मंगलवार, कार्तिक ५, २०७६

    पर्यटक

    पोखराको पर्यटकीय नगरी काहुँ धरहरा अहिले आन्तरिक र बाह्य पर्यटकको रोजाइमा

    शुक्रबार, मंसिर २१, २०७५ साल
    चिप्लेढुङ्गा, २१ मङ्सिर  प्रकृतिको अनुपम बरदानको रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ । प्रचारप्रसारको अभावले गुमनाम जस्तै बनेकामा पछिल्लो समय आयोजना हुने मेला महोत्सव र सडकको विस्तारले यो डाँडामा पर्यटकको आकर्षण बढ्न थालेको हो ।  पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिका भित्रका ३३ वटै वडासहित माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खंला..

    परिकल्पना गर्न मात्रै सकिने कुश्माका यी ६ रोमाञ्चक पुल ! जसले पर्यटकीय क्षेत्र नै अग्लिएको छ

    बिहिवार, मंसिर २०, २०७५ साल
    कुश्मा, २० मंसिर ।  पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ । दुई पवित्र नदी मोदी र कालीगण्डकीले खियाएका कारण बनेका गल्छिनाबाट ओर्ली–उक्ली गरेर कुश्मा पुग्न झण्डै डेढ घण्टा लाग्छ । टाढाबाट हेर्दा कुश्मा, ज्ञादी, बलेवा र फलेवास एउटै समथर उपत्यकाको रुपमा देख्न सकिन्छ । झट्ट..

    ताराखोलाको अग्लो पहाडबाट छङ्छङ् झरेको झरनामा लोभिए पर्यटक

    बुधबार, मंसिर १९, २०७५ साल
    बागलुङ, १९ मङ्सिर  वरिपरि हरियाली । छेवैँमा छ दरमखोला । सँगसँगै रहेको छ अग्लो पहाडबाट छङ्छङ् झरेको झरना । जिल्लाको ताराखोला गाउँपालिका–१ मा रहेको गाईघाटको झरनास्थल पुग्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव बिर्सन्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् ।  केही वर्ष अघिसम्म चर्चामा नआएको गाईघाट झरनाले अहिले मुहार फेरेको छ । गाउँलेले..

    चुरे पहाडको फेदमा रहेको जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै, दैनिक २०० देखि ३०० जनाको घुमघाम

    मंगलवार, मंसिर १८, २०७५ साल
    दाङ, १८ मङ्सिर  चुरे पहाडको फेदमा रहेको दाङको लमही नगरपालिका– ५ स्थित जखेरा ताल पर्यटकीय गन्तव्य बन्दै गएको छ ।  पूर्व–पश्चिम सिमानामा वन तथा जङ्गल, दक्षिणतर्फ चिक्की परेको मुसुण्डी गाउँ, उत्तरतर्फ चुरे पहाड र सो पहाडको फेदमा जखेरा तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको छ । अहिले ताल अवलोकन, घुमघाम गर्ने र त्यस क्षेत्रमा वनभोज खानका लागि दैनिक २०० देखि ३०० को..

    पर्यटकीय गन्तव्य पटिहानी क्षेत्रमा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी होटल खुल्दै

    सोमबार, मंसिर १७, २०७५ साल
    चितवन, १७ मङ्सिर  अन्तर्राष्ट्रियस्तरका कार्यक्रम गर्न मिल्ने गरी जिल्लाको पर्यटकीय गन्तव्य पटिहानीमा ठूला होटल बन्ने क्रमले तीव्रता पाएको छ । चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै रहेको पटिहानी सरकारले घोषणा गरेका एक सय गन्तव्यमध्येको एक हो ।  पटिहानीमा ‘रिभरसाइट रोयल गार्डेन रिसोट’ (आरआरजीआर) मा सार्क सम्मेलन गर्न मिल्ने गरी सुविधासम्पन्न सात भिल्ला सहितको होटल निर्माणाधीन छ । होटलका अध्यक्ष कल्याण जोशीका..

    हिमाली तथा पहाडी दृश्यका साथै ३ जिल्ला देख्न सकिने डहरे देउरालीले पर्यटकलाई लोभ्याउँदै

    आईतवार, मंसिर १६, २०७५ साल
    पोखरा, १६ मङ्सिर  समुद्री सतहबाट दुई हजार २५४ मिटरको उचाइमा रहेको डहरे देउरालीबाट हिमाली तथा पहाडी दृश्यका साथै स्याङजा, पर्वत र कास्कीका विभिन्न स्थान सजिलै देख्न सकिन्छ । स्याङजा र पर्वतको सिमानामा पर्ने यस ठाउँमा पुग्न गुराँसै गुराँसले ढकमक्क ढाकिएको जङ्गल पार गर्दै उकालो लाग्दा यहाँका मनोरम दृश्यका कारण जो कोहीले पनि थकाइलाई बिर्सन्छन् ।  अन्नपूर्ण, माछापुच्छ्रे धवलागिरिलगायत हिमशृङ्खलासहित बाग्लुङबजार, पर्वतको सदरमुकाम..

    खुलेको मौसम संगै चारैतिर दन्तलहरझैँ हिमाल टलक्क, पर्यटक जब पुग्छन् आफैँलाई भाग्यमानी ठान्छन्

    शुक्रबार, मंसिर १४, २०७५ साल
    मनाङ, १४ मङ्सिर   मौसम खुलेको हिउँदका दिन चारैतिर दन्तलहरझैँ हिमाल टलक्क देखिन्छन् । सूर्योदयको समयमा सेता टाकुरामा देखिने बिहानी उषा किरण ।     संसारकै अग्लो पाँच हजार ४१६ मिटर उचाइको हिमाली भञ्ज्याङ थोराङ्ला चढ्न थोराङ फेदी उक्लँदै गर्दा पर्यटकले चारैतिर हिमाल देख्छन् । उनीहरूलाई संसारकै सुन्दर ठाउँमा पुगेको आभास हुन्छ । “पाँचदेखि छ घण्टाको उकालो चढेपछि थोराङ्ला पुग्नेबित्तिकै एकअर्कामा अङ्कमाल गर्छन् । खुशीले रुन्छन्..

    मनकामना मन्दिर भक्तजनका लागि खुला, मूल मन्दिरमा पूजा गर्दा अवरोध नहुने

    बिहिवार, मंसिर १३, २०७५ साल
    गोरखा, १३ मङ्सिर  गोरखास्थित मनकामना मन्दिरमा पूजाआजा गर्न भक्तजनका लागि खुला गरिएको छ ।  विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको मन्दिरको पुनःनिर्माण सम्पन भएपछि बुधबारदेखि भक्तजनका लागि पूजा गर्न खुला गरिएको हो ।  बुधबार बिहान ६ बजे क्षमापूजा गरी मूल मन्दिरबाट पूजा शुरु गरिएको मन्दिरका मूलपुजारी इन्सान थापाले जानकारी दिए । “मूल मन्दिर पुरानै संरचनामा निर्माण भएपछि तिथिअनुसार आजदेखि..

    जुनी फेरेको रानीतलाउ, आकर्षक पर्यटकीय क्षेत्र बन्न सफल

    बुधबार, मंसिर १२, २०७५ साल
    बाँके, १२ मङ्सिर  लामो समयदेखिको बेवास्ताका कारण टन्न घाँस उम्रिएर सुख्खा बनेको रानीतलाउले जुनी फेरेको छ ।  नगर प्रमुख डा धवलशमसेर राणा निर्वाचित भएलगत्तै जीर्णोद्धार गर्ने निर्णय अहिले कार्यान्वयनमा आएपछि नेपालगन्ज उपमहानगरपालिका भित्रको उक्त तलाउ आकर्षक पर्यटकीय क्षेत्र पनि बन्न पुगेको छ ।  नेपालगञ्जसित रानीतलाउको इतिहास गाँसिएकाले यसको छुट्टै महत्व छ । चार दशक अघिसम्म उक्त तलाउको स्वरुप नै अर्को थियो । चारैतिर..

    लोपोन्मुख सारसलाई बुद्ध जन्मस्थल लुम्बिनीको नगरपन्छीमा घोषित

    मंगलवार, मंसिर ११, २०७५ साल
    रुपन्देही, ११ मङ्सिर  लोपोन्मुख सारसलाई बुद्ध जन्मस्थल लुम्बिनीको नगरपन्छी घोषणा गरिएको छ ।  लुम्बिनीमा शुरु भएको पन्छी महोत्सवका अवसरमा गौतम बुद्धको जीवनसँग जोडिएको सारसलाई नगरपन्छी घोषणा गरिएको हो । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलो पटक आयोजना गरेको महोत्सवमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले सारसलाई नगरपन्छी घोषणा गरेका हुन् ।  कार्यक्रममा सारस संरक्षणका लागि कार्यरत संस्था क्रेन फाउण्डेशन..

    पाहुना चराको स्वागतमा लुम्बिनीमा पक्षी महोत्सव शुरु, सारसलाई नगर पक्षी घोषणा गर्ने कार्यक्रम

    सोमबार, मंसिर १०, २०७५ साल
    रुपन्देही, १० मङ्सिर  बुद्ध जन्मस्थलमा आउने पाहुना चराहरूको स्वागत गर्ने उद्देश्यले लुम्बिनीमा सोमबार पक्षी महोत्सव शुरु भएको छ । ‘शान्तिका लागि सारस संरक्षण’ भन्ने नारासहित लुम्बिनी विकास कोषले पहिलोपटक महोत्सव आयोजना गरेको हो । महोत्सवमा लोपोन्मुख सारसलाई नगर पक्षी घोषणा गर्ने कार्यक्रम छ ।  चराहरूको संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवअन्तर्गत चित्रकला प्रतियोगिता, फोटो प्रदर्शनी, पक्षी अवलोकनलगायत कार्यक्रम रहेको कोषका..

    बन्दीपुरको गुरुयोजनाका लागि सुझाव, पर्यटन वर्ष २०२० को योगदानको बारेमा छलफल

    आईतवार, मंसिर ९, २०७५ साल
    बन्दीपुर, ९ मङ्सिर बन्दीपुर गाउँपालिकाको दीर्घकालीन गुरुयोजनाका लागि सुझाव सङ्कलन गर्न थालिएको छ ।  शनिबार स्थानीय सरोकारवालासँग आयोजित अन्तरक्रियामा बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष वैश गुरुङ, नेपाली काङ्ग्रेस बन्दीपुर गाउँपालिका सभापति कर्ण खत्री, राप्रपाका नेता गोवद्र्धन भट्टराई, युवा बुद्धिजीवी आशुतोष प्रधानलगायतले पर्यटन, कृषि, शिक्षा र स्वास्थ्यलाई पनि गुरुयोजनामा समेट्नुपर्नेमा जोड दिएका थिए ।  गाउँपालिकाका प्रमुख पूर्णसिं थापाले बन्दीपुरलाई कस्तो बनाउने भन्ने सन्दर्भमा सबै..

    विदेशी चरा जाडो छल्न चितवनमा, सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट भित्रीए

    शनिबार, मंसिर ८, २०७५ साल
    चितवन, ८ मङ्सिर  रुस, भारत, चीन, श्रीलङ्कालगायत देशबाट चरा जाडो छल्न यहाँ आइपुगेका छन् । हरेक वर्ष जाडो मौसममा चरा यहाँ आउने गर्दछन् ।  सौराहास्थित बर्ड एजुकेशन सोसाइटीका पूर्वअध्यक्ष एवं सल्लाहकार वासु बिडारीले पानीमा आश्रित खोया हाँस, चखेवा, लामठुडे हाँस, बेल्चाठुडे हाँसलगायत चरा मधेश र भित्री मधेशमा आइपुगेको बताए ।  सबैभन्दा बढी चरा रुसको साइबेरियाबाट आउने गर्दछन् । नेपालबाट साइबेरियासम्मको दूरी १२ हजार..

    रुकुम(पूर्व) पर्यटन महोत्सव मङ्सिर २३ गते, जिल्लाको विकासमा टेवा पुर्याउने लक्ष्य

    शुक्रबार, मंसिर ७, २०७५ साल
    रुकुम(पूर्व), ०७ मङ्सिर  प्रथम रुकुमपूर्व पर्यटन साँस्कृतिक महोत्सव यही मङ्सिर २३ गते हुनेभएको छ । ‘पर्यटन, संस्कृति, जडिबुटी, उद्योग र व्यापार : रुकुमपूर्वको समृद्धिका मूल आधार’ भन्ने नारासहित देशको ७७ औंँ तथा कान्छो जिल्लामा पहिलो पटक महोत्सव हुन लागेको हो । यसअघि मङ्सिर २० गतेदेखि महोत्सव हुने भनिएको थियो । महोत्सव मूल आयोजक समिति, रुकुमपूर्व चेम्बर अफ कमर्शका अध्यक्ष दिलिप थापाले पर्यटकीय..

    हिमाली भेग - विहार, पश्चिम बङ्गाल र उत्तरप्रदेश तथा बङ्गलादेशमा अन्तरराष्ट्रिय उडान हुने

    बिहिवार, मंसिर ६, २०७५ साल
    विराटनगर, ६ मङ्सिर  प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतले प्रदेशमा वार्षिक पाँच लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई हिमाली उडानबाट सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उडान सञ्चालन गर्नका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताउँदै उनले आगामी वर्ष थप विदेशी पर्यटक वृद्धि भई सङ्घीय सरकारको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य पुर्याउन..

    अग्ला पुल हेर्न पर्यटकको घुइँचो, मोटरसाइकल चढेर ओहरदोहर गरी आनन्द लिदै

    मंगलवार, मंसिर ४, २०७५ साल
    पर्वत, ४ मङ्सिर  जिल्लामा रहेका मुलुककै लामा र अग्ला झोलुङ्गे पुलमा घुम्न आउने आन्तरिकसँगै बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ ।  अग्ला पुलका बारेमा स्वदेश तथा विदेशमा प्रचारप्रसार हुँदै गएपछि पुल हेर्न आउने पर्यटकको सङ्ख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको हो । हिमालपारीको जिल्ला मुस्ताङ घुम्न जाने पर्यटक तथा अन्नपुर्ण पदमार्गमा जाने बाह्य पर्यटकको रोजाइमा यहाँका अग्ला पुल पर्न थालेका छन् । पुल..

    निकुञ्जमा भटाभट छावा जन्मिए, ५ ढोई गर्भिणी, हात्तीको सङ्ख्या ५६ पुग्यो

    सोमबार, मंसिर ३, २०७५ साल
    चितवन, ३ मङ्सिर  चितवन राष्ट्रिय निकुञ्जमा रहेका हात्तीले बच्चा जन्माउने क्रम बढेर गएको छ । आज बिहान कसरा हात्तीसारमा थप एउटा छावा जन्मिएको छ । यस आर्थिक वर्ष शुरु भएयता तीन हात्तीले बच्चा जन्माएका छन् । पाँच ढोई गर्भिणी रहेका छन् । तिनीहरूले पनि यसै आवमा बच्चा जन्माउने अनुमान गरिएको छ ।  हात्ती प्रजनन तथा तालीम केन्द्र खोरसोरका प्रमुख बुधन चौधरीका अनुसार..

    पोखरामा जनसङ्ख्याको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य, बञ्जीजम्पदेखि अब हट बेलुनसम्मको उडान

    आईतवार, मंसिर २, २०७५ साल
    चिप्लेढुङ्गा, २ मङ्सिर  पोखरामा पर्यटनमा साहसिक खेलको रूपमा शनिबारदेखि हट एयर बेलुन पनि थपिएको छ । साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि बञ्जीजम्प, जिप फ्लायर, क्यानोनिङलगायत अब हट बेलुन उडानबाट पर्यटकले पोखराको सुन्दरता दृश्यावलोकन गर्न पाउने भएका छन् ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शनिबार यसको उद्घाटन गरेका हुन् । मुख्यमन्त्री गुरुङले पोखरा आउने पर्यटकका लागि हट एयर बेलुन उडानले..

    पर्यटकीय गन्तव्यमा सूचीकृतसँगै पुम्दीकोटवासी विकास हुने आशाले उत्साहित

    बुधबार, कार्तिक २८, २०७५ साल
    पोखरा, २८ कात्तिक  पोखरा महानगरपालिका–२२ पुम्दीकोटलाई सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै यस क्षेत्रको विकास हुने आशा जगाएको छ ।  पर्यटकीय गन्तव्य बनाउन पुम्दीकोटमा शिव भगवान्को १०८ फिट अग्लो मूर्तिसहितका संरचना बनाउन थालिएको छ । यहाँबाट पोखरा उपत्यकासहित हिमाली शृङ्खला अवलोकन गर्न सकिन्छ । पुम्दीकोटको सम्भावनालाई उजागर गर्न संरचना निर्माण गर्न लागिएको सो अभियानका संयोजक एवं पुम्दीकोट विशाल महादेव मूर्ति..

    छठ पूजाको कमाल ! विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले समय बिताउने आकर्षक ठाउँ

    मंगलवार, कार्तिक २७, २०७५ साल
    काठमाडौँ, २७ कात्तिक  छठ पूजा गर्न थालेसँगै काठमाडौँको नदी तथा पोखरीको रूप फेरिएको छ । काठमाडौँमा छठ पूजामा सबैभन्दा बढी जनसहभागिता रहने कमलपोखरी छठ पर्वका लागि सिँगारीएको छ ।  छठ मनाउन शुरु गरेसँगै अहिले कमलपोखरीको मुहार फेरिएको छ । विगतमा फोहर फाल्ने ठाउँ बनेको कमलपोखरी अहिले घुमघाम गर्ने तथा समय बिताउने आकर्षक ठाउँ बनेको छ । सरसफाइ र संरक्षण पाएपछि कमलपोखरीमा अहिले..

    तिहार सकिएलगत्तै वनभोजमा आउनेको लहर, भरिभराउ पर्यटकीयस्थल

    सोमबार, कार्तिक २६, २०७५ साल
    बाँके, २६ कात्तिक  नेपालीका प्रमुख चाडपर्व दशैँ तिहार सकिनाका साथै जाडो याम पनि शुरु भइसकेको छ । तिहारमा देउसी–भैलो खेलेर मनोरञ्जनसँगै आर्थिक सङ्कलन गर्नेमध्ये कसैले सामाजिक काममा ती रकम सदुपयोग गर्दै आएका छन् भने कसैले वनभोजमा खर्च गरिरहेका पाइन्छ । तिहार सकिएलगत्तै यहाँ वनभोजमा आउने लहर शुरु भएको छ । जिल्लाका विभिन्न पर्यटकीयस्थलमा दैनिकजसो सयौँ युवायुवती वनभोजका लागि आउने गर्छन् । हिजोआज..

    पर्यटन विकासका लागि तनहुँका २ नयाँ पर्यटकीय गन्तव्य छनोट गरेसँगै सरोकारवाला हर्षित

    शुक्रबार, कार्तिक २३, २०७५ साल
    दमौली, २३ कात्तिक  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि तनहुँका दुई नयाँ पर्यटकीय गन्तव्य छनोट गरेसँगै सरोकारवाला हर्षित भएका छन् ।  मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट सिफारिस भएको र आवेदन परेको गन्तव्यका आधारमा तनहुँको व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका शहीद तथा शान्ति पार्क र भीमाद नगरपालिका–३ स्थित सिद्धगुफालाई नयाँ गन्तव्यका रुपमा छनोट गरेसँगै सरोकारवाला..

    पुल हेर्न कुश्मामा आन्तरिक पर्यटकको भीड, मुस्ताङ जाने र फर्कने सङ्ख्यामा वृद्धि

    बिहिवार, कार्तिक २२, २०७५ साल
    कुश्मा, २२ कात्तिक  तीजपछि तिहार शुरु हुँदासम्म पर्वत कुश्मा क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको छ ।  कुश्मामा रहेका अग्ला तथा लामा तीन पुल, केबलकार ढाँचाको यान्त्रिक पुल, गुप्तेश्वर गुफा, कालिका मन्दिर, गलेश्वर धाम र पञ्चकोट जाने पर्यटक बढेपछि कुश्माका होटलसमेत भरिभराउ भएका छन् । त्यति मात्र नभएर माटोको शहरका रुपमा परिचित मुस्ताङमा सडक सञ्जालसँग जोडिएसँगै मुक्तिनाथ, लोमान्थाङ, कोरल्ला जाने पर्यटकसमेतका कारण कुश्माका..

    आधुनिक युगमा प्राकृतिक पुलको सेवा, हेर्न जाऊ पर्यटकीय नगरी पोखरा

    बुधबार, कार्तिक २१, २०७५ साल
    पोखरा, २१ कात्तिक  विश्व एक्काईसौं शताब्दी आइपुग्दा पनि आधुनिक युगमा प्राकृतिक पुलले सेवा पुर्याएको छ भन्दा जो कोहीलाई अचम्म लाग्न सक्दछ तर त्यस्तो पुल हेर्न पर्यटकीय नगरी पोखरा आए पुग्दछ ।  समुद्री सतहबाट लगभग आठ सय मिटरको उचाइमा अवस्थित पोखराको उत्पत्तिको समग्र इतिहाससँग जोडिएको सेती नदीमाथि अवस्थित ढुङ्गा र माटोबाट बनेको हजारौं वर्ष पुरानो प्राकृतिक पुल अहिले पनि अध्ययन एवं अनुसन्धानसहित उजागरको..

    सलहेश फूलबारी गन्तव्य सूचीमा परेपछि सिरहावासीमा विकासको आशा

    आईतवार, कार्तिक १८, २०७५ साल
    लहान, १८ कात्तिक  पर्यटकीय क्षेत्र विस्तार गर्ने सिलसिलामा सरकारले नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पारेपछि सिरहाको लहान नगरपालिकाको पडरियास्थित सलहेश फूलबारीले जिल्लाकै विकासमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।  सिरहाको प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको सलहेश फूलबारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमा परेपछि स्थानीय बासिन्दा उत्साहित भएका हुन् ।  प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात..

    घरबासमा आन्तरिक पर्यटकको आकर्षण बढ्यो, पञ्चासेमा पुग्ने पर्यटकको बसाई चित्रेमा

    बिहिवार, कार्तिक १५, २०७५ साल
    कुश्मा, १५ कात्तिक  घरबासको अवधारणा आएसँगै ग्रामीण क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ ।  पर्वत मोदीस्थित चित्रेको घरबासमा पर्यटकको ओइरो लागेको छ । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासेमा आउने पर्यटकका कारण चित्रेका घरबास भरिभराउ भएका हुन् । पञ्चासेमा पुग्ने पर्यटकको बसाई चित्रेमा हुने गरेको छ ।  गाउँको आतिथ्यता, प्राङ्गारिक खानेकुरा र मनोरम स्थान रहेका कारण चित्रेमा पर्यटक बस्न मन पराउँछन् ।..

    मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो

    बुधबार, कार्तिक १४, २०७५ साल
    चितवन, १४ कात्तिक  मनकामना दर्शनका लागि भारतीय पर्यटक आउने क्रम वर्षेनी बढ्दो रहेको छ ।  चितवनको इच्छाकामना गाउँपालिका कुरिनटारस्थित चेरेसबाट केबुलकार चढेर १० मिनेट यात्रामा गोर्खाको मनकामना मन्दिर पुग्न सकिन्छ । गोर्खाबाट सवारी साधनमा मन्दिरसम्म पुग्ने बाटो भए पनि अधिकांश पर्यटकले केबुलकारको यात्रा गर्ने गर्दछन् ।  सो केबुलकार सञ्चालन गर्दै आएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक डिल्लीनारायण कायस्थका अनुसार शुरुका वर्षमा भारतीय न्यून..

    मुस्ताङका सबै होटल भरिएपछि पर्यटक छिमेकी जिल्ला बागलुङमा

    सोमबार, कार्तिक १२, २०७५ साल
    बागलुङ, १२ कात्तिक  पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकले होटल खोज्दै बागलुङ आउन थालेका छन् ।  दशैँ तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत..

    दशैँ-तिहारको बिदाका कारण रारामा आन्तरिक पर्यटकको चाप बढ्दो !

    बुधबार, कार्तिक ७, २०७५ साल
    जुम्ला, ७ कात्तिक कर्णाली प्रदेशको ठूलो ताल रारामा यस याममा रारा जानेको सङ्ख्यामा वृद्धि भएको छ । दशैँ र तिहारको बीचमा बिदा हुने भएकाले आन्तरिक पर्यटकको सङ्ख्या बढेको हो । पर्याप्त होटल, लज नहुँदा दैनिक सरदर १५ सय पर्यटक रारामा जाने गर्दा खान बस्नका लागि असुविधा हुने गरेको छ । देशका विभिन्न स्थानबाट दैनिक ३०० मोटरसाइकल, १५० जीप तथा १० बस..

    पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ का ‘होमस्टे’ पर्यटकको पर्खाइमा

    सोमबार, असोज २९, २०७५ साल
    भद्रपुर, २९ असोज पहाड र मधेशको सङ्गमस्थल ‘बेँसीबजार’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रुपमा चर्चामा आएको छ । ग्रामीण परिवेश र प्राकृतिक सौन्दर्यका कारण बेँसीबजारको ‘होमस्टे’ले धनकुटाको नाम्जे र लमजुङको घलेगाउँ जतिकै प्रख्याति पाउने सम्भावना छ । काँकडभिट्टाबाट १५ किलोमिटर उत्तरमा अवस्थित बेँसीबजार झापाको मेचीनगरको वडा नं ३ र इलामको रोङ–५ मा पर्छ । ग्रीनभिलेज होमस्टेमा आबद्ध यहाँका नौ वटा घरले..
    Results 297: You are at page 5 of 10
    First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
    Weather Forecast