बुधबार, मंसिर ४, २०७६

    पर्यटक

    पर्यटन गुरुयोजना निर्माण र बागलुङलाई पर्यटकीय जिल्लाका रुपमा घोषणा गर्न पहल

    सोमबार, आषाढ ४, २०७५ साल
    बागलुङ, ४ असार  पर्यटन प्रवद्र्धनको उद्देश्यले बागलुङ पर्यटन विकास समिति गठन भएको छ ।  समितिले तत्कालीन कार्ययोजना बनाएर काम थालेको छ । यसअघि जिल्लास्तरमा एकीकृत ढंगले पर्यटनको काम गर्ने संस्थाको अभाव थियो । पर्यटकीय क्षेत्रको विकास र प्रवद्र्धनका क्षेत्रमा समितिले काम गर्ने अध्यक्ष राजु खड्काले बताए ।  सरकारी संयन्त्रसँग सहकार्य गर्दै अघि बढ्ने योजना रहेको खड्काको भनाइ छ । शुरुमा जिल्लाभरका पर्यटकीय सम्पदाको..

    मनसुन शुरु भएसँगै कालीगण्डकीमा पानीको बहाब बढ्दै गएपछि जलयात्रा बन्द

    आईतवार, आषाढ ३, २०७५ साल
    फलेवास, पर्वत, ३ असार  मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि जलयात्रा रोकिएको छ ।  विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन शुरु भएकाले र्याफ्टिङ प्रभावित बनेको हो । विगतका वर्षमा कालीगण्डकी नदीमा अंग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्याफ्टिङ) सहज रूपमा सञ्चालन गरिए पनि यस वर्ष बर्सातको..

    जेठ महिना पुरुषोत्तम महिना मानिएका कारण गोसाइँकुण्डमा ३ हजारले स्नान गरें

    शनिबार, आषाढ २, २०७५ साल
    रसुवा, २ असार रसुवाको गोसाइँकुण्डमा तीन हजार भक्तजनले स्नान गरेका छन् ।  चन्दनबारीका होटल व्यवसायी पासाङघ्युर्मी तामाङका अनुसार गंगादशहरा र पुरुषोत्तम महिना परेका कारण जेठमा तीन हजारको हाराहारीमा भक्तजनले गोसाइँकुण्डमा स्नान गरेका हुन् ।  समुद्री सतहदेखि १४ हजार फिटको उचाइमा अवस्थित पौराणिक एवं धार्मिक तीर्थ गोसाइँकुण्डमा स्नान र पूजाआजा गर्नाले अञ्जानमा भएगरेका सबै पाप मोक्ष हुने, नयाँ जोस जाँगर बढ्ने तथा घर परिवारमा..

    सरकारको लक्ष्य - दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने, तर पूर्वाधार खोई ?

    बिहिवार, जेष्ठ ३१, २०७५ साल
    काठमाडौँ, ३१ जेठ  प्राकृतिकरुपमा निर्माण भएका ताल तलैयाको संरक्षण हुन नसक्दा सरकारले अगाडि सारेको आगामी दुई वर्षभित्र २० लाख पर्यटक भित्र्याउने योजना कार्यान्वयन हुन समस्या पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।  प्रतिनिधिसभाको बिहिबारको बैठकमा सांसद खगराज अधिकारीले आर्थिक समृद्धिको आधारका रुपमा पर्यटन क्षेत्रलाई राखिए पनि बजेट विनियोजनको मात्रा हेर्दा पर्यटक भित्र्याउन आवश्यक पर्ने भौतिक पूर्वाधारको विकास र प्राकृतिक ताल तलैया संरक्षणमा..

    प्रदेश नं १ मा पाँच लाख पर्यटक भित्र्याइने : मुख्यमन्त्री राई

    सोमबार, जेष्ठ २८, २०७५ साल
    विराटनगर, २८ जेठ   प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आगामी पाँच वर्षभित्र प्रदेशमा पाँच लाख विदेशी पर्यटक भित्र्याइने बताएका छन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार यहाँ आयोजित वायु सेवा कम्पनीहरुको सेवा प्रवाह एवं विमानस्थलका लागि भावी योजना विषयक अन्तक्र्रिया कार्यकममा उनले प्रदेशमा रहेका धार्मिकस्थल र हिमाली क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरी छिमेकी राष्ट्रका पर्यटकलाई आकर्षित गर्ने बताए ।  मुख्यमन्त्री..

    ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा ६४ लाख भन्दा बढी खर्च सार्वजनिक

    शनिबार, जेष्ठ २६, २०७५ साल
    सुर्खेत, २६ जेठ    कर्णाली प्रदेश सरकारले ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटनमा रु ६३ लाख ८१ हजार खर्च भएको विवरण सार्वजनिक गरेको छ ।    बिहीबार प्रदेशसभामा प्रतिपक्षी दलले उठाएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खर्च भएको कूल बजेटमा प्रदेश सरकारको रु ४९ लाख ४१ हजार र नेपाल पर्यटन बोर्डबाट रु १४ लाख ४० हजार खर्च भएको बताए ।     कर्णाली प्रदेशसभा कालीकोटको..

    सरकारको लक्ष्य - २ वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने

    शुक्रबार, जेष्ठ २५, २०७५ साल
    काठमाडौँ, २५ जेठ  सरकारले आगामी दुई वर्षभित्रमा विदेशी पर्यटकको संख्यामा दोब्बर वृद्धि गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।  आगामी आवको बजेटमार्फत सरकारले सन् २०२० भित्र २० लाख पर्यटक पुर्याउने योजना सार्वजनिक गरेको थियो ।  विगतका वर्षहरूमा चलाइएका विभिन्न प्रवद्र्धनात्मक अभियानबाट सन् २०१७ मा १० लाखको हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।  सन् १९९८ देखिको १० लाख पर्यटक पुर्याउने लक्ष्य सन् २०१७ मा..

    नारायणगढ–मुग्लिन सडक सञ्चालनले पर्यटन व्यवसायीमा उत्साह

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    चितवन, २४ जेठ  नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् ।  दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका कारण घण्टौँ सवारी साधन जाममा बस्नु पर्दा पर्यटकले गन्तव्य परिवर्तन गर्दै आएका थिए ।  क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेका अनुसार काठमाडौँ, पोखरालगायतका ठाउँबाट आएका पर्यटक १५ घण्टासम्म जाममा परेपछि..

    प्रधानमन्त्री ओलीको वचन पुरा ! चीन भ्रमणका क्रममा एक जोडी गैँडा उपहार दिने तयारी

    बिहिवार, जेष्ठ २४, २०७५ साल
    चितवन,२४ जेठ   दुई वर्षअघि भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन यस पटक पूरा हुने भएको छ ।  प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा एक जोडी गैँडा हस्तान्तरण गर्ने तयारी गरिएको छ।  राष्ट्रिय निकुञ्ज विभागका महानिर्देशक मनबहादुर खड्काले दुई जोडी गैँडा नियन्त्रणमा लिएर सौराहामा बुमामा राखिएको जनाउँदै सकेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा हस्तान्तरण गरिने तयारी गरिएको बताए। साइटिसको..

    रामपुरको तालपोखरामा डुङ्गाको यात्रा सञ्चालनमा आएसँगै लोभिए पर्यटक

    बुधबार, जेष्ठ २३, २०७५ साल
    पाल्पा, २३ जेठ  रामपुर नगरपालिकाको तालपोखरामा डुङ्गाको यात्रा सञ्चालनमा आएसँगै यहाँका आन्तरिक पर्यटक तालप्रति लोभिएका छन् ।  सामान्य पानी रहेको पोखरीमा मानिसलाई आकर्षण गर्ने भौतिक संरचनाको विकासले तालपोखरा जिल्लाकै नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको हो । तालमा भरिभराउ पानी, डुङ्गाको यात्रा, दैनिक शिवको पूजा हुन थालेसँगै पर्यटक यस तालप्रति लोभिएका छन् ।  करीब दश वर्षअघि सम्म तालमा हिउँदमा पानी निकै कम हुने र..

    चीनलाई दुई जोडी गैंडा नेपालले उपहार दिँदै, चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

    मंगलवार, जेष्ठ २२, २०७५ साल
    रत्ननगर, चितवन २२ जेठ  चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए ।  उनका अनुसार..

    सगरमाथा आरोही महिला पत्रकार कल्पना महर्जन र छोकी शेर्पा सम्मानित

    सोमबार, जेष्ठ २१, २०७५ साल
    काठमाडौँ, २१ जेठ  सगरमाथा आरोही महिला पत्रकार कल्पना महर्जन तथा अर्की आरोही छोकी शेर्पा सम्मानित भएका छन् ।  राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) द्वारा सोमबार यहाँ आयोजित सगरमाथा आरोहण –२०१८ टिमलाई बधाई तथा सम्मान कार्यक्रममा महर्जन सम्मानित भएका हुन् ।  सम्मान कार्यक्रममा महर्जनले भने, “सगरमाथा चढ्न पाउनु आफैँमा गर्वको विषय हो र यसले भविष्यमा पर्यटन क्षेत्रको विकासमा सघाउ पुर्याउन ऊर्जा मिलेको छ ।”..

    नेपालमा शान्ति स्थापना भएकाले भारतीय पर्यटकलाई आउन निम्तो

    सोमबार, जेष्ठ २१, २०७५ साल
    भारत, लखनउ, २१ जेठ नेपालका पर्यटन व्यवसायीले भारतीय पर्यटन व्यवसायीलाई नेपालमा शान्त वातावरण रहेकाले भारतका पर्यटकलाई ढुक्क भएर नेपाल घुम्न आउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।  भारतको उत्तर प्रदेश राज्यको लखनउ शहरमा रहेका पर्यटक व्यवसायीबीच आइतबार साँझ भएको कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष सुमन घिमिरेले नेपालमा द्वन्द्व समाप्त भएको र शान्ति बहाली भएकाले ढुक्क भएर भारतका पर्यटकलाई नेपाल घुम्न..

    राजा महेन्द्रलाई समेत लोभ्याएको बन्दीपुरलाई साहित्यिक पर्यटनसँग जोड्दै सर्जकहरू

    आईतवार, जेष्ठ २०, २०७५ साल
    बन्दीपुर तनहु, २० जेठ ‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुंगाले तरेर... ।’ मबिबि शाहको लेखन र तारादेवीद्वारा गाइएको प्रस्तुत पुरानो गीत अहिले पनि यहाँको जनजिब्रोमा छाउने गरेको छ ।  तत्कालीन राजा महेन्द्रलाई समेत लोभ्याएको बन्दीपुर वरपरका रमणीय पहाडी दृश्यका साथै परम्परागत बस्तीले यस ठाउँलाई पहाडकी रानी उपनामले समेत चिनिन्छ ।  यिनै पहाडकी रानी बन्दीपुरलाई साहित्यिक पर्यटनसँग जोड्ने लक्ष्यका साथ पोखरेली कवि तथा कवियत्रीले गर्दै..

    पर्यटन विकासका लागि गुणस्तरीय होटलको महत्व : मन्त्री अधिकारी

    बिहिवार, जेष्ठ १७, २०७५ साल
    काठमाडौँ, १७ जेठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले मुलुकमा पर्यटन क्षेत्रको विकासका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने होटलको महत्व रहेको बताएका छन् ।  पर्यटकीयस्थल ठमेलमा स्थापना भएको ‘नेपाली घर’ नामक होटलको बुधबार उद्घाटन गर्दै मन्त्री अधिकारीले होटलले पाहुनालाई अत्याधुनिक सुविधाका साथै नेपाली जीवनशैली र परम्परासँग साक्षात्कार गराउने कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।  मुलुकको कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको..

    फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीको पहल

    बुधबार, जेष्ठ १६, २०७५ साल
    फलेवास, पर्वत, १६ जेठ पर्वतको जलजला गाउँपालिका–५, लेखफाँटमा रहेको फलामेडाँडालाई पर्यटकीयस्थल बनाउन स्थानीयवासीले पहल थालेका छन् ।  हिमशृंखला, सूर्योदय, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृष्य अवलोकन गर्न सकिने फलामेडाँडालाई पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्न स्थानीयवासीले पूर्वाधार निर्माण तथा प्रचारप्रसार शुरु गरेका छन् ।  प्रशस्त पर्यटकीय सम्भावना भएपनि पूर्वाधार र प्रचारप्रसारको कमीले फलामेडाँडा ओझेलमा परेको छ । समुद्री सतहदेखि दुई हजार ४१५ मिटरको उचाइमा..

    महाकाली नदीमा साहसिक जलयात्राका लागि सम्भाव्यताको अध्ययन

    सोमबार, जेष्ठ १४, २०७५ साल
    कञ्चनपुर, १४ जेठ भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा (र्याफ्टिङ)का लागि सम्भाव्यता अध्ययनको कार्य गरेको छ ।  महाकाली नदीको त्रिशूलदेखि ब्रह्मदेवसम्म याफ्टिङ सञ्चालन गर्न लागिएको हो । यसका लागि नगरपालिकाले र्याफ्टिङ कम्पनीबाट सम्भाव्यता अध्ययन गराएको छ ।  महाकाली नदीको बहुप्रयोग योजना अन्तर्गत भीनपा–९ मा र्याफ्टिङ सञ्चालन गर्न लागिएको हो । गत वर्षको स्थानीय तह निर्वाचनमा महाकाली नदीको बहुप्रयोग भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र..

    विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो तालमा प्रदूषण बढदै

    आईतवार, जेष्ठ १३, २०७५ साल
    मनाङ, १३ जेठ विश्वको सर्वाधिक उचाइमा रहेको तिलिचो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको हो । मनाङ जिल्लाको निस्याङ गाउँपालिका–९ मा रहेको यस ताल चार हजार ९१९ मिटर उचाइमा अवस्थित छ ।  सिजन होस् या अफ सिजन यस तालको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । तर अब पर्यटकको चापसँगै ताल वरिपरि फोहरका डङ्गुरहरु देखिन थालेका छन् ।..

    सगरमाथा आरोहण सम्पन्न, ४०० भन्दा बढी शिखरमा, ३६ करोड राजश्व संकलन

    शनिबार, जेष्ठ १२, २०७५ साल
    काठमाडौँ, १२ जेठ यस वर्षको सगरमाथा आरोहणबाट रु ३६ करोड १४ लाख ९८ हजार ३२१ रोयल्टी संकलन भएको छ ।  यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म रु ४१ करोड २८ लाख ८४ हजार..

    पर्यटकीय सम्भावना बोकेको क्षेत्र इलाममा प्याराग्लाइडिङ परीक्षण उडान

    शुक्रबार, जेष्ठ ११, २०७५ साल
    मंगलबारे, इलाम, ११ जेठ पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ ।  सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो । इलाम सोसाइटी युकेकी संस्थापक अध्यक्ष सुमित्रा राईको पहलमा उडानको केही दिनदेखि प्रयास भइरहेको थियो ।  पाइलट विवेक शम्शेर राणाले प्याराग्लाइडिङ उडाउनु भएको थियो । प्रशस्तै पर्यटकीय क्षेत्र भएको इलाममा प्याराग्लाइडिङले थप..

    पर्यटकलाई लोभ्याउँदै जलविरेको लामो झरना, आनन्द लिन भारतबाट समेत पर्यटक आउन थाले

    बिहिवार, जेष्ठ १०, २०७५ साल
    रत्ननगर, चितवन, १० जेठ भिर, पहरा, छाँगा र छहराको संयोग, प्राकृतिक छटाले भरिपूर्ण जलविरे झरना (लामो झरना) चितवनकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो । तस्वीर देख्नेबित्तिकै लोभिने पर्यटक, यहाँ पुग्दा छुट्टै आनन्द महसुस गर्छन् ।  पूर्वाधारबिनै पर्यटकको चहलपहल बढेको जलविरे झरना आकर्षक पर्यटकीय गन्तव्य बन्दै गएको छ । पछिल्लो केही वर्षको प्रयासमा शौचालय, चेन्जिङ रुम, पौडी पोखरी, पार्क र सिँढी निर्माणले आकर्षण थपे..

    संकटापन्न जनावर सालकको गणना सकियो, यसको संरक्षण र संकलन गर्नु अपरिहार्य

    बुधबार, जेष्ठ ९, २०७५ साल
    चितवन, ९ जेठ   अति संकटापन्न जनावर सालकको गणना सम्पन्न भएको छ ।    दुर्लभ स्तनधारी जनावरको संरक्षण गर्ने उद्देश्यले चितवन, गोरखा र मकवानपुरका १६ वटा समुदायिक वनमा सालक गणना गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले २०७४ फागुन ९ गतेदेखि सालकको गणना शुरु गरेको थियो । चितवनका पाँच, गोरखाका चार र मकवानपुरका सातवटा सामुदायिक वनमा सालकको गणना गरिएको छ ।    राष्ट्रिय प्रकृति संरक्षण कोष..

    इलाममा थप पर्यटक भित्र्याउन प्याराग्लाइडिङको आवश्यकता र पहल

    आईतवार, जेष्ठ ६, २०७५ साल
    मंगलबारे, इलाम ६ जेठ पर्यटकीय जिल्ला इलाममा थप पर्यटक भित्र्याउनका लागि प्याराग्लाइडिङको आवश्यकता महशुस गर्न थालिएको छ । यहाँ जन्मिएर लामो समयसम्म हङकङमा रही हाल पोखरा बस्दै आएकी सुमित्रा राईको पहलमा प्याराग्लाइडिङको संभावना अध्ययन गरिएको हो ।  पर्यटनको प्रचुर सम्भावना रहेको जिल्लाका १० वटै स्थानीय तहबाट प्याराग्लाइडिङका लागि जोड दिन पहल भइरहेको उनले बताए । पर्यटन व्यवसायी रहनुभएकी राईको पहलमा इलामको निर्माणाधीन..

    धार्मिक पर्यटकीयस्थल मुक्तिनाथमा भारतीय पर्यटक सबैभन्दा बढी

    शनिबार, जेष्ठ ५, २०७५ साल
    बागलुङ, ५ जेठ प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुस्ताङको मुक्तिनाथ घुम्ने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय छन् ।  मुक्तिनाथ दर्शनले मनोकांक्षा पूरा हुने विश्वासमा वर्षेनी ठूलो सङ्ख्यामा भारतीय तीर्थयात्री मुक्तिनाथ आउने गर्छन् । भारतीयहरु मुक्तिनाथलाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन् । मुक्तिनाथ मन्दिरको दर्शन गरेमा ‘मोक्ष’ प्राप्त हुने जनविश्वास पनि छ । बौद्ध धर्मावलम्बी भने करुणाका अवतार अवलोकितेश्वरका रुपमा मान्छन् ।  सन् २०१८ जनवरीदेखि गत अप्रिलसम्म..

    एकैदिन करिब एक सय आरोही सगरमाथाको शिखरमा, नयाँ विश्व कीर्तिमान

    बिहिवार, जेष्ठ ३, २०७५ साल
    सल्लेरी, सोलुखुम्बु, २ जेठ सगरमाथा आरोहणको बुधबार  चौथो दिन एकैपटक करिब एक सयजनाले शिखरको चुचुरोमा पाइला टेकेका छन् ।  विभिन्न आरोहणदलबाट गएकाले फरक फरक समयमा भएपनि एकैदिन ९४ जनाले सगरमाथाको सफल आरोहण गरेको पर्यटन विभागका सम्र्पक अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।  गएको वैशाख ३० गतेदेखि आरोहण शुरु भएको थियो । पहिलो दिन बाटो निर्माण गर्दै गएका आठजना शेर्पा गाइडले एकैपटक शिखर चुमेका..

    सगरमाथाको सफल आरोहण गरी कामी रिताले बनाए विश्व कीर्तिमान

    बुधबार, जेष्ठ २, २०७५ साल
    काठमाडौँ, २ जेठ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी कामी रिता शेर्पाले विश्व कीर्तिमान कायम गरेका छन् ।  आरोहणको चौथो दिन शेर्पाले २२ पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हुन् ।  यस वर्षको वसन्त ऋतुमा उनिसहित ६० भन्दा बढी आरोहीले सगरमाथा (८,८४८ मिटर) हिमालको सफल आरोहण गरिसकेको वेस क्याम्पस्थित सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।  मंगलबार मौसमी खराबीका कारण आरोहण..

    पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले म्याग्दी भ्रमण वर्ष २०७५ को शुभारम्भ

    सोमबार, बैशाख ३१, २०७५ साल
    बाबियाचौर, म्याग्दी, ३१ वैशाख पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि म्याग्दी भ्रमण वर्ष २०७५ शुरु भएको छ ।  प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र पौराणिक महत्वका सम्पदाको पहिचान, संरक्षण, पूर्वाधार विकास र प्रचारप्रसार गरेर स्वदेशी तथा विदेशी पर्यटक आगमन वृद्धि गर्ने उद्देश्यले म्याग्दी उद्योग वाणिज्य संघले स्थानीय तह र संबद्ध सरकारी निकायसँगको सहकार्यमा भ्रमण वर्षको शुभारम्भ गरेको संघले जनाएको छ ।  पर्यटकीयस्थलको पहिचान गरी प्रचारप्रसार गर्ने..

    पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजनाको खाँचो, प्रचारप्रसार गर्नुपर्ने व्यवसायीहरूको भनाइ !

    आईतवार, बैशाख ३०, २०७५ साल
    पाल्पा, ३० वैशाख पाल्पाको पर्यटन क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी अघि बढ्नुपर्नेमा जोड दिइएको छ । ऐतिहासिक, पुरातात्विक, सामाजिक–धार्मिक, चाडबार्ड, आर्थिक, शैक्षिक हिसाबले समेत पाल्पा पर्यटकीय गन्तव्य बन्न सक्ने भएकाले यसको प्रचारप्रसार हुनुपर्ने पर्यटन व्यवसायीहरूको भनाइ छ । यहाँका पुरातात्विक महत्वका मन्दिरदेखि दरबारहरु अहिले स्वदेशी तथा विदेशी पर्यटकका लागि लोभ लाग्दा छन् । पर्यटक आकर्षणको गन्तव्य रिडीदेखि रानीमहलसम्म जलयात्रा सञ्चालन गरी पर्यटक..

    पत्याउनु हुन्छ ? मालिकाको धुरी जहाँ हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ

    बिहिवार, बैशाख २७, २०७५ साल
    बेनी, म्याग्दी, २७ वैशाख हिमालभन्दा मान्छे अग्लो देखिने ठाउँ पनि छ भन्दा सहजै कसले पो पत्याउन सक्ला र ?  तर, म्याग्दीको मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्ने भिरालो पहाडको टुप्पोमा अवस्थित मालिकाधुरीमा पुग्नुहोस् तपाई आफैँ हिमालभन्दा अग्लो देखिनु हुनेछ ।  मालिकाको धुरीबाट हेर्दा आँखामा नै ठोक्किन आउने धौलागिरि, नीलगिरि, अन्नपूर्ण, मनास्लु, माछापुच्छ्रे, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमशंखला तपाईभन्दा होँचा देखिन्छन् । विदेशी पर्यटकका..

    जाने होइन त ! कर्णाली नदी छेउमा कैलाली भ्रमण वर्ष-२०७५ को रौनक, र्याफ्टिङको बेग्लै मज्जा

    आईतवार, बैशाख २३, २०७५ साल
    धनगढी, २३ वैशाख “कलकल बग्ने कर्णाली नदीमा र्याफ्टिङको मज्जा बेग्लै हुँदो र’छ ।” नेपालको सबैभन्दा लामो र पानीको सतह बढी भएको कर्णाली नदी छेउको चिसापानीमा ‘कैलाली भ्रमण वर्ष, २०७५’को आइतबार शुभारम्भका अवसरमा गरिएको र्याफ्टिङ (जलयात्रा)मा सहभागी प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले अनुभव सुनाए ।  भ्रमण वर्षको औपचारिक उद्घाटनपछि कर्णाली नदीमा आठ-दश वटा डुंगामार्फत् गरिएको र्याफ्टिङमा, प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सदस्यले आइतबार सामूहिक रुपमा..
    Results 302: You are at page 9 of 11
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 Next Last
    Weather Forecast