सोमबार, कार्तिक ४, २०७६

    पर्यटन समाचार

    भारतको सिक्किम र दार्जिलिङमा पोखरा पर्यटनको ब्यापक चर्चा

    बिहिवार, बैशाख २६, २०७६ साल
    पोखरा, २६ वैशाख ।   दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान)को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा  साझेदारीका लागि छलफल गरेको छ ।   सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्र्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा पर्यटकीय साझेदारीका विषयमा जोड दिइएको थियो ।..

    ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔँ, शान्तिको सन्देश फैलाऔँ’

    बुधबार, बैशाख २५, २०७६ साल
    काठमाडौँ, २५ वैशाख ।   गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वकै आकर्षक पर्यटकीय गन्तव्यको रुपमा प्रवद्र्धन गर्न प्रचारात्मक अभियान शुरु गरिएको छ । लुम्बिनी भ्रमण वर्ष मनाएर आन्तरिक पर्यटक आकर्षण गरी सोहीको आधारमा विदेशी पर्यटक भित्र्याउने लक्ष्यका साथ अयिभान चलाइएको हो ।   ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ बारे जानकारी दिन बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले लुम्बिनीको सम्पदाको संरक्षण र प्रवद्र्धन..

    प्राकृतिक पुलको दृष्यावलोकन गर्न झोलुङ्गे पुल

    बुधबार, बैशाख २५, २०७६ साल
    पोखरा, २५ वैशाख   पोखरा महानगरपालिका महतगौडा र टुटुङ्गाबीच सेतीनदी माथिको प्राकृतिक पुलको दृष्यावलोकन गर्नका लागि झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।   ढुङ्गा र माटोबाट निर्मित प्राकृतिक पुलबाट यातायातका साधन निर्वाधरुपमा ओहोरदोहोर गर्नुका साथै भूवनोटबारे अध्ययन अवलोकन गर्न सकिने सो पुल रु २७ लाख ५२ हजार ११९ को लागतमा निर्माण गरिने भएको हो ।   नेपाल सरकारको ९२ प्रतिशत, महानगर र उपभोक्ता समितिको क्रमशः..

    अप्रिलमा मात्रै डेढ लाख विदेशी पर्यटक भित्रिए श्रीलङ्कामा

    मंगलवार, बैशाख २४, २०७६ साल
    कोलम्बो, २४ वैशाख । श्रीलङ्कामा गत अप्रिल महिनामा एक लाख ६६ हजार नौ सय पर्यटक भित्रिएका छन् ।  यो सङ्ख्या अघिल्लो वर्षको यही अवधिको तुलनामा ७।५ प्रतिशत कम भएको अधिकारीहरुले  मङ्गलबार जानकारी दिएका छन् ।  केही दिन अगाडि भएको विस्फोटनको घटनाका कारण ठूलो सङ्ख्यामा पर्यटकहरुले यात्रा योजना रद्द गरेको तथ्याङ्कले देखाएको छ ।  श्रीलङ्का पर्यटन विकास प्राधिकरण ९एसएलटीडीए०ले अहिलेको महिना पर्यटकको सङ्ख्या अझ घट्न..

    लमजुङ हिमाल र अन्नपूर्णको काखमा २०औँ घलेगाउँ महोत्सव शुरु

    मंगलवार, बैशाख २४, २०७६ साल
    लमजुङ, २४ वैशाख : लमजुङको उत्तरी भेगमा रहेको लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको दक्षिण एशियाकै नमूना एवं नेपालकै पहिलो स्मार्ट भिलेज बन्दै गरेको घलेगाउँमा २०औँ घलेगाउँ महोत्सव शुरु भएको छ । ‘प्राकृतिक सुन्दरता, गुरुङ कला संस्कृति र घरबास, घलेगाउँ समृद्विको आधार स्मार्ट भिलेज, स्थानीय लोक संस्कृति संरक्षण र प्रवद्र्वन, ग्रामीण पर्यटनको विकासको पूर्वाधार’ भन्ने नाराका साथ सोमबारदेखि घलेगाउँमा महोत्सव..

    नेपालका ३० हिमाल चढ्न ४७ देशका ओराही गन्तव्यतर्फ

    सोमबार, बैशाख २३, २०७६ साल
    काठमाडौँ, २३ वैशाख । हिमाल आरोहणको मुख्य याम वसन्त ऋतु शुरु भएसँगै सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न यतिखेर धमाधम आरोही गन्तव्यतर्फ जान थालेका छन् । सगरमाथा, मकालु, कञ्चनजङ्घा, ल्होत्से अमादब्लमलगायत हिमाल आरोहणका लागि नेपालसहित विभिन्न मुलुकका ठूलो संख्यामा आरोही हिमालतिर लागेका हुन् । यस पटक नेपालका ३० वटा हिमाल आरोहण गर्न ४७ वटा देशका ओराहीहरु नेपाल आइपुगेका छन् । पर्यटन विभागका अनुसार..

    पर्यटकको रोजाइमा परेको मायालु डाँडामा अब हरियाली पार्क

    सोमबार, बैशाख २३, २०७६ साल
    गलेश्वर, २३ वैशाख  म्याग्दीको पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा हरियाली पार्क निर्माण गरिने भएको छ । शहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७५-७६ मा उपलब्ध गराएको रु ३० लाख बजेटबाट म्याग्दीका दुईवटा सामुदायिक वन क्षेत्रका खाली तथा पाखो जग्गामा हरियाली पार्क निर्माण गर्न लागिएको हो ।  हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि दुईवटा..

    त्रिशूली नदीमा जलयात्रा गर्ने पर्यटकको सङ्ख्यामा कमी !

    आईतवार, बैशाख २२, २०७६ साल
    मुग्लिन, २२ वैशाख । त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् । लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिशूली..

    हिमाल आरोहणमा गएका पर्यटकलाई सुरक्षित रहन आग्रह

    शुक्रबार, बैशाख २०, २०७६ साल
    काठमाडौँ, २० वैशाख । नेपाल पर्यटन विभागले पर्वतारोहणका लागि विभिन्न हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको छ । विभागको होटल तथा पर्वतारोहण शाखाले आज एक विज्ञप्ति जारी गरी जल तथा मौसम विज्ञान विभाग तथा मौसमविद्का अनुसार  हिमाली क्षेत्रमा भारी हिमपात हुनसक्ने पूर्वअनुमानलाई दृष्टिगत  गर्दै पर्यटकलाई सुरक्षित रहन आग्रह गरेको हो ।  “नेपालका विभिन्न क्षेत्रका भ्रमणमा रहेका ..

    पर्यटकका लागि विद्युतीय बस सञ्चालन गर्दै ललितपुर महानगरपालिका !

    बुधबार, बैशाख १८, २०७६ साल
    काठमाडौँ, १८ वैशाख ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो । कुनकुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जनाएको छ ।  यस वर्षको बजेटमा महानगरले रु पाँच करोड विद्युतीय बस सञ्चालनका लागि छुट्टाएको थियो । भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने..

    हिमाल आरोहणमा आकर्षित आरोही : २ महीनामै ५० करोड ‘रोयल्टी’

    मंगलवार, बैशाख १७, २०७६ साल
    काठमाडौँ, १७ वैशाख    संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ ।    यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहणका लागि १०० आरोही समूहका ८२४ ले आरोहण अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि मात्रै ३९ आरोहण समूहका..

    पोखरामा नयाँ पर्यटकीय गन्तव्य बन्दै : माछापुच्छ्रे बिम्ब पार्क

    मंगलवार, बैशाख १७, २०७६ साल
    पोखरा, १६ वैशाख पोखराको ड्यामसाइडमा नयाँ पर्यटकीय गन्तव्य थपिने भएको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा ८० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा सहित माछापुच्छ्रे बिम्ब पार्क निर्माण गरिने भएपछी  पर्यटनमा नयाँ गन्तव्य थपिने भएको हो । ४ करोडको लागतमा निर्माण हुन लागेको उक्त पार्क सहितको भौतिक संरचनाको एक समारोहका बिच सोमबार गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले..

    बाघको आहारा प्रजातिको अनुगमन सोमबारबाट शुरु

    आईतवार, बैशाख १५, २०७६ साल
    चितवन, १५ वैशाख ।  चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघको आहारा प्रजातिको अनुगमन सोमबारबाट शुरु गरिने भएको छ । मृग प्रजातिसँगै निलगाई, बँदेललगायतको अवस्थाको बारेमा थाहा पाउन अनुगमन गर्न लागिएको हो ।  चितवन राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख गोपाल घिमिरेका अनुसार आँखाले प्रत्यक्ष हेरेर गणना गर्ने (ट्रान्जिट लाइन÷डिस्टेन्स स्याम्पलीङ म्याथर्ड) बाट अनुगमन गरिँदैछ । निकुञ्जलाई चार भागमा विभाजन गरेर छ वटा समूह बनाएर..

    सुदूरपश्चिमवासीलाई लुम्बिनी भ्रमणको निम्तो, पर्यटनमा टेवा

    आईतवार, बैशाख १५, २०७६ साल
    धनगढी, १५ वैशाख । प्रदेश नं– ५ सरकारले मनाउन लागेको लुम्बिनी भ्रमण वर्ष—२०७६ को तयारीका क्रममा सुदूरपश्चिम प्रदेशवासीलाई निम्तो दिएको छ ।    लुम्बिनी भ्रमण वर्ष–२०७६ प्रचारप्रसार उपसमितिले आईतबार यहाँ पत्रकार सम्मेलन गर्दै बुद्धजन्मस्थल लुम्बिनी भ्रमणका लागि निम्तो दिएको हो । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रदेश नं ५ सरकारको तर्फबाट भ्रमणको निम्तो लिएर आएको..

    अन्नपूर्ण हिमाल चढेर फर्कने क्रममा हराएका विदेशी पर्यटकको उद्धार

    बिहिवार, बैशाख १२, २०७६ साल
    पोखरा, १२ वैशाख    अन्नपूर्ण हिमाल चढेर आधार शिविरबाट फर्कने क्रममा बेपत्ता विदेशी पर्यटकलाई आज उद्धार गरिएको छ ।   अन्नपूर्ण–१ सफल आरोहण गरेर फर्कने क्रममा हिजो (बुधबार) मलेसियन नागरिक वि किन चिन बेपत्ता हुनुभएको थियो ।    उहाँलाई उद्धार गरिएको र भोलि पोखरा ल्याइने जिल्ला प्रहरी कार्यालय, कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी गराउनुभयो ।   सिम्रिक एयरको हेलिकोप्टरबाट पुगेको टोलीले उद्धार गरेको र यस विषयमा थप..

    पर्यटनसँग जोडिँदै मह शिकार, १०० गोलाबाट मह काढिने

    बिहिवार, बैशाख १२, २०७६ साल
    बागलुङ, १२ वैशाख  परम्परागत भीरमहको शिकारलाई पर्यटनसँग जोड्न प्रयास शुरु भएको छ । अक्करे भीरमा जोखिम मोलेर गरिने साहसिक मह शिकार पर्यटकीय आकर्षण बन्न थालेको हो । ग्रामीण पर्यटन प्रवद्र्धनमा मह शिकारले टेवा पुग्ने विश्वास लिइएको छ । जिल्लाको गलकोट, ताराखोला, बडिगाडलगायतका क्षेत्रमा मह शिकार बढी हुन्छ । गलकोट नगरपालिका–१० रमुवामा यही वैशाख १९ गते मह शिकार गरिँदैछ । मह शिकारसहित विविध खेलकूद..

    गर्मीयाम शुरु भएसँगै चितवनको 'जलबीरे झरना' हेर्न आउने पर्यटक बढे

    शुक्रबार, बैशाख १३, २०७६ साल
    मुग्लिन, १० वैशाख । चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हर्न पर्यटकको वृद्धि भएको छ । गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो ।  झरनामा दैनिक १०० जनाको हाराहारीमा पर्यटक आउने  गरेको  जलबीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो । शनिबार र अन्य बिदाका समयमा पर्यटकको अत्याधिक चाप हुने उहाँको भनाइ थियो ।   नयाँ..

    सगरमाथामा आरोहीको ओइरो : ४८ करोड बढी रोयल्टी, कुन देशका कति ?

    मंगलवार, बैशाख १०, २०७६ साल
    काठमाडौँ, ९ वैशाख  यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको सङ्ख्या ९३ पुगेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि ९३ समूहबाट ७७८ जना आरोही गएका..

    ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक

    सोमबार, बैशाख ९, २०७६ साल
    सुर्खेत, ९ वैशाख । कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ को उपलब्धि सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन वर्ष शुभारभ्म र समापनका बीचमा भएका उपलब्धि सार्वजनिक गरेको हो । पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको कर्णाली प्रदेश सरकारले ‘रारा–कर्णाली पर्यटन वर्ष २०७५’ मा चार लाख ५४ हजार ८६४ आन्तरिक र..

    आहाराको कमी नहुँदा अन्नपूर्ण पदमार्गमा वन्यजन्तुको सङ्ख्या ह्वात्तै बढ्यो

    आईतवार, बैशाख ८, २०७६ साल
    गलेश्वर, ८ वैशाख ।  विश्वप्रसिद्ध अन्नपूर्ण चक्रिय पदमार्ग र राउण्ड धौलागिरि क्षेत्रमा समेटिएको म्याग्दीका जङ्गलमा पछिल्लो समय जङ्गली जनावर र पक्षीहरुको सङ्ख्या वृद्धि भएको छ । उत्तरी म्याग्दीका हिस्तान, दोबा, नारच्याङ, घोडेपानी र पश्चिमी म्याग्दीका गुर्जा, मुदी, मुना, ताकम, रुम, ओखरबोट लगायतका जङ्गलमा पछिल्लो समय वन्यजन्तुको सङ्ख्यामा वृद्धि भएको हो । अनुकूल बासस्थान र आहाराको कमीका कारण यस क्षेत्रबाट बसाइ सरेर गएका पंक्षी..

    ‘पर्यटन विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण’ : पूर्वप्रम खनाल

    शनिबार, बैशाख ७, २०७६ साल
    इलाम, ७ वैशाख  पूर्व प्रधानमन्त्री झलनाथ खनालले पर्यटकीय विकासमा पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । राज्यलाई विकाशका बारेमा जानकारी गराउने महत्वपूर्ण माध्यम पत्रकारिता भएको भन्दै पत्रकारिता क्षेत्र स्वतन्त्र हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  आज इलामको सूर्योदय नगरपालिकास्थित श्रीअन्तुमा आयोजित नेपाल पत्रकार महासङ्घ प्रदेश नंं को पार्षद् भेलामा पूर्व प्रम खनालले पत्रकारिताले राष्ट्र निर्माणमा महत्वपूर्ण भमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले लोकतन्त्रलाई..

    नेपाल भ्रमण वर्ष २०२० : सगरमाथाको चुचुरोमा झन्डा फहराउने किर्तिमानी आरोहीको लक्ष्य

    बुधबार, बैशाख ११, २०७६ साल
    काठमाडौँ, ६ वैशाख । मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको  नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसन (हामी उठ्ने छौँ)..

    सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य : मनीषा कोइराला

    शुक्रबार, बैशाख ६, २०७६ साल
    काठमाडौँ, ६ वैशाख बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताउनुभएको छ ।  बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताउनुभयो । क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अन्नपूर्ण र मनास्लु क्षेत्रमा पदयात्रा जाने इच्छा..

    केही वर्षअघिसम्म यदाकदा देखापर्ने गिद्ध अहिले प्रशस्त !

    बिहिवार, बैशाख ५, २०७६ साल
    डोटी, ५ वैशाख         कुनै बेला वीरलै  देखिने गिद्ध हिजोआज यहाँका जिल्लामा प्रशस्तै देखिन थालेका छन् । केही वर्षअघिसम्म यदाकदा मात्रै देखा पर्ने गिद्ध अहिले प्रशस्त छन् । जिल्लामा गिद्धको सङ्ख्या कति छ भनेर गणना नभएपनि अहिले ३०० देखि ६०० मिटरको उचाइमा प्रशस्त देख्न पाइन्छ । खप्तड राष्ट्रिय निकुञ्जलगायत अन्य उच्च लेकाली क्षेत्रमा  हिमाली गिद्धको सङ्ख्यामा वृद्धि भएको जिल्लास्थित खप्तड राष्ट्रिय..

    सगरमाथा उचाइ नाप्ने टोली दिङ्बोचेमा, चुचुरो पुग्न कति दिन ?

    बुधबार, बैशाख ४, २०७६ साल
    सोलुखुम्बु, ४ वैशाख सगरमाथाको उचाइ नाप्ने समूह सोलुखुम्बुको दिङ्बोचेमा पुगेको छ । चैत २७ गते बुधबार काठमाडौँबाट हिँडेको टोली मङ्गलबार खुम्बु पासाङल्हामु गाउँपालिका–४ को दिङ्बोचेमा पुगेको हो ।  नेपाल सरकारले पहिलोपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ मापन कार्य गरिरहेको छ । सो कार्यका लागि चार जनाको मापन टोली खुम्बु पुगेको नापी विभागका नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिनुभयो ।        टोली..

    बाह्रसिङ्गाको गणना शुरु, सङ्ख्या बढ्ने निश्चित

    मंगलवार, बैशाख ३, २०७६ साल
    भीमदत्तनगर, ३ वैशाख    कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आइतबारदेखि बाह्रसिङ्गाको गणना शुरु भएको छ ।    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र प्रकृति संरक्षण कोष (एनटिएनसी) को संयुक्त पहलमा पाँच वर्षपछि शुरु गरिएको बाह्रसिङ्गा गणनाका लागि २५ जनाको प्राविधिक टोली सहभागी रहेको निकुञ्ज कार्यालयले जनाएको छ ।   निकुञ्जका सहायक संरक्षण अधिकृत शैलेन्द्र चौधरीले आगामी वैशाख ५ गतेसम्म शुक्लाफाँटाभित्र रहेका मुलुककै ठुलो घाँसे मैदान, भदपुरीदेखि विभिन्न फाँटमा गणना..

    जुम्ला विमानस्थल २० दिन बन्द हुने ! यस्तो छ कारण...

    मंगलवार, बैशाख ३, २०७६ साल
    जुम्ला, ३ वैशाख : जुम्ला विमानस्थल २० दिनका लागि बन्द हुने भएको छ । बाँकी रहेको स्तरोन्नतिको काम गर्नका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द हुने भएको हो ।  अघिल्लो पटक २०७५ कार्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिका काम भएको थियो । त्यसको बाँकी काम सम्पन्न गर्नका लागि २० दिन विमानस्थल बन्द हुने भएको जुम्ला विमानस्थल प्रमुख कैलाश शर्मा बताउनुभयो..

    रामारोशनमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो

    आईतवार, बैशाख १, २०७६ साल
    अछाम, १ वशाख पर्यटकीय क्षेत्र रामारोशनमा नयाँ वर्ष मनाउनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नयाँ वर्ष २०७६ को पहिलो दिन वैशाख १ गतेमा सुन्दर र रमणीय स्थानको भ्रमण गरेर वर्षको सुखद शुरुवात गर्ने हेतुले अछाम जिल्लाभित्र र जिल्लाबाहिरका आन्तरिक पर्यटक रामारोशन क्षेत्रमा पुगेका हुन ।  नयाँ वर्षमा रामारोशन घुम्नका लागि अछामको मङ्गलसैन, साँफेबगर, विनायकसहित विभिन्न स्थान, छिमेकी जिल्ला डोटी, कालीकोट र..

    पर्यटकले भरिभराउ सौराहा, अधिकांश होटलमा अग्रिम बुकिङ

    आईतवार, बैशाख १, २०७६ साल
    भरतपुर, १ वैशाख  : चितवनको प्रमुख पर्यटकीय क्षेत्र सौराहामा नयाँ वर्ष २०७६ मा पर्यटक भरिभराउ छन् । यहाँ रहेका ११० पर्यटकीय होटल आन्तरिक पर्यटकले भरिएका क्षेत्रीय होटल सङ्घ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले जानकारी दिनुभयो । “करीब करीब २५/३० प्रतिशत बाह्य पर्यटक छन्”, घिमिरेले भन्नुभयो, “अरु सबै आन्तरिक पर्यटकले होटल भरिभराउ भएका छन् ।” पछिल्लो समय नेपाली समुदायमा घुम्ने परम्परा बढेका कारण सौराहामा..

    पर्यटकलाई दिक्तेल भित्र्याउन हलेसीमा पर्यटन सूचना केन्द्र

    शनिबार, चैत्र ३०, २०७५ साल
    खोटाङ, ३० चैत नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने पर्यटकलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेल बजारसम्म ल्याउन हलेसीमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ । हलेसीमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आफ्नो नगरपालिकाभित्र पर्ने धार्मिक तथा पर्यटकीयस्थल भ्रमण र अवलोकन गराउन नगरपालिकाले पर्यटन सूचना केन्द्र स्थापना गरेको हो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार आसपास रहेका पर्यटकीय तथा धार्मिकस्थललाई प्रचारप्रसार..
    Results 922: You are at page 8 of 31
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 Next Last
    Weather Forecast