मंगलवार, आषाढ २३, २०७७

    पर्यटक

    पाटन भ्रमणमा आउने पर्यटकको संख्यामा बृद्धि

    बुधबार, मंसिर २७, २०७४ साल
    मंसिर २७, काठमाडौँ । पाटन घुम्न आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । पाटन दरबार स्क्वायर संग्राहलयको तथ्यांक अनुसार २०७३ असोज देखि २०७४ असोज सम्ममा १ लाख ७६ हजार ९ सय ६ जना पर्यटक पाटन घुम्न आएका छन् ।  ललितपुर महानगर पालिकाले गत वर्षको असोजदेखि पाटन प्रवेशमा एकद्धार प्रणाली अपनाएको थियो । एकद्धार प्रणाली लागु गरेको एक वर्षमा संग्राहलयले १२ करोड ६१..

    पर्यटक आकर्षित गर्न पहिचानका स्तम्भ निर्माणको लहर

    मंगलवार, मंसिर ५, २०७४ साल
    तेह्रथुम, ५ मंसिर । पूर्वको पहाडी शहरमा वर्षेनी फरकफरक प्रकृति र पहिचान बोकेका स्तम्भ निर्माण भइरहेका छन् । स्थानीय बजार क्षेत्रको आआफ्नो विशेषतासँग जोडेर स्तम्भ निर्माण गर्ने लहर नै चलेको छ । सुनसरीको धरानबाट माथि उक्लिएपछि यस्ता पहिचानका स्तम्भ एकपछि अर्को गर्दै लहरै देख्न पाइन्छन् ।  पर्यटकीय शहर धनकुटाको भेडेटार, हिले, तेह्रथुमको वसन्तपुर, लसुने र संखुवासभाको मुढेशनिश्चरे बजारमा यसअघि नै स्तम्भ बनिसकेका..

    पर्सा राष्ट्रिय निकुञ्जभित्र रिसोर्ट बन्दै

    बिहिवार, कार्तिक ३०, २०७४ साल
    वीरगञ्ज,३० कार्तिक बाराको निजगढ आसपासमा निजगढ काठमाडौँ द्रुतमार्ग तथा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी पर्सा राष्ट्रिय निकुञ्ज वरिपरि रिसोर्ट खुल्ने क्रम बढ्दै गएको छ ।  प्रदेश नं २ को एकमात्र निकुञ्ज भएकाले यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले रिसोर्ट तथा होटल खुल्ने क्रम बढ्न थालेको हो ।  आरक्षबाट निकुञ्जमा स्तरोनन्ति..

    अत्याधुनिक पर्यटकीय बस सञ्चालन, ई-सेवाबाट टिकट, लुम्बिनी पोखरा यात्रा

    आईतवार, असोज २९, २०७४ साल
    काठमाडौँ।  आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ट्राभल्स नेपाल बस सर्भिस प्रालिले अत्याधुनिक सेवा र सुविधासहित थप पाँच वटा पर्यटकीय बस सञ्चालनमा ल्याएको छ।       ‘उमंगको अनुभूति’ भन्ने नाराका साथ यही वैशाखमा चार वटा बस सञ्चालन गरेको प्रालिले आजदेखि थप पाँचवटा बस सञ्चालनमा ल्याएको हो। बसभित्र तातो, चिसो खानेकुरा पाइनुका साथै शौचालयको समेत व्यवस्था भएकाले आनन्ददायी यात्रा गर्न मिल्ने कम्पनीको दावी छ। प्रालिका निर्देशक दीपक भट्टराईले..

    काठमाडौं–ताप्लेजुङ हवाई सेवा पुनः सञ्चालन हुँदै

    सोमबार, असोज २, २०७४ साल
    ताप्लेजुङ । नेपाल नागरिक उड्यन प्राधिकरणले यही आउँदो बुधवारदेखि काठमाडौं–ताप्लेजुङ हवाई सेवा सञ्चालनमा ल्याउने बताएको छ । आइतवार नेपाल नागरिक उड्यन प्राधिकरण र ताप्लेजुङ सरोकार केन्द्रबीच काठमाडौंमा भएको छलफलपछि यसै बुधबारदेखि काठमाडौं–ताप्लेजुङ हवाई सेवा सञ्चालन गर्ने सहमति भएको थियो । सहमति अनुसार नेपाल बायुसेवा निगमले बुधवार र शुक्रवार अर्थात हप्ताको दुई दिन काठमाडौं–ताप्लेजुङ हवाई सेवा सञ्चालन गर्ने छ ।  निजी क्षेत्रका बायुसेवा कम्पनीहरु..

    विराटनगरमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आयो

    शनिबार, भाद्र ३१, २०७४ साल
    ३१ भदौ, विराटनगर ।  नजिकिदै गरेको चाड–पर्वलाई लक्षित गर्दै विराटनगर बसपार्कमा शनिबारबाट यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवसायी संघको संयुक्त पहलमा उक्त यात्रु सहायता कक्षा सञ्चालनमा ल्याइएको हो । यात्रु सहायता कक्षको उद्घाटन गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायले गन्तव्यमा हिँडेका यात्रुहरुलाई ठगीमा पर्नबाट यसले जोगाउनेमा आफू विश्वस्त रहेको बताए..

    सोलुखुम्बु क्षेत्रमा बाह्य पर्यटकको आकर्षण बढ्यो

    आईतवार, भाद्र १८, २०७४ साल
    सोलुुखुम्बु, सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटक आगमन सुरु भएको छ । वर्षायाम सकिएसंगै भदौको मध्यदेखि कात्तिक महिनाभर खुम्बुमा पर्यटकको बाक्लो उपस्थिति हुने गर्छ । पर्यटक नआउने महिना असार÷साउनमा अन्य क्षेत्रमा गएका खुम्बुका व्यवसायीसमेत फर्किएकाले अहिले खुम्बुमा चहलपहल निकै बाक्लो रहेको खुम्जुङका होटल व्यवसायी सोनाम छिरिङ शेर्पाले जानकारी दिए।   वर्षा सकिएसंगै खुम्बुमा होटल, पसल, रेस्टुराँ तथा लजको सरसफाइ र आवश्यक सामग्रीको जोहो गर्न लागिएको..
    Results 307: You are at page 11 of 11
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11
    Weather Forecast