मंगलवार, भाद्र ३, २०७६

    आर्थिक खबर

    घर नबनाएका लाभग्राहीबाट २३ करोड रकम फिर्ता

    आईतवार, फागुन २६, २०७५ साल
    काठमाडौँ, २६ फागुन  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै रु २३ करोड फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाटसो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ ।  पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट रकम फिर्ता भएको कार्यालयका परियोजना प्रमुख गणेशराज वस्तीले बताउनुभयो । उहाँका अनुसारसरकारले एक पटक दिइसकेको पैसा फिर्ता लिँदैन भनेर..

    कसले गरायो व्यवसायी गुरुङको घरमा विष्फोट ? अनुसन्धान हुँदै..

    शनिबार, फागुन २५, २०७५ साल
    काठमाडौँ, २४ फागुन : बसुन्धारास्थिन वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समूहले आगजनी गरेको छ ।  शुक्रबार साँझ भएको आगजनीबाट तीनतले घरको पहिलो तलामा क्षति पुगेको छ भने पार्किङ गरी राखिएको ल्याण्ड क्रुजर गाडी जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बमको जस्तो आवाज आएको भए पनि बम हो या होइन भन्नेबारे पुष्टि नभएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले बताउनुभयो..

    जडीबुटी अब नेपालगञ्जमै प्रशोधन - युरोप र अमेरिका निर्यात

    शुक्रबार, फागुन २४, २०७५ साल
    राँझा, २४ फागुन  कच्चा पदार्थको रुपमा किनबेच हुने जडीबुटीलाई यहाँका व्यवसायीले नेपालगञ्जमै प्रशोधन गरी युरोप र अमेरिका निर्यात गर्न थालेका छन् ।  कच्चा जडीबुटी निर्यात गर्दा ठूलो झण्झट भएपछि व्यवसायीले नेपालगञ्जमा प्रशोधन कारखाना सञ्चालन गरेर प्रशोधित जडीबुटी प्याकिङ गरी युरोप र अमेरिकालगायत मुलुकमा बिक्री गर्न थालेका हुन् ।  कर्णाली प्रदेशलगायत हिमाली र पहाडी जिल्लामा उत्पादन हुने जडीबुटी सङ्कलन गरेर नेपालगञ्जमा भण्डारण गरी निर्यात..

    उद्योगी शिवकुमार अग्रवालको चेन्नाइमा निधन, पशुपतिमा अन्त्यष्टि !

    शुक्रबार, फागुन २४, २०७५ साल
    काठमाडौ, फागुन २४ ।  एम् .एस् ग्रुपका अध्यक्ष तथा वरिष्ठ उद्योगी  शिवकुमार अग्रवालको  भारतको चेन्नाइमा ७६ बर्षको उमेरमा  निधन भएको छ । अग्रवालका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।    यसैबीच, शुक्रबार उहाँको पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको पनि पारिवारिक स्रोतले  जनाएको छ । उहाँको स्वास्थ्यमा समस्या देखिएपछि  एकहप्ता अघि थप उपचारका लागी उहाँलाई भारत लगिएको थियो । अग्रवाल लामो समयदेखि मुटु..

    ठेक्का रद्दबारे सिएमसीलाई जानकारी, रकम जफतको दाबी

    शुक्रबार, फागुन २४, २०७५ साल
    दमौली, २४ फागुन  एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको पहिलो प्याकेजको संरचना निर्माणको जिम्मा पाएको सिएमसीलाई ठेक्का रद्द भएकाबारे जानकारी गराइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले इटालियन कम्पनी सिएमसीलाई फागुन ७ गते ठेक्का तोड्नका लागि सूचना दिएकामा सिएमसीबाट कुनै आधिकारिक जवाफ नआएपछि बुधबार ठेक्का सम्झौता रद्द गरेको जानकारी गराएको हो ।  तनहुँ हाइड्रोपावर लिमिटेडले यसअघि गत माघ ४ गते ठेक्का..

    कर छल्नेविरुद्ध अनुगमन तीव्र, समूह खटाई अनुगमन

    शुक्रबार, फागुन २४, २०७५ साल
    हेटौँडा, २३ फागुन  आन्तरिक राजस्व कार्यालय हेटौँडाले कर (राजस्व) छल्नेविरुद्ध अनुगमन तीव्र पारेको छ । मकवानपुरको हेटौँडालगायत शहरी तथा ग्रामीण क्षेत्रमा रहेका औद्योगिक, व्यापारिक र व्यावसायिक प्रतिष्ठानमा कार्यालयबाट अधिकृतको नेतृत्वमा टोली खटाई फार्मको जाँच तथा अनुगमन गर्ने गरिएको प्रमुख कर अधिकृत सन्तबहादुर ढकालले बताउनुभयो ।  करको दायरामा नआएका र कर छल्नेमाथि अनुगमन गरिनाका साथै कर सम्बन्धि अभियान थाल्ने उहाँले बताउनुभयो । कार्यालयका..

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढेपछि निगमलाई सकस

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य क्रमिक रुपमा वृद्धि भएपछि नेपाल आयल निगमलाई मूल्य समायोजन गर्न सकस परेको छ । विसं २०७१ देखि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअन्तर्गत मूल्य समायोजन हुँदै आएकामा अन्तर्राष्ट्रिय बजारमा छिटोछिटो मूल्यमा हेरफेर हुनेहुँदा त्यसका आधारमा वास्तविक नाफाघाटा गरी मूल्य समायोजन गर्न निगमलाई सकस परेको हो ।  यही फागुन ४ गते ‘इण्डियन आयल कर्पोरेशन’..

    विनोद चौधरीको सम्पत्ति एक वर्षमा २२ अर्बले बढ्यो

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन । नेपालका चर्चित व्यावसायी विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरीका धनाढ्यको सूचीमा चौधरी १ हजार ३ सय ४९ औं स्थानमा छन् । उनको कूल सम्पत्ति १ अर्ब ७० करोड डलर रहेको फोब्र्सको आकलन छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।  गत वर्ष..

    निगमसँगको सहमतिपछि आजैदेखि ग्यास उद्योगीद्वारा पिडिओ खरीद

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन  नेपाल आयल निगमसँग सहमति भएसँगै ग्यास उद्योगीले बुधवारदेखि एलपी ग्यासको ‘प्रोडक्ट डेलिभरी अर्डर’ (पिडिओ) खरीद गर्ने भएका छन् ।  निमगसँगको सहमतिपछि बुधवारदेखि ग्यास उद्योगीले निगमबाट पिडिओ खरीद गर्ने नेपाल एलपी ग्यास उद्योग सङ्घले जनाएको छ । कमिसन वृद्धिलगायतको माग राखेर आन्दोलन गर्दै आएका उद्योगीले यही फागुन १७ गतेदेखि पिडिओ खरीद गरेका थिएनन् ।  निगम र उद्योगीबीच मङ्गलबार एलपी ग्यासको पिडिओ..

    चालू बजेटको अर्धवार्षिक समीक्षा : अर्थतन्त्रका सूचक सन्तोषजनक

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २२ फागुन  कृषि उत्पादनमा भएको वृद्धि, उद्योगको क्षमता उपयोगमा भएको विस्तार, पर्यटकको आगमनमा भएको वृद्धि तथा ऊर्जा आपूर्तिमा भएको सुधारका कारण मुलुकको अर्थतन्त्रको सूचक सन्तोषजनक रहेको पाइएको छ ।  सार्वजनिक गरिएको चालू आवको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनमा विप्रेषण आप्रवाहमा भएको वृद्धि, राजश्व असुलीमा भएको वृद्धि र पूँजीगत खर्चमा भएको वृद्धिजस्ता अर्थतत्रन्त्रका सूचक सकारात्मक रहेको र आर्थिक वृद्धिदर लक्ष्यकै हाराहारीमा हुन सक्ने..

    ग्याँस उद्योगीको आन्दोलन स्थगित, सरकारसँग ३ बुँदे सहमति

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौं, २१ फागुन । ग्याँस बिक्री बापतको कमिसन बढाउनुपर्ने माग राखी आन्दोलन गर्दै आएका ग्याँस उद्योगीहरुले आन्दोलन स्थगित गर्ने निर्णय गरेका छन् । ग्याँस उद्योगी सरकारसँग ३ बुँदे सहमति भएसँगै यस्तो निर्णय लिएका हुन् ।  सो ३ बुँदे सहमति पत्रमा नेपाल आयल निगमको तर्फबाट कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेल र एलपी ग्याँस उद्योग संघको तर्फबाट अध्यक्ष गोकुल भण्डारीले हस्ताक्षर गर्नुभएको छ..

    ५० दरका २३ करोड थान नयाँ नोट छापिँदै, दशैँसम्ममा हात-हातमा

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ ।  विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो ।  फ्रान्सेली..

    सौर्य एयरलाइन्सले तिर्यो बक्यौता : फागुन २४ देखि उडान

    बुधबार, फागुन २२, २०७५ साल
    काठमाडौँ, २१ फागुन  निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी सौर्य एयरलाइन्सले यही फागुन २४ गतेदेखि आफ्नो सेवा पुनः सञ्चालन गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई तिर्नुपर्ने विमानस्थल सेवा शुल्कबापतको बक्यौता रकम तिर्न अटेर गरेपछि विमानस्थलले उक्त एयरलाइन्सको उडान रोकेको थियो ।  करिब चार महीनादेखि उडान रोकिएको सो एयरलाइन्सले नियमित उडान गर्ने भएको हो । भारतीय कम्पनी कुबेर समूहले खरीद गरेको सौर्यले..

    जापान र नेपालबीच श्रम सम्झौताको अन्तिम तयारी, विभिन्न १४ क्षेत्र छनोट

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौं, फाल्गुन ।  जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ। सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्रै श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ ।  जापानमा रोजगारीका लागि नेपाली श्रमिक आगामी अप्रिल भित्रै पठाउने गरी तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । नेपाली श्रमिक सकेसम्म सरकारी संयन्त्रमार्फत नै जापान रोजगारीका लागि पठाउने गरी अन्तिम तयारी भइरहेको मन्त्रालयले..

    द्विपक्षीय तथा बहुपक्षीय लगानी प्रवद्र्धनसम्बन्धी समझदारी

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  नेपाल चेम्बर अफ कमर्स र ‘इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्स’बीच द्विपक्षीय, बहुपक्षीय व्यापार तथा लगानीसँग सम्बधित साझा स्वार्थको प्रवद्र्धन गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।  समझदारी पत्रमा इण्डो–ल्याटिन अमेरिकन चेम्बर अफ कमर्ससँगको सम्बन्धमार्फत ल्याटिन अमेरिकी मुलुकबाट नेपालमा लगानी भित्र्याउन पहल गर्ने, नेपालको व्यापारलाई ती मुलुकसम्म विस्तार गर्ने, आर्थिक सहकार्य र व्यापारिक भ्रमणको आदानप्रदानलाई थप विविधीकरण गर्नेलगायत विषय समावेश..

    नेपाल-बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी सम्झौता

    मंगलवार, फागुन २१, २०७५ साल
    काठमाडौँ, २१ फागुन  नेपाल र बङ्गलादेशबीच दोहोरो कर मुक्तिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा राजश्व सचिव लालशङ्कर घिमिरे र बङ्गलादेशका राजश्व सचिव मुसरफ हुसेनले आज सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।  उक्त सम्झौतामा हस्ताक्षर गर्ने तयारी २०७१ सालमै भए पनि विभिन्न कारणले रोकिएको थियो । सम्झौताबमोजिम नेपालमा लगानी गर्ने बङ्गलादेशका उद्योगीलाई नेपालमा कर तिरे हुने गरी मार्ग..

    पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन, ३ नदीको सम्भावना बढी

    मंगलवार, फागुन २१, २०७५ साल
    नवलपरासी, २१ फागुन  नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ ।  नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भाव्यता अध्ययन गरेको छ । नवलपरासीको गण्डक क्षेत्रसँगै नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको हो ।  अध्ययन अवलोकनपश्चात..

    पर्याप्तरुपमा ग्यास आयात, हल्लाको पछाडि नलागौं : आयल निगम

    सोमबार, फागुन २०, २०७५ साल
    काठमाडौँ, २० फागुन : मागअनुसार खाना पकाउने ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न तथा गलत हल्लाको पछाडि नलाग्न नेपाल आयल निगमले उपभोक्तालाई आग्रह गरेको छ ।  पछिल्ला दिनमा ग्यासको कमिसन बढाउनुपर्ने माग राख्दै नेपाल ग्यास बिक्रेता सङ्घलगायतले विरोधका कार्यक्रम सार्वजनिक गरेको तथा निगम र व्यवसायीबीचको वार्तासमेत तार्किक निष्कर्षमा पुग्न नसकेको बेला निगमका तर्फबाट उक्त धारणा सार्वजनिक भएको हो ।  इण्डियन आयल रिफाइनरीमा खाना..

    पञ्चासे केबलकारमा गैरआवासीय नेपालीको ४० करोड लगानी

    आईतवार, फागुन १९, २०७५ साल
    पर्वत, १९ फागुन  पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले रु ४० करोडभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।  संयुक्त अरब इमिरेट्स (युएइ)मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क्रममा गण्डकी प्रदेशको ड्रिम प्रोजेक्टको रुपमा रहेको पञ्चासे केबलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् ।  पोखरा महानगरपालिका–३३ घाँटीछिनादेखि पर्वतको कुश्मा नगरपालिका र..

    “पहिले सयले झोलाभरी समान आउँथ्यो, अहिले हजारले केही आउँदैन”

    शनिबार, फागुन १८, २०७५ साल
    काठमाडौँ, १८ फागुन : प्रतिनिधिसभाको शनिबारको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ ।  अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको उक्त, विधेयक प्रस्तुत गर्नुभएको थियो । छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र मजदूरलाई पनि निवृत्तभरण दिने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले भन्नुभयो, “पहिले रु एक सयले झोलाभरी समान आउँथ्यो,..

    उद्योग-व्यवसायमा निरास हुनुपर्ने स्थिति छैन : अथमन्त्री डा. खतिवडा

    शनिबार, फागुन १८, २०७५ साल
    काठमाडौँ, १८ फागुन : अर्थमन्त्री डा युवराज खतिवडाले उद्योग व्यवसायमा निरास हुनुपर्ने स्थिति नरहेको बताउनुभएको छ ।  उद्योग व्यवसाय विकासमा सरकारको पनि ध्यान गएको र व्यवसायीसमेत उत्साहित हुँदै आएकाले समृद्ध राष्ट्र निर्माणका लागि समस्यामा हातेमालो गर्न सरकार तयार रहेको उहाँले उल्लेख गर्नुभयो । उद्योग क्षेत्रमा निरास हुनुपर्ने अवस्था छैन, हाम्रो आँट र विश्वासलाई मर्न दिनुहुन्न, के गर्नुपर्छ सरकार गर्न तयार छ । काठमाडौँमा..

    विदेशी लगानीकर्तालाई सुविधै सुविधा, यस्तो छ व्यवस्था !

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  विदेशी लगानीकर्ताले नेपालमा एकल वा संयुक्तरुपमा उद्योग स्थापना गर्न पाउने व्यवस्थासहितको नयाँ कानून प्रस्ताव गरिएको छ ।  सङ्घीय संसद् सचिवालयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दर्ता गराएको ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ मा नेपालमा स्थापित उद्योग वा नेपाली नागरिकसँग संयुक्तरुपमा उद्योग स्थापना गरी विदेशी लगानी गर्न सकिने व्यवस्था गरिएको छ ।  त्यस्ता..

    अर्थ मन्त्रालय : सय मेगावाट माथिका आयोजनामा विदेशी लगानी

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौँ, १७ फागुन  आर्थिक र समृद्धिको सङ्कल्पलाई व्यवहारिक रुपमा नै कार्यान्वयन गर्दै लैजाने लक्ष्यका साथ सरकारले पछिल्ला दिन विभिन्न ऐन, नियम तथा कानूनलाई समायनुकूल संशोधन गर्दै लगेको छ ।  वैदेशिक लगानी आर्कषित गर्ने लक्ष्यका साथ सरकारले ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक’ सङ्घीय संसद्मा दर्ता..

    ९ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन

    शुक्रबार, फागुन १७, २०७५ साल
    हेटौँडा, १७ फागुन  हेटौँडामा रु नौ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।  हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो । सिमेन्टको लागि चाहिने क्लिङ्करलगायतका कच्चा पदार्थसमेत आफैँ उत्पादन गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको सो उद्योगले हाल..

    नेपाली महिला उद्यमी सहितको १४ सदस्यीय टोली श्रीलंकामा

    शुक्रबार, फागुन १७, २०७५ साल
    काठमाडौ, १७ फागुन ।        श्रीलंकमा आयोजना हुने  एसियाली महिला उद्यमीहरुको सम्मेलनमा भाग लिन  १४ सदस्यीय नेपाली महिला उद्यमीको टोली श्रीलंका पुगेको छ ।  एससीडब्ल्यूईसीले यही फागुन १८ गते अर्थात शनिबार आयोजना गर्न लागेको पुरस्कार समारोहमा  भाग लिन महिला टोली त्यसतर्फ प्रस्थान गरेको हो ।  टोलीमा  प्रतियोगिताका लागि  २ फेशन डिजाइनर, एक गायक  तथा बेस्ट नेपाली महिला उद्यमी २०१८ की बिजेता  श्याम..

    भत्ता नपाएको भन्दै प्राविधिकद्वारा कामकाज ठप्प

    बिहिवार, फागुन १६, २०७५ साल
    भोजपुर, १६ फागुन  स्थानीय तहमा पुनःनिर्माणसम्बन्धी काम गरिरहेका इञ्जिनीयर तथा प्राविधिकले कामकाज ठप्प पारेका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, प्राविधिक हकहित संरक्षण तदर्थ समितिले आठ महीनादेखि भत्ता नपाएको भन्दै बुधबारदेखि कामकाज ठप्प पारेको हो । समितिले चारबुँदे मागसहित जिल्ला प्रशासन कार्यालय र जिल्ला योजना कार्यान्वयन एकाइमा ज्ञापनपत्र बुझाएको छ । जिल्लाका नौवटै स्थानीय तहमा कार्यरत इञ्जिनीयर तथा प्राविधिकले संयुक्तरुपमा ज्ञापनपत्र बुझाएका हुन्..

    ग्लोबल आइएमई बैंकमा आगलागी

    बिहिवार, फागुन १६, २०७५ साल
    चितवन, १६ फागुन  नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहिबार अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो ।  स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने वास्तविक विवरण आउन सकेको छैन । ..

    बेइजिङमा लगानी सम्मेलन सम्पन्न, लगानीकर्ताको उत्साहपूर्ण सहभागिता

    मंगलवार, फागुन १४, २०७५ साल
    बेइजिङ, १४ फागुन आगामी महीना काठमाडौँमा आयोजना हुने लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तालाई सहभागी हुन आह्वान गर्दै चीनस्थित नेपाली दूतावासले बेइजिङमा सोमबार लगानी सम्मेलन आयोजना गरेको छ ।  झण्डै १२० भन्दा धेरै लगानीकर्ता, व्यावसायिक प्रतिष्ठान, प्राज्ञिक समुदाय तथा अन्यको उपस्थिति रहेको उक्त कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, नेपाली दूतावासका मिनिस्टर सुशिलकुमार लम्साल लगायतले चिनियाँ..

    सुन–चाँदीको मूल्य फेरि बढ्यो ! तोलाको कति ?

    मंगलवार, फागुन १४, २०७५ साल
    काठमाडौँ, १४ फागुन  छापावाला सुनको मूल्य मंगलबार अघिल्लो दिनको तुलनामा एक सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ६२ हजार सात सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य मंगलबार ६२ हजार आठ सय पुगेकोसुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरि तेजाबी सुनको मूल्य पनि एक सय रुपैयाँले बढेर ६२ हजार पाँच सय पुगेको छ । चाँदीको तोलाको सात सय ८० रुपैयाँले कारोबार भएको..

    सिमेन्ट उद्योगमा १९ अर्ब बराबरको लगानी प्रतिबद्धता

    आईतवार, फागुन १२, २०७५ साल
    काठमाडौँ, १२ फागुन चालु आर्थिक वर्षको सात महिनामा सिमेन्ट उद्योगमा मात्रै निजी क्षेत्रले रु १९ अर्ब ६६ करोड ४५ लाख १२ हजार ५०० बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सरकारले अगाडि सारेको आर्थिक समृद्धिको नारालाई पूरा गर्ने र एक हजार ७५० जनालाई रोजगारी दिने लक्ष्यका साथ उद्योग स्थापनाको प्रतिबद्धता आएको हो ।  उद्योग विभागमा दर्ता भएका उद्योगको आधारमा पछिल्लो समय निजी..
    Results 1309: You are at page 16 of 44
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 Next Last
    Weather Forecast