सोमबार, असोज २७, २०७६

    आर्थिक खबर

    पीडितलाई राहत : प्रदेश ३ सरकारले १ करोड र सांसदले ३ दिनको तलब दिने

    मंगलवार, चैत्र १९, २०७५ साल
    हेटौंडा, १९ चैत   प्रदेश नम्बर ३ सरकारले आइतबार साँझ तराईको बारा र पर्सामा भएको विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्रमा एक करोड रुपियाँ सहयोग रकम उपलब्ध गराउने भएको छ ।  प्रदेश सरकारको मंगलबार विहान बसेको मन्त्रीपरिषद्को बैठकले एक करोड रुपियाँ सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा  योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए ।   मंगलबार बिहानै बसेको प्रदेश तीनको कार्यव्यवस्था परामर्श समितिको बैठकले..

    सञ्चारमन्त्रीको प्रश्न : असारमा बजेट सक्ने प्रथा किन अन्त्य हुँदैन ?

    मंगलवार, चैत्र १९, २०७५ साल
    काठमाडौँ, १८ चैत  “गर्न सक्ने कार्यक्रम मात्र मागौँ । मागेपछि समयमा पूरा गरौँ । असारमा धमाधम बजेट सक्ने गरी कार्यक्रम वा रकमान्तरको अनुमोदनका लागि आएमा म स्वीकृत गर्नेवाला छैन । मन्त्रालयकै सचिवले भने पनि मानिँदैन ।” परिणाममुखी कामका सन्दर्भमा प्रायः स्पष्ट रुपमा प्रस्तुत हुने सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भन्नुभयो, “यस आर्थिक वर्षको बाँकी अवधिमा के काम गर्न सकिन्छ, के..

    राहत घोषणा : नेकपा सांसदले १ दिनको तलब, कांग्रेसले २ दिनको

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत  बारा र पर्साका हावाहुरी पीडितलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसदले एक दिन बराबरको पारिश्रमिक उपलब्ध गराउने भएका छन् ।  नेपाली  कांग्रेसका  सांसदले २ दिनको तलब दिने निर्णय भएको छ ।  विपद्मा मृत्यु भएका व्यक्ति परिवारलाई राहत, घाइतेको उपचार र पुनर्स्थापनाका लागि कांग्रेसका सांसदले २ दिनको तलब दिने घोषणा गरेका हुन् । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७५..

    लुम्बिनीमा विदेशी लगानी गर्न तयार छन् : अर्थमन्त्री

    सोमबार, चैत्र १८, २०७५ साल
    लुम्बिनी, १८ चैत  विश्वपर्यटनको केन्द्र लुम्बिनीको विकासका लागि विदेशी लगानी गर्न उत्साहित रहेको अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभएको छ ।  रुपन्देहीको धकधइमा सोमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले भन्नुभयो, “लुम्बिनीको विकासका लागि वैदेशिक लगानीकर्ता लगानी सम्मेलनमा लुम्बिनीमा एकीकृत आयोजना सञ्चालन गर्न २० अर्ब डलर बराबर ल्याएर आउनुभएको थियो । हामीले त्यति त तत्काल नचाहिएला भनेर चार अर्ब डलर बराबरको काम..

    प्राधिकरणको १५ करोड क्षति, मङ्गलबारसम्ममा विद्युत् सञ्चालन गरिने

    सोमबार, चैत्र १८, २०७५ साल
    काठमाडौँ, १८ चैत आइतबार साँझ आएको हावाहुरीका कारण नेपाल विद्युत् प्राधिकरणको रु १५ करोड बराबरको क्षति भएको छ । बारा र पर्सा भएर प्रवाहित भएका प्राधिकरणको प्रसारण लाइन तथा अन्य भौतिक संरचनामा ठूलो मात्रामा क्षति भएको प्राधिकरणले जनाएको छ । संरचनामा परेको क्षतिका कारण विद्युत् प्रवाहमा समस्या पैदा भएको छ । वीरगञ्जमा हावाहुरीका कारण विद्युत् प्रवाहमा समस्या आएको छ भने बाराको..

    कच्चा तेलको उत्पादन घट्यो, विश्व बजारमा तेलको मूल्यवृद्धि

    सोमबार, चैत्र १८, २०७५ साल
    टोकियो, १८ चैत : विश्व बजारमा कच्चा तेलको मूल्य सोमबार थप बृद्धि भएको छ । विश्व अर्थतन्त्रमा मन्दी आउने त्रासका कारण पनि तेलको आपूर्तिमा कटौती भएपछि तेलको मूल्यवृद्धि भएको हो ।  जुन महिनामा ब्रेन्ट कच्चा तेलको मूल्यमा शून्य दशमलब ५ प्रतिशत अर्थात ३४ सेन्टले बृद्धि भई प्रति ब्यारेल ६७.९२ अमेरिकी डलर कायम भएको छ । यो मूल्यवृद्धि पहिलो चौमासिकमा २७ प्रतिशत हो..

    १० महिनापछि खुल्यो मलेसिया, ७ हजार कामदार खुशी

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत  मलेसियाका रोजगारदाता कम्पनीबाट कलिङ भिसा प्राप्त नेपाली कामदारको अन्तिम श्रम स्वीकृति सोमवारबाट सुचारु हुने भएको छ ।  यो सँगै झण्डै १० महिनापछि मलेसियामा कामदार पुन पठाउन सुरु हुने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई वैदेशिक रोजगार विभागले पत्र पठाएर श्रम स्वीकृतिका लागि तयार रहन आग्रह गरेको हो । वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचलमा पनि पत्र लेखेर मलेसिया जानेहरूका..

    स्वरोजगार कोषमार्फत ४५२ लाभान्वित

    आईतवार, चैत्र १७, २०७५ साल
    दमौली, १७ चैत युवा तथा साना व्यवसायी स्वरोजगार कोष जिल्ला संयोजन तथा अनुगमन समितिमार्फत जिल्लाका चार सय ५२ जना लाभान्वित भएका छन् ।  कोषमार्फत जिल्लाका विभिन्न ठाउँका २२७ महिला र २२५ पुरुष लाभान्वित भएका हुन् । कोषले आर्थिक वर्ष २०७२÷७३ देखि चालू आर्थिक वर्षको फागुनसम्म विभिन्न सहकारीमार्फत रु छ करोड ५० लाख लगानी गरेको समितिका सदस्य सचिव वसन्त दरैले जानकारी दिनुभयो ।  कोषमार्फत..

    ​नेपाल र म्यान्मारबीच पूर्वाधार विकासका लागि समझदारी पत्रमा हस्ताक्षर

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत  नेपाल निर्माण व्यवसायी महासङ्घ र म्यान्मा लाइसेन्स एशोसिएशनबीच पूर्वाधार विकासका लागि सहकार्य गर्दै अघि बढ्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  लगानी सम्मेलन समापनका क्रममा महासङ्घ र एशोसिएशनका पदाधिकारीबीच यस्तो समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा महासङ्घका तर्फबाट अध्यक्ष रवि सिंह र एशोसिएशनको तर्फबाट मोई क्या थूले हस्ताक्षर गर्नुभयो ।  पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का..

    लगानी सम्मेलन : ३ हजार मेगावाट क्षमताका आयोजनामा लगानी जुट्ने

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत करीब तीन हजार मेगावाट क्षमताका ऊर्जा परियोजनामा लगानी जुट्ने निश्चित भएको छ । शनिबार सम्पन्न लगानी सम्मेलनमा व्यक्त गरिएको प्रतिबद्धताका आधारमा जलविद्युत् तथा सौर्य ऊर्जाका दुई हजार ९५२ मेगावाट क्षमताका परियोजनामा लगानी जुट्ने देखिएको हो ।  केही ठूला जलविद्युत् आयोजनामा लगानी गर्न विदेशी लगानीकर्ता तयार देखिएका छन् भने केही आयोजनामा संयुक्त लगानी गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएका छन् ।..

    'उत्साह र उपलब्धिपूर्ण लगानी सम्मेलन'

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत  प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक न्यायसहित नवनेपाल निर्माणमा सरकारले आफ्नो सबै ध्यान केन्द्रित गरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालको २१ आँै वार्षिकोत्सवका अवसरमा आइतबार यहाँ आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धिमार्फत गरीबी, र पछौटेपनको अन्त्य तथा पूर्वाधार विकासमा जोड दिइएको बताउनुभयो ।   प्रधानमन्त्री ओलीले भन्नुभयो “देशको पूर्वाधार विकास गर्न शनिवार सम्पन्न लगानी सम्मेलन उत्साह र उपलब्धिपूर्ण रह्यो..

    ​‘लगानीकर्ताले नेपाललाई दक्षिण एशियाकै उदाउँदो ताराका रुपमा लिए’

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘नेपाल लगानी सम्मेलन २०७५’ मा विदेशी समुदाय र लगानीकर्ताले नेपाललाई दक्षिण एशियाको उदाउँदो ताराका रुपमा चित्रित गरिएकामा आफूहरुलाई गौरवबोध भएको बताउनुभएको छ ।  रिपोर्टर्स क्लब नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले पछिल्लो समयमा नेपालको अन्तर्राष्ट्रिय छवि उच्च भएकाले सो सम्मेलनले नेपालको विकासका लागि थप प्रेरणा दिएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “सरकार स्पष्ट सोचका..

    सकियो लगानी सम्मेलन : १५ परियोजनामा लगानीको घोषणा

    शनिबार, चैत्र १६, २०७५ साल
    काठमाडौँ, १६ चैत  अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विभिन्न १५ वटा परियोजनामा लगानी जुटाउनेसम्बन्धी समझदारी भएको छ । केही परियोजना संयुक्त लगानीमा निर्माण गर्नेगरी समझदारीपत्रमा हस्ताक्षर भएको हो भने केही सम्मेलनका क्रममा पहिलो संयुक्त सम्झौताका रुपमा चौधरी ग्रुप र सर्राफ ग्रुपबीच समझदारी भएको छ ।  सो समझदारीपत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र सर्राफ ग्रुपका कार्यकारी निर्देशक सलाह सर्राफले हस्ताक्षर गर्नुभयो । नेपालमा..

    ​ढुक्क हुनुहोस्, नेपालमा लगानी गर्नुहोस् : अध्यक्ष दाहाल

    शनिबार, चैत्र १६, २०७५ साल
    काठमाडौँ, १६ चैत : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा लगानी गर्न कुनै समस्या नरहेको बताउनुभएको छ । लगानी सम्मेलनमा सहभागी स्वदेशी एवम् विदेशी लगानीकर्तालाई उहाँले भन्नुभयो, “ढुक्क हुनुहोस् र लगानी गर्नुहोस् ।”  लगानी सम्मेलनको समापन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकारले लगानीकर्तालाई उच्च प्रतिफल हुने गरी कानूनी तथा नीतिगत सुधार गरेर सकारात्मक वातावरण सिर्जना गरेको बताउनुभयो । मनोरम प्राकृतिक..

    लगानीकर्ताका अनुभव : नेपाल उपयुक्त गन्तव्य

    शनिबार, चैत्र १६, २०७५ साल
    काठमाडौँ, १६ चैत  दक्ष एवं काम गर्न सक्ने जनशक्तिको उपलब्धता, राजनीतिक स्थायित्वसहितको स्थिर सरकार, लगानीमैत्री वातावरण भएकाले नेपाल समकालीन विश्वको सबैभन्दा आकर्षक गन्तव्यका रुपमा रहेको सरोकारभएका व्यक्तिले जोड दिएका छन् ।  अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा शनिबार आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा सहभागी उद्योगी, व्यवसायी तथा लगानीकर्ताले एकै स्वरमा प्राथमिकताका साथ भन्नुभयो, “नेपाल लगानीका लागि उपयुक्त मुलुक हो ।”  नेपाल उद्योग वाणिज्य महासङ्घ,..

    नेपाल र चिनियाँ व्यवसायीबीच सहमति, ८ क्षेत्रमा सहकार्य गर्न हस्ताक्षर

    शुक्रबार, चैत्र १५, २०७५ साल
    काठमाडौं, १५ चैत ।  नेपाल र चीनको ग्वान्सु प्रान्तका व्यवसायीहरूबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ । नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा भाग लिन आएको चिनियाँ व्यवसायी, लगानीकर्ता र उद्यमीहरुको उल्लेख्य सहभागितामा शुक्रबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ र ग्वान्सु प्रान्तका व्यवसायीहरुबीच विभिन्न ८ वटा क्षेत्रमा सहकार्य गरेर अघि बढने सहमति पत्रमा हस्ताक्षर गरिएको हो । उद्योग, वाणिज्य..

    लगानी सम्मेलन : लगानीका लागि सहज वातावरण निर्माण

    शुक्रबार, चैत्र १५, २०७५ साल
    काठमाडौँ, १५ चैत  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेशी लगानीकर्तालाई आकर्षित गर्न सरकारले मुलुकमा लगानीयोग्य वातावरण सिर्जना गरेको बताउनुभएको छ ।  अन्तर्राष्ट्रिय लगानी सम्मेलनअन्तर्गत ‘नेपालमा लगानीको अवसर’ विषयको पहिलो सत्रको अध्यक्षता गर्दै उहाँले लगानीमैत्री वातावरण निर्माण गर्ने क्रममा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, सार्वजनिक निजी साझेदारी लगानीसम्बन्धी ऐनलगायत लगानीसम्बन्धी कानूनलाई पूर्णता दिइएको बताउनुभयो ।  उहाँले नेपाल लगानीका लागि भर्जिन ल्याण्ड भएको उल्लेख गर्दै राजनीतिक..

    लगानी सम्मेलन सुरु, प्रधानमन्त्री भन्छन् - नेपाल 'भर्जिनल्याण्ड'

    शुक्रबार, चैत्र १५, २०७५ साल
    काठमाडौँ, १५ चैत्र राजनीतिक सङ्क्रमणकालको अन्त्य भई गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वर्तमान सरकारद्वारा आर्थिक समृद्धिको लक्ष्यलाई केन्द्रमा राखेर आयोजना गरिएको लगानी सम्मेलन शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीको लागि नेपाल भर्जिनल्याण्ड भएको बताएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै..

    देशको आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य : प्रम

    शुक्रबार, चैत्र १५, २०७५ साल
    काठमाडौँ, १५ चैत  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ ।  राजधानीमा शुक्रबारदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको बताउनुभयो ।  नववर्ष २०७५ को पहिलो दिन रारातालबाट नेपाली जनतालाई सम्बोधन गर्ने क्रममा आफूले कोरेको नेपालको आर्थिक विकासको खाकाबारे अवगत गराएको र देशलाई..

    आजबाट होटल सोल्टीमा लगानी सम्मेलन, हजारौं सुरक्षाकर्मी तैनाथ

    शुक्रबार, चैत्र १५, २०७५ साल
    काठमाडौँ, १५ चैत्र ।  आजदेखि काठमाडौंको होटल सोल्टीमा सुरु हुने  ‘लगानी सम्मेलन’  को प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ । सम्मेलन मुलुकको आर्थिक समृद्धिका लागि वैदेशिक लगानी भित्र्याउन र ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न कोशेढुंगा सावित हुने सरकारी अपेक्षा रहेको छ ।   यसैबीच, सम्मेलनलाइ लक्षित गरी उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्मेलनमा विशिष्ट विदेशी पाहुना सहभागी..

    लगानी सम्मेलन - नेपाल आउने विदेशीले भिषा शुल्क तिर्नु नपर्ने

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौँ, १४ चैत ।  सरकारले लगानी सम्मेलनका क्रममा नेपाल आउने कुनै पनि देशका नागरिकसँग भिषा शुल्क नलिने नेपाल सरकारले निर्णय गरेको छ । शुक्रबार र शनिबार हुन लागेको सम्मेलनका क्रममा नेपाल आउने कुनै पनि देशका नागरिकसँग भिषा शुल्क नलिइने अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले जानकारी दिए । उनका अनुसार केही दिनअघि लगानी बोर्डले विभागलाई नेपालले निमन्त्रणा गरेका सम्पूर्ण विदेशी लगानीकर्ता एवं उनीहरुका..

    ‘लगानी भित्र्याउनुहोस् अनि प्रशस्त लाभ लिनुहोस्’

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौं, १४ चैत प्रधानमन्त्री केपी ओलीले नेपालमा लगानी भित्र्याएर प्रशस्त लाभ लिन बाह्य लगानीकर्ताहरुलाई आह्वान गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउन वैदेशिक लगानी र प्रविधि आवश्यक रहेकाले त्यसलाई भित्र्याउने उद्देश्यका साथ सरकारले ‘नेपाल लगानी सम्मेलन’ आयोजना गरेको पनि स्पष्ट पार्नुभयो । बिहीबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘८ औं नेपाल अन्तराष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उहाँले नेपाल भित्रको पूँजी परिचालन गरेर..

    लगानी सम्मेलनका लागि ‘एकीकृत सुरक्षा योजना’

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौँ, १४ चैत मुलुकको आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौँमा शुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ ।  सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न कोशेढुङ्गा हुने विश्वास गरिएको लगानी सम्मेलनको सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखेको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता..

    निर्वाह भत्ता दिने दावीसहित बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु

    बिहिवार, चैत्र १४, २०७५ साल
    म्याग्दी १४ चैत  म्याग्दीका पाँच स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु भएको छ । नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित शुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बेनी नगरपालिका, मालिका, मङ्गला, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका कूल ३८ वडाबाट बेरोजगारको तथ्याङ्क सङ्कलन शुरु गरिएको हो ।  धवलागिरि गाउँपालिकामा भने रोजगार संयोजक नआएकाले तथ्याङ्क शुरु हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत..

    मलेसियाको गन्तव्य खुल्दै, पहिलो चरणमा ७ हजार उड्ने

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौं, १४ चैत  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र म्यानपावर व्यवसायीबीच भएको छलफलका क्रममा कलिङ भिसा आएर रोकिएकालाई पहिलो चरणमा एक साताभित्र मलेसिया पठाइने सहमति भएको हो । मलेसियाको गन्तव्य बन्द भएको १० महिनापछि खुल्ने भएको छ । व्यवसायीका अनुसार कलिङ भिसा आएका करिब ७ हजार छन् । ति संख्यालाई पहिलो चरणमा पठाइने स्रोतले जनाएको छ । उनीहरुको अन्तिम श्रम स्वीकृतिका लागि..

    नेपाल–जापान सम्बन्ध नागरिक तहसम्म, इन्द्रजात्रा अवलोकनको निम्तो !

    बिहिवार, चैत्र १४, २०७५ साल
    काठमाडौंँ, १३ चैत काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल र जापानका नगर–नगरकाबीचमा भएको आपसी सम्बन्धलाई नागरिकको तहसम्म विस्तार गर्नुपर्ने बताउनुभएको छ ।  महानगरको कार्यालय सुन्धारामा नेपालका लागि जापानका राजदूत मासामिची साइगोसँग भएको भेटमा उहाँले महानगरसँग भगिनी सम्बन्ध भएको मात्सुमोतो नगरका नागरिकलाई आउँदो इन्द्रजात्रा अवलोकन गर्न निमन्त्रणा गर्नुभयो ।  सो अवसरमा राजदूत साइगोले दुई देशबीचको प्रगाढ सम्बन्ध जनस्तरसम्म पु¥याउन हातेमालो गर्ने र जापानले नेपाललाई..

    लगानी सम्मेलन : निजी क्षेत्र पनि उत्तिकै सक्रिय

    बुधबार, चैत्र १३, २०७५ साल
    काठमाडौँ, १३ चैैत आर्थिक समृद्धिको आधार तयार पार्ने लक्ष्यका साथ सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा निजी क्षेत्रले पनि उत्तिकै सक्रिय सहभागिता जनाएको छ । सरकारले लगानीको वातावरण बनाउन नीतिगत एवं कानूनी सुधारसमेत गरेको, ऊर्जाको उपलब्धता सहज भएको, श्रम सम्बन्धसमेत सुधार भएको अवस्थामा निजी क्षेत्र पनि सरकारसँगै ‘काँधमा काँध’ मिलाएर अगाडि बढेको छ ।  निजी क्षेत्रका छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल..

    ​निर्मला हत्या प्रकरण : डिएसपी जिसीसँग ९ लाख धरौटी माग

    बुधबार, चैत्र १३, २०७५ साल
    कञ्चनपुर, १३ चैत कञ्चनपुर जिल्ला अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका तत्कालिन डिएसपी अंगुर जिसीलाई ९ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । जिल्ला न्यायनाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले डिएसपी जिसीलाई धरौटीमा रिहा गर्न आदेश दिएको श्रेस्तेदार हरिकृष्ण अवस्थीले जानकारी दिए । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा सार्वजनिक न्याय विरुद्धको कसूर र यातना विरुद्धको कसूर मुद्दामा उनी धरौटीमा रिहा भएका..

    ४५ करोड आयात हुँदा निर्यात साढे ३ लाख मात्र

    बुधबार, चैत्र १३, २०७५ साल
    भजनी, १३ चैत  चालू आर्थिक वर्षको पहिलो आठ महिनामा कैलालीस्थित सत्ती भन्सार कार्यालयबाट ४५ करोड मूल्य बराबरको सामान आयात भएको छ भने करीब साढे तीन लाख मूल्य बराबरको सामान मात्र निर्यात भएको छ ।  सरकारले चालू आर्थिक वर्षको शुरुमै सत्ती भन्सार कार्यालयलाई मुख्य भन्सार कार्यालयको रुपमा स्तरोन्नति गरेको थियो । “यो भन्सार कार्यालयबाट आयातित सामानको अवस्था सन्तोषजनक रहे पनि निर्यातको अवस्था अत्यनत..

    सिङ्गो गाउँ बाख्रापालनमा, १० लाखभन्दा बढी आम्दानी

    बुधबार, चैत्र १३, २०७५ साल
    दमौली, १३ चैत    तनहुँको भिमाद नगरपालिका–९ पाथर्दीका शिवकुमार आलेले ७० वटा बाख्रा पाल्नुभएको छ । उहाँले बाख्रापालनबाट वार्षिक रु दश लाखभन्दा बढी आम्दानी गर्नुहुन्छ ।    सोही ठाउँका श्रीमाया आलेले ४५ वटा बाख्रा पाल्नुभएको छ । उहाँको आम्दानी वार्षिक रु पाँच लाखभन्दा बढी छ । अर्का किसान खिमबहादुर थापाले ४० वटा बाख्रा पालेर एक वर्षमा त्यही हाराहारीमा आम्दानी गर्नुहुन्छ ।    उहाँहरु मात्रै होइन यस..
    Results 1442: You are at page 18 of 49
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 Next Last
    Weather Forecast