मंगलवार, कार्तिक ५, २०७६

    पर्यटक

    साहसिक पर्यटन ! चीनमा खुल्दै १५ सय मिटर लामो स्ट्रोप रोप वे

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत चीनको सबैभन्दा लामो स्ट्रोप रोप वे अप्रिलदेखि संचालनमा आउने भएको छ । चीनको गुंगडंग प्रान्तको गवान्जावमा बाइयुन माउन्टेन सिनिक स्पटले उक्त रोप वे निर्माण गरेको हो । १५ सय मिटर लामो रोप वेमा एक व्यक्तिले अधिक्तम १२० किलोमिटरको गतिमा यात्रा गर्न सकिने बताइएको छ । एकै समयमा ६ व्यक्तिले रोप वेबाट दुई मिनेटको यात्रा तय गर्न सक्ने बताइएको छ..

    पोखरेलीको पाहुनालाई निम्तो : ‘जाउँ है पोखरा’

    शनिबार, चैत्र १६, २०७५ साल
    काठमाडौँ, १६ चैत  आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायीले ‘जाउँ है पोखरा अभियान–२०७५’ सञ्चालन गरेका छन् ।  पर्यटकीय नगरी पोखरामा धेरै भन्दा धेरै सङ्ख्यामा पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ व्यवसायी यतिखेर विभिन्न ठाउँमा पोखरा भ्रमणको निम्तो बाड्दै यात्रामा जुटेका हुन् । झण्डै १७ वर्षदेखि उक्त अभियान चलाउँदै आएका व्यवसायीले यो पटक पनि पश्चिमाञ्चल होटल सङ्घ..

    पर्यटकीयस्थल बन्दै ‘बालपुरी मठधुनी मन्दिर’

    शनिबार, चैत्र १६, २०७५ साल
    परासी, १६ चैत  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ छिवनीस्थित बालपुरी मठधुनी मन्दिर धार्मिक पर्यटकीयस्थल बन्दै गएको छ । प्राचीन समयदेखि नै निरन्तर बलिरहेको अखण्ड धुनी र खुर्सानीको हवन हुने भएकाले यहाँ भक्तजन आउने गर्छन् ।  बालपुरी कुटीको रूपमा परिचित यहाँको दर्शन तथा पूजाअर्चना गर्नाले मनोकाङ्क्षा पूरा हुने गरेको धार्मिक विश्वास छ । यो स्थल बाबा बालपुरी स्वामीले तपस्या गरेको तपोभूमि पनि हो ।..

    पर्यटन महोत्सव चैत २१ देखि, यस्ता छन् योजना !

    बुधबार, चैत्र १३, २०७५ साल
    बेनी, १३ चैत  म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि वैशाख १ गतेसम्म प्रथम म्याग्दी पर्यटन महोत्सव हुनलागेको हो ।  रेडियोको ११औँ वार्षिकोत्सवको अवसरमा ‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको रेडियोका संस्थापक अध्यक्ष एवं महोत्सवका मूल संयोजक..

    पर्यटकीय गन्तव्य बन्दै रानी झरना

    मंगलवार, चैत्र १२, २०७५ साल
    पाल्पा, १२ चैत  जिल्लाको तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित रानी झरना र तल निलो आकर्षक पोखरी छ । प्राकृतिक रूपमा रहेको झरना र पोखरीले आन्तरिक पर्यटनलाई लोभ्याउँछ । करीब १० वर्षअघि मात्र स्थानीय बासिन्दाले झरना र पोखरीका विषयमा थाहा भएको हो । घाँसदाउरा गर्ने मानिसले देखे पनि यसको प्रचारप्रसार हुन नसक्दा ओझेलमै रहेको थियो ।  करीब ५० मिटर माथिबाट झरना बगिरहेको छ । वरपर..

    सगरमाथा आरोहणको मुख्य याम, व्यवस्थान गर्न विभागको सक्रियता !

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई व्यवस्थित गर्नेे भएको छ ।  साहसिक पर्यटनका रुपमा रहेको आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको भन्दै विभागले आरोहणलाई मर्यादित र प्रभावकारी बनाउन लागेको हो ।  आरोहणका लागि वसन्त ऋतु र शरद ऋतु उपयुक्त मानिन्छ..

    म्याग्दी उद्योग बाणिज्य संघको टोलीद्वारा हिमशृङ्गखलाको अवलोकन

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौं, १० चैत म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसेको पर्यटन प्रवद्र्धनमा पुगेको म्याग्दी उद्योग बाणिज्य संघको टोली ।  मनोरम हिमशृङ्गखलाको अवलोकनको लागि रुइसे उत्तम गन्तव्य मानिन्छ । ऐतिहासिक रूपमा रहेको तत्कालिन पर्वत राज्य वर्तमान म्याग्दी डोल्पा बागलुङ पर्वतका साथै मुस्ताङ सम्म फैलिएको थियो । पौराणिक दृष्टिकोणबाट हेर्दा ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको स्थान "जड" जडभरत गुफाको नामले हाल म्याग्दीको गलेश्वरमा पर्दछ..

    वसन्त ऋतु : पर्यटकको चहल पहल बढ्यो

    शनिबार, चैत्र ९, २०७५ साल
    काठमाडौँ, ९ चैत  वसन्त ऋतुको आगमनसँगै पर्यटकको चहलपहल बढेको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त मानिने यो याममा साहसिक पर्यटनका गतिविधि बढी हुन्छन् । मुख्य पर्यटकीय मौसम भएकाले साहसिक पर्यटनका साथै हिमाल र पहाडी डाँडापाखाको दृश्यावलोकनको मज्जा लिन पदयात्री औधी रुचाउँछन् ।  त्यस्तै, नेपाली पर्यटनको महत्वपूर्ण हिस्सा ओगट्ने संसारकै आकर्षण पर्वतारोहणका लागि पनि वसन्त ऋतु उपयुक्त मानिन्छ । यतिखेर धेरै सङ्ख्यामा..

    वसन्त ऋतुको आगमन,बढ्यो लालीगुराँसको रौनक

    बिहिवार, चैत्र ७, २०७५ साल
    गलेश्वर, ७ चैत  यसै त वसन्त ऋतु, त्यसमाथि पनि वनैभरि ढकमक्क फुलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ ।  कहिल्यै पनि वन जङ्गलमा नपुगेका युवायुवतीको लर्को अहिले जङ्गली क्षेत्रमा पुग्दा गाउँलेले अचम्म मानेका छन् भने युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख परेका छन् ।  म्याग्दीका..

    पर्यटकको मुख्य आकर्षण केन्द्र पुरन्धरा झरना

    मंगलवार, चैत्र ५, २०७५ साल
    दाङ, ५ चैत  दाङको बबई गाउँपालिका–५ मा पर्ने झरना यतिखेर पर्यटकको मुख्य आकर्षण केन्द्र बन्न पुगेको छ । तीनतिरबाट वनजङ्गलले घेरेको पश्चिमतर्फ भने कलकल बग्ने बबई नदी र त्यही नदीको करीब १० मिटर टाढा पूर्वतर्फ रहेको प्राकृतिक पुरन्धरा झरना छ । पैँतालीस उचाइको सो झरनाबाट पानी तल खस्ने गरेको मनमोहक दृश्यले त्यहाँ पुग्ने सबैलाई नै लोभ्याउने गरेको छ ।  झरनाबाट खसेको पानी..

    “१ पटक खप्तड घुम्न आउने पर्यटक अर्कोपल्ट नआई रहनै सक्दैन”

    मंगलवार, चैत्र ५, २०७५ साल
    डोटी, ४ चैत  भूस्वर्गका रुपमा चिनिने सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटकको आगमन उल्लेख्य रुपमा बढेको छ । यहाँका हराभरा लेक, तालतलैया र आनन्ददायी बासस्थानले पर्यटकलाई लोभ्याउने गरेको छ । यहाँ बाह्यभन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । खप्तड क्षेत्रमा यस वर्ष बाक्लो हिमपात भए पनि पर्यटक घटेन ।  डोटी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नरेन्द्र खड्काले खप्तड..

    पर्यटन क्षेत्रमा देखिएका उपलब्धि - नीतिदेखि उडानसम्मका उछाल !

    सोमबार, चैत्र ४, २०७५ साल
    काठमाडौँ, ४ चैत  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी गत वर्ष चैत २ गते सिंहदरबारमा आफ्नो पदबहालीका क्रममा भन्दै हुनुहुन्थ्यो, पर्यटन क्षेत्रमा प्रभावकारी सुधार ल्याएरै छोड्छु । मन्त्री अधिकारीले आफ्नो पहिलो नीतिगत निर्णय ‘सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने र निर्माणाधीन पोखरा, भैरहवा र निजगढ अन्तर्राष्ट्रिय निर्माणको प्रभावकारी निर्माण अघि बढाउने’ भनी गर्नुभयो..

    फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया

    शुक्रबार, चैत्र १, २०७५ साल
    चिप्लेढुङ्गा, १ चैत सुन्दर नगरी पोखरा । नौ तालले सिङ्गारिएको पोखरा उपत्यकाको एउटा आकर्षण हो फेवाताल । यस तालमा माछापुच्छ्रे हिमालको अद्भूत दृश्य देख्न पाइन्छ । यस प्राकृतिक छटाको रसस्वादन गर्न देशभित्र र विदेशबाट थुप्रै पर्यटक पोखरा आउँछन् । प्रकृतिप्रेमीहरुले यस दृश्यको वर्णन गर्दै ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाया’ जस्ता गीत रचेका छन् ।  कुमारी हिमालको नामबाट समेत परिचित यो हिमाल..

    निकुञ्जमा विशेष सुरक्षा अभियान, अब यसरी गरिन्छ गस्ती !

    शुक्रबार, चैत्र १, २०७५ साल
    चितवन, १ चैत  चितवन राष्ट्रिय निकुञ्जले सम्पूर्ण क्षेत्रमा पुग्ने गरी (स्वीप अप्रेशन) विशेष अभियान सञ्चालन गरेको छ । वर्षात् सकिएपछि निकुञ्जभित्र झाडी पातलो हुँदै जाँदा तस्करको पहुँच वन्यजन्तुसम्म पुग्न सक्ने भन्दै निकुञ्ज कर्मचारी र नेपाली सेनाले विशेष अभियान शुरु गरेका हुन् ।  विगतका वर्षमा अधिकांश चोरीशिकारीका घटना यसै मौसममा हुने गरेको तथ्याङ्कले देखाएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार..

    रेसुङ्गा वनमा फुलेको लालीगुराँसले पर्यटकलाई लोभ्याउँदै

    बिहिवार, फागुन ३०, २०७५ साल
    बेझाड, ३० फागुन रेसुङ्गाको वनैभरि फुलेका लालीगुराँस फूलले पर्यटकलाई लोभ्याइरहेको छ । गुल्मी जिल्लाको प्रसिद्ध एवं धार्मिक वन रेसुङ्गामा अहिले गुराँस फुल्न थालेपछि पर्यटकको चहलपहल बढ्न थालेको छ ।  वनैभरि राताम्य फुलेका गुराँससँग दिनभर रमाउने र फोटो खिचाउने युवायुवतीको चहलपहल बढिरहेको छ । गुल्मी सदरमुकाम तम्घास बजारदेखि माथि रहेको रेसुङ्गा वनमा फुलेका गुराँस फूलले सबैको ध्यान तानिरहेको छ । अहिले यहाँ..

    धुलिखेलमा ‘सुपरम्यान फ्लाइङ’, अब मजा लिन धेरै टाढा धाउन नपर्ने

    मंगलवार, फागुन २८, २०७५ साल
    धुलिखेल, २८ फागुन  प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउन नपर्ने भएको छ ।  काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि टाढा पुग्नुपर्ने अवस्थाको अन्त भएको हो । कास्कीको पोखरापछि उक्त खेल यही फागुनदेखि धुलिखेलमा सञ्चालनमा आएको हो । धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप..

    घरवास कार्यक्रमले गाउँमा उत्साह, पर्यटन प्रवद्र्धनमा नयाँ आशा

    मंगलवार, फागुन २८, २०७५ साल
    बागलुङ, २८ फागुन  घरवास (होमस्टे) कार्यक्रम शुरु भएपछि काठेखोला गाउँपालिका–३ धम्जा, ओखलेवासी उत्साहित भएका छन् । गाउँको पर्यटन प्रवद्र्धनमा घरवासले नयाँ आशा जगाएको छ ।  स्थानीय उत्पादन, संस्कृति र खानपानसहितको सेवा घरवासमा उपलब्ध गराउने योजना गाउँलेको छ । घरवासमा जोडिएका चौध घरमा चार चार जनाका दरले पर्यटक राख्न सकिने जनाइएको छ ।  घरवासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणको तयारी भइरहेको ‘बेलढुङ्गा सामुदायिक घरवास’..

    जिल्लामै पहिलोपटक सञ्चालन गरिएको हट एयर बेलुनमा रमाउँदै पर्यटक

    आईतवार, फागुन २६, २०७५ साल
    भीरकोट, २६ फागुन स्याङ्जाको भीरकोट नगरपालिका– १ स्थित सिसौघारी मैदानमा जारी तेश्रो बयरघारी रमाइलो मेलाको अवसरमा जिल्लामै पहिलोपटक सञ्चालन गरिएको हट एयर बेलुन ।  बेलुनमा जनही रु तीन हजारका दरले उडाउने र महोत्सव स्थलको अवलोकन गराउने गरिएको छ ।..

    पर्यटन वर्षको प्रचार गर्न जनप्रतिनिधिसहितको जलयात्रा

    शुक्रबार, फागुन २४, २०७५ साल
    चितवन, २४ फागुन  पर्यटन वर्ष २०२० को प्रचारप्रसारका लागि उद्योग वाणिज्य सङ्घ रत्ननगरले जनप्रतिनिधिसहितको टोलीलाई बिहीबार र शुक्रबार त्रिशूलीमा र्याफ्टिङ गराएको छ ।  धादिङको चरौदिबाट १७ किलोमिटर दूरी पार गरेर साँझ फिस्लिङमा रात कटाएको सो टोलीले शुक्रबार बिहान पुनःपाँच किलोमिटर दूरी पार गर्दै कुरीनटारमा आएर र्याफ्टिङ यात्रा सम्पन्न गरेको छ ।  पर्यटकीय क्षेत्र सौराहा रहेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले र्याफ्टिङबाट झरेपछि जीवनमा..

    पूर्वाधारको अभाव भएपनि सोलेडाँडामा पर्यटक दिनानुदिन बढ्दै

    बिहिवार, फागुन २३, २०७५ साल
    गलेश्वर, २३ फागुन ‘हेर्दाहेर्दै कान्छीले सोलेडाँडा काट्यो मायालाई’वर्षौं पहिले लोक गायक खड्ग गर्बुजाले यो गीत गाउँदा धेरैको मनमा कस्तो होला सोलेडाँडा भन्ने जिज्ञासा हुन्थ्यो तर अहिले यातायातको पहुँचसँगै यो स्थल पर्यटकको गन्तव्य बनेको छ । गर्बुजाको उक्त गीतमा आफ्नो प्रेमीलाई झुक्याएर कान्छीले सोलेडाँडा काटेर गए पनि अहिले सयौँ कान्छा कान्छीहरु यहाँ आएर रमाउन थालेका छन् ।  टाढाटाढाबाट पर्यटकको आगमन हुने गरे पनि..

    मनोरम हिमशृङ्खलाका मनोरम दृश्य

    बिहिवार, फागुन २३, २०७५ साल
    काठमाडौँ, २३ फागुन म्याग्दीको बेनी नगरपालिका–२ सानालेखबाट देखिएको अन्नपूर्ण र निलगिरी हिमालको मनोरम दृश्य । भारी हिमपातले हिउँको मात्रा बढेपछि हिमशृङखलाहरु मनमोहक देखिएका छन् ।  हिमाल आरोहणको क्षेत्रमा सबै भन्दा जेठो हिमालको रुपमा अन्नपूर्ण प्रथम रहेको छ । सन् १९५० जुन ३ तारिखमा सर्वप्रथम फ्रान्सका मौसिर हर्जोेगले सफल आरोहण गरेका थिए । फ्रान्सेली टोलीद्धारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाई (८०९१ मि.)..

    सेतीमा जलयात्रा बढ्दै, पर्यटक भीड

    बुधबार, फागुन २२, २०७५ साल
    डोटी, २२ फागुुन  दिपायलमा रहेको सेती नदीमा हिजोआज दिनहुँ जलयात्रा गर्नेहरुको भीड लाग्ने गरेको छ । चेम्बर अफ कमर्शले दिपायलमा यही फागुन १७ गतेदेखि शुरु गरेको प्रादेशिक महोत्सवको आकर्षणका रुपमा रहेको सेतीमा जलयात्रा गर्न दिनहुँ स्थानीयवासी तथा पर्यटक आउने गरेका छन् ।  शिखर नगरपालिकाको भागेश्वर मन्दिरदेखि दिपायलमा रहेको पुरानो झोलुङ्गे पुलसम्म करीब डेढ घण्टा सेतीमा जलयात्रा गरी रमाउनेको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको..

    पोखरामा फेरि प्याराग्लाइडिङ दुर्घटना, विदेशी पर्यटकको मृत्यु

    मंगलवार, फागुन २१, २०७५ साल
    पोखरा, २१ फागुन पर्यटकीय नगरी पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना भएको छ । मंगलबार मध्यान्ह १२ बजेर ५ मिनेटमा सराङकोटबाट उडेका एकजना रसियन नागरिक डिमिडभील स्पाइसिनको दुर्घटनामा परेर ज्यान गएको हो । दुर्घटनामा परेका रसियन प्याराग्लाइडरलाई उपचारका लागि पोखरास्थित मेट्रो सिटी अस्पतालमा पुर्‍याइएको थियो । चिकित्सकले उनलाई मृत घोषित गरे । मृत्यु हुने रसियन पर्यटक ४२ वर्षीय डिमिडभील स्पाइसिन रहेको प्रहरीले जनाएको..

    सुर्खेत बुलबुल ताल हेर्न पर्यटकको बाक्लो भीड

    शुक्रबार, फागुन १७, २०७५ साल
    सुर्खेत, १७ फागुन  ‘सुर्खेत बुलबुल ताल मै सानी हुनाले छुट्यो माया जाल’ लोक गीतले बुलबुले ताललाई मात्र नभई सिंगो सुर्खेत जिल्लालाई नै चिनाउन सफल भएको छ ।  लोक सङ्कलक पे्रमदेव गिरीको शब्द र कमला श्रेष्ठको स्वरमा ३० को दशकमा रेडियो नेपालमा रेर्कड भएका यो गीतले बुलबुले तालसँगै सुर्खेत जिल्लालाई नै चर्चित बनायो । अहिलेजस्तो यातायात र घुम्ने संस्कारको विकास नभइसकेको त्यो समयमा..

    हात्ती सफारी गर्दै पर्यटक, सौराहामा के-के छन् सुविधा ?

    आईतवार, फागुन १२, २०७५ साल
    चितवन, १२ फागुन चितवनको सौराहा किनारबाट राप्ती नदीमा ढुङ्गा शयरको तयारीमा रहेका आन्तरिक पर्यटक ।  पछिल्लो समय सौराहालाई आन्तरिक पर्यटकले चलायमान बनाएको छ ।  हात्ती चढेर जंगल सफारी गर्न, वन्यजन्तु हेर्न, राप्ती नदिमा डुङ्गा सयर गर्न, सूर्यास्त हेर्न र थारु संस्कृतिको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक सौराहा आउने गरेका छन् । ..

    पदमार्ग निर्माणसँगै आकर्षणको केन्द्र बन्दै ‘महभीर झर्ना’

    आईतवार, फागुन १२, २०७५ साल
    भोजपुर, १२ फागुन  पर्यटकीय क्षेत्र भोजपुरको टेम्केडाँडाको काँखमा रहेको महभीर झर्ना पर्यटकको आकर्षणको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । करीब ६० मिटर अग्लो झर्नाको मनोरम दृश्य र भीरमौरी हेर्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् ।  भोजपुर सदरमुकामबाट २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करीब चार किलोमिटर पश्चिममा अवस्थिति यो झर्नामा बाह्रै महीनामा पानी उत्तिकै मात्रामा बग्ने गर्दछ । झर्नाबाट झरेको पानीको..

    हिउँले भरीएको तिमाङ गाउँमा पर्यटकको ओईरो

    बुधबार, फागुन ८, २०७५ साल
    मनाङ, ८ फागुन माघ महिना देखी हाल सम्मको हिमपातले मनाङ चामे गाउँपालिकाको तिमाङ गाउँमा हिउँ अझै पग्लिएन । हिउँ नै हिउँले पुरीनै लागेका घरहरुको दृश्य ।  हिमपातसँगै मनाङको तिमाङ, दानक्यु र सदरमुकाम चामे लगायतका ठाउँमा हिउँ खेल्न आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।..

    आन्तरिक पर्यटन वर्षमा १५ लाख पर्यटन भित्र्याइने

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौं, ७ फागुन । गण्डकी प्रदेश सरकारले राष्ट्रिय लक्ष्यसँग मेल खाने गरी सन् २०१९ लाई गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९ मनाउन लागेको छ ।  आन्तरिक पर्यटन वर्ष २०१९ अभियानको प्रतीकचिह्न र नाराका विषयमा सरोकार भएकाहरुको धारणासहित आवश्यक सुझाव सङ्कलन गरिएको थियो ।  उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही फागुन ९ गते घोषणा गर्नै आन्तरिक पर्यटन वर्ष २०१९ मा १५ लाख आन्तरिक..

    अलपत्र परेका ७ सय पर्यटकको कालिञ्चोकबाट उद्धार

    सोमबार, फागुन ६, २०७५ साल
    जिरी, ६ फागुन : प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए । प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ जनाको संयुक्त उद्धार..

    विश्वका घुम्नलायक उत्कृष्ट शहरमा काठमाडौँ ५ औं स्थानमा

    मंगलवार, फागुन ७, २०७५ साल
    काठमाडौँ, ५ फागुन नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ ।  पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा..
    Results 297: You are at page 3 of 10
    First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
    Weather Forecast