मंगलवार, चैत्र २५, २०७६

    पर्यटन समाचार

    हेलम्बुमा यस्तो बन्दै छ नेपाली ‘ग्रेट वाल’

    आईतवार, आषाढ २९, २०७६ साल
    काठमाडौँ, २९ असार ।  चर्चित सुन्दर पर्यटकीय गाउँ हेलम्बुमा चीनको ‘ग्रेटवाल’को झल्को दिने गरी ६० किलोमिटर लामो हिमालयन पदमार्ग पर्खाल (ग्रेट टेल) बनिरहेको छ। हेलम्बु हिमालयल सम्पदा पदमार्ग नाम दिएर हेलम्बु गाउँपालिकाले चार महिनादेखि गाउँपालिका घेर्ने गरी महत्वकांक्षी पर्खाल (ग्रेट टेल) बनाइरहेको हो। चीनको ग्रेटवाल जस्तै आकर्षणको केन्द्र बनाएर वार्षिक लाखौं आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन नेपाली ग्रेटवालको संज्ञा दिएर पदमार्ग पर्खाल..

    तानसेनका होटल तथा रेष्टुरेण्ट स्तरीकरण

    बिहिवार, आषाढ २६, २०७६ साल
    पाल्पा, २६ असार खाद्य स्वच्छताका आधारमा तानसेनका होटल तथा रेष्टुरेण्ट स्तरीकरण गरिएको छ । प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, स्थानीय खाद्य स्वच्छता समूह पाल्पाले तानसेनका होटलमा प्रतीक चिह्नसमेत वितरण गरेको छ । तानसेनका २६ होटल मध्यम, चार उत्तम, नौ सन्तोषजनक र ६ सामान्यमा होटल स्तरीकरण गरिएको छ ।   उत्तममा नीलो कार्डमा दुई वटा तारा, सन्तोषजनकमा नीलो कार्डमा एउटा तारा, सामान्य पहेँलो लोगो..

    सबैभन्दा बढी पर्यटक बोक्ने नेपाल एयरलाइन्स, बजार हिस्सा ११.७ प्रतिशत ओगट्न सफल

    बिहिवार, आषाढ २६, २०७६ साल
    काठमाडौँ, २६ असार   सन् २०१८ मा राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) सबैभन्दा बढी विदेशी पर्यटक बोक्ने एयरलाइन्समध्ये पहिलो स्थानमा पुग्न सफल भएको छ ।   संस्कृति, पर्यटन तथा नागरक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल टुरिज्म स्टाटिक्स–२०१८’ अनुसार बढी पर्यटक बोक्ने मुख्य पाँच एयरलाइन्समध्ये नेपाल एयरलाइन्स पहिलो भएको छ । उसले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाइन्सलाई उछिन्दै..

    काठमाण्डौ फन भ्यालीमा एक्कासी राजश्वकाे छापा, लाखौँ कर छलेकाे खुलासा !

    मंगलवार, आषाढ २४, २०७६ साल
    भक्तपुर, २४ असार । काठमाण्डौ फन भ्यालीले लाखौँ रुपैयाँको कर छली गरेको खुलासा भएकाे छ ।सूर्यविनायक नगरपालिका १०, पलाँसेमा सञ्चालित फन भ्यालीले काठमाण्डौ फन भ्याली कम्पनीको नाममा बिल काट्नुपर्नेमा नक्कली बिल काटेर लाखौँ रुपैयाँको कर छली गरेको पाइएको हाे ।  काठमाण्डौ फन भ्यालीको नाममा दर्ता भएर सञ्चालनमा रहेको त्यस कम्पनीले कर छली गर्न विद्यालयहरुलाई भने ‘वाटर वर्ल्ड ट्रेडर्स प्रा.लि.’ को नाममा लाखौ रुपैयाँको..

    वर्षात् शुरु भएसँगै सुनसान सौराहा, पर्यटकको सङ्ख्यामा कमी

    मंगलवार, आषाढ २४, २०७६ साल
    चितवन, २४ असार  वर्षात् शुरु भएसँगै पर्यटकीय क्षेत्र सौराहा सुनसान हुन थालेको छ । विगतका वर्षको तुलनामा यो मौसममा निकै कम पर्यटक आएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ चितवनका कार्यवाहक अध्यक्ष दीपक भट्टराईका अनुसार असार महीना शुरु भएदेखि पर्यटकको सङ्ख्या निकै कम छ । उहाँका अनुसार गाडीबाट आउने पर्यटक दैनिक ५० जनासम्म पुग्न मुस्किल भएको छ । समूहमा आउने पनि..

    सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार : विभाग

    मंगलवार, आषाढ २४, २०७६ साल
    काठमाडौं, २४ असार ।  पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ ।  विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रुपमा समेत छलफल नभएको जनाएको छ । आगामी केही वर्ष सगरमाथा आरोहण गर्न रोक्ने वा प्रतिबन्ध..

    नेपालमा वैदेशिक लगानी तथा पर्यटन प्रवर्द्धनबारे ओमानमा छलफल

    सोमबार, आषाढ २३, २०७६ साल
    यूएई, २३ असार ।  नेपालमा विदेशी लगानीका सम्भावना तथा पर्यटन  प्रवर्द्धनबारे ओमानमा छलफल भएको छ । ओमानको उद्योग तथा वाणिज्य मन्त्रालयका उपसचिव अहमद विन हसन अल ढेवको उपस्थितीमा भएको कार्यक्रममा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले नेपालमा लगानीको सम्भावनाका क्षेत्रबारे बताए । मस्कटमा रहेको नेपाली दूतावासले सोमबार आयोजना गरेको कार्यक्रममा लगानी सम्मेलनका अवसरमा  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदाय समक्ष दिएको भिडियो..

    पर्यटकीयस्थलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तह मिल्ने

    सोमबार, आषाढ २३, २०७६ साल
    काठमाडौँ, २३ असार    अर्थमन्त्री युवराज खतिवडाले पर्यटक गन्तव्यका रुपमा छुटेका र आकर्षण गन्तव्य रहेका पर्यटकीयस्थलको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहले मिलेर काम गर्ने योजना बनाइएको जानकारी दिनुभएको छ ।   विनियोजन विधेयक, २०७६ अन्तर्गत संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोग तथा राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका विभिन्न शीर्षकमा विनियोजन बजेट र कार्यक्रमबारे राष्ट्रियसभामा सदस्यले उठाएको..

    राजधानीमा पर्यटक बसपार्कको अभाव, सवारी साधन पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य

    आईतवार, आषाढ २२, २०७६ साल
    काठमाडौँ, २२ असार सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेपनि मुलुकको राजधानी काठमाडौँमा भने अहिलेसम्म पर्यटकीय सवारी साधनका लागि छुट्टै बसपार्क बन्न सकेको छैन । मुलुकको आर्थिक मेरुदण्डको महत्वपूर्ण क्षेत्रको रुपमा रहेको पर्यटकीय बसका लागि बसपार्क नहुँदा सोह्रखुट्टेको सडकबाट सवारी साधन देशका प्रमुख पर्यटकीय गन्तव्यस्थलमा जान बाध्य भएका छन् ।  काठमाडौँदेखि पोखरा, चितवनको सौराहा, लुम्बिनी, जनकपुरलगायतका प्रमुख पर्यटकीयस्थलमा स्वदेशी तथा विदेशी..

    थाइल्याण्डको फुकेटमा पर्यटन प्रवद्र्धन, नेपाली मौलिक कला झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत

    शनिबार, आषाढ २१, २०७६ साल
    काठमाडौँ, २१ असार  थाइल्याण्डको प्रख्यात पर्यटकीय गन्तव्य फुकेतमा शुक्रबार नेपालको संस्कृति तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरियो ।  व्याङककस्थित नेपाली दूतावासले फुकेतस्थित नेपाली अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घको सहयोगमा गरेको उक्त कार्यक्रममा थाइल्याण्डका लागि नेपाली राजदूत गणेश ढकालले नेपाल–थाइल्याण्ड द्विपक्षीय सहयोगका अथाह अवसर र सम्भावना रहेका बताउँदै पर्यटन तथा लगानीका निम्ति नेपाल आकर्षक गन्तव्यका रुपमा विकास भइरहेको..

    पर्यटकीय विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ राजधानीमा चरा उत्सव

    शुक्रबार, आषाढ २०, २०७६ साल
    पोखरा, १९ असार चराहरूको संरक्षण एवम् पर्यटकीय विकासमा टेवा पु¥याउने लक्ष्यका साथ पोखरा पन्छी समाजको आयोजनामा दोस्रो चरा उत्सव पोखरामा शुरु भएको छ । चरा पर्यटनमा बढ्दै गएको आकर्षण एवम् यसको संरक्षण समेतमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ उत्सव आयोजना गरिएको हो । पोखरा पन्छी समाजका सचिव हेमन्त ढकालका अनुसार उत्सवका क्रममा चित्रकला प्रतियोगिता र चरा गाइडका लागि तालीम, चरा संरक्षणमा देखिएका..

    तत्काल काठमाडौंका सम्पदा यूनेस्कोको खतरा सूचीमा नपर्ने

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार संयुक्त राष्ट्र संघ(यूनेस्को)ले तत्काल काठमाडौं उपत्यकाका सम्पदालाई विश्व सम्पदा सूचीको ‘खतराको सूची’मा नराख्ने संकेत गरेको छ । अजरबैजानको बाकुमा जारी विश्व सम्पदा समितिको ४३ औं बैठकमा बिहीबार नेपालको काठमाडौं उपत्यकाभित्रका विश्वसम्पदा सूचीमा सूचीकृत सम्पदाको विषयमा छलफल भएको थियो ।  उक्त छलफलमा चीन, ब्राजिल, जिम्बावेजस्ता देशले यी सम्पदालाई खतराको सूचीमा राख्दा नेपालको पर्यटन प्रभावित हुने भन्दै तत्काल खतराको सूचीमा राख्न नहुने..

    स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्र बन्दै तातोपानी कुण्ड

    बिहिवार, आषाढ १९, २०७६ साल
    गलेश्वर १९ असार  प्राकृतिक चिकित्सालय नामले संसारभरी चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्ड पछिल्लो समय स्वास्थ्य र शैक्षिक पर्यटनको केन्द्रका रुपमा विकसित हुँदै जान थालेको छ ।   २०४२ सालमा पत्ता लगाइएको तातोपानीको मुहानलाई स्थानीयवासिन्दाले संरक्षण गरी कुण्डको रुप दिएर प्रचारप्रसार गरेपछि अहिले यो कुण्ड संसारभरी नै प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको हो । मूलबाट नै ५७ डिग्री सेल्सियस तापक्रमको पानीमा विरेनुन र..

    अमेरिकामा ‘सगरमाथा डायलग’

    बिहिवार, आषाढ १९, २०७६ साल
    काठमाडौँ, १९ असार ।  सरकारले आगामी आर्थिक वर्षदेखि सुरु गर्ने निर्णय गरेको ‘सगरमाथा डाइलग’पहिलोपटक आगामी सेप्टेम्बरमा अमेरिकामा आयोजना गर्ने भएको छ । नेपालले जलवायु परिवर्तन, त्यसको असर न्यूनीकरण र प्रभावबारे अन्तर्राष्ट्रिय फोरमका रूपमा यो कार्यक्रम सञ्चालन गर्ने भएको हो ।   संयुक्त राष्ट्रसंघीय क्लाइमेट एक्सन समिटको मन्त्रीस्तरीय बैठकमा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले ‘सगरमाथा डाइलग’ गर्ने प्रस्ताव राखेका थिए । नेपालले विश्व समुदायलाई..

    चिनिया प्रहरीद्वारा पर्यटकमाथि जासूसी, फोनमा जासूसी एप राखी निजी सूचना डाउनलोड गर्दै

    बुधबार, आषाढ १८, २०७६ साल
    काठमाडौं, १८ असार ।  शिङजियाङ प्रान्तमा चीनको सीमाप्रहरीले पर्यटकहरूको फोनमा जासूसी एपहरू गोप्य रूपमा जडान गर्ने गरेकाे खुलासा भएकाे छ। सरकारको कठोर निरीक्षणकै एक अंगका रूपमा निजी सूचना डाउनलोड गर्ने गरिएको खुलासा भएको  खुलासा द गार्डियन पत्रिकाले जनाएकाे छ।  चिनियाँ सरकारले उक्त प्रान्तका स्थानीय मुसलमानहरूको स्वतन्त्रतामा अंकुश लगाएको छ । सडकहरूमा र मस्जिदहरूमा अनुहारको पहिचान खुलाउने क्यामरा जडान गरिएको छ । अनि स्थानीयहरूलाई फोन सर्च गर्ने..

    चीनको विकास बुझेर फर्किए पोखराका पर्यटन व्यवसायी महिला

    बुधबार, आषाढ १८, २०७६ साल
    चिप्लेढुङ्गा, १८ असार पोखराको पर्यटन क्षेत्रमा सक्रिय महिलाहरु ११ दिने चीनको भ्रमण गरेर नेपाल फर्किएका छन् ।  महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ) को आयोजनामा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ पर्यटन व्यसायीको टोली छिमेकी मुलुक चीन पुगेको थियो । चीन भ्रमणको अनुभव आदान प्रदान कार्यक्रममा महिला पर्यटन व्यवसायी मञ्च (वोटेफ)का अध्यक्ष जमुना पराजुलीले चीनले छोटो समयमै आर्थिक छलाङ मार्न त्यहाँको सरकारले आर्थिक..

    युनेस्कोको खतराको सूचीमा काठमाडौं, नेपाली टोली बैठकमा भाग लिन बाकु प्रस्थान

    मंगलवार, आषाढ १७, २०७६ साल
    काठमाडौं, १७ असार ।  आइतबारदेखि अजरबैजानको बाकुमा सुरु भएको विश्व सम्पदा समितिको ४३ औं बैठकले काठमाडौं उपत्यकालाई  खतराको सूचीमा राख्ने बारेमा पनि छलफल गर्दैछ ।  नेपाल सरकारले १ फेब्रुअरी २०१९ मा पठाएको उत्तरमा युनेस्कोका चासो सम्बोधन गर्न खोजिए पनि खतराको सूचीमा राख्ने कार्यसूची कायमै छ ।  काठमाडौं उपत्यकाभित्र विश्व सम्पदा सूचीमा रहेका क्षेत्रको कतिपय निर्माण कार्यमा मापदण्ड पूरा नभएको ठहर गरी संयुक्त राष्ट्रसंघीय..

    नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी, ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालन हुँदै

    सोमबार, आषाढ १६, २०७६ साल
    काठमाडौँ, १६ असार  सरकारले नेपाल भ्रमण वर्ष सन् २०२० को तयारी तीव्ररूपमा गरेसँगै नेपाल पर्यटन बोर्डले ‘पर्यटक प्रहरी मोबाइल एप’ सञ्चालनमा ल्याउन लागेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको सरकारले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि एक हप्ता पछि सञ्चालन हुने गरी सो एप सञ्चालनमा ल्याउन लागेको हो ।   सो एपमा पर्यटक प्रहरी रहेको स्थान,..

    चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने !

    सोमबार, आषाढ १६, २०७६ साल
    चितवन, १६ असार । चितवन राष्ट्रिय निकुञ्जभित्र असार २१ गतेदेखि जिप नचल्ने भएको छ ।  पर्यटकलाई निकुञ्ज घुमाउन प्रयोग गरिने जिप वर्षात् शुरु भएसँगै बन्द गर्न लागिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताउनुभयो । उहाँले बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको हो भन्नुभयो ।  निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट सात..

    आइफा पर्यटन प्रवद्र्धनको ठूलो अवसर : पर्यटन बोर्ड

    आईतवार, आषाढ १५, २०७६ साल
    काठमाडौँ, १५ असार   इण्डियन फिल्म एकेडेमी (आइफा) अवार्ड–२०१९ नेपालमा आयोजना गर्ने सम्बन्धमा बजेटको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी चलिरहेका बेला नेपाल पर्यटन बोर्डले उक्त अवार्डका लागि अहिले नै बजेटको टुङ्गो लागि नसकेको स्पष्ट पारेको छ ।   बोर्डले आज पत्रकार सम्मेलन गरी आगामी अगष्ट महीनाको अन्तिम साता काठमाडौँमा आयोजना गर्ने तयारी गरिएको उक्त अवार्डमा लाग्ने नगद तथा अन्य सौजन्यलगायत खर्चबारे अझै वार्ताकै क्रममा रहेकाले..

    लुम्बिनी क्षेत्रमा उद्योग र सडकको धुलोले प्रदूषण बढ्दै, पर्यटक आवागमनमा नकारात्मक प्रभाव

    आईतवार, आषाढ १५, २०७६ साल
    रुपन्देही, १५ असार । विश्व सम्पदा सूचीमा सूचिकृत विश्वका बौद्धमार्गीको आस्थाको केन्द्र लुम्बिनी जाने सडकमा उड्ने धुलोका कारण पर्यटक आवागमनमा नकारात्मक प्रभाव परेको छ ।  धुलोले यहाँका स्थानीयवासीमा समेत नकारात्मक वातावरणीय प्रभाव परेको छ । वार्षिक लाखौँ पर्यटक आउने सांस्कृतिक सम्पदा भए पनि वातावरणीयरुपमा स्वच्छ राख्न सरोकार भएका कुनै पनि निकायले काम गरेका छैनन् । धुलोका कारण श्वासप्रश्वासलगायत स्वास्थ्य समस्यासमेत बढेको सुण्डी माध्यमिक..

    विश्वकप क्रिकेट हेर्न ‘बेलायत’ जाँदा साथमा घुम्न सकिने यी प्रख्यात ‘हटस्पट’ (फोटोफिचर)

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडौं, असार १४ ।  अहिले क्रिकेटको विश्वसँग्राम चलिरहेको छ । जहाँ कुल १० टीम आ–आफ्नो देशलाई विश्वकप दिलाउने दाऊमा छन् । जहाँ कतिपय टीम चाहि आफ्नो जीत दोहोर्याउने रणनीति बुनिरहेका छन् ।  विशेषगरी क्रिकेटको राजधानी बेलायतमै आयोजना भएकाले पनि यस विश्वकपको अलग्गै महिमा छ । यस्तो अवस्थामा यदि तपाई पनि क्रिकेटको फ्यान हुनुहुन्छ वा भ्रमणको सौखिन हुनुहुन्छ भने यो हाम्रो प्रस्तुती तपाईंका..

    स्वयम्भू विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढ्दाे, युनेस्कोले चेतावनी दिँदा पनि आधुनिक निर्माण रोकिएन

    शनिबार, आषाढ १४, २०७६ साल
    काठमाडाैं, १४ असार। स्वयम्भू विश्व सम्पदा सूचीबाट  हट्ने खतरा देखिएकाे छ। युनेस्कोले स्वयम्भूसहित काठमाडौंका विश्व सम्पदालाई खतरा सूचीमा राख्ने प्रस्ताव गरेकाे हाे। युनेस्काेले स्वयम्भूलाई खतरा सूचीमा राख्ने प्रस्ताव गर्दा पनि यहाँ भइरहेका आधुनिक निर्माण रोक्न सरोकारवाला निकायहरूले ध्यान नदिँदा यो ठाउँ कुनै पनि बेला विश्व सम्पदा सूचीबाट हट्ने खतरा बढेको हो। भुइँचालोले क्षतिग्रस्त पुरातात्विक दरबार र मन्दिर पुनर्निर्माणमा ढिलाइ गरेको, सम्पदा संरक्षणमा ध्यान नदिएको, कंक्रिट संरचना..

    युवा जागरण पर्यावरणीय मञ्चद्वारा गोदावरीलाई पर्यटकीय क्षेत्र घोषणाको माग

    शुक्रबार, आषाढ १३, २०७६ साल
    ललितपुर, १३ असार    दुई दशकअघिदेखि गोदावरीमा सञ्चालित युवा जागरण पर्यावरणीय मञ्चले २०७२ वैशाख ३  गते सर्वोच्च अदालतको परमादेशानुसार गोदावरी क्षेत्रलाई पर्यावरणीय पर्यटकीय क्षेत्रका रुपमा घोषणा गराउन सरकारसँग पटक पटक माग गरेको छ ।  काठमाडौँ उपत्यकाका तीन जलधारा क्षेत्रमध्ये प्रमुख जलाधार क्षेत्र रहेको तथा वातावरणीय दृष्टिकोणबाट अति रमणीय र प्र्रमुख धार्मिक क्षेत्र, जैविक विविधताको भण्डार, पक्षी अवलोकनको केन्द्रविन्दु, कीराफट्याङ्ग्रा र जीवजन्तुको खुला..

    प्रकृति, संस्कृति र धार्मिकताको आकर्षण स्वर्गद्वारी, पोखरेली पर्यटन व्यवसायीको चासो

    शुक्रबार, आषाढ १३, २०७६ साल
    स्वर्गद्वारी(प्युठान), १३ असार ।   स्वर्गद्वारी अर्थात स्वर्गको ढोका । शाब्दिक अर्थमा पनि स्वर्ग भन्नाले कुनै किसिमको दुःख, अशान्ति असर पार्न नसक्ने स्थान विशेषलाई बुझाउँछ ।   शब्दमा वर्णन गरे जस्तै प्रकृति, संस्कृति र धार्मिकताको अनुपम सङ्गम बनेको प्यूठानको धार्मिक पर्यटकीय स्थल हो स्वर्गद्वारी । यो नेपालका महत्वपूर्ण धार्मिक तीर्थस्थलमध्येको एक हो । यहाँ नपुगेसम्म हिन्दूहरूको तीर्थयात्रा अपुरो बन्ने जनविश्वासका कारण पनि यहाँ वर्षेनी..

    बागलुङ नगरपालिकाद्वारा विसं २०७७ लाई ‘बागलुङ भ्रमण वर्ष’ घोषणा

    बिहिवार, आषाढ १२, २०७६ साल
    गलकोट, १२ असार । जिल्लाको बागलुङ नगरपालिकाले विसं २०७७ लाई ‘बागलुङ भ्रमण वर्ष’ घोषणा गरेको छ । नगरपालिकाले आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रममा सो कुरा समावेश गरेको छ । नगरले भ्रमण वर्षमा प्रचारप्रसारस्वरुप रु तीन लाख विनियोजन गरेको छ भने उद्यम तथा रोजगार सिर्जना, गरीब न्यूनीकरण र पर्यटन शीर्षकका लागि रु ८३ लाख बजेट छुट्याइएको छ । भ्रमण वर्षको घोषणा गरी..

    मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्यो, जलयात्रा बन्द

    बुधबार, आषाढ ११, २०७६ साल
    पर्वत, ११ असार ।   मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (र्याफ्टिङ) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठ महीनामा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएपछि मात्र बन्द गरिएको हो ।    कालीगण्डकी नदीमा अङ्ग्रेजी महीना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा (र्याफ्टिङ) सहज रूपमा सञ्चालन गर्न सकिन्छ । मनसुन शुरु भएसँगै..

    संस्कृतिको संरक्षण गर्दै घरवास पर्यटन, पाहुनालाई स्वागत सत्कारका साथै स्वादिलो परिकार

    मंगलवार, आषाढ १०, २०७६ साल
    लमजुङ, १० असार । बहुजाति, बहुभाषा र बहुसंस्कृति रहेको यहाँका विभिन्न गाउँमा सञ्चालित घरवास पर्यटन (होमस्टे)ले पछिल्लो समय लोप हुँदै जान थालेका संस्कार, कला र संस्कृतिको संरक्षणमा टेवा पुर्याएका छन् ।  घरवास पर्यटनले गाउँमा आउने पाहुनालाई स्वागत सत्कार गर्दै नयाँ र फरक स्वादका मौलिक कला, संस्कृति पस्किन थालिए सँगै लोप हुने अवस्थामा पुगेका त्यस्ता कला र संस्कृतिको संरक्षण हुन थालेको हो ।  विभिन्न..

    भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन यस्तो 'मास्टर प्लान'

    सोमबार, आषाढ ९, २०७६ साल
    काठमाडौँ, ९ असार   सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० अभियानलाई प्रभावकारी रुपमा अघि बढाउन सरोकारवाला निकायले सक्रियता देखाएका छन् ।    भ्रमण वर्षलाई लिएर विभिन्न टीका टिप्पणी भइरहेको सन्दर्भमा सरकारी निकाय तथा निजी क्षेत्रका पर्यटन व्यवसायीले भ्रमण वर्ष राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धनको उपयुक्त अवसर रहेकाले यसलाई सफल पार्न सबै क्षेत्रको सहयोग चाहिने खाँचो औँल्याउनुभएको छ ।    राष्ट्रिय पर्यटन पत्रकार सङघ (नाटोज)को..

    धार्मिक पर्यटकीयस्थलको अवलोकन, सरोकारवालाबीच अन्तरक्रिया

    सोमबार, आषाढ ९, २०७६ साल
    पोखरा, ९ असार    पोखराको पर्यटकीयस्थलको प्रवद्र्धनमा हिँडेको टोली देशका विभिन्न धार्मिक पर्यटकीय गन्तव्यको अवलोकन भ्रमण गरी आइतबार फर्किएको छ ।   गत शुक्रबार पोखराबाट तीन दिने कार्यक्रमका साथ निस्केको पर्यटन व्यवसायी, नेपाल पर्यटन बोर्डका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको टोलीले प्युठानको स्वर्गद्वारी, अर्घाखाँचीको सुपा देउराली, नवलपुरको साश्वतधामका साथै नेपाल भारतबीचको कृष्णनगर सीमा नाकालगायतका स्थानको स्थलगत अवलोकन गरेको थियो ।   पोखराको पर्यटनसँग विशेष गरी धार्मिक पर्यटनलाई जोड्ने..
    Results 1048: You are at page 9 of 35
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last
    Weather Forecast