सोमबार, असोज २७, २०७६

    आर्थिक खबर

    उदयपुरको इलाका प्रशासन कार्यालय कटारीले राहदानीबाट ११ लाख राजस्व संकलन

    शनिबार, श्रावन १९, २०७५ साल
    गाईघाट, उदयपुर, १९ साउन  एक वर्ष अघिदेखि वैदेशिक रोजगारीको लागि विदेश जान चाहनेका लागि राहदानी दिने अनुमति पाएको उदयपुर जिल्लाको इलाका प्रशासन कार्यालय कटारीले एक वर्षभित्र राहदानी शुल्कबाट रु ११ लाख ५० हजार राजश्व संकलन गरेको छ ।  २०७३-०७४ देखि २०७४-०७५ सालको असार महिनासम्ममा कटारी क्षेत्रबाट झण्डै एक हजार २४० पुरुष र ४३० महिलाले वैदेशिक रोजगारीका लागि राहदानी लिने कार्यमा राजश्व बुझाएबापत..

    आन्तरिक राजश्व कार्यालय भरतपुरद्वारा २१ अर्ब ८० करोड राजश्व संकलन

    शुक्रबार, श्रावन १८, २०७५ साल
    चितवन, १८ साउन आन्तरिक राजश्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०७४-७५ मा रु २१ अर्ब ८० करोड ५२ लाख दुई हजार राजश्व संकलन गरेको छ ।  रु १८ अर्ब ८० करोड ७८ लाख दुई हजार राजश्व अन्तःशुल्कबाट संकलन भएको हो ।  अन्तःशुल्कमा मदिरासँगै चुरोट, सूर्ती, सिमेन्ट र रंग पर्दछन् । मदिराबाहेक अन्यबाट रु एक अर्बभन्दा कम राजश्व संकलन भएको कार्यालय प्रमुख थानप्रसाद पंगेनीले जानकारी..

    ४१ लाखको लागतमा सामुदायिक विद्यालय भवन बनाइँदै, पहिरो पिडीतलाई सहयोग

    बिहिवार, श्रावन १७, २०७५ साल
    पर्वत, १७ साउन  कुस्मा नगरपालिका– १४ स्थित पञ्चकोशी माध्यामिक बिद्यालयको चार कोठे पक्की भवन निर्माण कार्य शुरु भएको छ ।  जिल्ला शिक्षा तथा समन्वय इकाइको रु ३६ लाख तथा बाँकी रकम विद्यालयले सहयोग जुटाउने गरी रु ४१ लाखको लागतमा भवन निर्माण हुन लागेको हो । चारकोठे भवनको निर्माणकार्य पाँच महिनाभित्रमा पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको भवन निर्माण समितिका अध्यक्ष सुनिल थापाले..

    सुन-चाँदीको मूल्य घट्यो की बढ्यो ? यस्तो छ आजको नयाँ मूल्य

    बुधबार, श्रावन १६, २०७५ साल
    काठमाडौं, १६ साउन  बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार गत शुक्रबार यता लगातार घटिरहेको सुनको मुल्य बुधबार भने स्थिर रहेको छ । मंगलबार प्रतितोला ५६ हजार ३ सय रुपैयामा कायम रहेको छापावाला सुनको मुल्य बुधबार पनि सोहि मुल्यमा नै कारोबार भैरहेको छ । त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ५६ हजार रुपैयामा कायम रहेको छ। त्यस्तै..

    ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व संकलन, ८ हजार ५५३ सवारीचालक कारबाहीको फन्दामा

    बुधबार, श्रावन १६, २०७५ साल
    बेँसीशहर, लमजुङ, १६ साउन  आर्थिक वर्ष २०७४-७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ ।  जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो ।  सो अवधिमा जिल्लामा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक..

    राजविराज नगरपालिकामा चालू आर्थिक वर्षका लागि ७४ करोड बजेट विनियोजन

    मंगलवार, श्रावन १५, २०७५ साल
    राजविराज, १५ साउन   राजविराज नगरपालिकाले चालू आर्थिक वर्षका लागि कूल रू ७४ करोड नौ हजार ४२ को बजेट विनियोजन गरेको छ ।  नगरपालिकाले चालूतर्फ रू ४२ करोड दुई लाख ५० हजार र पूँजीगततर्फ रू ३१ करोड ९७ लाख ५९ हजार ४४२ बजेट नगरसभाले स्वीकृत गरेको नगरप्रमख प्रमुख शम्भुप्रसाद यादवले बताए ।  गत आवको कूल बजेट रू ६१ करोड ७२ लाख ११ हजार ६९..

    चितवनमा जग्गाको सरकारी मूल्य कठ्ठाकै २ करोड ८४ लाखसम्म, माडीमा पनि ३० लाख पुग्यो

    सोमबार, श्रावन १४, २०७५ साल
    चितवन, १४ साउन  भरतपुर महानगरपालिकामा पछिल्लो समयमा जग्गाको कारोबारमा कमी आए पनि जग्गाको मूल्यमा भने कुनै कमी आएको छैन । जिल्ला मालपोत कार्यालयका प्रमुख नगेन्द्र पौंडेलका अनुसार नारायणगढ र भरतपुरका बजारी क्षेत्रमा सरकारी मूल्याङ्कननै कठ्ठाको दुई करोड ८४ लाख रुपैयाँ पुगेको छ । सबैभन्दा महँगो जग्गा शहिदचोकदेखि पुलचोकसम्म रहेको छ । यसरी जग्गाको न्यूनतम सरकारी मूल्यांकनलाई अध्ययन गर्दा काठमाडौं महानगरपालिकापछि सबैभन्दा महँगो..

    सुर्खेतमा लक्ष्यभन्दा २८ करोड ५४ लाख राजश्व बढी संकलन

    सोमबार, श्रावन १४, २०७५ साल
    सुर्खेत, १४ साउन  जिल्ला मालपोत कार्यालय सुर्खेतले आर्थिक वर्ष २०७४-७५ मा आफ्नो प्रक्षेपित लक्ष्यभन्दा बढी राजश्व संकलन गरेको छ ।  आव २०७४-७५ मा जिल्ला मालपोत कार्यालय सुर्खेतले रु २८ करोड ५४ लाख ५१ हजार ६५१ राजश्व संकलन गरेको हो । जग्गा रजिष्ट्रेसनमा मात्रै रु ११ करोड ४२ लाख २८ हजार राजश्व उठाउने लक्ष्य राखेको मालपोत कार्यालय सुर्खेतले रु २७ करोड ८७ लाख..

    घरमा खाना पकाउने क्रममा आगलागी हुँदा १० लाख क्षति

    सोमबार, श्रावन १४, २०७५ साल
    राजविराज, १४ साउन  सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा सोमबार बिहान आगलागी हुँदा करीब रु १०लाखको क्षति भएको छ ।  स्थानीय निर्चीदेवी रामको घरमा खाना पकाउने क्रममा आगलागी हुँदा निजको एउटा घर र एउटा भान्छा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।  त्यस्तै शैनी रामको एउटा घर र छिमेकी पुरण रामको घर जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । आगलागीबाट खाद्यान्न, लत्ताकपडा,..

    पक्की पुल निर्माण भएसंगै झापामा हुनेभयो दुईवटा भन्सार कार्यालय

    आईतवार, श्रावन १३, २०७५ साल
    भद्रपुर, १३ साउन  भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ ।  मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो ।  उक्त कार्यालय सञ्चालनमा आएसँगै झापामा दुई वटा भन्सार कार्यालय भएको मेची भन्सार कार्यालयका प्रमुख टेकनाथ अर्यालले बताए ।  उनले मेची पुल निर्माणसँगै भन्सार विभागको पहलमा साउन १ गतेदेखि भद्रपुर भन्सार..

    राजनीतिक दलका प्रतिनिधिद्वारा नगरपालिकाको आयव्यय विवरण सार्वजनिक गर्न माग

    आईतवार, श्रावन १३, २०७५ साल
    लहान, १३ साउन  स्थानीय राजनीतिक दलका प्रतिनिधिले सिरहाको गोलबजार नगरपालिकाको आर्थिक वर्ष ०७४-७५ मा सम्पन्न भएका योजनाको आयव्यय विवरण सार्वजनिक गर्न माग गरेका छन् । नगरप्रमुख देवनाथ साह र कार्यकारी अधिकृतलगायतका जनप्रतिनिधिले विकास निर्माण र लक्षितवर्गको कार्यक्रममा व्यापक अनियमितता गरेको आशंका गर्दै स्थानीयवासी तथा राजनीतिक दलका प्रतिनिधिले सामूहिक निवेदनमार्फत् तत्काल बिल भरपाई उपलब्ध गराउन माग गरेका हुन् ।  उनीहरूले विकास, निर्माण र लक्षित..

    भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले गरेको प्रतिबद्धताअनुरुप २ अर्बभन्दा बढी पुनर्भुक्तानी

    शुक्रबार, श्रावन ११, २०७५ साल
    काठमाडौँ, ११ साउन  भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप शुक्रबार रु दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ ।  अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरे ।  गोरखा र नुवाकोटका ४२ हजार ८६ वटा निजी घर निर्माणका निम्ति अनुदानस्वरुप उक्त रकम नेपाल..

    सुख्खा बन्दरगाह कार्यालय सिर्सियामा लक्ष्यभन्दा कम राजश्व संकलन

    बिहिवार, श्रावन १०, २०७५ साल
    वीरगञ्ज, १० साउन  आर्थिक वर्ष २०७४-७५ मा सुख्खा बन्दरगाह कार्यालय सिर्सियाले लक्ष्य गरेभन्दा रु ९५ करोड ९० लाख ५६ हजार कम राजश्व संकलन गरेको छ । सरकारले सिर्सियालाई आव २०७४-७५ मा रु २८ अर्ब २९ करोड ४२ लाख ५९ हजार राजश्व उठाउने लक्ष्य दिएको थियो । कार्यालयले ९६ दशमलव ५ प्रतिशत अर्थात् रु २७ अर्ब ३३ करोड ५१ लाख ९३ हजार मात्र..

    नेपालमा ७० अर्बको औषधि खपत, जथाभावी औषधि किनेर प्रयोग गर्ने प्रचलन बढी

    बुधबार, श्रावन ९, २०७५ साल
    काठमाडौँ, ९ साउन  नेपालमा रु ७० अर्बबराबरको औषधि बजार रहेको औषधि व्यवसायी बताउँछन् । यो स्थिति बढ्दो क्रममा रहेको उनीहरुको भनाइ छ ।  नेपाल औषधि विभागका अनुसार नेपालमा वार्षिक रुपमा रु ३६ अर्ब बराबरको औषधि खपत हुने गरेको छ । त्यसमध्ये ५० प्रतिशत औषधि उपत्यकाभित्रै खपत हुने गर्छ ।  औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले विदेशमा आयातित र स्वदेशमा उत्पादित औषधि समावेश रहेको..

    सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगद्वारा २ अर्बभन्दा बढी सिमेन्ट बिक्री

    बुधबार, श्रावन ९, २०७५ साल
    गाईघाट, उदयपुर, ९ साउन  नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झण्डै रु दुई अर्बभन्दा बढी मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ ।  प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले रु दुई अर्ब २२ करोड २७ लाख ९६ हजार मूल्यको सिमेन्ट बिक्री गरेको हो ।  विद्युत् भार कटौतीको मार ब्योहोर्दै आउन परेको सिमेन्ट उद्योगले..

    एशिया प्रशान्त क्षेत्रीय समूहको बैठकअन्तर्गत सम्पत्ति शुद्धीकरणमा जोड(तस्वीर सहित)

    मंगलवार, श्रावन ८, २०७५ साल
    काठमाडौँ, ८ साउन  अर्थमन्त्री डा युवराज खतिवडाले दिगो विकास र वित्तीय सुशासनका लागि सम्पत्ति शुद्धीकरणमा ध्यान दिनुपर्ने बताए छन् ।  सम्पत्ति शुद्धीकरणका सम्बन्धमा एशिया प्रशान्त क्षेत्रीय समूहको २१औँ बैठकको मंगलबार यहाँ उद्घाटन गर्दै मन्त्री खतिवडाले वित्तीय अपराध र अतंकवादलाई परास्त गर्न सम्पत्ति शुद्धीकरणमा जोड दिनुपर्छ भने ।  नेपालमा गत शनिबारदेखि शुरु भएको सो बैठकमा एपिजी सदस्य देश, पर्यवेक्षक देश, विश्वबैंकलगायत क्षेत्रका ५०० प्रतिनिधिको..

    आन्तरिक राजश्व कार्यालय भरतपुरद्वारा गत आर्थिक वर्षमा २२ अर्ब राजश्व संकलन !

    सोमबार, श्रावन ७, २०७५ साल
    चितवन, ७ साउन  आन्तरिक राजश्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु २१ अर्ब ८० करोड ४५ लाख ६५ हजार राजश्व संकलन गरेको छ ।  कार्यालयले आव २०७३÷७४ मा भन्दा रु चार अर्ब ९२ करोड २५ लाख ५४ हजार बढी राजश्व संकलन गरेको कार्यालयका सूचना अधिकारी डिल्लीराम पौडेलले जानकारी दिए । अघिल्लो आवको तुलनामा १२८.१५ प्रतिशत प्रगति भएको छ । आव २०७४÷७५ मा..

    सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले ५२ लाख राहत पाए

    आईतवार, श्रावन ६, २०७५ साल
    तेह्रथुम, ६ साउन  १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएका तेह्रथुमका २६ परिवारले रु ५२ लाख राहत पाएका छन् ।  द्वन्द्वकालमा बेपत्ता पारिएका, मृत्युवरण गरेका र विस्थापित भएका गरी २६ परिवारले रु ५२ लाख पाँच हजार ७०० रकम राहत पाएका हुन् । जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको स्थानीय शान्ति समितिले रु ५२ लाख पाँच हजार ७०० राहतस्वरुप वितरण गरेको प्रमुख जिल्ला अधिकारी वेदनिधि..

    सरकारी कार्यालयमा पूँजीगत खर्च ६९ प्रतिशत, बाँकेमा पूँजीगत बजेटको ८२ प्रतिशत खर्च

    शनिबार, श्रावन ५, २०७५ साल
    रसुवा ५ साउन  गत आर्थिक वर्षमा जिल्लाका सरकारी कार्यालयमा पूँजीगत खर्च विवरण सार्वजनिक भएको छ ।  प्रमुख कोष नियन्त्रक दीपक लामिछानेका अनुसार जिल्ला प्रशासन, स्वास्थ्य, कृषि, पशुसेवा, वन, भूसंरक्षण, लाङटाङ राष्ट्रिय निकुञ्ज, आयुर्वेद, मालपोत, नापी, भन्सार, प्रहरीलगायत कार्यालयमा आव २०७४-७५ को एक वर्षमा चालू शीर्षकमा रु तीन अर्ब ९७ करोड ६९ लाख ६१ हजार ४७ अर्थात् करीब ९१ प्रतिशत खर्च भएको छ..

    सवारी साधन र पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर नलिन निर्देशन

    शनिबार, श्रावन ५, २०७५ साल
    काठमाडौँ, ४ साउन  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सवारी साधन प्रवेश शुल्क र पेट्रोलियम पदार्थमा लगाउँदै आएको अतिरिक्त शुल्क नउठाउन वीरगञ्ज महानगरपालिकालाई निर्देशन दिएकोे छ ।  संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको बैठकले वीरगञ्ज महानगरपालिकाभित्र प्रवेश गर्ने सवारी साधन र पेट्रोलियम पदार्थमा उठाउँदै आएको कर नउठाउन निर्देशन दिएको मन्त्रालयका स्रोत परिचालन समन्वय शाखाका उपसचिव विष्णुदत्त गौतमले..

    नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयद्वारा ८ करोड राजश्व संकलन

    शुक्रबार, श्रावन ४, २०७५ साल
    नवलपरासी, ४ साउन पश्चिम नवलपरासीको महेशपुर छोटी भन्सार कार्यालयले आर्थिक वर्ष २०७४/७५ मा रु आठ करोड ६९ लाख, ८६ हजार राजश्व संकलन गरेको छ ।  छोटी भन्सार कार्यालयका नासु ईश्वरी चापागाईंका अनुसार जेठमा रु एक करोड १८ लाख ६३ हजार र असारमा रु ६३ लाख ५९ हजार राजश्व संकलन भएको छ ।  आव २०७३÷७४ मा रु पाँच करोड राजश्व संकलन भएको थियो ।..

    एक करोड लागतमा खानेपानी आयोजना निर्माण, स्थानीयवासी हर्षित

    शुक्रबार, श्रावन ४, २०७५ साल
    रत्ननगर, चितवन, ४ साउन  पूर्वी चितवनको कालिका नगरपालिका–१ गडुवामा रु एक करोड लागतमा खानेपानी आयोजना निर्माण गरिएको छ ।  पोखरास्थित गोर्खा वेल्फेयर ट्रष्ट, ग्रामीण खानेपानी तथा सरसफाइ कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा खानेपानी आयोजना निर्माण भएको हो ।  मिटर प्रणालीमा धारासहितको खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयवासी हर्षित भएका छन् । बिहीबारमात्रै उक्त खानेपानी आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गरिएको गडुवा खानेपानी तथा सरसफाइ उपभोक्ता..

    दण्ड जरिवाना : ट्राफिक कार्यालयद्वारा ४९ लाख राजश्व संकलन

    बिहिवार, श्रावन ३, २०७५ साल
    कञ्चनपुर, ३ साउन   जिल्ला ट्राफिक कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७४-७५ मा रु ४९ लाख १८ हजार राजश्व संकलन गरेको छ ।  दण्ड जरिवाना, मादक पदार्थ सेवन, नियम मिच्ने सवारी चालक, लाइसेन्स र ब्लुबुक नबोक्ने सवारी धनीबाट राजश्व संकलन गरिएको हो । मादक पदार्थ सेवन गरी सवारी साधन हाँक्ने एक सय २० जनाबाट रु एक लाख ८५ हजार जरिवाना असुल गरिएको छ ।  वर्षभरिमा..

    विराटनगर भन्सारको राजस्व संकलनमा वृद्धि, लक्ष्यभन्दा ५ दशमलव ०२ प्रतिशत ज्यादा

    बिहिवार, श्रावन ३, २०७५ साल
    विराटनगर, ३ साउन :  विराटनगर भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७४/७५ मा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरेको छ ।  कार्यालयले गत आवमा रु ३१ अर्ब २४ करोड ४८ लाख राजस्व उठाउने लक्ष्य राखेकामा रु ३२ अर्ब ८१ करोड २६ लाख राजस्व संकलन गरी लक्ष्यभन्दा पाँच दशमलव ०२ प्रतिशत ज्यादा उठाएको छ ।  विराटनगर भन्सार कार्यालयको तथ्यांकअनुसार भन्सार महसुलतर्फ..

    सरकारद्वारा २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय !

    बुधबार, श्रावन २, २०७५ साल
    काठमाडौँ, २ साउन  सरकारले मुलुकमा सौर्य ऊर्जा उत्पादन तथा व्यवस्थापन परियोजनाका लागि डोल्मा फण्ड म्यानेजमेण्टलाई २० करोड अमेरिकी डलर बराबरको वैदेशिक लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।  लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राति अबेर सम्पन्न बोर्डको ३१ औँ बैठकले उक्त निर्णय गरेको हो ।  बैठकले काठमाडौँ उपत्यकाको एकीकृत फोहरमैला व्यवस्थापन परियोजनाअन्तर्गत पहिलो ‘प्याकेज’को कार्यान्वयनका लागि विकासकर्ता कम्पनी..

    राजश्व कार्यालय विराटनगरले ५ अर्ब २१ करोड राजश्व संकलन, लक्ष्य भन्दा कम असुली

    बुधबार, श्रावन २, २०७५ साल
    विराटनगर, २ साउन  आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७४-७५ मा कूल रु पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार राजश्व संकलन गरेको छ ।  सो अवधिमा कार्यालयले रु पाँच अर्ब ४६ करोड ५९ लाख ५० हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु २५ करोड २६ लाख २८ हजार राजश्व कम असुली भएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले जानकारी..

    राष्ट्र बैंकद्वारा मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण, ५ हजार बोक्न पाउने व्यवस्था लागू

    बुधबार, श्रावन २, २०७५ साल
    काठमाडौँ, २ साउन : नेपाल राष्ट्र बैंकले मुद्रा तथा धारक विनिमय पत्रको सीमा निर्धारण गरेको छ ।  केन्द्रीय बैंकले सम्पत्ति निवारण ऐन, २०६४ को दफा २९ को (क) अनुसार कुनै पनि व्यक्तिले आफ्नो साथमा वा कार्गो, कुरियर, हुलाकमार्फत रु पाँच हजार नेपाली वा अमेरिकी डलर पाँच हजारसम्म बोक्न पाउने सीमा निर्धारण गरेको हो ।  कुनै पनि व्यक्तिले आफ्नो देशबाहिर जाँदा त्यस्तो मुद्रा..

    आर्थिक वर्ष २०७५/७६ का लागि भक्तपुर नगरपालिकाको १ अर्ब ७३ करोड बजेट !

    मंगलवार, श्रावन १, २०७५ साल
    भक्तपुर, १ साउन  भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि तेस्रो नगरसभाबाट पारित रु एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ ।  नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै आयतर्फ बाह्य स्रोत रु ९८ करोड ८६ लाख ८३ हजार तथा आन्तरिक स्रोततर्फ पर्यटन शुल्क, जग्गा बिक्री, विभिन्न कर दस्तुरबाट रु ५४ करोड ५३ लाख १७ हजार संकलन हुने बताए..

    अर्थमन्त्री खतिवडाको भनाइविपरीत देखियो सरकारी ढुकुटी, भेटियो साढे ३ खर्ब थन्किएकै अवस्थामा

    मंगलवार, श्रावन १, २०७५ साल
    काठमाडौँ, १ साउन  गत चैत्र १६ मा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मुलुकको अर्थतन्त्रको श्वेतपत्र जारी गर्दै भनेका थिए, बजेट अनुशासन उल्लंघनका कारण सरकारी ढुकुटी लगभग रित्तो अवस्थामा छ। त्यसबेला उनले अघिल्ला सरकारका पालमा वित्तीय अनुशासनका सीमा निर्ममतापूर्वक तोडिएकाले देशको ढुकुटी रित्तो रहेको बताएका थिए। उनले चालू वर्षको १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेटमा २ खर्ब रुपैयाको त स्रोत नै भेटको छैन भनेका..

    कैलाली भन्सारमा ६२ करोडको वस्तुहरु निर्यात, आयात भने करिब ८ अर्ब

    मंगलवार, श्रावन १, २०७५ साल
    कैलाली, १ साउन कैलाली भन्सार नाका भएर आयात बढ्दै गएपनि निर्यातमा कमी आएको छ । कैलाली भन्सार कार्यालयले दिएको जानकारी अनुसार कट्ठा, कच, टार्पेनटाइनमात्रै निर्यात हुने गरेको छ । आर्थिक वर्ष २०७४/७५ को असार २९ गतेसम्म यस भन्सार नाकाबाट ६२ करोड ४५ लाख मूल्य बराबरको वस्तुहरु निर्यात भएको भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीले जानकारी दिए । उप्रतीका अनुसार आयात भने सोही अवधिमा सात अर्ब..
    Results 1442: You are at page 33 of 49
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 Next Last
    Weather Forecast