मंगलवार, असोज ७, २०७६

    पर्यटक

    एक पटक पुग्नै पर्ने ठाउँ पञ्चकोट, एकै दिन हजार पर्यटक

    आईतवार, माघ २७, २०७५ साल
    गलकोट, २७ माघ  जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थलको रुपमा विकास भइरहेको पञ्चकोटमा शनिबार करीब एक हजार आन्तरिक पर्यटक अवलोकनका लागि आएको पञ्चकोटले जनाएको छ ।  मनै लोभ्याउने पञ्चकोटका धार्मिक कलाकृतिका संरचना हेर्न र धेरै वर्षपछि परेको हिउँमा खेल्नका लागि जिल्लाका अधिकांश पर्यटक त्यहाँ पुगेका हुन् । बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा हिउँ तथा पञ्चकोटमा रहेका धर्मिक संरचनाको अवलोकनका लागि एक हजार भन्दा बढी पर्यटक..

    भारतीय पर्यटक बोलाउन हिँडे पोखेरली पर्यटन व्यवसायी, व्यापक छलफल हुँदै

    मंगलवार, माघ २२, २०७५ साल
    पोखरा, २२ माघ  पोखरामा भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायी भारतको सिलगुडीतर्फ प्रस्थान गरेका छन् ।  पोखरा पर्यटन परिषद्को आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा हिँडेको २२ सदस्यीय टोली भारतको सिलगुडीमा त्यहाँका उत्तरपूर्वी राज्यका पर्यटन व्यवसायीको साझा संस्था इष्टर्न हिमालयन ट्राभल्स एण्ड टुर अपरेटर एशोसिएशन (इथवा)ले आयोजना गर्ने बङ्गाल ट्राभल मार्ट(बिटिएम)मा सहभागी हुनेछ ।  बिटिएममा सहभागिताका साथै त्यहाँका पर्यटन व्यवसायीसँग..

    पातारासी हिमाल जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्नै पर्ने ठाउँ !

    सोमबार, माघ २१, २०७५ साल
    काठमाडौँ, २१ माघ  जुम्लामा सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको कार्यालय डिल्लीचौरबाट देखिने पातारासी हिमालको दृश्य । यो हिम शृङखलाको आन्तरिक तथा बाह्य पर्यटकहरुले दृश्य अवलोकन गर्ने गर्दछन् । ..

    सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

    आईतवार, माघ २०, २०७५ साल
    डोटी, २० माघ  सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ ।  डोटी चेम्बर अफ कमर्शले दीपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका लागि हेलिकप्टरको व्यवस्था गरेको कमर्शका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खप्तडसम्म हिँडेर जान नसक्ने र छोटो समयमा नै खप्तड घुम्न चाहने पर्यटकलाई ध्यानमा राखेर हामीले हेलिकप्टर सेवा दिने योजना बनाएका छौँ,..

    प्रकृतिकलाई नियाल्न एकपटक पुग्नै पर्ने ठाउँ मानहुँकोट, पर्यटकीय रुपमा विकास हुँदै

    बिहिवार, माघ १७, २०७५ साल
    तनहुँ, १७ माघ तनहुँको व्यास नगरपालिका–५ स्थित मानहुँकोट घुम्न पुगेका आन्तरिक पर्यटक । सदरमुकाम दमौलीबाट नजिकै रहेको उक्त ठाउँ पछिल्लो समय पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ ।  मादी र सेती नदीको संगम स्थल, व्यास पराशर ऋषिको तपोभूमिसंगै ऐतिहासिक, धार्मिक, साँस्कृतिक लगायत विविध पक्षले ओझिलो मानहुँकोट पछिल्लो समय घुमफिरमा रमाउनेहरुका लागि आकर्षक गन्तव्य बन्न थालेको छ । घुमफिरका साथै प्राकृतिक दृष्य..

    धर्म र पर्यटनलाई जोड्दै रामकोट धाम, यस्तो छ नयाँ स्वरूप दिने लक्ष्य

    सोमबार, माघ १४, २०७५ साल
    पोखरा, १४ माघ  बागलुङ जिल्लास्थित काठेखोला गाउँपालिका–५ बिहुँकोटमा अवस्थित रामकोट धाम जिल्लाकै प्रसिद्ध तीर्थस्थल मध्येको एक हो ।  स्वामी श्री १००८ परमान्नद सरस्वती महराजले तपस्या र ज्ञान हासिल गरेपछि विसं २०२९ मा सामान्य मन्दिर बनाउनुभएको थियो । सोही स्थानमा २०३३ सालमा त्रिपुरेश्वर महादेव मन्दिरका रूपमा अर्को मन्दिर निर्माण गरिएको थियो ।  रामकोट धामका रूपमा परिचित उक्त स्थानमा विसं २०६६मा धान्याञ्चल महायज्ञ गरी नयाँ..

    स्थानीयवासीको फरक शैली र जुक्ति ! पर्यटक आकर्षित गर्न बजारैपिच्छे पहिचानका स्तम्भ

    शुक्रबार, माघ ११, २०७५ साल
    तेह्रथुम, ११ माघ पूर्वका पहाडी शहरमा वर्षेनी फरकफरक प्रकृति र पहिचान बोकेका स्तम्भ निर्माण भइरहेका छन् । स्थानीय बजार क्षेत्रको आ–आफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने लहर नै चलेको छ । सुनसरीको धरानबाट माथि उक्लिएपछि यस्ता पहिचानका स्तम्भ एकपछि अर्को गर्दै लहरै देख्न पाइन्छन् । पर्यटकीय शहर धनकुटाको भेडेटार, हिले, सिधुवा, तेह्रथुमको वसन्तपुर, लसुने, सङ्खुवासभाको मुढेशनिश्चरे, म्याङ्लुङ, सङ्क्रान्ति र फिदिम बजारमा..

    कञ्चनपुरको भम्केश्वर मन्दिर आउने आन्तरीक पर्यटक बढे [भिडियो सहित]

    बिहिवार, माघ १०, २०७५ साल
    कञ्चनपुर १० माघ पुर्वपश्चीम महेन्द्रराजमार्ग नजिकको कञ्चनपुरको बेदकोट नगरपालिका–६ सियैयामा रहेको भम्केश्वर मन्दिरमा धार्मिक एव मनोरन्जन गर्ने पर्यटक आउँने पर्यटकको संख्यामा बृद्धि हुदै गएको छ  । परापुर्वकालमा उक्त स्थानमा एक कुवा रहेको सो कुवाको जमिनमुनीबाट ‘भकभक’ गरेर पानी फुटेको र प्राकृतिक रुपमा भकभक गरेर पानी फुट्ने भएकाले ’ शिवजीको बासस्थान रहेको निष्कर्ष निकाल्दै मन्दिर निर्माण गरिएको स्थानीयहरु बताउछन । भम्केश्र धाममा रहेको कुवा..

    आमा समूहको सक्रियतामा घरबास, पर्यटक व्यापक भित्राउने आश

    सोमबार, माघ ७, २०७५ साल
    लमजुङ, ७ माघ  बेंँसीशहर नगरपालिका–६ पुमा गाउँका महिलाले घरबास (होस्टे) सञ्चालन गरेका छन् । कन्यादेवी आमा समूहमा आवद्ध महिलाले घरबास शुरुआत गरेका हुन ।  गाउँका पाँच घरमा पूर्वाधार तयार गरी घरबास सञ्चालनमा ल्याइएको सञ्चालक समेत रहनुभएकी आमा समूहका अध्यक्ष सुकमाया गुरुङले बताउनुुभयो । सञ्चालक प्रत्येकले आमा समूहबाट घरबासका लागि रु ४० हजार ऋण लिएका छन् । “पूर्वाधार निर्माणमा रु दुई लाख खर्च..

    धुलिखेलको देवीस्थान डाँडामा अग्लो चुच्चे ढुङ्गा र घोडचढीमा पर्यटक रमाउदै

    आईतवार, माघ ६, २०७५ साल
    बनेपा, ६ माघ  धुलिखेलको पर्यटकीय गन्तव्यको रुपमा चर्चित रमणीय स्थान देवीस्थान डाँडामा घुम्न आउनेहरुको आकर्षण चुच्चे ढुङ्गामा चढेर तस्विर लिनेका साथै घोडचढी पनि बनेको छ ।  सो स्थानमा घुम्न जानेहरुका लागि त्यहाँका अग्लो चुच्चे ढुङ्गा र त्यहाँ व्यावसायिक रुपमा राखेका घोडचढी अर्को आकर्षण बनेको हो । काठमाडौँ चाबहिलबाट शनिबार धुलिखेल देवीस्थान डाँडामा घुम्न आउनुभएका सुरज सुवेदीले धुलिखेल रमणीय र वातावरण रमाइलो भएकाले..

    सन् २०१८ मा श्रीलङ्का पुग्ने चिनियाँ पर्यटक सङ्ख्या २ लाख ६० हजार

    बिहिवार, माघ ३, २०७५ साल
    कोलम्बो, ३ माघ  चीनबाट गत बर्ष सन् २०१८ भरीमा दुई लाख ६० हजार पर्यटक श्रीलङ्का आएका छन् ।  सरकारी अधिकारीहरुले यस बर्ष त्यो भन्दा बढी पर्यटकहरु चीनबाट श्रीलङ्का आउने अपेक्षा गरेका छन् ।  श्रीलङ्काको पर्यटन मन्त्रालयका अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार गत डिसेम्बरमा मात्रै चीनबाट पहाडी मुलुक श्रीलङ्कामा १८ हजार २८३ जनाले भ्रमण गरेका छन् ।  “हामीले यो बर्ष अघिल्लो बर्ष भन्दा बढी पर्यटक..

    पर्यटकको आकर्षणको केन्द्र 'खप्तड' आउने पर्यटक बढे, प्रवेशद्धार बगलेकमा होमस्टे खुल्दै

    बिहिवार, माघ ३, २०७५ साल
    डोटी, ३ माघ : सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ । चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिनुभयो ।  निकुञ्जमा बाह्य पर्यटकभन्दा बाजुरा, अछाम, डोटी र बझाङका पर्यटक अवलोकन तथा भ्रमणमा आउने गरेको निकुञ्जले जनाएको छ ।..

    माघे सङ्क्रान्तिको अवसरमा पर्यटन मेला शुरु, स्थानीयको जीवनस्तर उकास्न सहयोग

    सोमबार, पौष ३०, २०७५ साल
    बेनी, ३० पुस   बेनी नगरपालिका–३ मुसुङमा माघे सङ्क्रान्ति पर्वको अवसरमा परम्परागत रुपमा लाग्दै आएको मेलालाई यस वर्षदेखि पर्यटन मेलाका रुपमा सञ्चालन गर्न शुरुआत भएको छ । भकिम्ली क्षेत्रमा रहेको धार्मिक, पर्यटकीय गन्तव्य, कृषि, पशुपालनलगायतको सम्भावनाको उजागर गर्न परम्परागत रुपमा लाग्दै आएको मेलालाई पर्यटन मेलाको रुपमा आयोजना गरिएको हो ।  स्थानीय स्वर्गाश्रम युवा क्लबको अगुवाइमा मुसुङमा शुरु भएको माघे सङ्क्रान्ति सांस्कृतिक एवं पर्यटन..

    सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य, सहकारीमार्फत घरबास

    बिहिवार, पौष २६, २०७५ साल
    काठमाडौं, २६ पुस घरेलु र साना उद्योग स्थानीय तहमा गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै मन्त्री खतिवडालेले घरेलु उत्पादित वस्तु १५ प्रतिशतसम्म महँगो भयो भने पनि अनिवार्यरूपमा किन्ने गरी विनियमावली मन्त्रिपरिषद्मा लैजान लागेको जानकारी दिनुभयो ।  उहाँले भन्नुभयो, “‘उत्पादित वस्तु १५ प्रतिशतसम्म महँगो भए पनि आन्तरिकरूपमै किन्नुपर्नेछ’ भनी सार्वजनिक खरीद ऐनमा भएको पुरानो व्यवस्थालाई प्रभावकारी गराउँदै अनिवार्य किन्नुपर्ने छ भनेर त्यो विनियमावली..

    अन्तर्राष्ट्रिय पर्यटक आगमनमा नयाँ उचाई, अन्तिम २ महिनामा नै करिव ४७ प्रतिशतको वृद्धि

    मंगलवार, पौष २४, २०७५ साल
    काठमाडौँ, २४ पुस सन् २०१८ मा नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमनमा उल्लेखनीय बृद्घि भएको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार वर्ष भरी नै पर्यटक आगमनमा देखिएको उत्साहजनक बृद्धिका कारण सन् २०१८ मा १,१७३,०७२ पर्यटकहरु नेपाल आएका छन् जुन सन् २०१७ को तुलनामा २४.७७ प्रतिशतको बृद्घि हो । हवाईमार्गबाट जम्मा ९६९,२८७ र स्थलमार्गबाट २०३,७८५ अन्तराष्ट्रिय पर्यटकहरु नेपाल प्रवेश गरेका छन् । हवाई..

    मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृद्धि

    बुधबार, पौष १८, २०७५ साल
    मुस्ताङ, १८ पुस  सन् २०१७ को तुलनामा २०१८ मा हिमाली पर्यटकीय जिल्ला मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृिद्ध भएको छ ।  सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले जनाएको छ ।  विसं २०१८ मा विदेशी पर्यटक आगमन १२.३० प्रतिशतले..

    अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकलाई १ सयमा कोठासँगै साङ्गीतिक साँझको 'मज्जा'

    आईतवार, पौष १५, २०७५ साल
    बागलुङ, १५ पुस  अङ्ग्रेजी नयाँ वर्ष मनाउन बागलुङ भित्रने पर्यटकले रु १०० मा होटलको कोठा पाउने भएका छन् । पर्यटक आकर्षित गर्न होटल व्यवसायीले छुट योजना ल्याएका हुन् ।  अङ्ग्रेजी नयाँ वर्ष सन् २०१९ को अवसर पारेर बागलुङ पर्यटन विकास समितिले सोमबार साङ्गीतिक साँझको आयोजना गर्दैछ । सोही कार्यक्रमलाई लक्षित गरी व्यवसायीले सोमबार एक दिनलाई छुटमा कोठा दिने भएका हुन् ।  सदरमुकामका १०..

    म्याग्दीको बेनीमा रहेको ‘मायालु डाँडा’ पर्यटकीयस्थल बन्दै

    शुक्रबार, पौष १३, २०७५ साल
    गलेश्वर, १३ पुस  ‘लभ्ली हिल’ को नामले चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको ‘मायालु डाँडा’ मा भौतिक पूर्वाधार निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको भीड बढ्न थालेपछि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी म्याग्देलीको संस्था (मोना) ले थप भौतिक पूर्वाधार निर्माण गर्न चासो देखाएका छन् ।  सदरमुकाम बेनीबजारदेखि करीब आधा घण्टाको दूरीमा रहेको ‘मायाँलु डाँडा’ (लभ्ली हिल) मा..

    प्राकृतिक सौन्दर्य र जीवनशैलीको अवलोकन गर्न गुर्जामा पर्यटक थपिदै

    मंगलवार, पौष १०, २०७५ साल
    म्याग्दी, १० पुस  चुरेन र गुर्जा हिमालको फेदीमा अवस्थित अल्पसङ्ख्यक छन्त्याल समुदायको बाहुल्य बसोवास रहेको धौलागिरि गाउँपालिका–१ गुर्जा गाउँमा पर्यटकको चहलपहल बढेको छ ।  प्राकृतिक सौन्दर्य, छन्त्याल संस्कृति र ग्रामीण जीवनशैलीको अध्ययन अवलोकनका लागि गुर्जामा स्वदेशी तथा विदेशी पर्यटक पुग्ने क्रम बढेको हो । धेरै किसिमको विशेषता बोकेको गुर्जा गाउँमा हिजो दिनहुँजसो पर्यटक आउन थालेपछि स्थानीयवासी उत्साहित भएका छन् ।  पछिल्लो तीन महीनामा..

    पर्यटकलाई सहजता प्रदान गर्न अब शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशमा नयाँद्वार खुल्ने

    सोमबार, पौष ९, २०७५ साल
    कञ्चनपुर, ९ पुस  शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशका लागि पर्यटकलाई सहजता प्रदान गर्न नयाँ द्वार खुल्ने भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कञ्चनपुरको बेलडाँडीदेखि पर्यटक प्रवेशको लागि नयाँ प्रवेशद्वार खोल्न निकुञ्ज कार्यालयलाई पत्राचार गरेको छ ।  पत्रमा निकुञ्जलाई विभागले तीन बुँदे निर्देशनात्मक आदेश दिँदै निकुञ्ज, मध्यवर्ती क्षेत्र, बेलडाँडी रेञ्जपोष्टबाट नयाँ प्रवेशद्वार खोली कार्यालयको स्वीकृत सङ्गठन तथा व्यवस्थापन अनुसार मौजुदा जनशक्तिबाट..

    पर्यटकीय नगरी सौराहामा विद्युतीय सूचना पार्टी, बोर्डमा वन्यजन्तु संरक्षणका साथै महत्वपूर्ण सूचनाहरू...

    आईतवार, पौष ८, २०७५ साल
    चितवन, ८ पुस पर्यटकीय नगरी सौराहामा विद्युतीय सूचना पार्टी (डिजिटल इन्फर्मेशन बोर्ड) निर्माण गरिएको छ । नेपाल पर्यटन बोर्ड र क्षेत्रीय होटल सङ्घ चितवनको लगानीमा सूचना पार्टी निर्माण गरिएको हो ।  सङ्घका अध्यक्ष सुमन घिमिरेका अनुसार बोर्डको रु १० लाख र सङ्घको रु तीन लाख गरी रु १३ लाख लागतमा अत्याधुनिक सूचना पार्टी निर्माण गरिएको हो । सौराहाको हात्ती चोकमा बोर्ड राखिएको..

    चितवन महोत्सवको तयारी तीव्र, पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकता, ५ लाखले अवलोकन गर्ने लक्ष्य

    बिहिवार, पौष ५, २०७५ साल
    चितवन, ५ पुस आगामी पुस २५ देखि नारायणगढको नारायणी नदी किनारमा हुने १२ औँ चितवन महोत्सवको तयारी तीव्र पारिएको छ । महोत्सवको मिति नजिकिँदै जाँदा महोत्सव स्थल निर्माण तथा अन्य कामहरुलाई अगाडि बढाइएको हो । नारायणगढको नारायणी नदी किनारमा रहेको प्रदर्शनी मैदान हरेक दुई\दुई वर्षमा आयोजना हुने महोत्सवमा यस वर्ष करिब पाँच लाख दर्शकले अवलोकन गर्ने लक्ष्य रहेको आयोजकले जनाएको छ । उद्योग..

    चितवन राष्ट्रिय निकुञ्जको कसरामा हुर्काइएका १२ गिद्ध छाडिने, अन्तर्राष्ट्रिय रुपमै महत्वका साथ हेरिने

    बुधबार, पौष ४, २०७५ साल
    चितवन, ४ पुस  चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा हुर्काइएका १२ गिद्धलाई छाडिने भएको छ । गिद्धलाई छाड्न नवलपुरको पिठौलीस्थित जटायू रेष्टुरेन्टमा लगिएको छ । ती गिद्धलाई त्यहाँ बनाइएको जालीमा केही महीना राखेर प्रकृतिमा छाडिने छ ।  कसरास्थित गिद्ध प्रजनन् केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काका अनुसार गत वर्ष कोरलिएका ६ हुर्र्काउलो बच्चा, चार भाले र दुई पोथीलाई पिठौली लगिएको..

    सन् २०२२ मा २० लाख पर्यटक भित्रिने निश्चित : मन्त्री लम्साल, केक काटेर खुसीयाली

    सोमबार, पौष २, २०७५ साल
    पर्वत, २ पुस  एकै वर्षमा अपेक्षाभन्दा बढी बाह्य पर्यटक नेपाल भित्रिएको भन्दै गण्डकी प्रदेश सरकारले केक काटेर खुसीयाली मनाइएको छ । नेपालमा सबैभन्दा बढी (डिसेम्बर महीनाको गणना नगर्दै) १० लाखभन्दा बढी पर्यटक भित्रिएको उपलक्ष्यमा आइतबार आयोजना गरिएको खुसीयाली उत्सवमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले केक काटेर उद्घाटन गरेका हुन् ।  सन् २०१८ मा १० लाख एक हजार ३०० बाह्य पर्यटक..

    नेपालकै पहिलो पदयात्रा स्रहशाब्दी मार्ग पर्यटनसँग जोडिदै दरबार र गुफा

    शनिबार, मंसिर २९, २०७५ साल
    पोखरा, २९ मङ्सिर  मध्यपहाडी क्षेत्रको नेपालकै पहिलो पदयात्रा मार्ग स्रहशाब्दी मार्ग (मिलेनियम ट्रेक)मा पर्ने ऐतिहासिक ढोर दरबार र मिलेनियम गुफालाई जोड्दै यस क्षेत्रको पर्यटकीय विकासको पहल शुरु भएको छ ।  तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोडिने झण्डै ७२ किलोमिटर लम्बाइको यस पद्यात्रा मार्गमा पर्ने लगभग ३०० वर्ष भन्दा पुरानो ढोर दरबारका साथै मिलेनियम गुफालाई समेट्दै विकासको पहल थालिएको हो ।  सन् २००० मा शुरु..

    राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य, वनभोज खाने लर्को

    मंगलवार, मंसिर २५, २०७५ साल
    तुलसीपुर, २५ मङ्सिर  विसं २०५९ मा शान्तिको कामना गर्दाै निर्माण गरिएको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान आन्तरिक पर्यटकको गन्तव्य स्थान बन्दै गएको छ ।  वनभोज खानेदेखि सबै उमेर समूहका मानिसहरुका लागि शान्ति उद्यानमा अवलोकन र मनोरञ्जन लिन आउने गरेका छन् । उद्यान व्यवस्थापनका अनुसार त्यहाँ दाङका साथै छिमेकी जिल्लाबाट समेत वनभोज तथा अवलोकनका लागि मानिसहरु आउने गरेका छन् । उद्यानमा सार्वजनिक बिदाको..

    शहरबास रोकी उत्पादनसँग जोड्दै पर्यटन विकासका लागि बाँझो जग्गामा घरबास

    सोमबार, मंसिर २४, २०७५ साल
    पोखरा, २४ मङ्सिर  बढ्दो शहरमुखी बसाइसराइ रोकी बाँझो जग्गामा उत्पादन गर्दै आय आर्जन गर्ने सोचका साथ कास्कीको पोखरा महानगरपालिका–२० मौजामा घरबास कार्यक्रम सञ्चालन गरिने भएको छ ।  नेपाल सरकारले नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यको सूचीमा मौजालाई सूचीकृत गरेसँगै उत्साहित बनेका यहाँका स्थानीयवासीले यतिखेर चारवटा गाउँमा (साबिक मौजा गाविसका चार ठाउँ) घरबास कार्यक्रम चलाउने तयारी गरेका छन् ।  पोखरा महानगरपालिका–२० का अध्यक्ष सिम गुरुङका..

    पोखराको पर्यटकीय नगरी काहुँ धरहरा अहिले आन्तरिक र बाह्य पर्यटकको रोजाइमा

    शुक्रबार, मंसिर २१, २०७५ साल
    चिप्लेढुङ्गा, २१ मङ्सिर  प्रकृतिको अनुपम बरदानको रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ । प्रचारप्रसारको अभावले गुमनाम जस्तै बनेकामा पछिल्लो समय आयोजना हुने मेला महोत्सव र सडकको विस्तारले यो डाँडामा पर्यटकको आकर्षण बढ्न थालेको हो ।  पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिका भित्रका ३३ वटै वडासहित माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खंला..

    परिकल्पना गर्न मात्रै सकिने कुश्माका यी ६ रोमाञ्चक पुल ! जसले पर्यटकीय क्षेत्र नै अग्लिएको छ

    बिहिवार, मंसिर २०, २०७५ साल
    कुश्मा, २० मंसिर ।  पर्वत जिल्लाको सदरमुकाम कुश्माबजार अर्थात् ‘कुशुमपुर’ यहाँका प्राकृतिक छटा तथा मानव निर्मित संरचनाका कारण पछिल्लो समय पर्यटकीय नगरीको रुपमा विकास हुँदै गइरहेको छ । दुई पवित्र नदी मोदी र कालीगण्डकीले खियाएका कारण बनेका गल्छिनाबाट ओर्ली–उक्ली गरेर कुश्मा पुग्न झण्डै डेढ घण्टा लाग्छ । टाढाबाट हेर्दा कुश्मा, ज्ञादी, बलेवा र फलेवास एउटै समथर उपत्यकाको रुपमा देख्न सकिन्छ । झट्ट..

    ताराखोलाको अग्लो पहाडबाट छङ्छङ् झरेको झरनामा लोभिए पर्यटक

    बुधबार, मंसिर १९, २०७५ साल
    बागलुङ, १९ मङ्सिर  वरिपरि हरियाली । छेवैँमा छ दरमखोला । सँगसँगै रहेको छ अग्लो पहाडबाट छङ्छङ् झरेको झरना । जिल्लाको ताराखोला गाउँपालिका–१ मा रहेको गाईघाटको झरनास्थल पुग्दा जो कोहीको मन फुरुङ्ग हुन्छ । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्नेले तनाव बिर्सन्छन् । प्रकृतिमा नजर अडाउँछन् र मन शान्त पार्छन् ।  केही वर्ष अघिसम्म चर्चामा नआएको गाईघाट झरनाले अहिले मुहार फेरेको छ । गाउँलेले..
    Results 294: You are at page 4 of 10
    First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
    Weather Forecast