आईतवार, भाद्र ८, २०७६

    पर्यटक

    बेनी–जोमसोम अन्तर्गत पर्ने कुमारी झरना पर्यटकको रोजाइमा

    सोमबार, बैशाख २३, २०७६ साल
    गलेश्वर, २३ वैशाख ।   उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा रहेको कुमारी झरनाको रुपमा परिचित नारच्याङ झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै जान थालेको छ ।    पहाडको टुप्पोबाट कलकल गर्दै झर्ने निकै सुन्दर, आकर्षक र मनमोहक झरना पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।   बेनी–जोमसोम मोटरबाटो ९कालीगण्डकी करिडोर० अन्तर्गत कालीगण्डकी नदीको पारीपट्टी नारच्याङ खण्डमा पर्ने यो झरना अत्यन्तै आकर्षक..

    गोरखाकोे सिरानचोकमा सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालन

    आईतवार, बैशाख २२, २०७६ साल
    गोरखा, २२ वैशाख । गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन शुरु गरिएकोे होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिनुभयो । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको प्रवद्र्धन गर्दै त्यहाँका कलासंस्कृति र पहिचानसमेतको प्रचार–प्रसारका लागि होमस्टे सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । गुरुङ जातिको बाहुल्यता रहेको आरुबोटेमा शुरु..

    गर्मीयाम शुरु भएलगत्तै गोसाइँकुण्ड जाने पर्यटक बढे

    शनिबार, बैशाख २१, २०७६ साल
    रसुवा, २१ वैशाख ।  समुन्द्री सतहदेखि १४ हजार १०० फिटको उचाइमा रहेको पौराणिक धार्मिक क्षेत्र गोसाइँकुण्ड जानका लागि काठमाडौँदेखि गल्छी, त्रिशूली, बेत्रावती, कालिकास्थान हुँदै धुञ्चेसम्म एक दिन सवारी साधन र दोस्रो दिन धुञ्चेबाट २५ किलोमिटर उकालो यात्रा गर्नुपर्दछ । गङ्गा दशहरा पर्वमा १० दिन र जनैपूणिमा पर्वमा पाँच दिनसमेत वर्षको १५ दिन विशेष मेला लाग्ने भए पनि केही वर्षयता अन्य समयमा..

    खप्तड आउने पर्यटक बढे, विकासका लागि करोडौं रकम विनियोजन

    शुक्रबार, बैशाख २०, २०७६ साल
    डोटी,  २० वैशाख खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा वाह्य पर्यटक भित्रिनेक्रममा वृद्धि भइरहेको छ । यहाँका विभिन्न हराभरालेक, तालतलैया तथा प्राकृतिक सम्पदाको अवलोकन गर्न पछिल्लो समय यो निकुञ्ज पर्यटकका लागि आकर्षणको केन्द्रविन्दु बन्दै गएको छ ।  प्रदेश सरकार तथा यहाँका विभिन्न स्थानीय तहले खप्तडको विकासका लागि भन्दै करोडौं रकम विनियोजन गरी काम शुरु गराउन थालेपछि आन्तरिक तथा बाह्य पर्यटक भित्रिन थालेको डोटी..

    भ्रमण वर्ष सन् २०२० लाई लक्षित पर्यटक प्रवद्र्धन अभियान

    शुक्रबार, बैशाख २०, २०७६ साल
    रत्ननगर, १९ वैशाख नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी नेपालको तेस्रो पर्यटकीय क्षेत्र सौराहामा पर्यटक आकर्षित गर्न नयाँ अभियान चलाइने भएको छ । विभिन्न मेला महोत्सव तथा पर्वमा मात्रै पर्यटक आउने र अन्य बेलामा पर्यटक आगमन न्यून हुने भएकाले नयाँ प्याकेजका कार्यक्रम ल्याएर पर्यटन प्रवद्र्धन गर्न लागिएको यहाँका व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौरहाका अध्यक्ष सुमन घिमिरेले विशेष..

    पर्यटकलाई आर्कषण केन्द्र बाँसखर्कमा घरबास निर्माण शुरु

    मंगलवार, बैशाख १७, २०७६ साल
    तनहुँ, १७ वैशाख भानुनगरपालिका–११ बासखर्कमा घरबास निर्माण कार्य शुरु गरेको छ । गण्डकी प्रदेशले होमस्टे निर्माणका लागि रु १० लाख विनियोजन गरेपछि होमस्टे निर्माण कार्य शुरु गरेको हो ।  गुरुङ समुदायको बाहुल्यता रहेको उक्त क्षेत्रमा अहिले पाँच घरबाट होमस्टे शुरु गर्न लागेको बाँसखर्क सामुदायिक होमस्टेका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो । स्थानीयवासी पर्यटकलाई आर्कषण गर्न यतिबेला बाटोमा ढुङ्गा छाप्ने काम गरिरहेका छन्..

    सगरमाथा सफाइ समूह आधार शिविर, ३ हजार किलो फोहोर सङ्कलन

    आईतवार, बैशाख १५, २०७६ साल
    काठमाडौँ, १५ वैशाख । यही वैशाख १ गतेदेखि लुक्लाबाट शुरु गरिएको सगरमाथा सफाइ अभियानको समूह सगरमाथाको आशार शिविर ‘बेस क्याम्प’ पुगेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको नेतृत्वमा संयुक्त रुपमा सरसफाइ गर्दै टोली बेस क्याम्प पुगेको अभियानले आईतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । यसबीचमा नेपाली सेनाको एम आई १७ हेलिकोप्टरबाट करीब तीन हजार किलो सङ्कलित फोहरमध्ये दुई हजार किलो फोहर ओखलढुङ्गा..

    अन्नपूर्ण आधार शिविरमा पदयात्री बढेपछि उत्साह थपिँदै

    आईतवार, बैशाख १५, २०७६ साल
    पोखरा, १५ वैशाख   गत फागुन चैत महीनामा पटक-पटक गरी परेको हिमपातका कारण अन्नपूर्ण चक्रीय पदमार्ग र आसपासका क्षेत्रमा प्रभावित पदयात्रा पर्यटनमा केही दिन यता पर्यटक बढ्न थालेसँगै उत्साह थपिएको छ ।   गत फागुन १३ गते अन्नपूर्ण आधार शिविर (एबिसी)मा आएको हिमआँधीका साथै त्यसयता विभिन्न समयमा परेको हिमपातले ठाउँठाउँमा पदमार्ग बिग्रे भत्केपछि समस्या आएकोमा तिनीहरूको पुनःनिर्माणपछि पुनः यस क्षेत्रमा पर्यटकको आगमन बढेको हो..

    सुन्दर पर्यटकीयस्थल : रोल्पाको जलजलामा बढ्यो पर्यटकको चहलपहल

    शनिबार, बैशाख १४, २०७६ साल
    रोल्पा, १४ वैशाख    पर्यटन गन्तव्य शुभारम्भसँगै रोल्पाको जलजलामा पर्यटकको चासो बढ्न थालेको छ । धार्मिक, युद्ध र पर्या–पर्यटनको राम्रो सम्भावना बोकेको उक्त स्थानमा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको हो ।   बिदाका दिन जलजला घुम्न जानेको सङ्ख्यामा आएको वृद्धिसँगै यसको प्रचारप्रसारले समेत व्यापकता पाइरहेको छ । जलजलामा बढेको आन्तरिक पर्यटकको चहलपहलले होटल व्यावसायमा सकारात्मक प्रभाव देखिन थालेको रोल्पा उद्योग वाणिज्य सङ्घ सदस्य सागर..

    सगरमाथा आधार शिविरबाट क्याम्प तीनसम्म बाटो खुला, ८ सयले आरोहण गर्ने

    शनिबार, बैशाख १४, २०७६ साल
    सोलुखुम्बु, १३ वैशाख    सगरमाथा आरोहणका लागि आधार शिविरबाट क्याम्प तीनसम्म जाने बाटो खुलेको छ । पर्वतारोहण सञ्चालक सङ्घका अध्यक्ष डम्बर पराजुलीका अनुसार बिहीबारदेखि क्याम्प तीनसम्मको बाटो खुलेको हो ।    आधार शिविरदेखि क्याम्प दुईसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी)का आइसफल डक्टरले बनाउँछन् भने त्यसभन्दा माथि पर्वतारोहण सञ्चालक सङ्घको टोलीले बनाउने गर्छ । “आठ जनाको टोलीले बिहीबार क्याम्प तीनसम्मको बाटो बनाइसकेका छन्”, सङ्घका..

    श्रीलङ्का आक्रमण : पर्यटन क्षेत्रमा डेढ अर्ब डलर घाटा, पर्यटक ३० %ले कमी

    शुक्रबार, बैशाख १३, २०७६ साल
    कोलम्बो, श्रीलङ्का, १३ वैशाख  श्रीलङ्कामा गत हप्ता क्रिश्चियन पर्व इस्टरका दिन भएको आतङ्कवादी आक्रमणका कारण पर्यटकको आगमनमा ३० प्रतिशतले कमी आउनसक्ने यहाँको अर्थ मन्त्रालयले शुक्रबार जनाएको छ । मन्त्रालयले आक्रमणका कारण विदेशी पर्यटकले यसअघि गरेको होटेलहरूको वुकिङ रद्द गर्ने क्रम देखिएको होटेल व्यवसायीहरूले जनाएका समय अर्थमन्त्रालयको उक्त भनाई सार्वजनिक भएको हो ।  आक्रमणको प्रभावका कारण पर्यटन क्षेत्रमा यस बर्ष करिब डेढ अर्ब अमेरिकी..

    चरा प्रेमीहरुको चहलपहल हुन्छ माघी होमस्टेमा, पर्यटक लिए थारु परिकार मज्जा

    शुक्रबार, बैशाख १३, २०७६ साल
    लम्की, १३ वैशाख  कैलालीको घोडाघोडी–४ मा चरा हेर्न आउने पर्यटकले माघी घरबास (होमस्टे) चलेको छ । घोडाघोडी नगरपालिकाको वडा नं ४ माघी गाउँमा रहेको माघी सामुदायिक वनमा चरा अवलोकन गर्न आउनेहरु नै माघी होमस्टेमा बास बस्ने गर्दछन् । त्यहाँ १५ घरमा होमस्टे सेवा सञ्चालन गरिएको छ ।  होमस्टेसँगै जोडिएको माघी सामुदायिक वनमा ५० प्रजातिका चरा अवलोकन गर्न पाइन्छ । चरा संरक्षण तथा..

    ‘आहा क्या सुन्दर दृश्य’ लभ्ली हिलमा सेल्फीसँगै रमाउँदै पर्यटक

    आईतवार, बैशाख ८, २०७६ साल
    बेनी, ८ वैशाख  बेनी नगरपालिका वडा नंं २ खबरास्थित ‘लभ्ली हिल’ यतिबेला आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजीकै रहेको ‘खाराको डाँडो’ अहिले ‘मायालु डाँडा’ नामबाट परिचित भएको छ । बेनी बजारदेखि झण्डै आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने रमणीय लभ्ली हिलमा अहिले दिनहुँजसो आन्तरिक पर्यटकको घुइँचो देख्न सकिन्छ । कालीगण्डकी र म्याग्दीखोलाको दोभानका बीचमा रहेको..

    पर्यटन विकासका लागि कालीगण्डकीमा राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा

    शुक्रबार, बैशाख ६, २०७६ साल
    बेझाड, ६ वैशाख  कालीगण्डकीको अस्तित्व बचाउन र पर्यटन विकासका लागि पाल्पाको राम्दी मालुङ्गाघाटदेखि पुट्टारघाटसम्म जलयात्रा हुँदैछ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा पाल्पाको रामपुर नगरपालिकाको आयोजना तथा रम्भा गाउँपालिका, स्याङजाको चापाकोट नगरपालिका, तनहुँको घिरिङ गाउँपालिकाको सहआयोजनामा जलयात्रा आयोजना गरिएको हो । निजी सङ्घ संस्थाद्वारा यसभन्दा अगाडि कालीगण्डकीमा जलयात्रा निकालिए पनि सरकारी तवरबाट भने पहिलो पटक हुन लागेको हो । जलयात्रामा करीब १५० सहभागी..

    सोह्रौँ साङ्घाई अन्तर्राष्ट्रिय पर्यटन महोत्सव शुरू, ५३ देशको सहभागिता

    बिहिवार, बैशाख ५, २०७६ साल
    साङ्घाई, चीन, ५ वैशाख विश्वका ५३ मुलुक तथा क्षेत्रका ७५० भन्दा बढी संघसंस्था तथा कम्पनी सहभागी सोह्रौँ साङ्घाई अन्तराष्ट्रिय पर्यटन प्रदर्शनी बिहीबार शुरू भएको छ । चार दिनसम्म चल्ने उक्त बार्षिक प्रदर्शनीमा सहभागी मुलुकका व्यवसायी तथा संघसंस्थाले उनीहरूका नयाँ उत्पादनलाई चिनियाँ जनता तथा विश्व बजारमा पु¥याउने उद्देश्यका साथ उत्साहजनक रूपमा सहभागिता जनाएका बताइएको छ । आफ्ना उत्पादनको प्रवद्र्धन गर्न विश्वका नयाँ तथा ख्यातिप्राप्त..

    १ सय गोही राप्तीमा छाडियो

    बुधबार, बैशाख ४, २०७६ साल
    चितवन, ४ वैशाख  चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रमा हुर्काइएका १०० घडियाल गोही यस आर्थिक वर्षमा राप्ती नदीमा छाडिएको छ । यससँगै हालसम्म राप्तीमा छाडिएका गोहीको सङ्ख्या ७८५ पुगेको छ । विगत १६ वर्षदेखि सो प्रजनन केन्द्र हेर्दै आउनुभएका निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार पटक–पटक गरी माघयता ती गोही कसरा नजिकैबाट राप्ती नदीमा छाडिएको हो । अन्दाजी पाँच..

    हिमालका आधार शिविर भरिभराउ, करोडौं राजश्व सङ्कलन

    मंगलवार, बैशाख ३, २०७६ साल
    सोलुखुम्बु, ३ वैशाख : हिमाल आरोहणको अनुमति जारी भएसँगै विभिन्न हिमालका आधार शिविर भरिभराउ हुन थालेको छ । पर्यटन विभागबाट अनुमति लिने आरोही र उनीहरुका सहयोगी आरोहणका लागि गन्तव्यतर्फ प्रस्थान गर्न थालेसँगै आधार शिविर भरिभराउ भएको हो ।  करीब ४०० जना जति आधार शिविरमा बसेका छन्, बाटो बनाउन हामी आउँदा सुनसान थियो, अहिले टनाटन छ । सगरमाथा आधार शिविरमा आरोही र उनीहरुका सहयोगीले..

    तनहुँमा होमस्टेको सङ्ख्या बढ्यो, प्रदेश सरकारमार्फत सहयोग

    मंगलवार, बैशाख ३, २०७६ साल
    तनहुँ, ३ वैशाख तनहुँमा होमस्टे (घरबास) सञ्चालन गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तेत्तीस होमस्टे सञ्चालनमा रहेको यस जिल्लामा अहिले थप छ नयाँ होमस्टे थपिने अवस्थामा छन् ।  गाउँमा होमस्टे सञ्चालनपश्चात गाउँमै स्वरोजगार बन्न सकिने हुँदा पछिल्लो समय तनहुँमा होमस्टे सञ्चालनतर्फ मानिसको आकर्षण बढ्दै गएको छ । होमस्टे (घरबास) को प्रवद्र्धनका लागि प्रदेश सरकारमार्फत ३३ होमस्टेलाई रु १० लाखको दरले रु..

    गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर पारेर ‘गुराँस उत्सव’

    सोमबार, बैशाख २, २०७६ साल
    बागलुङ, २ वैशाख यहाँको पर्यटकीय लेक घुम्टेमा आयोजित ‘गुराँस उत्सव’मा प्रकृतिप्रेमी पर्यटक रमाएका छन् । उत्सव हेर्न पुगेका आन्तरिक पर्यटकले नयाँ वर्ष पनि सँगै मनाए । तीन हजार १२० मिटर उचाइबाट नयाँ वर्ष–२०७६ लाई स्वागत गरे । शनिबार र आइतबार गरी दुई दिनसम्म गुराँस उत्सव चलेको आयोजक गलकोट घुम्टे पर्यटन विकास केन्द्रले जनाएको छ । गुराँस फुल्ने याम र नयाँ वर्षको अवसर..

    आठौँ राष्ट्रिय खेलकूद - प्याराग्लाइडिङमा ५५ खेलाडीको प्रतिष्पर्धा

    सोमबार, चैत्र २५, २०७५ साल
    काठमाडौँ, २५  चैत  प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ ।  आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि शुरु हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । नेपालको राष्ट्रिय खेलकूदको..

    नेपाल भ्रमण वर्ष २०२० - ३ हजारले अवलोकन गरे शुक्लाफाँटा निकुञ्ज

    शुक्रबार, चैत्र २२, २०७५ साल
    कञ्चनपुर, २२ चैत  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको शुक्लाफाँटा पर्यटन महोत्सवमा तीन हजार ३०० ले निकुञ्जको अवलोकन भ्रमण गरेका छन् । मोहत्सवका क्रममा मन्त्री, सांसद, उद्यमी व्यवसायी, बुद्धिजीवीसहित छिमेकी देश भारतका पर्यटकले निकुञ्ज भ्रमण गरेका हुन् । निकुञ्ज भ्रमणका क्रममा छ दिनमा १४५ सवारीसाधान निकुञ्ज प्रवेश गरेका महोत्सव मूल आयोजक समितिका संयोजक भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले बताउनुभयो । बाह्रसिङ्गाको..

    चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटकलाई टिफिन बक्स

    बुधबार, चैत्र २०, २०७५ साल
    चितवन २० चैत चितवन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने पर्यटकलाई प्लाष्टिक लैजानमा कडाइ गरेसँगै होटलहरुले टिफिन बक्स (भाँडोमा खाजा) पठाउन थालेका छन् । निकुञ्जले गत माघ १८ गतेदेखि निकुञ्ज प्रवेश गर्ने पर्यटकले लगेका प्लाष्टिक फिर्ता ल्याउनैपर्ने नियम लागू गरेको छ ।  निकुञ्ज प्रवेशद्वारमा पर्यटकले लगेका प्लाष्टिकको तथ्याङ्क राख्ने गरिन्छ । फर्किँदा लगेका प्लाष्टिक फिर्ता आए नआएको परीक्षण गर्ने गरिएको छ । प्लाष्टिक फिर्ता..

    प्रचारप्रसार हुन नसक्दा पर्यटकीयगन्तव्य सिद्धबाबा ओमधाम ओझेलमा

    बुधबार, चैत्र २०, २०७५ साल
    पाल्पा, २० चैत बगनासकाली गाउँपालिका–८ घिउसीबाँसस्थित धार्मिक पर्यटकीय गन्तव्यका रुपमा रहेको सिद्धबाबा ओमधाम क्षेत्रको प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । एक सय आठ पिपल र १०८ शिवलिङ्ग रहेको सिद्धबाबाको मन्दिर धार्मिक पर्यटनका लागि उचित गन्तव्यका रुपमा रहेकोे  स्थानीय राजेन्द्र बस्यालका अनुसार ९०० रोपनी घनाजङ्गल क्षेत्रमा रहेको मन्दिरमा तपस्या गर्नेलाई शान्त वातावरण छ । पिपलले घेरिएको मन्दिर सुन्दर र आकर्षक देखिन्छ तर..

    साहसिक पर्यटन ! चीनमा खुल्दै १५ सय मिटर लामो स्ट्रोप रोप वे

    आईतवार, चैत्र १७, २०७५ साल
    काठमाडौँ, १७ चैत चीनको सबैभन्दा लामो स्ट्रोप रोप वे अप्रिलदेखि संचालनमा आउने भएको छ । चीनको गुंगडंग प्रान्तको गवान्जावमा बाइयुन माउन्टेन सिनिक स्पटले उक्त रोप वे निर्माण गरेको हो । १५ सय मिटर लामो रोप वेमा एक व्यक्तिले अधिक्तम १२० किलोमिटरको गतिमा यात्रा गर्न सकिने बताइएको छ । एकै समयमा ६ व्यक्तिले रोप वेबाट दुई मिनेटको यात्रा तय गर्न सक्ने बताइएको छ..

    पोखरेलीको पाहुनालाई निम्तो : ‘जाउँ है पोखरा’

    शनिबार, चैत्र १६, २०७५ साल
    काठमाडौँ, १६ चैत  आन्तरिक पर्यटन प्रवद्र्धनका माध्यमबाट दिगो पर्यटन विकास गर्ने उद्देश्यका साथ पोखरेली पर्यटन व्यवसायीले ‘जाउँ है पोखरा अभियान–२०७५’ सञ्चालन गरेका छन् ।  पर्यटकीय नगरी पोखरामा धेरै भन्दा धेरै सङ्ख्यामा पर्यटक आकर्षण गर्ने लक्ष्यका साथ व्यवसायी यतिखेर विभिन्न ठाउँमा पोखरा भ्रमणको निम्तो बाड्दै यात्रामा जुटेका हुन् । झण्डै १७ वर्षदेखि उक्त अभियान चलाउँदै आएका व्यवसायीले यो पटक पनि पश्चिमाञ्चल होटल सङ्घ..

    पर्यटकीयस्थल बन्दै ‘बालपुरी मठधुनी मन्दिर’

    शनिबार, चैत्र १६, २०७५ साल
    परासी, १६ चैत  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ छिवनीस्थित बालपुरी मठधुनी मन्दिर धार्मिक पर्यटकीयस्थल बन्दै गएको छ । प्राचीन समयदेखि नै निरन्तर बलिरहेको अखण्ड धुनी र खुर्सानीको हवन हुने भएकाले यहाँ भक्तजन आउने गर्छन् ।  बालपुरी कुटीको रूपमा परिचित यहाँको दर्शन तथा पूजाअर्चना गर्नाले मनोकाङ्क्षा पूरा हुने गरेको धार्मिक विश्वास छ । यो स्थल बाबा बालपुरी स्वामीले तपस्या गरेको तपोभूमि पनि हो ।..

    पर्यटन महोत्सव चैत २१ देखि, यस्ता छन् योजना !

    बुधबार, चैत्र १३, २०७५ साल
    बेनी, १३ चैत  म्याग्दी सदरमुकाम बेनीमा प्रथम पर्यटन महोत्सव आयोजना हुने भएको छ । रेडियो म्याग्दी १०४.४ मेगाहर्जको आयोजनामा चैत २१ गतेदेखि वैशाख १ गतेसम्म प्रथम म्याग्दी पर्यटन महोत्सव हुनलागेको हो ।  रेडियोको ११औँ वार्षिकोत्सवको अवसरमा ‘हाम्रो कला संस्कृतिको पहिचान तथा संरक्षण, साना तथा घरेलु उद्योगको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ पर्यटन महोत्सव आयोजना गरिएको रेडियोका संस्थापक अध्यक्ष एवं महोत्सवका मूल संयोजक..

    पर्यटकीय गन्तव्य बन्दै रानी झरना

    मंगलवार, चैत्र १२, २०७५ साल
    पाल्पा, १२ चैत  जिल्लाको तिनाउ गाउँपालिका–२ ढाबखोलास्थित रानी झरना र तल निलो आकर्षक पोखरी छ । प्राकृतिक रूपमा रहेको झरना र पोखरीले आन्तरिक पर्यटनलाई लोभ्याउँछ । करीब १० वर्षअघि मात्र स्थानीय बासिन्दाले झरना र पोखरीका विषयमा थाहा भएको हो । घाँसदाउरा गर्ने मानिसले देखे पनि यसको प्रचारप्रसार हुन नसक्दा ओझेलमै रहेको थियो ।  करीब ५० मिटर माथिबाट झरना बगिरहेको छ । वरपर..

    सगरमाथा आरोहणको मुख्य याम, व्यवस्थान गर्न विभागको सक्रियता !

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौँ, १० चैत सगरमाथासहितका हिमाल आरोहणमा देखिएका विकृतिलाई नियन्त्रण गर्न नियामक निकाय पर्यटन विभागले पर्वतारोहणलाई व्यवस्थित गर्नेे भएको छ ।  साहसिक पर्यटनका रुपमा रहेको आरोहणका क्रममा सम्पर्क अधिकृत खटाएका स्थानमा नजाने तथा आरोहणमा संलग्न कम्पनीले फर्जी कागजात पेश गरेर आरोहणको प्रमाणपत्र लिनेजस्ता विकृति बढेको भन्दै विभागले आरोहणलाई मर्यादित र प्रभावकारी बनाउन लागेको हो ।  आरोहणका लागि वसन्त ऋतु र शरद ऋतु उपयुक्त मानिन्छ..

    म्याग्दी उद्योग बाणिज्य संघको टोलीद्वारा हिमशृङ्गखलाको अवलोकन

    आईतवार, चैत्र १०, २०७५ साल
    काठमाडौं, १० चैत म्याग्दीको रघुगंगा गाउँपालिकाको प्रमुख पर्यटकीय स्थल रुईसेको पर्यटन प्रवद्र्धनमा पुगेको म्याग्दी उद्योग बाणिज्य संघको टोली ।  मनोरम हिमशृङ्गखलाको अवलोकनको लागि रुइसे उत्तम गन्तव्य मानिन्छ । ऐतिहासिक रूपमा रहेको तत्कालिन पर्वत राज्य वर्तमान म्याग्दी डोल्पा बागलुङ पर्वतका साथै मुस्ताङ सम्म फैलिएको थियो । पौराणिक दृष्टिकोणबाट हेर्दा ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको स्थान "जड" जडभरत गुफाको नामले हाल म्याग्दीको गलेश्वरमा पर्दछ..
    Results 290: You are at page 2 of 10
    First Prev 1 2 3 4 5 6 7 8 9 10 Next Last
    Weather Forecast