बुधबार, मंसिर ४, २०७६

    पर्यटक

    घरबासमा आन्तरिक पर्यटकको आकर्षण बढ्यो, पञ्चासेमा पुग्ने पर्यटकको बसाई चित्रेमा

    बिहिवार, कार्तिक १५, २०७५ साल
    कुश्मा, १५ कात्तिक  घरबासको अवधारणा आएसँगै ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।  पर्वत मोदीस्थित चित्रेको घरबासमा पर्यटकको ओइरो लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासेमा आउने पर्यटकका कारण चित्रेका घरबास भरिभराउ भएका हुन् । पञ्चासेमा पुग्ने पर्यटकको बसाई चित्रेमा हुने गरेको छ ।  गाउँको आतिथ्यता, प्राङ्गारिक खानेकुरा र मनोरम स्थान रहेका कारण चित्रेमा पर्यटक बस्न मन पराउँछन् ।..

    मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो

    बुधबार, कार्तिक १४, २०७५ साल
    चितवन, १४ कात्तिक  मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ ।  चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् ।  सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार शुरुका वर्षमा भारतीय न्यून..

    मुस्ताङका सबै होटल भरिएपछि पर्यटक छिमेकी जिल्ला बागलुङमा

    सोमबार, कार्तिक १२, २०७५ साल
    बागलुङ, १२ कात्तिक  पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् ।  दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत..

    दशैँ-तिहारको बिदाका कारण रारामा आन्तरिक पर्यटकको चाप बढ्दो !

    बुधबार, कार्तिक ७, २०७५ साल
    जुम्ला, ७ कात्तिक कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा खान बस्नका लागि असुविधा हुने गरेको छ । देशका विभिन्न स्थानबाट दैनिक ३०० मोटरसाइकल, १५० जीप तथा १० बस..

    पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ का ‘होमस्टे’ पर्यटकको पर्खाइमा

    सोमबार, असोज २९, २०७५ साल
    भद्रपुर, २९ असोज पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ । ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने सम्भावना छ । काँकडभिट्टाबाट १५ किलोमिटर उत्तरमा अवस्थित बेँसीबजार झापाको मेचीनगरको वडा नं ३ र इलामको रोङ–५ मा पर्छ । ग्रीनभिलेज होमस्टेमा आबद्ध यहाँका नौ वटा घरले..

    बन्दीपुरमा पर्यटक आगमन बढ्दै, विभिन्न हिमशृङ्खला अवलोकन गर्न सकिने

    बिहिवार, असोज २५, २०७५ साल
    दमौली, २५ असोज  तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकीय आगमन बढ्दै गएको छ । चिसो बढेसँगै बन्दीपुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको हो ।  बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङका अनुसार असोज दोस्रो हप्तादेखि पर्यटकीय चहलपहल बढेको हो । अहिले बन्दीपुरमा दैनिक २०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । “दशैँ, तिहार नजिकिँदै छ, यो समयमा..

    कैलालीको घोडाघोडी तालमा लोपोन्मुख प्रजातिको कछुवा छाडियो

    बुधबार, असोज २४, २०७५ साल
    घोडाघोडी, २४ असोज  विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी तालमा बुधबार लोपोन्मुख प्रजातिको कछुवा छाडिएको छ ।  बर्दियाको कोठीयाघाटबाट ल्याइएको करीब २ किलो तौल भएको ‘सप्ट सेल सर्कल’ जातको कछुवा छाडिएको हो । कोठियाघाट नजीक स्थानीयवासीले माछा मार्ने क्रममा अत्यन्तै लोपोन्मुख प्रजातिको कछुवा समातेको देखेपछि संरक्षणका लागि आफूले लिएर आएको घोडाघोडी नगरपालिकाका प्रमुख चौधरीले बताए । प्रमुख चौधरी लामो समयदेखि प्रकृति संरक्षणमा..

    सदरमुकाम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आयोजना हुने

    आईतवार, असोज २१, २०७५ साल
    कञ्चनपुर, २१ असोज   कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा प्रथम बेलौरी पर्यटन महोत्सव तथा कृषि औद्योगिक व्यापार मेलाको आयोजना हुने भएको छ ।  ‘कृषि पर्यटन उद्योग र व्यापार समृद्धि बेलौरीको आधार’ भन्ने नारासहित बेलौरी उद्योग वाणिज्य सङ्घले मेलाको आयोजना गर्न लागेको हो । कात्तिक ८ देखि १८ गतेसम्म आयोजना हुने मेलामा स्थानीय उत्पादन, हस्तकलाका वस्तु, लघुउद्यम, जडिबुटी, कृषि उत्पादन, वैकल्पिक ऊर्जा, गार्मेन्ट, सूचना प्रविधि,..

    कालीगण्डकीमा पानीको सतह घटेसँगै जलयात्रा शुरु, विदेशी पर्यटक सम्पर्कमा आउन थाले

    शनिबार, असोज २०, २०७५ साल
    कुश्मा, २० असोज  वर्षायाम लागेपछि नदीको उच्च बहावका कारण रोकिएको कालीगण्डकी नदीमा अहिले पानीको सतह घटेसँगै जलयात्रा गर्ने क्रम शुरु भएको छ । केही दिनयता पर्वतको कुश्मा नगरपालिका–१ नयाँ पुलदेखि मिर्मीसम्मको जलयात्रा शुरु भएको हो ।  पानीको सतह घटेपछि विदेशी पर्यटक कालीगण्डकी नदीमा जलयात्राका लागि सम्पर्कमा आउन थालेको कालीगण्डकी रिभरबिच क्याम्पका सञ्चालक होम पुनले बताए । आफ्नो कम्पनीबाट ५४ जना विदेशी पर्यटकलाई..

    लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साएर पर्यटक लोभ्याउँदै भकुण्डे

    शुक्रबार, असोज १९, २०७५ साल
    बागलुङ, १९ असोज  मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ ।  बागलुङ बजारदेखि १० किमी कच्ची सडकको यात्रापछि भकुण्डे पुगिन्छ । पैदल जाँदा जम्मा दुई घण्टा ।बजारको कोलाहल र प्रदूषण पन्छाएर केहीबेरमै प्रकृतिको काखमा पुग्न सकिन्छ । भकुण्डेको पर्यटन हिमालसँग जोडिएको छ । जहाँबाट २२ भन्दा बढी चुचुरा अवलोकन गर्न..

    हिमाल नाघेर नेपाल भित्रिन थाले चरा, पक्षीविद्ले भने - धेरै चरा आइसके, केही आउँदै छन्

    शुक्रबार, असोज १९, २०७५ साल
    काठमाडौँ, १९ असोज  जाडो छल्न हिमाल छिचोलेर विभिन्न प्रजातिका चरा नेपाल भित्रिन थालेका छन् । हिउँदे आगन्तुक चरा जाडो छल्न बसाइ सरेर आउने क्रम शुरु भएको हो ।  उत्तरी गोलाद्र्धमा चिसोले हिउँ जम्ने हुँदा जाडो छल्न चरा नेपाल भित्रिन थालेको जुलोजिकल सोसाइटी अफ लण्डन नेपाल कार्यालयका राष्ट्रिय प्रतिनिधि डा हेमसागर बरालले जानकारी दिए । यसरी आउने कतिपय चरा सगरमाथा नाघेर आउँछन् ।..

    आर्थिक वर्षदेखि पूर्वाधार निर्माण गर्ने गरी पर्यटन गुरुयोजना तयार

    बिहिवार, असोज १८, २०७५ साल
    पर्वत, १८ असोज  जलजला गाउँपालिकाले पर्यटकीय गन्तव्यको पहिचान गरी गुरुयोजना तयार गरेको छ । गाउँपालिकाभित्र रहेका पर्यटकीयस्थलको प्रवद्र्धन गर्न चालू आर्थिक वर्षदेखि पूर्वाधार निर्माण गर्न योजना तयार पारिएको हो ।  पहिलो चरणमा बेनीदेखि हम्पाल लेकसम्मको पर्यटकीय पदमार्गको पहिचान गरिएको छ भने पदमार्गभित्र पर्ने पर्यटकीय तथा धार्मिक महत्वका स्थानलाई गाउँपालिकाको मुख्य ‘सर्किट रुट’ समेट्ने गरी काम शुरु गरिएको पूर्वाधार समितिका संयोजक देवेन्द्रबहादुर भण्डारीले..

    इतिहास खोतल्दा ! यस्तो छ उहिलेको पोखरा, कसरी भयो बस्ती विकास

    बुधबार, असोज १७, २०७५ साल
    पोखरा, १७ असोज  इतिहास खोतल्दा विक्रम संवत्को १५ औँं शताब्दीतिर कास्कीकोटका राजा कुलमण्डन शाहले पोखरा उपत्यकाका ठाउँठाउँमा गाई पालेका थिए ।  गाई पाले पनि औलोको डरका कारण गोठाला बेँसीमा बस्दैनथे । गाई चरनका लागि ठूला चौर, खुला पाटन बनाइयो । विस्तारै गर्मीबाट बच्ने गरी तालका किनारमा बस्ती बस्न थाल्यो । यसबाट १६ औँं शताब्दीयता पोखरामा बस्ती विकासको शुरुवात भएको सहजै अनुमान गर्न..

    पूर्वी इलामको पाथीभरामा पर्यटकले रात बिताउन सक्ने सदन निर्माण

    मंगलवार, असोज १६, २०७५ साल
    पशुपतिनगर, १६ असोज  पूर्वी इलामको पर्यटकीय तथा धार्मिकस्थल पाथीभरा क्षेत्रमा रु एक करोड ५० लाख लगानीमा अतिथि सदन निर्माण भएको छ ।  भक्तजनले चढाएको भेटी र चन्दाबाट रोङ गाउँपालिका–३ को पाथीभरा संरक्षण संस्थाले पर्यटकले रात बिताउन सक्ने अतिथि सदन बनाएको हो । विसं. २०६९ सालबाट निर्माण शुरु भएको अतिथि सदन पाथीभरा मन्दिर क्षेत्रमा आउने पर्यटक तथा भक्तजनलाई सरल र सस्तो शुल्कमा खान..

    निकुञ्ज प्रवेशमा नयाँ मार्ग, चेपाङ क्षेत्र हुँदै पर्यटक अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश

    सोमबार, असोज १५, २०७५ साल
    नेपालगञ्ज, १५ असोज  बर्दियाको बाँसगढी नगरपालिका—१ चेपाङ क्षेत्रबाट पर्यटकले अब बर्दिया राष्ट्रिय निकुञ्ज प्रवेश गर्न पाउने भएका छन् । कोहलपुर–सुर्खेत सडकखण्डमा पर्ने बबईको चेपाङ क्षेत्रबाट पर्यटकलाई निकुञ्ज प्रवेशका लागि मार्ग खुल्ला गरिएको छ ।  निकुञ्ज प्रवेशका लागि नयाँ मार्ग खुल्ला गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा गरिएको बर्दिया बासगढी नगरपालिका प्रमुख शालिकराम अधिकारीले बताए । यसअघि बर्दियाको ठाकुरद्वारबाट मात्र..

    आहा कति राम्रो इलाम ! चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै

    शनिबार, असोज १३, २०७५ साल
    पशुपतिनगर, १३ असोज  चियाखेतीका लागि प्रसिद्ध मानिएको इलाममा चिया पर्यटन फस्टाउँदै गएको छ । थुम्का–थुम्कामा रोपिएको चियामा रमाउन आउने पर्यटकको सङ्ख्या बढेसँगै चिया पर्यटन फस्टाउँदै गएको हो ।  चियाको हरियालीमा रमाउन यहाँ आउने पर्यटकको सङ्ख्या बढेसँगै जिल्लाका ग्रामीण क्षेत्रमा होमस्टे (घरबास) र होटल खुल्नेक्रम बढेको छ । नेपालमा पहिलो पटक चिया रोपण र उत्पादन गरिएको सदरमुकामस्थित इलाम चिया बगान, कन्याम, अन्तु, पानीटार,..

    शिकारका लागि खुला ढोरपाटन आरक्ष, १० जना शिकारी पठाउने तयारी

    शुक्रबार, असोज १२, २०७५ साल
    बलेवा, १२ असोज  विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो यामको शिकार गर्न खुला भएको हो ।  पहिलो समय (असोज–मङ्सिर)का लागि १० नाउर र छ झारलको शिकार हुनेछ । सिकारका लागि शिकार कम्पनीले एउटा नाउरको बढीमा रु १२ लाख पाँच हजार र एउटा झारलको..

    नदीमा पानीको बहाब घटेसँगै कालीगण्डकीमा जलत्राया शुरु, पर्यटक आउने क्रममा वृद्धि

    बिहिवार, असोज ११, २०७५ साल
    पर्वत, १० असोज  नदीमा पानीको बहाब घटेसँगै कालीगण्डकीमा जलयात्रा शुरु भएको छ । गत जेठ अन्तिम सातादेखि र्याफ्टिङ बन्द गरिएकामा पर्यटक आउने क्रम शुरु भएकाले बुधबारदेखि शुरु गरिएको हो ।  सेप्टेम्बरको मध्यदेखि अक्टोबरको अन्त्यसम्म जलयात्रा सञ्चालन गर्दै आएकामा यसपटक एक साता ढिलो गरी शुरु भएको हो । वर्षाको समाप्तिसँगै असोजको पहिलो सातादेखि जलयात्राका लागि पर्यटक आउने क्रम बढेको छ ।  उक्त नदीमा जलयात्रा..

    चितवन राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि अध्ययन गर्न थालियो

    बुधबार, असोज १०, २०७५ साल
    रत्ननगर, १० असोज  चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिने भएको छ ।  राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले निकुञ्जको बहन गर्नसक्ने क्षमता(क्यारिङ क्यापासिटी) कति छ भनेर अध्ययन गर्न लागिएको जानकारी दिए ।  उनका अनुसार विभागका इकोलोजिष्ट लक्ष्मण पौडेलको संयोजकत्वमा टोली बनाइएको छ । जसमा विदेशी विशेषज्ञको समेत..

    विश्व पर्यटन दिवस : होटलमा २० प्रतिशत छुट, नेपाली रैथाने खानामा प्राथमिकता

    मंगलवार, असोज ९, २०७५ साल
    काठमाडौँ, ९ असोज  विश्व पर्यटन दिवसको अवसरमा होटल एशोसिएसन अफ नेपाल (हान) ले आफ्ना सदस्य होटलमा २० प्रतिशत छुट दिने भएको छ ।  दिवसको सन्दर्भमा विदेशी पाहुनको बसाइ सुखद् बनाउन तथा आतिथ्य सत्कार प्रदान गरी नेपालको प्रवद्र्धन गर्ने उद्देश्यले छुटको व्यवस्था गरिएको हानका महासचिव विनायक शाहले जानकारी दिए ।  उनका अनुसार २० प्रतिशत छुट होटलको खाना र विशेषगरी नेपाली रैथाने खानामा हुनेछ ।..

    बाघ गणना : थपिए ३७ बाघ, मन्त्री बस्नेत भन्छन् - जैविक विविधता संरक्षण अनिवार्य

    आईतवार, असोज ७, २०७५ साल
    काठमाडौँ, ७ असोज  वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ ।  राष्ट्रिय संरक्षण दिवसका अवसरमा आईतबार यहाँ आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो । बाघ गणनाको नतिजा सम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउँदै राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बाघको सङ्ख्या २३५ देखिएको बताए ।  सन् २०१३..

    तनहुँको ३ सय वर्ष पुरानो पोखरी संरक्षणमा जुटे स्थानीय

    आईतवार, असोज ७, २०७५ साल
    दमौली, ७ असोज  तनहुँको व्यास नगरपालिका–१४ रुम्सीका स्थानीयवासीले करीब तीन सय वर्ष पुरानो पानी पोखरीको संरक्षण थालेका छन् । वन्यजन्तु र चरिचरण गर्ने घरपालुवा चौपायालाई पानीको अभाव हुन थालेको र परापूर्वकालमा निर्माण गरिएको पोखरी संरक्षणको अभावमा जीर्ण हुँदै गएपछि पुराना पोखरीको संरक्षण अभियान शुरु गरिएको हो ।  पुराना पोखरी संरक्षणको लागि रुम्सीवासीलाई हरियो वन कार्यक्रमअन्तर्गत गैरसरकारी संस्था समन्वय समिति तनहुँले केही आर्थिक..

    पर्यटकलाई लक्षित गरी पूर्वाधार विकाससहित यतिखेर पर्यटन व्यवसायी अतिथिको पर्खाइमा

    शुक्रबार, असोज ५, २०७५ साल
    पोखरा, ५ असोज   चाँदीजस्तै टलक्क टल्केको हिमालको काखमा अवस्थित पोखराको सुन्दर दृश्यले यहाँ आउने स्वदेशी एवं विदेशी पर्यटकलाई लोभ्याउँछ ।  विशेषत : अक्टोबरको पहिलो हप्तादेखि डिसेम्बरको अन्त्यसम्म यहाँका मनोरम दृश्य हेर्न पर्यटक पोखरा आउने गर्छन् । पर्यटनको मुख्य याम मानिने यस समयको आगमनलाई लक्षित गरी पूर्वाधार विकाससहित यतिखेर पर्यटन व्यवसायी अतिथिको पर्खाइमा छन् । विनाशकारी भूकम्प र नाकाबन्दीलगायतका कारणबाट विसं २०७२ पछिका..

    नेपालको पर्यटन क्षेत्रको विकासका लागि चीनका विभिन्न शहरमा हवाई सेवा विस्तार गर्न माग

    बिहिवार, असोज ४, २०७५ साल
    काठमाडौँ, ४ असोज  नेपालको पर्यटन क्षेत्रको विकासका लागि छिमेकी मुलुक चीनका विभिन्न क्षेत्रमा हवाई सेवा विस्तार गर्नुपर्ने माग गरेको छ ।  नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा)का अध्यक्ष सिएन पाण्डे नेतृत्वको प्रतिनिधिमण्डलले बिहिबार नेपाल वायुसेवा निगमका नवनियुक्त अध्यक्ष मदन खरेललाई भेटेर सो माग गरे हुन् ।  नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न विदेशी विमान सेवासँग साझेदारीका लागि पहल गर्नुपर्ने..

    पर्यटकहरु गाउँले जनजीवन, घुमफिर र संस्कृति स्थलमा घुम्दै भकुण्डेको घरबासमा

    बिहिवार, असोज ४, २०७५ साल
    बागलुङ, ४ असोज  गाउँले जनजीवन, सत्कार, खानपान, घुमफिर र संस्कृतिको आनन्द बटुल्ने स्थलका रुपमा भकुण्डेको घरबास (होमस्टे) चिनिन थालेको छ ।  सो घरबास सञ्चालनमा आएपछि ग्रामीण पर्यटनको विकास र प्रवद्र्धनमा टेवा पुगेको छ । ओझेलमा परेका पर्यटकीय गन्तव्यको उजागर भएको छ । घरबास आन्तरिक तथा बाह्य पर्यटक तान्ने मुख्य आकर्षण बनेको छ ।  पछिल्लो समय दैनिक १०० भन्दा बढी पर्यटक सो घरबासमा पुग्ने..

    गौरीशङ्कर हिमालका साथै तामाकोशी नदीको दृश्यावलोकन गर्न चम्पुजा डाँडामा पर्यटक

    बुधबार, असोज ३, २०७५ साल
    दोलखा, ३ असोज  भीमेश्वर नगरपालिका–४ दुंगलस्थित चम्पुजा डाँडा पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  पछिल्लो समय चम्पुजा डाँडामा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । यहाँबाट गौरीशङ्कर हिमालका साथै तामाकोशी नदीको दृश्यावलोकन गर्न सकिन्छ । जिरी, हनुमन्ते डाँडा, मैनापोखरी, मार्वु र जुगु क्षेत्रको अवलोकन गर्नसमेत यहाँ पर्यटक आउने गरेका छन् । नेवार बस्तीभन्दा माथि रहेको मञ्जुश्रीको मन्दिर, कालीञ्चोक भगवती, हिउँले..

    पाटा ट्राभल मार्टमा नेपाल सहभागी, स्वदेश तथा विदेशमा प्रचारात्मक गतिविधिलाई तीव्रता

    मंगलवार, असोज २, २०७५ साल
    काठमाडौँ, २ असोज  सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ ।  बोर्डले नेपाल भ्रमण वर्षलाई प्रभावकारी प्रचार गर्ने लक्ष्यका साथ ‘पाटा ट्राभल मार्ट २०१८’ मा बायर्स लाउन्जको प्रायोजन गरेको थियो । उक्त लाउन्जमा करीब २०० भन्दा बढी अन्तर्राष्ट्रिय पर्यटन प्रर्वद्धनमा क्रियाशील व्यवसायीले व्यापारिक छलफल..

    बागलुङको भकुण्डेमा स्थित बराहताल पर्यटकीय गन्तव्य बन्दै

    सोमबार, असोज १, २०७५ साल
    बागलुङ, १ असोज  बागलुङ नगरपालिका–१० भकुण्डेस्थित बराहताल पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बराहतालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थानीयवासी सोमबहादुर थापामगरका अनुसार यहाँ बैकुण्ठ पूर्णिमामा ठूलो मेला लाग्छ । बराहतालमा असोज र जेठको पूर्णिमामा भेँडाको बलि दिएर पूजा गर्ने परम्परा छ ।  “भाकल गर्नेले अरु बेला पनि बलि दिएर..

    पर्यटन प्रवद्र्धन गर्न च्याब्रुङ घर, लिम्बू जातिको सङ्ग्रहालयकै रुपमा विकास गर्ने योजना

    आईतवार, भाद्र ३१, २०७५ साल
    तेह्रथुम, ३१ भदौ छथर गाउँपालिकामा पर्यटन प्रवद्र्धनका लागि केपाङ अर्थात् च्याब्रुङ घर निर्माण गर्न थालिएको छ ।  गाउँपालिकाले पूर्वी नेपालमा बसोवास गर्दै आएका लिम्बू समुदायको ऐतिहासिकतासँग जोडिएकोे च्याब्रुङ घर निर्माण गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको हो । गाउँपालिकाको केन्द्र शुक्रबारे बजारमा लिम्बू जातिको सङ्ग्रहालयकै रुपमा विकास गर्ने गरी च्याब्रुङ घर निर्माण थालेको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए । गाउँपालिकाले अघिल्लो आवमा..

    धार्मिक र पर्यटकीयस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको गुरुयोजना खाका तयार

    आईतवार, भाद्र ३१, २०७५ साल
    गाईघाट, ३१ भदौ  उदयपुर जिल्लाको मध्य पहाडी क्षेत्रको रौतामाई गाउँपालिकाको धार्मिक तीर्थस्थल रौता पोखरीलगायतका अन्य क्षेत्रको धार्मिक र पर्यटकीयस्थलका रुपमा विज्ञ र इञ्जिनियरको अध्ययनबाट दिर्घकालीन विकास गर्न रु १५ करोडको योजना प्रस्तुत भएको छ ।  सो गुरुयोजना सञ्चालनका लागि शनिबार रौतामाई गाउँपालिकाको मुर्कुची बजारमा एक कार्यक्रमबीच योजनाको खाका विज्ञसहितका टोली र गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले प्रस्तुत गरे । रौतामाईको धार्मिक तीर्थस्थल रौतापोखरीमा..
    Results 302: You are at page 6 of 11
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 Next Last
    Weather Forecast