शनिबार, कार्तिक २, २०७६

    पर्यटक

    पर्यटकलाई डल्फिन चरन क्षेत्रमा घुमाउन बेलायती नागरिकको मोह, डल्फिन हेर्न टावर निर्माण

    आईतवार, भाद्र २४, २०७५ साल
    धनगढी, २४ भदौ  कैलालीको दक्षिण पूर्वी क्षेत्रमा पर्ने कान्द्रा, पथरैया, काँडा र मोहना नदीको दोभानमा जल सतह बढेका बेला सहजरुपमा डल्फिनको अवलोकन गर्न सकिन्छ ।  कैलालीका यी नदीको दोभाननै विश्वमै सबैभन्दा नजिकबाट सहजरुपले डल्फिनको अवलोकन गर्न सकिने ठाउँ रहेको संरक्षण प्रेमी बताउँछन् ।  अवलोकनको लागि डल्फिन संरक्षण केन्द्र भजनीले नदीको दोभान रहेको ठाउँ ढुङ्गाना टोलमा टावर निर्माण गरेको छ । नदीमा जल सतह..

    विश्वमै लोपोन्मुख हाब्रे जोगाउनका लागि यस सम्बन्धी पढाइ शुरु

    बिहिवार, भाद्र २१, २०७५ साल
    इलाम, २१ भदौ   विश्वमै लोपोन्मुख मानिएको हाब्रे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रेसम्बन्धी पढाइ शुरु भएको छ ।  हाब्रे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको हो । जिल्लाका विभिन्न स्थानमा हाब्रे पाइने गरेको तर उचित संरक्षण नहुँदा यसको लोप नै हुनेस्थितिमा पुगेको छ ।  उच्च पहाडी संस्थाको आयोजना र रेडपाण्डा नेटवर्क काठमाडौँको आर्थिक सहयोगमा जिल्लाका तीन विद्यालयमा..

    मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने दुरलेक डाँडा पर्यटकीय गन्तव्य बन्दै

    बुधबार, भाद्र २०, २०७५ साल
    बेनी, २० भदौ  मालिका गाउँपालिका–२ रुमको शीरमा रहेको दुरलेक डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ । मनोरम हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिने हुँदा त्यहाँ पुग्ने जो कसैको मन लोभिन्छ । समुद्री सतहदेखि तीन हजार छ मिटरभन्दा बढी उचाइमा रहेको दुरलेक डाँडो अथाह पर्यटकीय सम्भावना बोकेर पनि ओझेलमा परेको छ ।  दुरलेकले बागलुङको ताराखोला, रनसिङकिटेनी, पाण्डपखानी, बुङ्गादोभान र तमानको सीमा क्षेत्रलाई समेटेको छ ।..

    विदेशिका साथै आन्तरिक पर्यटक व्यापकरुपमा पाराग्लाइडिङप्रतिको आकर्षण बढ्दै

    मंगलवार, भाद्र १९, २०७५ साल
    पोखरा, १९ भदौ पाराग्लाइडिङ व्यावसायिक र मनोरञ्जनमा सीमित नरही खेलको माध्यमबाट राष्ट्रको मान सम्मान पनि बढाउने भएकाले यसप्रति युवा बढी आकर्षित हुने देखिएको छ । इण्डोनेशियामा हालै सम्पन्न १८ औंँ एशियन खेलमा पहिलोपटक खेलको रुपमा सूचीकृत भएको पाराग्लाइडिङको प्रतिस्पर्धामा नेपालले रजत पदक प्राप्त गरेपछि युवा बढी आकर्षित हुने देखिएको हो । अन्तर्राष्ट्रिय जगतमा पाराग्लाइडिङमार्फत नेपाल गौरव बढाउनमा पोखराकै पाराग्लाइडिङका पाँचजना खेलाडी विमल अधिकारी,..

    के तपाई पशुपति लगायत यी ६ स्थानमा जाँदै हुनुहुन्छ? यसरी चलाउनुस् फ्री वाइफाइ !

    आईतवार, भाद्र १७, २०७५ साल
    काठमाडौं, १७ भदौ मोबाइलमा डाटा छैन वा डाटाको स्पीडले तपाईंको काम हुने छाँट छैन? अब चिन्ता लिनुपर्दैन । अबदेखि तपाई यी क्षेत्रमा फ्री वाइफाइको सदुपयोग गर्न सक्नुहुन्छ । पशुपतिमा दर्शन गर्न चाहने दर्शालुहरूले अब पशुपति क्षेत्र परिसर लगायत क्षेत्रमा निःशुल्क  इन्टरनेट सेवा प्राप्त गर्ने भएका छन्। मान्छेहरूको भिडभाड बढी हुने पशुपति क्षेत्र लगायत काठमाडौंका ६ वटा पुरातात्विक तथा सार्वजनिक स्थलमा काठमाडौं..

    सिनो मात्र खाने गिद्ध प्रदूषण नियन्त्रणको सारथी, संरक्षणका चुनौती

    शुक्रबार, भाद्र १५, २०७५ साल
    काठमाडौँ, १५ भदौ  गिद्ध आफैले शिकार नगरी केवल मरेका प्राणीको सिनो मात्र खाने भएकाले वातावरणलाई प्रदूषण र दुर्गन्धरहित बनाउन यसको भूमिका महत्वपूर्ण छ ।  तथ्याङ्कअनुसार एउटा गिद्धले औसत एक वर्षमा कम्तीमा १२० किग्रा सिनो खाएर वातावरण सफा राख्न मद्दत गर्दछ । सिनोको कुशलतापूर्वक छोटो समयमै दोहन गर्ने गिद्धले भुस्याहा कुकुर, स्याल, मुसा र झिँगाको सङ्ख्यामा हुने वृद्धिलाई समेत न्यूनीकरण गर्ने विज्ञको भनाइ..

    भद्रपुरको ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षण गन्तव्य बन्दै

    शुक्रबार, भाद्र १५, २०७५ साल
    भद्रपुर, १५ भदौ  ह्याप्पील्याण्ड फनपार्क पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  कनकाई नगरपालिका–३ स्थित ह्याप्पील्याण्ड फनपार्क आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । सुरुङ्गा बजारदेखि एक किलोमिटर उत्तरतर्फ चार बिघा क्षेत्रफलमा बनेको सो फनपार्क गत वर्ष पुसदेखि सञ्चालनमा आएको हो । कनकाई–२ का दिनेश शिवाकोटी र मनोज शिवाकोटीले रु १२ करोडको लगानीमा फनपार्क निर्माण गरेका हुन् । यहाँ दैनिक ५०० देखि..

    प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथमा गुरुयोजना कार्यान्वयनमा ल्याइने

    बिहिवार, भाद्र १४, २०७५ साल
    मुस्ताङ, १४ भदौ   प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मुक्तिनाथको विकासका लागि तयार पारिएको गुरुयोजना कार्यान्वयन हुने भएको छ । बाह्गुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा ५३७ रोपनी क्षेत्रफलमा फैलिएको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको विकासका लागि उक्त गुरुयोजना तयार पारिएको थियो ।  यसअघि मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागले विसं ०७० मा तयार पारेको गुरुयोजना कार्यान्वयन हुन नसकेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नयाँ गुरुयोजना तयार..

    पर्यटकीय विकासका लागि पोखरामा होमस्टे समिति गठन, गाउँमा घरबास कार्यक्रम भइसकेको जानकारी

    बुधबार, भाद्र १३, २०७५ साल
    पोखरा, १३ भदौ   ग्रामीण क्षेत्रको पर्यटकीय विकासका लागि पोखरामा पर्यटन प्रवद्र्धन एवं होमस्टे (घरबास) समिति गठन गरिएको छ । पोखरा महानगरपालिका–२३ चापाकोटमा सो समिति गठन गरिएको हो ।  भीमप्रसाद पराजुलीको अध्यक्षतामा गठित १३ सदस्यीय समितिको उपाध्यक्षमा कविता देवकोटा, सचिवमा घनश्याम पराजुली, सहसचिवमा हेमराज पौडेल र कोषाध्यक्षमा चन्द्रकुमारी राना रहेका छन् । यस्तै विश्वराज पराजुलीको अध्यक्षतामा सात सदस्यीय चापाकोट देउराली होमस्टे समिति गठन..

    पर्यटनको धेरै सम्भावना भएको रोल्पामा अब रोल्पाली युवाहरु मौसमको प्रवाह नगरी प्रचारमा खटिए

    सोमबार, भाद्र ११, २०७५ साल
    रोल्पा, ११ भदौ  वर्षे झरी सकिएको छैन । वर्षात्को पानीले अधिकांश ग्रामीण सडक पहिरोले पुरिएका छन् । पैदलयात्रा निकै कष्टपूर्ण छ । रोल्पाली युवा भने पर्यटन विकास गर्ने भन्दै प्रतिकूल मौसमको प्रवाह नगरी यसको प्रचारमा खटिरहेका छन् ।  आर्थिक विकासको महत्वपूर्ण क्षेत्र पर्यटन मानिएको यस जिल्लामा माओवादीले सशस्त्र द्वन्द शुरुपछि चर्चित बनेको होलेरी घटना धेरैको मनमा ताजै छ । द्वन्दकालमा सबैभन्दा धेरै..

    मालिका गाउँपालिकाको ५ वर्षे पर्यटन गुरुयोजना तयार, यी ठाउँहरु सबै समेटीए !

    शुक्रबार, भाद्र ८, २०७५ साल
    म्याग्दी, ८ भदौ  स्थानीय मालिका गाउँपालिकाले पर्यटन विकासका लागि पाँच वर्षे गुरुयोजना तयार पारेको छ ।  उक्त गुरुयोजनामा मालिकाका पर्यटकीयस्थलमा आधारभूत पूर्वाधार निर्माणका लागि रु सात करोड पचास लाख लगानीको प्रस्ताव गरिएको छ । पर्यटकीयस्थलको अवस्था, सम्भावना, समस्या र आवश्यकता पहिचान गरी पूर्वाधार निर्माणका लागि सो गुरुयोजना निर्माण गरिएको हो ।  मालिकाको पर्यटक विकासका लागि पदमार्ग, होमस्टे र पर्यटक विश्रामस्थल र आवासस्थललगायतका पूर्वाधार..

    चितवनमा पर्यटकलाई लक्षित गर्दै सौराहाको प्रवेशद्वारमा दन्त अस्पताल स्थापना

    बिहिवार, भाद्र ७, २०७५ साल
    चितवन, ७ भदौ  अमेरिका र युरोपलगायतका विकसित देशमा दाँतको उपचार महँगो हुने गर्दछ ।  ती देशमा दाँतको उपचार गर्ने पैसाले नेपालमा उपचारसँगै आकर्षक पर्यटकीय गन्तव्य नै घुमेर फर्किन पुग्ने दन्त चिकित्सक बताउँछन् । यसैलाई लक्षित गर्दै पर्यटकीय नगरी सौराहाको प्रवेशद्वार रत्ननगरमा दन्त अस्पताल स्थापना गरिएको छ । स्थानीय निकाय, पर्यटन व्यवसायी, उद्योगी व्यवसायीको सहयोगमा साइराम डेण्टल केयर नामबाट अस्पताल सञ्चालनमा ल्याइएको हो..

    पर्यटनको विकासमार्फत उपभोक्ताको हितका लागि सामुदायिक वन आपसमा रचनात्मक क्रियाकलप हुने

    बुधबार, भाद्र ६, २०७५ साल
    पोखरा, ६ भदौ    सामुदायिक वनको क्षेत्रमा क्रियाशील सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल गण्डकी प्रदेशले यस क्षेत्रको विकासका लागि रचनात्मक क्रियाकलप अघि बढाउने भएको छ ।    सामुदायिक वन समूहमा सम्भाव्यता अध्ययन गरी त्यसका आधारमा उद्यम एवं पर्यापर्यटनको विकासमार्फत उपभोक्ताको हितका लागि सामुदायिक वन आपसमा जोडिने अभियान सञ्चालन गरिने भएको हो ।    गण्डकी प्रदेशका ११ जिल्लाअन्तर्गत एक महानगरपालिका, २६ नगरपालिका र ५९ गाउँपालिकासहित ८५ स्थानीय..

    विदेशी पर्यटकलाई भक्तपुरका बारेमा जानकारी दिन पथ प्रदर्शक तालीम संचालन !

    मंगलवार, भाद्र ५, २०७५ साल
    भक्तपुर, ५ भदौ  भक्तपुर आउने विदेशी पर्यटकलाई भक्तपुरकाबारेमा सजिलै जानकारी दिने उद्देश्यले भक्तपुर नगरपालिकाले पथ प्रदर्शक तालीम सञ्चालन गरेको छ ।  भक्तपुर नगरभित्रको सांस्कृतिक सम्पदा, जात्रापर्व, रहनसहन, रितिरिवाज, परम्परा, जनजीवन, पोशाक, परम्परागत खाना लगायतकाबारेमा पथप्रदर्शकमार्फत सहज जानकारी गराउन तालीम दिइएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए । देशका विभिन्न ठाउँबाट आएका ६७ जनाको तालीममा सहभागिता छ । नगर प्रमुख प्रजापतिले पर्यटन..

    धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै घोराहीको पाण्डवेश्वर महादेव धाम

    शनिबार, भाद्र २, २०७५ साल
    तुलसीपुर, २ भदौ  यहाँको पर्यटकीय एवं धार्मिक क्षेत्र पाण्डवेश्वर महादेव धाम धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । दाङको घोराहीको धारपानीमा रहेको धाममा विश्वकै अग्लो त्रिशूल राखेसँगै विभिन्न पूर्वाधार पनि निर्माण शुरु भएका छन् ।  पाण्डवेश्वरी महादेव मन्दिर धारापानीमा राखिएको ठूलो त्रिशूल हेर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । त्रिशूल सात हजार ७१८ किलोग्राम फलाम, २२६.३६० किलोग्राम तामा, १० किलोग्राम..

    जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि

    शुक्रबार, भाद्र १, २०७५ साल
    काठमाडौँ, १ भदौ  सन् २०१८ को जुलाईमा नेपाल आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।  जुलाईमा ७३ हजार २८५ बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको सोही महीनाको तुलनामा पर्यटक आगमन ७३.५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सो महिनामा ४२ हजार २४० जनाले नेपाल भ्रमण गरेका थिए ।  सन् २०१८ को सात महीनामा पाँच..

    नागपञ्चमीमा नागदहमा १ लाख पर्यटक, यसको विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त

    बिहिवार, श्रावन ३१, २०७५ साल
    ललितपुर, ३१ साउन  नागपञ्चमीमा एक लाख आन्तरिक पर्यटक नागदह पुगेका छन् ।  वर्षेनी झण्डै ३० हजार जनाको हाराहारीमा आगन्तुक आउने गरेकामा यस वर्ष महोत्सवको आयोजना गरिएकाले पर्यटकको संख्यामा वृद्धि भएको आयोजकले जनाएको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले नागदहको विकासका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गए । पर्यटन क्षेत्र र ट्राभल एजेन्सीका बीचमा सहकार्य बढाउनुपर्नेमा उनको जोड छ ।..

    ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने तयारी

    बुधबार, श्रावन ३०, २०७५ साल
    काठमाडौँ, ३० साउन  कीर्तिपुर नगरपालिकाले स्थानीय पर्यटन क्षेत्रको विकास गर्न चाँडै ‘कीर्तिपुर एकीकृत पर्यटन विकास परियोजना’ सञ्चालनमा ल्याउने भएको छ । नगरपालिकाको हालै सम्पन्न नगरसभाले त्यस क्षेत्रको पर्यटकीय एकीकृत गुरुयोजनाको तयारी तथा आधारभूत नीति निर्माणका लागि उक्त परियोजना शुरु गर्ने निर्णय गरेको हो ।  आगामी भदौभित्र चालू आवको प्रथम चौमासिकभित्र परियोजना कार्यान्वयनमा ल्याउने योजना छ । शहरी भेगमा नेवार जाति तथा समुदायको..

    विकास मन्त्री रावलले भने - ‘कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य’

    मंगलवार, श्रावन २९, २०७५ साल
    सुर्खेत, २९ साउन  कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णाली उत्कृष्ट पर्यटकीय गन्तव्य भएको बताएका छन् ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा सोमबार आयोजित ‘व्यावसायिक तथा प्राविधिक शिक्षा नीति निर्माणार्थ सुझाव संकलन’ कार्यक्रममा मन्त्री रावलले कर्णाली प्रदेश जलविद्युत्, जडीबुटी, कृषिका साथै पर्या–पर्यटनका लागि महत्वपूर्ण गन्तव्य भएको बताए । उनले प्राविधिक तथा व्यावसायिक शिक्षा नीति निर्माणमा जोड दिए । “शिक्षा क्षेत्र बेरोजगार..

    चीन पठाउन लागिएको थप एक जोडी गैंडालाई मंगलबार काठमाडौं पठाईदै

    सोमबार, श्रावन २८, २०७५ साल
    चितवन, २८ साउन चीनलाई पठाउन लागिएको थप एक जोडी गैंडा मंगलबार काठमाडौं पठाईने भएको छ । सौराहामा राखिएको जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई भोलि साँझ पाँच बजे चितवनबाट काठमाडौं पठाउने गरी तयारी पूरा भैसकेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए । जोडी गैंडा ‘सोल्टी’ र ‘मितिनी’लाई यही साउन ३१ गते चीन पठाउने कार्यक्रम तय भएको छ । गैँडाको उत्पत्तिको प्रमाणपत्र,..

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको संख्या दोब्बर बढ्यो

    आईतवार, श्रावन २७, २०७५ साल
    कञ्चनपुर, २७ साउन  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउनेको संख्या बढेको छ ।  आव २०७४-७५ मा चार हजार ७४० पर्यटकले निकुञ्जको अवलोकन गरेका छन् । आन्तरिक चार हजार २८१, सार्क मुुलुकका २६६ तथा अन्य देशका १९३ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । आव २०७३-७४ को तुलनामा २०७४-७५ मा पर्यटक दोब्बरले बढेका छन् ।  आव २०७३-७४ मा दुई हजार ६४० पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए..

    सांस्कृतिक महत्व बोकेको टोखालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जोड

    आईतवार, श्रावन २७, २०७५ साल
    काठमाडौँ, २७ साउन  ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वको टोखालाई प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास सरकारका वरिष्ठमन्त्री, संस्कृतिविद् र जनप्रतिनिधिले जोड दिएका छन् ।  टोखा संस्कृति सम्पदा संरक्षण मञ्चले आईतबार यहाँ आयोजना गरेको ‘संस्कृतिविद् एवं वाङ्मय शताब्दीपुरुषको अभिनन्दन तथा सांस्कृतिक संरक्षित क्षेत्र टोखाको कार्ययोजनापत्र सार्वजनिक कार्यक्रम’मा उपप्रधानमन्त्री ईश्वर पोखरेलले टोखाको विकासमा सबै एकजुट हुनुपर्ने बताए । “निर्वाचनको बेलामा राजनीतिक गरौँ, संस्कृति संरक्षण..

    भक्तपुर नगरपालिकाले पर्यटन शुल्कबाट आम्दानी लिदै, कुन मुलुकबाट कति शुल्क ?

    शनिबार, श्रावन २६, २०७५ साल
    भक्तपुर, २६ साउन  भक्तपुर नगरपालिकाले गत आर्थिक वर्ष २०७४-७५ मा पर्यटन शुल्कबाट रु २४ करोड १४ लाख ४१ हजार रु आम्दानी गरेको छ । गतवर्ष भक्तपुर अवलोकनका लागि आएका दुई लाख २७ हजार ६१४ विदेशी पर्यटकबाट नगरपालिकाले सो रकम आम्दानी गरेको हो ।  गतवर्ष चीनसहित दक्षिण एशियाली मुलुकका ९९ हजार ९८० र तेस्रो मुलुकका एक लाख २७ हजार ६३४ जना पर्यटकले भक्तपुर..

    ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ दोस्रो पाँचपोखरी हाफ म्याराथन भदौ १० मा

    शुक्रबार, श्रावन २५, २०७५ साल
    काठमाडौँ, २५ साउन  दोस्रो पाँचपोखरी हाफ म्याराथन अगामी भदौ १० गते हुने भएको छ ।  यहाँ शुक्रबार पत्रकार सम्मेलन गरी दोस्रो पाँचपोखरी हाफ म्यारथन आयोजक समितिले ‘पर्यटन प्रवद्र्धनका लागि खेलकूद’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोकको थाङपाल पाँचपोखरी गाउँपालिकाको धार्मिक ऐतिहासिकस्थल पाँच पोखरीदेखि रैथानेश्वरी मन्दिरसम्मको २४ किलोमिटर म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिइयो ।  प्रतियोगितामा सहभागी हुने खेलाडीले आगमी भदौ ५ गतेभित्र आफ्नो..

    पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा आदिवासी जनजातिका होमस्टे थपिँदै

    बिहिवार, श्रावन २४, २०७५ साल
    रत्ननगर, २४ साउन  पर्या–पर्यटनको विकासका लागि दक्षिण चितवनको माडीमा होमस्टे थपिने भएको छ ।  कृषि र पर्या–पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य रहेको माडीमा थप होमस्टे निर्माणको प्रक्रिया थालिएको नगरपालिकाका प्रमुख ठाकुर ढकालले जानकारी दिए ।  माडीका आदिवासी जनजाति समुदायका बस्तीमा ४० भन्दा बढी होमस्टे निर्माण गरिने छ । जुन बस्तीमा जुन जातिको बाहुल्यता छ, त्यही जातिका परिकारको स्वादमा स्थानीय रहनसहन र सांस्कृतिक प्रदर्शनीमा रम्न..

    मनोरम दृश्यावलोकन गर्न सौराहा ८० प्रतिशत बढी पर्यटकको रोजाइमा

    बुधबार, श्रावन २३, २०७५ साल
    रत्ननगर, २३ साउन   जंगल सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकमध्ये ८० प्रतिशत बढीले सौराहा प्रवेशद्वारको प्रयोग गर्ने गरेका छन् ।  निकुञ्ज जाने नौ प्रवेशद्वारमध्ये पूर्वी क्षेत्रका रूपमा परिचित सौराहा प्रवेशद्वार पर्यटकको रोजाइमा पर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले बताए । गएको एक वर्षमा निकुञ्ज घुम्ने कूल पर्यटकमध्ये ८३ दशमलव ३७ प्रतिशत पर्यटकले सौराहा नाका प्रयोग गरे ।..

    देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा ७ लाख पर्यटकले घुमे

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन   देशका राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा गत आर्थिक वर्षमा छ लाख ९९ हजार ५५२ पर्यटकले भ्रमण गरेका छन् ।  भ्रमण गर्नेमध्ये सार्कका ६९ हजार ९३५ सहित विदेशी तीन लाख २५ हजार ८५६ र स्वदेशी तीन लाख तीन हजार ७६१ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।  नेपालका ११८ पारिस्थितिकीय प्रणालीमध्ये हालसम्म ८० किसिमका संरक्षित क्षेत्रमा पर्दछ ।..

    ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतमा हाइक फर नेपाल

    मंगलवार, श्रावन २२, २०७५ साल
    काठमाडौँ, २२ साउन  ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ ।  ‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब चार घण्टा नेपालमय बनाएको थियो । करीब १२ किलोमिटरको पैदलयात्रालाई ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ नारा दिइएको थियो । वी विल राइज फाउण्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ । ।  बेलायतका..

    दैलेखमा पर्ने झण्डै २ सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय स्थापना

    सोमबार, श्रावन २१, २०७५ साल
    दैलेख, २१ साउन  दुल्लु नगरपालिकामा झण्डै दुई सय वर्ष पुरानो पौवाघरमा साँस्कृतिक सङ्ग्रहालय स्थापना गरिएको छ ।  नगरपालिका– ८ पादुकास्थित पौवा दरबारमा सङ्ग्रहालय निर्माण गरिएको हो । तत्कालीन समयमा उत्तर–दक्षिण करिडोरका रुपमा रहेको जुम्लादेखि दुल्लु हुँदै आवतजावत गर्ने बटुवालाई राति बास बस्न समस्या हुने भएपछि काजी जसपाऊ थापाले पौवा दरबार निर्माण गरेका थिए ।  दुल्लु राज्य अस्तित्वमा रहँदा जसपाऊ थापा काजीका रुपमा रहेका..

    चुरे पर्वतका मनोरम दृश्य सँगै पर्यटक आकर्षित गर्दै गाभर भ्याली

    आईतवार, श्रावन २०, २०७५ साल
    बाँके, २० साउन  नेपालगञ्ज–४ का गोविन्ददेव अधिकारीलाई महिनामा कम्तिमा एक पटक बाँकेको बैजनाथ–१ मा रहेको गाभर भ्याली पुग्नैपर्छ, कहिले साथीभाइसँग त कहिले परिवारसँग ।  उनले भने, “यहाँको मनोरम दृश्य, थारु संस्कृति, थारु परिकार साह्रै राम्रो लाग्छ । नेपालगञ्जका स्तरीय होटलभन्दा राम्रो परिकार सस्तोमा खान पाइन्छ । प्राकृतिक सौन्दर्यता मनमोहक छ ।” आफूलाई प्रकृतिप्रेमी भन्न रुचाउने अधिकारी ग्रामीण पर्यटनको प्रवद्र्धनका लागि सबैको साथ..
    Results 297: You are at page 7 of 10
    First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
    Weather Forecast