बिहिवार, चैत्र २०, २०७६

    आर्थिक खबर

    एनसेलको नाफा टेलिकमको भन्दा एक अर्ब बढी

    बुधबार, जेष्ठ २२, २०७६ साल
    काठमाडौँ, २२ जेठ । झण्डै तीन महिनाको अवधिमा नेपाल टेलिकमले भन्दा एनसेलले एक अर्ब रुपैयाँ बढी नाफा कमाएको छ। एनसेलले सार्वजनिक गरेको सन् २०१९ को पहिलो त्रैमासिक(जनवरी–मार्च) आर्थिक प्रतिवेदनअनुसार यो अवधिमा उसले टेलिकमको भन्दा साढे दुईअर्ब बढी आम्दानी गरेको छ भने खुद आम्दानीमा पनि पौने दुई अर्बले अघि छ।  एनसेलको २०१९ को पहिलो त्रैमासिक प्रतिवेदन नेपाली मितिअनुसार पुस १७ देखि चैत १७..

    प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने, रकम विनियोजित

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    भक्तपुर, २१ जेठ ।  प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने भएको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जानकारी दिनुभयो ।  प्रधानमन्त्री रोजगारी कार्यक्रमका लागि भक्तपुरका चारवटै नगरपालिकामा करीब रु दुई करोड ४६ लाखभन्दा बढी रकम रहेकोमा..

    आगामी दिनमा पूँजीगत खर्च बढ्छ : सत्ता पक्ष, बजेट सङ्घीयता विरोधी छ : प्रतिपक्ष

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ  प्रतिनिधिसभामा सरकारले आर्थिक वर्ष २०७६\७७ का लागि यही जेठ १५ गते प्रस्तुत गरेको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) को सत्तापक्षबाट बचाउ र प्रतिपक्षबाट आलोचना हुनेक्रम तीन दिनदेखि जारी छ । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुरेन्द्रप्रसाद पाण्डेले वित्तीय अनुशासनलाई ख्याल राखेर ल्याइएको बजेट नेपाली जनताको अपेक्षा र सही मार्गदर्शनअनुरुप..

    एनसेल कर मुद्दाको आजदेखि पूर्ण इजलासमा बहस हुँदै, पार लाग्ला ?

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ । निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल प्रालिको पुँजीगत लाभकरसम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दा बारे मंगलबार छलफल हुदै छ । टेलिकम्युनिकेसन कम्पनी एनसेलले तिर्नुपर्ने करबारेको मुद्दामा मंगलबारदेखि सर्वोच्च अदालतको पूर्ण इजलासमा बहस हुने भएको छ । न्यायाधीशहरू तेजबहादुर केसी, पुरूषोत्तम भण्डारी,  डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको पूर्ण इजलासले मुद्दाको सुनुवाइ गर्न लागेको हो । यसअघि गत वैशाख २४..

    सांसदको हातमा विकास बजेटको ५%

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    काठमाडौँ, २१ जेठ । तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीले ०५१ सालमा सांसदलाई छुट्याइएको रकम विकास बजेटको नगन्य अर्थात् ०.२४ प्रतिशत मात्रै थियो । अधिकारीले पहिलो पटक प्रतिसांसद २ लाख ५० हजार रुपैयाँका दरले ५ करोड १२ लाख ५० हजार रुपैयाँ छुट्याएका थिए । त्यतिबेलाको विकास बजेटको आकार २१ अर्ब १४ करोड रुपैयाँ थियो । तत्कालीन अवस्थामा स्थानीय तह संस्थागत भइनसकेको बहानामा सांसदलाई दिन..

    बजारमा नक्कली नोटको बिगबिगी, कसरी चिन्ने सक्कली र नक्कली नोट ?

    सोमबार, जेष्ठ २०, २०७६ साल
    काठमाडौं, २० जेठ सामान्य अवस्थामा सक्कली र नक्कली नोट छुट्याउन निकै गाह्रो हुन्छ। नोटको गुणस्तर, छपाई तथा अरु विशेषताहरु उस्तै लागेपनि सक्कली नोटमा केही फरक खालका विशेषताहरु हुन्छन्। जुन नक्कली नोटमा हुँदैनन्। त्यस्ता विशेषताहरु आम मानिसले पनि ख्याल गर्यो भने भेटाउन सक्छन्। नेपाल राष्ट्र बैंकले नक्कली र सक्कली नोटमा रहेका सुरक्षण सम्बन्धी विशेषताहरु थाहा पाउने तरिकाका बारेमा यसरी सिकाएको छ। ..

    बजेट विकासमुखी नभइ वितरणमुखी भएको विश्वप्रकाश शर्माको आरोप

    सोमबार, जेष्ठ २०, २०७६ साल
    बेझाड, २० जेठ  नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हालै सार्वजनिक गरेको बजेट विकासमुखी नभइ वितरणमुखी भएको आरोप लगाउनुभएको छ ।   नेपाल प्रेस युनियन पाल्पा शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रवक्ता शर्माले ७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्र विकास खर्चमा सरकारले विनियोजन गरेको बताउनुभयो । “यस्तो बजेटले देशको विकास हुँदैन”, पार्टी प्रवक्ता शर्माले भन्नुभयो ।  प्रतिपक्षको भूमिका..

    वाणिज्य बैंकहरुले कति प्रतिशत ब्याजमा दिइरहेका छन् शेयर किन्न ऋण ?

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौं, १९ जेठ वाणिज्य बैंकहरुले नयाँ आधार दर (बेस रेट) तय गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा वाणिज्य बैंकहरुको नयाँ बेस रेट अघिल्ला महिनाहरुमा भन्दा कम भएको देखिन्छ । तर बेस रेट घटे पनि सेयर कर्जाको प्रिमियम भने अझै उच्च देखिएको छ । बेस रेट घट्दा कर्जाको ब्याजदर पनि घट्ने अपेक्षा गरिए पनि त्यसको अनुभूति हुन नसकेको लगानीकर्ताहरु बताइरहेका..

    ‘छुट्याइएको छ दाम, अब गरौँ काम’

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ आर्थिक वर्ष २०७६÷७७ राजश्व र व्ययको बजेटको सत्तारूढ दलका सांसदले समर्थन गरेका छन् भने प्रतिपक्षी दलका सांसदले बजेट महत्वकाङ्क्षी र वितरणमुखी भएको भन्दै कार्यान्वयनमा चुनौती औँल्याएका छन् ।  प्रतिनिधिसभाको आजको बैठक आव २०७६÷७७ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा भाग लिँदै सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदले बजेटको पक्ष र विपक्षमा मत जायर गरेका हुन् । आर्थिक समृद्धिको नारालाई..

    आर्थिक वर्ष २०७६-७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि परेको छैन : अर्थमन्त्री

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ ।   अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६-७७ को राजश्व र व्ययको वार्षिक अङ्कमा तलमाथि नपरेको स्पष्ट पार्नुभएको छ ।    प्रतिनिधिसभाको आईतबारको बैठकमा सभामुख कृष्णबहादुर महरासित समय लिई उहाँले राजश्व र व्ययको अनुसूची विवरणमा स्थानीय तह र प्रदेश तहका राजश्वमा जाने केही अङ्क प्राविधिक कारण सङ्घमै देखिएकोे हो, यसलाई सच्याइसकिएको बताउनुभयो ।    अर्थमन्त्री डा खतिवडाले भन्नुभयो, “उपकरणले जोड्नुपर्ने अङ्क..

    जनप्रतिनिधिको तलबमा साढे तीन अर्ब खर्च

    आईतवार, जेष्ठ १९, २०७६ साल
    काठमाडौँ, १९ जेठ ।  स्थानीय तहका जनप्रतिनिधिको तलब शीर्षकमा राज्यकोषबाट बर्सेनि कम्तीमा दुई अर्ब ८६ करोड ३५ लाख खर्च हुने गरेको छ । यो रकम स्थानीय तहका प्रमुख–उपप्रमुख, वडाध्यक्ष र कार्यपालिका सदस्यको तलब तथा पारिश्रमिकमा मात्रै हो । यसमा उनीहरूले विभिन्न शीर्षकमा लिने भत्ता र सुविधा जोडिएको छैन ।  हरेक प्रदेशले आफूअन्तर्गतका स्थानीय तहका जनप्रतिनिधिले प्राप्त गर्ने पारिश्रमिक, सुविधा तथा विभिन्न शीर्षकको..

    सर्तसहितको विदेशी सहायता अस्वीकार गरिने, यस्ता छन् ऋण लिन सक्ने क्षेत्रहरू

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ । अन्तर्राष्ट्रिय विकास सहायतालाई पारदर्शी एवम् नतिजामुखी बनाउने लक्ष्यका साथ सरकारले विभिन्न आठ क्षेत्रमा विकास सहायता परिचालनको प्राथमिकता तय गरेको छ । प्राथमिकता दिइएका क्षेत्रमा आउने विदेशी लगानीमा पनि सर्त रहेको भए अस्वीकार गर्न सकिने व्यवस्था गरिएको छ ।  मन्त्रिपरिषद्को बैठकले ‘यही जेठ १० गते अन्तर्राष्ट्रिय विकास सहायता परिचालन नीति, २०७६’ पारित गरेको थियो । उक्त नीतिमा भौतिक पूर्वाधारको..

    बजेट विश्लेषण : लोकप्रिय कार्यक्रम समेटेको सन्तुलित बजेट

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ   अर्थमन्त्री  डा युवराज खतिवडाले आगामी आव २०७६-७७ का लागि बुधबार मुलुकको  आयव्ययको विवरण अर्थात बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभयो । बजेटको आकार रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको छ । गत वर्ष बजेटको आकार १३ खर्ब १५ अर्ब १६ करोड रहेको थियो ।   बजेट आएपछि यस बजेटका राम्रा–नराम्रा पक्षबारे विभिन्न चर्चा-परिचर्चा भइरहेका छन्..

    यसकारण तिर्नुपर्ने भयो नेपाल टेलिकमले २० अर्ब

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    काठमाडौँ, १७ जेठ ।  नेपाल टेलिकमले दोस्रो पटकका लागि मोबाइल सेवाको लाइसेन्स नवीकरणका लागि २० अर्ब रुपैया तिर्नुपर्ने भएको छ। मन्त्रिपरिषदका निर्णयअनुसार कम्पनीले दोस्रो पटकको लाइसेन्स नवीकरणवापत यो रकम तिर्नुपर्ने भएको हो।  लाइसेन्सका शर्तमा मोबाइल सेवाको लाइसेन्स लिएपछि पहिलो पटक १० वर्षमा र त्यसपछि हरेक पाँच पाँच वर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सञ्चार सूचना तथा प्रविधिमन्त्री..

    स्वदेशी उद्योग जोगाउन संरक्षणकारी नीति, बजेटमा केही वस्तुको आयातमा कडाइ

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १६ जेठ । सरकारले स्वदेशी उद्योग तथा व्यवसायलाई जोगाउनका लागि संरक्षणकारी नीति अख्तियार गरेको छ । आत्मनिर्भर हुने अवस्थामा पुगेका उद्योग तथा उत्पादनलाई बढावा दिन र त्यस्ता उद्योगको विकास र विस्तारका लागि त्यस्तो नीति लिएको हो । देशमा क्रमशः अनऔद्योगिकीकरणको अवस्था सिर्जना भएकाले पनि सरकारले आगामी आर्थिक वर्षको बजेटमा त्यस्तो नीति लिएको हो ।  अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७६-७७ को..

    बजेटले बाँकेबासी उत्साहित, १० ठूला आयोजना प्राथमिकतामा

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    बाँके, १६ जेठ । आर्थिक वर्ष २०७६-७७ को बजेटमा बाँके जिल्लालाई लक्षित गरी विभिन्न १० ठूला आयोजना प्राथमिकतामा परेपछि जिल्लावासी उत्साहित भएका छन् ।  अर्थमन्त्री डा युवराज खतिवडाले बुधबार सार्वजनिक गर्नुभएको बजेटमा बाँकेलाई लक्षित गरी विभिन्न १० ठूला आयोजना प्राथमिकतामा परेसँगै उनीहरु उत्साहित भएका हुन् । प्रदेश राजधानीको सम्भावना टाढिएपछि निराश बनेका बाँकेबासीले सङ्घीय सरकारले संसद्मा बुधबार पेश गरेको बजेट सकारात्मक रहेको..

    आगामी आर्थिक वर्षको बजेट १५ खर्ब, यस्तो छ दुई तिहाई सरकारको दोस्रो बजेट

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    काठमाडौँ, १५ जेठ   अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६-०७७ को राजश्व र व्ययको वार्षिक अनुमानको प्रति टेबुल गर्नुभएको छ । प्रतिनिधिसभाको बुधबार साँझ बसेको वैठकमा अर्थमन्त्री डा खतिवडाले राजश्व र व्ययको वार्षिक बजेटको प्रति टेबुल गर्नुभएको हो ।   सरकारद्वारा बुधबार प्रस्तुत उक्त आयव्ययमाथि प्रतिनिधिसभा यही जेठ १९, २० र २१ गतेको बैठकमा छलफलका लागि दिन तोकिएको सभामुख कृष्णबहादुर महराले बैठकमा जानकारी..

    आगामी आवको बजेट १५ खर्ब ३३ अर्ब, रोजगार कार्यक्रमका लागि ५ अर्ब

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाखको बजेट प्रस्तुत गरेको छ ।  सङ्घीय संसद्को संयुक्त बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले विनियोजित रकममध्ये चालु खर्च रु नौ खर्ब ५७ अर्ब १० करोड १४ लाख र  पूँजीगततर्फ रु चार खर्ब आठ अर्ब ५९ लाख निर्धारण गरिएको बताउनुभयो ।  त्यसैगरी वित्तीय..

    आर्थिक वर्ष २०७६/०७७ को बजेटमा कर्मचारीको २० प्रतिशत तलब वृद्धि

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ नेपाल सरकारको  विनियोजनबाट पारिश्रमिक प्राप्त गर्ने राष्ट्रसेवक कर्मचारीको पारिश्रमिक वृद्धि गरेको छ ।  बुधबार सङ्घीय संसद्मा आर्थिक वर्ष २०७६-०७७ को बजेट अर्थमन्त्री डा युवराज खतिवडाले कर्मचारीको शुरु तलबमानमा २० प्रतिशतसम्म वृद्धि गरेको घोषणा गर्नुभएको हो ।  उहाँका अनुसार आगामी साउनदेखि लागू हुने गरी राजपत्राङ्कित श्रेणीका कर्मचारीका २० प्रतिशत र राजपत्राङ्कितको १८ प्रतिशतले वृद्धि गरिएको छ ।  कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, प्राध्यापकको तलब..

    मेलम्ची खानेपानी आयोजनालाई ७ अर्ब ३९ करोड !

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ राष्ट्रिय गौरवको आयोजना मेलम्ची खानेपानी आयोजनालाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिने भएको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसदको संयुक्त बैठकमा पेश गरेको आव २०७६÷७७ को बजेट प्रस्तुत गर्दै उहाँले मेलम्ची आयोजनालाई सात अर्ब ३९ करोड बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।  यस्तै सोही  आयोजनाको दोस्रो खण्डको समेत प्रक्रिया शुरु गरिने भएको छ । इटालीको ठेकेदार कम्पनी सिएमसीले..

    अर्थमन्त्रीद्वारा बजेट प्रस्तुति शुरु, विद्युत् उत्पादन दोब्बर हुने

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ ।    सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६-२०७७ वर्षका लागि आयव्ययको अनुमान (बजेट) प्रस्तुत गर्न शुरु गर्नुभएको छ ।    नेपालको संविधान, कानून, सरकारको नीति तथा कार्यक्रम, बजेटका प्राथमिकता र सिद्धान्त, विभिन्न अध्ययन कार्यदलका सुझावका आधारमा सामाजिक न्यायसहितको तीव्र विकास, सभ्य र सुसंस्कृत समाजवादोन्मुख बजेट तयार गरिएको अर्थमन्त्री डा खतिवडाले बैठकलाई जानकारी दिनुभयो ।    प्रतिनिधिसभा र राष्ट्रियसभाको..

    आर्थिक वर्ष २०७६/०७७ - ४ बजे बजेट संघीय संसदमा प्रस्तुत हुँदै, यी हुन् विशेषता

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौं, १५ जेठ ।  सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेश गर्ने भएको छ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६-७७ को बजेट पेस गर्नुहुनेछ । नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । त्यसअघि दिउँसो २ बजे बस्ने राष्ट्रिय योजना..

    बुधबार आगामी आवको बजेट - ऊर्जा, पर्यटन र कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ, १४ जेठ । सरकारले बुधबार आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्मा पेश गर्ने भएको छ । संघीय संसद्को अपराह्न ४ बजे बस्ने संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६-७७ को बजेट पेस गर्नुहुनेछ । नेपालको संविधानमा नै हरेक वर्षको जेठ १५ गते अर्थात गणतन्त्र दिवसको दिन बजेट प्रस्तुत गर्ने व्यवस्था छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले दोस्रो..

    प्रदेश नं १ : बजेटको सिद्धान्त र प्राथमिकतामा छलफल शुरु

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    विराटनगर, १४ जेठ ।    विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको पूर्वबजेट सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पारित भएको छ ।   प्रदेशसभाको मंगलबारको बैठकमा प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ११८ को उपनियम २ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सो प्रस्ताव सदनमा पेश गर्नुभएको थियो । प्रस्तुत विषयमा प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद..

    यार्सागुम्बाबाट अघिल्लो भन्दा २६ प्रतिशत बढी राजश्व, ७० भन्दा धेरै यार्सापाटनहरू खुला

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    जाजरकोट , १४ जेठ । शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज डोल्पाले २६ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । अघिल्लो भन्दा यो वर्ष यार्सागुम्बा सङ्कलनकर्ताबाट राजश्व बढी उठेको हो ।   जिल्लास्थित सरोकारवाला निकायसहितको सर्वपक्षीय निर्णयअनुसार जेठ १३ देखि भोक्पा, भाङ्का, कुनास, सागबारीलगायत ७० भन्दा धेरै यार्सापाटनहरू औपचारिक रूपमा खुलिसकेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी छत्र खड्काले जानकारी दिनुभयो ।  निकुञ्ज क्षेत्रभित्र पर्ने धो मा..

    आर्थिक सर्वेक्षण - ३ खर्ब ३३ अर्ब बेरुजु, चालू खाता र भुक्तानी सन्तुलन घाटामा

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ, १४ जेठ ।  विभिन्न मन्त्रालय र सरकारी निकायले समयमै बेरुजु फछ्र्योट नगर्दा बेरुजुको रकममा अधिक वृद्धि भइरहेको छ । अघिल्लो आर्थिक वर्षको बेरुजु रकम रु तीन खर्ब ७७ अर्ब ४८ करोड फछ्र्योट हुन बाँकी रहेको सरकारले बताएको छ ।  आर्थिक सर्वेक्षणअनुसार सङ्घीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह, जिल्ला समन्वय समिति र संस्थान समेतबाट उक्त रकम फछ्र्यौट हुन बाँकी छ ।    छब्बीस..

    मागको ९० प्रतिशत सिमेण्ट नेपालमै उत्पादन, आयातमा कमी, यस्तो छ तथ्यांक !

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ ।   सरकारले सोमबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७५-७६ को आर्थिक सर्वेक्षणमा मागको ९० प्रतिशत सिमेण्ट नेपालमा नै उत्पादन भइरहेको जनाइएको छ ।  सिमेण्ट उद्योगको विकास तथा सञ्चालनमा उल्लेखनीय सफलता प्राप्त भई वार्षिक ४५ लाख टन सिमेण्ट उत्पादन भई मागको ९० प्रतिशत सिमेण्ट स्वदेशमै उत्पादन भई सिमेण्टको आयातमा कमी आएको सर्वेक्षणमा उल्लेख गरिएको छ । सर्वेक्षणअनुसार हालसम्म २० हजार..

    स्थानीय कच्चापदार्थको प्रयोग हुने गरी गण्डकी प्रदेशमा १ सय ७५ उद्योग खोलिने

    सोमबार, जेष्ठ १३, २०७६ साल
    पोखरा, १३ जेठ । गण्डकी प्रदेश सरकारले प्रदेशमा १७५ उद्योग खोल्ने तयारी गरेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य सङ्घको आयोजनामा सोमबार यहाँ आयोजित ‘गण्डकी प्रदेशमा निर्यात सम्भावना, आयात प्रतिस्थापन तथा अन्तर प्रादेशिक प्रोफाइल प्रतिवेदन तयारी’ विषयक गोष्ठीमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले आगामी आवभित्रै हिमालमा २५, पहाडमा ५० र तराईमा एक सय उद्योग..

    सरकारको दाबी : आर्थिक वृद्धिदर ७ प्रतिशत, १ खर्ब ७ अर्बको वैदेशिक सहायता

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ ।  चालु आर्थिक वर्षमा एक खर्ब सात अर्ब रुपैयाँ बरारबरको वैदेशिक सहायता प्राप्त भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत हुने अनुमान गरेका छन् । सोमबार संघीय संसदमा आर्थिक सर्वेक्षण २०७५–०७६ का प्रमुख बुँदा प्रस्तुत गर्दै आर्थिक वृद्धिदर ७ प्रतिशित पुग्ने दाबी गरेका हुन् । अर्थमन्त्रीका अनुसार चालु आर्थिक वर्षमा मुलुकका अधिकांश आर्थिक,..

    आर्थिक सर्वेक्षण र संस्थानहरुको वार्षिक प्रतिवेदन सार्वजनिक, के छ नीति ?

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौं, १३ जेठ ।  सरकारले सोमबार आर्थिक सर्वेक्षणमा सरकारले चालु आर्थिक वर्षको पहिलो ८ महिनासम्मको तथ्यांकमा आधारित आर्थिक विवरण प्रस्तुत गर्नेछ। सरकारले सोमबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले पहिले प्रतिनिधिसभा बैठक र त्यसलगत्तै राष्ट्रियसभा बैठकमा सरकारका दुई प्रतिवेदन पेश गर्ने भएका हुन् । विभिन्न निकायले यसअघि प्रकाशन गरेकै तथ्यांकमा आधारित रहेर सर्वेक्षण प्रकाशित हुन्छ ।  आर्थिक सर्वेक्षण वितरणका..
    Results 1632: You are at page 19 of 55
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 Next Last
    Weather Forecast