सोमबार, असोज २७, २०७६

    आर्थिक खबर

    कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धन मूल्य घट्यो

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस  सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर रु १० का दरले घटाएको छ ।  साविक १०४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिनुभयो । घटेको मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ ।..

    विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न प्रदान

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २२ उद्योगका २८ वस्तुलाई नेपाल गुणस्तर चिह्न (एनएस) प्रदान गरेको छ ।  विभागले भारत तथा चीनमा उत्पादित २२ उद्योगबाट उत्पादित २८ वस्तुलाई एनएस चिह्न प्रदान गरेको हो । आधुनिक सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, क्याल्कम सिमेन्ट उद्योग भारतबाट उत्पादित ओपिसी र पिपिसी सिमेन्ट, राजस्थान सिलिण्डर उद्योग भारतबाट उत्पादित..

    कृषि अनुदानको दुरुपयोग, उपभोक्ताले राहत पाएनन्, सरकारले पुनःमूल्याङ्कन गर्दै

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौँ, २६ पुस   सरकारले कृषि क्षेत्रमा जाने अनुदानमा पुनःमूल्याङ्कन गर्ने भएको छ । व्यक्तिगतरूपमा दिँदा अनुदानको दुरुपयोग भएकाले पुनःमूल्याङ्कन गरेर सहकारीमार्फत जाने तयारी सरकारले गरेको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।  “राज्यबाट कृषिमा जाने अनुदानबारे हामी पुनःमूल्याङ्कन गर्दैछौँ, व्यक्तिले लगेको अनुदान दुरुपयोग भयो, हामीले स्वीकार्नै पर्छ, अनुदानको पैसा लियो, उद्यम शुरु गर्यो तर उपभोक्ताले राहत पाए–पाएनन् भन्ने प्रश्न छ । त्यसैले..

    सरल कर्जा : वैदेशिक रोजगारीबाट फर्किएका महिलाभन्दा पुरुष बढी आकर्षित, कसरी लिने ?

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौं, २६ पुस ।  सरकारले वैदेशिक रोजगारीका क्रममा विशेष ज्ञान, सीप र दक्षता आर्जन गरेर नेपाल फर्की पेशा, व्यवसाय तथा उद्यम गर्न इच्छुक युवालाई आव २०७५/०७६ मा १० लाख रुपैयाँसम्म सरल कर्जा प्रदान गर्ने कार्यक्रम शुरु गरेको छ। वैदेशिक रोजगारबाट फर्किएका कुनै निश्चित सीप भएका कामदारलाई सरकारले उपलब्ध गराउने सरलकर्जामा पुरुष कामदारको उपस्थिति उल्लेख्य रहेको छ भने महिला कामदार आकर्षित भएका छैनन्। सरलकर्जाका..

    ८५ कृषकद्वारा ८० बिघा जमीनमा सुन्तला खेती, १ महीनामा १ करोडको बिक्री

    बिहिवार, पौष २६, २०७५ साल
    रत्ननगर, २६ पुस  तामिन कृषि बहुउदेश्य सहकारीले एक महीनामै रु एक करोड बराबरको सुन्तला बिक्री गरेको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित उक्त सहकारीले गत मङ्सिर २० देखि पुस १९सम्ममा उक्त मूल्य बराबरको सुन्तला बिक्री गर्न सफल भएको हो ।  “मङ्सिर २० गतेबाट सुन्तला बिक्री गर्न शुरु गरेका थियौँ, अहिलेसम्म रू एक करोडको सुन्तला बिक्री भएको छ” सहकारीका अध्यक्ष हरिबहादुर नेपालले भन्नुभयो..

    बाढीपीडितलाई अनुदान रकममा थप गर्ने निर्णय, व्यवस्थापन गर्न चुनौती

    बुधबार, पौष २५, २०७५ साल
    सुर्खेत, २५ पुस  कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बाढी पहिरोपीडितलाई अग्रसूचीमा राखेर काम गर्न आग्रह गर्नुभएको छ ।  बुधबार सुर्खेत जिल्लास्थित सात स्थानीय तहका प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष र बाढीपीडित समस्या समाधान समितिका सदस्यसँगको बैठकमा कानूनमन्त्री भण्डारीले लामो समयदेखि पीडा खेप्दै आएका बाढीपीडितलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । सबै तहका सरकारले मानवीय समवेदना देखाएर पीडितको व्यवस्थापनमा लाग्नुपर्ने उहाँको भनाइ..

    कर्मचारी समायोजन : प्रदेश र स्थानीय तहमा बढी आकर्षण, यस्तो छ सेवासुविधा !

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस  कर्मचारी समायोजनमा प्रदेश र स्थानीय तह कर्मचारीको आकर्षण बढ्दो छ ।  अब बन्ने सङ्घीय निजामती सेवा ऐनमा कर्मचारीको वृद्धि विकासको बाटो खुल्ने भएपछि शाखा अधिकृतदेखि तलको कर्मचारीको आकर्षण प्रदेश र स्थानीय तहमा बढेको हो । ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीको एक तह बढुवा हुने र सङ्घमा रहेका कर्मचारीसरह सेवासुविधा पाउने भएकाले तल्लो..

    अर्थमन्त्रालयको प्रस्टोक्ति – प्रधानमन्त्री ओलीको सम्बोधन तथ्यमा आधारित

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस  अर्थमन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीले यही पुस २२ गते प्रतिनिधिसभामा गर्नुभएको सम्बोधन तथ्यमा आधारित रहेको स्पष्ट पारेको छ ।  उहाँले सम्बोधनको क्रममा उल्लेख गर्नुभएका केही तथ्याङ्कबारे सार्वजनिक भएका टिप्पणीप्रति उक्त मन्त्रालयले आफ्नो ध्यानार्कषण भएको जनाएको हो ।  मन्त्रालयले नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो चार महीनामा वार्षिक बिन्दुगत आधार मूल्य चार दशमलव दुई प्रतिशत रहेकामा पहिलो पाँच महीनामा..

    नयाँ आशासहित सुरेन्द्रले पाए आयल निगमको प्रमुख जिम्मेवारी, नियुक्त हुनुको कारण...

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौं, २४ पुस ।  सरकारले नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्कालाई बर्खास्त गरेसँगै नयाँ कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । यसअघि पौडेल उदयपुर सिमेन्ट उद्याेगककाे महाप्रबन्धक थिए । उनकाे तीन वर्षे कार्यकालमा घाटामा रहेको उदयपुर सिमेन्टमा महत्वपूर्ण सुधार गरेको श्रेय दिइन्छ । उनी आउँदा साे उद्याेगमा २० करोड तत्कालै तिर्नुपर्ने ऋण थियो । उनकै सक्रियतामा उदयपुर सिमेन्टले गत वर्ष..

    पहिलो र दोस्रो सन्तान छोरी जन्माउनेलाई प्रोत्साहन भत्ता, बैंकमै खाता खोलेर नगद जम्मा

    मंगलवार, पौष २४, २०७५ साल
    विराटनगर, २४ पुस : विराटनगर महानगरपालिकाले पहिलो र दोस्रो सन्तान छोरी जन्माउने परिवारलाई प्रोत्साहन स्वरुप  रकम प्रदान गरेको छ ।  गर्भमा छोरी रहेको थाहा पाएपछि भु्रण हत्या हुने क्रममा वृद्धि भएपछि त्यसलाई रोक्नका लागि महानगरपालिकाले पहिलो पटक यो अभियान चलाएको हो । दुई छोरी जन्माउने महिलालाई वर्षेनी एक कार्यक्रमको आयोजना गरी प्रोत्साहन भत्ता वितरण गर्ने महानगरपालिका प्रमुख भीम पराजुलीले बताउनुभयो । महानगरपालिकाले..

    उपसमितिले तयार पारेकाे प्रतिवेदन पास, बहालवाला र पूर्व मन्त्रीलाई कारबाही, गृहसचिवलाई सफाई

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै दुई पूर्वसहित वहालवाला पर्यटनमन्त्रीलाई कारबाही गर्न सिफारिस गरेको छ ।  समितिको सोमबार बसेको बैठकमा उपसमितिको प्रतिवेदन संशोधन गरेर पेश गरिएको थियो । जसमा ‘महालेखा परीक्षकको प्रतिवेदनको सम्परीक्षण र बेरुजु फस्र्याैट गर्ने विम्मा लेखा उत्तरदायी अधिकृतका रुपमा मन्त्रालयका सचिवको प्रमुख दायित्व हुने र सचिव नै वायुसेवा निगमको अध्यक्ष रहेको अवस्थामा सार्वजनिक..

    वाइडबडी खरिदमा भएको अनियमिततामा मेरो संलग्नता छैन, निष्पक्ष अनुशन्धान हुनुपर्छ : मन्त्री अधिकारी

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस नेपाल वायु सेवा निगमले खरिद गरेको वाइड बडी विमानमा भएको भ्रष्टाचारमा नाम जोडिएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले सोमबार पत्रकार सम्मेलन गरी आफ्नो स्पष्टिकरण दिएका छन् । पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले आफ्नो लिखित प्रष्टिकरण प्रस्तुत गर्दै आफूलाई अनुमान र पूर्वाग्रहका आधारमा भ्रष्टाचार काण्डमा जोडिएको दाबी गरे । उनले विभागीय मन्त्रीको हैसियतमा हुने नैतिक जिम्मेवारी बाहेक अरु..

    रु. ४ अर्ब २५ करोडको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्दै नेपाल राष्ट्र बैंक

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौँ, २३ पुस : नेपाल राष्ट्र बैंकले सोमबार रु चार अर्ब २५ करोड बराबरको ट्रेजरीबिल बोलकबोलमा बिक्री गर्ने भएको छ ।  बैंकले आइतबार एक सूचनामार्फत २८ दिने अवधिका लागि रु तीन अर्ब २५ करोड र ९१ दिने अवधिको रु एक अर्ब बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो । बैंकले यसअघि रु छ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने रु आठ अर्ब..

    सुख्खाग्रस्त क्षेत्रमा खानेपानी पुर्याउन १ अर्ब लगानी, २२ हजारलाई सुविधा उपलब्ध गराउने लक्ष्य

    आईतवार, पौष २२, २०७५ साल
    फिदिम, २२ पुस  नेपाल सरकारले करीब रु एक अर्ब लगानी गरेर पाँचथरको सुख्खाग्रस्त क्षेत्रका २२ हजार स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन लागेको छ ।  पाँचथरको कुम्मायक र तुम्बेवा गाउँपालिकाका सात वटा वडाका २२ हजार ७० जना स्थानीयवासीलाई खानेपानीको सुविधा उपलब्ध गराउन सरकारले ९६ करोड ५० लाख २२ हजार रुपैयाँ बजेट छुट्याएको छ । यही बजेटबाट अहिले लिफ्टिङ तथा पम्पिङ प्रणालीका दुई खानेपानी..

    नेपाल फर्निचर तथा फर्निसिङ्ग संघको १९ औैं साधारणसभा : रुपेश प्रधानको नेतृवमा नयाँ कार्यसमिति

    सोमबार, पौष २३, २०७५ साल
    काठमाडौं, पुस २२ ।  नेपाल फर्निचर तथा फर्निसिङ्ग संघ काठमाडौंको १९ औैं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष राजेश कुमार अग्रवालको अध्यक्षतामा शनिबार आयोजित उक्त कार्यक्रमको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष रुपेश प्रधानले स्वागत मन्तब्य व्यक्त गर्नुभयो ।  सो अवसरमा विशेष अतिथिकारुपमा आमन्त्रित उद्योग वाणिज्य महासंघका..

    विद्युत् चुहावटबाट ६४ लाख असुली, ४३ प्रतिशत चुहावट नियन्त्रण !

    आईतवार, पौष २२, २०७५ साल
    राजविराज, २२ पुस नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले चालू आर्थिक वर्षमा करीब ४३ प्रतिशत विद्युत् चुहावट नियन्त्रण गर्न बाँकी रहेको जनाएको छ ।  सप्तरीमा गत वर्ष ५०.३ प्रतिशत चुहावट रहेकामा अहिले त्यसलाई झारेर ४३ प्रतिशतमा ल्याइएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताउनुभयो । उहाँका अनुसार चालू आवमा ३६ प्रतिशतमा विद्युत् चुहावट झार्ने लक्ष्य रहेकाले सो अभियानलाई निरन्तरता दिइ जिल्लाको बिजुली बत्तीलाई नियमित..

    मेलम्चीका ठेकेदार प्रतिनिधि काठमाडौं आउँदै, काम चाँडै सुचारु हुने आयोजनाको दाबी

    आईतवार, पौष २२, २०७५ साल
    काठमाडौँ, २२ पुस । पुस २ गतेदेखि कम्पनीका प्रमुख व्यवस्थापकसहित २७ जना इन्जिनियर आयोजनाबाट फरार थिए । खानेपानी मन्त्रालयले आयोजनाका प्रतिनिधि नयाँ वर्ष र क्रिसमस मनाउन विदेश गएको बताएको थियो । मेलम्ची खानेपानी आयोजनामा काम गर्दै आएको इटालीको सीएमसी कम्पनी सोमबार नेपाल फर्किने भएको छ । उक्त कम्पनीका प्रतिनिधि सोमबारसम्ममा नेपाल आइपुग्ने मेलम्ची खानेपानी आयोजनाले बताएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि नेपाल फर्किएपछि..

    “वाइडबडी विमान प्रकरणमा संलग्न जोसुकै भए पनि नेपाली काङ्ग्रेसले छाड्दैन”

    शनिबार, पौष २१, २०७५ साल
    उर्लाबारी, २१ पुस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिनुभएको छ ।  पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको लेटाङ नगरपालिकामा आयोजित प्रदेश नं १ स्तरीय दुईदिने प्रशिक्षण कार्यक्रमको शनिबार उद्घाटन गर्नुहुँदै सभापति देउवाले वाइडबडी विमान प्रकरणमा जुनसकै पार्टीको भए पनि कारवाही हुनुपर्ने पार्टीको धारणा रहेको स्पष्ट पार्नुभयो ।  सरकारले छुट्टै छानविन..

    मूल्यमा एकरुपता ल्याउन पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण

    शनिबार, पौष २१, २०७५ साल
    जुम्ला, २१ पुस   यहाँ झण्डै डेढदशकपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरिएको छ ।  पेट्रोलियम पदार्थको मूल्यमा एकरुपता नहुँदा यहाँका सवारी धनी मर्काका थिए । प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलको अध्यक्षतामा शुक्रबार बसेको सर्वपक्षीय सर्वदलीय बैठकले पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य निर्धारण गरेको हो ।  प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार पेट्रोलको प्रति लिटर मूल्य रु १३० र डिजेलको प्रति लिटर मूल्य रु..

    भक्तपुरमा ठूलो तरकारी बजार सञ्चालन हुदैँ, २ सय ८० पसल रहने, यस्तो छ सुविधा !

    शनिबार, पौष २१, २०७५ साल
    भक्तपुर, २१ पुस  काठमाडौँ कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कूल रु छ करोड ५० लाख लगनीमा शुरु हुनलागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरिएको छ ।  सूर्यविनायक नगरपालिका–३ बालकोटमा आफ्नै कृषक बाबु श्यामबहादुर र आमाले अथक मेहनतले उब्जाएको एक मुठा..

    ‘सुन्दर सुदूरपश्चिम महोत्सव’ शुरु, माघ २ गतेसम्म चल्ने, ३०० व्यापारिक कक्ष

    शनिबार, पौष २१, २०७५ साल
    कैलाली, २१ पुस  ‘समृद्ध सुदूरपश्चिम प्रदेशको आधार, कृषि पर्यटन, उद्योग र व्यापार’ नाराका साथ शुक्रबारदेखि धनगढीमा सुन्दर सुदूरपश्चिम महोत्सव शुरु भएको छ ।  विश्व ज्योति युवा क्लब र शक्ति युवा क्लबले संयुक्त रुपमा आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले मेलाका माध्यमबाट आन्तरिक पर्यटकलाई मात्र नभई बाह्य पर्यटकलाईसमेत आकर्षण गर्न वातावरण तयार बनाउनुपर्नेमा जोड..

    विपन्न बिरामीलाई सहयोग अभियान, आर्थिक सङ्कलन वृद्धि हुने क्रम दिनानुदिन बढ्दै

    शुक्रबार, पौष २०, २०७५ साल
    मङ्गलबारे, २० पुस  आर्थिक अवस्था कमजोर भएका विरामीलाई आर्थिक सहयोग गर्ने उद्देश्यले स्थापित इलामका सहयोगी हात नामक संस्थामा आर्थिक सङ्कलन वृद्धि हुने क्रम दिनानुदिन बढ्दै गएको छ ।  संस्थाले इलाम अस्पतालमा आउने कतिपय बिरामी आर्थिक अवस्था कमजोर भएर उपचार गराउन नसकी अस्पतालको श्यायामा छटपटाइरहेकालाई उपचारमा सहयोग गर्दै आइरहेको छ । दुई वर्षअघि स्थापित सो संस्थामा दाताको सहयोगले हाल करीब रु २० लाख..

    वाइडबडी प्रकरणको छानविन गर्न समिति गठन, सरकारलाई ४५ दिनभित्र प्रतिवेदन

    शुक्रबार, पौष २०, २०७५ साल
    काठमाडौँ, १९ पुस  सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति बिहिबार गठन गरेको छ ।  संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा हुनुहुन्छ ।  उक्त प्रकरणमा खरीद गरिएका दुई वटा एयरबस विमानका विषयमा जाँभबुझ गर्ने क्षेत्राधिकारसहितको समिति मन्त्रिपरिषद्ले..

    वाइडबडी भ्रष्टाचार : प्रतिवेदन सार्वजनिक गरेकाेमा प्रधानमन्त्री ओलीको असन्तुष्टि

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १९ पुस ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी विमान खरिदमा भएको भ्रष्टाचारबारे संसदीय उपसमितिको प्रतिवेदन बाहिरिएको प्रति असन्तुष्टि जनाएका छन् । विमान खरिद प्रकरणको छानबिनका लागि गठित संसदीय लेखा समिति अन्तरगतको उपसमितिले तयार पारेको प्रतिवेदनप्रति प्रधानमन्त्री ओली असन्तुष्ट भएका हुन् । उपसमितिले मंगलबार राति ११ बजेसम्म बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएको थियो । बुधबार बिहान ११ बजे प्रतिवेदन पूर्ण समितिमा..

    नेपाल आयल निगम लिमिटेड : पेट्रोलियम पदार्थको मूल्य घट्यो, नयाँ मूल्य लागू !

    बिहिवार, पौष १९, २०७५ साल
    काठमाडौँ, १८ पुस  नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटर रु दुई घटाएको छ ।  समायोजन गरिएको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर रु १०८, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९५ भएको छ । यसअघि पेट्रोल प्रतिलिटर रु ११०, डिजेल र मट्टीतेल प्रतिलिटर रु ९७ कायम रहेको थियो । नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।  अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम..

    वाइडबडी खरिद प्रकरण : आखिर कहाँ चुके त पर्यटनमन्त्री रवीन्द्र अधिकारी ?

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, १८ पुस संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले अनुसन्धानबाट निकालेको वाइडबडी विमान खरिदको क्रममा भएको चार अर्ब ३५ करोड ५६ लाखको अनियमिततामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी पनि मुछिएका छन् ।  बिमान खरिद गर्ने निर्णयमा वा किस्ता बुझाउने सवालमा आफ्नो संलग्नता नरहेको दाबी गर्ने अधिकारीलाई उपसमितिले कानुन सम्मत कारबाहीको माग गरेको छ। यसअघिका दुई वटा मन्त्रीलाई समेत कानुन..

    वाइडबडी खरिदमा साढे ४ अर्ब भ्रष्टाचार ? पर्यटनमन्त्रीसहित २ पूर्वमन्त्री र सचिवलाई निलम्बन गर्न सिफारिश

    बुधबार, पौष १८, २०७५ साल
    काठमाडौँ, पुस १८ ।  वाइडबडीबारे छानविन गर्नका निम्ति गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, तीन सचिवलाई कारबाहीका लागि सिफारिस गरेको छ । नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालिएको हो । उपसमितिले यो अनियमिततामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई समेत दोषी ठहर गरेको छ ।  त्यस्तै, यही प्रकरणमा दुई..

    वैदेशिक व्यापार : नेपालले ६ रुपैयाँ निर्यात गर्दा रु ९४ बराबरको आयात हुँदै

    सोमबार, पौष १६, २०७५ साल
    काठमाडौँ, १६ पुस  नेपालले छ रुपैयाँ बराबरको सामान निर्यात गर्दा रु ९४ बराबरको आयात हुँदै आएको तथ्याङ्क सार्वजनिक भएको छ ।  व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कले निर्यातको तुलनामा आयातको मात्रा बढी रहेको देखाएको हो । केन्द्रकाअनुसार कूल व्यापारमा निकासीको मात्रा पाँच दशमलव आठ प्रतिशत छ भने आयात ९४ दशमलव दुई प्रतिशत छ ।  चालू आवको..

    वैदेशिक रोजगारीमा जानेका लागि राजधानी बाहिरै सेवा, बुटवलबाट श्रम स्वीकृति दिन सुरु

    सोमबार, पौष १६, २०७५ साल
    बुटवल, १६ पुस : सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर बुटवलमा आइतबारदेखि सेवा प्रारम्भ गरेको छ । सेवा प्रारम्भ भएकै दिन कार्यालयमा मजदूर श्रम स्वीकृत गर्नेको भीड लागेको थियो । बुटवल कार्यालयमा उपसचिव शर्माको नेतृत्वमा १८ जना कर्मचारी खटाइएको छ ।  सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि बुटवलमा प्रदेश ५..

    २० लाख कर्मचारीको कमाइमा कैची लगाउँदै अर्थ मन्त्री ! हच्किए उद्योगी व्यवसायी

    आईतवार, पौष १५, २०७५ साल
    काठमाडौं,  १५ पुस  अर्थमन्त्री डा. युवराज खतिवडाले २० लाख कर्मचारीले नाफाबाट पाउँदै आएको बोनश काट्दै सबै पैसा सरकारी खातामा सार्ने भएका छन् ।  खतिवडासहितको समूहले तयार पारेको बोनश ऐनको मस्यौंदा जस्ताको तस्तै पारित भएमा कर्मचारी कल्याणकारी कोषको रकम सरकारी खातामा सर्नेछ । र, बैंक तथा वित्तीय संस्था, बहुराष्ट्रिय कम्पनी र कर्पोरेट कम्पनीबाट कर्मचारीले पाउने सुविधा बन्द हुनेछ ।  सरकारले विद्यमान बोनस ऐन २०३०..
    Results 1442: You are at page 25 of 49
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 Next Last
    Weather Forecast