सोमबार, असोज २७, २०७६

    आर्थिक खबर

    नजिकँदै गरेका चाडबाडलाई मध्यनजर गर्दै झापाका बजार अब सातै बार खुल्ने

    शुक्रबार, भाद्र २९, २०७५ साल
    झापा, २९ भदौ नजिकँदै गरेका चाडपर्वलाई मध्यनजर गर्दै झापाका बजार अब सातै बार खुला हुने भएका छन् ।  विजयदशमी, दिपावली तथा छठपर्वका अवसरमा आम उपभोक्ताको सुविधाका लागि सबै व्यवसायीले साप्ताहिक रुपमा एक दिन बन्द गर्दै आएका पसल÷व्यापारिक प्रतिष्ठान खुला गर्ने भएका हुन् । झापाको मेचीनगर बुधबार, विर्तामोड सोमबार, चन्द्रगढी शनिबार, भद्रपुर बिहीबार र दमक नगरपालिकामा शुक्रबार बजार बन्द हुँदै आएका थिए ।  नगरका..

    विश्वकै सर्वाधिक धनाढ्य बेजोसले परोपकारी कार्यका लागि छुट्याए २ अर्ब डलर

    शुक्रबार, भाद्र २९, २०७५ साल
    वासिङ्टन, २९ भदौ  विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गरेका छन् ।  बेजोसले गत वर्ष नै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्वीट गरी सुझाव माग गर्नुभएको थियो । उनिसँग व्यक्तिगत १६० अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ ।  बेजोस र उनकी श्रीमती म्याकेन्जीले..

    आर्थिक गणना: मुलुकभर ९ लाख औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक

    बिहिवार, भाद्र २८, २०७५ साल
    काठमाडौँ, २८ भदौ प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल ९ लाख २२ हजार ४ सय ४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ ।  केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ । यसमध्ये २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार ७५७ महिला..

    रोल्पाका सामुदायिक वनद्वारा खोटो बिक्री गरी वर्षेनी करोडौं आम्दानी

    बिहिवार, भाद्र २८, २०७५ साल
    रोल्पा, २८ भदौ  जिल्लाका सामुदायिक वनले खोटो बिक्री गरी वर्षेनी पर्याप्त आम्दानी गर्ने गरेका छन् ।  खाटो बिक्रीबाट गत वर्ष जिल्लाका १९१ सामुदायिक वनले रु दुई करोड ३९ लाख ८६ हजार आम्दानी गरेका छन् । जिल्लाका ६३७ सामुदायिक वनमध्ये अघिल्लो वर्ष १९१ वनले ६ खोटो कम्पनीलाई २३ लाख ९८ हजार ६४६ किलो खोटो बिक्री गरेका थिए । खोटो बिक्रीबाट सामुदायिक वनका अतिरिक्त..

    विद्युत् चोर्ने ३ सय कारवाहीमा,२८ लाख राजश्व सङ्कलन

    बिहिवार, भाद्र २८, २०७५ साल
    चितवन, २८ भदौ  नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत् चोरी गर्ने ३०२ जनालाई कारवाही गरेको छ । विद्युत् चोरी नियन्त्रण अभियानका क्रममा केन्द्रले गत आर्थिक वर्षमा हुकिङ गर्ने, मिटर बन्द गर्ने, मिटरमा लगाइएको सिल तोड्ने कार्य गरेका उनीहरुलाई कारवाही गरेको हो ।  कारवाही गरिएका व्यक्तिबाट कार्यालयले रु २८ लाख २० हजार राजश्व सङ्कलन गरेको छ । कार्यालयका प्रमुख सुरेशकुमार महतोका अनुसार..

    आर्थिक विवरण नबुझाउँदा ७ स्थानीय तहको पहिलो किस्ताको रकम रोक

    बुधबार, भाद्र २७, २०७५ साल
    दोलखा, २७ भदौ  आर्थिक विवरण नबुझाउँदा दोलखाका सात वटा स्थानीय तहको चालु वर्षको पहिलो किस्ताको रकम रोकिएको छ ।  दुई नगरपालिकाले गत आर्थिक वर्षको आर्थिक विवरण बुझाई पहिलो किस्ताको रकम निकासा लगिसकेपनि जिल्लाका ७ वटा गाउँपालिकाले भने गत वर्षको आर्थिक विवरण नै बुझाएका छैनन् ।  जिल्लाका दुई नगरपालिकामध्ये भीमेश्वर नगरपालिकाले यही भदौ ५ गते र जिरी नगरपालिकाले भदौ ६ गते पहिलो किस्ताबापतको रकम..

    सरकारले सवारी साधन खरिदका लागि सहुलियत कर्जा प्रवाह गर्न नसक्ने अर्थमन्त्रीको भनाई

    मंगलवार, भाद्र २६, २०७५ साल
    काठमाडौँ, २६ भदौ, अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन् ।  नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा मंगलबारदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उनले सर्वसाधरणले आम्दानी गरेर सक्षम भएपछि मात्र सवारी साधन खरिद गर्नुपर्नेमा जोड दिए ।  देशमा नयाँ प्रकारका सवारी साधन आयात भइरहेको र धेरै सवारी साधन..

    बाढीबाट प्रभावित बनेका सुनसरी दुहबीका बासिन्दाले अझै राहत पाउन सकेनन्

    मंगलवार, भाद्र २६, २०७५ साल
    इनरुवा, २६ भदौ  गत वर्ष साउनको अन्तिम साता परेको अविरल वर्षाका कारण आएको बाढीबाट प्रभावित बनेका सुनसरी दुहबी नगरपालिका–१० का बासिन्दाले अझै राहत पाउन सकेका छैनन् ।  बाढीबाट प्रभावित बनेका त्यस वडाका १०७ परिवार अहिले पनि राहत रकमको प्रतीक्षामा छन् । सरकारले प्रतिघर रु २५ हजारका दरले राहत दिने घोषणा गरेको थियो । बाढीपीडितका लागि आएको रकम वास्तविक बाढीपीडितलाई नदिई वडाका प्रतिनिधिले..

    कर वृद्धि भएको गुनासो आइरहेका बेला नगरपालिकाद्वारा ८ सेवा निःशुल्क

    सोमबार, भाद्र २५, २०७५ साल
    राजविराज, २५ भदौ  सबैतिर कर वृद्धि भएको गुनासो आइरहेका बेला सप्तरीको बोदेबरसाइन नगरपालिकाले कुनै पनि शीर्षकमा करको दरमा वृद्धि नगरेको जनाएको छ ।  जनतालाई सहुलियत हुने गरि विभिन्न आठ शीर्षकमा कायम गरिएको कर मिनाहासमेत गरेको नगरप्रमुख आतेशकुमार सिंहले बताए ।  यसअघि नगरपालिकाले कायम गरेको केही शीर्षकको कर बढी भएको सेवाग्राहीबाट गुनासो आउन थालेपछि कार्यपालिकाको बैठकबाट छलफल गरी कर दर रेटमा संशोधनसहित आठ शीर्षकको..

    आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलका लागि देशभरिमै उत्कृष्ट ठहरियो

    आईतवार, भाद्र २४, २०७५ साल
    कञ्चनपुर, २४ भदौ आन्तरिक राजश्व कार्यालय महेन्द्रनगर कर सङ्कलनका लागि देशभरिमै उत्कृष्ट ठहरिएको छ ।  आव २०७४÷७५ मा तोकेको लक्ष्यभन्दा २३ प्रतिशत बढी राजश्व सङ्कलन गर्नुका साथै समग्र कार्यालयको सूचकाङ्कमा उत्कृष्ट कार्यसम्पादन गरेकाले अन्तर राजश्व कार्यालयतर्फ सो कार्यालय देशमै प्रथम भएको छ । कार्यालयअन्र्तगत बैतडी, दार्चुला, डडेल्धुरा र कञ्चनपुरका करदाता, उद्योग वाणिज्य सङ्घ, व्यवसायी र कर कार्यालयका कर्मचारीको मेहनतले कार्यालय देशमै उत्कृष्ट..

    नेपालको आर्थिक समृद्धि र सम्बन्ध बलियो बनाउनु भ्रमणको उद्देश्य : अध्यक्ष प्रचण्ड

    शुक्रबार, भाद्र २२, २०७५ साल
    काठमाडौँ, २२ भदौ  नेपाल भारत भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका गृहमन्त्री राजनाथ सिंहबीच नेपालको आर्थिक समृद्धिमा दुवै देश मिलेर अघि बढ्ने विषयमा छलफल भएको छ ।   शुक्रबार अपराह्न भएको भेटमा पूर्वप्रधानमन्त्री दाहालले नेपाल र भारतबीच भएका समझदारीको प्रभावकारी कार्यान्वयनमा जोड दिएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनले सीमा क्षेत्रमा प्रवासी नेपालीमाथि हुने गरेका..

    अमेरिकी डलरको भाउ ह्वात्तै बढ्यो, नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

    बिहिवार, भाद्र २१, २०७५ साल
    काठमाडौं, २१ भदौ   नेपाली बजारमा बिहीबार अमेरिकी डलरको भाउ बढेको छ। बुधबारको तुलनामा आज डलरको भाउ २७ पैसाले महंगिएको हो । नेपाली रुपैयाँ अहिलो सम्मको कम्जोर भएको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर देखिएको हो । अमेरिकी डलरको भाउ ११५ रुपैयाँ ११ पैसा पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि ११५ रुपैयाँ ११ पैसा रिफरेन्स रेट तोकेको हो..

    बन्द सरकारी उद्योगहरु अब पुनः सञ्चालनमा आउँछ : उद्योगमन्त्री मातृका यादव

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालयका काम कारवाही प्रभावित गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा विभिन्न दबाब आउने गरेको भए पनि त्यस्ता दबाबले कुनै पनि फरक नपर्ने बताएका छन् । सञ्चारकर्मीसँग आफ्नै कार्यकक्षमा बुधवार कुरा गर्दै उनले कानूनविपरीत जनताको स्वास्थ्यमा असर पार्ने खाद्य वस्तु उत्पादन र बिक्रीलाई कारवाही गर्दा विभिन्न दबाब आउने गरेको अनुभव सुनाए । हाल मन्त्रालयले उद्योग, व्यापार र आपूर्तिका..

    आप्रवासन परियोजना तेस्रो चरण कार्यान्वयन गर्न स्वीट्जरल्याण्डद्वारा २ अर्ब सहयोग

    बुधबार, भाद्र २०, २०७५ साल
    काठमाडौँ, २० भदौ  सुरक्षित आप्रवासन परियोजना सामी (तेस्रो चरण) कार्यान्वयन गर्न नेपाल सरकारलाई स्वीट्जरल्याण्ड सरकारले रु दुई अर्ब अनुदान सहयोग प्रदान गर्ने भएको छ ।  अर्थमन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थसचिव डा राजन खनाल र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्यापिलर ओस्वाल्डले सो सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे ।  चारवर्षे सो परियोजना १६ सेप्टेम्बर २०१८ देखि कार्यान्वयन सुरु भई १५ जुलाई २०२२ सम्म..

    कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिले निगमको मासिक घाटा बढ्यो, अब घरेलु ग्यासमा २ रङको सिलिण्डर

    मंगलवार, भाद्र १९, २०७५ साल
    काठमाडौँ, १९ भदौ  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको भारी वृद्धिका कारण नेपाल आयल निगमको मासिक घाटा ह्वात्तै बढ्ने भएको छ ।  गत महिना निगमको मासिक घाटा रु १४ करोड ४२ लाख रहेको थियो । इण्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त पछिल्लो मूल्यसूचीअनुसार निगमको मासिक घाटा रु ६४ करोड पुग्ने कामु प्रबन्ध निर्देशक सुशील भट्टराईले जानकारी दिए । सेप्टेम्बर १ मा आइओसीबाट..

    खुल्ला नाकाको फाइदा उठाउँदै तस्करहरुले तिहार अगावै पटाका नेपाल भित्राए

    मंगलवार, भाद्र १९, २०७५ साल
    वीरगञ्ज, १९ भदौ  हिन्दूको महान चाड तिहारलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु गरेका छन् । नेपाल–भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाई ठूलो परिमाणमा पटाका भित्र्याउने गरेको छ ।  तस्करहरुले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, जानकीटोला, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिमरौनगढ, कचौर्वालगायतका नाकाबाट पटाका ल्याउने..

    आयल निगमलाई १ महिनामा करिब ६४ करोड घाटा, अमेरिकी डलरको वृद्धि मुख्य कारण !

    सोमबार, भाद्र १८, २०७५ साल
    काठमाडौं, १८ भाद्र  नेपाल आयल निगमले एक महिनामा करिब ६४ करोड रुपैयाँ घाटा व्यहोरेको छ । हाल अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य निकै बढेको छ।  करिब तीन साताअघि प्रतिब्यारल कच्चा इन्धनको मूल्य ७३-७४ डलर थियो। विश्व परिवेशमैे भएको इन्धन राजनीतिका कारण हाल मूल्य वृद्धि भएर प्रतिब्यारेल ७७ डलर पुगेको छ। प्रतिब्यारेलमै पछिल्लो समयमा तीन डलरले मूल्य वृद्धि भएको छ। निगमका निमिक्त कार्यकारी निर्देशक..

    आर्थिक समस्याले प्राचीन मौलिक संस्कृतिमा आधारित कृष्णबालन जोगाउन मुश्किल

    आईतवार, भाद्र १७, २०७५ साल
    पोखरा, १७ भदौ आर्थिक समस्याले प्राचीन मौलिक संस्कृतिमा आधारित कृष्णबालन जोगाउन मुश्किल पर्दै गएको छ ।  विशेषतः श्रीकृष्णजन्माष्टमीका दिन र अन्य विशेष धार्मिक पर्वमा कृष्ण चरित्रमा आधारित भई बालने कलाकारले देखाउने कृष्णबालन लोप हुने अवस्थामा पुगेको हो । आधुनिक संस्कृतिप्रतिको मोहले पनि यसलाई ओझेलमा पारेको छ । न्यूनतम ३० कलाकार चाहिने कृष्णबालनलाई पूर्णरुपमा सञ्चालनमा ल्याउन लगभग रु १४ लाख आवश्यक पर्ने बालन..

    सरकारी ढुकुटीबाटै विलासिताको सामान खरिदमा ६ अर्ब स्वाहा भएको तथ्य खुलासा

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौँ, १७ भदौ  विलासितामा खर्च गरिँदै आएको विप्रेषणको ठूलो हिस्सालाई कसरी घटाउन सकिन्छ भनेर छलफल भइरहेको बेला सरकारी ढुकुटीबाटै ठूलो रकम विलासिताकै सामान खरिदमा खर्च भएको तथ्य खुलासा भएको छ ।  महालेखा परीक्षकको कार्यालयले प्रतिनिधिसभा सार्वजनिक लेखा समितिमा प्रस्तुत गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७३-७४ मा राज्यको ढुकुटीबाट सवारीसाधनतर्फ रु ६ अर्ब ७१ करोड खर्च भएको उल्लेख छ । विप्रेषणबाट प्राप्त हुने रकमको..

    दूध बिक्रीबाट मनग्य आम्दानी, बालबच्चा पढाउन तथा घरखर्च चलाउन सहज

    शुक्रबार, भाद्र १५, २०७५ साल
    म्याग्दी, १५ भदौ बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्य आम्दानी गरेका छन् ।  दूध बिक्री गरेर यहाँका किसानले रु ५० लाखभन्दा बढी रकम गाउँ भित्र्याएका छन् । आव २०७४÷७५ मा यहाँका किसानले सिंगास्थित जनभावना दुग्ध सहकारी संस्थामार्फत ७७ हजार ९५५ लिटर दूध बिक्री गरेको सो सहकारीका व्यवस्थापक कोपीलाल पौडेलले जानकारी दिए । यहाँको दूध सहकारीले सदरमुकाम बेनी र तातोपानी बजारमा..

    जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक

    बिहिवार, भाद्र १४, २०७५ साल
    रसुवा, १४ भदौ  जनैपूर्णिमा पर्वमा गोसाइँकुण्डमा भक्तजनले चढाएको भेटी सार्वजनिक भएको छ ।  गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भक्तजनले चढाएको भेटी नेपाल प्रहरीको रोहवरमा गणना गर्दा रु एक लाख ४१ हजार ६०० सङ्कलन भएको र सो भेटी गोसाइँकुण्ड महादेवका नामबाट खोलिएको गोसाइँकुण्ड क्षेत्र विकास समितिको नाममा दाखिला गरिएको हो ।  गोसाइँकुण्ड मेला भर्न आएका सबै तीर्थयात्रु आफ्नो गन्तव्यतर्फ फर्किसकेको र..

    निर्माणाधीन हाइड्रोपावरले कर तिरेनन्, पटक–पटक ताकेता गर्दासमेत कर तिर्न आलटाल

    बुधबार, भाद्र १३, २०७५ साल
    पाँचथर, १३ भदौ  पाँचथरमा निर्माणाधीन अवस्थामा रहेका हाइड्रोपावरले राज्यलाई तिर्नुपर्ने कर अझसम्म तिरेका छैनन् । जि एन कन्स्ट्रक्सनमार्फत् जिल्ला समन्वय समिति पाँचथरले लगाएको कर ती हाइड्रोपावरले नतिरेका हुन् ।  जिससले खुलाएको बोलपत्र(टेण्डर) पारेर कर उठाउने जिम्मा पाएको जि एन कन्स्ट्रक्सनलाई कर नतिरेका हुन् । गत ०७४ असोज १ मा जिसस र उक्त कन्स्ट्रक्सनबीच भएको सम्झौतामा जिससले लगाएको ढुङ्गा, बालुवा, गिटी प्रयोग गरेबापतको..

    सरकारद्वारा ग्रामीण समुदायको जीवनस्तर उकास्न भनी ३६ हजारभन्दा बढी नयाँ उद्योग दर्ता

    मंगलवार, भाद्र १२, २०७५ साल
    काठमाडौँ, १२ भदौ  सरकारले ग्रामीण समुदायको जीवनस्तर उकास्नका लागि ३६ हजार ३०३ वटा नयाँ लघु, घरेलु तथा साना उद्योग दर्ता गरेको छ ।  आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको लघु, घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले आव २०७४-७५ मा सो सङ्ख्यामा नयाँ उद्योग दर्ता गरेको हो । दर्ता भएका नयाँ उद्योगमध्ये घरेलु तथा साना उद्योग विभागमा २२ हजार ६६६ र लघु, घरेलु..

    रुपैडिहा बजारका व्यापारीलाई नेपाली उपभोक्ताको भीड थेग्न मुस्किल

    मंगलवार, भाद्र १२, २०७५ साल
    नेपालगञ्ज, १२ भदौ  नेपालगञ्ज– १३ की एक महिलाले बाँकेको सीमापारि भारतीय बजार रुपैडिहाबाट करिव रु चार हजारका विभिन्न सामान ल्याउँदा भन्सार तिर्नु परेन ।  शर्मिलाजस्ता सयौँ उपभोक्ताले रुपैडिहा बजारबाट दैनिक घरायसी तथा व्यक्तिगत प्रयोजनका सामान भन्सार नतिरी ल्याउने गर्दा नेपालगञ्जका व्यापारीलाई भने पिरोल्ने गर्छ । भन्सार तिर्न नपर्ने भएका कारण रुपैडिहा बजारका व्यापारीलाई नेपाली उपभोक्ताको भीड थेग्न मुस्किल हुन्छ भने नेपालगञ्जका व्यापारीलाई..

    जुम्लामा २४ करोडको स्याउ उत्पादन, व्यापारी बगैँचामा नै पुग्न थाले

    सोमबार, भाद्र ११, २०७५ साल
    सुर्खेत, ११ भदौ चालू आर्थिक वर्ष २०७५–७६ मा जुम्लामा रु २४ करोडको स्याउ उत्पादन भएको अनुमान गरिएको छ । स्याउ रोपिएको क्षेत्र, उत्पादन परिमाण र बजार मूल्यको अनुमानबाट सो परिमाण्मा स्याउ उत्पादन भएको प्रक्षेपण गरिएको हो । यस वर्ष जुम्लामा ६ हजार मेट्रिक टनसम्म स्याउ उत्पादन भएकोे जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बालकराम देवकोटाले जानकारी दिए । तीन हजार ४०० हेक्टरमा..

    राज्यकोषबाट सरकार प्रमुखहरुको खर्च : तलब भत्ता र विदेश भ्रमणमै २० करोड बढी झ्वाम

    सोमबार, भाद्र ११, २०७५ साल
    काठमाडौं, ११ भदौ   आर्थिक वर्ष २०७४/७५ मा सरकार प्रमुख र मन्त्रीहरूको सुविधामा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्री, मन्त्री र उनीहरूका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ सकिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार विगतका जम्बो सरकारका कारण सुविधामा राज्यकोषको यति धेरै रकम खर्च भएको दाबी प्रधानमन्त्री..

    डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग

    आईतवार, भाद्र १०, २०७५ साल
    काठमाडौँ, १० भदौ प्रतिनिधसभाको आइतबारको विशेष बैठकमा राजपाका अनिलकुमार झाले लालबकैया नदीमा डुङ्गा पल्टिएर बेपत्ता भएका परिवारलाई जनही रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।  रौतहट जिल्लामा पर्ने सो नदीमा शनिबार डुङ्गा पल्टिँदा ३५ जना डुबेका थिए । तीमध्ये तीन जना बेपत्ता छन् । लालबकैयामा अझैसम्म पुल निर्माण हुनसकेको छैन । सो शिलान्यास २०७० सालमा भइसकेको छ ।  त्यसैगरी..

    बन्नेभो सुबिधा सम्पन्न ‘इलाम सिटी मार्ट’, ९ करोड ३८ लाखको लागत

    शनिबार, भाद्र ९, २०७५ साल
    इलाम, ९ भदौ : जिल्ला सदरमुकाम इलाममा सुविधा सम्पन्न ‘इलाम सिटी मार्ट’ निर्माण हुने भएको छ । बजारको मुख्य चोकसँगै रहेको भीमसेनस्थान मन्दिर अगाडि सो भवन निर्माण हुने भएको हो ।  इलाम नगरपालिका र नेपाल सरकारको रु नौँ करोड ३८ लाखको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन लागिएको नगरपालिकाले जनाएको छ । भवनमा ९२ सटर, दुई लिफ्ट र चौथो तलामा स्टिलको..

    कर वृद्धिबारे जताततै करकर ! “बुझाउन नसक्दा नकारात्मक धारणा उत्पन्न भयो”

    शुक्रबार, भाद्र ८, २०७५ साल
    नेपालगञ्ज, ८ भदौ  बाँकेका स्थानीय तहले केही व्यवसायमा व्यवस्था गरेको करको दरबारे यहाँ टिप्पणी गरिँदै आएको छ ।  नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष नारायणी रुपाखेती कर बढाउनुका कारण, कर तिरेपछि नागरिकलाई हुने फाइदा तथा करबाट गाउँठाउँको विकास हुने कुरालाई बुझाउन नसक्दा यसप्रति नकारात्मक धारणा उत्पन्न भएको बताए । “कर वृद्धि गर्नु नराम्रो होइन । तर कति वृद्धि गर्ने, कुनकुन शीर्षकमा वृद्धि गर्नेलगायत..

    काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बृहत् तीज व्यापार मेला शुरु

    बिहिवार, भाद्र ७, २०७५ साल
    काठमाडौँ, ७ भदौ  महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले देखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बृहत् तीज व्यापार मेला शुरु भएको छ ।  महिला सिर्जनशील केन्द्रद्वारा आयोजित उक्त मेला यही भदौ १० गतेसम्म सञ्चालन हुनेछ । झन्डै २०० बिक्री तथा प्रदर्शनी कक्ष राखिएको सो मेलामा एक लाखले अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।  मेलामा अवलोकनकर्ताका लागि निःशुल्क स्वास्थ्य शिविर, फोटो खिचाउने,..
    Results 1442: You are at page 31 of 49
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 Next Last
    Weather Forecast