बुधबार, मंसिर २५, २०७६

    आर्थिक खबर

    उद्योगी र व्यापारीको माग - ब्याज दर घट्नुपर्ने, अर्थतन्त्रमा असर देखा पर्ने दाबी

    शुक्रबार, माघ १८, २०७५ साल
    विराटनगर, १८ माघ  बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् ।  उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प र पाँच लाख युवालाई रोजगार दिने सरकारको प्रतिबद्धता उद्योग र..

    नेपाल सिमेन्टमा आत्मनिर्भर, ५६ उद्योग सञ्चालनमा, दुई खर्बको लगानी

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौंँ, १८ माघ : नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् ।  सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ..

    डब्लुजीसीको ताजा प्रतिवेदन : विश्वव्यापीरूपमा सुनको माग ४ प्रतिशतले बढ्यो

    बिहिवार, माघ १७, २०७५ साल
    बेइजिङ, चीन, १७ माघ : विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वल्र्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ ।  केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा सुन खरिद र सुनमा लगानी तीब्र पारेको कारणले सुनको मागमा वृद्धि देखिएको हो ।  सन् २०१७ मा सुनको विश्वभर जम्मा चार हजार ३४५ टन माग रहेकोमा सन् २०१८ मा यसमा चार प्रतिशतको वृद्धि देखिएको..

    जडीबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने भएपछि व्यवसायी मारमा, निर्यात खस्कियो

    बिहिवार, माघ १७, २०७५ साल
    बाँके, १७ माघ चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालगञ्ज नाकाबाट रु ३७ करोड मूल्य बराबरको जडीबुटी भारततर्फ निकासी भएको छ ।  जडीबुटी निकासी हुने प्रमुख नाकाका रुपमा नेपालगञ्जलाई लिइने गरिन्छ । उक्त अवधिमा यस नाकाबाट रु ३७ करोड २३ लाख मूल्य बराबरका छ लाख ८२ हजार ५१० किलोग्राम जडीबुटी भारततर्फ निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।  यहाँबाट निकासी हुने जडीबुटी..

    नयाँ नियम शुरु ! अब मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौंँ, १६ माघ  सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ ।  विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा यो वर्षदेखि व्यक्तिगत भत्ता कटौती नगर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो ।  खनालले भन्नुभयो, “यसै वर्षबाट संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालबाट युएन मिसनमा सहभागी भएका सशस्त्र..

    टोयटाले ‘एअरव्याग डिफेक्ट’ भेटिएका करिब ५ हजार कार फिर्ता लिने

    बुधबार, माघ १६, २०७५ साल
    बेइजिङ, चीन, १६ माघ  जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने मङ्गलबार बताएको छ ।  टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले बताएका छन् ।  “टोयटा मोटर्सको चिनियाँ लगानी समूहले लेक्सस आइएस २५०सी को निर्माणमा सन् २०१४..

    वैदेशिक रोजगारीमा रहेका श्रमिक अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ  विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीलाई सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाइएकोे छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सामाजिक सुरक्षाको आवश्यकतालाई सम्बोधन गर्न सरकारसमक्ष सिफारिश गरेको हो ।  वैदेशिक रोजगारीका क्रममा रहेका करीब ४३ लाख युवालाई यस अभियानमा सहभागी गराउँदा दीर्घकालीन रुपमा आन्तरिक..

    ३३ किलो सुन प्रकरणका अभियुक्त श्यामकृष्ण श्रेष्ठलाई १४ करोडको भ्रष्टाचार मुद्दा

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले गैरकानूनी रूपमा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत खुलाउन नसकेको जिकिर गरेको छ । विमानस्थल, भन्सार कार्यालय, काठमाडौँबाट अवैधरूपमा ३३ किलो सुन..

    २८ हजार भूकम्पपीडित, अनुदान पाउने ६ हजार मात्र, आग्रहगर्दा पनि आउदैनन् किन ?

    मंगलवार, माघ १५, २०७५ साल
    भक्तपुर, १५ माघ  भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।  भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो ।  जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा आवास पुनःनिर्माणका लागि पहिलो किस्ता सम्झौता गर्नेको तुलनामा तेस्रो किस्ता रकम लैजाने भूकम्पपीडितको..

    जनता बैंकले गर्यो बराक साजनसँग सम्झौता, बेलायतसम्म रेमिट्यान्स सेवा विस्तार र आरम्भ

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौं, १४ माघ ।  जनता बैंक नेपाल लिमिटेडले दिदै आएको रेमिट्यान्स सेवा ‘जनता रेमिट’ अब बेलायतसम्म बिस्तार भएको छ । बैंकले हालै बराक साजन एक्स्चेन्ज लिमिटेडसँग संझौता गरी संयुक्त अधिराज्य बेलायतबाट रेमिट्यान्स सेवा संचालनमा ल्याएको हो । बराक ईङ्ल्याण्ड र वेल्समा एक्स्चेन्ज कम्पनीकोरुपमा आबद्ध भएको बराक बैंक लिमिटेड बंगलादेशको भगीनी संस्था हो । उक्त रेमिट सेवाबाट पठाइएको रकम देशभरी रहेका जनता..

    सिक्टा सिंचाईका तत्कालीन प्रमुख पण्डितसँग ८० लाख धरौटी माग, २१ विरुद्ध मुद्दा दायर

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौं, १३ माघ  विशेष अदालतमा आइतबार हाजिर भएका बहुचर्चित सिक्टा आयोजनाका तत्कालीन प्रमुख इन्जिनियर सरोज पण्डितसँग तारिखमा राख्ने प्रयोजनका लागि धरौटी मागिएको छ ।  पण्डित बैंकलाई जमानत राखेर तारिखमा बस्ने तयारीमा छन् ।   बहुचर्चित सिक्टा आयोजनाका तत्कालीन प्रमुख इन्जिनियर सरोज पण्डितसँग ८० लाख धरौटी माग भएको छ ।  पण्डितले धरौटी बुझाउने तयारी गरिरहेका छन् ।   सिक्टा आयोजनामा दुई अर्ब १३ करोड भ्रष्टाचार भएको..

    अनुदान बीउ र प्रविधिमा सहयोगबाट ३० मेट्रिकटन च्याउ उत्पादन, १५ लाखको बिक्री

    आईतवार, माघ १३, २०७५ साल
    कञ्चनपुर, १३ माघ कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् ।  नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती गरेका हुन् । सय वटा नमूना च्याउ घर बनाई किसानले च्याउ उत्पादन गर्दै आएको शाखाका प्रमुख रणबहादुर मल्लले बताउनुभयो ।  च्याउ घरबाट किसानले ३० मेट्रिकटन च्याउ उत्पादन..

    बदमासी बाँदर नियन्त्रणका लागि रु ५ लाख, अब समातेर निकुञ्जमा पठाइने योजना

    शुक्रबार, माघ ११, २०७५ साल
    मेलम्ची, ११ माघ  सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ ।  गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित गरिएको हो । किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमा नै आइ राखेको अन्न समेत खान थालेपछि बाँदर नियन्त्रण अभियान शुरु गरिएको हो । सिन्धुपाल्चोक जिल्लामामै बाँदर बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट..

    प्रणय दिवसका लागि गुलाफ आयात, यस वर्ष मूल्य बढ्ने, विशेष युवायुवतीमा थप खुशीयाली

    शुक्रबार, माघ ११, २०७५ साल
    काठमाडौँ, ११ माघ  यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ ।  गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल..

    औद्योगिक क्षेत्रका १ शय ४० ठूला उद्योगलाई प्राधिकरणको विषेश सेवा

    शुक्रबार, माघ ११, २०७५ साल
    हेटौँडा ११ माघ : हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १४० उद्योगलाई ठूला ग्राहकको रूपमा राखेर विषेश सेवा शुरु गरेको नेपाल विद्युत् प्राधिकरण विद्युुत् वितरण केन्द्रको कार्यालय हेटौँडाले जनाएको छ ।  उक्त कार्यलयले उद्योगहरूको रिमोट मिटर रिडिङ गर्ने गरेको र रिमोट मिटर रिडिङका लागि आवश्यक तयारी पूरा गरेर बिल भुक्तानीसमेत शुरु गरेको बताइएको छ । सिम कार्डको आधारमा सिम कार्डलाई नेटसँग जोडेर रिमोट मिटर..

    ‘अति कम विकसित मुलुकका लागि कानूनमा आधारित व्यापार प्रणाली आवश्यक’

    बिहिवार, माघ १०, २०७५ साल
    डाभोस, १० माघ  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालजस्ता अतिकम विकासित तथा भूपरिवेष्ठित मुलुकको चासो र अभिरुचि प्रवद्र्धन र संरक्षण गर्न बहुलवादिता तथा कानूनमा आधारित अन्तर्राष्ट्रिय व्यापार प्रणालीको आवश्यकतामा जोड दिनुभएको छ ।    स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चअन्तर्गत ‘विश्वका आर्थिक नेताहरुको अनौपचारिक भेला’मा प्रधानमन्त्री ओलीले उक्त कुरामा जोड दिनुभएको हो । “हामीले थाहा पाएजस्तै विश्व व्यापार अन्त्य भएको हो त रु” भन्ने प्रश्न..

    राष्ट्र बैंकले यस वर्ष १ खर्बका नोट जलाउँदै, किन छिटो झुत्रिन्छन् नोट ? तपाईकै छ कमजोरी !

    बुधबार, माघ ९, २०७५ साल
    काठमाडौं, ९ माघ  राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने हामी नोट प्रयोगको मामिलामा गैरजिम्मेवार छौं । पछिल्लो तीन वर्षको तथ्यांकले जलाइएका झुत्रा नोटको परिमाण दोब्बर बढेको देखिन्छ।     राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका अनुसार चालू वर्ष पहिलो छ महिनामा ४७ अर्ब ११ करोड ६३ लाख रुपैयाँ बराबरका नोट झुत्रिएर जलाइएका छन् । यसमा नोटको संख्या १५ करोड ५२ लाख ६ हजार ६ सय..

    कैलाली भन्सार नाकाबाट ६ महीनामा १० अर्बको आयात, सबैभन्दा बढी पेट्रोल र डिजेल !

    बुधबार, माघ ९, २०७५ साल
    धनगढी, ९ माघ  सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालय नाकाबाट चालु आर्थिक वर्षको शुरु छ महीनामा रु नौ अर्ब ९९ करोड ६७ लाख बराबरका विभिन्न मालसामान आयात भएको छ ।  सामान आयातवापत करीब रु दुई अर्ब ४१ करोड ४१ लाख ८३ हजार राजश्व सङ्कलन भएको भन्सार कार्यालयले जनाएको छ । देशका अन्य सीमा नाका जस्तै कैलाली भन्सार कार्यालयबाट पनि बर्सेनि आयात बढ्दै गए..

    अब तिम्ल्याहा बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले ३० हजार दिने

    बुधबार, माघ ९, २०७५ साल
    गलेश्वर, ९ माघ  बेनी नगरपालिकाले तिम्ल्याहा बच्चा जन्माएका नगर क्षेत्रभित्रका दुई जनालाई जनही रु ३० हजारका दरले रकम प्रदान गरेको छ ।  नगरपालिकाले तिम्ल्याहा बच्चाका अभिभावक बेनी नगरपालिका–७ मङ्गलाघाटकी सम्झना पन्त बानियाँ र वडा नं ४ राक्सेका केदार आचार्यलाई उक्त रकम हस्तान्तरण गरेको हो । तिम्ल्याहा बच्चाको पालनपोषणमा सघाउन नगरपालिकाले सो रकम सहयोग गरिएको बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।  मङ्गलबार नगरपालिकाको..

    कर्मचारी अध्यादेश - ५४ सचिवलाई समायोजन पत्र, ६ सय सहसचिव प्रक्रियामा

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौं, ८ माघ  सरकारले विशिष्ट श्रेणीका  सचिवको समायोजन गरेको छ ।  ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार विशिष्ट श्रेणीका ५६ जना सचिवको सङ्घमा समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव अनिता निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार ज्येष्ठताका आधारमा ती सचिवलाई मुख्य सचिव लोकदर्शन रेग्मीले समायोजनको पत्र दिनुभएको हो ।  केही दिनअघि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई समायोजन रोजेका सचिवको पत्र स्वीकृतिका लागि..

    भरतपुरद्वारा ६ महिनामै १३ अर्ब ४० करोड ५८ लाख ९५ हजार राजश्व सङ्कलन

    मंगलवार, माघ ८, २०७५ साल
    रत्ननगर, ८ माघ आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा रु १३ अर्ब ४० करोड ५८ लाख ९५ हजार राजश्व सङ्कलन गरेको छ ।  यो लक्ष्यको तुलनामा रु चार अर्ब चार करोड ६१ लाख ४६ हजार बढी हो । उक्त अवधिमा कार्यालयले रु ११ अर्ब ७३ करोड ७३ लाख ६२ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।  “अन्तःशुल्कको दरमा..

    चिया बगानमा दैनिक २० हजारभन्दा बढी पर्यटक रमाउँदै, ३ अर्ब ५४ करोडको चिया निर्यात

    मंगलवार, माघ ८, २०७५ साल
    पशुपतिनगर, ८ माघ  चिया बगान घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक परम्परागत पहिरनमा रमाउने गरेका छन् ।  कन्यामका थुम्काथुम्कामा पुग्नका लागि घोडा चढ्ने गरेका पर्यटक परम्परागत पहिरन लगाएर चिया बगानमा तस्बीर खिचेर रमाउँछन् । घुम्न आउनेले विभिन्न जातजातिका पोशाक लगाउने गरेका छन् । पर्यटकको रोजाइमा परम्परागत पहिरन पर्न थालेको छ ।  “पहिरन लगाएर पर्यटकले आनन्द लिन्छन्,” व्यवसायी सानु तामाङले भन्नुभयो । राई, गुरुङ,..

    नगरपालिकाले घटायो सम्पत्ति कर : गाउँका जनता खुशी, विकासे लहर शुरु

    मंगलवार, माघ ८, २०७५ साल
    गलेश्वर, ८ माघ  म्याग्दीको एक मात्र नगरपालिका बेनी नगरपालिकाले यसअघि निर्धारण गरेको एकीकृत सम्पत्ति करको दर घटाएको छ । नगरवासीको चौतर्फी विरोधपछि नगरपालिकाले नगरवासीसँग असुल गर्ने करको दर घटाएको हो । सम्पत्ति करको दर घटेसँगै नगरवासी खुशी भएका छन् ।  बजार क्षेत्रका नागरिकका लागि ठिकै भए पनि ग्रामीण क्षेत्रका जनताको हैसियतभन्दा बढीको कर निर्धारण गरेको भनेर व्यापकरूपमा विरोध भएपछि नगर कार्यपालिकाको बैठकले..

    हायर पर्चेज कर्जा दिने कम्पनीको चुक्ता पूँजी बढ्यो, साढे ५ अर्बको ट्रेजरी बिल आउँदै

    मंगलवार, माघ ८, २०७५ साल
    काठमाडौँ, ७ माघ  नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्थामा संशोधन गरी चुक्ता पूँजी बढाएको छ ।  बैंकले गरेको नयाँ व्यवस्थाअनुसार त्यस्तो कर्जा दिने कम्पनीको न्यूनतम पूँजी रु ३० करोड हुनुपर्ने व्यवस्था गरेको छ । हाल सञ्चालनमा रहेका हायर पर्चेज कम्पनीले २०७७ असार मसान्तसम्म रु २० करोड र २०७८ असारसम्म रु ३० करोड चुक्ता पूँजी..

    पूर्वगभर्नर तीलक रावललाई १० लाख धरौटी राखेर तारिखमा छाड्न आदेश

    सोमबार, माघ ७, २०७५ साल
    काठमाडौँ, ७ माघ :  विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तीलक रावललाई रु १० लाख धरौटी राखेर तारिखमा छुटने आदेश जारी गरेको छ ।  विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले आज रावललाई रु १० लाखमा धरौटी राखेर तारिखमा छुट्न आदेश दिएको अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  पूर्वगभर्नर रावललाई १५ दिनको म्याद दिएर बयानका लागि..

    घर निर्माण सकेर तेस्रो किस्तावापतको रकम लिनेको सङ्ख्या ५४ प्रतिशत

    सोमबार, माघ ७, २०७५ साल
    ललितपुर, ७ माघ  दक्षिणी भेगमा पर्ने कोञ्जेसोम गाउँपालिकामा घर निर्माण सकेर तेस्रो किस्तावापतको रकम लिनेको सङ्ख्या ५४ प्रतिशत रहेको छ । जिल्लाका छ स्थानीय तहमध्ये यो गाउँपालिकामा निजी आवास पुनःनिर्माण सबैभन्दा द्रुत गतिमा भइरहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणअन्तर्गतका जिल्ला आयोजना कार्यान्वयन एकाइ(आवास) ले जनाएको छ ।  यो गाउँपालिकामा जम्मा दुई हजार १५४ लाभग्राही रहेकामा एक हजार १६४ ले घर निर्माण सम्पन्न गरिसकेको एकाइले..

    मेलम्चीको ठेक्का सम्झौता रद्द गर्न छलफल, इटालियन व्यवसायीको अत्तोपत्तो छैन !

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौँ, ६ माघ  मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको निर्माण व्यवसायी सिएमसीसँगको ठेक्का सम्झौता रद्द गर्ने विषयमा छलफल भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।  पुस ३ गते काम गर्न स्रोत अभाव भएको भनी एकपक्षीय रुपमा सुरुङ, हेडवक्र्स लगायतको काम छोडेको इटालियन निर्माण व्यवसायी सिएमसी अझै काममा फर्किएको छैन । काम छोडेर भाग्न लागेको सूचना पाएपछि गत महीना निर्माण व्यवसायी कम्पनीका..

    प्रधानमन्त्री ओली आज स्वीट्जरल्याण्ड जाँदै, यस्तो छ भ्रमण तालिका !

    आईतवार, माघ ६, २०७५ साल
    काठमाडौँ, ६ माघ प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्च (वर्ल्ड इकोनोमिक फोरम) को वार्षिक बैठकमा सहभागी हुन आईतबार स्वीट्जरल्यान्ड जाँदै हुनुहुन्छ ।  नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बेलुकी स्वीट्जरल्याण्ड जानुहुने भएको हो । विश्व आर्थिक मञ्चको बैठकमा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुनका लागि प्रधानमन्त्री आईतबार साँझ त्यसतर्फ प्रस्थान गर्ने..

    आदरणीय विज्ञहरु ! कर्णाली प्रदेश निर्माणको डिजाइन भए दिनुहोस् : मुख्यमन्त्री शाही

    आईतवार, माघ ६, २०७५ साल
    सुर्खेत, ६ माघ :  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गर्नुभएको छ ।  कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ निर्माणसम्बन्धी पूर्वतयारी कार्यशाला गोष्ठीको समापनमा मुख्यमन्त्री शाहीले कर्णालीको विकास मोडेल पृथक स्वरुपमा तयार गर्न विज्ञहरुलाई आग्रह गर्नुभएको हो । “पैसा नभएर कर्णाली विकास नभएको होइन”, मुख्यमन्त्री शाहीले भन्नुभयो, “यहाँ दूरदृष्टि र..

    आइतबारदेखि कर्णाली प्रदेशबाट पनि श्रम स्वीकृति, आवश्यक सबै तयारी पूरा

    शनिबार, माघ ५, २०७५ साल
    काठमाडौँ, ५ माघ : वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आइतबारदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान गर्ने भएको छ ।  कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पुनःश्रम स्वीकृतिको सेवा प्रदान गरिने श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रम स्वीकृतिका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको छ ।  श्रम कार्यालयबाट प्रारम्भिक..
    Results 1525: You are at page 26 of 51
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 Next Last
    Weather Forecast