बुधबार, कार्तिक २७, २०७६

    आर्थिक खबर

    अब स्वदेशमै रोजगारी ! ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणाको अन्तिम तयारी

    बुधबार, माघ २३, २०७५ साल
    काठमाडौँ, २३ माघ : पाँच वर्षभित्र बाध्यकारी वैदेशिक रोजगारीको अन्त्य गर्ने अठोट लिएको सरकार आन्तरिक श्रम बजारमै रोजगारीको प्रशस्त अवसर उपलब्ध गराउन ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणाको अन्तिम तयारीमा छ ।  विकास निर्माणसम्बन्धी कार्यक्रम तथा आयोजना सञ्चालन गर्दा रोजगारी सिर्जनालाई प्राथमिकता दिन नसकेको अवस्थामा सरकारले बेरोजगार युवालाई विकास निर्माणका आयोजनामार्फत स्वदेशी श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउन लागेको हो । आगामी फागुन १ गते..

    बिर्तामोड महोत्सवमा जुम्लाको मार्सी चामल, ९०० किलो बिक्री

    बुधबार, माघ २३, २०७५ साल
    भद्रपुर, २३ माघ : झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा रु दुई लाख ५२ हजारको जुम्लाको मार्सी चामल बिक्री भएको छ ।  ‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा ९०० किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताउनुभयो । राउतका अनुसार काठमाडौँमा रहेको सो सेन्टरले..

    आमसञ्चार प्रतिष्ठानका कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न अन्तरिम आदेश

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २२ माघ  सर्वोच्च अदालतले श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न-नगराउन अन्तरिम आदेश जारी गरेको छ ।      प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले सोमबार सरकारले लागू गरेको श्रमजीवी पत्रकारबाहेक राष्ट्रिय सञ्चारमाध्यममा काम गर्ने कर्मचारीलाई तोकिएको न्यूनतम पारिश्रमिक कार्यान्वयन नगर्न÷नगराउन अन्तरिम आदेश जारी गरेको हो ।  आदेशमा भनिएको छ, ‘श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक निर्धारण गरी सोको कार्यान्वयन गर्ने..

    पन्ध्रौँ आर्थिक योजना सार्वजनिक - वृद्धिदरको लक्ष्य, कुन क्षेत्रमा कति ?

    मंगलवार, माघ २२, २०७५ साल
    विराटनगर, २२ माघ  पन्ध्रौँ योजनाको ५.६ प्रतिशतले आर्थिक वृद्धिदर लक्ष्य हासिल गर्न सार्वजनिक, निजी तथा सहकारी क्षेत्रको कूल रु ९७ खर्ब ७७ अर्ब ७५ करोड लगानी हुने अनुमान राष्ट्रिय योजना आयोगले लिएको छ ।  कृषितर्फ रु आठ खर्ब ३७ अर्ब ३० करोड, उद्योगतर्फ रु ३५ खर्ब ८३ अर्ब ४७ करोड र सेवातर्फ रु ५३ खर्ब ५६ अर्ब ९७ करोड लगानी हुने आयोगले..

    लगानी गर्न उपयुक्त वातावरण छ, अब लगानीकर्ताको पर्खाईमा नेपाल : अर्थमन्त्री

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २१ माघ   अर्थमन्त्री डा युवराज खतिवडाले साउदी अरेबियालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । आफूसँग शिष्टाचार भेटका लागि आउनुभएका साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानलाई मन्त्री डा खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताउनुभएको हो ।    अर्थमन्त्री खतिवडाले पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी..

    अख्तियारद्वारा पूर्वमन्त्री न्यौपानेसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा [नामसहित]

    मंगलवार, माघ २२, २०७५ साल
    काठमाडौँ, २१ माघ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बद्री न्यौपानेसहित १३ विरुद्ध विशेष अदालमता मुद्दा दायर गरेको छ । आयोगले समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रिया विपरीत गरेको पाइएकाले मुद्दा दायर गरेको जनाएको छ ।  आयोगले पूर्वमन्त्री न्यौपानेविरुद्ध रु ३१ करोड ५२ लाख १७ हजार ६७५, परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता तत्कालीन..

    ८ जना हुण्डी कारोबारीविरुद्ध ४ अर्ब १६ करोड बिगो दाबी गर्दै मुद्दा

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौं, २१ माघ   राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन (हुण्डी) मा सर्वाधिक बिगो दावी गरी सोमबार धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।  हुन्डी कारोबार गरेको पुष्टि भएपछि राजश्व अनुसन्धान कार्यालय, पथलैयाले जिल्ला अदालत, धनुषामा ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । विभागले रामेश्वर पूर्वे भनिने रामेश्वर शाह, उनकी श्रीमती मिनादेवी शाह, विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज..

    'मेलम्ची त छोड्यो विश्वास पनि तोड्यो' ! सीएमसीबाट नेपाली व्यवसायीले भुक्तानी पाएनन्

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेर अवरुद्ध भएको र भुक्तानी समेत रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासङ्घले जनाएको छ ।  सम्झौता अनुसार समयमा काम गरेपछि त्यसको भुक्तानी दिनु आयोजनाको दायित्व भएपनि आयोजना निर्माणका क्रममा नेपाली सहायक निर्माण व्यवसायी, आपूर्तिकर्ता र कामदारले मुख्य निर्माण व्यवसायी इटालियाली कम्पनी सीएमसीबाट अर्बौं रूपैयाँ भुक्तानी लिन बाँकी रहेको..

    राष्ट्र बैंकले २ अर्ब ४६ करोड मुद्दती निक्षेपमा राख्ने, शर्त पूरागरी आवेदन दिन आग्रह !

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ  नेपाल राष्ट्र बैंकले रु दुई अर्ब ४६ करोड ८७ लाख बराबरको रकम बैंकमा एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ ।  बैंकले आईतबार एक सूचनामार्फत २०७५ फागुन १ गतेदेखि २०७६ माघ २९ गतेसम्मका लागि सो रकम मुद्दतीमा राख्न लागेको जनाएको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रु दुई अर्ब छ करोड ८७ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका..

    चीनबाट निरन्तर सहयोगको प्रतिबद्धता, चिनियाँ बैंकका शाखा विस्तारमा जोड

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, २० माघ  नेपालमा भौतिक संरचना निर्माण, पर्यटन, कृषि, ऊर्जा, भूकम्पपछिको पुनःनिर्माणलगायत परियोजनामा चीन सरकारबाट निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त भएको छ ।  नेपालका लागि चीनका राजदूत हउ यान्छीले अर्थमन्त्री युवराज खतिवडालाई आईतबार अर्थ मन्त्रालयमा भेटेर त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले नेपाल सरकारको आर्थिक विकास र समृद्धिको लक्ष्य साकार पार्न चीनले सघाउने प्रतिबद्धता व्यक्त गर्दै नेपालसँग निकट सम्पर्कमा रहेर सहकार्य गर्न..

    पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यवृद्धि, आयल निगम भने अर्बौं नाफामा

    आईतवार, माघ २०, २०७५ साल
    काठमाडौँ, १९ माघ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीटेलको मूल्यवृद्धि गरेको छ ।  शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँको दरले वृद्धि गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो । नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ११०, डिजल र मट्टीतेल प्रतिलिटर ९७ कायम भएको छ ।  विगतमा करीब डेढ महीनाजति अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको..

    विमानस्थलले उठायो ५५ करोड बढी बक्यौता, अझै डेढ अर्ब बाँकी, कस्को कति ?

    शनिबार, माघ १९, २०७५ साल
    काठमाडौँ, १९ माघ  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले ११ महीनाको अवधिमा रु ५५ करोडभन्दा बढी बक्यौता उठाएको छ । मङ्सिर मसान्तसम्म विभिन्न वायुसेवा प्रदायक कम्पनीबाट करीब ५० करोड र पुस महीनामा पनि झण्डै सात करोड बक्यौता उठेको विमानस्थल कार्यालयले जनाएको छ ।  एक महीनाको अवधिमा ५५ करोड बढी पुरानो बक्यौता उठाइएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताउनुभयो । बक्यौता बाँकी रहेका निकायलाई पनि निरन्तर ताकेता..

    मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले नागरिकमा उत्साह, तथ्याङ्क सङ्कलन शुरु !

    शनिबार, माघ १९, २०७५ साल
    रुपन्देही, १८ माघ  प्रदेश नं ५ का जिल्लाहरुमा मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम लागू गरिएपछि नागरिकमा उत्साह छाएको छ । प्रदेशअन्तर्गतका १२ जिल्लाका ३४ गाउँपालिकामा गरीब तथा पिछडिएको क्षेत्रका नागरिकलाई लक्ष्य गरी मुख्यमन्त्री शंकर पोखरेलको अगुवाइमा ग्रामीण विकास कार्यक्रम शुरु गरिएको हो ।   विकासे कार्यक्रम : कार्यक्रम कार्यान्वयनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १२ वटै जिल्लामा सहजकर्ता नियुक्त गरेको छ । पुसको पहिलो हप्तामा..

    रोजगार संयोजक पदमा आकर्षण, सातै प्रदेशमा गरी २४ हजारको आवेदन

    शनिबार, माघ १९, २०७५ साल
    काठमाडौँ, १९ माघ : प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन गरेका छन् ।  यही माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा शुक्रबार अपराह्नसम्म सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले रोजगार संयोजकका लागि आवेदन पेश गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले ७५३ स्थानीय तहमा एक/एक जना रहने..

    नेपालको कूटनीतिका बारेमा जानकारी, विदेशी प्रतिनिधिद्वारा लगानी गर्न चासो

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौँ, १८ माघ परराष्ट्र मन्त्रालयले नेपालस्थित कुटनीतिक नियोगका प्रतिनिधिलाई नेपालको कूटनीति विषयमा सम्बन्धमा जानकारी दिएको छ ।  मन्त्रालयले आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई नेपालको परराष्ट्र नीति, परराष्ट्र नीतिले बाह्य मुलुकलाई पार्ने प्रभाव र नेपालमा हुने लगानी सम्मेलनबारे जानकारी गराउनुभएको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिनुभयो । छलफलमा प्रधानमन्त्री..

    आयो नूनको बिक्री मूल्यमा एकरुपता नहुँदा उपभोक्ता ठगिँदै, यस्तो छ अहिलेको मुल्य !

    शुक्रबार, माघ १८, २०७५ साल
    वीरगञ्ज, १८ माघ  सरकारी स्वामित्वमा रहेको साल्टट्रेडिङ कर्पोरेसन लिमिटेडले बिक्री गर्ने आयोडिनयुक्त नूनको बिक्रीमा एकरुपता नआउँदा उपभोक्ता ठगिँदै आएका छन् ।  उक्त लिमिटेडको अञ्चल कार्यालयले आफ्ना आठ वटा डिलरमार्फत सो आयोडिन नून पर्सा जिल्लामा बिक्री गर्दै आएको छ । सो कार्यालयले डिलरलाई उपभोक्ता मूल्य प्रतिकिलो रु २० सम्ममा बिक्री गर्न निर्देशन दिए पनि डिलर तथा विक्रेताले रु २२ देखि रु २५ सम्ममा..

    चिनी उद्योगमा अनिश्चितकालीन अनशन, प्रदेशसभा सदस्यद्वारा फूलमाला र अबीर !

    शुक्रबार, माघ १८, २०७५ साल
    महोत्तरी, १८ माघ  विशेष भत्ताको माग गर्दै एभरेष्ट सुगर एण्ड केमिकल इण्डष्ट्रिज लिमिटेड रामनगरका मजदूरले आज दोस्रो दिन पनि आमरण अनशन जारी राखेका छन् ।  वर्षौदेखि पाउँदै आएका सेवा सुविधा उद्योग व्यवस्थापन पक्षले कटौती गरेको भन्दै १० जना मजदूरले सामूहिकरुपमा उद्योग प्रशासनको गेट अगाडि अनिश्चितकालीन आमरण अनशनमा बसेका हुन् ।  बिहीबार दिउँसो पत्रकार सम्मेलन गरी अखिल नेपाल औद्योगिक मजदूर युनियनका उपाध्यक्ष नीरबहादुर अधिकारीको..

    उद्योगी र व्यापारीको माग - ब्याज दर घट्नुपर्ने, अर्थतन्त्रमा असर देखा पर्ने दाबी

    शुक्रबार, माघ १८, २०७५ साल
    विराटनगर, १८ माघ  बैंकले लिने ब्याजलाई सरकारले अविलम्ब घटाउनुपर्ने उद्योगी एवंं व्यापारीले माग गरेका छन् ।  उनीहरूले उत्पादनमूलक उद्योगसँग सात प्रतिशत र व्यवसायीमूलक उद्योगसँग नौ प्रतिशतसम्म बैंक ब्याजदर कायम हुनुपर्ने माग राखेका हुन् । उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घद्वारा संयुक्तरूपमा विहीबार आयोजित छलफलमा सहभागीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने सङ्कल्प र पाँच लाख युवालाई रोजगार दिने सरकारको प्रतिबद्धता उद्योग र..

    नेपाल सिमेन्टमा आत्मनिर्भर, ५६ उद्योग सञ्चालनमा, दुई खर्बको लगानी

    शुक्रबार, माघ १८, २०७५ साल
    काठमाडौंँ, १८ माघ : नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनेको छ । रु दुई खर्बको लगानी भएको र वार्षिक रु १५० अर्बको कारोवार हुँदै आएको सिमेन्ट उत्पादनमा नेपाल यो वर्षदेखि आत्मनिर्भर भएको व्यवसायीले बताएका छन् ।  सन् १८४५ देखि सिमेन्ट उत्पादन शुरु भए पनि नेपालमा १९६० देखि मात्रै उत्पादन शुरु गरिएको थियो । नेपालमा अहिले तीन किसिमका सिमेन्टको गुणस्तर मापन भएको छ..

    डब्लुजीसीको ताजा प्रतिवेदन : विश्वव्यापीरूपमा सुनको माग ४ प्रतिशतले बढ्यो

    बिहिवार, माघ १७, २०७५ साल
    बेइजिङ, चीन, १७ माघ : विश्वव्यापीरूपमा सुनको माग बढ्दो अवस्थामा रहेको वल्र्ड गोल्ड काउन्सिल (डब्लुजीसी) ले बिहीबार सार्वजनिक एक प्रतिवेदनमा जनाइएको छ ।  केन्द्रीय बैंकले दशकौँदेखि बढी मात्रामा सुन खरिद र सुनमा लगानी तीब्र पारेको कारणले सुनको मागमा वृद्धि देखिएको हो ।  सन् २०१७ मा सुनको विश्वभर जम्मा चार हजार ३४५ टन माग रहेकोमा सन् २०१८ मा यसमा चार प्रतिशतको वृद्धि देखिएको..

    जडीबुटी निर्यातमा ‘ट्रान्जिट परमिट’ लिनुपर्ने भएपछि व्यवसायी मारमा, निर्यात खस्कियो

    बिहिवार, माघ १७, २०७५ साल
    बाँके, १७ माघ चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालगञ्ज नाकाबाट रु ३७ करोड मूल्य बराबरको जडीबुटी भारततर्फ निकासी भएको छ ।  जडीबुटी निकासी हुने प्रमुख नाकाका रुपमा नेपालगञ्जलाई लिइने गरिन्छ । उक्त अवधिमा यस नाकाबाट रु ३७ करोड २३ लाख मूल्य बराबरका छ लाख ८२ हजार ५१० किलोग्राम जडीबुटी भारततर्फ निर्यात भएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।  यहाँबाट निकासी हुने जडीबुटी..

    नयाँ नियम शुरु ! अब मिसनमा गएका सशस्त्र प्रहरीको भत्ता कटौती नहुने

    बुधबार, माघ १६, २०७५ साल
    काठमाडौंँ, १६ माघ  सशस्त्र प्रहरी बल नेपालले युएनको शान्ति मिसनमा गएर फर्कने सशस्त्र प्रहरी कर्मचारीको भत्ता कटौती नगर्ने भएको छ ।  विगतमा विभिन्न प्रयोजनका लागि १५० डलर रकम कटौती हुँदै आएकामा यो वर्षदेखि व्यक्तिगत भत्ता कटौती नगर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिनुभयो ।  खनालले भन्नुभयो, “यसै वर्षबाट संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालबाट युएन मिसनमा सहभागी भएका सशस्त्र..

    टोयटाले ‘एअरव्याग डिफेक्ट’ भेटिएका करिब ५ हजार कार फिर्ता लिने

    बुधबार, माघ १६, २०७५ साल
    बेइजिङ, चीन, १६ माघ  जापानी कार कम्पनी टोयटाले ‘डिफेक्टिफ एअर व्याग’ भएका भनिएका करिब करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने मङ्गलबार बताएको छ ।  टोयटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले बताएका छन् ।  “टोयटा मोटर्सको चिनियाँ लगानी समूहले लेक्सस आइएस २५०सी को निर्माणमा सन् २०१४..

    वैदेशिक रोजगारीमा रहेका श्रमिक अब सामाजिक सुरक्षा योजनामा सहभागी हुन पाउने

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ  विभिन्न कामका सिलसिलामा विदेशमा रहेका नेपालीलाई सञ्चय कोष तथा सामाजिक सुरक्षाको दायरामा ल्याउन सुझाइएकोे छ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालको संयोजकत्वमा गठित कार्यदलले तयार गरेको प्रतिवेदनले वैदेशिक रोजगारीमा रहेका व्यक्तिको सामाजिक सुरक्षाको आवश्यकतालाई सम्बोधन गर्न सरकारसमक्ष सिफारिश गरेको हो ।  वैदेशिक रोजगारीका क्रममा रहेका करीब ४३ लाख युवालाई यस अभियानमा सहभागी गराउँदा दीर्घकालीन रुपमा आन्तरिक..

    ३३ किलो सुन प्रकरणका अभियुक्त श्यामकृष्ण श्रेष्ठलाई १४ करोडको भ्रष्टाचार मुद्दा

    मंगलवार, माघ १५, २०७५ साल
    काठमाडौँ, १५ माघ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले गैरकानूनी रूपमा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत खुलाउन नसकेको जिकिर गरेको छ । विमानस्थल, भन्सार कार्यालय, काठमाडौँबाट अवैधरूपमा ३३ किलो सुन..

    २८ हजार भूकम्पपीडित, अनुदान पाउने ६ हजार मात्र, आग्रहगर्दा पनि आउदैनन् किन ?

    मंगलवार, माघ १५, २०७५ साल
    भक्तपुर, १५ माघ  भक्तपुरमा तेस्रो किस्ताको रकम लैजाने लाभग्राहीको सङ्ख्या अत्यन्त न्यून रहेको छ ।  भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले निर्धारण गरेको समय सकिन लाग्दा पनि अनुदान सम्झौताअनुसार अन्तिम अर्थात् तेस्रो किस्ता रकम लैजाने लाभग्राहीको सङ्ख्या भक्तपुरमा अत्यन्त न्यून रहेको हो ।  जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा आवास पुनःनिर्माणका लागि पहिलो किस्ता सम्झौता गर्नेको तुलनामा तेस्रो किस्ता रकम लैजाने भूकम्पपीडितको..

    जनता बैंकले गर्यो बराक साजनसँग सम्झौता, बेलायतसम्म रेमिट्यान्स सेवा विस्तार र आरम्भ

    सोमबार, माघ १४, २०७५ साल
    काठमाडौं, १४ माघ ।  जनता बैंक नेपाल लिमिटेडले दिदै आएको रेमिट्यान्स सेवा ‘जनता रेमिट’ अब बेलायतसम्म बिस्तार भएको छ । बैंकले हालै बराक साजन एक्स्चेन्ज लिमिटेडसँग संझौता गरी संयुक्त अधिराज्य बेलायतबाट रेमिट्यान्स सेवा संचालनमा ल्याएको हो । बराक ईङ्ल्याण्ड र वेल्समा एक्स्चेन्ज कम्पनीकोरुपमा आबद्ध भएको बराक बैंक लिमिटेड बंगलादेशको भगीनी संस्था हो । उक्त रेमिट सेवाबाट पठाइएको रकम देशभरी रहेका जनता..

    सिक्टा सिंचाईका तत्कालीन प्रमुख पण्डितसँग ८० लाख धरौटी माग, २१ विरुद्ध मुद्दा दायर

    आईतवार, माघ १३, २०७५ साल
    काठमाडौं, १३ माघ  विशेष अदालतमा आइतबार हाजिर भएका बहुचर्चित सिक्टा आयोजनाका तत्कालीन प्रमुख इन्जिनियर सरोज पण्डितसँग तारिखमा राख्ने प्रयोजनका लागि धरौटी मागिएको छ ।  पण्डित बैंकलाई जमानत राखेर तारिखमा बस्ने तयारीमा छन् ।   बहुचर्चित सिक्टा आयोजनाका तत्कालीन प्रमुख इन्जिनियर सरोज पण्डितसँग ८० लाख धरौटी माग भएको छ ।  पण्डितले धरौटी बुझाउने तयारी गरिरहेका छन् ।   सिक्टा आयोजनामा दुई अर्ब १३ करोड भ्रष्टाचार भएको..

    अनुदान बीउ र प्रविधिमा सहयोगबाट ३० मेट्रिकटन च्याउ उत्पादन, १५ लाखको बिक्री

    आईतवार, माघ १३, २०७५ साल
    कञ्चनपुर, १३ माघ कञ्चनपुरको बेलौरी नगरपालिका क्षेत्रका च्याउ खेतीमा संलग्न किसानले रु १५ लाखभन्दा बढीको कन्ये जातको च्याउ बिक्री गरेका छन् ।  नगरपालिकाको कृषि विकास शाखाबाट अनुदानमा बीउ र प्रविधिमा सहयोग पाएपछि एकसय किसानले च्याउ खेती गरेका हुन् । सय वटा नमूना च्याउ घर बनाई किसानले च्याउ उत्पादन गर्दै आएको शाखाका प्रमुख रणबहादुर मल्लले बताउनुभयो ।  च्याउ घरबाट किसानले ३० मेट्रिकटन च्याउ उत्पादन..

    बदमासी बाँदर नियन्त्रणका लागि रु ५ लाख, अब समातेर निकुञ्जमा पठाइने योजना

    शुक्रबार, माघ ११, २०७५ साल
    मेलम्ची, ११ माघ  सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ ।  गाउँपालिकाको चौथौ सभाबाट धुस्कुनबाट शुरु गर्ने गरी बाँदर नियन्त्रणको लागि सो बजेट विनियोजित गरिएको हो । किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमा नै आइ राखेको अन्न समेत खान थालेपछि बाँदर नियन्त्रण अभियान शुरु गरिएको हो । सिन्धुपाल्चोक जिल्लामामै बाँदर बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट..
    Results 1482: You are at page 24 of 50
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 Next Last
    Weather Forecast