बुधबार, माघ ८, २०७६

    आर्थिक खबर

    सुनको मूल्यले महँगो ‘रेकर्ड’ बनायो, अझै बढ्ने संकेत, यस्तो छ कारण

    आईतवार, पौष २०, २०७६ साल
    काठमाडौं, २० पुस नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेर प्रतितोला ७४ हजार ५ सय रुपैयाँ पुगेको हो ।  यो अहिलेसम्मकै उच्च मूल्य हो । साताको पहिलो दिन आइतबार प्रतितोला ७३ हजार ३ सय रुपैया रहेको प्रतितोला सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँ बढेर अन्तिम दिन शुक्रबार ७४ हजार ५ सय..

    बढ्यो डलरको भाउ, अब १ डलर किन्न १ सय १५ रुपैयाँ चाहिने

    आईतवार, पौष २०, २०७६ साल
    काठमाडाैं, २० पुस । अमेरिकी डलरको भाउ बढेकाे छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि एक डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा तोकेको हाे । १ डलर खरिद गर्न अब १ सय १५ रुपैयाँ १८ पैसा चाहिने भएको छ। गत मंसिर २९ गते डलरको भाउ ११३ रुपैयाँ ६० पैसा थियो। तर, उक्त भाउ बढेर हाल ११५ रुपैयाँ १८..

    इराक-अमेरिका तनावले तेलको मूल्यमा कस्तो पर्ला असर ?

    आईतवार, पौष २०, २०७६ साल
    तेहरान, २० पुस । अमेरिकी  सैनिक कारवाहीपछि मध्यपूर्वमा जुन तनाव उत्पन्न भइरहेको छ त्यसले पेट्रोलियम पदार्थको क्षेत्रमा पनि असर पर्न सक्ने भन्दै चिन्ता बढ्न थालेको छ । विश्वको करिब ३० प्रतिशत तेल मध्यपूर्वबाट नै आउने गरेको छ । यद्यपि तेल बजारको माग र आपूर्तिको मामिलामा निकै मजबुत रहेको छ  । अर्थात् विश्वमा तेलको जति माग छ त्यो भन्दा धेरै बजारमा उपलब्ध..

    कुमारी जबको छैठौँ वार्षिकोत्सव : अत्याधुनिक जब वेभसाइट र मोवाइल एप शुभारम्भ

    शनिबार, पौष १९, २०७६ साल
    काठमाडौँ / कुमारी जब प्रा.लिले यही पौष १६ गते आफ्नो छैठौँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । मानव संसाधन व्यवस्थापन (रोजगारी, विकास र प्रर्वद्धन) मा निरन्तर काम गर्दै आएको कम्पनीले ६ बर्ष पूरा गरेको हो । वार्षिकोत्सवको अवसरमा प्रा.लि ले www.kumarijob.com नामक वेवसाइटको स्तर बृद्धि गरी अत्याधुनिक बनाउँदै नयाँ मोवाइल एपको समेत शुभारम्भ गरेको छ । सो वेवसाइट तथा एपको विशेषता, रोजगारदाता तथा रोजगार खोजिरहेकाहरुलाई..

    लगानी बोर्डले टुंग्यायो १४ लगानीकर्ताको सूची

    शुक्रबार, पौष १८, २०७६ साल
    काठमाडौँ, १८ पुस लगानी बोर्डले ‘लगानी सम्मेलन २०१९’ मा प्रस्तुत गरेको ५० परियोजनामध्ये १४ परियोजनाको पूर्वयोग्यता मूल्याङ्कन सम्पन्न गरी योग्य लगानीकर्ताको सूची तयार गरेको छ । बोर्डले शुक्रबार पत्रकार सम्मेलन गरेर ११ खर्ब ८८ अर्ब रुपैयाँ बराबरको १४ वटा परियोजनाको पूर्वयोग्यता मूल्यांकनसहित लगानीकर्ताको सूची तयार पारेको हो। त्यसमध्ये ७ सय ५६ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत परियोजनाको विस्तृत संभाव्यता अध्ययनका लागि कम्पनी छनौट भइसकेको..

    सुनको मूल्य अहिलेसम्मकै उच्च, अझै बढ्ने अनुमान

    शुक्रबार, पौष १८, २०७६ साल
    काठमाडौं, १८ पुस  नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ ।साताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ७४ हजार ५ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जारी गरेको आजको सुनचाँदीको भाउअनुसार शुक्रबारमात्रै सुनको भाउ एक हजार रुपैयाँ बढेको हो ।  बुधबार तोलामा ७३ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो । चाँदीको..

    भुक्तानी नदिने सुगरमिलमा तालाबन्दी

    बिहिवार, पौष १७, २०७६ साल
    सर्लाही, १७ पुस उखु किसानको रु २० करोड बाँकी बक्यौता नतिर्ने सर्लाहीको गोडैता नगरपालिका–६ बङ्गदहको महालक्ष्मी सुगरमिलमा आज उखु किसानले तालाबन्दी गरेका छन् । उखु किसानको गत वर्षको बाँकी बक्यौता रकमवापत रु २० करोड बाँकी रहेको र सो रकम उखु किसानको खातामा जम्मा गरिदिनुपर्ने, उद्योग सञ्चालकसँग भएको गत वर्षको सम्झौता कार्यान्वय हुनुपर्ने, नेपाल सरकारले तोकिदिएको मूल्य  रु ५३५ पूरै उखु किसानले पाउनुपर्ने..

    उद्योगको प्रदूषणबाट स्थानीयवासी पीडित

    बिहिवार, पौष १७, २०७६ साल
    निजगढ, १७ पुस बाराको जितपुर–सिमरा क्षेत्रका स्थानीयवासी उद्योगधन्दाको धुँवा तथा धुलोमा बस्न बाध्य भएका छन् ।  सरकारले कुन क्षेत्रमा उद्योगधन्दा चलाउन अनुमति दिने, कुन क्षेत्रमा मानव बस्ती बसाल्दा उपयुक्त हुन्छ भन्ने अवधारणा नल्याउँदा स्थानीयवासी धुँवा, धुलोमा बस्न बाध्य भएका हुन् ।  जितपुर–सिमरा क्षेत्रमा सञ्चालित उद्योगधन्दाका कारण निस्कने धुलो तथा धुँवाले आजित भएका स्थानीयवासी र उद्योगी–व्यापारीबीच यस विषयमा पटक–पटक छलफल भएको भए पनि त्यसको..

    पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि

    बुधबार, पौष १६, २०७६ साल
    काठमाडौँ, १६ पुुस नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ वृद्धि गरेको छ। निगमले बुधबार विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको जनाएको हो। हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावतै रहेको जनाइएको छ।   नयाँ मूल्य पुस १६ गते रातिदेखि नै लागू हुने निगमले जनाएको छ। मूल्य समायोजनपछि पेट्रोलको मूल्य काठमाडौं, सुर्खेत र दिपायलमा..

    विदेशी मुद्राको विनिमयदर, कुन देशकाे कति ?

    बुधबार, पौष १६, २०७६ साल
    काठमाडाैं, १६ पुस । बुधबार नेपाल राष्ट्र बैंकले जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ ९२ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५२ पैसा रहेको छ ।  यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२८ रुपैयाँ ५० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५० रुपैयाँ ३५ पैसा र बिक्रीदर १५१ रुपैयाँ १४..

    नेपाली श्रम बजार : सन् २०१९मा कहाँ के भयो ?

    मंगलवार, पौष १५, २०७६ साल
    काठमाडौँ, १५ पुस सन् २०१९ मा आन्तरिक श्रम र वैदेशिक रोजगारीका लागि सुधार उन्मुख भयो । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउर्दै आन्तरिक श्रम बजारलाई पनि सुधार गर्ने प्रयास गरेको देखिन्छ । वैदेशिक रोजगारी क्षेत्र सुधारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको प्रयास सकारात्मक भएपनि संस्थागत भने भएको छैन । यो वर्षको उपलब्धी मानिए पनि वैदेशिक रोजगारीको पीडाले थलिएका श्रमिकको समस्या..

    सुनले भेटायो पुरानै रेकर्ड, तोलाको पुग्यो साढे ७३ हजार

    मंगलवार, पौष १५, २०७६ साल
    काठमाडौें, १५ पुस । मंगलबार सुन मूल्यले पुरानै रेकर्ड कायम गरेको छ । आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ७३ हजार पाँच सयको मूल्य भेट्टाएपछि सुनले पुरानै रेकर्ड कायम गरेको हो । गत भदौ ९ गते सुनले पहिलो पटक ७३ हजार पाँच सयको मूल्य भेट्टाएको थियो । त्यस यता गत भदौ १८ मा समेत यही मूल्यमा पुगेर सुनको मूल्य ओरालो..

    एक वर्षमा १४ हजारले बढ्यो सुनको मूल्य

    मंगलवार, पौष १५, २०७६ साल
    काठमाडाैं, १५ पुस । एक वर्षमा नेपाली बजारमा सुनकाे मूल्य करिव १३ हजार ८ सय रूपैयाले बढेकाे छ । सोमवार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ७३ हजार तीन सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार पुगेको छ ।  अघिल्लो वर्ष २०७५ पुस १४ गते सुनको मूल्य प्रतितोला ५९ हजार पाँच सय रुपैयाँ थियो ।उक्त महिनामा..

    जलविद्युतमा लगानी सम्बन्धी नीति तयार नुहँदा लगानीमा अन्योलता

    शनिबार, पौष १२, २०७६ साल
    रुपन्देही, १२ पुस  जलविद्युत्मा  लगानी सम्बन्धी नीति तयार नुहँदा लगानीमा अन्योलता देखिएको छ । नेपाल धितोपत्र बोर्डका निर्देशक नारायणप्रसाद शर्माले १६ जलविद्युत् कम्पनीको शेयर १०० भन्दा तल झरेको जानकारी दिनुभयो । बुटवल उद्योग वाणिज्य सङ्घद्वारा आज यहाँ आयोजित २०औँ संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ को कार्यक्रममा उहाँले जलविद्युत् क्षेत्रमा लगानी बढाउन लगानीमैत्री नीति बनाउन आग्रह गर्नुभयो । ‘पूँजीबजारसम्बन्धी सचेतना तथा अन्तक्र्रिया’ कार्यक्रममा बुटवल..

    सातामै १७ सयले बढ्यो सुनको भाउ, कति पुग्यो ?

    शनिबार, पौष १२, २०७६ साल
    काठमाडौं, १२ पुस । नेपाली बजारमा सुनको मूल्य उकालो लाग्ने क्रम जारी छ। एक सातामै सुन प्रतितोला १७ सयले रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  साताको पहिलो दिन आइतबार ७१ हजार ६ सय रहेको सुनको मूल्य लगातार बढेर शुक्रबार प्रतितोला प्रतितोला ७३ हजार ३ सय रूपैंयाँ कायम भउको थियो । यस्तै चाँदीको मूल्य भने अघिल्लो दिनका तुलनामा स्थिर छ ।..

    बागलुङमा लगानी भित्र्याउन ठूला उद्यमी इच्छुक

    शुक्रबार, पौष ११, २०७६ साल
    गलकोट, ११ पुस  बागलुङ जिल्लामा पहिलोपटक ठूला लगानीकर्ता आकर्षित गर्नका लागि लगानी बहस भएको छ । ठूला उद्योगीलाई बागलुङमा आकर्षित गरी रोजगार सिर्जना गर्ने उद्देश्यले बिहीबार साँझ लगानी बहस कार्यक्रमको आयोजना गरिएको हो ।  ‘उज्यालो बागलुङ, समृद्ध बागलुङ’ विषयक लगानी बहसमा उपस्थित नेपालकै ठूला तथा स्थापित उद्योगी व्यसायीको उपस्थिति रहेको थियो । लगानी बहसमा बागलुङ जिल्लामा अनेक लगानीको सम्भावना रहेको भन्दै लगानी..

    सबै युवालाई उद्यमशील बनाउन कोष स्थापना गर्दैछौं : मुख्यमन्त्री राई

    बुधबार, पौष ९, २०७६ साल
    भद्रपुर, ९ पुस प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले आगामी दश वर्षभित्रमा प्रदेशका युवाहरुले रोजगारीका लागि अन्यत्र भौतारिन नपर्ने गरी प्रदेश सरकारले उद्यमशीलता विकासको गुरुयोजनासहित कोष स्थापना गर्ने बताउनुभएको छ । मेची उद्योग वाणिज्य सङ्घले झापाको धुलाबारीमा आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रि«य औद्यागिक, व्यापार तथा पर्यटन महोत्सवको आज उद्घाटन गर्दै मुख्यमन्त्री राईले प्रदेशबाट बेरोजगारी अन्त्य गर्न ‘मुख्यमन्त्री युवा उद्यमशील कार्यक्रम’ सञ्चालन गरिने..

    ह्वात्तै बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

    बुधबार, पौष ९, २०७६ साल
    काठमाडौँ, ९ पुस नेपाली बजारमा सुन-चाँदीको मूल्य बढ्ने क्रम जारी छ।बुधबार सुन तोलामा ६ सयले बढेर ७२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ । तेजावीको सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुनको मूल्य ७२ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । मंगलबार सुन तोलामा ३ सयले बढेर ७२ हजार २ सय रुपैयाँमा कारोबार..

    झापामा ४ करोड बढी राजश्व सङ्कलन

    मंगलवार, पौष ८, २०७६ साल
    भद्रपुर, ८ पुस जिल्ला प्रहरी कार्यालय झापाले १० महिनाको अवधिमा भन्सार चोरी, निकासी, पैठारी नियन्त्रणबाट रु चार करोड ३८ लाख बढी राजश्व सङ्कलन गरेको जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय झापामा आज भएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक दिनेश मैनालीले गत आर्थिक वर्ष २०७५÷७६ को फागुनदेखि चालु आर्थिक वर्ष २०७६÷७७ को हालसम्ममा सो रकम बराबरको राजश्व सङ्कलन गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा..

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैंछ कारोबार ?

    मंगलवार, पौष ८, २०७६ साल
    काठमाडौँ, ८ पुस मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार ७१ हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ७२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ७१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  सोमबार तेजाबी सुनको मूल्य तोलामा ७१ हजार ६..

    सुदूरपश्चिममा विद्युत् चुहावट घटाउने प्राधिरकणको रणनीतिक योजना

    सोमबार, पौष ७, २०७६ साल
    काठमाडौँ, ७ पुस । विद्युत् चुहावट र चोरी नियन्त्रणलाई अभियानकै रूपमा अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशमा समेत त्यसलाई परिणाम दिने गरी अगाडि बढाउने योजना शुरु गरेको छ । प्राधिकरणले प्रदेश नं ५को प्रदेश डिभिजन कार्यालय, नेपालगञ्ज र सुदूरपश्चिम प्रदेशअन्तर्गत हाल सञ्चालनमा रहेका वितरण केन्द्रलाई चुहावट घटाउन र चोरी नियन्त्रणका लागि लक्ष्य नै निर्धारण गरेर काम शुरु गरेको हो ।  प्राधिकरणले..

    २ दिनको वर्षाका कारण इँटा उद्योगमा १० करोडको क्षति

    मंगलवार, पौष १, २०७६ साल
    कञ्चनपुर, १ पुस । दुई दिनको वर्षाका कारण जिल्लाका इँटा उद्योगमा व्यापक क्षति पुगेको छ । गत शुक्रबार र शनिबारको वर्षाका कारण सुकाउनका लागि राखिएका कच्चा इँटामा क्षति पुगेको हो । महाकाली इँटा व्यवसायी सङ्घका अध्यक्ष बलदेव बुडालका अनुसार सुकाउनका लागि राखिएका करीब रु १० करोड बढीका कच्ची इँटामा क्षति पुगेको छ ।  “मौसममा आएको एकाएक परिवर्तनका कारण व्यवसायीले इँटा जोगाउन नसक्दा..

    चिनबाट दैनिक ४५ टन प्याज भित्रिएपछी मुल्य केही सस्तियो

    शनिबार, मंसिर २८, २०७६ साल
    काठमाडाैं, मंसिर २८ भारतबाट प्याज आउन रोकिएपछि चिनियाँ प्याज भित्रिएर उपत्यकावासीको माग धानेको हो । गएको असोजमै भारतले विदेशमा प्याज निर्यातमा रोक लगाउने नीति लिएसँगै भारतीय प्याज व्यापारीहरूले गैरकानुनी बाटोबाट भित्र्याउँदै आएका थिए । गैरकानुनी रूपमा नेपाल प्याज निर्यात गरेको भन्दै भारतीय सरकारले व्यापारीलाई नै कारबाही गरेपछि भारतबाट प्याज आउन छाडेको छ ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बजारमा अहिले..

    वैज्ञानिक 'एकीकृत भूमि ऐन' ल्याउने तयारीमा जुट्यो सरकार

    शुक्रबार, मंसिर २७, २०७६ साल
    काठमाडौँ, २७ मङ्सिर ।  सरकारले भूमि व्यवस्थापनलाई समयानुकूल परिमार्जित गर्ने गरी एकीकृत भूमि ऐन ल्याउने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले भूमिको सही व्यवस्थापन गर्न बनाइएका करीब पाँच दर्जन ऐन तथा नियमलाई नयाँ ऐनमा व्यवस्थित गर्न गर्न लागेको हो । विगतमा भूमिसम्बन्धी नीति, नियम, कानून छरिएकाले कार्यसम्पादनमा समेत कठिनाइ आएको थिए । भूमि कानूनलाई समेटेर बनाइने नयाँ..

    नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशतमा सीमित रहने विश्व बैंकको दाबी, अर्थ मन्त्री खतिवडाकाे असन्तुष्टि

    बिहिवार, मंसिर २६, २०७६ साल
    काठमाडौँ, २६ मङ्सिर  काठमाण्डौमा ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशतमा सीमित रहने दाबी गरेको छ ।  सरकारले भने चालु आर्थिक वर्षमा ८ प्रतिशतभन्दा धेरै आर्थिक वृद्धिदर हुने जनाएको छ । गएको जुलाई महिनामा सार्वजनिक गरिएको प्रतिवेदमा भने विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत रहने जनाएको थियो ।  विश्व..

    सुनको भाउ उकालो चढ्दै, कतिमा हुँदै छ कारोबार ?

    बिहिवार, मंसिर २६, २०७६ साल
    काठमाडौँ, २६ मङ्सिर  पछिल्लो समय ओरालो लागेको सुनको मूल्य पुन: बढेको छ । बिहीबार तोलामा ४ सयले बढेर ७१ हजार 2 सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । बुधबार छापावाल सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाली सुन चाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुन तोलाको ७० हजार ९ सयमा कारोबार भइरहेको छ ।..

    सरकारी अनुदानमा खुलेको चिया कारखानाद्वारा साढे ८ करोडको चिया बिक्री

    बुधबार, मंसिर २५, २०७६ साल
    बनियानी, २५ मङ्सिर  सरकारी अनुदानमा सञ्चालनमा आएको झापाको भद्रपुर–२ पृथ्वीनगरस्थित चिया कारखानाले तीन वर्षको अवधिमा रू ८ करोड ५२ लाख बराबरको चिया उत्पादन गरेको छ । सरकारको ५० प्रतिशत र साना चिया किसानको ५० प्रतिशत लगानीमा स्थापना भएको साना किसान चिया प्रशोधन कारखानाले गत असार मसान्तसम्ममा छ लाख ७९ हजार ९४५ केजी तयारी चिया बिक्री गरी रु आठ करोड ५२ लाख..

    २८ वर्षमा प्रतिव्यक्ति कूल राष्ट्रिय आयमा १३० प्रतिशतको वृद्धि

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौँ, २४ मङ्सिर  शिक्षा, स्वास्थ्य एवम् रोजगारीका क्षेत्रमा भएको सकारात्मक प्रयासले पछिल्ला २८ वर्षमा नेपालको प्रतिव्यक्ति कूल राष्ट्रिय आय १३० दशमलब पाँच प्रतिशतले वृद्धि भएको पाइएको छ ।  संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (यूएनडिपी)ले आज सार्वजनिक गरेको मानव विकास प्रतिवेदनअनुसार नेपालीको प्रतिव्यक्ति वार्षिक आयमा वृद्धि भएको पाइएको हो । उक्त प्रतिवेदन एक कार्यक्रमका बीच आज अर्थमन्त्री डा युवराज खतिवडाले सार्वजनिक गर्नुभयो ।  उक्त..

    चार नयाँ परियोजनालाई एडिबीद्वारा रु ४० अर्ब ४५ करोड ऋण

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौँ, २४ मङ्सिर एशियाली विकास बैंक (एडिबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ ।  बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि रु २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप रु सात अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन..

    निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

    मंगलवार, मंसिर २४, २०७६ साल
    काठमाडौँ, २४ मङ्सिर सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ । सोमबार सुन प्रतितोला ७१ हजार रुपैयाँमा बारोबार भइरहेको थियो भने आज सुनको मूल्य प्रतितोला ७० हजार आठ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संले जनाएको छ ।  ..
    Results 1581: You are at page 2 of 53
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 Next Last
    Weather Forecast