बिहिवार, भाद्र ५, २०७६

    पर्यटन समाचार

    गण्डकी प्रदेश सरकारको योजना : पोखरालाई पर्यटकीय राजधानीका रुपमा विकास गरिने

    शनिबार, जेष्ठ २५, २०७६ साल
    पोखरा, २५ जेठ । गण्डकी प्रदेश सरकारले पोखरालाई नेपालको पर्यटकीय राजधानीका रुपमा विकास गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको शुक्रबार आर्थिक वर्ष २०७६-०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख बाबुराम कुँवरले गण्डकी प्रदेशलाई पर्यटनको केन्द्र र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा पर्यटकीय गन्तव्यको छवि स्थापित गर्ने बताउनुभयो । जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि..

    गौरीशङ्कर संरक्षण क्षेत्रमा हिमचितुवा र सुनौलो बिरालो पहिलोपटक फेला

    बिहिवार, जेष्ठ २३, २०७६ साल
    जिरी, २३ जेठ । गौरीशङ्कर संरक्षण क्षेत्रमा संरक्षित तथा दुर्लभ हिमचितुवा तथा सुनौलो बिरालो पहिलोपटक देखिएको छ । गौरीशङ्कर संरक्षण क्षेत्र आयोजनाले गरेको क्यामेरा ट्रापिङका क्रममा दुर्लभ हिमचितुवा र सुनौलो बिरालोको दृश्य रेकर्ड गरिएको हो । आयोजनाले दोलखाको बिगु गाउँपालिका अर्थात् साविक लामाबगर गाविस–१ को लप्ची उपत्यकाका विभिन्न ११ ठाउँमा इन्फ्रारेड क्यामेरा राखेर गरिएको अध्ययनबाट हिमचितुवाका तीन तस्वीर रेकर्ड भएपछि सो क्षेत्रमा..

    शुक्लाफाँटामा बाह्रसिङ्गाको सङ्ख्या घट्यो, निकुञ्जले थाल्यो अध्ययन

    बुधबार, जेष्ठ २२, २०७६ साल
    कञ्चनपुर, २२ जेठ । कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा  बाह्रसिङ्गाको सङ्ख्यामा कमी आएको छ ।  सन् २०१४ को तुलनामा सन् २०१९ मा बाह्रसिङ्गाको सङ्ख्यामा ५५ ले कमी आएको हो । सन् २०१४ मा दुई हजार ३०१ बाह्रसिङ्गा रहेकामा सन् २०१९ मा यसको सङ्ख्या दुई हजार २४६ मात्र रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । सन् २०१९ को अप्रिल १४ देखि २८ सम्म..

    हिन्दू र बौद्धको साझा तीर्थस्थल मुक्तिनाथमा भारतीय तीर्थयात्रीको सङ्ख्यामा वृद्धि

    बुधबार, जेष्ठ २२, २०७६ साल
    बागलुङ, २२ जेठ पछिल्ला वर्षमा मुक्तिनाथ आउने भारतीय तीर्थयात्री बढेका छन् । सन् २०१७ मा २४ हजार ८८८ ले मुक्तिनाथ दर्शन गरेका थिए । अर्को वर्ष उक्त सङ्ख्या बढेर ३३ हजार २०० पुग्यो ।  सन् २०१९ को पाँच महीनामा २० हजार ११९ भारतीयले मुक्तिनाथ भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०, इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार मे महीनामा मात्र नौ..

    मनमोहक रुप्से झरनामा स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड

    मंगलवार, जेष्ठ २१, २०७६ साल
    गलेश्वर, २१ जेठ    अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने अत्यन्त आकर्षकस्थल रुप्से झरनामा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकहरुको भीड लाग्न थालेको छ   बेनी–जोमसोम–कोरला सडकखण्ड (कालीगण्डकी करिडोर) अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा पर्ने रुप्से झरनामा पूर्वाधार निर्माण भएपछि यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकहरुको सङ्ख्या बढ्दै गएको हो ।   विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । रुप्से झरना..

    कञ्चनपुर शुक्लाफाँट राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थाले

    सोमबार, जेष्ठ २०, २०७६ साल
    भीमदत्तनगर, २० जेठ    लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँट राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ ।   चर्को गर्मीका कारण निकुञ्जभित्र रहेका तालको मुहान सुक्दै गएपछि वन्यजन्तुलाई पानीको समस्या हुन थालेको हो । निकुञ्ज प्रशासनले निकुञ्जभित्र चार दर्जनभन्दा बढी कृत्रिम ताल निर्माण गरी पानीको प्रबन्ध गरे पनि वर्षा नहुँदा पानीको मुहानमै समस्या भएपछि सौर्य प्रणालीबाट..

    ‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षण गर्न उद्योग व्यवसायीको आग्रह

    आईतवार, जेष्ठ १९, २०७६ साल
    रामपुर, १९ जेठ    ‘प्रेमको प्रतीक’ रानीमहलको संरक्षणमा सबैलाई ध्यान यहाँ उद्योगी व्यवसायीले आग्रह गरेका छन्  । पाल्पा उद्योग वाणिज्य सङ्घ र रामपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीको बृहत् छलफलले ताजमहलजस्तै रानीमहललाई पनि  विश्वमा नै चिनाउनुपर्ने पाल्पा उद्योग वाणिज्य सङ्घ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो ।    दैनिक हजारौंँ पर्यटक आउने स्थानमा राम्रो बास, खानेपानी तथा खाजाको समेत प्रबन्ध गर्नुपर्ने तथा प्रवेश र अवलोकनका लागि..

    उचित संरक्षण नहुँदा सङ्कटमा पर्दै डोटीको छतिवन ताल

    आईतवार, जेष्ठ १९, २०७६ साल
    डोटी, १९ जेठ सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा रहेका मनमोहक ताल लोप हुने अवस्थामा पुगेका छन् । स्थानीयवासीले ताल संरक्षणका लागि पटक–पटक पहल गरे पनि सरकारी योजनाबाट बजेट विनियोजन नहुँदा यहाँका अधिकांश ताल पुरिने अवस्थामा पुगेका छन् ।  डोटी जिल्लाको जोरायल गाउँपालिका–२ स्थित छतिवनमा रहेको छतिवन ताल उचित संरक्षण नहुँदा सङ्कटमा पर्न थालेको छ । पर्यटकीय महत्व बोकेको उक्त ताल संरक्षणको अभावमा दिनानुदिन..

    अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु

    आईतवार, जेष्ठ १९, २०७६ साल
    म्याग्दी, १९ जेठ म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो ।  पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा पर्यटन विभागबाट रु २० लाख र गाउँपालिकाले रु तीन लाख विनियोजन गरेको छ । जोखिमपूर्ण अवस्थामा रहेको पदमार्गमा सहज र सुरक्षित आवतजावतका लागि स्तरोन्नति..

    गुफाको डाँडोमा ‘जगन्नाथ भ्यू–टावर’

    शनिबार, जेष्ठ १८, २०७६ साल
    म्याग्दी, १८ जेठ । हिमाली जिल्ला म्याग्दीमा धार्मिक पर्यटकलाई लोभ्याउने धेरै सम्पदा भए पनि पूर्वाधारको अभावमा ओझेलमा परेका सम्पदा स्थानीय समुदायको सक्रियतामा पूर्वाधार निर्माण गर्न थालिएकोे छ ।     बेनीको शिरमा रहेको पर्यटकीयस्थल गुफाको डाँडो अर्थात् केभहिलमा हालै स्थानीयवासीले हेलिप्याडसमेत बनाएका छन् । जगन्नाथ मन्दिरदेखि १० मिनेटको दूरीमा गुफाको डाँडो र ३० मिनेटको दूरीमा ऐतिहासिक डढेकोट दरबार क्षेत्र  छ । बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने..

    गण्डकी सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने

    शुक्रबार, जेष्ठ १७, २०७६ साल
    दमौली, १७ जेठ गण्डकी प्रदेश सरकारले पर्यटकलाई आकर्षित गर्न ४० नयाँ गन्तव्यको खोजी गर्ने भएको छ । आन्तरिक भ्रमण वर्षलाई सफल पार्न र पर्यटकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले प्रदेश सरकारले ४० वटा नयाँ गन्तव्यको खोजी गर्न लागेको हो । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशभित्रका प्रत्येक जिल्लामा नयाँ गन्तव्य खोजीका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको जानकारी दिनुभयो ।..

    “अब अमेरिकामा गएर छाती फुलाएर सगरमाथा चढेको छु भन्न सक्ने भएको छु”

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    दमौली, १६ जेठ ।  २२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, “नेपाल भनेको कहाँ छ ?” मैले उत्तर दिन्थे, “नेपाल भनेको सगरमाथाको देश हो ।” सगरमाथा चिन्नेहरुले फेरि प्रश्न गर्थे, “के तिमीले सगरमाथा देखेको छौ ? सगरमाथा चढेका छौ ?” मैले भन्थे, “अहँ चढेको छैन..

    माओवादी आक्रमणबाट ध्वस्त पाल्पा दरबार सङ्ग्रहालयको भयो भव्य उद्घाटन

    बिहिवार, जेष्ठ १६, २०७६ साल
    पाल्पा, १६ जेठ : ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालय सञ्चालनमा आएको छ । सङ्ग्रहालय सञ्चालनको करीब चार वर्षपछि उद्घाटन गरिएको हो । उद्घाटन समारोहमा प्रदेश नं ५ का सदस्य तुलाराम घर्तीले पाल्पा दरबार सङ्ग्रहालय प्रदेशस्तरीय सङ्ग्रहालय रहेकाले सरकारको सहयोग रहने बताउनुभयो ।  सङ्ग्रहालय प्रवेशमा प्रतिविद्यार्थी रु पाँच, स्वदेशी नागरिकलाई रु १५, सार्क देशका नागरिकका लागि रु ५० र अन्य विदेशी नागरिकका लागि रु..

    तेञ्जिङ र हिलारीलाई बाटो देखाउने कान्छा शेर्पा भन्छन् : सगरमाथाको साख जोगाउनुपर्छ

    बुधबार, जेष्ठ १५, २०७६ साल
    सोलुखुम्बु, १५ जेठ । सन् १८४९ मा ब्रिटिस सर्बे अफ इण्डियाले सर्वेक्षण गरी विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथा भएको निष्कर्ष निकालेको थियो । नेपालको सोलुखुम्बु जिल्लामा पर्ने अग्लो शिखर भनी चिनिएको भए पनि यहाँका मानिसलाई केही थाहा थिएन । त्यसैले १०४ वर्षपछि बल्ल शिखरमा मानिसको पाइला पुग्यो । सोलुखुम्बुको थामेमा जन्मेका तेञ्जिङ नोर्गे शेर्पाले दार्जिलिङमा पुगेर ट्रेकिङ कम्पनी खोलेपछि सोही माध्यमबाट एडमण्ड..

    जलयात्रासँगै आयआर्जनको महत्वपूर्ण विकल्प बन्दै कालीगण्डकी

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १५ जेठ । धार्मिक, ऐतिहासिक, प्राकृतिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको कालीगण्डकी अब आयआर्जनको पनि दरिलो स्रोत बन्दै गएको छ ।  जैविक विविधताको खानी कालीगण्डकीमा पछिल्लो समय जलयात्राको माध्यमबाट प्रशस्त आम्दानी लिन सकिने सम्भावना बढ्दै गएकोे छ । कालीगण्डकीको तल्लो भाग राम्दीदेखि देवघाटसम्म नियमित र्याफ्टिङ चलाउन कर्णाली र्याफ्टिङ एण्ड एड्भेञ्चरका विज्ञसहितको टोलीले सफल परीक्षण गरिसकेका छन् ।   सो परीक्षणपछि यो क्षेत्र पारिवारिक..

    बाघ र अर्नाको सङ्ख्यामा दोब्बरले वृद्धि

    बुधबार, जेष्ठ १५, २०७६ साल
    काठमाडौँ, १४ जेठ   विगत डेढ दशकमा बाघ र अर्नाको सङ्ख्यामा लगभग दोब्बरले वृद्धि भई बाघको सङ्ख्या हाल २३५ र अर्नाको सङ्ख्या ४४२ पुगेको छ । आर्थिक वर्ष २०७५-७६ को आठ महीनाको आर्थिक सर्वेक्षणअनुसार सन् २००० मा ६१२ गैँडा रहेकामा सन् २०१४ मा ६४५ पुगेको छ ।  सन् २०१२ मा २८५ कृष्णसार रहेकामा सन १०१३ मा ३०० पुगेको भए पनि त्यसपश्चात् क्रमशः घट्दै..

    ‘हिमालय पर्यटन सहकार्य’बारे अन्तर्राष्ट्रिय सम्मेलन बुधबार, १० देशकाको सहभागिता

    मंगलवार, जेष्ठ १४, २०७६ साल
    काठमाडौँ, १४ जेठ । नेपालमा पहिलोपटक ‘हिमालय पर्यटन सहकार्य’सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय हिमालय पर्यटन सहकार्यको आयोजना तथा नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट (नाट्टा)को सहकार्यमा जेठ १५ गते उक्त सम्मेलन हुनलागेको हो । होटल याक एण्ड यतीमा हुने उक्त सम्मेलनमा १० देशका विभिन्न हिमाल क्षेत्रमा काम गर्ने सङ्घसंस्थाका १५० भन्दा बढी प्रतिनिधिको सहभागिता..

    गणतन्त्र आए पनि खुलेनन् रत्नमन्दिर र हिमागृह, २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा होला ?

    सोमबार, जेष्ठ १३, २०७६ साल
    कास्की, १३ जेठ । गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटक वर्ष घोषणा गरेर १५ लाख स्वदेशी पर्यटक भित्र्याउने योजना अघि सारेको छ ।  उसले सन् २०२० लाई छिमेकी मुलुकका पर्यटक भित्र्याउने वर्षका रुपमा मनाउने भएको छ भने सन् २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । आन्तरिक र बाह्य गरेर वर्षमा करीब १० लाख पर्यटक मात्र प्रदेशमा भित्रिरहेको अवस्थामा..

    चिनियाँ पर्यटकलाई नेपालमा १ सय ५० दिनसम्म निःशुल्क भिसा, ३ बर्षमा १० अर्ब गुम्यो

    सोमबार, जेष्ठ १३, २०७६ साल
    काठमाडौं, जेठ १३ । नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । नेपाल भ्रमण वर्ष कार्यक्रम कार्यान्वयन उपसमितिले ‘समृद्ध नेपाल बनाऔँ, विश्वमा नेपाल चिनाऔँ’ तथा ‘गरौँ तयारी धुमधाम, पाहुनालाई गराऔँ घुमघाम’ भन्ने नारासहित स्टिकर सार्वजनिक गरिएको छ ।  सन् २०१६ देखि २०१९ को अप्रिलसम्म चिनियाँ पर्यटकबाट सरकारले १० अर्ब २१ करोड ३७ लाख रुपैयाँ गुमाएको छ । यो..

    सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा...

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ । राष्ट्रिय निकुञ्जका कुनै पनि वस्तु बिनाअनुमति कसैले लैजान पाउँदैन । यस्तै संवेदनशील क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्जबाट केही आरोहीले ढुङ्गा बोकेर ल्याउँदा अहिले कानूनी झमेलामा परेका छन् । हिमाल आरोहण गरेर काठमाडौँ फर्किंदै गरेका तीन जनालाई सगरमाथा क्षेत्रको ढुङ्गो बोकेर ल्याएको आरोपमा आज बिहान नियन्त्रणमा लिएको छ ।  हुन त उनीहरुले चिनोका लागि भनेर पनि ढुङ्गा ल्याएको हुनसक्छ तर..

    कति होला फोक्सुण्डो तालको गहिराइ ? विज्ञ टोली मापन गर्न डोल्पामा

    आईतवार, जेष्ठ १२, २०७६ साल
    डोल्पा, १२ जेठ    डोल्पाको फोक्सुण्डो तालको गहिराइ पुनःमापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनःमापन गर्नका लागि विज्ञ टोली पुगेको हो ।   शे–फोक्सुन्डो गाउँपालिका–८ रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली डोल्पा आइपुगेको छ । नेशनल हाइड्रोलोजिकल एण्ड मेट्रोलजिकल रिसर्च सेन्टर एण्ड कन्सल्टेन्सीले अनुमति..

    सगरमाथामा ट्राफिक जाम : मृतकको संख्या १० पुग्यो, १ सय ५० मिटर तल खसे रबिन

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, १२ जेठ । यस सिजनकाे सगरमाथा आराेहणका क्रममा १० जना आराेहीकाे मृत्यु भएकाे छ । शनिबार शिखरबाट ओर्लने क्रममा एक बेलायती आरोहीको मृत्यु भएसँगै मृतककाे संख्या १० पुगेकाे हाे । शनिबार सगरमाथाकाे शिखरमा टेकेर ओर्लन नसक्दा ४४ बर्षे रबिन हाइन्स फिसरको मृत्यु भएको हाे । उनकाे लडेर मृत्यु भएकाे सरकारीहरुले जानकारी दिएका छन् । फिसर शिखरबाट १ सय ५० मिटर तल खसेको..

    २४ पटक सगरमाथा चढेका कामीरिता भन्छन् : ‘यो मेरो प्यासन हो’

    आईतवार, जेष्ठ १२, २०७६ साल
    काठमाडौँ, ११ जेठ   “सगरमाथा कति पटक चढ्नुहुन्छ भनेर प्रश्न नसोध्नुस्, सगरमाथा चढिरहन्छु, यो मेरो ‘प्यासन’ हो”, सगरमाथाको २४औँ पटक सफल आरोहण गरेर फर्किएका कीर्तिमानी आरोही कामीरिता शेर्पाले रासससँग भन्नुभयो । यही जेठ ७ गते २४औँ पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान कायम गर्नुभएका आरोही शेर्पाले आज काठमाडौँ फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको स्वागतपछि संंिक्षप्त प्रतिक्रिया दिँदै सगरमाथा आरोहणलाई आगमी..

    अधिकांश आरोही सगरमाथा शिखरमा, ६ सयले गरे आरोहण, एउटा मात्र रुट किन ?

    शनिबार, जेष्ठ ११, २०७६ साल
    सोलुखुम्बु, ११ जेठ । अदम्य साहस र धैर्यतालाई आत्मसात् गर्दै चुनौतीको चुचुरो चुम्न जब सफल हुन्छन् अनि त्यहाँ राष्ट्रियता झल्कन्छ ।  एकै याममा ६०० सय जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । मे १४ देखि मे २४ सम्म उक्त संख्याका शेर्पासहित स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको आरोहण गरेको पर्यटन विभागले जनाएको छ ।  यो संख्यामा केही थपघट हुनसक्ने सम्भावना छ । ‘आधार शिविरबाट..

    पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    रामपुर,१० जेठ पाल्पा जिल्लास्थित प्रेमको प्रतीक रानीमहलको बृहत् सरसफाइ गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणका रुपमा परिचित रानीमहललाई थप आकर्षक बनाउन नेपाली सेना गोरखदल गणका ४० भन्दा बढी सैनिक जवान, तानसेन नगरपालिका सरसफाइ शाखा, डिभिजन वन कार्यालय, रानीमहलको सुरक्षार्थ खटिएको प्रहरीलगायत बिहीबार सरसफाइमा सहभागी भएका थिए ।  सेनाको टोलीले रानीमहलको प्रवेश क्षेत्रदेखि प्राङ्गण, महलको पानीपोखरी, महलको भित्री एवं बाहिरी क्षेत्रमा..

    ३ सय ५० आरोहीले गरे सगरमाथाको सफल आरोहण, कामिरिताको नयाँ कीर्तिमान

    शुक्रबार, जेष्ठ १०, २०७६ साल
    काठमाडौँ, ९ जेठ ।   सगरमाथा आरोहणको वसन्त ऋतुको याममा इतिहासकै सबैभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो चुमेका छन् ।    पर्यटन विभागका अनुसार यस याममा जारी हिमाल आरोहणका क्रममा आजसम्म ३५० भन्दा बढी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् ।    विभागको पर्वतारोहण शाखाका अनुसार यस याममा सगरमाथा आरोहणका लागि ४४ आरोही समूहका ३८१ ले आरोहण अनुमति लिएका छन् । सन् २०१८ मा ३८ आरोही समूहका..

    चितवन राष्ट्रिय निकुन्जका ५० ताल र पोखरीको स्तरोन्नति

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    भरतपुर, ९ जेठ वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनको लागि चितवन राष्ट्रिय निकुन्जले ५० ताल र पोखरीको स्तरोन्नति गरेको छ । दुर्लभ वन्यजन्तुको सङ्ख्या बढ्दै गएपछि चितवन राष्ट्रिय निकुञ्जमा तालको सङ्ख्या बढाउने र व्यवस्थापनको काम गरिएको निकुञ्जले जनाएको छ । निकुञ्जले यस वर्ष ७० पोखरी स्तरोन्नति र व्यवस्थापनमा बजेट विनियोजन गरेको थियो । जसमध्ये ५० ताल र पोखरीमा काम सम्पन्न भइसकेको..

    विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरल्यो

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    जाजरकोट, ९ जेठ ।   विश्वमै दुर्लभ मानिएको सुन गिद्ध र सेतो गिद्धले जाजरकोटमा चल्ला कोरलेको छ । यहाँको नलगाड नगरपालिका–५ पोखराको महादेवस्थान जङ्गलको सल्ली रूखमा लगाएको गुँडमा चल्ला कोरलेको हो ।   त्यस्तै विश्वमै दुर्लभ तथा लोपोन्मुख मानिएको सेतो गिद्धले बारेकोट गाउँपालिका–९ काप्तीको जङ्गलमा गुँड लगाएर चल्ला कोरलेको पक्षी संरक्षण सङ्घका केन्द्रीय सदस्य एवं पशु प्राविधिक गोविन्दबहादुर सिंहले बताउनुभयो ।   दुई-तीन वर्षअघि सुन गिद्धले..

    ५६ वर्षीय गोपाल श्रेष्ठ बने पहिलो एचआईभी संक्रमित सगरमाथा आरोही

    बिहिवार, जेष्ठ ९, २०७६ साल
    काठमाडौँ, ८ जेठ । एचआइभी सङ्क्रमित पोखरा, रत्नचोकका ५६ वर्षीय गोपाल श्रेष्ठले आज बिहान  सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ सगरमाथाको आरोहण गर्ने पहिलो एचआइभी सङ्क्रमित नेपालीसमेत हुनुभएको जिकिर गरिएको छ ।  उहाँले बिहान ८ः१५ मा सगरमाथामा पाइला टेक्नुभएको सगरमाथा आधार शिविरबाट सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।  पूर्वराष्ट्रिय फुटबल खेलाडी  उहाँले ‘स्टेप–अप क्याम्पेन : सेकेण्ड फेज एभरेष्ट एक्स्पिीडिशन’(अभियान अघि..

    सगरमाथा मापन टोली पुग्यो चुचुरोमा, को छन् व्यवस्थापन र नेतृत्वमा ?

    बुधबार, जेष्ठ ८, २०७६ साल
    काठमाडौं, ८ जेठ ।  नेपाल सरकारले पहिलोपटक सगरमाथाको उचाइ मापनका लागि नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले आफ्नै स्रोतसाधनबाट सगरमाथाको उचाइ मापन कार्य अगाडि बढाएको हो । सगरमाथाको उचाइ नाप्नका गएको नापी विभागको टोली सगरमाथाको शिखरमा पुगेको छ । विभागको टोली बुधबार बिहान ३ः१५ बजे मा सगरमाथा शिखरमा पुगेको पर्यटन विभागले जानकारी दिएको छ ।  प्रमुख नापी अधिकृत..
    Results 848: You are at page 4 of 29
    First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last
    Weather Forecast