंकलाई ७८ करोड ९० लाख रुपैयाँ अतिरिक्त भार परेको छ । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्मको तीन महिनामा ४१ करोड ५४ लाख प्रति विभिन्न दरका नयाँ नोट छापिएको राष्ट्र बैंकले जनाएको छ । यसै अवधिमा ५ रुपैयाँ दरका ९ करोड ४२ लाख ५० हजार थान, १० रुपैयाँको ९ करोड ७२..

    यसवर्ष च्याङ्ग्रा महँगियो, कम आउनु, ठाँउठाँउमा कर तिर्नुपर्ने लगायतका कारण

    सोमबार, असोज २९, २०७५ साल
    बागलुङ, २९ असोज : यस दशैँमा च्याङ्ग्राको भाउ महँगिएको छ । गत वर्षको तुलनामा रु चार हजार बढीमा च्याङ्ग्रा खरीद गरेको यहाँका व्यवसायीले बताएका छन् ।  च्याङ्ग्रा कम आउनु, ठाँउठाँउमा कर लिर्नुपर्नेजस्ता कारणले मूल्य बढेको हो । चिनियाँ मुद्राको भाउ बढ्दा पनि च्याङ्ग्रा महँगिने गरेको बताइन्छ । च्याङ्ग्रा रु २७ हजारमा बेचेको व्यवसायी महेन्द्र केसीले बताए ।  “रु २३ हजार मुस्ताङमै प¥यो” उनले..

    सङ्कलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनलाई !

    आईतवार, असोज २८, २०७५ साल
    चितवन, २८ असोज भरतपुर महानगरपालिका क्षेत्रभित्रबाट सङ्कलन भएको व्यावसायिक करमध्ये ५ प्रतिशत उद्योग वाणिज्य सङ्घ चितवनले पाउने भएको छ । महानगरपालिका र सङ्घबीचमा यसै आर्थिक वर्षबाट लागू हुने गरी सोसम्बन्धी सम्झौता भएको हो । दुई संस्थाको बीचमा भएको सम्झौतामा सङ्घले व्यवसाय दर्ता गर्न उत्प्रेरित गर्ने, कर सम्बन्धी ऐन, नियम तथा मापदण्डका सम्बन्धमा व्यवसायीलाई जानकारी गराउने, बक्यौता कर उठाउनेलगायतका कार्यमा सहयोग गर्नेछ..

    मेलसिया जाने योजना बनाएका नेपालीलाई खुशीको खबर, कात्तिक १२ गतेबाट मलेसिया जान पैसा नलाग्ने

    आईतवार, असोज २८, २०७५ साल
    काठमाडौँ, २८ असोज अन्ततः मलेसियासँग श्रम सम्झौता हुने भएको छ । सम्झौताका बुँदा सहमति जुटे पनि सम्झौतामा हस्ताक्षर हुन बाँकी रहेका बेला मलेसियाका मानव संशाधन मन्त्री नेपाल आएर सम्झौतामा हस्ताक्षर गर्ने भएका हुन्   । मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरन  यही कात्तिक १२ गते काठमाडौं आउन लागेको श्रममन्त्री गोकर्ण विस्टका प्रेस संयोजक मदन खनालले जानकारी दिए । उनले मलेसियालीमन्त्रीको नेपाल भ्रमणका अवसरमा नेपाल..

    दशैँमा पनि तलब पाएनन् कर्मचारीले, कार्यालयको अख्तियारी नै नआएपछि समस्या

    आईतवार, असोज २८, २०७५ साल
    बैतडी, २८ असोज : दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले बताएका छन् ।  दशैँको मुखमासमेत तलब नपाउँदा आफूहरूलाई निकै समस्या भएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए । भूमि व्यवस्था, कृषि तथा सहकारी..

    डिकी एवं छतभित्र पशुपक्षी ढुवानी गरे कारवाही, मापदण्ड पालना गर्न व्यवसायीसँग आग्रह​

    शनिबार, असोज २७, २०७५ साल
    काठमाडौँ, २७ असोज  : पशुसेवा विभागले पशुसेवा ऐन २०५५, नियमावली २०५६ तथा पशु ढुवानी मापदण्ड २०६४ पालना गर्न व्यवसायीसँग आग्रह गरेको छ ।  देशभित्र उत्पादित पशु, पशुजन्य पदार्थ वा पशु उत्पादन सामग्री एक जिल्लाबाट अर्को जिल्लामा ओसारपसार गर्दा अनिवार्य उत्पत्तिकोे प्रमाणपत्र, दर्तावाल पशुचिकित्सकबाट जारी भेटेनरी प्रमाणपत्र साथमा राख्न, बाह्य मुलुकबाट पशु–पक्षी तथा उत्पादनका सामग्री आयात–निर्यात गर्दा क्वारेन्टाइन चेकपोष्टमा जाँच गराई प्रमाणपत्र लिन..

    विभागद्वारा ‘द कोरियन सप’मा शिलबन्दी, ५००% सम्म बढी मूल्य लिएर सामान बेचेको भेटियो

    शुक्रबार, असोज २६, २०७५ साल
    काठमाडौँ, २६ असोज :  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा शुक्रबार शिलबन्दी गरेको छ ।  विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो । कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी शिलबन्दी गरिएको विभागका शाखा अधिकृत..

    हुम्लाको सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा नयाँ नोटको अभाव

    शुक्रबार, असोज २६, २०७५ साल
    हुम्ला, असोज २६ नेपालीको ठूलो चाड बडादशैं लागेसँगै जिल्ला सदरमुकाम सिमकोटमा रहेको एक मात्र राष्ट्रिय वाणिज्य बैंकमा खुद्रा पैसाको अभाव भएको छ । यस वर्ष दशैँमा राष्ट्र बैंकले पैसा नपठाउँदा खुद्रा पैसाको अभाव देखिएको हो । दशैँको घटस्थापना शुरु भएपछि ग्राहक नयाँ नोटको खोजीमा बैंकमा लिन आए पनि बैंकसँग पर्याप्त मात्रामा नोट नहुँदा दिन नसकिएको वाणिज्य बैंक सिमकोट शाखाका निमित्त प्रबन्धक..

    आइतबारसम्म सम्पत्ति विवरण बुझाउन निर्देशन दिएपनि ४ सय १० स्थानीय तहले बुझाएनन्

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ असोज ४ सय १० स्थानीय तहले आफ्ना जनप्रतिनिधिको सम्पत्ति विवरण हालसम्म उपलब्ध गराएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक तथ्याङ्क उपलब्ध गराउन ताकेता गरेपनि नबुझाएको कम्प्युटर अधिकृत एकराज पोखरेलले बताए । पोखरेलका अनुसार स्थानीय तहले सम्पत्ति विवरण सङ्कलन गरे पनि केन्द्रलाई बुझाएका छैनन् । एक सय ४३ स्थानीय तहका ४५ हजार ७७८ मध्ये ४५ हजार २७३ जनप्रतिनिधिले मात्र केन्द्रलाई..

    विश्व बैंकद्वारा नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधारकालागि २३ अर्ब ऋण सहयोग

    बिहिवार, असोज २५, २०७५ साल
    काठमाडौँ, २५ असोज  विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब रु २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।  विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको बालीमा जारी वार्षिक बैठकका बेला उक्त रकमऋण सहयोग गर्ने समझदारी भएको हो । अर्थमन्त्री युवराज खतिवडा तथा बैंकको दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा अर्थमन्त्रालय आर्थिक सहायता समन्वयन महाशाखाका..

    रसिया लगेर काम लगाइदिन्छु भन्दै ४५ लाख झ्वाम पार्ने ३ जना पक्राउ

    बुधबार, असोज २४, २०७५ साल
    काठमाडौँ, २४ असोज  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसिया लगेर काम लगाइदिन्छु भन्दै गठी गर्ने तीनलाई बुधबार पक्राउ गरेको छ । रसियाको अर्गानिक कृषि फर्ममा कामदार चाहिने भनेर प्रतिमहिना रु एक हजार अमेरिकी डलर तलब पाइन्छ भन्दै पेश्कीस्वरुप प्रतिव्यक्ति रु एक लाखदेखि दुई लाख लिई ठगी गरेको सूचनाका आधारमा ब्यूरोले तीन जनालाई पक्राउ गरेको हो । हालसम्म ३९ पीडितबाट रु ४५ लाख ११..

    अमेरिका र चीनबीचको व्यापार तनावको असर - विश्वको आर्थिक वृद्धिदर ३.७ प्रतिशत : मुद्रा कोष

    मंगलवार, असोज २३, २०७५ साल
    वासिङ्टन, २३ असोज  अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको छ । आगामी वर्ष आर्थिक वृद्धिमा कमी आउन सक्ने कोषको भनाइ छ ।  संयुक्तराज्य अमेरिका र चीनबीचको बढ्दो व्यापार तनावले व्यापार क्षेत्रको वृद्धिमा कमी आउने भएकाले पनि कोषले सन् २०१८ र..

    फलफूल व्यापारी भन्छन् - मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन्

    मंगलवार, असोज २३, २०७५ साल
    पोखरा, २३ असोज  “मुस्ताङका स्याउ पाएसम्म सर्वसाधारणले अरु खोज्दैनन्,”–पोखराको चिप्लेढुङ्गास्थित लेखनाथ भरतपोखरी फलफूल सेन्टरकी सञ्चालिका शान्तिमाया पौडेलले भने ।  उनका अनुसार यतिखेर पोखराको बजारमा मुस्ताङका स्याउ भित्रिइसकेको छ, माग पनि निकै छ ।  फलफूल बिक्री केन्द्रका साथै डोकोमा स्याउ बोकेर बेच्न हिँड्ने व्यापारी पनि मुस्ताङको स्याउ भन्दै ग्राहकलाई आकर्षित गरेका देखिन्छन् । मुस्ताङका स्याउ प्रतिकिलो रु १५० देखि १८० सम्म बिक्री भइरहेको पौडेलले..

    तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न थप जग्गाको लागि डेढ करोड मुआब्जा वितरण

    मंगलवार, असोज २३, २०७५ साल
    दमौली, २३ असोज  एक सय चालिस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गर्न आवश्यक थप जग्गाको लागि रु एक करोड ६३ लाख मुआब्जा वितरण गरिएको छ ।  आयोजनाले अधिग्रहण गर्न लागेको व्यास नगरपालिका–५ वेतेनीको ५० रोपनी जग्गाको मुआब्जा वितरण गरिएको आयोजनाका इञ्चार्ज इञ्जिनीयर विदुर अधिकारीले जानकारी दिए । प्रभावित ६२ परिवारमध्ये १२ परिवारले मुआब्जाबापतको रकम बुझेका छन् । आयोजनाले ५० रोपनी जग्गा..

    दशैँका लागि मुस्ताङबाट मात्रै अहिलेसम्म १६ हजार भन्दा बढी भेडाच्याङ्ग्रा बिक्री

    मंगलवार, असोज २३, २०७५ साल
    मुस्ताङ, २३ असोज : दशैंका लागि मुस्ताङबाट १६ हजार भेडाच्याङ्ग्रा बिक्री गरिएको छ । म्याग्दी, कास्की, बागलुङ, पर्वत, चितवन, तनहुँ, लमजुङ, स्याङजा, काठमाडौँ लगायतका व्यापारीले मुस्ताङबाट भेडाच्याङ्ग्रा खरिद गरेका हुन् ।  मुस्ताङमा एउटा च्याङग्रा रु १७ हजारदेखि रु २२ हजार तथा भेडा रु १४ हजारदेखि रु १७ हजारका दरले खरिद बिक्री भइरहेको छ । प्रतिकिलो रु ५३० का दरले च्याङ्ग्रा खरिद..

    भारतमा इन्धनको मूल्य लगातार वृद्धि, थाहापाउनुहोस् पेट्रोल र डिजेलको मूल्य !

    सोमबार, असोज २२, २०७५ साल
    नयाँदिल्ली, २२ असोज  भारतमा इन्धनको मूल्य लगातार वृद्धि भइरहेको छ । पेट्रोल र डिजेलको मूल्य सोमबार क्रमशः भारतीय २१ पैसा र २९ पैसाले वृद्धि भएको छ ।  नयाँदिल्लीमा पेट्रोलको मूल्य प्रति लिटर भा.रु. ८२.०३ (नेरु.१३१.२५) र डिजेलको मूल्य भा.रु. ७३.८२ (नेरु ११८.११) पुगेको छ ।  मुम्बईमा पेट्रोलको मूल्य भा.रु. ८७.५० र डिजेलको मूल्य भा.रु. ७७.३७ तोकिएको छ ।  सेप्टेम्बर ४ मा भारतीय अर्थमन्त्री अरुण..

    कुखुरापालनमा यसरी बाहिरियो बीस अर्ब ! माग धान्न नसकेपछि विदेशबाट आयात

    आईतवार, असोज २१, २०७५ साल
    चितवन, २१ असोज  कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा तिलचन्द्र भट्टराईकाअनुसार दानाका कच्चा पदार्थमा मात्रै वार्षिक रु १६ अर्बभन्दा बढी रकम विदेशिने गरेको छ..

    नेपाल राष्ट्र बैंकद्वारा आजबाट नयाँ नोट वितरण शुरु, कहाँ–कहाँ पाइन्छ साट्न ?

    आईतवार, असोज २१, २०७५ साल
    काठमाडौं, २१ असोज  नेपाल राष्ट्र बैंकले आईतबारबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आईतबारबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको हो । नयाँ नोट राष्ट्र बैंकको केन्द्रीय, क्षेत्रीय कार्यालय तथा केही वाणिज्य बैंकहरुबाट सटही गर्न सकिनेछ । राष्ट्र बैंकका अनुसार, सर्वसाधारणले नेपाल बैंकको न्यूरोड, कीर्तिपुर, महाराजगञ्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र,..
    Results 1632: You are at page 35 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast