
कैलाली, २१ पुस
‘समृद्ध सुदूरपश्चिम प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नाराका साथ शुक्रबारदेखि धनगढीमा सुन्दर सुदूरपश्चिम महोत्सव शुरु भएको छ ।
विश्व ज्योति युवा क्लब र शक्ति युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले मेलाका माध्यमबाट आन्तरिक पर्यटकलाई मात्र नभई बाह्य पर्यटकलाईसमेत आकर्षण गर्न वातावरण तयार बनाउनुपर्नेमा जोड..