
काठमाडौँ, ५ असार ।
विनियोजन विधेयक, २०७६ का विभिन्न शीर्षकमाथि प्रतिनिधिसभामा जारी छलफलका क्रममा खर्च कटौतीका पाँच प्रस्ताव प्रस्तुत भएको छ ।
बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, स्वास्थ्य तथा जनसङ्ख्या र रक्षा मन्त्रालयको विनियोजनका क्रममा खर्च कटौतीका प्रस्ताव प्रस्तुत भएको हो ।
नेपाल मजदूर किसान पार्टीका प्रेम सुवालले प्रधानमन्त्री कार्यालयको विनियोजन विधेयकको छलफलका क्रममा..