मंगलवार, भाद्र ३, २०७६

    आर्थिक खबर

    प्रवासी नेपालीले मेरुदण्ड पक्षघातबाट पीडितलाई रु एक लाख सहयोग

    आईतवार, बैशाख ९, २०७५ साल
    फलेवास, पर्वत, ९ वैशाख कुश्मा नगरपालिका–२ खुर्काटका मेरुदण्ड पक्षघातबाट पीडित युवालाई प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन् ।  बारीमा मकै छर्ने बेला गोरुले हानेर लडेपछि मेरुदण्ड पक्षघातबाट पीडित बन्दै अएका माधव गिरीलाई अमेरिकामा बस्दै आएका प्रवासी नेपालीले रु एक लाख पाँच हजार आर्थिक सहयोग गरेका हुन् । सकारात्मक परिवर्तनका लागि हातेमालो अभियानअन्तर्गत पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीसँंग संकलन गरिएको रकम..

    चितवन राष्ट्रिय निकुञ्जको ७० करोड आम्दानी मध्यवर्ती क्षेत्रका बासिन्दालाई दिने !

    शुक्रबार, बैशाख ७, २०७५ साल
    चितवन, ७ वैशाख चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रका बासिन्दालाई समेटेर मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति गठन भएयता निकुञ्जको आम्दानीबाट रु ७० करोडभन्दा बढी मध्यवर्ती क्षेत्रका बासिन्दाले पाएका छन् । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार २०५३ सालमा समिति गठन भएपछि त्यसको दुई वर्षपछि मध्यवर्तीका बासिन्दाले आम्दानी उपभोग गर्न पाएका हुन् । निकुञ्ज र मध्यवर्तीका बासिन्दाका बीचमा द्वन्द्व बढ्दै गएपछि यसलाई निराकरण गर्न समिति..

    आन्तरिक राजश्व कार्यालय पोखराद्वारा छ अर्ब २९ करोड राजश्व संकलन !

    शुक्रबार, बैशाख ७, २०७५ साल
    पोखरा, ७ वैशाख आन्तरिक राजश्व कार्यालय पोखराले चालु आवको चैत मसान्तसम्म रु छ अर्ब २९ करोड राजश्व संकलन गरेको छ । साउनदेखि चैत मसान्तसम्म राजश्व संकलनको लक्ष्य रु छ अर्ब पाँच करोड रहेकामा प्रगति बढेर १०४ प्रतिशत पुगेको कार्यालयका कर अधिकृत विजय लामिछानेले जानकारी दिए । पोखरा कार्यालयबाट स्थायी लेखा नम्बर लिएका एक लाख २३ हजार ६६७ करदातामध्ये व्यावसायिक स्थायी लेखा नम्बर लिने..

    आमा गुमाएका बाँस्कोटाले दिए रु ३० लाखभन्दा बढी सहयोग

    बिहिवार, बैशाख ६, २०७५ साल
    तेह्रथुम, ६ वैशाख आर्थिक अभावका समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा रु ३० लाखभन्दा बढी पैसा खर्च गरे ।  आर्थिक उपार्जनकै लागि खाडी मुलुक इजरायलमा कार्यरत बाँस्कोटाले १० वर्षको अवधिमा यत्तिका धेरै रकम अरुलाई सहयोगमै खर्च गरेका छन् । दशकअघि गाउँकै साहुसँग चर्को ब्याजदरमा ऋण खोजेर खाडीमुलुक कतार पुग्नुभएका बाँस्कोटाले पहिलो महिनाको कमाइबाटै..

    चुनढुंगाको सही सदुपयोग गर्न मन्त्री बैजनाथ चौधरीको सुझाव

    बुधबार, बैशाख ५, २०७५ साल
    लिबाङ, रोल्पा, ५ वैशाख  प्रदेश नं ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताएका छन् ।  यहाँ उत्पादित चुनढुंगाले विकास निर्माणका काममा मात्र नभएर आर्थिक समृद्धितर्फ पनि जिल्लालाई लैजान सक्ने उनको ठम्याइ छ । उनका अनुसार रोल्पामा भएको चुनढुंगा रोल्पा तथा आसपासका क्षेत्रमा सञ्चालित सिमेन्ट कारखाना पुर्याउन सके यसले जिल्लालाई..

    जुम्ला सदरमुकामको केन्द्रित बजार तथा शहरको दैनिक कारोबार ५० प्रतिशतले घट्यो

    मंगलवार, बैशाख ४, २०७५ साल
    जुम्ला, ४ वैशाख संघीयता कार्यान्वयन तहमा गएसँगै स्थानीय सरकार गठन भएको एक वर्ष पुग्दैछ ।  गत असारको मसान्ततिर नगर तथा गाउँसभा भएर आर्थिक वर्ष २०७४-७५ को नीति, बजेट तथा कार्यक्रम तर्जुमा भयो । त्यसको लगत्तै साउन १ गते नै सरकारले मुलुकभरिका सबै स्थानीय तहमा एक तिहाइ बजेट निकासा दियो ।  सरकारका जिल्ला तथा गाउँसम्म रहेका स्थानीय निकायहरु स्थानीय तहमा परिणत भइसकेपछि सदरमुकाम केन्द्रित..

    माओवादीका पूर्व लडाकु आर्थिक क्रान्तिमा जुटे, व्यवसायले फेर्‍यो जनयुद्धले फेर्न नसकेको जीवन !

    सोमबार, बैशाख ३, २०७५ साल
    सुर्खेत, ३ वैशाख स्वैच्छिक अवकाश रोजेका माओवादीका पूर्व लडाकु अहिले आर्थिक क्रान्तिमा जुटेका छन् । स्वैच्छिक अवकाश रोजेका कर्णाली प्रदेशका उनीहरुले विभिन्न व्यवसायमा लागेर आर्थिक समृद्धिको बाटो रोजेका हुन् । माओवादी सशस्त्र द्वन्द्वको उद्गम थलोका रुपमा रहेको कर्णाली प्रदेशबाट करीब तीन हजार २०० को हाराहारीमा क्यान्टोनमेन्ट छिरेकामध्ये अधिकांश लडाकुले स्वैच्छिक अवकाश रोजेका थिए । स्वैच्छिक अवकाश रोजेकामध्ये कुनै समय हतियार खेलाउने सुर्खेत..

    आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता, स्थिर सरकार बनेकाले औद्योगिक क्षेत्रमा लगानी !

    सोमबार, बैशाख ३, २०७५ साल
    काठमाडौँ, ३ वैशाख उद्योग विभागमा चालू आर्थिक वर्षको आठ महिनामा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् । विभागले दिएको जानकारीअनुसार फागुन मसान्तसम्म ठूला १०, मझौला चार र साना १८० उद्योग दर्ता भएका हुन् । विदेशी लगानीका साना उद्योग, स्वदेशी तथा विदेशी लगानीका मझौला र ठूला उद्योग गरी विभागले १९४ उद्योग दर्ता गरेको हो । स्वदेशी लगानीका साना उद्योग भने घरेलु तथा..

    नारायणहिटी सङ्ग्रहालयबाट २३ करोड राजश्व संकलन, नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाद्वारा अवलोकन

    आईतवार, बैशाख २, २०७५ साल
    काठमाडौँ, २ वैशाख नारायणहिटी दरबार सङ्ग्रहालय सर्वसाधारणलाई अवलोकनका लागि खुला भएको नौ वर्षमा २७ लाख ३१ हजार ४८५ जनाले अवलोकन गरिसकेका छन् । विसं २०६५ जेठ १५ मा गणतन्त्र स्थापना भएपछि सोही वर्षको फागुन १६ गतेदेखि सर्वसाधारणलाई नारायणहिटी दरबार अवलोकनका लागि खुला गरिएको थियो । नेपाली विद्यार्थी ११ लाख ४५ हजार ५१०, नेपाली सर्वसाधारण १३ लाख ६५ हजार ९१, चीनसहित सार्क मुलुकका एक..

    प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५ शनिवार बाट शुरु

    शनिबार, बैशाख १, २०७५ साल
    काठमाडौँ, १ वैशाख  ‘प्रथम राष्ट्रिय आर्थिक गणना–२०७५’  शनिवार बाट शुरु भएको छ ।  केन्द्रीय तथ्यांक विभागले आगामी जेठ ३१ गतेसम्म सञ्चालन गर्ने सो गणनाका उद्देश्य केन्द्र, प्रदेश तथा स्थानीयतहसम्म योजना तर्जुमा र नीति निर्माण गर्नका लागि आधारभूत आर्थिक तथ्यांक उपलब्ध गराउन, मुलुकको राष्ट्रिय लेखा प्रणालीको सुदृढीकरण गर्न, सम्बन्धित क्षेत्रका उद्योगी, व्यवसायी, लगानीकर्ता र प्राज्ञिक अनुसन्धानकर्ता तथा अन्य तथ्यांक प्रयोगकर्तालाई क्रमशःव्यवसाय समृद्धिका लागि नीति..

    कटारीमा सञ्चालन भइरहेको बाल महोत्सवमा १५ लाखको आर्थिक कारोबार

    शनिबार, बैशाख १, २०७५ साल
    गाईघाट, उदयपुर, १ वैशाख उदयपुर कटारी नगरपालिकास्थित कटारी बजारको टाइगर रंगशालामा सञ्चालन भइरहेको बाल महोत्सवमा तीन दिनभित्र झण्डै रु १५ लाख बराबरको आर्थिक कारोबार भएको छ । चैत २८ गतेदेखि सञ्चालन भइरहेको सोे महोत्सवमा बाल अधिकारसंग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन तथा स्थानीयस्तरबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्रीजस्ता कार्यबाट सो रकमको कारोबार भएको आयोजक जनप्रेमी युवा मञ्च उदयपुरले जनाएको छ । दस दिनसम्म..

    भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको औद्योगिक मेलामा तीन करोडको कारोबार

    शनिबार, बैशाख १, २०७५ साल
    भक्तपुर, १ वैशाख भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु तीन करोडभन्दा बढीको व्यापार भएको छ ।  नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भइरहेको मेलामा हालसम्म ६० हजारभन्दा बढीले अवलोकन गरेको र दैनिक उपभोग्य सामग्रीका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा रु तीन करोडभन्दा बढीको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी..

    नीति विपरीत छुट दिइएकोमा महालेखापरीक्षक कार्यालयको आपत्ति

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत महालेखापरीक्षकको कार्यालयले विभिन्न वस्तु तथा सेवा आयातमा भन्सार छुट दिइएको जनाएको छ।  सो कार्यालयले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको ५५औँ वार्षिक प्रतिवेदनमा भन्सार विभागको आसिकुडालगायत प्राप्त विवरणका आधारमा विभिन्न संस्थालाई वस्तु तथा सेवा पैठारी प्रयोजनमा रु ५३ अर्ब सात करोड ६५ लाख राजश्व छुट दिएको देखिएको जनाएको छ।  यस्तै अतिरिक्त घिउ, तेल, मोबाइल आदि निर्यात गर्दा राज्यकोषमा प्राप्त भएको मूल्य..

    मोरङ र सुुनसरीमा सञ्चालित इँटा भट्टामा वर्षाले ३५ करोडको इँटा क्षति

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    विराटनगर, ३० चैत  केही दिनदेखि दैनिक रुपमा भइरहेको वर्षाका कारण मोरङ र सुुनसरीमा सञ्चालित इँटा भट्टामा रु ३५ करोड मूल्य बराबरको काँचो इँटा क्षति भएको छ ।  वर्षाका कारण इँटा भट्टामा पोल्नका लागि ठिक पारिएको काँचो इँटामा क्षति पुगेको हो । कोशी इँटा व्यवसायी संघका अध्यक्ष महेन्द्र साहले पानीले काँचो इँटा काम नलाग्ने भएर क्षति पुुगेको बताए ।  आनन्द इँटा उद्योग मोरङका सञ्चालक..

    समृद्धिको मार्गप्रशस्त गर्न साना उद्योगको भूमिका महत्वपूर्ण : राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटा

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मुलुकले लिएको आर्थिक समृद्घि र विकासको मार्गप्रशस्त गर्न लघु, घरेलु तथा साना उद्योगको भूमिका महत्वपूर्ण रहेको बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधिमण्डलसँग मन्त्रालयमा कुरा गर्दै उनले मुलुकको समृद्घिको यात्रामा निजी क्षेत्र र सरकार सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका यस्ता उद्योगको विकासमा सरकार प्रतिबद्घ..

    काठमाडौँ ट्रेड युनियन काँग्रेसमा देवीप्रसाद भुसाल ८२४ मत ल्याई निर्वाचित

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    काठमाडौँ, ३० चैत नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको अध्यक्षमा देवीप्रसाद भुसाल निर्वाचित भएका छन् । युनियनको छैँटौँ जिल्ला अधिवेशनको भर्खरै सम्पन्न मतगणनाअनुसार भुसालले ८२४ मत ल्याई निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिद्वन्द्वी भगवती फुयाँललाई १८ मतले पछि पार्दै निर्वाचित भएका निर्वाचन अधिकृत जयराम श्रेष्ठले जानकारी दिए। यस्तै, उपाध्यक्ष खुल्लामा ईश्वरकृष्ण घिमिरे, महिला उपाध्यक्ष तारादेवी केसी, सेवा उपाध्यक्ष धनप्रसाद पौडेल, उत्पादन..

    आमा समूहमा आवद्धताले व्यावसायिक कामदेखि छोरालाई रोजगार सम्म

    बिहिवार, चैत्र २९, २०७४ साल
    भीमदत्तनगर, २९ चैत : विसं २०५८ मा कमैयाबाट मुक्त भएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ नौखरी मुक्तकमैया शिविरकी ४८ वर्षीय अग्निदेवी डगौंरालाई परिवारको लालनपालनदेखि बच्चाको स्याहारसम्मको चिन्ताले पिरोल्यो ।  करीब दुई दशक झलारीमा कमैयाजीवन बिताएका उनका श्रीमान् बुद्धिराम चौधरीले मुक्त भएपछि पाएको पाँच कठ्ठा जग्गामा खेती गरेर परिवार पाल्न थाले ।  चौधरी दम्पती २०६२ सालमा गाउँमा गरीबी निवारण कोषले गठन गरेको सामुदायिक समूहमा आवद्ध भएसँगै..

    युद्धका घाउमा मलम लगाउन थबाङ आर्थिक क्रान्तिमा होमियो, सबै क्षेत्रको साथ र सहयोगको अपेक्षा

    बुधबार, चैत्र २८, २०७४ साल
    लिबाङ, २८ चैत सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका हुन् । थबाङ गाउँपालिकाको कार्यालय रोल्पाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत आलुमा ब्लक (सय हेक्टर क्षेत्रफल) स्थापना गरेपछि थबाङका कृषक उत्साहित बन्दै..

    नेपाली हाते कागजबाट मनग्य आम्दानी, महिलाहरु आत्मनिर्भर बन्दै

    बुधबार, चैत्र २८, २०७४ साल
    आठराई, तेह्रथुम, २८, चैत फिदिम नगरपालिका–३ लालीखर्कका महिला नेपाली हाते कागज बनाएर आम्दानी गर्दै आएका छन् । स्थानीय स्तरमा उत्पादित अर्गेली (लोक्ता) बाट कागज बनाएर यहाँका महिला आत्मनिर्भर बनेका हुन् । घरधन्दाबाट बचेको समयमा प्रतिदिन ५०० प्रतिसम्म कागज बनाउन सकिने फिदिम नगरपालिका–३, लालीखर्ककी लीला राईले बताए । घाम लागेको समयमा अरू दिनमा भन्दा बढी हाते कागज उत्पादन हुने गरेको छ । कागज बनाएरै..

    आर्थिक गणना वैशाख १ गतेबाट शुरु हुँदै, तीन हजार ५०० गणक र ५०० सुपरभाइजर खटाईने

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत केन्द्रीय तथ्यांक विभागले पहिलोपटक गर्न लागेको राष्ट्रिय आर्थिक गणनाका लागि करीब चार हजार जनशक्तिलाई परिचालन गर्ने भएको छ । आगामी वैशाख १ गतेदेखि शुरु गरिने उक्त गणनाका लागि तीन हजार ५०० गणक र ५०० सुपरभाइजरलाई खटाउन आवश्यक तालीमसमेत उपलब्ध गराएको छ । संघ, प्रदेश तथा स्थानीय तहसम्मका व्यावसायिक प्रतिष्ठान तथा सामान्यभन्दा सामान्य व्यवसायीको वित्तीय अवस्थाका साथै व्यावसायिक यथार्थताबारे आगामी जेठ..

    नेपालको आर्थिक वृद्धिदर ५.५ हुने एडिबीको प्रक्षेपण, बजेट घाटा निकै बढ्ने आशंका

    बुधबार, चैत्र २८, २०७४ साल
    काठमाडौँ, २८ चैत : एशियाली विकास बैंक (एडिबी)ले आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ दशमलव ५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ ।  आगामी आवमा मनसुन सामान्य हुने र चालु ठूला आयोजना तीव्र गतिमा अघि बढ्ने र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाबाट ४५६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने संभावनामा केन्द्रित रहेर एडिबीले उक्त प्रक्षेपण गरेको हो ।  बुधबार सार्वजनिक भएको बैंकको प्रमुख..

    तेह्रथुम म्याङलुङका विपन्न परिवारलाई जस्तापाता र विद्युतीय सामग्री वितरण

    मंगलवार, चैत्र २७, २०७४ साल
    तेह्रथुम, २७ चैत तेह्रथुमको म्याङलुङ नगरपालिका–७ वडाभित्रका आर्थिकरुपले विपन्न परिवारका सदस्यलाई जस्तापाता, विद्युतीकरणका लागि मिटर बक्स र खानेपानी तथा सिँचाइका लागि पाइप वितरण गरिएको छ ।  वडा कार्यालयमा सोमबार एक कार्यक्रमको आयोजना गरी वडाले वडा क्षेत्रका तीन परिवारलाई जस्तापाता वितरण गरेको हो । नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले वडाभित्रका विपन्न ठहरिएका मनबहादुर विक, देवीमाया विक र कुमारी दर्जीलाई प्रतिपरिवार रु १० हजार बराबरका..

    सञ्चालन भएको दुई दिनमै आइसिपीमा सात करोड राजस्व संकलन

    सोमबार, चैत्र २६, २०७४ साल
    वीरगञ्ज, २६ चैत : एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी) भन्सार कार्यालय सञ्चालन भएको दुई दिनमा नै रु सात करोड भन्दा बढी राजस्व संकलन भएको छ ।  आइसिपी उद्घाटन भएको पहिलो र दोस्रो दिन गरी रु सात करोड चार लाख राजस्वसंकलन भएको हो । हाल वीरगञ्ज भन्सार कार्यालयबाटै सञ्चालित आइसिपी भन्सार कार्यालयले इन्धन आयात तथा जुत्ता र म्याटको निर्यातबाट उक्त राजस्व उठाएको..

    एक फिल्मस् प्रालिद्वारा आरोही तामाङलाई रु १५ लाख आर्थिक सहयोग

    सोमबार, चैत्र २६, २०७४ साल
    भक्तपुर, २६ चैत : तामाङ समुदायबाट दोस्रो सगरमाथा आरोहण गर्न लाग्नु भएकी शर्मिला स्याङ्तानलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।  सोमबार रफत सञ्चार क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै थोकर फिल्मस् प्रालिले रु १५ लाख पाँच हजार १५३ सगरमाथा आरोहण गर्न लाग्नुभएकी स्याङ्तानलाई हस्तान्तरण गरेको हो ।  थोकर फिल्मस् प्रालिले गत माघ १३ गतेदेखि संकलन गरेको सहयोग रकम कलाकर्मी प्रकाश सुवेदीले हस्तान्तरण गरेका हुन्..

    राजश्व आउने अड्डा, भूमि प्रशासन तथा ठूल्ठूला काममा निगरानी गर्न माग

    सोमबार, चैत्र २६, २०७४ साल
    वीरगञ्ज, २६ चैत : विकास निर्माणका कार्यालयमा हुने भ्रष्टाचारलाई संस्थागत हुन नदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय हुनुपर्ने यहाँ आयोजित एक कार्यक्रममा स्थानीय जनप्रतिनिधिले माग गरेका छन् ।  उनीहरुले राजश्व आउने अड्डा, भूमि प्रशासन, ठूल्ठूला विकास निर्माणको काममा हुने अनियमिततालाई अख्तियारले सूक्ष्म तरिकाबाट निगरानी गर्नुपर्नेमा जोड दिए ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा संयुक्त रुपमा आइतबार आयोजित..

    सुनचाँदी कारोबारबाट वार्षिक आठ अर्ब राजश्व संकलन, महँगो भन्सारका कारण व्यवसायी मर्कामा

    आईतवार, चैत्र २५, २०७४ साल
    काठमाडौँ, २५ चैत सुनचाँदी कारोबारबाट मुलुकको राजश्वमा वार्षिक आठ अर्ब योगदान हुने गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले पाँचौँ वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा आइतबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वार्षिक रु ५० अर्बको कारोबार हुने र रु आठ अर्ब राजश्व संकलन हुने जानकारी दिइयो । महासंघका अध्यक्ष मोहनकुमार सुनारले महँगो भन्सारका कारण सुनचाँदी व्यवसायमा समस्या परेको बताए । उनका अनुसार एक तोला..

    गाउँमै स्वरोजगार बन्दै बाजुराका युवा, विकास निर्माणका काममा शक्रियता !

    आईतवार, चैत्र २५, २०७४ साल
    बाजुरा, २५ चैत दुर्गम स्थानीय तहका युवा गाउँमा रोजगार नपाउँदा छिमेकी मुलुक भारतमा गएरर चौकीदारीलगायत विभिन्न काम गरेरै घरखर्च चलाउने परम्परा नै भइसकेको छ । गाउँमा कुनै काम नपाएर विदेशिएका युवा भने निर्वाचित जनप्र्रतिनिधि आएपछि घर फर्किन थालेका छन् । स्थानीय गौमूल गाउँपालिकाका युवा विदेशबाट फर्केर अहिले गाउँको विकासमा अग्रसर भए । गाउँमा नै विभिन्न विकास र निर्माण कार्य शुरु भएपछि..

    १ सय १५ बिघा क्षेत्रफलमा निर्मित आइसिपी शनिबारदेखि सञ्चालनमा

    शनिबार, चैत्र २४, २०७४ साल
    वीरगञ्ज, २४ चैत : भारतको नयाँदिल्लीस्थित हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्विच थिची उद्घाटन गर्नुभएपछि पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी (आइसिपी) शनिबारदेखि विधिवत् रुपमा सञ्चालनमा आएको छ ।  नयाँदिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिची आइसिपीको उद्घाटन गरेपछि अलौस्थित आइसिपीमा रहेको शिलालेखको वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत विसी प्रधानले अनावरण गर्नुभयो ।  उद्घाटनपश्चात् भारतबाट पेट्रोलियम..

    भारतीय उद्योगीलाई ओलीले भनेः अहिले लगानी गर्नु भएन भने पछि तपाईंहरु पछुताउनु हुनेछ

    शुक्रबार, चैत्र २३, २०७४ साल
    नयाँदिल्ली, २३ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने बताएका छन् । इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताए । नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपालमात्रै रहेको उल्लेख गर्दै उनले नेपाललाई विकासोन्मुख..

    काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइनः प्रकाशमान सिँह

    शुक्रबार, चैत्र २३, २०७४ साल
    काठमाडौँ, २३ चैत  नेपाली काँग्रेसका नेता प्रकाशमान सिँहले नेपाली काँग्रेसले देशको अर्थतन्त्र नबिगारेको तर्क गरेका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिँहले काँग्रेसले आफ्नो सोच र काम गर्ने शैलीमा परिवर्तन ल्याए आगामी चुनावमा नेतृत्वमा आउनसक्ने बताए । उनले संविधान निर्माणदेखि त्यसको कार्यान्वयनका लागि काँग्रेस नेतृत्वको सरकारले तीन तहको चुनाव सफल बनाएको बताए । सो..
    Results 1309: You are at page 34 of 44
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 Next Last
    Weather Forecast