बिहिवार, चैत्र २०, २०७६

    आर्थिक खबर

    खानेपानी मन्त्रालय : प्रदेश नं १ र २ मा रु ५९ करोड बेरुजु

    बिहिवार, बैशाख १९, २०७६ साल
    विराटनगर, १९ वैशाख ।  सङ्घीय खानेपानी अन्तर्गतका प्रदेश नं १ र २ का कार्यालयमा आर्थिक वर्ष २०७३-७४ सम्ममा रु ५८ करोड ८३ लाख ६३ हजार ७०६ बेरुजु रहेको  छ ।  खानेपानी मन्त्रलय काठमाडौं र सङ्घीय खानेपानी तथा ढल व्यवस्था समिति प्रदेश नं १ र २ द्वारा बिहिबार यहाँ आयोजित प्रदेशस्तरीय सुशासन प्रवद्र्धन तथा बेरुजु व्यवस्थापन विषयक तीनदिने कार्यशाला गोष्ठीमा सो जानकारी दिइएको..

    नक्कली भ्याट बिल बनाई ७ अर्बको कर छली, ५ सयको पहिचान

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख । मुलुकमा आर्थिक अपराध नियन्त्रण गरी सुशासन प्रवद्र्धन र सदाचार कायम गर्न सरकारले नक्कली भ्याट बिल बनाएर कर छली गर्नेविरुद्ध अनुसन्धान केन्द्रित गरेको छ । विभिन्न क्षेत्रबाट आएको उजुरीका आधारमा गरिएको अनुसन्धानमा नक्कली भ्याट बिल बनाएर कर छली गर्ने ५०० को पहिचान भएको छ । उनीहरुले अनुमानित रु सात अर्ब कर छली गरेको पाइएको राजश्व अनुसन्धान विभागले जनाएको छ..

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम शुक्रबार

    बिहिवार, बैशाख १९, २०७६ साल
    काठमाडौँ, १९ वैशाख । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम भोलि सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत हुने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपराह्न दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।  प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत नीति तथा कार्यक्रमका साथै आगामी आवको बजेटमा पनि छलफल हुनेछ । ..

    नेपाली चिनीको तितो हाल, बजार नपाउँदा गोदाममै थन्कियो

    बिहिवार, बैशाख १९, २०७६ साल
    नवलपरासी, १९ वैशाख   नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडौं मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ ।    पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब ४२ हजार..

    श्रमिकका मौलिक हक कार्यान्वयन गर्न कानूनी सुधारको थालनीः मन्त्री विष्ट

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौं, १८ बैशाख ।   श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले संविधानमा उल्लिखित श्रमिकका मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि सरकारले विभिन्न कानूनी, नीतिगत एवं प्रक्रियागत सुधारको थालनी गरेको बताउनुभएको छ ।    १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज देश विदेशमा रहेका श्रमिकलाई शुभकामना दिँदै उहाँले श्रमिकको जीवनमा प्रत्यक्ष अनुभूत हुने गरी सामाजिक सुरक्षाका योजना आरम्भ गर्नुका साथै मुलुकभित्रै सम्मानपूर्वक काम पाउने अवस्थाको सिर्जना..

    हेटौडा सिमेन्ट उद्योगलाई बचाउन सबै एक हौँ : उद्योगमन्त्री यादव

    बुधबार, बैशाख १८, २०७६ साल
    हेटौँडा, १७ वैशाख :  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले हेटौडा सिमेन्ट उद्योग देशको इतिहास मात्र नभएर भविष्यसमेत भएकाले सबै मिलेर बचाउनुपर्ने बताउनुभएको छ । उद्योगको मंगलबार अनुगमन गर्दै मन्त्री यादवले उद्योगलाई बचाउनका लागि सक्दो प्रयास गर्नुपर्ने बताउनुभयो । उहाँले जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।  सरकारी कर्मचारी उद्योगको मालिकसमेत भएकाले जिम्मेवारी पूर्वक काम गर्नुपर्ने उहाँको धारणा थियोे । उद्योगलाई परेका..

    नेपाल वायुसेवा निगमले १ अर्ब ८२ करोड रकम भुक्तानी गर्न सकेन

    मंगलवार, बैशाख १७, २०७६ साल
    काठमाडौँ, १७ वैशाख वाइडबडी ए ३३०–२०० को दुईवटा वाइडबडी विमानले नियमित उडान भर्न नसक्दा नागरिक लगानी कोष र कर्मचारी सञ्चयकोषलाई तिर्नुपर्ने किस्ता समेत तिर्नसकेको छैन । तीन/तीन महिनामा एकमुष्ठ रुपमा दुवै लगानीकर्तालाई १ अर्ब १३ करोड रकम भुक्तानी गर्नुपर्ने हुन्छ । तर गत पुस महिनाको पनि सबै रकम भुक्तानी गरिसकेको छैन भने चैत महिनाको कुनै रकम भुक्तानी गर्न सकेको छैन । पहिलो किस्तास्वरुप..

    नेपाल विद्युत् प्राधिकरणद्वारा उद्योगबाट ४ करोड जरिवाना असुल

    मंगलवार, बैशाख १७, २०७६ साल
    वीरगञ्ज, १७ वैशाख  नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले विद्युत् चोरी गरेको आरोपमा औद्योगिक प्रतिष्ठानबाट रु चार करोड २२ लाख २८ हजार जरिवाना असुल गरेको छ ।    विगत १० वर्षदेखि विद्युत् चोरी गरी राजश्व छल्दैँ आएका यस क्षेत्रका ५२ वटा उद्योग कलकारखाना तथा व्यापारी प्रतिष्ठानले विद्युत् मिटरमा डाटा डाउनलोड गरी विद्युत् चोरी गर्दै आएकाले ती फार्मलाई नेपाल विद्युत् वितरण नियमावली २०६९ बमोजिम..

    प्रदेश ३ ले आर्थिक वर्षका लागि ५० अर्बको बजेट ल्याउने

    मंगलवार, बैशाख १७, २०७६ साल
    हेटौँडा, १७ वैशाख । प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने भएकोे छ ।  चालू आवमा बजेट खर्च गर्न नसकेर समस्यामा परेको प्रदेश सरकारले प्रोजेक्ट बैंकमार्फत् बजेट ल्याउने तयारी थालेको हो । आगामी आवको बजेट तयार पार्नका लागि प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र प्रदेश नीति तथा योजना आयोगका कर्मचारी लागिपरेका छन् ।  चालू आवमा..

    आवास कार्यक्रम : २४ करोड सकियो, लेखाजोखा छैन

    मंगलवार, बैशाख १७, २०७६ साल
    बाँके, १७ वैशाख जनता आवास कार्यक्रमले बाँके र बर्दियामा लक्षितवर्गका लागि घर निर्माण कार्यक्रमको थालनी गरेको थियो । विसं २०७३ मा जनता आवासले काम थालेको दुई वर्ष पूरा भइसकेको छ । यसअवधिमा बाँकेका विभिन्न स्थानमा केही घर पनि निर्माण भएका छन् । लक्षितवर्गका नाममा जनता आवासले आफनो दातृ निकायबाट अर्बौँ बजेट अनुदान ल्याएर थोरै लगानीमा बनाएका घर बस्न योग्य भने देखिँदैनन् ।..

    भारतीय टोली रेलको डिब्बा खरीदका लागि नेपाल आउँदै

    सोमबार, बैशाख १६, २०७६ साल
    काठमाडौं, १६ वैशाख ।  भारतीय सरकारी स्वामित्वको कोंकण रेल्वे कर्पोरेशन लिमिटेडका प्रतिनिधी सहितको टोली रेलको डिब्बा अर्डर लिन अर्को साता काठमाडौं आउन लागेका हुन् । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेलको अर्डरका लागि नेपालले भारत सरकारले तोकिदिएको कोंकर्ण कम्पनीलाई पत्राचार गरेको थियो । कम्पनीले यही साता नेपाल आएर सम्झौंता गर्ने जवाफ पठाएपनि भारतमा निर्वाचन चलिरहेकाले अर्को साता आउन लागेका हुन् ।..

    चिया श्रमिकले राजपत्रमा उल्लेख भएअनुसार ज्याला पाएनन्

    सोमबार, बैशाख १६, २०७६ साल
    इलाम, १६ वैशाख    चियाको मुनामा राजा मानिन्छ  ‘फस्ट फ्लस’ वा पहिलो टिपाइको मुना । यो गुणस्तरका हिसाबले एक नम्बरको मानिन्छ । यही टिपाइको चिया किन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय व्यवसायीको ओइरो लाग्छ । किसानले यसको दाम पनि राम्रै पाउँछ ।   विशेष गरी चैत महिनापछि वैशाखको पहिलो सातासम्मको चियालाई ‘फस्ट फ्लस’ भनिन्छ । ‘कटिङ’ गरेर पलाएको पहिलो चियाको मुना हो ‘फस्ट फ्लस’ तर, यस..

    चितवन राष्ट्रिय निकुञ्जद्वारा सामुदायिक विकासका लागि ७ करोड

    सोमबार, बैशाख १६, २०७६ साल
    रत्ननगर, १६ वैशाख चितवन राष्ट्रिय निकुञ्जले मध्यवर्ती क्षेत्रका सामुदायिक विकासका लागि रु सात करोड ६८ लाख ६५ हजार उपलब्ध गराएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २५ बमोजिम राष्ट्रिय निकुञ्जको आम्दानीमध्ये ३० देखि ५० प्रतिशत रकम स्थानीय जनताको सामुदायिक विकासका लागि खर्च गर्नुपर्ने भएको व्यवस्था अनुरुप सो रकम उपलब्ध गराएको हो ।  निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदप्रसाद ढकालका..

    २३औँ राष्ट्रिय चिया दिवस, वार्षिक सवा ३ अर्बको निर्यात

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौँ, १५ वैशाख ।   मुलुकमा झण्डै रु नौ खर्बको व्यापार घाटा रहेको अवस्थामा नेपाली चिया क्षेत्र भने आत्मनिर्भर भई निर्यातमा समेत टेवा पुर्याएको छ ।   आर्थिक वर्ष २०७४-७५ मा रु तीन अर्ब २५ करोड १६ लाख ८६ हजार मूल्य बराबरको १५ हजार ६८५ मेट्रिकटन चिया विभिन्न मुलुकमा निर्यात भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । सोही आवमा मुलकभर २८ हजार..

    नेपालका बृहत् क्षेत्रहरूमा लगानी गर्न चिनियाँ व्यावसायीलाई आग्रह

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौँ, १५ वैशाख ।  नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको वातावरण निर्माण भएकाले नेपालका अद्वितीय तथा बृहत् क्षेत्रहरूमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको जारी चीन भ्रमणमा भ्रमण दलका सदस्य रहनुभएका ढकालले आइतबार बेइजिङमा नेपाली र चिनियाँ व्यापारिक समुदायका प्रतिनिधिहरूको अन्तरक्रियालाई सम्बोधन गर्दै भन्नुभयो, “नेपालमा लगानीको वातावरण बनेको छ, सरकारले लगानीमैत्री नीति तथा कानूनहरु बनाएको..

    तथ्यांक बिभागले सुरु गर्यो विवरण उपलब्ध गराउन अनलाइन पोर्टल

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौं, १५ वैशाख ।  तथ्यांक बिभागले राष्ट्रिय तथ्यगत विवरण उपलब्ध गराउन अनलाइन पोर्टल सुरु गरेको छ । बिभागले आजदेखि नेशनलडाटा डट जिओभी डट एनपिको शुभारम्भ गरेको हो । बिभागका अनुसार यस पोर्टलमा तीनवटै तहबाट तयार भएका तथ्यांक उपलब्ध गराइनेछ । प्रयोगकर्तालाई सहज तथ्यांक उपलब्ध गराउने उद्देश्यले यस प्रणालीको सुरुवात गरिएको बिभागका महानिर्देशक सुमनराज अर्यालले बताए । बिभागले आफ्नै अनलाइन पोर्टलबाट केन्द्रीय प्रदेश र संघका..

    ढोरपाटनमा ६ नाउर र ३ झारलको शिकार, झण्डै २ करोड राजश्व उठ्यो

    आईतवार, बैशाख १५, २०७६ साल
    गलकोट, १५ वैशाख । ढोरपाटन सिकार आरक्षमा दोस्रो  शिकार याममा छ नाउर र तीन झारलको सिकार भएको छ । आरक्षमा यस वर्षको दोस्रो सिकार यामका लागि १० नाउर र चार झारलको सिकार खेल्ने अनुमति दिइएकामा सिकार कम्पनीहरुले छ  नाउर र तीन झारल मात्रै सिकार गर्न सफल भएको  आरक्ष कार्यालयले जनाएको छ ।  नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षलाई विश्वका साहसिक..

    नेपालीको प्रतिव्यक्ति आम्दानी बढ्यो, जीडीपी समेत बढ्ने !

    शनिबार, बैशाख १४, २०७६ साल
    काठमाडौं, १४ बैशाख : नेपालीको प्रतिव्यक्ति आय वार्षिक एक हजार ३४ अमेरिकी डलर नेरू (११५५१८) पुगेको छ। राष्ट्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गत वर्षको तुलनामा २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो। यसवर्ष कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धि ६.८१ प्रतिशतले हुने भएको छ । यो गत वर्षभन्दा ०.५१ प्रतिशत विन्दुले बढी हो । यससँगै नेपालले लगातार..

    यसवर्ष नेपालको आर्थिक वृद्धि ६.८१% हुने विभागको प्रक्षेपण

    शुक्रबार, बैशाख १३, २०७६ साल
    काठमाडौँ, वैशाख १३  चालू आर्थिक वर्षमा ६.८१ प्रतिशत आर्थिक वृद्धि हासिल हुने भएको छ। केन्द्रीय तथ्यांक विभागले अर्थतन्त्रको आकार आधारमूल्यमा २९ खर्ब २१ अर्ब रूपैयाँको हुने प्रक्षेपण गरेको छ। विभागले चालू वर्षमा प्रतिव्यक्ति आय १०३४ अमेरिकी डलर पुग्ने अनुमान गरेको छ । गत वर्ष प्रतिव्यक्ति आय १००४ अमेरिकी डलर थियो। केन्द्रीय तथ्यांक विभागका अनुसार गत आर्थिक वर्षमा ६.३ प्रतिशत र त्यसअघिको आर्थिक वर्षमा ७.७४..

    ७३ वर्षमा नागरिकता, बल्ल पाइने भो भत्ता

    शुक्रबार, बैशाख १३, २०७६ साल
    डोटी, १३ वैशाख  कुनै बेला नागरिकता नपाएर छटपटिनुभएका  जिल्लाको जोरायल गाउँपालिका–२ का पुरनसिंह खत्री हिजोआज निकै खुशी हुनुभएको छ । जीवनको उत्तरार्धमा पुग्नुभएका खत्रीले लामो समयपछि नेपाली नागरिकता पाउँदा खुशी हुनुभएको हो । जिल्ला प्रशासन कार्यालय डोटीको आयोजना तथा गाउँपालिकाको सहकार्यमा उहाँकै घर नजिक एकीकृत घुम्ती शिविर सञ्चालन भएपछि उहाँले ७३ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको हो ।  नातिनातिनाले नागरिकता पाए पनि उहाँले..

    प्रदेश ३ को कृषिमा २ अर्ब लगानी भित्र्याइने, यस्तो छ योजना !

    बिहिवार, बैशाख १२, २०७६ साल
    हेटौँडा, १२ वैशाख । प्रदेश नं ३ सरकार र गैरआवासीय नेपाली सङ्घबीच प्रशोधन सुविधासहितको आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्ने गरी सहमति भएको छ । परियोजना अवधिभर झण्डै दुई अर्ब लगानी हुने परियोजनामा गैरआवासीय नेपालीले निवृत्त समय बिताउन मिल्ने गरी काम गरिने गैरआवासीय नेपाली सङ्घका कृषि प्रवद्र्धन समितिका प्रमुख युवराज गुरुङले जानकारी दिनुभयो । ‘मुना’ नाम दिइएको आधुनिक कृषि बजार परियोजनाले किसानले..

    अर्थतन्त्र सुधार्न बजेटमा घरेलु उद्योगलाई प्राथमिकता दिन जोड

    बुधबार, बैशाख ११, २०७६ साल
    काठमाडौँ, ११ वैशाख ।  सरकारी लक्ष्य अनुसार मुलुकलाई आर्थिक समृद्धिको मार्गमा डोर्याउन साना तथा घरेलु उद्योगको प्रवद्र्धन गरी निर्यातलाई प्राथमिकतामा राखेर बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ ।   व्यवसायीले प्रविधि र पूँजीको वृद्धि गरी साना उद्योगलाई प्रोत्साहनका कार्यक्रमसहित लगानीमैत्री वातावरण हुनुपर्नेमा जोड दिनुभएको छ । आफ्ना उत्पादनतर्फ सरकारले ध्यान दिन नसकेकोमा चिन्ता प्रकट गर्दै उहाँहरुले स्वदेशमा कसरी रोजगारी सिर्जना गर्न सकिन्छ भन्नेतर्फ काम गर्ने..

    भरतपुरको ८७ % राजश्व वियर र अन्य मदिराबाट, अर्बौको कारोबार

    बुधबार, बैशाख ११, २०७६ साल
    चितवन, ११ वैशाख  आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म सङ्कलन भएको कूल राजश्व रु २० अर्ब चार करोड ७० लाख ८६ हजारमध्ये रु १७ अर्ब ६७ करोड..

    केन्द्र र प्रदेशबीच बजेटको किचलो, के भन्छन् अर्थमन्त्री ?

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ , १० वैशाख केन्द्रले प्रदेशहरूका लागि तोकेको बजेटको अनुदान र राजस्व बाँडफाँटका बुँदामा प्रादेशिक सरकारहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । आगामी आर्थिक वर्षका लागि प्रदेशहरूलाई पठाएको वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको अधिकतम सीमा निकै कम भएको भन्दै प्रदेश सरकारहरूले त्यसलाई बढाउन माग गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वको लक्ष्य पुरा गर्ने नाममा जथाभावी आयातलाई खुला गर्न नसकिने बताएका..

    एनसेलको कर सम्बन्धी मुद्दामा सुनुवाइ आज, यस्तो छ एनसेलको दाबी !

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, १० वैशाख । ठूला करदाता कार्यालयले गरेको कर निर्धारण प्रक्रिया नमिलेको भन्दै एनसलले दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।  ठूला करदाता कार्यालयले धेरै कर निर्धारण गरिएको भन्दै एनसेलले सर्वोच्चमा रिट दायर गरेको हो । आयकर ऐन-२०५८ को व्यवस्था अनुसार कर निर्धारणको अंक नमिलेको भन्दै सोमबार मुद्दा दायर गरको हो । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेसी तोकिएको छ ।  सर्वोच्चले एनसेलको मागदाबी..

    काठमाडौँमा ५ हजार साना उद्योग दर्ता

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, १० वैशाख । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार ७०७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ । कार्यालयका..

    नेपाली कामदार तत्काल जापानमा जान नपाउने, यस्तो छ कारण

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौं, १० वैशाख नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो। रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ। भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसिएसन ले सीप परीक्षण गर्नेछन्। नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ। भाषा..

    लाभकर बढी निर्धारण गरेको भन्दै एनसेलद्वारा सर्वोच्चमा मुद्दा

    सोमबार, बैशाख ९, २०७६ साल
    काठमाडौँ, ९ वैशाख  टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभ कर कानुनअनुसार नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेको छ । ठूला करदाता कार्यालयले धेरै कर निर्धारण गरिएको भन्दै एनसेलले सर्वोच्चमा रिट दायर गरेको हो । आयकर ऐन-२०५८ को व्यवस्था अनुसार कर निर्धारणको अंक नमिलेको भन्दै सोमबार मुद्दा दायर गरको हो । गतसाता ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब..

    सौराहामा सफारी गर्ने आन्तरिक र बाह्य पर्यटकको शुल्क निर्धारण

    सोमबार, बैशाख ९, २०७६ साल
    चितवन, ९ बैशाख । चितवनको प्रमुख पर्यटकीयस्थल सौराहामा रहेका जिप सफारी, हात्ती सफारी र टाँगा सफारीलाई व्यवस्थित गर्न शुल्क निर्धारण गरिएको छ ।  पर्यटकको सहजताका लागि र मनलाग्दी शुल्क नियन्त्रणका गर्न शुल्क निर्धारण गरिएको हो । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाको अगुवाइमा व्यवसायी, जनप्रतिनिधि र विभिन्न सरोकारवाला संघसंस्थाको भेलाले जिप सफारीको शुल्क निर्धारण गरेको छ ।  हात्ती र टाँगा सफारीको शुल्क यसअघि..

    सरकारी कर्मचारीका लागि ६ अर्ब भत्ता रकम थप

    सोमबार, बैशाख ९, २०७६ साल
    काठमाडौं, ९ वैशाख सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टिकृति काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० प्रतिशत देखि १०० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन थालिएको हो । ‘एक महिनामा कार्यालय समयभन्दा ८० घण्टा बढी काम गर्ने..
    Results 1632: You are at page 22 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast