बुधबार, मंसिर २५, २०७६

    आर्थिक खबर

    युरोपियन युनियनको कालोसूचीमा थप १० देश, यस्तो छ कारण..

    मंगलवार, फागुन २८, २०७५ साल
    ब्रसेल्स, २८ फागुन : युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ ।  संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो ।  युरोपियन युपियनले अन्य सात राष्ट्रलाई भने खैरो सूचीमा राखेको जनाएको छ । अरुबा, बेलिज, बरमुडा फिजी, ओमन, भानुआतु र डोमिनिका खैरो सूचीमा..

    अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा १५ करोड कारोवार

    मंगलवार, फागुन २८, २०७५ साल
    काठमाडौँ, २८ फागुन  काठमाडौँमा सम्पन्न १५ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा रु १५ करोड चालिस लाखको कारोवार भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले भृकुटीमण्डपमा आयोजना गरेको पाँचदिने मेलाको चार लाख ७५ हजारले अवलोकन गरेका थिए ।  समापन कार्यक्रममा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आयआर्जन र उद्यमशीलताको विकासबाट मात्रै अर्थतन्त्र सुदृढ हुने छ भन्नुभयो..

    अशक्त र ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता घरघरमै

    मंगलवार, फागुन २८, २०७५ साल
    खस्यौली, २८ फागुन  बुटवल उपमहानगरपालिकाले अशक्त र ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको छ ।  बुटवलको वडा नं १ ले वडामा रहेका ज्येष्ठ नागरिकलाई घरघरमै पुगेर भत्ता हस्तान्तरण गरेको छ । वडाध्यक्ष महेन्द्रप्रसाद लिगलले त्यहाँको नारायणथान टोलस्थित १०४ वर्षीया सेतीलक्ष्मी श्रेष्ठलाई चार महीनाको रु आठ हजार बराबरको सुरक्षा भत्ता हस्तान्तरण गर्नुभयो ।  घरमै सामाजिक सुरक्षा भत्ता पाउँदा वडाका..

    विमान इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न निगमलाई निर्देशन

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौं, २७ फागुन ।  समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले ठेक्का प्रक्रिया रद्द गरी रिटेन्डरको तयारी गर्नु सार्वजनिक खरिद ऐन विपरित हुने निष्कर्ष निकाल्दै निगमलाई पूरानै ठेक्का प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो ।  संघीय संसदको सार्वजनिक लेखा समितिले एयरबस–३२० विमानको इन्जिन मर्मतको ठेक्का प्रक्रिया रद्द नगर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिएको छ । मूल्यका हिसावले समेत पूरानै ठेक्का प्रक्रिया अघि बढाउन उपयुक्त..

    एम्बुसमा परी घाइते हुनुभएकी कटुवाललाई आर्थिक सहयोग

    सोमबार, फागुन २७, २०७५ साल
    काठमाडौँ, २७ फागुन प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा उदयपुरमा एम्बुसमा परी घाइते हुनुभएका मीरा कटुवाललाई रु एक लाख आर्थिक सहयोग गरिएको छ । नेपाल–अमेरिका वेष्ट टेक्सास जनसम्पर्क समितिले सङ्कलन गरेर पठाएको रकम आज काङ्ग्रेसका नेता प्रकाशमान सिंहले कटुवाललाई हस्तान्तरण गर्नुभयो ।  कार्यक्रममा नेता सिंहले संविधानप्रदत्त प्रजातान्त्रिक अभ्यासअनुसार निर्वाचन हुँदै गर्दा कटुवालसहित काङ्ग्रेसका नेतामाथि आक्रमण हुनु प्रजातान्त्रिक प्रणालीमाथिको आक्रमण भएको बताउनुभयो । नेता सिंहले..

    विनियोजित रकम खर्च हुन नसक्दा करोडौँ बेरुजु

    आईतवार, फागुन २६, २०७५ साल
    जीतपुर, २६ फागुन  जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अतर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षा अनुसार विनियोजित रकम खर्च हुन नसक्दा विनियोजित रकम खर्च हुन नसक्दा भएको छ । हरेक वर्ष बजेट विनियोजन गरी विकास निमार्णका योजना अघि बढाइए पनि कतिपय योजना अधुरै छन् ।  काम पूरा नगर्दा पेश्की लगेको रकम फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था भए पनि विगत बर्षदेखीका योजना अपुरै रहेको..

    घर नबनाएका लाभग्राहीबाट २३ करोड रकम फिर्ता

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै रु २३ करोड फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाटसो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ ।  पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना प्रमुख गणेशराज वस्तीले बताउनुभयो । उहाँका अनुसारसरकारले एक पटक दिइसकेको पैसा फिर्ता लिँदैन भनेर..

    कसले गरायो व्यवसायी गुरुङको घरमा विष्फोट ? अनुसन्धान हुँदै..

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौँ, २४ फागुन : बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहले आगजनी गरेको छ ।  शुक्रबार साँझ भएको आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो..

    जडीबुटी अब नेपालगञ्जमै प्रशोधन - युरोप र अमेरिका निर्यात

    शुक्रबार, फागुन २४, २०७५ साल
    राँझा, २४ फागुन  कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् ।  कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन् ।  कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जमा भण्डारण गरी निर्यात..

    उद्योगी शिवकुमार अग्रवालको चेन्नाइमा निधन, पशुपतिमा अन्त्यष्टि !

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौ, फागुन २४ ।  एम् .एस् ग्रुपका अध्यक्ष तथा वरिष्ठ उद्योगी  शिवकुमार अग्रवालको  भारतको चेन्नाइमा ७६ बर्षको उमेरमा  निधन भएको छ । अग्रवालका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।    यसैबीच, शुक्रबार उहाँको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको पनि पारिवारिक स्रोतले  जनाएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि  एकहप्ता अघि थप उपचारका लागी उहाँलाई भारत लगिएको थियो । अग्रवाल लामो समयदेखि मुटु..

    ठेक्का रद्दबारे सिएमसीलाई जानकारी, रकम जफतको दाबी

    शुक्रबार, फागुन २४, २०७५ साल
    दमौली, २४ फागुन  एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको संरचना निर्माणको जिम्मा पाएको सिएमसीलाई ठेक्का रद्द भएकाबारे जानकारी गराइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सिएमसीलाई फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिएकामा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि बुधबार ठेक्का सम्झौता रद्द गरेको जानकारी गराएको हो ।  तनहुँ हाइड्रोपावर लिमिटेडले यसअघि गत माघ ४ गते ठेक्का..

    कर छल्नेविरुद्ध अनुगमन तीव्र, समूह खटाई अनुगमन

    शुक्रबार, फागुन २४, २०७५ साल
    हेटौँडा, २३ फागुन  आन्तरिक राजस्व कार्यालय हेटौँडाले कर (राजस्व) छल्नेविरुद्ध अनुगमन तीव्र पारेको छ । मकवानपुरको हेटौँडालगायत शहरी तथा ग्रामीण क्षेत्रमा रहेका औद्योगिक, व्यापारिक र व्यावसायिक प्रतिष्ठानमा कार्यालयबाट अधिकृतको नेतृत्वमा टोली खटाई फार्मको जाँच तथा अनुगमन गर्ने गरिएको प्रमुख कर अधिकृत सन्तबहादुर ढकालले बताउनुभयो ।  करको दायरामा नआएका र कर छल्नेमाथि अनुगमन गरिनाका साथै कर सम्बन्धि अभियान थाल्ने उहाँले बताउनुभयो । कार्यालयका..

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढेपछि निगमलाई सकस

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रुपमा वृद्धि भएपछि नेपाल आयल निगमलाई मूल्य समायोजन गर्न सकस परेको छ । विसं २०७१ देखि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअन्तर्गत मूल्य समायोजन हुँदै आएकामा अन्तर्राष्ट्रिय बजारमा छिटोछिटो मूल्यमा हेरफेर हुनेहुँदा त्यसका आधारमा वास्तविक नाफाघाटा गरी मूल्य समायोजन गर्न निगमलाई सकस परेको हो ।  यही फागुन ४ गते ‘इण्डियन आयल कर्पोरेशन’..

    विनोद चौधरीको सम्पत्ति एक वर्षमा २२ अर्बले बढ्यो

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन । नेपालका चर्चित व्यावसायी विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरीका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कूल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोब्र्सको आकलन छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।  गत वर्ष..

    निगमसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीद्वारा पिडिओ खरीद

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन  नेपाल आयल निगमसँग सहमति भएसँगै ग्यास उद्योगीले बुधवारदेखि एलपी ग्यासको ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरीद गर्ने भएका छन् ।  निमगसँगको सहमतिपछि बुधवारदेखि ग्यास उद्योगीले निगमबाट पिडिओ खरीद गर्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । कमिसन वृद्धिलगायतको माग राखेर आन्दोलन गर्दै आएका उद्योगीले यही फागुन १७ गतेदेखि पिडिओ खरीद गरेका थिएनन् ।  निगम र उद्योगीबीच मङ्गलबार एलपी ग्यासको पिडिओ..

    चालू बजेटको अर्धवार्षिक समीक्षा : अर्थतन्त्रका सूचक सन्तोषजनक

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन  कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता उपयोगमा भएको विस्तार, पर्यटकको आगमनमा भएको वृद्धि तथा ऊर्जा आपूर्तिमा भएको सुधारका कारण मुलुकको अर्थतन्त्रको सूचक सन्तोषजनक रहेको पाइएको छ ।  सार्वजनिक गरिएको चालू आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा विप्रेषण आप्रवाहमा भएको वृद्धि, राजश्व असुलीमा भएको वृद्धि र पूँजीगत खर्चमा भएको वृद्धिजस्ता अर्थतत्रन्त्रका सूचक सकारात्मक रहेको र आर्थिक वृद्धिदर लक्ष्यकै हाराहारीमा हुन सक्ने..

    ग्याँस उद्योगीको आन्दोलन स्थगित, सरकारसँग ३ बुँदे सहमति

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौं, २१ फागुन । ग्याँस बिक्री बापतको कमिसन बढाउनुपर्ने माग राखी आन्दोलन गर्दै आएका ग्याँस उद्योगीहरुले आन्दोलन स्थगित गर्ने निर्णय गरेका छन् । ग्याँस उद्योगी सरकारसँग ३ बुँदे सहमति भएसँगै यस्तो निर्णय लिएका हुन् ।  सो ३ बुँदे सहमति पत्रमा नेपाल आयल निगमको तर्फबाट कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल र एलपी ग्याँस उद्योग संघको तर्फबाट अध्यक्ष गोकुल भण्डारीले हस्ताक्षर गर्नुभएको छ..

    ५० दरका २३ करोड थान नयाँ नोट छापिँदै, दशैँसम्ममा हात-हातमा

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ ।  विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो ।  फ्रान्सेली..

    सौर्य एयरलाइन्सले तिर्यो बक्यौता : फागुन २४ देखि उडान

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २१ फागुन  निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले यही फागुन २४ गतेदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्कबापतको बक्यौता रकम तिर्न अटेर गरेपछि विमानस्थलले उक्त एयरलाइन्सको उडान रोकेको थियो ।  करिब चार महीनादेखि उडान रोकिएको सो एयरलाइन्सले नियमित उडान गर्ने भएको हो । भारतीय कम्पनी कुबेर समूहले खरीद गरेको सौर्यले..

    जापान र नेपालबीच श्रम सम्झौताको अन्तिम तयारी, विभिन्न १४ क्षेत्र छनोट

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौं, फाल्गुन ।  जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ ।  जापानमा रोजगारीका लागि नेपाली श्रमिक आगामी अप्रिल भित्रै पठाउने गरी तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नेपाली श्रमिक सकेसम्म सरकारी संयन्त्रमार्फत नै जापान रोजगारीका लागि पठाउने गरी अन्तिम तयारी भइरहेको मन्त्रालयले..

    द्विपक्षीय तथा बहुपक्षीय लगानी प्रवद्र्धनसम्बन्धी समझदारी

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  नेपाल चेम्बर अफ कमर्स र ‘इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्स’बीच द्विपक्षीय, बहुपक्षीय व्यापार तथा लगानीसँग सम्बधित साझा स्वार्थको प्रवद्र्धन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  समझदारी पत्रमा इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्ससँगको सम्बन्धमार्फत ल्याटिन अमेरिकी मुलुकबाट नेपालमा लगानी भित्र्याउन पहल गर्ने, नेपालको व्यापारलाई ती मुलुकसम्म विस्तार गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदानप्रदानलाई थप विविधीकरण गर्नेलगायत विषय समावेश..

    नेपाल-बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशङ्कर घिमिरे र बङ्गलादेशका राजश्व सचिव मुसरफ हुसेनले आज सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।  उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी २०७१ सालमै भए पनि विभिन्न कारणले रोकिएको थियो । सम्झौताबमोजिम नेपालमा लगानी गर्ने बङ्गलादेशका उद्योगीलाई नेपालमा कर तिरे हुने गरी मार्ग..

    पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन, ३ नदीको सम्भावना बढी

    मंगलवार, फागुन २१, २०७५ साल
    नवलपरासी, २१ फागुन  नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ ।  नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको हो ।  अध्ययन अवलोकनपश्चात..

    पर्याप्तरुपमा ग्यास आयात, हल्लाको पछाडि नलागौं : आयल निगम

    सोमबार, फागुन २०, २०७५ साल
    काठमाडौँ, २० फागुन : मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ ।  पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।  इण्डियन आयल रिफाइनरीमा खाना..

    पञ्चासे केबलकारमा गैरआवासीय नेपालीको ४० करोड लगानी

    आईतवार, फागुन १९, २०७५ साल
    पर्वत, १९ फागुन  पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।  संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् ।  पोखरा महानगरपालिका–३३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका र..

    “पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले केही आउँदैन”

    शनिबार, फागुन १८, २०७५ साल
    काठमाडौँ, १८ फागुन : प्रतिनिधिसभाको शनिबारको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त, विधेयक प्रस्तुत गर्नुभएको थियो । छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले रु एक सयले झोलाभरी समान आउँथ्यो,..

    उद्योग-व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन : अथमन्त्री डा. खतिवडा

    शनिबार, फागुन १८, २०७५ साल
    काठमाडौँ, १८ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताउनुभएको छ ।  उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो । उद्योग क्षेत्रमा निरास हुनुपर्ने अवस्था छैन, हाम्रो आँट र विश्वासलाई मर्न दिनुहुन्न, के गर्नुपर्छ सरकार गर्न तयार छ । काठमाडौँमा..

    विदेशी लगानीकर्तालाई सुविधै सुविधा, यस्तो छ व्यवस्था !

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  विदेशी लगानीकर्ताले नेपालमा एकल वा संयुक्तरुपमा उद्योग स्थापना गर्न पाउने व्यवस्थासहितको नयाँ कानून प्रस्ताव गरिएको छ ।  सङ्घीय संसद् सचिवालयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दर्ता गराएको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा नेपालमा स्थापित उद्योग वा नेपाली नागरिकसँग संयुक्तरुपमा उद्योग स्थापना गरी विदेशी लगानी गर्न सकिने व्यवस्था गरिएको छ ।  त्यस्ता..

    अर्थ मन्त्रालय : सय मेगावाट माथिका आयोजनामा विदेशी लगानी

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  आर्थिक र समृद्धिको सङ्कल्पलाई व्यवहारिक रुपमा नै कार्यान्वयन गर्दै लैजाने लक्ष्यका साथ सरकारले पछिल्ला दिन विभिन्न ऐन, नियम तथा कानूनलाई समायनुकूल संशोधन गर्दै लगेको छ ।  वैदेशिक लगानी आर्कषित गर्ने लक्ष्यका साथ सरकारले ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सङ्घीय संसद्मा दर्ता..

    ९ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन

    शुक्रबार, फागुन १७, २०७५ साल
    हेटौँडा, १७ फागुन  हेटौँडामा रु नौ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।  हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो । सिमेन्टको लागि चाहिने क्लिङ्करलगायतका कच्चा पदार्थसमेत आफैँ उत्पादन गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको सो उद्योगले हाल..
    Results 1525: You are at page 23 of 51
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 Next Last
    Weather Forecast