मंगलवार, भाद्र ३, २०७६

    आर्थिक खबर

    केन्द्र र प्रदेशबीच बजेटको किचलो, के भन्छन् अर्थमन्त्री ?

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ , १० वैशाख केन्द्रले प्रदेशहरूका लागि तोकेको बजेटको अनुदान र राजस्व बाँडफाँटका बुँदामा प्रादेशिक सरकारहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । आगामी आर्थिक वर्षका लागि प्रदेशहरूलाई पठाएको वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँटको अधिकतम सीमा निकै कम भएको भन्दै प्रदेश सरकारहरूले त्यसलाई बढाउन माग गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वको लक्ष्य पुरा गर्ने नाममा जथाभावी आयातलाई खुला गर्न नसकिने बताएका..

    एनसेलको कर सम्बन्धी मुद्दामा सुनुवाइ आज, यस्तो छ एनसेलको दाबी !

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, १० वैशाख । ठूला करदाता कार्यालयले गरेको कर निर्धारण प्रक्रिया नमिलेको भन्दै एनसलले दायर गरेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ ।  ठूला करदाता कार्यालयले धेरै कर निर्धारण गरिएको भन्दै एनसेलले सर्वोच्चमा रिट दायर गरेको हो । आयकर ऐन-२०५८ को व्यवस्था अनुसार कर निर्धारणको अंक नमिलेको भन्दै सोमबार मुद्दा दायर गरको हो । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा पेसी तोकिएको छ ।  सर्वोच्चले एनसेलको मागदाबी..

    काठमाडौँमा ५ हजार साना उद्योग दर्ता

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, १० वैशाख । देशको आर्थिक समृद्धिको मेरुदण्डको रूपमा रहेको साना तथा घरेलु उद्योग दर्ताको क्रम बढ्दो छ । सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई अगाडि बढाएसँगै काठमाडौँ जिल्लामा पनि साना तथा घरेलु उद्योग दर्ता गर्ने क्रम बढेको हो । घरेलु तथा साना उद्योग कार्यालय काठमाडौँका अनुसार चालू आर्थिक वर्षमा मात्र चार हजार ७०७ नयाँ उद्योग दर्ताका लागि आवेदन परेको छ । कार्यालयका..

    नेपाली कामदार तत्काल जापानमा जान नपाउने, यस्तो छ कारण

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौं, १० वैशाख नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो। रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ। भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसिएसन ले सीप परीक्षण गर्नेछन्। नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका मध्ये कुनै पनि व्यवसायका एसोसिएसन तयार नभएको बताइएको छ। भाषा..

    लाभकर बढी निर्धारण गरेको भन्दै एनसेलद्वारा सर्वोच्चमा मुद्दा

    सोमबार, बैशाख ९, २०७६ साल
    काठमाडौँ, ९ वैशाख  टेलिकम कम्पनी एनसेलले ठूला करदाता कार्यालयबाट आफूलाई निर्धारण भएको पुँजीगत लाभ कर कानुनअनुसार नभएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट हालेको छ । ठूला करदाता कार्यालयले धेरै कर निर्धारण गरिएको भन्दै एनसेलले सर्वोच्चमा रिट दायर गरेको हो । आयकर ऐन-२०५८ को व्यवस्था अनुसार कर निर्धारणको अंक नमिलेको भन्दै सोमबार मुद्दा दायर गरको हो । गतसाता ठूला करदाता कार्यालयले एनसेलमाथि ६२ अर्ब..

    सौराहामा सफारी गर्ने आन्तरिक र बाह्य पर्यटकको शुल्क निर्धारण

    सोमबार, बैशाख ९, २०७६ साल
    चितवन, ९ बैशाख । चितवनको प्रमुख पर्यटकीयस्थल सौराहामा रहेका जिप सफारी, हात्ती सफारी र टाँगा सफारीलाई व्यवस्थित गर्न शुल्क निर्धारण गरिएको छ ।  पर्यटकको सहजताका लागि र मनलाग्दी शुल्क नियन्त्रणका गर्न शुल्क निर्धारण गरिएको हो । रेस्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) सौराहाको अगुवाइमा व्यवसायी, जनप्रतिनिधि र विभिन्न सरोकारवाला संघसंस्थाको भेलाले जिप सफारीको शुल्क निर्धारण गरेको छ ।  हात्ती र टाँगा सफारीको शुल्क यसअघि..

    सरकारी कर्मचारीका लागि ६ अर्ब भत्ता रकम थप

    सोमबार, बैशाख ९, २०७६ साल
    काठमाडौं, ९ वैशाख सरकारले फजुल खर्च भन्दै गत वर्ष साउनदेखि रोक्का राखेको प्रोत्साहन भत्ता निजामती कर्मचारीलाई फेरि बाँड्न थालेको छ । मन्त्रिपरिषद बैठकबाट निर्णय गरी अतिरिक्त समय र विशिष्टिकृति काम गरेको नाउँमा दुई दर्जनभन्दा बढी निकायका १५ हजारभन्दा बढी कर्मचारीलाई मासिक तलबभत्ताबाहेक ४० प्रतिशत देखि १०० प्रतिशतसम्म प्रोत्साहन भत्ता दिन थालिएको हो । ‘एक महिनामा कार्यालय समयभन्दा ८० घण्टा बढी काम गर्ने..

    लगानी सम्मेलनको प्रभाव : ३१ परियोजनामा २५ खर्बको प्रस्ताव

    आईतवार, बैशाख ८, २०७६ साल
    काठमाडौँ, ८ वैशाख सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रतिफल देखिन थालेको छ । ठूलो मात्रामा लगानी भित्र्याएर आर्थिक समृद्धिको लक्ष्य पहिल्याउने उद्देश्यका साथ गत चैत १५ र १६ गते आयोजना गरेको सम्मेलनमा क्रममा प्रस्तुत भएका कूल ७७ परियोजना मध्ये ३१ परियोजनामा कूल रु २५ खर्ब बराबरको लगानी प्रस्ताव आएको छ । त्यसमा २६ वटा सम्मेलनमा क्रममा ‘शोकेश’ मा राखिएका र..

    दोस्रो किस्ता नपाएपछि ११ सय दलितका घर अलपत्र

    आईतवार, बैशाख ८, २०७६ साल
    जाजरकोट , ८ वैशाख  जनता आवास कार्यक्रमबाट निर्माण हुन लागेका डोल्पाका एक हजार एक सय घर अलपत्र परेका छन् । त्रिपुरासुन्दरी नगरपलिका–१ त्रिपुराकोट रल्लीस्थित राजा रानी क्षेत्रमा निर्माण हुन लागेका जनता आवासका बस्ती पूर्ण रुपमा निर्माण नभई अलपत्र परेका छन् । पहिलो किस्ता रकम दिएर पाँचवर्षे योजना बनाइ जनता आवास कार्यक्रम सञ्चालन गरिएको थियो । तर पहिलो किस्ताको रकम दिएर, दोस्रो किस्ता..

    नेपालले कतारलाई पानी बेचेर गर्न सक्नेछ मनग्य आम्दानी

    शनिबार, बैशाख ७, २०७६ साल
    काठमाडाैं, ७ वैशाख नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ । शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ । छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।  प्रतिवेदनमा मन्त्रालयले नेपालको खानेपानी खाडी राष्ट्रसँगै छिमेकी देश भारत र बंगलादेशमा पनि निर्यात गर्न सकिने..

    पानी निर्यातको उपाय खोज्दै सरकार, बन्दै नेपाल ‘मालामाल’

    शुक्रबार, बैशाख ६, २०७६ साल
    काठमाडौँ, ६ वैशाख  मुलुकको चुलिँदो व्यापार घाटा कम गर्ने लक्ष्यका साथ सरकारले नेपालको हिमनदीको पानी अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापार गर्ने उपायको खोजी गर्ने भएको छ ।   पानी अर्थतन्त्र : विश्वमा उपलब्ध पिउनयोग्य तीन प्रतिशत पानीमध्ये नेपालको हिमनदीमा मात्रै एक दशमलव तीन प्रतिशत पानी उपलब्ध छ । देशभित्र उपलब्ध रहेको पानीमध्ये ३० प्रतिशत पानी मूलबाट सोझै पिउनयोग्य रहेको सन्दर्भमा व्यापार घाटा अन्त्यका लागि समेत ‘पानी..

    उत्पादन क्षेत्रका उद्योगीलाई सरकारले सहयोग गर्छ : अर्थमन्त्री

    शुक्रबार, बैशाख ६, २०७६ साल
    विराटनगर, ६ वैशाख ः   अर्थमन्त्री डा युवराज खतिवडाले उत्पादन क्षेत्रमा अधिक लगानी गरेका उद्यमी र पूर्वाधार निर्माणमा संलग्न कम्पनीलाई सहयोग गरिने बताउनुभएको छ ।      मोरङ व्यापार सङ्घद्वारा शुक्रबार यहाँ आयोजित आर्थिक वर्ष २०७६/०७७ को बजेट राजश्व नीति कार्यक्रम तर्जुमासम्बन्धी छलफलमा उहाँले उद्यमी र व्यवसायीलाई बैंकमा निक्षेप बढाएमा बैंकले ऋणको ब्याजदर घटाउने छ भन्नुभयो ।    सरकारले सम्पूर्ण अर्थतन्त्रमा उद्योगीको भागीदारी हुनुपर्छ भन्ने सोचअनुसार कार्य..

    प्रदेश नं ३ मा लगानी भित्र्याउन चितवनमा बृहत् सम्मेलन

    शुक्रबार, बैशाख ६, २०७६ साल
    चितवन, ६ वैशाख  प्रदेश नं ३ मा लगानी भित्र्याउनका लागि शुक्रबार र शनिबार लगानीकर्तासँग बृहत् अन्तक्र्रिया कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम गर्न लागेको हो । आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा लगानी केन्द्रीकृत..

    भारतमा पढ्ने नेपालीबाट गुम्यो ६ करोड सेवा शुल्क

    बिहिवार, बैशाख ५, २०७६ साल
    काठमाडौँ, ५ वैशाख  विदेशमा अध्ययन गर्न जाने विद्यार्थीबाट शिक्षण शुल्क वापत् विदेशी मुद्रा सटही गर्दा लाग्ने सेवा शुल्क नलिँदा एक वर्षको अवधिमा मुलुकलाई रु साढे छ करोड राजश्व घाटा भएको छ । छिमेकी भारतमा उच्चशिक्षाका लागि अध्ययन गर्न जाने नेपाली विद्यार्थीबाट त्यस्तो शिक्षण शुल्कको एक प्रतिशतका लाग्ने सेवा शुल्क अशुल नगरिएको पाइएको हो । महालेखापरीक्षकको छपन्नौँ वार्षिक प्रतिवेदन २०७५ ले सोवापत् रु..

    समस्याग्रस्त जेट एयरका घरेलु र अन्तर्राष्ट्रिय उडान बन्द

    बिहिवार, बैशाख ५, २०७६ साल
    नयाँदिल्ली, ५ बैशाख : भारतको समस्याग्रस्त निजी क्षेत्रको जेट एयरवेजले नयाँ लगानी जुटाउने उद्देश्यले आफ्ना सबै घरेलु तथा अन्तर्राष्ट्रिय उडानहरु अस्थायी रुपमा स्थगन गरेको छ ।  इन्धन र अरु सेवाको भुक्तानी गर्न नसकेपछि कम्पनीले बुधबार अन्तिम उडान गरेको थियो । ऋणदाताबाट कुनैपनि किसिमको आपतकालीन वा दिर्घकालीन लगानीको सुनिश्चिचता नभएकाले इन्धन वा अरु दैनिक कार्यसञ्चालनका लागि रकम अभाव भएको छ । त्यसैले तत्काल लागू..

    आर्थिक अनुशासन लत्याउँदै अर्थ मन्त्रालय, एकै महिनामा ११ अर्ब ८८ करोड रकमान्तर

    बुधबार, बैशाख ४, २०७६ साल
    काठमाडौं, ४ वैशाख ।  आर्थिक अनुशासन बिथोलेर अर्थ मन्त्रालयले चैत महिनामा ११ अर्ब ८८ करोड १० लाख ४२ हजार १८५ रुपैयाँ रकमान्तर गरेको छ । चैतमा अर्थले १ सय २३ वटा फाइलबाट आर्थिक सहायता, भौतिक सुविधा, संघीय संरचना सुधार कार्यक्रम लगायतका नाममा यो रकम रकमान्तर गरेको हो। विगतको जस्तै शक्तिशाली नेताको निर्वाचन क्षेत्रमा अर्थले थप रकम दिएको छ । आर्थिक अनुशासनहीनता तोड्ने र..

    प्रदेश ३ का मुख्यमन्त्रीद्वारा हावाहुरी पीडितलाई १ करोड सहयोग

    बुधबार, बैशाख ४, २०७६ साल
    जनकपुरधाम,  ४ बैशाख  प्रदेश ३ मुख्यमन्त्री डोरमणी पौडेलले बारा र पर्सा जिल्लाका हावाहुरी प्रभावितको सहयोगका लागि एक करोड रुपैंयाको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।  प्रदेश ३ का मुख्यमन्त्री पौडेलले बुधबार प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेर राउतलाई एक करोडको चेक हस्तान्तरण गरेका हुन् ।  हावाहुरीबाट जनधनको ठूलो क्षति भएपछि प्रदेश ३ सरकारले राहत स्वरुप एक..

    शिक्षक र स्वास्थ्यकर्मीका गुनासा : तलब छैन, तनाव मात्रै

    बुधबार, बैशाख ४, २०७६ साल
    जुम्ला, ४ वैशाख । “अहिले त ऋण पत्याउन पनि छोडे साहुले, जागिर खाएर ऋण खोज्नुपर्ने, त्यही नपाएर अहिले छोराछोरीको अध्ययन र घरखर्च चलाउनै गाह्रो भएको छ”, राँसा मालापानी स्वास्थ्यचौकी जुम्लाका इञ्चार्ज हर्कबहादुर रावतले दुखेसो पोख्दै भन्नुभयो । हिमा गाउँपालिकास्थित अन्नपूर्ण माविको प्रावि तहमा कार्यरत शिक्षक प्रेमबहादुर सिंहको गुनासो पनि त्यस्तै छ । “केही समयका लागि भनेर ऋण-सापटी लिएका थिएँ, दिने मानिसले माग्न..

    सातै प्रदेशमा : आजदेखि विदेशबाट फर्किएकाको सीप परीक्षण

    मंगलवार, बैशाख ३, २०७६ साल
    काठमाडौँ, ३ वैशाख :   सरकारले मङ्गलबारदेखि विदेशबाट फर्किएका युवाको सीप परीक्षण गर्ने भएको छ । विदेशमा विभिन्न सीप आर्जन गरेर फर्केका युवाको सीप प्रमाणीकरण गरी आन्तरिक श्रम बजारमा रोजगारीका अवसर प्राप्त गर्ने तथा स्वरोजगार बन्न अभिप्रेरित गर्ने उद्देश्यले सीप परीक्षण गर्न लागिएको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिनुभयो ।    मङ्गलबारदेखि यही वैशाख ७ गतेसम्म विभिन्न चरणमा सातै प्रदेशमा सीप..

    'सरकार भनेको एक हातले अनुदान दिने हो, अर्काेले कर लगाउने हो'

    सोमबार, बैशाख २, २०७६ साल
    चितवन, २ वैशाख अर्थमन्त्री डा युवराज खतिवडाले व्यवसायीले मै खाउँ मै लाउँ नभनी हामीले खाउँ हामीले लाऔँ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उहाँले सरकार अनुदान दिने कुरामा भने धेरै लचिलो हुन नसक्ने बताउनुभयो । उद्योगलाई अत्याधिक अनुदान दिने पक्षमा सरकार नरहेको बताउँदै उहाँले भन्नुभयो, “अनुदान दिनु भनेको कसै न कसैलाई कर लगाउनु हो, सरकार भनेको एक हातले अनुदान..

    फालेलुङमा चौँरी महोत्सव, चौँरीपालकको पृथक नृत्य विशेष आकर्षण

    सोमबार, बैशाख २, २०७६ साल
    फिदिम, २ वैशाख    पाँचथरको फालेलुङ गाउँपालिका–४ चाररातेमा आइतबार चौँरी महोत्सव आयोजना गरिएको छ ।   चौँरीको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजित महोत्सवमा चौँरीका उत्पादन र चौँरीसँग सम्बन्धित वस्तु प्रदर्शनमा राखिएका थिए । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्नुभएको महोत्सवमा सयौँको सङ्ख्यामा चौँरी प्रदर्शनका लागि चारराते क्षेत्रमा ल्याइएको थियो । महोत्सवको उद्घाटन गर्दै मन्त्री आङ्बोले पर्यटन..

    हिमाल आरोहणबाट रु ४५ करोड बढी रोयल्टी सङ्कलन

    आईतवार, बैशाख १, २०७६ साल
    काठमाडौँ, १ वैशाख    यस वर्षको वसन्त ऋतुको हिमाल आरोहणबाट रु ४५ करोड भन्दा बढी रोयल्टी सङ्कलन भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार शुक्रबारसम्मको अवधिमा रु ४५ करोड १३ लाख २७ हजार १९५ रोयल्टी जम्मा भएको छ ।   सर्वोच्च शिखर सगरमाथासहित २० वटा हिमाल आरोहणका लागि ७५ आरोही समूहका ६६७ आरोहीले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी सगरमाथा आरोहणमा ३१..

    जब मन्त्रीज्यूले भन्नुभयो - के भनौँ र खै ! तिमी हाँस है, मै बसौँला रोई !

    शनिबार, चैत्र ३०, २०७५ साल
    भक्तपुर, ३० चैत : “के भनाँै र खै तिमी हाँस है, मै बसौँला रोई”, भक्तपुरको नापी कार्यालयमा शुक्रबार अनुगमनमा पुग्नुभएकी भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले यो गीतको टुक्का भनेर कर्मचारीहरुप्रति व्यङ्ग्य गर्नुभयो ।  नापी कार्यालय भक्तपुरले सञ्चालनमा ल्याएको असहाय तथा ज्येष्ठ नागरिक र स्तनपान कक्षको सेवाको उद्घाटन गर्दै उहाँले मालपोत, नापी र भूमि सुधार कार्यालयमा हुने व्यापक भ्रष्टाचारले गीतमा..

    भारत र बंगलादेशपछि दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर उच्च हुने

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५ चैत दक्षिण एसिया संसारकै उच्च आर्थिक बृद्धिदर भएको क्षेत्र भएको विश्व बैंकको एक अध्ययनले देखाएको छ। सन् २०१९ मा ७ प्रतिशतको आर्थिक बृद्धिदर कायम हुने यो क्षेत्रमा सन् २०२० र २०२१ मा ७.१ प्रतिशत कायम हुने बैंकको प्रक्षेपण छ। दक्षिण एसियाका आठ देशमा नेपालले भारत र बंगलादेशपछिको उच्च आर्थिक बृद्धिदर हाँसिल गर्ने बैंकको प्रक्षेपण छ। यो वर्षसहित अबका दुई वर्ष नेपालले..

    प्रदेश नं ३ सरकारले लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन गर्दै

    सोमबार, चैत्र २५, २०७५ साल
    हेटौँडा, २५ चैत    सङ्घीय सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेको एक महीनाभित्रै प्रदेश नं ३ सरकारले पनि देशभित्रकै लगानीकर्तालाई आकर्षित गर्न सोही प्रकृतिको कार्यक्रम गर्ने भएको छ ।   लगानीकर्तालाई प्रदेशका विभिन्न क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भन्दै  सरकारले निजी क्षेत्रका व्यवसायीलाई भेला पारेर लगानीका लागि अनुरोध गर्ने भएको हो । एक सय देखि १५० सम्भावित लगानीकर्ता तथा विज्ञलगायत दुई सयको सहभागितामा आगामी..

    अछाम महोत्सवमा ४० लाखको कारोवार

    सोमबार, चैत्र २५, २०७५ साल
    अछाम, २५ चैत    यही चैत १५ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको अछाम महोत्सवमा रु ४० लाख बढीको कारोवार भएको छ ।   महोत्सवमा टिकट बिक्री, व्यापारिक, लघुउद्यम र स्थानीय उत्पादनका कक्ष तथा रमाइलो मेलाका क्रियाकलापबाट गरी उक्त कारोवार भएको आयोजकको भनाइ छ ।    महोत्सव आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अनुसार महोत्सव अवधिभर जम्मा १५ हजार दर्शकले अवलोकन गरेका छन् भने १२ हजार..

    यी हुन् विश्वका सबैभन्दा धनी ७ महिला, कसरी पुगे त्यहाँसम्म ?

    आईतवार, चैत्र २४, २०७५ साल
    काठमाडौँ, २४ चैत विश्वका सबैभन्दा धनी व्यक्ति र उनकी श्रीमतीले सम्बन्धविच्छेद गर्ने निर्णय गरेपछि सम्पत्तिको बाँडफाँटको कुरा पनि ठूलो हुने नै भयो । एमेजनका मालिक जेफ बेजोस र उनकी श्रीमती मक्केन्जीले सम्बन्धविच्छेदका सर्तबारे पनि सहमति गरे। सम्बन्धविच्छेद गर्दा उनीहरूबीच ३५ अर्ब अमेरिकी डलर अर्थात् झन्डै ३८ खर्ब नेपाली रुपैयाँ बराबरको लेनदेनको सहमति भएको छ। सम्बन्धविच्छेदपछि मक्केन्जीसँग जेफले स्थापना गरेको अन्लाइन किनमेल कम्पनी एमेजनको चार..

    विद्युत् सर्ट हुँदा छापाखानामा आगलागी, ३० लाखको क्षति

    शनिबार, चैत्र २३, २०७५ साल
    गौशाला, २३ चैत    महोत्तरीको जलेश्वरमा शनिबार बिहान एक छापाखानामा आगलागी हुँदा रु ३० लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार जलेश्वर नगरपालिका–२ स्थित महेन्द्रचोकमा सुरेन्द्र साहले सञ्चालन गर्नुभएको पशुपति छापाखानामा बिहान करीब ५ः३० बजे विद्युत् सर्ट भई आगलागी हुँदा रु ३० लाख बराबरको क्षति भएको हो ।   सो आगलगीमा परी छापाखानाको फ्लेक्स प्रिन्टर मेशिन, छापाखानाको ठूलो र सानो मेशिन,..

    लालीगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ नोक्सान

    शुक्रबार, चैत्र २२, २०७५ साल
    डडेल्धुरा, २२ चैत  वसन्त रितुको आगमनसँगै फुल्ने लालिगुराँस फूलको सदुपयोग नहुँदा लाखौँ रुपैयाँ मूल्य बराबरका नोक्सान हुने गरेको छ । डडेल्धुरा लगायत देशभरका वनैभरी फुलेको लालीगुराँसका फूलको उचीत उपयोग हुन नसक्दा त्यतिकै कुहीएर खेर गईरहेका छन् । लालीगुराँस फूलबाट उत्पादन हुने जुस मानव स्वास्थ्य र विभिन्न रोगको औषधिका लागिसमेत फाइदा पुग्ने भनिएता पनि त्यसको सदपयोग नहँुदा विभिन्न जिल्लाका वनहरुमा लालीगुराँस कुहिएर खेर..

    ग्यासको अभाव हुने सम्भावना, देशभरका उद्योग बन्द गर्दै ग्यास व्यवसायी

    शुक्रबार, चैत्र २२, २०७५ साल
    काठमाडौं, २२ चैत  सरकारले अत्यावश्यक क्षेत्रमा हडताल गर्न रोक लगाएकै दिन सरकारी चिकित्सकहरूले आकस्मिकबाहेक सम्पूर्ण उपचार सेवा बहिष्कारको निर्णय गरे । अस्पताल अत्यावश्यक क्षेत्रमा पर्छ । यस्तै, सरकारले निर्णय गरेकै राति ग्यास व्यवसायीले शुक्रबारदेखि आन्दोलनको घोषणा गरे । बजारमा कृत्रिम अभाव सिर्जना हुने, कालाबजारी बढ्ने भएकाले पनि ग्यास व्यवसायी सरकारले तोकेको अत्यावश्यक क्षेत्रको दायराभित्रै पर्छन् । तर, यसपटक भने ग्यास व्यवसायीले कठोर..
    Results 1309: You are at page 12 of 44
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 Next Last
    Weather Forecast