बुधबार, कार्तिक २७, २०७६

    घुमघाम

    मनकामना केवलकार आइतबारदेखि ५ दिनसम्म बन्द हुने (सूचनासहित)

    बिहिवार, भाद्र १९, २०७६ साल
    काठमाडौं,१९ भदौ ।  मनकामनास्थित केबलकार आगामी भदौ २२ देखि ५ दिन बन्द हुने भएको छ । मनकामना दर्शन प्रालिले सञ्चालन गर्दै आइरहेको  केवलकारको मर्मत–सम्भारका लागि भन्दै प्रालिले ५ दिन सेवा बन्द गर्न लागेको हो । प्रालिले बिहीबार एक सूचना जारी गरी मुलह्विल लिनर चेन्जिङ, मेन मोटर सर्भिसिङ तथा रोप रिङस्प्लिसिङलगायतको मर्मतका लागि भदौ २२ देखि २७ गतेसम्म ५ दिनका लागि केवलकार बन्द रहने..

    गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न २५ हजार !

    शुक्रबार, श्रावन १७, २०७६ साल
    चिप्लेढुङ्गा, १७ साउन ।   गण्डकी प्रदेश सरकारले आन्तरिक भ्रमण वर्ष सफल बनाउन र घुम्ने संस्कृतिको विकास गर्न गण्डकी प्रदेशका कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ ।  प्रदेशको अर्थ तथा विकास समितिले आयोजना गरेको कार्यक्रममा उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमन्त्री विकास लम्सालले हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै रु २५ हजारका दरले रकम उपलब्ध गराउने गरी बजेट व्यवस्था गरिएको जानकारी..

    नेपालीलाई भारत हुँदै खाडीका नौ देश जान मात्र एनओसी, मानव बेचविखन बढ्ने चिन्ता

    बुधबार, आषाढ ११, २०७६ साल
    काठमाडौँ, ११ असार ।  भारतका विमानस्थल हुँदै जुनसुकै तेस्रो मुलुक जाँदा नेपाली नागरिकलाई नो अब्जेक्सन लेटर (एनओसी) चाहिने एक वर्षदेखिको नियम भारतीय अध्यागमनले परिमार्जन गरेको छ । अब खाडी क्षेत्रका नौ मुलुकबाहेक अन्यत्र जाँदा नेपाली दूतावास दिल्लीबाट एनओसी बुझाउनु नपर्ने भएको हो ।  नेपाली दूतावासले ६ असारमा जारी गरेको सूचनाअनुसार अब नेपाली नागरिकले साउदी अरेबिया, कतार, कुवेत, युनाइटेड अरब इमिरेट्स, इराक, लिबिया,..

    पर्यटकलाई थप मनोरञ्जन दिन रारा छायानाथ घुम्न हेलिकप्टर प्याकेज

    शुक्रबार, जेष्ठ ३१, २०७६ साल
    सिञ्जा, ३१ जेठ । मुगुको रारा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तर, रारा पुग्ने पर्यटकलाई थप घुम्ने र मनोरञ्जन दिन नसकिएको अवस्थामा असार पहिलो सातादेखि रारादेखि छायानाथ धाम पुग्न राराछाँयानाथ हेलिकप्टर प्याकेज शुरु हुने भएको छ । हिन्दूको चारधाममध्येको छाँया क्षेत्रधाम हेलिकप्टरमार्फत पुग्नका लागि भिजिट कर्णाली टुर एण्ड ट्राभल्सले हेलिकप्टर प्याकेज ल्याउन लागेको ट्राभल्सका सञ्चालक राजु कार्कीले जानकारी..

    पर्यटकीय गाउँ घान्द्रुकसम्मको १० किमि सडक कालोपत्रे गरिने

    सोमबार, जेष्ठ २०, २०७६ साल
    कास्की, २० जेठ   विश्व चर्चित अन्नपूर्ण पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण गाउँपालिका–११ स्थित पर्यटकीय घान्द्रुक गाउँसम्मको सडक कालोपत्रे गरिने भएको छ ।  विसं २०५८ मा नयाँपुलबाट घान्द्रुकसम्म सडकको ट्रयाक खोलिएकोमा चालू वर्षबाट बाटो कालोपत्रे गरी पक्की बनाउन शुरु गरिएको छ । पूर्वाधार विकास कार्यालय कास्कीको रु १९ करोड लागतमा नयाँपुलदेखि वीरेठाँटी हुँदै घान्द्रुकसम्मको १० किमि सो सडक सातदेखि नौ मिटर फराकिलो बन्ने कार्यालयका..

    नेपाल भ्रमण वर्ष सफल पारौँ, बन्दको विकल्प खोजौँ

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौँ, १३ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० मा नेपाल भ्रमण अभियान संचालन गर्ने उल्लेख गरेको छ ।  ०७४ साउन २९ गते नेपाल भ्रमण वर्ष २०२० मनाउने घोषणाअनुसार नै सरकारले कार्यक्रममा समावेश गरेको हो ।   तर, बन्द, हडतालजस्ता गतिविधिले पर्यटन अभियान सफल नहुने चिन्ता सरोकारवालाको छ । ट्रेकिङ एजेन्सिज..

    उपकरणको अभावले वन्यजन्तु अस्पताल सञ्चालनमा ढिलाइ

    आईतवार, जेष्ठ ५, २०७६ साल
    रत्ननगर, ५ जेठ । चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहास्थित वन्यजन्तुको अस्पतालको भवन निर्माण भए पनि उपकरण आउन ढिलाइ भएपछि प्रयोगविहीन बनेको छ । अघिल्लो आर्थिक वर्षमा भवन निर्माणको काम सकिए पनि अस्पतालमा उपकरण ल्याउन ढिलाइ हुँदा भवन प्रयोगविहीन भएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष र अमेरिकाको डेनभर चिडियाखाना विश्व वन्यजन्तु कोषको रु दुई करोड ४६ लाख सहयोगमा अस्पतालको भवन निर्माण..

    ६५ आरोही सगरमाथाको चुचुरामा, ४३ जनाले कञ्चनजङ्गा र ३२ ले मकालु आरोहण

    शुक्रबार, जेष्ठ ३, २०७६ साल
    सोलुखुम्बु, ३ जेठ । वसन्त ऋतुको बिहीबारसम्म ६५ आरोहीले सगरमाथाको शिखरमा पाइला टेकेका छन् । मौसम अनुकूल भएपछि यो यामको आरोहण मङ्गलबारदेखि शुरु भएको हो ।  मङ्गलबार रोप फिक्सिङ गर्ने आठ गाइड टोली पहिलोपटक चुचुरोमा पुगेका थिए । बिहीबार मात्रै २८ ले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार पाँच समूहका १२ ले लोत्से आरोहण गरेका..

    बुद्ध पूर्णिमाका दिन लुम्बिनी भ्रमण वर्ष शुभारम्भको गर्ने तयारी

    बिहिवार, जेष्ठ २, २०७६ साल
    रुपन्देही, २ जेठ ।   बुद्ध पूर्णिमाका दिन लुम्बिनीमा भव्यरुपमा मनाइने बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शुभारम्भको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिनलाई गौतम बुद्धको जन्मजयन्तीका रुपमा मनाउने गरिन्छ ।    यसपटक जेठ ४ गते परेको २५६३औँ बुद्धजयन्ती तथा प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष शुभारम्भ कार्यक्रम एकै दिन हुने भएकाले भब्य तयारी गरिएको लुम्बिनी विकास कोषले..

    नेपालकै चर्चित, विदेशमा ख्याति.. हो ! बर्दिया भनेपछि ‘बाघ’

    मंगलवार, बैशाख ३१, २०७६ साल
    राजापुर, ३१ वैशाख  बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ । बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको आम्बासा ठाकुरद्वारा सडकखण्ड र धम्बोझी हुँदै गुलरियाबाट ठाकुरद्वाराको प्रमुख पर्यटकीयस्थल पुग्ने मार्ग पर्यटकको आवश्यकताविपरीत थिए ।  धरैजसो पर्यटक बाघ हेर्नकै लागि आउनुहुन्छ, गर्मी मौसममा बाघ..

    सुन्दरीजल–वाग्द्वार क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न महोत्सव

    सोमबार, बैशाख २, २०७६ साल
    काठमाडौँ, १ वैशाख   वाग्मतीको उद्गमस्थल वाग्द्वारलाई चिनाइ यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सुन्दरीजल–वाग्द्वार पर्यटन महोत्सव आयोजना गरिएको छ । गोकर्णेश्वर नगरपालिकाले वाग्द्वारमा स्नान मेला लाग्ने वैशाख १ गतेको अवसर पारेर नगरपालिकाको वडा नं १ स्थित देउरालीमा महोत्सव आयोजना गरिएको हो । महोत्सवमा हजारौँको सहभागिता थियो ।      शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिका एवं काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोकको सीमा नजिकमा..

    शिवपुरी र नागार्जुनमा पर्यटकीय सम्भावना : पर्यटक बढाउन पदयात्रा

    आईतवार, चैत्र १०, २०७५ साल
    साँखु, काठमाडौँ, १० चैत  ।  पर्यटकीय सम्भावना बोकेको बागमती नदीको उद्गमस्थल वाग्द्वारको प्रचार तथा प्रवद्र्धनमा यस वर्षदेखि विशेष चासो देखाउन थालिएको छ । धार्मिक महत्वसमेत रहेको यस क्षेत्र पछिल्लो समय ओझेलमा पर्दै गएकाले गोकर्णेश्वर नगरपालिका–९ ले वागमती नदीको मुहानसम्म पर्यटकीय पदयात्रा सञ्चालन गरेको छ ।  शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्ने वाग्द्वार काठमाडौँ उपत्यकाको उत्तरतर्फ शिवपुरी डाँडामा अवस्थित छ । यस स्थल धार्मिक तथा..

    मायाको नेतृत्वमा पहिलोपटक जुगल हिमाल आरोहण हुँदै

    शुक्रबार, फागुन १०, २०७५ साल
    मेलम्ची, १० फागुन : जुगल हिमाल पहिलोपटक आरोहण हुने भएको छ । सगरमाथा आरोही माया गुरुङको नेतृत्वको टोली जुगल हिमाल आरोहणका लागि यही चैत १५ गते त्यसतर्फ लाग्नेछ । जुगल गाउँपालिका र प्रदेश नं ३ को संयोजकत्वमा सिन्धु पर्यटन परिषद्ले गरेको पत्रकार सम्मेलनमा जुगल हिमाल पहिलो पटक आरोहण हुन लागेको जानकारी दिइयो । आरोहण अवधि कम्तीमा २० देखि ३० दिनसम्म हुन..

    अङ्ग्रेजी नयाँ वर्षको रौनक : चितवन-सौराहा पर्यटकले भरिभराउ, शतप्रतिशत होटल बुकिङ

    मंगलवार, पौष १७, २०७५ साल
    चितवन, १७ पुस :  पर्यटकीय गन्तव्य सौराहा अङ्ग्रेजी नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् ।  क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहेका छन् । सौराहाका होटल भरिएपछि रत्ननगर, भरतपुरलगायतका बजार क्षेत्रका होटलमा समेत पर्यटक बस्न थालेका छन् । नारायणगढ–मुग्लिन सडक सहज..

    स्वदेशी-विदेशी पर्यटकलाई थप सुविधा, धौलागिरिका दर्जनौं घरमा होमस्टे सेवा

    शनिबार, पौष १४, २०७५ साल
    म्याग्दी, १४ पुस :  म्याग्दीको धौलागिरि गाउँपालिकामा रहेका विभिन्न पर्यटकीयस्थलको भ्रमणमा जाने स्वदेशी तथा विदेशी पर्यटकको सुविधाका लागि होमस्टे (घरवास) सञ्चालन गरिएको छ ।  होमस्टेमा च्याउ, टुसा, लोकल कुखुरा, खसी, फापरको रोटी, ढिडो, आटोलगायत स्थानीय परिकारको स्वाद चाख्न पाइन्छ ।  गुर्जा, मुना, लमसुङ, मुदी, खिवाङ र बगर गाउँमा होमस्टे सञ्चालन भएको हो । गुड नेवर्स इन्टरनेशनलको सहयोगमा सङ्गम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाकी..

    नारायणहिटी दरबार सङ्ग्रहालयका थप कोठाहरु सर्वसाधारणको अवलोकनका लागि खुला

    शुक्रबार, मंसिर ७, २०७५ साल
    काठमाडौँ, ७ मङ्सिर : नारायणहिटी दरबार सङ्ग्रहालयका १० कोठा (कक्ष) सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ ।  सङ्ग्रहालयका सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन, कपिलवस्तु र अङ्गरक्षकहरुको कार्यकक्ष शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अवलोकन गरी खुला भएको घोषणा गरे ।  इलामलाई समेत गणेश हिमाल कार्य कक्षको नाम दिइएको छ । यो कोठामा तत्कालीन राजाले हप्ताको एक दिन प्रायः..

    पहिलोपटक काठमाडौँ–जनकपुर पर्यटकीय बस सञ्चालन, काभ्रे–सिन्धुली–बर्दिबास हुँदै आवत-जावत

    आईतवार, कार्तिक २५, २०७५ साल
    काठमाडौँ, २५ कात्तिक : दीपज्योती टुर्स एण्ड ट्राभल प्रालिले पहिलोपटक काठमाडौँबाट पर्यटकीय गन्तव्य जनकपुरसम्म पुग्नका लागि पर्यटकीय बस सेवा सञ्चालनमा ल्याएको छ ।  यसअघि काठमाडौँ–पोखरा बस सञ्चालन गरेको ट्राभलले आजदेखि काठमाडौँ–काभ्रे–सिन्धुली–बर्दिबास हुँदै जनकपुरसम्म बस सञ्चालनमा ल्याएको हो । प्रालिका सञ्चालक टङ्क थापाले प्रदेश नं २ र नेपालकै प्रमुख धार्मिकस्थल जनकपुरलाई पर्यटनसँग जोड्न उक्त बस सञ्चालनमा ल्याएको बताए । काठमाडौँको सोह्रखुट्टेबाट बस बिहान..

    चितवनको ‘धर्मधाम’मा पर्यटकीय आकर्षण बढ्दो, जिल्लाकै नमूना मन्दिरको पहिचान

    शनिबार, श्रावन १९, २०७५ साल
    रत्ननगर, चितवन १९ साउन : रत्ननगरस्थित जिरौनामा रहेको श्रीकृष्ण प्रणामी मन्दिर ‘धर्मधाम’ पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ । आकर्षक कलाशैलीमा निर्माण भएकाले धर्मधाममा पर्यटकको आकर्षण बढेको हो । यो जिल्लाकै नमूना मन्दिरको रुपमा परिचित छ ।  मन्दिरमा अन्य जिल्लाका धार्मिक पर्यटकको पनि पनि भिड लाग्ने गरेको धर्मधामका अध्यक्ष श्याम बरालले जानकारी दिए । उनका अनुसार दैनिक कम्तिमा २०० देखि बढीमा..

    विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड बारेकोटमा !

    मंगलवार, श्रावन १५, २०७५ साल
    जाजरकोट, १५ साउन  विश्वमै दुर्लभ तथा लोपोन्मुख अवस्थामा पुगेको सेतो गिद्धको गुँड जाजरकोटका बारेकोट गाउँपालिकामा फेला परेको छ । विश्वकै लोपोन्मुख सुन गिद्ध, चिरकालिज, सेतो गिद्ध, जलेवाजस्ता पक्षीको बासस्थानमा जाजरकोट सूचीकृत हुँदै गइरहेको छ ।  गतवर्ष भेरी नगरपालिका–११ पुल मटेलामा गुँड लगाएको सेतो गिद्धले उपयुक्त बासस्थान नभएको ठानेपछि रुकुम चौरजहारीको स्यालखोलामा गुँडसारेको पक्षी अनुसन्धानकर्ता गोविन्द सिंहले जानकारी दिए ।  समुद्री सतहदेखि सातसय मिटरको..

    विश्वको सातौं अग्लो धौलागिरि हिमालको आधार शिविरमा पुग्न फराकिलो पदमार्ग निर्माण

    सोमबार, श्रावन १४, २०७५ साल
    म्याग्दी, १४ साउन : संसारको सातौं अग्लो (आठ हजार १६७ मिटर) धौलागिरि हिमालको आधार शिविर पुग्ने पदमार्ग निर्माण भएको छ ।  पर्यटन विभागको सहयोगमा रघुगंगा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले धौलागिरि आइसफल पदमार्गको कालीबराह खोलाको दोभानदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण गरेका हुन् ।  ढुंगाको सिँढी चिरेर बनाइएको दुई मिटर फराकिलो पदमार्गमा खच्चरसमेत आवतजावत गर्न सक्छन् । भगवतीको रुइसेदेखि पछेत्राधुरी, सोबाङधुरी, लोसधुरी, दहबुकी, फेदी,..

    अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गरिने, विकासका नाममा मेसिनरी औजार प्रयोगमा रोक !

    शनिबार, आषाढ ३०, २०७५ साल
    पोखरा, ३० असार : अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण क्षेत्रलाई ‘पर्या पर्यावरण कुमारी क्षेत्र’ घोषणा गर्ने भएको छ ।  विश्वका १० उत्कृष्ट पदमार्गमध्ये पर्ने अन्नपूर्ण पदमार्ग क्षेत्रको पर्यावरणीय संरक्षणलाई दृष्टिगत गरी गाउँपालिकाले उक्त नीति अवलम्बन गर्न लागेको हो । गाउँपालिकाका प्रमुख युवराज कुँवरका अनुसार अन्नपूर्ण आधार शिविर मार्गमा पर्ने छोम्रेङमाथि कुनै पनि पूर्वाधार विकासका नाममा मेसिनरी औजार प्रयोग गरिने छैन ।  अन्नपूर्ण हिमालको आधार शिविरलगायत..

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकसँगै राजश्व पनि वृद्धि, यसवर्ष सबैभन्दा बढी पर्यटक आउने अपेक्षा

    बुधबार, जेष्ठ ३०, २०७५ साल
    चितवन, ३० जेठ : देशमा राजनीतिक स्थिरता र स्थायी सरकार बनेसँगै चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । पर्यटक बढेसँगै राजश्व पनि बढेको छ । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार चालू आर्थिक वर्षको १० महिनामा एक लाख ३३ हजार १७१ पर्यटकले निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुमेका छन् । जसमध्ये तेस्रो मुलुकका पर्यटकको संख्या ८८ हजार..

    धादिङको थाँक्रे–६ स्थित रानीझरनामा व्यावसायिक रुपमै क्यानोनिङ शुरु

    सोमबार, जेष्ठ २१, २०७५ साल
    मलेखु, धादिङ, २१ जेठ : दक्षिणी धादिङको थाँक्रे गाउँपालिका–६ स्थित रानीझरनामा शनिबारदेखि व्यावसायिकरुपमा छाँगाबरोहण (क्यानोनिङ) शुरु भएको छ ।  नेपाल क्यानोनिङ एशोसियशनले थाँक्रे गाउँपालिकाको सहयोगमा रानीझरना क्षेत्रको पूर्वाधारको सुधार गरी व्यावसायिक शुरुवात गरेको र पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले बताए ।  शनिबार रानीझरना क्षेत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा पुष्प कँडेलले झर्नावरोहणको उद्घाटन गर्दै पर्यटन विकासको..

    सगरमाथा आधार शिविरदेखि क्याम्प ४ सम्मको बाटो खुलेर संचालनमा

    सोमबार, बैशाख २४, २०७५ साल
    सल्लेरी, सोलुखुम्बु, २४ वैशाख : सगरमाथा आधार शिविरदेखि क्याम्प चारसम्मको बाटो खुलेको छ । सगरमाथा आरोहणका लागि प्रयोग गरिने क्याम्प चारसम्मको बाटो खुलिसकेको सगरमाथा आरोही किताबसिं तामाङले जानकारी दिए ।  सगरमाथा आधार शिविरदेखि क्याम्पचारसम्मको बाटो बनाइसकेर अधिकांश आरोही क्याम्प तीनसम्म पुगिसकेका छन् । अहिले आरोही क्याम्प एक, दुई, तीन हुँदै क्याम्प चारसम्म धमाधम गइरहेको आरोही तामाङले बताए ।  आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो..

    जंगल सफारीकालागि म्याग्दीको ‘करबाकेली इको ट्रेक’ आर्कषक गन्तब्य

    सोमबार, बैशाख १०, २०७५ साल
    बेनी, म्याग्दी, १० वैशाख : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेमा पुनमगर समुदायको कुलदेवता करबाकेली बाबाको अवसान भएको स्थानलाई लक्षित गरी ‘करबाकेली इको ट्रेक’ सञ्चालनको तयारी भएको छ ।  स्थानीयको सक्रियता र कन्सेप्ट नेपालको प्राविधिक सहयोगमा पदयात्रामा रमाउन चाहने पर्यटकलाई सुन्दर गन्तव्यका रुपमा टे«कको प्रचारप्रसार शुरु गरिएको करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले बताउनुभयो । “जंगल सफारीका लागि यो पदमार्ग आकर्षक छ, प्राकृतिक..

    नयाँ पर्यटकीय गन्तव्य पहिल्याउने उद्देश्यसहित पूर्वको पदयात्रा शुरु

    शुक्रबार, चैत्र ३०, २०७४ साल
    तेह्रथुम, ३० चैत : प्रदेश नं १ का आकर्षक पर्यटकीय क्षेत्र भएर नयाँ पर्यटकीय मार्गको पहिचान र प्रचारका लागि पदयात्रा शुरु भएको छ । पूर्वका सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, पाँचथर र इलामका आकर्षक गन्तव्य छोएर नयाँ पर्यटकीय मार्गको विकास र प्रचारका लागि ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले साताव्यापी पदयात्रा थालेको हो ।  मंगलबार काठमाडौँबाट हिँडेको टोलीले बुधबार तेह्रथुमको वसन्तपुरदेखि टुटे, पाँचपोखरी,..

    म्याग्दीको सुन्दर पर्यटकीय क्षेत्र 'थामकोट' मा भ्यूटावर निर्माण गरिने

    शनिबार, फागुन २६, २०७४ साल
    म्याग्दी, २६ फागुन : पर्यटकीय क्षेत्र रुइसे–भेडीओढार क्षेत्रमा पर्यटक आकर्षणका लागि भ्यूटावर निर्माण गरिने भएको छ ।  रघुगंगा गाउँपालिकाको वडा नं १, २, ३ र ४ को सीमा क्षेत्रलाई समेटिएको रुइसे–भेडीओढार क्षेत्रमा पर्यटन आगमन बढाउनका लागि भ्यूटावर निर्माण गर्न लागिएको हो ।  धौलागिरि आइसफल पदमार्गले समेटिएको यो क्षेत्रलाई रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीयस्थलका रुपमा विकास गर्न रुइसेको थामकोटमा भ्यूटावर निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष..

    पर्यटकलाई आकर्षित गर्दै सुन्दर तिम्बुपोखरी, पदयात्राका लागि उपयुक्त गन्तव्य

    सोमबार, फागुन ७, २०७४ साल
    पाँचथर, ७ फागुन : पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने तिम्बुपोखरी पर्यटकीय स्थलको रुपमा परिचित छ । यस पोखरीमा पछिल्लो समय घुम्न जाने पर्यटकको संख्यामा समेत वृद्धि हुन थालेको छ ।  लेकाली स्थान तथा मानवीय गतिविधि कम हुने हुँदा फूलहरु फुल्ने यी दुई महिना तिम्बुपोखरी जाने उचित समय मानिन्छ । बर्सेनि कठिन भूगोल छिचोलेर यहाँ पुग्नेको संख्या उल्लेख्य हुन्छ । हिमाली क्षेत्रमा..

    पञ्चकन्यास्थित नुवाकोटको घलेभञ्ज्याङमा पर्यटनको सम्भावना बढ्दै

    बुधबार, माघ ३, २०७४ साल
    घलेभञ्ज्याङ्, नुवाकोट, ३ माघ : पञ्चकन्या गाउँपालिका–३ स्थित घलेभञ्ज्याङको अहिले पर्यटकीय गन्तव्यका रुपमा सम्भावना बढदै गएको छ । काठमाडौँबाट करिब ५० किलोमिटरको दूरीमा रहेको उक्त स्थानबाट विभिन्न हिमालका साथै मनमोहक दृश्यावलोकन गर्न सकिने हुँदा पर्यटनको राम्रो विकास हुन थालेको छ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको उक्त स्थानबाट राउचुली, लाङटाङ, लाङटाङ री, पुमरी, दोर्जे लाक्पा नामका हिमाललाई नजिकबाट..

    चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा 'पहिलोपटक' पर्यटकका लागि 'जिप सफारी' शुरु

    शनिबार, पौष २९, २०७४ साल
    रत्ननगर, चितवन, २९ पुस : पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा पहिलो पटक पर्यटकका लागि जिप सफारी शुरु भएको छ ।  पर्यटकीय क्षेत्रको रुपमा विकास भएको पटिहानीलाई सौराहा जोड्ने गरी जिप सफारी शुरु भएको हो । चितवन राष्ट्रिय निकुञ्जले यहाँको बेलसर मध्यवर्ती सामुदायिक वनमा पाँचवटा जिप जंगल सफारीका लागि अनुमति दिएसँगै औपचारिक रुपमा जिप सफारी शुरु भएको हो ।  नेपाल सरकारको पर्यटक प्रवद्र्धन गर्ने..
    Results 51: You are at page 1 of 2
    1 2 Next Last
    Weather Forecast