शनिबार, मंसिर २८, २०७६

    पर्यटक

    पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

    बिहिवार, श्रावन २४, २०७५ साल
    रत्ननगर, २४ साउन  पर्या–पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ ।  कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिए ।  माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गरिने छ । जुन बस्तीमा जुन जातिको बाहुल्यता छ, त्यही जातिका परिकारको स्वादमा स्थानीय रहनसहन र सांस्कृतिक प्रदर्शनीमा रम्न..

    मनोरम दृश्यावलोकन गर्न सौराहा ८० प्रतिशत बढी पर्यटकको रोजाइमा

    बुधबार, श्रावन २३, २०७५ साल
    रत्ननगर, २३ साउन   जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन् ।  निकुञ्ज जाने नौ प्रवेशद्वारमध्ये पूर्वी क्षेत्रका रूपमा परिचित सौराहा प्रवेशद्वार पर्यटकको रोजाइमा पर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए । गएको एक वर्षमा निकुञ्ज घुम्ने कूल पर्यटकमध्ये ८३ दशमलव ३७ प्रतिशत पर्यटकले सौराहा नाका प्रयोग गरे ।..

    देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा ७ लाख पर्यटकले घुमे

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन   देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा छ लाख ९९ हजार ५५२ पर्यटकले भ्रमण गरेका छन् ।  भ्रमण गर्नेमध्ये सार्कका ६९ हजार ९३५ सहित विदेशी तीन लाख २५ हजार ८५६ र स्वदेशी तीन लाख तीन हजार ७६१ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।  नेपालका ११८ पारिस्थितिकीय प्रणालीमध्ये हालसम्म ८० किसिमका संरक्षित क्षेत्रमा पर्दछ ।..

    ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतमा हाइक फर नेपाल

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन  ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ ।  ‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब चार घण्टा नेपालमय बनाएको थियो । करीब १२ किलोमिटरको पैदलयात्रालाई ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ नारा दिइएको थियो । वी विल राइज फाउण्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ । ।  बेलायतका..

    दैलेखमा पर्ने झण्डै २ सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय स्थापना

    सोमबार, श्रावन २१, २०७५ साल
    दैलेख, २१ साउन  दुल्लु नगरपालिकामा झण्डै दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ ।  नगरपालिका– ८ पादुकास्थित पौवा दरबारमा सङ्ग्रहालय निर्माण गरिएको हो । तत्कालीन समयमा उत्तर–दक्षिण करिडोरका रुपमा रहेको जुम्लादेखि दुल्लु हुँदै आवतजावत गर्ने बटुवालाई राति बास बस्न समस्या हुने भएपछि काजी जसपाऊ थापाले पौवा दरबार निर्माण गरेका थिए ।  दुल्लु राज्य अस्तित्वमा रहँदा जसपाऊ थापा काजीका रुपमा रहेका..

    चुरे पर्वतका मनोरम दृश्य सँगै पर्यटक आकर्षित गर्दै गाभर भ्याली

    आईतवार, श्रावन २०, २०७५ साल
    बाँके, २० साउन  नेपालगञ्ज–४ का गोविन्ददेव अधिकारीलाई महिनामा कम्तिमा एक पटक बाँकेको बैजनाथ–१ मा रहेको गाभर भ्याली पुग्नैपर्छ, कहिले साथीभाइसँग त कहिले परिवारसँग ।  उनले भने, “यहाँको मनोरम दृश्य, थारु संस्कृति, थारु परिकार साह्रै राम्रो लाग्छ । नेपालगञ्जका स्तरीय होटलभन्दा राम्रो परिकार सस्तोमा खान पाइन्छ । प्राकृतिक सौन्दर्यता मनमोहक छ ।” आफूलाई प्रकृतिप्रेमी भन्न रुचाउने अधिकारी ग्रामीण पर्यटनको प्रवद्र्धनका लागि सबैको साथ..

    पर्यटक उद्धार प्रक्रिया सहज र समयमै उद्धार गर्ने व्यवस्था मिलाउन माग

    शुक्रबार, श्रावन १८, २०७५ साल
    काठमाडौँ, १८ साउन  ट्रेकिङ्ग एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले पर्यटक उद्धार प्रक्रियालाई सहज बनाउन माग गरेका छन् ।  टानका अध्यक्ष नवराज दाहाल र नाट्टाका अध्यक्ष सिएन पाण्डेले बिहीबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटक उद्धार प्रक्रिया झण्झटिलो हुँदा समयमा उद्धार नभई कतिपय पर्यटकले ज्यान समेत गुमाउनु परेकाले यसलाई सहज बनाउन माग गरेका हुन्..

    सरकारको नयाँ महत्वाकांक्षी योजना : ५ वर्षमा २५ लाख बाह्य पर्यटक भित्र्याउने

    बिहिवार, श्रावन १७, २०७५ साल
    काठमाडौँ, १७ साउन सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ उक्त योजना प्रस्तुत गरिएको हो । योजनाअनुसार आगामी पाँच वर्षभित्रमा पर्यटकको संख्या वृद्धि गरी कूल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान पुर्याउने लक्ष्य राखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले..

    गुर्जा–ढोरपाटन शिकार आरक्ष जोड्ने पर्यटकीय पदमार्ग निर्माण

    बिहिवार, श्रावन १७, २०७५ साल
    म्याग्दी १७ साउन  म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट ढोरपाटन शिकार आरक्ष जोड्ने पर्यटकीय पदमार्ग निर्माण गरिएको छ । गाउँपालिकाको सहयोगमा गुर्जाका बासिन्दाले श्रमदान गरेर दोप्ताखोलादेखि रुघाचौरको उकालो खण्डमा पदमार्ग निर्माण गरेका हुन् ।  गाउँपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको रु १५ लाख बजेटबाट तीन किलोमिटर ६०० मिटर पदमार्ग निर्माण गरिएको वडाअध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।भीर र जंगलमा नयाँ बाटो निर्माणका साथै पुरानो पदमार्गको..

    सामुदायिक वनमा संकटापन्न अवस्थामा पुगेको सालकको उपस्थिति राम्रो

    बुधबार, श्रावन १६, २०७५ साल
    रत्ननगर, १६ साउन  चितवन, मकवानपुर र गोरखाका विभिन्न सामुदायिक वनमा संकटापन्न अवस्थामा पुगेको सालकको उपस्थिति राम्रो पाइएको छ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर चितवनले तीन जिल्लाका १६ सामुदायिक वनमा गरेको अध्ययनमा सामुदायिक वनमा सालकको उपस्थिति राम्रो पाइएको कोषका संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष भट्टराईले जानकारी दिए । चितवनको पाँच, मकवानपुरको सात र गोरखाको चार सामुदायिक वनमा गरिएको अध्ययनमा सालकको उपस्थिति..

    चमेराका ३ नयाँ प्रजातिको अभिलेखन, जम्मा संख्या ५५ पुग्यो

    मंगलवार, श्रावन १५, २०७५ साल
    काठमाडौँ, १५ साउन  काठमाडौँ उपत्यकामा पछिल्लो समयमा गरिएको अध्ययनले चमेराका तीन नयाँ प्रजातिको अभिलेखन भएको छ । यो सँगै नेपालमा पाइने चमेराका प्रजातिको संख्या ५५ पुगेको छ ।   साना स्तनधारी प्राणी संरक्षण अनुसन्धान फाउण्डेशनले सन् २०१६ अगष्टदेखि २०१८ को अप्रिलसम्म उपत्यकाका १९ स्थानमा चमेराको आधारभूत अध्ययन गरेको थियो । विश्वमा एक हजार २०० प्रजातिका चमेरा पाइन्छन् ।  अध्ययनबाट नेपालको लागि नयाँ तीनवटा प्रजातिहरु..

    धार्मिक तथा पर्यटकीय क्षेत्र पाँचपोखरीमा केबलकार निर्माणको पहल

    मंगलवार, श्रावन १५, २०७५ साल
    चौतारा, १५ साउन   धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा परिचित सिन्धुपाल्चोक उत्तर पश्चिम क्षेत्रमा पर्ने पाँचपोखरीमा केबलकार बनाउन पहल शुरु भएको छ ।  पाँचपोखरी थाङपाल गाउँपालिकाअन्तर्गत साविक भोताङ गाविसबाट पाँचपोखरीसम्म केबलकार राख्न प्रारम्भिक प्रतिवेदन तयार गरिएको गाउँपलिकाले जनाएको छ ।  भोताङको छिञ्जी देउरालीबाट लौरीबिनासम्म राखिने केबलकारको लम्बाइ ६.५ किमी हुनेछ । त्यहाँ जडान गरिने केबलकार देशकै सबैभन्दा बढी उचाइको हुने प्रतिवेदनले जनाएको छ ।..

    उपत्यकामा पर्यटन विकासका लागि पर्यटन परिपथ बनाइने, पर्यटकको संख्या बढ्ने विश्वास

    सोमबार, श्रावन १४, २०७५ साल
    भक्तपुर, १४ साउन  उपत्यकाका ऐतिहासिक एवं साँस्कृतिक महत्व बोकेका पुराना पाँच नगरपालिकाले काठमाडौँ उपत्यकालाई पर्यटन परिपथ बनाएर जोड्ने भएका छन् ।  उपत्यकाका नगरपालिकाहरुको पर्यटन विकास र सांस्कृतिक धरोहरको संरक्षणका बारेमा भक्तपुर नगरपालिकामा भएको छलफलमा सहभागी नगर प्रमुखहरु उपत्यकाका नगरपालिकालाई पर्यटन परिपथका रुपमा विकास गरेर लैजाने बारेमा सहमत भएका हुन् ।  ऐतिहासिक धरोहर, सम्पदा र साँस्कृतिक नगरका रुपमा चिनिएका उपत्यकाका नगरपालिकामध्ये काठमाडौँ महानगरपालिका, ललितपुर..

    मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापना हुने, पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने विश्वास

    शुक्रबार, श्रावन ११, २०७५ साल
    नवलपरासी, ११ साउन  नेपालकै प्रख्यात एवं चर्चित धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ ।  पूर्वी नवलपरासी गैंँडाकोटस्थित सो मन्दिर क्षेत्रमा आइएमइ समूहले केवलकार स्थापना गर्न लागेको हो । सो समूहले चन्द्रागिरिमा पनि केवलकार स्थापना गरेको छ । मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याकंन (इआइए) सम्बन्ध कार्य अन्तिमचरणमा पुगेको आइएमइ समूहका..

    उदयपुर जिल्लाको रौतामा धार्मिक पर्यटकस्थल निर्माणका लागि बृहत् गुरुयोजना

    शुक्रबार, श्रावन ११, २०७५ साल
    गाईघाट, उदयपुर, ११ साउन  जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ ।  रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त्रियुगा नगरपालिका गाईघाटदेखि रौतापोखरीसम्मको ३२ किलोमिटर पहाडी क्षेत्रको दूरीमा केबलकार सञ्चालनको तयारी भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रकुमार खड्काले बताए ।  गाईघाटदेखि रौतासम्म केबलकार सञ्चालनका..

    पर्यटकको आकर्षण बढाउन भम्केपानीमा थारु संग्रहालय निर्माण

    बिहिवार, श्रावन १०, २०७५ साल
    कञ्चनपुर, १० साउन  पर्यटकको आकर्षण बढाउनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र भम्केपानी(भल्का)मा थारु संग्रहालयका लागि परम्परागत शैलीको भवन निर्माण गरिएको छ ।  काठ र माटोको प्रयोग गरी नगरपालिकाको वडा कार्यालयले रु छ लाख बढीको लगानीमा संग्रहालय भवन निर्माण गरेको हो । भवन निर्माणका लागि वडा कार्यालयले रु दुई लाख र स्थानीय बासिन्दाले रु चार लाख बढीको श्रमदान गरेका छन्..

    अर्नालाई बर्सातको बेला बाढीबाट बचाउन ढिस्को निर्माण

    बुधबार, श्रावन ९, २०७५ साल
    चितवन, ९ साउन  चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा राखिएका अर्नालाई बर्सातमा बाढीबाट जोगाउन ढिस्को निर्माण गरिएको छ । गत वर्षको बर्सातमा आएको बाढीका कारण दुई अर्ना मरेका थिए । बाँकी सबै संक्रमणबाट ग्रसित भएका थिए । बाढीकै कारण सोही ठाउँमा राखिएका तीन बाह्रसिंगे हराएका थिए ।  निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार एक मिटर अग्लो, ६ मिटर चौडा र २०..

    रुप्से र अन्धगल्छी पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले गुरुयोजना तयार

    मंगलवार, श्रावन ८, २०७५ साल
    म्याग्दी, ८ साउन अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको अन्धगल्छी र रुप्से झरनालाई व्यवस्थित गरी पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले गुरुयोजना तयार पारिएको छ । वडा समितिको प्रस्तावमा गाउँपालिकाको रु एक लाख ५० हजार सहयोगमा पर्यटकीय पूर्वाधार निर्माणका लागि गुरुयोजना तयार गरिएको हो ।  गुरुयोजनाअनुसार रुप्से र अन्धगल्छीलाई व्यवस्थित बनाउन पूर्वाधार निर्माणका लागि रु दुई करोड ६५ लाख बजेट आवश्यक पर्ने वडाध्यक्ष नरसिङ पुर्जा..

    पर्यटकीय क्षेत्र बेदकोटमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा

    सोमबार, श्रावन ७, २०७५ साल
    कञ्चनपुर, ७ साउन  आन्तरिक र बाह्य पर्यटकको प्रमुख गन्तव्यका रुपमा रहेको कञ्चनपुरको प्राकृतिक बेतकोट ताल क्षेत्रमा भ्यूटावर निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।  ठेक्का प्रक्रियाद्वारा रु ७५ लाखको लागतमा दृश्यावलोकनका लागि छ तल्ले टावर निर्माणको कार्य भइरहेको छ । पाँच तले भ्यूटावर निर्माणका लागि नगरपालिकाले कूल लागतको ३० प्रतिशत र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७० प्रतिशत रकम व्यहोर्ने गरी..

    अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा पर्यटकलाई सहजका लागि होमस्टे सञ्चालन

    शुक्रबार, श्रावन ४, २०७५ साल
    मनाङ, ४ साउन  पर्यटकीय जिल्ला मनाङको आन्तरिक पर्यटनलाई सहज बनाउन र गाउँबस्तीको अवस्था चिनाउनका लागि होमस्टे सञ्चालन भएको छ ।  अन्नपूर्ण संरक्षण क्षेत्रको सहयोगमा गाउँका मानिसको आयस्तर वृद्धि गरी गाउँको विकाससँगै आफ्नो ठाउँको पहिचानका लागि घर बासअर्थात होमस्टेको अवधारणा ल्याइएको हो ।  यस जिल्ला पर्यटन पदमार्गका रुपमा विश्व परिचित भएता पनि आन्तरिक पर्यटन प्रवद्र्धनका लागि घरबास (होमस्टे) आवश्यक रहेको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका..

    केबलकार निर्माणमा चासो बढ्यो, २५ स्थानमा अध्ययन अनुमतिका लागि आवेदन, पर्यटनमा योगदान

    बिहिवार, श्रावन ३, २०७५ साल
    काठमाडौँ, ३ साउन  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा केबलकार निर्माणका लागि आवेदन दिनेक्रम पछिल्लो समयमा बढेको छ ।  मुलुकका २५ भन्दाबढी स्थानमा केबलकार निर्माणका लागि त्यस्तो आवेदन परेको हो । मन्त्रालयले अध्ययन अनुमति दिने कानूनी प्रावधान छ ।  सहज यातायात सञ्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व्यक्त गर्दै निर्माणमा जाने..

    आलेख : सन् २०१९ मा पहिलो पर्यटकीय अन्तरिक्ष उडानको सम्भावना

    बुधबार, श्रावन २, २०७५ साल
    वासिङ्टन, २ साउन   अन्तरिक्ष पर्यटनको क्षेत्रमा अग्रपंक्तीमा रहेका दुई कम्पनीले आफू पृथ्वी बाहिरको पहिलो यात्रुवाहक उडानबाट केही महिना मात्र टाढा रहेको बताएका छन् । यद्यपि उनीहरुले मिति भने टुङ्गो लगाइसकेका छैनन् ।  बेलायती अर्बपति रिचार्ड ब्रान्सनद्वारा स्थापित कम्पनी भर्जिन ग्यालेक्टिक र जेफ बेजोसको कम्पनी अमेजन यो दौडमा पहिलो हुन लागिपरेका छन् । प्रविधि भने दुवैले भिन्ना भिन्नै प्रयोग गरेका छन् ।  भारविहीनताका क्षण  न..

    मंगलबारदेखि सौराहा–पोखरा सुविधासम्पन्न पर्यटक बस सञ्चालन गरिने

    सोमबार, आषाढ ३२, २०७५ साल
    चितवन, ३२ असार  सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधासम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ । पोखरा जगदम्बा ट्राभल्सले भोलि मंगलबारदेखि दैनिक सौराहाबाट पोखराका लागि एउटा र पोखराबाट सौराहाका लागि एउटा बस सञ्चालन गर्न लागेको हो ।  ट्राभल्सका अध्यक्ष केशव अधिकारीका अनुसार २१ जनाको क्षमता भएको सो बसको एकतर्फी भाडादर रु एक हजार ५०० रहेको छ । सो भाडाबापत यात्रुले बिहानको..

    नेपाल वायुसेवा निगमको वाइड बडीले दोहामा साताभरी उडान भर्ने, काठमाडौँ–जापान सिधा उडान गर्ने

    शनिबार, आषाढ २३, २०७५ साल
     काठमाडौँ, २३ असार : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले नयाँ वाइड बडी विमान ‘अन्नपूर्ण’ बाट पुरानो गन्तव्य कतारको दोहामा सताभरी उडान भर्ने योजना बनाएको छ ।  वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान यही असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको थियो ।  एयरबस निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट नौ घण्टाको उडानपछि काठमाडौँ आइपुगेको सो विमान शुरुमा छोटो गन्तव्यमा उडान गरिनेछ ।  वाइड..

    पर्यटकीय क्षेत्रको प्रचार गर्ने निकाय नै नेतृत्वविहीन अवस्थामा, सरकारको लक्ष्य पूरा होला त ?

    बिहिवार, आषाढ २१, २०७५ साल
    भीमदत्तनगर, २१ असार  सरकारले सन् २०२० सम्म २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ ।  पर्यटनमा धेरै सम्भावना बोकेको मुलुकमा पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै आर्थिक समृद्धिबारे छलफल चलिरहँदा कञ्चनपुरको पश्चिमी सीमा नाका गड्डाचौकीमा भने प्रचार-प्रसारको प्रमुख निकाय नै लाचार अवस्थामा छ ।  प्रदेश नं ७ कै प्रमुख नाका हो गड्डाचौकी । छिमेकी भारतीय राजधानी नयाँ दिल्ली स्थलमार्गका हिसाबले सबैभन्दा नजिक पर्छ ।..

    मानसरोवरमा अलपत्र भारतीय पर्यटकको उद्धार, हुम्ला र हिल्साबाट तीर्थयात्री ल्याउने क्रम शुरु

    बुधबार, आषाढ २०, २०७५ साल
    काठमाडौँ, २० असार  सरकारले कैलाश मानसरोवर यात्रामा अलपत्र परेका केही भारतीय तीर्थयात्रीको हेलिकप्टरमार्फत प्रभावकारीरुपमा उद्धार भइरहेको जनाएको छ ।  संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रतिकूल मौसमका कारण उडान अवरोधका कारण उद्धारमा कठिनाइ भए पनि मंगलबारदेखि सबै संयन्त्र परिचालन गरेर प्रभावकारी रुपमा तीर्थयात्रीको उद्धार भइरहेको जनाएको हो ।  यही असार १७ र १८ गते उडान हुन नसकेका कारण तीर्थयात्रीलाई सम्बन्धित गन्तव्यमा ल्याउन कठिन..

    निरन्तरको भारी वर्षासंगै कर्णाली तर्फका सबै हवाई उडान सेवा ठप्प, थुप्रै यात्रु अलपत्र

    मंगलवार, आषाढ १९, २०७५ साल
    खजुरा, बाँके, १९ असार : निरन्तर भारी वर्षाका कारण नेपालगञ्जबाट कर्णालीका पहाडी जिल्लाका लागि हुने हवाई उडान सेवा ठप्प भएको छ ।  आइतबार साँझदेखि शुरु भएको वर्षाले नेपालगञ्जबाट कर्णाली क्षेत्रअन्तर्गतका जिल्लामा हुने सबै हवाई उडान सोमबारदेखि बन्द रहेको नागरिक उड्डयन कार्यालय, नेपालगञ्जका सूचना अधिकारी कृष्ण गौतमले बताए ।  नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि..

    नारायणी नदीमा डल्फिनको बच्चा देखियो, घडियाल गोहीका २११ बच्चा कोरलिए

    बुधबार, आषाढ १३, २०७५ साल
    चितवन, १३ असार  नारायणी नदीमा डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको छ ।  चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार नारायणी नदीको त्रिवेणी नजिकै भेलौजी भन्ने स्थानमा डल्फिनको बच्चा देखिएको हो ।  यसअघि सो क्षेत्रमा माउ डल्फिन दुईवटा देखिँदै आएकामा हाल बच्चासमेत देखिएपछि डल्फिनले बच्चा जन्माएको अनुमान गरिएको उनले बताए ।  नारायणी नदी चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने गर्दछ । यो नदीमा डल्फिन..

    लाखौँ खर्चेर विदेशी शिकारीद्वारा ढोरपाटन आरक्षका १९ नाउर र १० झारल शिकार

    बुधबार, आषाढ १३, २०७५ साल
    बागलुङ, १३ असार  ढोरपाटन शिकार आरक्षमा चालू आवभित्र १९ नाउर र १० झारलको शिकार भएको छ । लाखौँ खर्चेर विदेशी शिकारी आरक्षका विभिन्न शिकार ‘ब्लक’मा पुगी शिकार खेलेका थिए । शिकारबाट रु ४६ लाख १६ हजार राजश्व उठेको आरक्ष कार्यालयले जनाएको छ । पहिलो शिकार याम असोज–मंसिरमा नौ नाउर र चार झारलको शिकार भएको आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।  उनका..

    चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय र्याफ्टिङमा भाग लिन जाने टोलीलाई बिदाई

    शुक्रबार, आषाढ ८, २०७५ साल
    काठमाडौँ, ८ असार  चीनको गुलिङमा हुने अन्तर्राष्ट्रिय र्याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीको बिदाइ गरिएको छ ।  चीन सरकारको आयोजनामा आगामी जुन २६ देखि जुलाई १ सम्म हुन लागेको अन्तर्राष्ट्रिय र्याफ्टिङ प्रतियोगितामा भाग लिन जाने टोलीलाई शुक्रबार नेपाल र्याफ्टिङङ एण्ड क्यानोइङ एशोसिएसनका अध्यक्ष मानबहादुुर न्यौपानेले बिदाइ गरे ।  उक्त प्रतियोगितामा नेपालबाट पर्यटन विभागका उपमहानिर्देशक पोषनाथ अधिकारी, नेपाल र्याफ्टिङ एशोसिएसनका अध्यक्ष निमबहादुर मगर, महासचिव..
    Results 303: You are at page 8 of 11
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 Next Last
    Weather Forecast